Articles by "आध्यात्म"

बुद्धको मूर्ति ५४० फिट अग्लो हुने
काठमाडौ‍: सरकारले झापाको प्रमुख सहर दमकमा ५४० फिट अग्लो बुद्धको मूर्ति बनाउने निर्णय गरेको छ ।


सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले झापाको दमक नगरपालिकामा विश्वकै सबैभन्दा अग्लो ५४० फिटको बुद्धको मूर्ति बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले दमक नगरपालिकामा ५४० फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
annapurnapost


गौशाला, महोत्तरीको सदरमुकाम जलेश्वरमा १५ दिने माध्यमिकी परिक्रमा भर्न आएको एक साधुबाबाको रु ५० हजार भन्दा बढी लुटिएको छ । आफूलाई रमता जोगी बताउने ती बाबाले लगाएको क्याम्पबाट अज्ञात व्यक्तिले क्याम्पको मूर्तिमाथि चढाइएको रकम र बाबाले गत मङ्गलबारदेखि परिक्रमाको विभिन्न विश्रामस्थलबाट जम्मा गरेको रु ५० हजार भन्दा बढी रकम गएराति लुटिएको बाबाले बताएका छन् ।

बाबाले आफूलाई मेला समितिको सदस्य रहेको भन्दै आफ्नो क्याम्पबाट ग्यास सिलिन्डर माग्न आएको एक व्यक्तिलाई ग्यास सिलिन्डर नदिएको केही छिनमै पैसाले भरिएको ब्याग लुटेर लगिदिएको उनले बताए । बाबाले आफ्नो पैसा लुटिएको बारे प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले लुटेराको खोजी जारी राखेको जनाएको छ । रासस
News24Nepal


भगवान शङ्कर भक्तालुहरूको प्रार्थनाबाट छिट्टै नै प्रसन्न हुन्छन्। यसै कारण उनलाई ‘भोलेनाथ’ वा ‘आशुतोष’ पनि भनिन्छ। हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा भोलेनाथका कैयौँ स्तुतिहरू छन्, तर ‘श्रीरामचतिरमानस’को एक चौपाई ‘रुद्राष्टकम’मा उल्लेखित स्तुतिबाट भगवान शिव चाँडै नै प्रसन्न हुने विश्वास गरिन्छ।

‘रुद्राष्टकम’ स्तुति एकदमै भावुक र मधुर वाणीमा रचिएको छ। यसकारण नै शिवका भक्तहरू यो स्तुतिलाई याद गर्छन् र पूजाको समयमा सस्वर पाठ गर्छन्।

‘रुद्राष्टकम’ स्तुति र यसको भावार्थ यस प्रकार रहेको छः

नमामीशमीशान निर्वाणरूपं। विभुं व्यापकं ब्रह्मवेदस्वरूपम्॥
निजं निर्गुणं निर्विकल्पं निरीहं। चिदाकाशमाकाशवासं भजेऽहम्॥१॥

(हे मोक्षरूप, विभु, व्यापक ब्रह्म, वेदस्वरूप ईशानदिशाका ईश्वर र सबका स्वामी शिवजी, म हजुरलाई नमस्कार गर्छु। निज स्वरुपमा स्थित, भेदरहित, इच्छा रहित, चेतन, आकाश रूप शिवजी म हजुरलाई नमस्कार गर्छु।)

निराकारमोङ्कारमूलं तुरीयं। गिराज्ञानगोतीतमीशं गिरीशम्।
करालं महाकालकालं कृपालं। गुणागारसंसारपारं नतोऽहम्॥२॥

(निराकार, ओमकारका मूल, तीनै गुणको अतीत वाणी भएका, ज्ञान र इन्द्रियहरूबाट पर रहेका, कैलाशपति, भीषण, महाकालको पनि काल, कृपालु, गुणको धाम परमेश्वर, हजुरलाई म नमस्कार गर्छु।)

तुषाराद्रिसंकाशगौरं गभीरं। मनोभूतकोटिप्रभाश्री शरीरम्॥
स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा। लसद्भालबालेन्दु कण्ठे भुजङ्गा॥३॥

(जो हिमाञ्चल जस्तै गम्भीर छ, जसको शरीरमा करोडौँ कामदेवहरूका ज्योती एवम् शोभा छ, जसको शिरमा सुन्दर नदी गंगाजी विराजमान छन्, जसको लटामा द्वित्तीयाको चन्द्रमा र गलामा सर्प सुशोभित छ…)

चलत्कुण्डलं भ्रूसुनेत्रं विशालं। प्रसन्नाननं नीलकण्ठं दयालम्॥
मृगाधीशचर्माम्बरं मुण्डमालं। प्रियं शङ्करं सर्वनाथं भजामि॥४॥



(जसको कानमा कुण्डलले शोभा पाइरहेको छ, सुन्दर भृकुटी र विशाल नेत्र छ, जो प्रसन्न मुख, नीलकण्ट र दयालु छ। सिंह चर्मको वस्त्र धारण गरेका र मुण्डमाला लगाएका, शङ्करजी यस्ता हजुरको म सदा भजन गर्छु।)

प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशं। अखण्डं अजं भानुकोटिप्रकाशं॥
त्रय: शूलनिर्मूलनं शूलपाणिं। भजेऽहं भवानीपतिं भावगम्यम्॥५॥

(प्रचण्ड, श्रेष्ठ तेजस्वी, परमेश्वर, अखण्ड, अजन्मा, करोडौँ सूर्यको प्रकाश समान भएका, तीनै प्रकारका शूललाई निर्मूल गर्नेवाला, हातमा त्रुशूल धारण गरेका, भावद्वारा प्राप्त हुनेवाला भवानीका पति श्री शङ्करजी हजुरको म सदा भजन गर्छु।)

कलातीतकल्याण कल्पान्तकारी। सदा सज्जनानन्ददाता पुरारी॥
चिदानन्दसंदोह मोहापहारी। प्रसीद प्रसीद प्रभो मन्मथारी॥६॥

(कलाहरूबाट सम्पूर्ण, कल्याण स्वरूप, प्रलय गर्नेवाला, सज्जनहरूलाई सदा आनन्द दिनेवाला, त्रिपूरासुरको शत्रु, सच्चिदानन्दघन, मोहलाई हरण गर्नेवाला हे प्रभू, प्रसन्न हुनुहोस्, प्रसन्न हुनुहोस्।)

न यावद् उमानाथपादारविन्दं। भजन्तीह लोके परे वा नराणाम्।
न तावत्सुखं शान्ति सन्तापनाशं। प्रसीद प्रभो सर्वभूताधिवासं॥७॥

(जबसम्म मनुष्यले श्रीपार्वतीजीका पतिको चरणकमलको भजन गर्दैनन्, तबसम्म उनलाई न त यस लोकमा न त परलोकमा सुख-शान्ति मिल्नेछ। र अनेकौँ कष्टहरूबाट पनि छुट्कारा पाउनेछैनन्। हे समस्त जीवको हृदयमा निवास गर्नेवाला प्रभू, प्रसन्न हुनुहोस्।)

न जानामि योगं जपं नैव पूजां। नतोऽहं सदा सर्वदा शम्भुतुभ्यम्॥
जराजन्मदुःखौघ तातप्यमानं। प्रभो पाहि आपन्नमामीश शंभो॥८॥

(मैले न त योग जानेको छु, न त जप न त पूजा नै। हे शम्भो, म त सदा-सर्वदा हजुरलाई नै नमस्कार गर्छु। हे प्रभू! बुढ्यौलीपन तथा जन्मका दुःखसमूहबाट जलिरहेको म दुःखीको दुःखबाट रक्षा गर्नुहवस्। हे शम्भो! म हजुरलाई कोटि कोटि प्रणाम गर्छु।)

रुद्राष्टकमिदं प्रोक्तं विप्रेण हरतोषये॥
ये पठन्ति नरा भक्त्या तेषां शम्भुः प्रसीदति॥९॥

(जो मनुष्य यस स्तोत्रलाई भक्तिपूर्वक पढ्छन्, उनीमाथि शम्भु विशेष रूपले प्रसन्न हुन्छन्।)

बुद्ध जन्मस्थलको पर्दा खुल्दै
काठमाडौं-लुम्बिनी त्यस्तो बगैंचा हो जहाँ मायादेवीले एउटा रुखको हाँगा समातेर सिद्धार्थ गौतमलाई जन्म दिइन् । इशापूर्व ६२३ मा जन्मिएका उनै सिद्धार्थ गौतमले पछि ध्यान र तपस्याबाट बुद्धत्व प्राप्त गरे र भगवान गौतम बुद्ध कहलिए?


बुद्धका उपदेश, जीवनी र जन्मस्थानबारे धेरै अध्ययन–अनुसन्धान गरिए । बुद्ध धर्मका प्रवर्तकका रुपमा उनको नाम र कीर्ति संसारभर फैलियो । लुम्बिनीस्थित मायादेवी मन्दिरको बीचको त्यो ऐतिहासिक रुख भने अहिलेसम्म रहस्यमै छ ।

पछिल्लोपटक लुम्बिनी र तिलौराकोटको पुरातात्विक स्थलको अध्ययनमा संलग्न बेलायतस्थित दुर्हम विश्वविद्यालयका प्राध्यापक रविन कनिङ्घम नेतृत्वको टोलीले त्यो रुख कुन जातको थियो भन्ने पत्ता लगाउन रासायनिक परीक्षण गरिरहेको छ ।

टोलीले त्यो रुख पीपल, अशोक र सालमध्ये एक हुनसक्ने निष्कर्ष निकालिसकेको छ तर लामो प्रयोगशाला परीक्षणपछि मात्र ठ्याक्कै के थियो भन्न सकिने भन्दै सन् २०१२ मा लुम्बिनीबाट लिइएको रुखको जराको अवशेष र माटोको परीक्षण जारी राखेको टोलीले जानकारी दिएको छ । बेलायतको स्टर्लिङ विश्वविद्यालयमा जारी रासायनिक परीक्षणले अबको ६ महिनाभित्र रुखको जात पत्ता लाग्नेमा अनुसन्धानकर्ता ढुक्क छन् ।

कनिङ्घमका अनुसार प्रत्येक पातमा भएका फरक तेल (लिक्विड) एवं रेसाको डाम माटोसँगै रहेका हुन्छन् । त्यस्ता पातका पुराताŒिवक अवशेष अध्ययनले त्यो रुखको पहिचान हुन सक्ने उनको भनाइ छ ।

'हामीले माटोभित्रै थुप्रै पत्र भेटेका छौं,' नागरिकसँग कनिङ्घमले भने, 'मेरा साथी प्राध्यापक इम सिम्सनले माटोको नमुना परीक्षणस्थलमा राखेपछि उनले पत्ता लगाए कि माटोमा रुखका पातका विभिन्न तेलजन्य पदार्थ र पातका रेसाका डाम भेटियो । युरोपका कतिपय अध्ययनमा माटोका भाँडामा पनि पातका रेसाको डाम भेटिइसकेको छ । त्यहीबाट अनुसन्धान थाल्ने निधो गर्यौं ।'

त्यो अनुसन्धानबाट रेसाका डाम अशोक, पीपल र सालजस्ता एकदमै पुराना रुखको गुणसँग मिल्दो रहेको उनीहरुको अध्ययनले देखायो ।

माटोका पुरातात्विक अवशेष यी तीन रुखमध्ये कुनै एकसँग मिल्दो देखिए रुख पहिचान हुनेछ । 'बुद्धसम्बन्धी केही पुस्तकमा त्यो रुखलाई साल भनेर उल्लेख पाइन्छ,' उनले भने, 'अबको ६ महिनाभित्र माटोभित्रको पुराता्विक वस्तुले जुन रुखसम्म लैजान्छ, अनि स्वतः पत्ता लाग्नेछ ।'

अहिलेका यी रुखहरुको विशेषतासँग माटोमा भेटिएको विशेषता दाँज्ने काम भइरहेको उनले बताए । 'हामीले अझै पनि तीनै रुखका विशेषता ल्याबमा केलाउँदैछौं,' उनले भने ।

टोलीमा आबद्ध नेपाली पुरातŒवविद कोषप्रसाद आचार्य रुखको पहिचान गर्न सके लुम्बिनीको इतिहासमा नयाँ आयाम कोरिने बताउँछन् । मायादेवी मन्दिरभित्र पुराताŒिवक क्षेत्रमा रहेको यो रुख पहिचान गर्न प्रविधिले सहयोग गर्ने आचार्यको विश्वास छ । उनका अनुसार प्राचीन समयमा चिनियाँ तीर्थयात्री भारतको नालन्दा अध्ययन गर्न जाँदा लुम्बिनीमा पनि पढ्ने गरेको उनीहरुका वृत्तान्तले यो रुखको ठुटो मात्र बचेको उल्लेख गरेको छ । 'चिनियाँ तीर्थयात्रीको कुराले पनि त्यतिखेरै यो रुखलाई संरक्षण गरेर राखेको भेटिन्छ,' उनले भने, 'तर आजसम्म यस्तो वैज्ञानिक अध्ययन भने भइसकेको छैन ।'

सोही टोलीले बुद्ध जन्मिएको ठाउँ मायादेवी मन्दिरको बीचमा रहेको रुखलाई चारैतिरका सुरक्षात्मक बार (काठको रेलिङ) को 'कार्बन डेटिङ' गरी उक्त संरचना इशापूर्व छैठौं शताब्दीको रहेको प्रमाणित गरेको थियो ।

रुखबारे पत्ता लागे लुम्बिनीको इतिहासमा यही नै सबैभन्दा ठूलो खोज हुने अनुसन्धाताको दाबी छ । लुम्बिनीको उत्खनन र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन ।

टोलीको यो खोजका आधारमा एक सय ३३ वर्ष पुरानो अमेरिकी संस्था 'इन्स्टिच्युट अफ आर्कियोलोजी' ले लुम्बिनीलाई सन् २०१४ मा 'उत्कृष्ट १० पुरातात्विक अन्वेषणस्थल' मा सूचीकृत गरेको थियो ।

मायादेवी मन्दिरभित्र पुरातात्विक अवशेष संकलन गर्दै अनुसन्धाता ।
nagariknews

२०७२ फाल्गुन २६ बुधवार
काठमाडौं: बुधबार दिनभर खग्रास सूर्यग्रहण लाग्ने भएको छ । यो ग्रहण नेपालमा भने खण्डग्रास मात्र देखिनेछ । खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट बलय सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्यान्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिनेछ ।

नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको हुनेछ । एस्ट्रो नेपालका अध्यक्ष जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण बिहान ६: १९ बजेबाट मात्र देखिन्छ ।


उनले भने, ‘ग्रहणको समाप्ति साँझ ७:०१ मा हुनेछ तर यो ग्रहण लागेको दृश्य नेपाल, भारत, चीन, पाकिस्तानलगायतका मुलुकबाट सूर्य उदाउँदा देख्न सकिन्छ ।' उनका अनुसार बुधबार देखिने सूर्यग्रहण नांगो आँखाले हेर्न हुँदैन । एक्सरे वा ध्वाँसो लगाएर बनाएको सिसाबाट पनि यो ग्रहण हेरे आँखा बिग्रन सक्ने उनको भनाइ छ । विशेष किसिमका चस्मा लगाएर सूर्य हेर्न सकिने उनले सुझाव दिएका छन् ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई हाम्रो आँखाभित्र पस्न नदिन विभिन्न खालका सावधानी अअनाउनुपर्ने हुन्छ । चन्द्रग्रहण भने जोकोहीले पनि नांगो आँखाले सजिलै हेर्न सक्छन् । सूर्यग्रहण विशेष फिल्टर जडित टेलिस्कोपका माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वलाई तक्षशिला एस्ट्रनोमी क्लबले सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क रूपमा हेर्नसक्ने व्यवस्था मिलाएको आचार्यको भनाइ छ ।
annapurnapost

काठमाण्डु, २५ फागुन– बुधबार खण्डग्रास सुर्य ग्रहण लाग्ने भएको छ । ज्योतिषहरुका अनुसार यो ग्रहण बिहान ५ बजेर ५६ मिनेटदेखि लाग्ने बताइएको छ । काठमाण्डुको आकाशबाट भने यसलाई सुर्य उदाएपश्चात एक घण्टाभन्दा बढी अर्थात ७ बजेर २ मिनेट सम्म हेर्न सकिने बताइएको छ ।
यसको पूर्ण अंश अर्थात आँखाले देख्ननै सकिने अवस्था भने बिहान ६ बजेर १९ मिनेटबाट सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेट जाँदा मोक्ष अर्थात अन्त हुने ज्योतिषहरुले बताएका छन् । ज्योतिषहरुका अनुसार सुर्य ग्रहण लाग्दा चन्द्रमा पूर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दै हुने बताइएको छ ।
ज्योतिषहरुका अनुसार राशीफल अनुसार यसरी हेर्न सकिन्छ सुर्य ग्रहण :
ग्रहण लाग्द चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ। जसलाई आधार बनाएर फल बताउदा पुर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तीहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ। यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नु पर्छ।
अन्य राशीहरुका लागि भने मेषलाई लाभ, बृषलाई सुख, मिथुनलाई मान नाश , कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ। धार्मिकमान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नु हुँदैन। त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनु हुँदैन।
यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भुकम्प, सुनामी आउने देखी प्रसिद्ध व्यक्तीको हत्या एवम मृत्यु। हुन सक्ने बताउछ । हाम्रोमा पनि ग्रहण देखिने इन्डोनेसिया एवम प्रसान्त एसियामा सुनामी र भुकम्पको खतरा ४ महिना सम्म रहिरहने देखिन्छ।
त्यस्तै ग्रहणको मास फललाई केलाउँदा शक्ति राष्ट्र र राजनीतिक टकराव देखिने पनि ज्योतिषहरुको आंकलन छ । उल्लेखित विषयमा भनिएअनुसार ग्रहण हेर्दा भने आफ्नो दृष्टि गुम्ने खतरालाई मध्यनजर गर्दै दूरविन लगायतका यन्त्रहरु प्रयोग गर्न सके निकै राम्रो हुनसक्छ । जसले शारीरिक पीडालाई समेत कम गरिदिन्छ र रोगहरुको समेत निदान गरिदिन सक्छ ।
kathmandutoday

शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तीका लागि कस्ता संकेत शुभ ?

१ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।
२ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हु
न सक्छ ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।
५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।
१० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।onlinedailypost

The Maha Shivaratri Festival will be celebrated by Hindus the world over on March 7, and is celebrated annually in reverence of the Hindu God ‘Shiva’. It is said to be the day that Shiva saved the universe by drinking poison and also the day he was married to the Goddess Parvati. Often referred to as Shivaratri, the festival is celebrated by most during the day, while others hold all-night vigils to celebrate the event which falls on a day in the most holy month in the Hindu calendar year.Here we look at 21 pictures of Nepalese and Indian Hindus offering special prayers and fasting to commemorate the occasion:
tajavdo

काठमाडौँ, महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २ः४५ बजे मात्र पशुपतिका चार ढोका खोलिएका थिए । पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । भक्तजन जुन ढोकाबाट प्रवेश ग¥यो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।





यस वर्षको शिवरात्रीमा ११ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म व्यवस्थित रुपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् । यस वर्ष भारतीय भक्तजनको सङ्ख्या बढी देखिएको नेपाल–भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताउनुभयो ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष साउन १९ गते पशुपतिमा विशेष पूजा गर्दा भारतीय सञ्चारमाध्यमले मान्यताका साथ प्रचारप्रसार गरेकाले शिवरात्रीमा भारतलगायतका देशबाट आउने भक्तजनको उल्लेख्य उपस्थिति रहेको उहाँले उल्लेख गर्नु भयो ।
आज बिहानैदेखि चाबहिल चोक, रातोपुल, पुरानोबानेश्वर चोक र सिनामङ्गलबाट गौशाला आउने सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको छ ।



पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका छन् ।



पशुपतिभित्र दर्शन गर्ने व्यवस्था व्यवस्थित भए पनि बाहिर भने अव्यवस्थित रहेको बानेश्वरबाट दर्शनका लागि आउनुभएका रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । रासस
News24Nepal

एजेन्सी – पृथ्वी जीवन समाप्त हुनेतर्फ नयाँ दौडमा रहेको अमेरिकाका तीन विश्वविद्यालयको अध्ययनले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिले समाप्त हुने प्रजाति मानव भएको दाबी गरिएको छ । स्टेनफर्ड, प्रिन्सटन र बर्कले विश्वविद्यालयका उक्त सोधमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्दि भइरहेको जनाएको छ ।


यस प्रकारको निष्कर्ष गतवर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । सोधकर्तामध्येका एकजनाले भने,‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ ठूलो परिमाणमा प्रजातिहरु लोप हुने यसप्रकारको पछिल्लो घटना साढे ६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला डायनोसरस लोप भएको थियो । प्रमुख सोधकर्ता गेरान्डो सेबालोसले भने,‘यदि यही स्थिति कायम रहने हो भने पृथ्वीमा जीवन पुनः आउनका लागि कैयौं लाख वर्ष लाग्नेछ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ । प्रतिवेदनमा सन् १९०० देखि हालसम्म मेरुदण्ड भएका ४ प्रजाति लोप भइसकेको उल्लेख छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १० हजार वर्षमा मात्र हुने गरेको छ । स्टेनफर्ड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले हामी आफैें आफू बसेको हाँगा काटिरहेको बताए । समाचारपत्रमा खबर छ ।
onlinedailypost

हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ । यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ ।
काँचका चुरा लगाउने वैज्ञानिक कारण :
विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
nepaljapan

शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ…यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ…शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोग हरु लाग्दैन…घरको वास्तु दोष ठीक गर्छ…र ज्योतीषिय विज्ञानको अाधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ…
जब अात्माले शरीर छाड्छ….शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ… अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम(प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ… (**एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो)…अब सबैले ढुक्कले सधै बिहान/बेलुका घरमा शङ्ख बजाअौँ..…नारायण.


gorkhalikhaban

काठमाडौँ, यो वर्ष शिवरात्री फागुन २४ गते परेको छ। १८ वर्षपछि यो पटक पञ्चग्रही योगमा महाशिवरात्री परेको छ। अब यस्तो योग ७ वर्ष पछि मात्र आउनेछ।

२४ गते कुम्भ राशि सूर्य, चन्द्रमा, बुध, शुक्र र केतुको युति हुनाले पञ्चग्रही योग बन्ने छ। यी ग्रहका प्रभावले महाशिवरात्रीमा गरिने व्रज र पुजा को महत्व अझै विशेष हुनेछ।यो भन्दा अघि २०५४ फागुन १३ मा पञ्चग्रह योग परेको थियो।

३५ वर्ष पछि चाण्डाल योग

यो पटक सिंह राशिमा स्थिन गुरु एंव राहुको संयोजनले चाण्डाल योग बनाएको छ। यो भन्दा ३५ वर्ष अघिको महाशिवरात्रीमा पनि चाण्डाल योग परेको थियो।

यो पटकको शिवरात्री सोमबार परेको हुनाले यसको महत्व अझै बढेको छ। सोमबार भगवान शिवको दिन हो। यो दिन धनिष्ठा नक्षत्र हुन्छ। धनिष्ठ नक्षत्र र सोमबारको योगले शुभ नामको योग पुरै दिन रहनेछ।

gorkhalikhabar

काठमाडौँ, २२ फागुन, पशुपति क्षेत्र विकास कोषले यो वर्षदेखि पशुपति क्षेत्रलाई गाँजा, भाङ तथा धतुरो मुक्त क्षेत्र बनाउने घोषणा गरेको छ । शिवरात्रिको अवसरमा कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक रमेश सुवेदीले पशुपति क्षेत्रमा भाङ, गाँजा तथा धतुरो खाने परम्परागत चलन गलत भएको बताए ।

गलत परम्परालाई त्याग्दै पशुपति क्षेत्रलाई सफा, स्वस्थ र सुन्दर बनाउन त्यस्ता लागुपदार्थ बिक्री नगर्न बाबा, सन्यासी तथा जोगीलाई गर्नुका साथै सेवन गर्ने कार्य पनि नगर्न भक्तलाई आग्रह गरे ।

कार्यक्रममा शिवरात्रिका अवसरमा भक्तजनलाई दर्शनसम्बन्धी व्यवस्था, आवास, भोजन तथा स्वास्थ्य शिविरसम्बन्धी र सूचना, प्रचार–प्रसार तथा सुरक्षा, सरसफाइको व्यवस्था गरिएको जानकारी दिइयो ।

कोषले मन्दिर आउँदा सकभर झोला, काँचका सिसा नल्याउन दर्शनार्थीलाई आग्रह गरिनुका साथै दर्शनपछि मन्दिर परिसरबाट छिटो बाहिर जान आग्रह गरेको छ ।
कोषको प्रचार–प्रसार उपसमितिका संयोजक कोकिल गोविन्द श्रेष्ठले विदेशबाट हालसम्म ५१ जना नाङ्गाबाबा काठमाडौँ आइसकेको र विगतमा जस्तो तीन हजार ५०० जति सन्यासी आउने अपेक्षा गरिए पनि नाकाबन्दी र भूकम्पको कारणले विदेशी दर्शनार्थीको कमी भएको बताए ।

कोषका सदस्यसचिव गोविन्द टन्डनले कोषले दर्शनार्थीको सुरक्षा तथा पशुपति क्षेत्रभित्र विशेष सरसफाइको व्यवस्था गरिएको जानकारी दिए ।
aajakokhabar


‘श्रीरामचरितमानस’ अवधि भाषा (पूर्वीय हिन्दी भाषा) को एक रामायण महाकाव्य हो, जसलाई ‘गोस्वामी तुलसीदास’ले १६औँ शताब्दीमा रचना गरेका थिए। यसमा भगवान श्रीरामलाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ। तर ‘वाल्मीकीय रामायण’मा श्रीरामलाई सामान्य मनुष्यको रूपमा मानिएको छ। श्रीरामचरितमानसमा श्रीराम सर्वशक्तिमान हुँदाहुँदै पनि उनलाई एक मर्यादित पुरुषको रूपमा वर्णन गरिएको छ।

यस ‘श्रीरामचरितमानस’मा उल्लेख गरिएका चौपाईका मन्त्रहरूलाई प्राचीन कालदेखि नै प्रयोग गरिँदै आएको पाइन्छ। यस ग्रन्थमा जुन प्रसङ्गको लागि चौपाई लेखिएको छ, त्यसैसँग मिल्दोजुल्दो परिस्थिती पैदा हुँदा त्यस पंक्तिलाई ध्यान-स्मरण या जप गर्नाले साधकको कल्याण हुने मान्यता रहेको छ।

मानसमा मनले चाहेको जीवनसाथी पाउनका लागि पनि एकदमै सुन्दर प्रसङ्ग समावेश गरिएको छ। ती चौपाईहरूलाई मन्त्रको रूपमा पूर्ण आस्थासाथ ध्यान वा जप गर्नाले मनको कामना पूर्ती हुने विश्वास गरिन्छ। तर के जरुरी छ भन्दा मनको कामना सच्चा र पवित्र हुनुपर्दछ, तब मात्रै फलदायी हुन्छ।

मन्त्र यसप्रकार रहेको छः

तौ भगवानु सकल उर बासी। करिहि मोहि रघुबर कै दासी।।
जेहि कें जेहि पर सत्य सनेहू। सो तेहि मिलइ न कछु संदेहू।।



प्रसङ्ग ‘बालकाण्ड’को हो। राजा जनकजी प्रतिज्ञा गर्छन् कि आफ्नी पुत्री सीताको विवाह उसँग गरिदिन्छन् जसले शिवजीको भारी धनुष उठाएर तोडिदिन्छन्।

तर सीताको मन श्रीराम प्रति आकर्षित भैसकेको थियो। उनी चाहन्थिन् कि उनका पिताको प्रतिज्ञा बेकार नजाओस्। साथै उनको विवाह तेजस्वी र हर तरिकाले श्रेष्ठ राजकुमार श्रीराम सँग नै होस्। तर उनको मनमा यो सन्देह थियो कि सायद यो राजकुमारले शिवको भारी धनुषलाई उठाउन सक्दैन। यसरी नै सीताको मन व्याकुल भैरहेको थियो।Shree Ram
तब सीताले धैर्य गरेर आफ्नो हृदयमा यो विश्वास गरिन् कि- “यदि तन, मन र वचनले मेरो प्रतिज्ञा साँचो छ र श्रीरघुनाथजीको चरणकमलहरूमा मेरो मन वास्तवमै रमेको छ भने सबैको हृदयमा निवास गर्ने श्रीरामजीले मलाई अवश्य पनि जीवनसंगिनी बनाउनेछन्। जसलाई जोसँग सच्चा स्नेह हुन्छ, उसलाई ऊ अवश्य पनि मिल्दछ, यसमा कुनै पनि सन्देह छैन।”

यति भनिदिउँ कि यो मन्त्रको प्रयोग केवल आस्थावान व्यक्तिहरूको लागि मात्रै फलदायी हुनेछ। यदि मन, वचन र कर्मले व्यक्तिको कामना साँचो र कल्याणकारी छ भने उसको इच्छा अवश्य पनि पूरा हुनेछ। केवल परीक्षणको लागि यो मन्त्रको प्रयोग मनाही छ।

कुशल श्रेष्ठ

यौनको सन्दर्भमा सबैभन्दा खोजीनीति गरिने अनि बहस गरिने विषय भनेको के हो त भन्दा- ‘यौनबाट कसले बढि आनन्द लिन्छ? महिला या पुरुष?’

यो प्रश्नमा महिला र पुरुष दुवैको जवाफ आत्मउन्मुख हुने गर्दछ। पुरुषहरूले आफूलाई बढि आनन्द हुने दाबी गर्छन् भने महिलाहरू पनि आफैलाई बढि आनन्द हुने दाबी गर्छन्। फेरि कैयौँ यस्ता पनि हुन्छन् जसले ठ्याक्कै उल्टो दाबी गर्छन्।

तर, विभिन्न धर्मले पनि यो विषयमा आ-आफ्नै उत्तर दिएका छन्। यस्तै शिलशिलामा महाभारतमा एक रोचक प्रसङ्ग उल्लेखित पाइन्छ।

महाभारत प्रसङ्ग

जब भिष्म आफ्नो मृत्युशय्यामा प्राण त्याग्ने तरखरमा थिए, त्यतिबेला युधिष्ठिरले उनलाई एक विचित्रको प्रश्न गरे- “यौन आनन्द कसले बढि प्राप्त गर्छ? महिला या पुरुष?”

युधिष्ठिरको यस्तो असामयिक प्रश्नमा भिष्मले भने- “कसले बढि आनन्द पाउँछ भनेर भन्न त मुश्किल नै पर्छ। यसको लागि तिमीले महिला अनि पुरुष भएर दुवैको अनुभव पाएको हुनुपर्छ।”Bhishma at his DeathBed

“के त्यस्तो प्राणी पनि हुन्छ र?” भनि युधिष्ठिरले चाख मान्दै सोधेपछि भिष्मले ‘भाङ्गश्वना’को कथा सुनाउन थाले।



भाङ्गश्वना जन्मिँदा पुरुष भएर जन्मिएका थिए र उनका थुप्रै छोराहरू पनि थिए। एकदिन उनले इन्द्रदेवलाई क्रोधित बनाएपछि, इन्द्रले उनलाई स्त्रीमा परिवर्तन गरिदिए। स्त्री भएर पनि भाङ्गश्वनाले थुप्रै छोराछोरीहरू जन्माए। मतलब उनले दुवै पुरुष र महिला भएर यौन आनन्द अनुभव गर्न पाए। उनले भनेका थिए कि पुरुषले भन्दा महिलाले बढि यौन आनन्द पाउँछन्।

ग्रीक संस्कृतिको पौराणिक कथाप्रसङ्ग

ग्रीक संस्कृतिको एक ग्रन्थमा पनि यसै विषयसम्बन्धि एक कथाप्रसङ्ग उल्लिखित पाइन्छ।

एकदिन ओलम्पियनका राजा-रानी ‘ज्यूज र हीरा’को बीचमा विवाद पर्यो- “यौन आनन्द कसले बढि पाउँछ?”

यसैबीच, ‘टाइरेसियस’ नाम गरेका एक साधु बाटोमा हिँड्दै गर्दा झुक्किएर बरालिएको सर्पजोडीको पोथी सर्पलाई मार्न पुगे र श्रापको कारण महिलामा परिणत हुनुपर्यो। त्यसपछि उसले बाँकी रहेको भाले सर्पलाई पनि मार्यो भने फेरि पुरुषमै परिणत हुन सकिन्छ भनेको सुनेपछि त्यो भाले सर्पलाई पनि मारे र फलतः ऊ पुरुषमा परिणत भए। त्यसबीचको समयमा उनले महिला र पुरुष दुवै भएर यौन सम्पर्कमा संलग्न भएका थिए।

बहस गरिरहेका ज्यूज र हीराको बीचमा कुराको टुङ्गो नलाग्ला जस्तो भएपछि ज्यूजले टाइरेसियसलाई बोलाए र सोधे- “ल तिमी नै भन टाइरेसियस! कसले बढि आनन्द पाउँछ?”

टाइरेसियसको उत्तर थियो- “महिलाले!”

तथापी;

‘आनन्द’लाई परिभाषीत गर्नुपर्दा अलि जटिल बन्न जान्छ। किनभने मानवको कल्पनाशक्ति अनि मनोभावले यौन-आनन्दको परिभाषालाई पनि फराकिलो बनाइदिन्छ। महिलाको शरीरलाई राम्रोसँग देख्न नपाएका पुरुषहरू महिलाको खुट्टा देख्दा पनि उत्तेजित हुने गर्छन्। त्यसैले गर्दा नै कसले बढि आनन्द पाउँछन् भन्ने कुरोको चुरो पत्ता लगाउनको लागि भिष्मले भनेजस्तै दुवैको अनुभव पाएको हुनुपर्दछ। नत्र भने यस विषयको विवादबाट कहिल्यै उम्किन सकिँदैन।
nepaliheadlines

महाभारत ग्रन्थमा अभागी पात्र ‘कर्ण’लाई पनि मानिन्छ। उनले सबैसामुन्ने आफ्नो पुरुषत्व देखाउन भने पछि परेनन्। दुर्योधनको साथी उनी उनको सिद्धान्त अनि जीवनशैली भने प्रेरणादायी मानिन्छ।

‘कर्म’मा विश्वास राख्ने कर्णले आफ्नो जीवन साहसी र आत्मनिर्भर भएर बाँचे। जस्तोसुकै विषम परिस्थितिबाट पनि उनी भागेनन्, बरु उनले सदगुण र वीरताको साथमा लागेर ती परिस्थितीको सामना गरे।

महाभारतका महायोद्धा कर्णका केहि यस्ता विशेषताहरू छन्, जुन हाम्रो जीवनको लागि पनि एकदमै प्रेरणादायी छन्ः

१. सबैभन्दा शक्तिशाली योद्धा

महाभारतका सबै योद्धाहरूमध्येमा कर्ण सबैभन्दा शक्तिशाली थिए। उनी अर्जुन भन्दा पनि शक्तिशाली थिए, त्यसैले कर्णलाई हराउनको लागि अर्जुनलाई पनि हम्य-हम्य परेको थियो।

कुरुक्षेत्रको युद्धमा, इन्द्र र श्रीकृष्णको सहयोगमा नै पाण्डवहरूले कर्णलाई हराउन सकेका थिए।

२. दानी

कर्णको दानी स्वभाव पनि सायद सबैलाई थाहै होला। सुर्यपुत्र कर्ण जन्मिँदा सुनको कवच र कुण्डलसँगै जन्मिएका थिए, जसको कारणले उनलाई कसैले पनि हराउन सक्दैनथे।Generous Karna

इन्द्रलाई यो कुरा थाहा थियो कि कर्ण एकदमै दानी छन्। यहि कमजोरीको फाइदा उठाएर इन्द्रले एक भिक्षुको भेष धरे र कर्णसँग उनको कवच र कुण्डल मागे।



इन्द्रको जालझेल थाहा पाएर पनि कर्णले उनलाई आफ्नो कवच र कुण्डल झिकेर दिए। उनको यस्तो स्वभाव देखेर इन्द्रले पनि कर्णलाई एकदमै शक्तिशाली अस्त्र ‘शक्ति’ दिए।

३. शस्त्र-अस्त्रको ज्ञान

कर्णका गुरु ‘परशुराम’ले उनलाई सबै किसिमका शस्त्र-अस्त्रको ज्ञान सिकाएका थिए। कर्ण पनि अति नै बुद्धिमानी थिए र यस्ता शस्त्र-अस्त्रको प्रयोग गर्नमा अर्जुनभन्दा माहिर थिए।

४. परोपकारी

दान, धर्म र परोपकारको लागि कर्ण कहिल्यै पनि पछि परेनन्, चाहे त्यो जतिसुकै महङ्गो किन नहोस्।

अर्जुनले हराएपछि मृत्युको प्रतिक्षा गरिरहेका कर्णको छेवैमा इन्द्र र सूर्यले भिखारीको भेष धरेर भिख माग्न आए। आफू सँग केहि नभएको कुरा कर्णले ती भिखारीहरूलाई सुनाएपछि, उनीहरूले कर्णको सुनको दाँत मागे। केहि कुरा नसोँची कर्णले पनि ढुङ्गाले आफ्नो दाँत फुकालेर ती भिखारीहरूलाई दिए।

५. कुन्तीप्रतिको सम्मान

कुरुक्षेत्रको युद्ध हुनुभन्दा केहि क्षण अगाडि कर्णलाई कुन्तीले आफ्नो वास्तविकता बताइन्- उनी नै कर्णकी माता हुन्। त्यसैले पाण्डवहरूमा सबैभन्दा जेठो छोरा कर्ण नै भएकोले कुन्तीले कर्णलाई पाण्डवहरूको साथ दिन आग्रह गरिन्।

तर, कर्णले आफ्नो मित्र दुर्योधनलाई धोका दिन चाहेनन्। त्यसैले उनले अर्जुन बाहेक अरू पाण्डवहरूलाई नमार्ने कुन्तीसँग वाचा गरे।

६. नैतिकवान

श्रीकृष्णले पनि कर्णलाई पाण्डवको साथ दिन आग्रह गरेका थिए। साथै उनको लागि एउटा सिङ्गो राज्य पनि दिन तयार थिए। तर कर्णले सम्पत्तीको लोभ गरी आफ्नो नैतिकता र मित्रतालाई छोडेनन्।

७. कर्णसँग पाँचै पाण्डवको गुण थियो

अति बुद्धिमानी, नैतिकवान, शस्त्र-अस्त्र विद्यामा माहिर, शक्तिशाली र सुन्दर थिए कर्ण। यी पाँच गुण पाँच पाण्डवलाई बाँडिएको थियो, तर कर्णसँग ती पाँचै गुण थियो।
nepaliheadlines

सामान्यतया हरेक घरमा पैसा वा मूल्यवान गहनाहरु राख्ने एउटा विशेष स्थान हुन्छ । कसैले लकरमा राख्छन् भने कसैले आलमारीमा ।


तर बास्तु शास्त्रले भने यस्ता मूल्यवान बस्तु र पैसा घरको उत्तर दिशामा राख्दा शुभ हुने बताएको छ । यो दिशा पैसा र गहना राख्दा धनकी देवी-देवता कुबेर र महालक्ष्मी खुसी हुने बास्तु शास्त्रको भनाइ छ ।

बास्तुले सकारात्मक र नकारात्मक उर्जाका आधारमा काम गर्छ । यसकै आधारमा धनमाल राख्न घरको उत्तर दिशा सबैभन्दा उपयुक्त मानिएको छ ।

उत्तर दिशा कुवेरको

धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ । उनी देवी-देवताका कोषाध्यक्ष मानिन्छ । उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धनमाल राख्दा शुभ फल दिन्छन् ।

पैसा र गहना राखेको ठाउँ सपा हुनु अनुवार्य मानिन्छ । फोहोर भएको स्थानमा पैसा गहना राखिनु अशुभ मानिन्छ ।

बास्तु शास्त्रीका अनुसार नगद धन घरको उत्तर दिशामा राख्नु उत्तम मानिन्छ । घरको दक्षिण दिशामा भारी र गह्रौं चिजहरु राख्नु राम्रो मानिन्छ ।
ajensy

पोखरा उपमहानगरपालिका– १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईबाट वार्षिक  रु सात लाख २३ हजार आम्दानी भएको छ ।गुफाको सौन्दर्य कायम गर्न २०६४ सालमा रु एक लाख ८० हजारमा निर्मित यान्त्रिक गाईलाई एक दाना खुवाएपछि दूध र गहुँत दिने व्यवस्था मिलाइएको छ । यान्त्रिक गाईको दर्शनका लागि रु १० को गुच्चा प्राप्त हुने र उक्त गुच्चा गाईको नजिकै रहेको प्वालमा राखिदिएपछि दूध तथा गहुँत दिने गर्छ ।




शिवको मन्दिरमा गाईको दूध तथा गहुँतको विशेष महत्व हुने भएकोले त्यस्तो व्यवस्था गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउंछन् । वार्षिक रसात लाखदेखि रु १० लाखसम्म आम्दानी हुनेगरेको छ । गहुँतबाट आफूलाई शुिद्धकरण गरी दर्शनार्थी गाईले दिएको दूधले गुफाभित्रको शिवको मूर्तिमा चढाउँछन् ।

विसं २०५० मा आश्चर्यजनक गुफा पत्ता लागेपछि देशका विभिन्न ठाउँबाट सो गुफामा महादेवको दर्शनका लागि दर्शनार्थी आउने गरेका छन् । जमिनको सतहबाट लगभग १०० मिटर तल रहेको महादेवको प्राकृतिक मूर्तिमा दर्शन गरेमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास रहेको छ । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष खगराज आचार्यका अनुसार कामधेनु गाईको मूर्ति सुर्खेतका मूर्तिकार तिलक सेञ्चुरीले निर्माण गरेका हुन् ।

गुफा बाहिर १०८ किलोको शालिग्राम स्थापना गरिएको छ । त्यसलाई व्यवस्थित गर्न करिब रु एक करोड १५ लाखको लागतमा भवन निर्माणको योजना अघि सारिएको छ । मुस्ताङबाट ल्याइएको शालिग्राम रहेको परिसरलाई विश्व दर्शन धामको रुपमा विकास गर्ने लक्ष्य राखिएको आचार्यको भनाइ छ ।

गुफा प्रवेशका लागि विद्यार्थीबाट रु पाँच, सर्वसाधारणबाट रु १० र विदेशीबाट रु ३० शुल्क लिने गरिएको छ । हिउँदको समयमा मन्दिरसहित गुफा भित्रबाट मनोरम पातले छाँगोसमेत हेर्नका लागि विद्यार्थीबाट रु ३५, सर्वसाधारणबाट रु ५० र विदेशीबट रु १०० शुल्क लिने गरिएको छ । गुफाले यस आवमा कामधेनु गाईको टिकट बिक्री बाहेक अन्यबाट रु दुई करोड पाँच लाख ७३ हजार आम्दानी गरेको छ ।

त्यस्तै दानपत्रबाट रु आठ लाख ३१ हजार, सदस्यता शुल्कबाट रु दुई लाख १३ हजार, बैंक ब्याजबाट रु चार लाख १५ हजार र सहयोग रसिदबाट रु १२ हजार आम्दानी गरेको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिए । सो आम्दानीलाई गुफा व्यवस्थापनका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालनका लागि उपयोग गरिँदै आएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यका अनुसार क्याम्पसमा हाल २६८ विद्यार्थी रहेका छन् । गुफा व्यवस्थापन समितिले यसवर्ष रु ६२ लाख क्याम्पस सञ्चालनका लागि छुट्ट्याएको छ । रासस
news24nepal

काठमाडौँ – कानको काम सुन्ने मात्र होइन । समुद्रशास्‍त्रका अनुसार कानले मानिसको भाग्‍य र व्यक्त‌ित्व समेत बताउँछ । त्यसैले तपाईले आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । यदि तपाईको कान छोटो छ भने तपाईले दुखी हुनु पर्दैन । किनकी छोटो कान भएका व्यक्ति बुद्ध‌िमान हुन्छन् ।

त्यस्तै जो व्यक्तिका कान जन्मजात नै लामा हुन्छन् तिनीहरुले लामो जिवन जिउने समुन्द्रशास्त्र बताउँछ । जन्मजात नै लामा कान भएका व्यक्तिले जिवनमा कम संघर्ष गर्न पर्छ । कान चेप्टा भएका व्यक्तिले भने भिन्न खालका हुन्छन् । उनीहरु भोग विलासी स्वभावका हुन्छन् । कानमा लामा लामा रौँ आएका व्यक्तिहरुलाई मानिसले मन नपाराए पनि उनीहरु दिर्घायू हुने शास्त्रको दावी छ

यस्ता व्यक्तिले आफ्नै कर्मका आधारमा राम्रो धन सम्पत्ती आर्जन गर्न सक्छन् । त्यस्तै सारै छोटा कान भएका व्यक्ति अत्यन्तै मितव्ययि हुने र धन बचाउने स्वभावका हुन्छन् । कालो र सुख्खा देखिने कान भएका व्यक्तिलाई शास्त्रले नराम्रो संकेत गरेको छ । यस्ता कान भएका व्यक्तिले जिवनमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा
osnepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget