Articles by "Featured"

कास्की प्रहरीले नायिका नेहा पुन मगरको हत्यामा सम्लग्न रहेको भएको एक जनालाई पक्राउ गरेको छ।
पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्कीलाई पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो। दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्‍याउने क्रममा २ जनाबीच भनाभन हुदाँ हेल्मेटले हानेर नेहाको हत्या गरेको एसपी हरिबहादुर पालले जानकारी दिए।
थप समाचारमा केही बेरमा
setopati


काठमाडौं–पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले डेब्यु गरेको नेपाली फिल्म 'गाजलु'को फोटोहरु सार्वजनिक भएको छ। महंगी म्युजिक भिडियोकी मोडलको रुपमा स्थापित उनलाई 'गाजलु'मा अभिनेता अनमोल केसीले साथ दिएका छन्।




गत वर्ष बलिउडमा स्थापित हुन उनले पहिलो पटक हिन्दी गीतमा देखिएकी थिइन्। त्यसबाहेक उनले शेक्सपियरको 'ह्याम्लेट' नामक नाटकमा ह्याम्लेटकी प्रेमिका ओफिलियाको भूमिकामा उनी देखिएकी थिइन्।

निर्देशक हेमराज विसीको फिल्मको सुटिङ काठमाडौं उपत्यकासहित चित्लाङ, दामन र कुलखानीमा गरिएको थियो। फिल्म आगामी वैशाख २४ मा रिलिज हुँदैछ। सिनेमेट्रोग्राफर शैलेन्द्र डि.कार्कीले फिल्म खिचेका हुन्। पूर्व मिस नेपाल सृष्टि र अनमोल केसीसहित अभिनेत्री मेनुका प्रधान, गौरव पहारी, सलोन बस्नेत र ऋतिक शाही लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

nagariknews

मुम्बइमा एक अन्तराष्ट्रिय सौन्दर्य प्रसाधन लञ्च गर्न पुगेकी क्याट्रिनालाई मिडियाले रणवीरसंगको ब्रेकअपकै प्रश्न गरे। क्याट्रिनाले प्रश्नको सिधा उत्तर दिइनन्, घुमाइफिराइ भनिन, ‘यदि हामी पब्लिक फिगर हौँ भने खबरमा त रहन्छौ नै।’


सेलेब्रेटी भएपछि खबरमा आइने बताइरहँदा उनले रणवीरको नाम समेत लिइनन। उनले यसरी जवाफ फर्काउँदा प्रश्न सोध्नेले थप प्रश्न गर्ने हिम्मत गरेनन्।

फ्रेबुअरी १२ मा रिलिज हुने क्याट्रिनाको नयाँ फिल्म ‘फितुर’ को लागि उनी दौडधुपमा छिन। फिल्ममा उनी लगायत आदित्य रोयको मुख्य भुमिका रहेको छ।

सो कार्यक्रमका क्याट्रिनाका तस्बिर,


काठमाडौं १६ माघ । हेटौंडा ११ नवलपुरमा बिभिन्न कालखण्डका सहिदलाई एकै थलोमो स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । हेटौंडालाई सहिदको तीर्थस्थलको रुपमा विकास गर्न स्तम्भ निर्माण गरिएको छ।
१९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । चारैतिर बगैंचा र अग्रभागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ ।
स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । ९० लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयको सहयोग र बाँकी सहिद स्मारक विकास समितिको लगानीमा स्तम्भ निर्माण गरिएको समितिका अध्यक्ष डोरमणी पौडेलले बताए ।
स्मारकमा बिभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र बिभिन्न जनसंघर्षमा सहिद भएका १२ सहिदको एउटै ढुंगामा मुखाकृति कुँदिएको छ। स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलात्मक ढंगले कुँदिएको सालिकले बिभिन्न कालखण्डको स्मरण गराउँछ । प्रमुख आकर्षकको रुपमा रहेको कलाकृति सहिद दिवसको दिन मात्र खुला हुन्छ ।
नेपालमा भएका बिभिन्न कालखण्डका आन्दोलनका सहिदकाबारेमा जानकारी लिन पुस्तकालय धाउन नपर्ने भएको छ । सहिदकाबारेमा अध्ययन, अनुसन्धान एवं खोज गर्न चहानका लागि अनुसन्धान केन्द्रको रुपमा सहिद स्मारकमा सहिद ग्यालरी निर्माण गरिएको छ । यहाँ सहिदका बारेमा प्रकाशित पुस्तक, लेख, रचना, फोटो आदि संग्रह गरिएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरुको सम्झनामा प्रजातान्त्रिक पार्क निर्माण थालिएको छ। पार्कमा वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिक राख्ने समितिको योजना छ । अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा

तपाइँ हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै आएका छौं । बच्च बच्चीलाई समेत अण्डलाई पोषिलो खानेकुराकोरुपमा नियमित खुवाउने गरिन्छ ।


तर पछिल्लो समयमा अण्डामा यस्तो गुण ह्रास हुँदै गएको र शक्ति बर्द्धक नरहेको भारतमा गरिएको एक अध्यनले देखाएको छ । भारतको केन्द्रीय पंक्षी अनुसन्धान केन्द्रले गरेको अनुसन्धनका क्रममा अण्डा अव पहिले जस्तो शक्तिबर्द्धक खानेकुराकोरुपमा नरहेको पत्ता लागेको हो ।

कुखुरालाई खुवाइने गरेको दानामा क्याल्सियमको मात्रा घटाउँदै लगिएका कारण यस्तो अवस्था आएको अनुसन्धानको निष्कर्ष छ । क्याल्सियमको मात्रा कम भएका कुखुराबाट उत्पादित अण्डामा हामीलाई चाहिने शक्तिवर्द्धक तत्व कम हुने यो अनुसन्धानबाट पत्ता लागेको छ ।

अण्डामा कार्बोहाइड्रेड, फ्याट अर्थात चिल्लो, भिटामिन, प्रोटीन र मिनरल हुन्छ । मिनरलमा क्याल्शियम, आयरन, म्याग्नीशियम, फस्फोरस, पोटेशियम, जिंक मुख्य मानिन्छ । यी तत्व शरीरका लागि महत्वपूर्ण मानिन्छन् । तर पछिल्लो समयमा यस्तो शक्तिबर्द्धक अण्डा हराउँदै गएको अध्यनको निष्कर्ष छ ।onlinesajhapatrika

गत वर्ष रिलिज भएको शाहरुख खान तथा काजोल अभिनित 'दिलवाले'ले सोचेजस्तो सफलता हासिल गर्न असफल रह्यो। जादु चलाउने ठानिएको शाहरूख-काजोल'को जोडीले कमाल देखाउन सकेन्। पाँच वर्षपछि पुन: फिल्ममा देखिएकी अभिनेत्री काजोलले उक्त फिल्म गरेकोमा पछुतो मानेको चर्चा चलेको छ।
काजोलले यसरी पछुतो मान्नुको कारण 'दिलवाले' प्रस्ताव गरिएको समयमा नै प्रस्ताव गरिएको अर्को एक फिल्म रहेछ। काजोललाई सुजोय घोषको निर्देशन गर्न लागेको 'दुर्गा रानि सिंह' प्रस्ताव गरिएको रहेछ। उनले शाहरूखसँगको गहिरो मित्रताको कारण 'दिलवाले' छानिन्। तर फिल्मको परिणाम सुखद भएन।
आजकल काजोललाई अर्को फिल्म गरेको भए 'दिलवाले'मा भन्दा राम्रो काम गर्न सकिन्थ्यो भन्ने रहेछ जून पूरा हुन सकेन्। 'दिलवाले'मा उनको भूमिकामा खास दम देखिएन। यसरी दमदार भूमिका छोडेको काजोलले आफ्ना सातीभाइसँग दु:ख मनाउ गर्ने गरेको बताइन्छ। तर, सोच्नुपर्ने बेलामा नसोचेपछि अहिले काजोलको पछुतो के अर्थ?setopati

काठमाडौँ , १२ माघ ।  शासनसत्ताको केन्द्रबिन्दुमा रहेका राजनीतिकर्मी (नेता कार्यकर्ता) र निजामति कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ ।

मुलुकका ३३ जिल्लाका एक हजार ७० जना विन्नि क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त देखाएको हो ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरको भ्रष्टाचारी औंल्याइएका छन् । अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समावेश भएकाहरुले चौथो नम्बरमा समाजसेवाको पगरी गुथेका गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मीलाई औंल्याए । आजको नागरिक दैनिकमा खबर छ ।
etajakhabar

भारतीय राजदूत रणाजीत रायभारतीय राजदूत रणाजीत राय
काठमाडौं— सरकारले प्रतिबद्धता जनाएअनुसार मधेसी मोर्चाको माग संविधान संशोधनमार्फत पूरा नभएसम्म नाकाबन्दी नखोल्ने संकेत भारतले गरेको छ। नयाँ संविधान जारी भएलगत्तै विगत चार महिनादेखि नेपालमाथि नाकाबन्दी लगाउँदै आएको भारतले स्पष्ट रुपमा बाँकी मुद्दा पनि सम्बोधन गर्न सरकार र प्रमुख राजनीतिक दललाई आग्रह गरेको छ।

'नेपाल–भारत नाकामा अवरोध मधेसी मोर्चाले गरेको हो,' सोमबार राजधानीमा अयोजित 'नेपाल–भारत सम्बन्ध र चुनौती' विषयक अन्तक्र्रियामा नेपालका लागि भारतीय राजदूत रणाजीत रायले भने, 'सरकारले गरेको संविधान संशोधन सकारात्मक छ। बाँकी मुद्दा पनि यसैगरी रचनात्मक तरिकाले सम्बोधन होस्।'

अब नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बाँकी मुद्दा के–के हुन्, त्यो पनि बताइदिनोस् न ? पत्रकारहरुको जिज्ञासामा राजदूत रेले भने, 'जुन निर्णय मन्त्रिपरिषदले गरेको थियो, हामीलाई त्यही थाहा छ।'

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा दोस्रो भारत भ्रमणबाट फर्केलगत्तै बसेको मन्त्रिपरिषद बैठकले गत पुस ५ गते मधेसी मोर्चाको माग सम्बोधन गर्न तीन वटा प्रस्ताव पारित गरेको थियो। तीन बुँदामध्ये एउटा बुँदा उल्लेख गरेका मुद्दालाई शनिबार संसदले संविधानको तीन वटा धारा संशोधन गरी सम्बोधन गरेको थियो। संविधान संशोधनलगत्तै नाकाबन्दी खुल्ने आशा सरकार र प्रमुख राजनीतिक दलले गरेका थिए। मन्त्रिपरिषदले तीनबुँदे प्रस्ताव पारित गर्दा त्यसको स्वागत गरेको भारतले संविधान संशोधनलाई भने सकारात्मक कदम मात्र भनेको छ र बाँकी मुद्दा त्यसैगरी सम्बोधन गर्न आग्रह गरेको छ।

मन्त्रिपरिषदले पारित गरेको पहिलो बुँदामा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने, प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख थियो । दोस्रो बुँदामा प्रदेश सीमांकन गर्न राजनीतिक संयन्त्र गठन गरी ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन दिने लेखिएको थियो । नागरिकता लगायत अन्य माग वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्ने तेस्रो बुँदामा उल्लेख थियो ।

