उदयपुर / नेपाल सरकारका आपूर्ति मन्त्री गणेशमान पुनले भारतबाहेक अरु देशसँग व्यापर सम्झौता गर्नु पर्ने बताएका छन् । आइतबार उदयपुरको कटारीमा सिभिल होम दोस्रो कटारी गोल्डकपको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मन्त्री पुनले देशको दिर्घकालिन विकासका लागि भारत बाहेक अरु देशहरुसँग व्यापार सम्झौता गर्नु पर्नेमा जोड दिए । तराई बन्द र भारतीय नाकाबन्दीले गर्दा एउटै देश, एउटै वस्तु एकभन्दा बढी देशसँग व्यापार सम्झौता गर्न नहुने बताए ।
मन्त्री पुनले सरकारले दिर्घकालिन हिसावले एउटै बजारमा भर नपरेर अब मित्र राष्ट चिन सँग समेत चाडै व्यापार तथा पारवहन सम्झौता हुन लागेको खुलासा गरे ।
आधुनिक रंगशाला आवश्यक रहेको आपूर्ति मन्त्री गणेशमान पुनले बताए । सिभिल होम दोस्रो कटारी गोल्डकपको उद्घाटन गर्दै मन्त्री पुनले यस क्षेत्रमा रंगशाला आवश्यक भएको बताए ।
मन्त्री पुनले कटारी फुटवल प्रतियोगितमा खेल्ने खेलाडीलाई विश्वकप खेल्ने लक्ष्यका साथ खेल्न शुभकामना दिदै कटारीमा अन्तराट्रिय रंगशाला निर्माणमा सरकारी निकायमा पहल गरिदिने बताएका हुन ।
“कटारीमा रंगशालाको लागि विशेष पहल गर्छु ।” मन्त्री पुनले भने, “कटारीबासी ढुक्क रहनुहोस म अवका दिनमा कटारीमा रंगशाला बन्छ ।” देशको समग्र विकासको लागि खेलकुद अतिआवाश्यक रहेको भन्दै मन्त्री पुनले सरकारले अहिले खेलकुदको विकासको लागि विशेष पहल थालेको जानकारी समेत दिए ।
purbelinews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.