काठमाडौँ , १२ माघ । शासनसत्ताको केन्द्रबिन्दुमा रहेका राजनीतिकर्मी (नेता कार्यकर्ता) र निजामति कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ ।
मुलुकका ३३ जिल्लाका एक हजार ७० जना विन्नि क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त देखाएको हो ।
नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरको भ्रष्टाचारी औंल्याइएका छन् । अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।
सर्वेक्षणमा समावेश भएकाहरुले चौथो नम्बरमा समाजसेवाको पगरी गुथेका गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मीलाई औंल्याए । आजको नागरिक दैनिकमा खबर छ ।
etajakhabar
Post a Comment