यसैबमोजिम मधेसी मोर्चाको समावेशी समानुपातिक सहभागिता र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने प्रमुख मागलाई सम्बोधन गर्न शनिबार संसदले संविधानको धारा ४२, ८४ र २८६ संशोधन गरेको थियो । 'संवादमार्फत समस्या सुल्झाउनुपर्छ भन्ने भारतको चाहना हो । नेपाल सरकारले सकारात्मक कदम उठाएको छ, हामी खुसी छौं । समस्याहरु वार्ता र इमानदारीसाथ समाधान गर्नुपर्छ, किनकि हामीसँग अर्को विकल्प पनि छैन । नत्र तनाव बढ्छ, हिंसा बढ्छ,' राजदूत रेले भने ।

नेपालमा हुने कुनै पनि आन्दोलनमा भारतलाई जबर्जस्ती तानी त्यससँग जोड्ने गरिएको आरोप उनले लगाए । भारत नेपालमा यो चाहन्छ, ऊ चाहन्छ जस्ता प्रचारबाजी सधंै सुनिने गरेको उल्लेख गर्दै राजदूत रेले भने, 'अब सोध्ने बेला आएको छ– नेपाल भारतसँग के चाहन्छ ?' उनले नेपालले भारतसँग के चाहन्छ भन्ने नबुझे पनि भारतले भने नेपालमा शान्ति र विकास चाहेको बताए ।

छिमेकमा हुने अस्थिरता अझ सीमानजिक हुने अस्थिरताले भारतको विकासमा समेत नकारात्मक प्रभाव पार्ने धारणा राजदूत रेको छ । 'अहिले भारतको विकास गति ७.५ छ । हामी विकास गतिलाई डबल डिजिटमा लैजान चाहन्छौं । छिमेक (नेपाल) मा अस्थिरता हुन्छ भने कसरी डबल डिजिटमा जान सक्छौं । यसकारण नेपालमा स्थिरता होस् भन्ने चाहना हाम्रो छ,' राजदूतले स्पष्ट पारे ।

नेपाल र भारत दुवै विकास केन्द्रित हुनुपर्ने उनले जनाए । समस्याबाट बाहिर निस्केर अर्थतन्त्रलाई दौडाउनुपर्ने उनले औंल्याए । नेपाल अल्पविकसित राष्ट्रको सूचीमा रहनुपर्ने कुनै कारण नभएको उनले बताए । उनले भने, 'नेपाल र भारतले संयुक्त रुपमा विकास किन गर्न सकेका छैनन् ? किन जलविद्युत योजना बन्न सकेका छैनन् ? भौगोलिक रुपमा नेपालले भारतसँग सहकार्य नगरी सुखै छैन । यसमा विचार गर्नुपर्छ ।'

उनले अर्थतन्त्रलाई राजनीतिबाट अलग गरी हेर्नुपर्ने बताए । भारतको कुरा निस्कनेबित्तिकै नेपालमा राजनीति जोडिने गरेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । 'तपाईं इतिहास हेर्नुहोस् । पञ्चायत आयो, नेपाली कांग्रेस निर्वासनमा गयो । माओवादी आयो, भारतले सहयोग ग¥यो भनियो । त्यसपछि मधेस आन्दोलन भयो, भारतले सहयोग ग¥यो भनिन्छ । कुनै पनि सामाजिक आन्दोलन हुन्छ भने भारत जोडिन्छ । यो बुझाइलाई बढावा मिल्यो भने सम्बन्धमा समस्या आउँछ,' राजदूत रेको धारणा छ ।

राजदूत रेपछि कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतमा नेपालबारे केही 'पर्सेप्सन' छन् भने त्यसलाई स्पष्ट पारेर अघि बढ्नुपर्ने बताए। 'भारतमा नेपालप्रति सद्भाव र स्नेह राख्नेको कमी छ जस्तो लाग्दैन । त्यो स्तरको विश्वासलाई कायम राख्नसक्नु नै अहिलेको आवश्यकता हो,' परराष्ट्रमन्त्री थापाले जवाफ दिए।

भारतले नेपालको नयाँ संविधान समावेशी नभएको भन्दै असन्तुष्टि जनाउँदै आएकोप्रति इंगित गर्दै उनले नयाँ संविधान जारी भएपछि नेपाल आर्थिक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए । उनले भने, 'कुनै पनि देशले जारी गरेको संविधान सतप्रतिशत पूर्ण हुँदैन । संविधान जीवन्त र गतिशील भएकाले परिमार्जन गर्दै लान सकिन्छ ।' पछिल्ला दिन नेपाल–भारत सम्बन्धमा देखिएका काला बादल हट्दै फेरि न्यानोपन विकास भइरहेको परराष्ट्रमन्त्री थापाले बताए ।

अन्तक्र्रिया कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाल–भारत सम्बन्धमा 'विश्वासको संकट' भएको जनाए । राजनीतिक नेतृत्वले स्पष्ट पारदर्शी व्यवहार गरी समझदारी विकास गरे यो संकट हट्ने धारणा उनको छ। कार्यक्रममा कांग्रेसको विदेश विभाग प्रमुख तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले पनि नेपाल–भारत सम्बन्धमा धारणा राखेकी थिइन् ।
nagariknews

काठमाडौं – चीनले सीमाना जोडिएका भूकम्प प्रभावित पाँच जिल्लामा सोलार जस्तापातालगायत सामुदायिक पूर्वाधार विकासका सामग्री पठाउन थालेको छ । नेपालका उत्तरवर्ती १५ जिल्लासँग चीनले सुरु गरेको पूर्वाधार विकास र खाद्यान्नका आयोजनाअन्तर्गत गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई ती सामग्री सीमामा पठाएको हो ।

