प्रधानमन्त्री ओली चीन जानै लाग्दा राजधानीमा हुँदैछ ओलीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी


काठमाडौँ,   संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।




संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा आज बसेको गठबन्धनको बैठकले चैत ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गठबन्धको विज्ञप्तिअनुसार चैत ७ गते शान्तिबाटीकामा जम्मा भइ माइतीघर मण्डलासम्म नारावाजी र कालोझण्डासहित पुगेर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दिन विशेष तयारीका साथ आउने गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । ओलीको कार्यक्रमलाई विरोध स्वरुप संघीय गठबन्धनले राजधानीमा प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

मधेसी मोर्चासहितका विभिन्न साना दलहरू रहेको यो गठबन्धनमा आजदेखि पुनः दुई दल थपिएका छन् । गठबन्धनमा पहिला १३ वटा दल थिए । आज अरु दुई दल थपिएपछि अब संघीय गठबन्धनमा १५ वटा दल भएका छन् ।
News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget