काठमाण्डु, ३० फागुन– इन्डियन आयल कर्पोरेसनले रक्सौल–अमलेखगञ्ज ४१ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्राचार गरेको छ । आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले करिब दुई साताअघि आइओसीले पाइपलाइन परियोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिए ।

‘आइओसीले आफ्नोतर्फबाट सबै तयारी सकेको जानकारी गराएको छ । नेपालको तर्फबाट तयारी के भइरहेको छ भन्ने जानकारी पनि मागेको छ, सुवेदीले भने ‘पाइपलाइनका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिररहेको छ ।’
पाइपलाई निर्माणबारे ७ भदौमा नेपालका तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यासा राज्यमन्त्री धर्मेन्द्र प्रधानले सम्झौता गरेका थिए ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पाइपलाइन निर्माणका लागि आओसीले टेन्डर आह्वान गरिसकेको छ । घिमिरले भने, ‘हामीले आपूर्ति सहज होस्, अनि पाइपलाईनको कुरा गरौंला भनेर रोकेर राखेका छौं ।’
नयाँ पत्रिकाबाट
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.