नेपालले दोस्रो वर्षका लागि भूकम्पप्रभावित जिल्लालाई प्राथमिकता दिन आग्रह गरेपछि सबैभन्दा बढी आवश्यकता भएका सामग्रीको सूची पठाउन भनेको थियो । पाँचै जिल्लाले भूकम्प पीडितका लागि जस्तापाताको माग सबैभन्दा बढी गरेका थिए ।

संंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख प्रकाश दाहालले पाँचमध्ये गोरखा र मुस्ताङका लागि जस्तापाता सोलारलगायत सामग्री सीमामा ल्याइपुर्याइएको जानकारी दिए ।

ratopati

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १२ गते भौमवार नेपाल सम्बत ११३६ पोहेलागा, सन् २०१६ जनवरी २६ तारिक कृष्णपक्ष द्वितीया तिथि विहान ८ वजेर १० मिनेटसम्म, मघा नक्षत्र राती ११ वजेर ३९ मिनेटसम्म, सौभाग्ययोग राती ८ वजेर ११ मिनेटसम्म, गरकरण विहान ८ वजेर १० मिनेट सम्म, आनन्दादियोग काल, सूर्य मकर राशीमा, चन्द्रमा सिंह राशीमा ।

आजको राशिफल:
मेषः–

7
कहि कतैबाट भ्रमको खेति हुनसक्छ सतर्क रहनु होला । विलम्ब नगरि समयमा निर्णय लिएर धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । लाभ पनि हुनेछ ।
वृषः–

8
काममा असफलता मिल्न सक्छ । आलोचना बढ्नेछ । सुख,शान्तिमा कमी आउनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।
मिथुनः–

10
समय प्रतिकुल बन्दै छ काममा विलम्ब नगर्नु होला । व्यापार व्यवसयाबाट सामान्य लाभ हुनेछ । वेलुका पाखा खर्च एवं विवाद बढ्न सक्छ ।
कर्कटः–

11
कार्य लगनशिलता विस्तारै बढ्ने देखिन्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तमा मनमुटाव बढ्नसक्छ । वेलुका पाखा केहि लाभ हुनेछ ।
सिंहः–

12
अरुको कुरामा समय बढि नफाल्नु होला । समयमा काम गर्न सकिएन भने आएको अवसर पनि गुम्नेछ । व्यापर व्यवसायबाट स्वल्प लाभ हुनेछ ।
कन्याः–

9
व्यापारमा सुधार आउन र काममा प्रगति हुन समय लाग्नेछ । व्यर्थका काममा धन लगानी हुनसक्छ सजग रहनु होला । अनावस्यक झन्झट आइलाग्न सक्छ ।
तुलाः–

4
प्रतिकुलता बढ्दै छ समयमा काम गर्नु होला । आर्थिक उन्नतिका सम्भावना क्षिण भएर जानेछन् । बाह्य कुरामा बढि चासो बढ्नेछ । साझपख खर्च बढ्ला ।
वृश्चिकः–

3
समयले साथ दिनेछ काम गर्न अल्छि नगर्नु होला । तपाईको कामबाट अरु पनि प्रभावित हुनेछन् । भाग्यले पनि साथ दिनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।
धनुः–

2
प्रतिकुलताबाट अनुकुलतातिर,व्ययबाट आयतिर,चिन्ताबाट खुशीतिर मन दौडिने छ । आर्थिक स्थिति त्यति अनुकुल नहुदा काममा विलम्ब भने हुनसक्छ ।
मकरः–

1
अन्योलमा परिनेछ । उपलब्धि विहिन काममा समय बढि लगानी हुनेछ । खानपान नमिल्दा स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्चमा तिव्रता आउनेछ ।
कुम्भः–

6
समयमा कार्य सम्पदान गर्ने कोशिस गर्नु होला नत्र आएको अवसर पनि गुम्नेछ । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साँझपख काममा अवरोध आउनेछ ।
मिनः–

5
काममा बाह्य हस्तक्षेप बढ्न सक्छ । कुनै पनि काम गर्दा गोपनीयता अप्नाउनु होला । काम गरे अनुसारको लाभ हुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।
etajakhabar


सुशील र मृदुला कोइराला
काठमाडौं, ११ माघ । नेपाली कांग्रेसको १३औँ महाधिवेशन आउन मुस्किलले अब एक महिना मात्रै बाँकी छ । कांग्रेस सभापति सुशील कोइरालाको खासै सक्रियता नदेखिएको आरोपछ ।
सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सम्पर्क कार्याल खोलेर तयारी गरिसकको छन् । देउवा र पौडेलका साहयोगीहरुले धमाधम आफ्ना नेताहरुको प्रचार प्रसार गरेका छन् । कोइरालाको गतिविधि सहयोगीहरुका कारण शून्यमा छ ।
यति मात्रै होइन देउवा र पौडेलका सहयोगीहरुले नेता तथा कार्यकर्ता र जिल्लामा प्रभाव राख्ने नेताहरुलाई बोलाइबोलाइ भेट गराउने गरेका छन् । कोइरालाको सहयोगीहरुले भने नेताहरुलाई उनको नजिक जानै दिँदैनन् ।
बिडम्बना दोस्रो पटक सभापति बन्ने दाउँमा रहेका कोइराला मौन छन् । उनले आफ्नो कोटरीभित्र सभापति बन्ने दाउँमा रहेको सनाउने गरेका छन् । कोइरालाले आफूले १३औँ महाधिवेशनमा उम्मेदवारी दिने कि नदिने भनेर केही भनेका छैन । उनको सचिवलाय र सहयोगी पनि मौन छन् । कुनै राजनीतिक गतिविधिमा देखिदैनन् ।
सभापति कोइरालाका जति पनि सहयोगी र सल्लाहाकार छन्, सबै रमिता हेरेर बस्ने गरेका छन् । कोइरालालाई उचित सल्लाह दिन नसक्दा महाधिशेनमा उनको उम्मेदवारी र भूमिकाको विषयमा अन्यौलता छाएको हो ।
सभापति कोइरालालाई नजिकबाट सल्लाह दिने अमेरिकी नागरिक मृदुला कोइराला, निजी सहयोगी आफ्नै भतिजा अतुल कोइराल, निरीक्षक मोहन आचार्य, नरहरि आचार्यका आफन्त सागर खनालले खासै राम्रो सुझाव नदिने गरेको आरोप केही केन्द्रीय सदस्यहरुले लागउने गरेका छन् । यो समूहले कोइरालाका नजिकका केन्द्रीय सदस्यहरुलाई पनि महाराजगञ्जस्थित निवासमा प्रवेशमा रोक लगाएको गुनासो गर्ने गरेका छन् ।
कोइरालालाई यो सानो गुटले घेराबन्दी गरेर राखेको छ । यो गुटले कोइरालालाई बाहिर गएर राजनीति गर्न नदिँदा कोइराला परिवारबाट यस पटक सभापति पद खुस्कने संकेत पनि देखा पर्न थालेको देउवा समूहका नेताहरुले बताउने गरेका छन् ।
हुत त अमेरिकी नागरिकसमेत रहेकी कोइरालाकी सहयोगी एवम् सल्लाहाकार मृदुला कोइराला केन्द्रीय सदस्य बन्ने दाउमा लागेकी छिन् ।
त्यसका लागि कोइराला सभापति पदमा उठ्नु पर्ने र आफू सोही गुटको लिष्टमा पर्नुपर्ने बताउँदै आएको महाराजगञ्ज स्रोतको भनाइ छ ।
सोही कारण पनि कोइरालालाई मृदुलासहितको सानो समूहले फेरि सभपातिमा उम्मेदवारी दिन उकासीरहेको छ । कोइरालाले १२औँ महाधिवेशनमा एक पटकका लागि मात्रै म सभापति बन्छु भनेर मत मागेका थिए ।
अहिले आएर त्यो भनाइलाई मृदुलासहितको ‘कोटरी’ले बेवास्ता गर्दै कोइरालालाई सभापतिमा उकासी रहेका छन् ।
हुन त कोइरालालाई सभापति पदमा उम्मेदवारी दिन उकासनेमा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, महेश आचार्य, दिलेन्द्र बडू, नरहरि आचार्य, आनन्दप्रसाद ढुङ्गाना, दिलबहादुर घर्ती, नारायण खड्काले दबाव दिइरहेको छ । यो समूहले कोइरालालाई ‘बलि’ दिएर आफूहरुको राजनीति सुरक्षित बनाउन चाहेको आरोप छ ।
dainiknepal


प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ‘हावाबाट बिजुली’ भाषणले व्यापक चर्चा पायो । ‘देशको यस्तो परिस्थितिमा गर्न नसकिने मात्र भाषण गर्प्रधानमन्त्री’ को आरोप खेपिरहेका केपी ओलीलाई नै चुनौति दिनेखाले फिल्म निर्माण भएको छ, ‘बिजुली मेशिन’ । यस फिल्मले आवाजबाट बिजुली निकाल्ने कथा भन्छ ।

'ओस्कार कलेज अफ फिल्म स्टडिज'का नयाँ तथा पुराना विद्यार्थीको समुहले निर्माण गरेको फिल्मका निर्देशक नविन आवाल हुन् । उनकै अवधारणामा तयार भएको फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा हावाबाट बिजुली निकाल्ने भाषण गर्ने नेतालाई व्यंग्य हानिएको छ ।

निर्देशक नविनकाअनुसार नेतालाई व्यंग्य हानिएको दृश्य संयोग मात्र पर्न गएको हो । ‘हामीले ६ महिनाअघि नै स्क्रिप्ट तयार पारिसकेका थियौं । अहिले प्रधानमन्त्रीको भाषणसँग मिल्न गएछ ।’ उनले भने ।

उनका अनुसार फिल्म एउटा नमुनाको विषय हो । ‘आवाजबाट बिजुली निकाल्ने कु्रा अनुसन्धानकै क्रममा छ ।’ सेतोपाटीसँग उनले भने,‘ फिल्म प्रयोगात्मक खालको हो र हावाबाट बिजुली निकाल्ने कुरा ‘मेटाफोर’ को रुपमा देखाउन खोजिएको हो ।’

अझै सुटिङ नसिकएको फिल्म आम दर्शकलेसमेत मन पर्ने खालको बन्ने निर्देशक अवालले दाबी गरे ।

फिल्ममा कमलमणि नेपाल, बुद्धि तामाङ, अभिषेक सुवेदी, रेलिजा श्रेष्ठ, जीवन अधिकारी, जीवन भट्टराई, अशेष लुईंटेल, रियर राई, लक्ष्मी भुषाल, अमृतबाबु केसी, आकाश मगर, अभिशेष नेपाल, विक्रम परियार, बिनिता गुरुङलगायतले अभिनय गरेका छन् । setopati

माघ ११, २०७२- जाजरकोटस्थित भेरी नदिको किनारमा सुनको संभाव्यता अध्ययन गर्ने भन्दै ‘ड्रिल’ गरिरहेको चिनियाँ कम्पनीलाई स्थानीय प्रशासनले उपस्थित हुन आदेश दिएको छ ।

चिनियाँ कम्पनीलाई आवश्यक कागजातसहित प्रशासनमा उपस्थित हुन प्रहरीमार्फत खबर पठाएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सेढार्इंले बताए ।

धर्मश्री माइन नामक चिनियाँ कम्पनीले भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको संभाव्यता अध्ययनका लागि उत्खनन् गरिरहेको छ । चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि नगरपालिकाको उक्त दुई स्थानमा उत्खनन्को काम गरिरहेको हो । बगरको जमिनमुनि मेसिनद्वारा ड्रिल गरेर नमूना निकालि अध्ययन गरिरहेको सङपिङले बताए ।

१ सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गर्दासम्म सुनको संभावना भने नभेटिएको उनले बताए ।

खानी तथा भूगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएको बताउने उक्त कम्पनीले निरन्तर काम गरिरहेको छ । खानी तथा भूगर्भ विभागसँग भेरी नदीका विभिन्न ठाउँमा सुन पाईएको तथ्यांक रहेकोले कम्पनीले चासोका साथ अध्ययन गरेको हो ।

संभाब्यता अध्ययन अनुसन्धानमा सरकारी पक्षको उपस्थिति नहुँदा स्थानीय आशंकित छन् । स्थानीयले भने कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताएका छन् । उत्खनन् क्षेत्रमा कम्पनी टोली बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको स्थानीय कर्णजंग शाहीले बताए ।

अझै तीन महिना अनुसन्धान जारी रहने सङपिङले बताए । उत्खनन्का लागि थप सामग्री ओसारपसार गर्न कम्पनीले आफ्नै खर्चमा २ किलोमिटर मोटरबाटो समेत निर्माण गरेको छ । जमिनको सतहमुनि भेटिएका विभिन्न चट्टान तथा अन्य खनिज पदार्थको नमूना थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा पठाउने गरेको पनि उनले बताए । यस अघि यो कम्पनीले दाङमा समेत सुनखानीको अध्ययन गरेको थियो ।
bit

चर्चित आइरिस फोटोग्राफर केविन अबोसले सन् २०१० मा खिचेको एउटा आलुको तस्विर १ मिलियन युरोमा बिक्री भएको छ । युरोपका एक व्यापारी उक्त आलुको तस्विर खरिद गरेका हुन् । ती व्यापारीको नाम नखुलाइए पनि उनी केविनको प्रशंसक रहेको बताइएको छ ।
कालो परिदृश्यमा पोट्रेट फोटोग्राफीका लागि केविन चिनिन्छ । उनले लिएको आलुको तस्विर पनि त्यही प्रकारको रहेको छ जसलाई पोट्रेट ३४५ नाम दिइएको छ ।
केविनको स्टुडियोका एक कर्मचारीका अनुसार उनलाई आलु निकै मन पर्छ । त्यही भएर उनले विभिन्न आलुहरुको तस्विर लिएका थिए, जसमध्ये यो उनको सबैभन्दा मनपर्ने तस्विर हो ।
केविन बिजनेस र शो बिजनेसका चर्चित व्यक्तिका लागि स्टाटस सिम्बोल नै बनेका छन् । उनले चर्चित व्यक्तित्वहरुको फोटो खिचेका छन् जसमा गुगल चेयरम्यान एरिक स्मिथ, ट्वीटरका ज्याक डोर्सी, कला क्षेत्रबाट जोनी डेप, स्टीवन स्पिल्सवर्ग लगातका तस्विरहरु खिचेका छन् ।
ratopati

मकवानपुर पदमपोखरीका गुन्डानाइके वीरे भनिने वीरबहादुर लामालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। नवजात शिशुको हत्या गरी जंगलमा फालेको अभियोगमा उनी पक्राउ परेको मकवानपुरका डिएसपी शिशु शर्माले जानकारी दिए।
उनले २०५४ साल माघ २६ गते पदमपोखरीकै बनस्पति जंगलमा नवजात शिशु जन्मने वित्तिकै हत्या गरी खाल्डोमा पुरेका थिए। अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुलाई उनले जंगलमा लगेर मारेका थिए। सर्वोच्च अदालतले समेत उनलाई २०६२  कात्तिक २२ गते नवजात शिशुको हत्या गरेको आरोपमा ४ वर्ष ६ महिना १२ दिन कैद सुनाएको थियो ।
हेटौंडा १७ मा जुवातास खेलिरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । १५-२० वर्षअघि उनी पदमपोखरी क्षेत्रमा गुन्डागर्दीमा सम्लग्न थिए। दिउँसै हतियार बोकेर स्थानीय ठेकदार, व्यापारीबाट उनले रकम उठाउने गर्दथे।
आपराधिक क्रियाकलापमा सक्रिय उनी तत्कालिन नेकपा माओवादीले कारबाही गर्ने सुइँको पाएपछि विदेश गएर लुकेका थिए । देशको राजनैतिक स्थिति सहज भएपनि उनी स्वदेश आएका थिए। पछिल्लो समय उनी पदमपोखरीबाट जंगल जंगल हुँदै भारतमा हुने गाई गोरु तस्करीमा लागेका थिए ।
पक्राउपछि कर्तब्य ज्यान मुद्दाको कैद भुक्तानीका लागि केन्द्रीय कारागार भिमफेदी पठाइएको मकवानपुरका डिएसपी शर्माले बताए।

 नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त
हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
एक कार्यक्रमकाबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले मुन्द्रेलाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै उनले वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा खुशि व्यक्त गर्दै उनले निगमले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै मुन्द्रेले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारीस गर्ने संकल्प गरेका छन् । नेपाली अर्थतन्त्र र पर्यटन क्षेत्रको विकासमा वायु सेवा निगमको ठूलो भूमीका हुने भन्दै उनले सेवा विस्तार गर्नु पर्ने आवश्यकता पनि औँल्याएका छन् । कलाकारहरुको टोलीमार्फत विभिन्न साँस्कृतिक कार्यक्रम सञ्चालन गरेर पनि सेवाग्राहिहरुको संख्या बढाउन सकिने उनको भनाई छ ।
purbelinews

प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल फुटबलका फ्यान हुन् । तर चार महिना अघि म्याच फिक्सिङ प्रकरणमा नेपाली फुटबलका कप्तान सागर थापा सहितका खेलाडी र पूर्व प्रशिक्षकलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर पनि खनालले नै गरेका थिए । अप्रत्यासित रुपमा खनालले खेलाडीहरुलाई पक्राउ गर्दा धेरैलाई पत्यार लागेको थिएन । तर सत्य–सत्य नै हुन्छ भनेझैं राष्ट्रिय÷अन्तर्राष्ट्रिय म्याचमा पैसा लिएको तथ्य फेला परेपछि नपत्याउने कुरा नै भएन ।

२३ बर्षपछि नेपाली फुटबल टिमले जित हात पार्दा सिंगो देशले गर्व गरिहेको छ । बंगलदेशमा भएको खेलमा नेपाली फुटबल खेलाडीहरुले देशप्रति प्रतिबद्धत भएर इमान्दारितापूर्व खेल खेल्दा जित हासिल गरे । यो जितले सिंगो फुलबल क्षेत्रमा छाएको निराशाप्रति पुनः आशाको किरण छाएको छ । फुटबल खेलमा २३ बर्षसम्म जित हासिल गर्न नसक्नुको पछाडि म्याच फिक्सिङ् नै प्रमुख कारण रहेको धेरैको बुझाइ छ ।

 यस अघि नेपालले सबै अन्तर्राष्ट्रिय म्याच हारिरहेको बेला म्याच फिक्सङ प्रकरणपछि नेपालले जित हासिल गर्दा एसएसपी खनाल निकै खुसी भएका छन् । उनी भन्छन–‘खेलमा हार जित हुन्छ तर हार्ने गरी खेल खेल्ने छुट खेलाडीलाई हुँदैन, हार्ने गरी खेल्ने खेल राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर धोका हो ।’ एसएसपी खनालाई अगामी दिनमा नेपाली फुटबल खेलाडीहरुले वल्डकप नै खेल्न सक्ने आशा पलाएको छ । यसै विषयमा केन्द्रत रहेर नेपाली हेडलाइन्सले एसएसपी खनालसंग गरेको कुराकानीः

फुटबल क्षेत्रका नराम्रा गतिवधि हटाउनु पर्छ
२३ बर्षपछि नेपाली फुटबल क्षेत्रले प्राप्त गरेको सफलताले निकै खुसी लागेको छ । फुटबल फ्यानको हिसाबमा निकै खुसी बनाएको छ । नेपालको फुटबल भनेपछि पहिलादेखि नै सबैलाई लोकप्रिय लाग्थ्यो र अहिले पनि छ । खेलाडी भनेका राष्ट्रका गहना हुन् । खेलाडीहरुसंग राष्ट्रको ठूलो आशा र भरोषा हुन्छ । फुटबल क्षेत्रमा बीचमा धेरै गेमहरु विग्रिएको देखियो । केही सम्झौता भएको देखियो । हार्ने सम्झौता गर्नेसम्मका दुःख त घटना पनि देखिए । त्यसमा व्यवस्थापक, कोच, संयोजक, मनेजर सहित एक÷दुई जना खेलाडीहरुको पनि सहभागीता देखियो । जसले राम्रो गर्नु पर्ने ठाउँमा नराम्रो काम गरेको पाइयो । यसले गर्दा फुलबल खत्तम हो कि भन्ने परेको थियो । तर कहीं पनि राम्रो काम गर्नको लागि नराम्रा गतिविधिलाई निस्तेज गर्नुपर्छ । तब मात्र राम्रो कामले स्थान पाउछ । कुनै पनि क्षेत्रमा राम्रो गर्नेको लागि मात्र सम्मान गर्न सकिन्छ । नराम्रा गर्नेहरुको लागि सम्मान गर्न सकिन्न ।





राष्ट्र र राष्ट्रियतासंग सम्झौता गर्न सकिदैन
फुटबले क्षेत्रमा यो निकै राम्रो संकेत देखा परेको छ । बाहिरका घटना हेर्दा पनि ठूलो खेलाडीहरु पनि म्याच फिक्सिङमा लागेका घटनाहरु छन् । उनीहरुले समयमा नै सुधार गरे । त्यसले गर्दा उनीहरुको खेलको स्तर पनि बढ्न गयो । हाम्रो देशमा पनि स्वीकार गरिएको छ नि । आन्तरिक र बाह्य रुपमा पनि हुने गरेको पाइएको छ । म्याच फिक्सङ कसरी भयो भन्ने कुरा सबै भन्नुभएको छ । यो करेप्सन गर्न जरुरी छ । खेलाडीहरु कारवाहीमा परे भन्ने कुरा पनि एकातिर छन् । यहाँ विचरा भन्ने कुरा छैन् । राष्ट्र र राष्ट्रियतासंग गाँसिएको कुरालाई कसैले पनि सम्झौता गर्न सक्दैन ।

जित्छु नै भनेर खेल्नु पर्‍यो नि !
अब फुटबल खेलाडीहरुले राम्रो हुनुपर्छ । फुटबल खेलाडीहरुलाई आगामी दिनमा खेल्नको लागि राम्रो वातावरण बनाउनु पर्छ । राम्रो वातावरण बनाउन सबै लाग्नु पर्छ । मैले उठाएको कदमको केही अंश जान्छ । किनभने खेलाडीहरुले खेल्न पाउने वातावरण बन्यो । खेलमा हारजित हुन्छ । खेलमा जित नै हुन्छ भन्ने छैन । जित्छु नै भनेर खेल्नु पर्‍यो नि ? खेल राष्ट्रको स्वभाविमानसंग जोडिएको हुन्छ । हरेक नेपालीको स्वाभिमानसंग जोडिएको खेललाई नजरअन्दाज त गर्न मिल्दैन नि ? खेलाडीहरुलाई हामी सबैको साथ र सदभाव छ । सम्मान पनि प्रकट गछौ । यो राम्रो संकेत हो । फाइनलमा तीन गोल गर्नु भनेको सानो कुरा होइन । नेपाली खेलाडीहरुको खेलस्रत निकै राम्रो छ । अझै राम्रो बनाउनेमा मलाई विश्वास छ । सेमिफाइनलमा पनि चार गोल गरेको छ ।

फुटबल खेल नेपालको इज्वत र प्रतिष्ठा
सफलता प्राप्त गर्नको लागि मन बचन र कर्मले काम गर्नुपर्छ । फुटबल खेल त नेपालको इज्वत र प्रतिष्ठासंग जोडिएको विषय हो । जुन ठाउँमा करेप्सन गर्नुपर्ने ठाउंमा नै गलत सम्झौता भएको देखियो । जसले नेतृत्व गर्नुपर्ने हो उसैले बेइमानी गरेको देखियो । जसले त्यसलाई राम्रो बनाउन व्यवस्थापन गर्नुपर्ने हो उही नै गैरजिम्मेवार काममा लागेको देखियो । खेलाडीहरुलाई राम्रो बनाउने दायित्व र जिम्मेवारी त व्यवस्थापनले लिनु पर्छ नि ?

यो हामी सबैको जित हो
फुटबल खेल नेपाली खेलाडीहरुले खेलेरै जित हासिल गरे । राज्य र राज्य विरुद्धको काम गर्नेलाई जुधेर सामना गर्दा नै अहिले सफला हात पर्‍यो भनेर जनस्तरबाट बधाई आएका छन् । आगामी दिनमा पनि फुलटल मात्र होइन अन्य क्षेत्रमा भएका गलत काम रोकिनु पर्छ भन्ने सुझाव पनि आएको छ । हाम्रा खेलाडी राम्रा छन । खेलाडीले खेल्ने राम्रो अवसर पाउनु पर्‍यो । मौका प्रदान गर्नको लागि सबैको साथ र सहयोग गर्‍यो । प्रहरीले उठाएको राम्रो कदमप्रति सबैको साथ र सहयोग गर्‍यो । समाजको साथ रह्यो । यो हामी सबैको जित हो । यस्तो खालको वातावरण तयार गर्ने जुन हौसला प्रदान भएको छ । प्रहरीले नराम्रो काम गर्ने तत्वलाई निस्तिेज गर्नुपर्छ र गर्छ । हामीले जोखिम उठायौं । हामीले देश र जनताको पक्षमा मुद्दा उठाएर गतल प्रवृत्ति समाप्त पार्दा व्यक्तिगत कुरा पनि उठन खाजे । कति साहनाभूति लिने पनि देखिए । हामी व्यक्तितग रुपमा कसैसंग दुस्मनी राख्न चाहदैनौ । हुन पनि हुदैन । कसैले ठूलो साथ र समर्थन छ भन्दैमा गलत काम गर्ने छुट पाइदैन ।

फुटबल खेलाडीहरुले अब विश्वकप खेल्नु पर्छ
खेलाडीहरुले यो स्प्रिडलाई अगाडि बढाउनु पर्छ । अब वर्ल्डकपमा खेल्ने गरी जानुपर्छ । वल्डकपमा नपुग्ने भन्ने कुरा छैन । कति साना–साना मूलुक पनि पुगेका छन् । हाम्रो देशमा फुटबल खेललाई माया गर्ने लाखौ मानिसहरु छन् । खेलाडीहलाई सिंगो राष्ट्र साथ र समर्थन छ । राष्ट्रको चिन्ह भनेको सानो कुरा होइन । सबै कुरा आर्थिक पक्षसंग गएर जोडिदैन । सबै भन्दा गर्वको विषय सामाजिक प्रतिष्ठा हो । देशको प्रतिष्ठा राख्ने अवसर खेलाडीहरुको हातमा छ । यो अवसरलाई पुरापुर राष्ट्रको गौरब बढाउन आगामी दिनमा पनि खेलाडीहरुले प्रतिबद्ध भएर लाग्ने विश्वास छ । टिम भावनाले अनुशासित भएर खेललाई खेलसंग नै राखेर त्यो भावनाले खेल्ने काम गनुर्पछ । यही भावनाले खेल्दा जस्तोसुकै अन्तर्राष्ट्रिय खेलमा पनि जित हासिल गर्न सकिन्छ । बहराइनलाई तीन गोल गर्नु सामान्य कुरा होइन । आगामी दिनमा प्रतिबद्ध भएर खेल्नु पर्छ । यसले सन्देश पनि दिएको छ । हाम्रो गर्वको विषय बन्नुहोस । अन्य क्षेत्रको लागि राम्रो उदाहरण देखाउनु भएको छ ।
nepaliheadlines

जाजरकोट, माघ ११ । भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ ।
जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो ।
धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताए ।
चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।
अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।
जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताए । (रासस)
imagekhaba

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget