हेटौंडा बन्यो सहिदको सहर


काठमाडौं १६ माघ । हेटौंडा ११ नवलपुरमा बिभिन्न कालखण्डका सहिदलाई एकै थलोमो स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । हेटौंडालाई सहिदको तीर्थस्थलको रुपमा विकास गर्न स्तम्भ निर्माण गरिएको छ।
१९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । चारैतिर बगैंचा र अग्रभागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ ।
स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । ९० लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयको सहयोग र बाँकी सहिद स्मारक विकास समितिको लगानीमा स्तम्भ निर्माण गरिएको समितिका अध्यक्ष डोरमणी पौडेलले बताए ।
स्मारकमा बिभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र बिभिन्न जनसंघर्षमा सहिद भएका १२ सहिदको एउटै ढुंगामा मुखाकृति कुँदिएको छ। स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलात्मक ढंगले कुँदिएको सालिकले बिभिन्न कालखण्डको स्मरण गराउँछ । प्रमुख आकर्षकको रुपमा रहेको कलाकृति सहिद दिवसको दिन मात्र खुला हुन्छ ।
नेपालमा भएका बिभिन्न कालखण्डका आन्दोलनका सहिदकाबारेमा जानकारी लिन पुस्तकालय धाउन नपर्ने भएको छ । सहिदकाबारेमा अध्ययन, अनुसन्धान एवं खोज गर्न चहानका लागि अनुसन्धान केन्द्रको रुपमा सहिद स्मारकमा सहिद ग्यालरी निर्माण गरिएको छ । यहाँ सहिदका बारेमा प्रकाशित पुस्तक, लेख, रचना, फोटो आदि संग्रह गरिएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरुको सम्झनामा प्रजातान्त्रिक पार्क निर्माण थालिएको छ। पार्कमा वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिक राख्ने समितिको योजना छ । अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget