Articles by "hollywood"

फाल्गुन २२, २०७२- कुनै फिल्म अवार्ड वितरण गर्नका लागि मञ्च उक्लिँदैमा कसैको यति धेरै चर्चा हुँदैन जति ओस्कर समारोहमा बलिउड हिरोइन प्रियंका चोपडाको भयो । बीबीसीले यसलाई एउटा ‘मोड’ का रूपमा व्याख्या गर्‍यो भने भारतीय सञ्चार माध्यमहरूले हलिउडमाथि बलिउडको प्रभावका रूपमा ।

न प्रियंकाले ओस्कर पाएकी हुन् न मनोनीत भएकी । तर, यति धेरै चर्चा किन भयो त ? ओस्कर वितरण गर्नुलाई नै हलिउडमाथि बलिउडको हमलाको रूपमा व्याख्या किन गरियो ? यसमा प्रियंकासँगै अर्की बलिउड सुन्दरी दीपिका पादुकोणलाई पनि जोडर व्याख्या गरिएको छ ।

टेलिफिल्म ‘क्वान्टिको’ बाट पिपुल्स च्वाइस अवार्ड पाएकी प्रियंका अब लगत्तै ‘बेवाच’ मा भिलेनको भूमिकामा देखिंदैछिन् । दीपिका भने भिन डिजलसँग ‘एक्सएक्सएक्स’ को नयाँ शृंखलामा व्यस्त छन् ।  बलिउडका यी दुई प्रतिस्पर्धी हिरोइनहरूको हलिउड सक्रियतालाई हलिउडको बजार विस्तार र बलिउडको प्रभाव विस्तारका रूपमा हेरिएको छ । जसरी केही वर्षअघि भटाभट भारतीय सुन्दरीहरूले विश्वसुन्दरीको ताज जित्थे, त्यसैगरी अहिले हलिउडका बिग बजेट फिल्ममा भूमिका पाउन थालेका छन् ।

यी दुवै परिघटनालाई भारतीय बजारमाथि पश्चिमको प्रभाव विस्तारको प्रयासका रूपमा हेरिएको छ ।  भारतमा हलिउड फिल्मको व्यापार पछिल्ला वर्षमा निकै बढेको छ । इरफान खानका स–साना भूमिका, भारतीय कथामाथि भारतमै निर्माण गरिएको ‘स्लमडग मिलेनियर’ ले जितेका ८ ओस्कर, एआर रहमान, गुल्जार र रसेल पुकेटीले एकैपटक पाएका ओस्कर, रहमानको ग्रामी र अनिल कपुरको टीभी शो, सबैको संयुक्त उपलब्धिका रूपमा प्रियंकाको ओस्कर मञ्च ‘आरोहण’ लाई हेरिएको छ ।

स्टिवन स्पिलवर्गको फिल्ममा देखिएका अमरिश पुरी र सन कनरीसँग देखिएका नसिरुद्धिन शाहको अभिनयले हलिउडमा बलिउडको आगमनको जुन संकेत दिन सकेको थिएन, त्यो काम प्रियंकाले गरेको मानिएको छ ।



तर, के साँच्चिकै यो बलिउडको हमला नै हो त ? आलोचकहरू त्यो मान्दैनन् । उनीहरू ठान्छन्– यो त उल्टो १ अरब भारतीयलाई अंग्रेजी फिल्म हेर्ने औपचारिक निम्तो हो । त्यस्ता हलिउड फिल्म, जहाँ भारतीय दर्शकले नै चाहेका स्वप्न सुन्दरीहरू हुनेछन् । गोराहरूको दुनियाँमा बलिउडका ‘ब्ल्याक ब्युटी’ हरूको जलवा छाउनेछ ।

अमेरिकापछिको हलिउडको दोस्रो ठूलो बजार एसिया हो । जापान, चीन र कोरिया यसमा अग्रणी छन् । अब यो लाइनमा भारत पनि थपिएको छ । भारतले हासिल गरेको आर्थिक वृद्धि र तीव्र सहरीकरणको फाइदा अहिले बलिउडलाई भइरहेको छ । एउटै फिल्मले ५ सय करोडको व्यापार गर्न थालेका छन् ।  संसारमै सबभन्दा धेरै फिल्म निर्माण गरे पनि र धेरै टिकट बिक्री भए पनि कुल कारोबारमा बलिउडभन्दा हलिउड अझै करिब ढाई–तीन गुणा ठूलो छ । हलिउड–बलिउडको अहिलेको आदान–प्रदानले एकातिर हलिउडको बजार विस्तारमा योगदान गर्नेछ भने अर्कातिर बलिउडलाई पनि ग्लोबल बनाउन मद्दत गर्नेछ ।

अहिले पश्चिममा जे–जति मात्रामा बलिउड फिल्म प्रदर्शन हुन्छन्, त्यसका मुख्य दर्शक विदेश पुगेका भारतीय नै हुने गरेका छन् । यिनले पश्चिमको मुख्य बजारमा धाक जमाउन सकेका छैनन् । तर, अब बलिउडका हिरोइनहरूले सायद, अंग्रेजी भाषाकै फिल्मबाटै त्यो काम गर्नेछन् ।

दीपिका र प्रियंका यो वर्ष बलिउडको सर्वाधिकमध्येको फिल्म ‘बाजिराव मस्तानी’ मा सँगै देखिएका थिए । हलिउडी शैलीका भव्य र रंगीन फिल्ममा विश्वास गर्ने संजयलीला भन्सालीको यो फिल्मबाट यी दुवैले बलिउडमा अवार्ड पनि पाए । आफ्नो पहिलो फिल्मबाटै हलिउडमा पनि उनीहरूले तरंग ल्याएका छन् । हेरौं यसले बलिउडलाई विश्वव्यापी बनाउँछ कि हलिउडलाई थप विस्तारित ?

हलिउडमा अश्वेत र ल्याटिन कलाकारको सहभागिता, उनीहरूलाई दिइने सम्मान तथा अवार्डहरूमा दिइने मनोनयनलाई लिएर चर्को बहस चलिरहेका बेला यी बलिउड अभिनेत्रीहरू हलिउड पुगेका छन् । यस्तोमा यो समावेशी नाराको फाइदा उनीहरूलाई पनि हुन सक्छ ।

मनोज नाइट श्यामलन मात्रै होइन, बलिउडै ‘मासुम’, ‘मिस्टर इन्डिया’ र ‘ब्यान्डिट क्विन’ जस्ता फिल्मका निर्देशक शेखर कपुरले अंग्रेजी फिल्ममा आफ्नो स्थान बनाएका थिए । केट ब्लान्चेटलाई लिएर उनले बनाएको ‘एलिजावेथ’ चर्चित फिल्म थियो । तर, पछिल्ला वर्षमा उनी पनि बलिउडतिरै फर्किएका छन् ।

हलिउडको काम गर्ने शैलीदेखि पाउने भूमिकासम्म हेर्दा एसियाली कलाकारलाई हलिउड खासै सजिलो ठाउँ मानिदैन । ज्याकी च्यानजस्ता कलाकार र आङ लीजस्ता निर्देशकहरू हलिउडमा स्थापित भएर पनि अझै ‘आउटसाइडर’ जस्ता मानिन्छन् । सन् २०१० यता ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड ‘शुद्ध अमेरिकी’ ले पाएका छैनन् । पछिल्ला दुई वर्ष यो अवार्ड मेक्सिकन अलेजान्द्रो गोन्जालेज (बर्डम्यान र दि रेभेनान्ट) ले पाए भने त्यसअघि मेक्सिोकै अल्फान्सो क्रुसो (ग्राभिटी) ताइवानका आङ ली (लाइफ अफ पाई), फ्रान्सका माइकल हजानभिकियस (द आर्टिस्ट) र बेलायतका टम हुपर (द किंग्स स्पिच) ले पाएका छन् । यसबाट पनि हलिउडमाथि गैरअमेरिकी मूलका कलाकार र निर्देशकको पकड प्रस्टिन्छ ।

यो विविधताको पनि भारतीय कलाकारहरूले फाइदा उठाउन सक्छन् । र, यससँगै उनीहरूको अर्को ‘प्लस प्वाइन्ट’ तिनै बलिउड दर्शक पनि हुनेछन् । त्यसको एउटा उदाहरण ओस्कर कार्यक्रममा लियानार्डोको बहुप्रतीक्षित विजयपछि दोस्रो बढी खोजी गरिएको समाचार प्रियंका चोपडाको उपस्थिति हुनुबाट पनि देखिन्छ ।


kantipur

चीनमा आयोजित ‘वल्र्ड मिस युनिभर्सिटी’ को २७ औं संस्करणमा नेपालकी सुन्दरी नगमा श्रेष्ठले थर्ड रनरअपको ताज पहिरिएकी छिन् ।

७० भन्दा बढी देशका प्रतियोगी सहभागी भएको वल्र्ड मिस युनिभर्सिटीमा पेरुकी सुन्दरी विजयी भएकी छिन् भने पाकिस्तान र चीनका सुन्दरी क्रमशः फष्र्ट र सेकेन्ड रनरअप बनेका छन् ।

नेपालकी नगमाले थर्ड रनरअपको ताजसँगै ‘मिस फिटनेस’ विधामासमेत विजय हासिल गरेकी छिन् । उनी १८ औं मिस नेपालकी उप–विजेता हुन् । उनी सोही वर्ष नेपालका तर्फबाट फिलिपिन्समा आयोजित ‘मिस अर्थ’ मा भाग लिएर टप आठसम्म पुगेकी थिइन् भने अन्तर्राष्ट्रियस्तरको सुन्दरी प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको पहिलो सुन्दरी बनेकी थिइन् । साथै मिस अर्थ प्रतियाेगितामा चित्रकलामा दाेस्राे स्थान हासिल गरेकी थिइन् । सामाजिक सेवामासमेत लागेकी नगमा टेलिभिजनमा कार्यक्रमसमेत चलाउँछिन् ।setopati

कोल्म्बियन सुपरस्टार गायिका सकिराको विश्व चर्चित गीत 'वाका वाका'ले भिडियो संजाल यूटियूबमा जादुमयओ आँकडा पार गरेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपको प्रचारको लागि तयार पारिएको सो गीतलाई यूटियूबमा एक अरब पटक हेरिएको छ।
साकिरा अघि यस आँकडालाई बरूनो मार्स, मार्क रनसन था एनरिक इग्लेसियसले पार गरिसकेका छन्। साकिराले आफ्नो यो सफलता ट्विट गर्दै सार्वजनिक गरेकी हुन्।

गत वर्ष रिलिज भएको शाहरुख खान तथा काजोल अभिनित 'दिलवाले'ले सोचेजस्तो सफलता हासिल गर्न असफल रह्यो। जादु चलाउने ठानिएको शाहरूख-काजोल'को जोडीले कमाल देखाउन सकेन्। पाँच वर्षपछि पुन: फिल्ममा देखिएकी अभिनेत्री काजोलले उक्त फिल्म गरेकोमा पछुतो मानेको चर्चा चलेको छ।
काजोलले यसरी पछुतो मान्नुको कारण 'दिलवाले' प्रस्ताव गरिएको समयमा नै प्रस्ताव गरिएको अर्को एक फिल्म रहेछ। काजोललाई सुजोय घोषको निर्देशन गर्न लागेको 'दुर्गा रानि सिंह' प्रस्ताव गरिएको रहेछ। उनले शाहरूखसँगको गहिरो मित्रताको कारण 'दिलवाले' छानिन्। तर फिल्मको परिणाम सुखद भएन।
आजकल काजोललाई अर्को फिल्म गरेको भए 'दिलवाले'मा भन्दा राम्रो काम गर्न सकिन्थ्यो भन्ने रहेछ जून पूरा हुन सकेन्। 'दिलवाले'मा उनको भूमिकामा खास दम देखिएन। यसरी दमदार भूमिका छोडेको काजोलले आफ्ना सातीभाइसँग दु:ख मनाउ गर्ने गरेको बताइन्छ। तर, सोच्नुपर्ने बेलामा नसोचेपछि अहिले काजोलको पछुतो के अर्थ?setopati

टाइटानिक अभिनेत्री केट विन्स्लेटले यसपटकको ओस्कार अवार्ड लियोनार्दो डीक्याप्रियोले पाउनुपर्ने अभिव्यक्ति दिएकी छन् । केटले बीबीसीसँगको विशेष कुराकानीमा यो कुरा बताएकी हुन् ।

‘मलाई लाग्छ मैलेजस्तै अरू धेरैले यही सोचेको होलान् कि यस वर्षको ओस्कार अवार्ड, लियोनार्दोले जित्नुपर्छ’, केटले भनेकी छन् ।

लियोनार्दो र र केट मिल्ने पुरानो साथी हुन् । सन् १९९७ मा प्रदर्शन भएको विश्वविख्यात चलचित्र टाइटानिकमा उनीहरूले एकसाथ काम गरेका थिए । चलचित्र टाइटानिक प्रदर्शनमा आएपछि यो जोडीको केमेस्ट्रीको संसारभर चर्चा भएको थियो ।

निर्माणलागत, कथा, प्रस्तुति, अभिनय सबै दृष्टिकोणले संसारभर वाहवाही पाएको यो चलचित्र व्यावसायिक रूपमा पनि त्यत्तिकै सफल भएको थियो ।

कति पटक उनीहरूको रोमान्सका समाचारले विश्वमा सनसनी पनि मच्चायो तापनि आफूहरू असल मित्र भएको बताउँदै आएका छन् । यो जोडी सन् २००३ मा चलचित्र रेभोलुसनरी रोडमा पनि सँगै देखिएका थिए ।

केटले यस वर्षको ओस्कार लिओनार्दोले जित्नुपर्छ भन्ने अभिव्यक्तिपछि यो जोडी पुनः चर्चामा आएका हुन् । आगामी फेब्रुअरी २८ मा हुने ८८ औं ओस्कार अवार्डमा लियोनार्दो वेस्ट एक्टरका लागि मनोनयनमा परेका छन् भने विन्स्लेट स्पोटिङ एक्ट्रेसका लागि मनोनयनमा परेकी छन् ।

एकेडेमी अवार्डका नामले समेत चिनिने ओस्कार अवार्ड विश्व चलचित्रमा सर्वाधिक सम्मानित मानिने अमेरिकी अवार्ड हो । यो वार्षिक रूपमा आयोजना हुँदै आएको छ । यस अवार्डको पहिलो संस्करण सन् १९२९ मा भएको थियो ।

हलिउड चर्चित अभिनेता चार्ली शिनलाई एचआइभी संक्रमण
न्युयोर्क–चर्चित हलिउड अभिनेता चार्ली शिनले आफूलाई एचआइभी भएको खुलासा गरेका छन्। एक अमेरिकी टेलिभिजनलाई दिएको अन्र्तवार्ता उनले आफूलाई एचआइभी संक्रमण भएको बताएका हुन्।

५० वर्षीय अभिनेता चार्लीमाथि एचआइभी भएको हल्ला विगत केही महिनादेखि चलेको थियो। उक्त हल्लालाई पुष्टि गर्दै अभिनेता चार्लीले अमेरिकी टेलिभिजन एबिसीको एक प्रत्यक्ष कार्यक्रममा आफूलाई एचआइभी भएको बताएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनका अनुसार चार वर्षपहिला एचआइभी संक्रमण भएको पत्ता लागको थियो। 'मलाई एचआइभी संक्रमण भएको चार वर्ष भएको छ,' उनले भने,' मैले यो कुराको खुलाशा गर्नुको कारण मलाई कसैले पनि ब्ल्याकमेल नगरोस भन्ने हो।'

चार्लीले उपचार गराएका डाक्टरमाथि एकदमै भरोसा गरेको तर, उपचारमा संलग्न डाक्टरले ब्ल्याकमेल गरेको जनाए। चार्लीले आफूमाथि लागेको संक्रमण कसैलाई पनि नभन्न डाक्टरलाई अनुरोध गरेका थिए। तर त्यसवापत उनले डाक्टरलाई दश मिलियन डलर दिएको खुलासा गरेका छन्। डाक्टरले बारम्बार ब्ल्यामेल गर्दै सो रकम आफूबाट लिएकोसमेत उनले खुलाशा गरेका छन्।

कार्यक्रममा चार्लीले आफूलाई आज जेलबाट मुक्त भएको जस्तो भन्दै एचआइभी भएको खुलाशा गरेका हुन्। 'आज म आफूलाई यो जेलबाट मुक्त गर्दैछु,' उनले भने,'मैले ती मानिसलाई विश्वास गरेको थिएँ, जो मेरा लागि खास मानिस थिए, तर उनीहरुले मेरो मजबुरीको फाइदा उठाए।' उनले आफूलाई चार वर्ष पहिला नै संक्रमण भएको थाहा पाएको भएपनि त्यो कसरी भयो भन्ने कुराबारे अझैपनि अनविज्ञ रहेको बताए। 'यी तीन शब्द्धलाई कबुल गर्न निकै मुश्किल हुन्छ,' उनले भने,'यसको सुरुवात टाउको दुखेर सुरु भयो। मलाई लाग्यो यो ब्रेन ट्यूमर हो, त्यतिबेला मलाई लाग्यो अब सबै सकियो।'

चार्लीले आफूले हालसम्म ५ हजार महिलासँग यौनसम्पर्क राखेको खुलासा गरेका छन्। तर आफ्ना कारण कसैलाई पनि एचआइभी संक्रमण नभएको दाबी गरे। तर उनीमाथि कारवाहीको माग गर्दै मुद्दासमेत दर्ता भएको थियो। अमेरिकाको ३५ राज्यमा कसैलाई पनि एचआइभी संक्रमित गर्नु कानुनी अपराध मानिन्छ। चार्लीका अनुसार उनले यौन सम्पर्क गरेको ५ हजार महिलामध्ये पोर्न स्टार्स, यौनकर्मी तथा ठाउँ ठाउँमा सांगीतिक कार्यक्रम गर्ने युवतीसँग यौन सम्पर्क गरेका थिए। एक यौनकर्मीले चार्लीको बाथरुममा एचआइभीको औषधि देखेपछि उनलेसमेत चार्लीलाई ब्ल्याकमेल गरेको उनले बताए। चार्ली पाँच बच्चाका पिता हुन्। उनले २०११ मा विरामीका कारण उनी चर्चामा छन्। चार्लीका पूर्व पत्नीमध्ये जेम्स बान्ड फिल्मकी हिरोइन हुन्।
nagariknews

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget