Articles by "बिसेष"

युवा संघ नेपालले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालको नक्सा दिएर राष्ट्र जोगाउन आग्रह गरेको छ । ‘सक्नुहुन्छ भने ठूलो दलको सभापतिको नाताले सन् १९५० को सन्धी खारेज गरेर नेपालको सीमाना बढाउन लाग्नुहोस । सक्नुहुँदैन भने अहिलेको सीमानामा प्रतिवद्ध रहनुहोस’ देउवा निवास बुढानिलकण्ठ पुगेका संघका अध्यक्ष राजीव पहारीले भावुक हुँदै भने ।



आफ्नो जीवन हत्केलामा राखेर मधेस सम्वाद तथा जागरण अभियान संचालन गरेका पहारीले देउवालाई राष्ट्रियताको विषयमा सचेत गराएका हुन । यसअघि पहारीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी राष्ट्रियताको विषयमा सचेत गराउँदै वामपन्थी दलहरुबीचको एकताको लागि ध्यानाकर्षण गराएका थिए ।



मंगलबार संघका नेता तथा कार्यकर्तासँगै बुढानिलकण्ठ पुगेका पहारीले देउवालाई खादासँगै नेपालको नक्सा दिएर राष्ट्र संकटमा परेकोतर्फ ध्यानाकर्षण गराएका हुन । ‘राष्ट्र संकटपूर्ण अवस्थामा छ । युवा संघको तर्फबाट हामीले राष्ट्रियताको विषयमा खवरदारी गरिरहेका छौँ । ठूलो दलको सभापतिको हैसियतामा तपाईपनि सचेत रहनुहोला’ पहारीले भने ।

पहारीले प्रमुख दलहरुबीचको एकता अझै आवश्यक रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन पनि देउवाको ध्यानाकर्षण गराएका छन । उनले भने ‘केपी ओली नेतृत्वको सरकारमा आउनुहोला । त्यसको विकल्प छैन । अवको १० वर्ष मिलेर जानुपर्छ ।’ राष्ट्रियताको संरक्षण, भ्रष्टाचारको अन्त्य र जनताको दैनिकी सहज बनाउन पनि दलहरु कम्तिमा १० वर्ष मिलेर जानुपर्ने पहारीले औल्याए ।



जवाफमा देउवाले राष्ट्रिय अखण्डताको विषयमा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन । देउवाले भने ‘हामी पनि मिलेरै जानुपर्छ भन्नेमा छौँ ।  बधाई दिनुभएकोमा धन्यवाद । अखण्डताको विषयमा कसैसँग पनि म सम्झौता गर्दिन ।’ कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि र चन्द्र भण्डारीलाई पनि युवा संघले बधाई दिएको छ ।
nepalpati


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब आर्थिक विकासको चरणमा प्रवेश गरेकाले यहाँको विकासमा भारतको सहयोगको अपेक्षा सरकारले गरेको बताउनुभएको छ ।

भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्करसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयमा आज भएको भेटमा उहाँले नेपाली भूमि कुनै पनि छिमेकी मुलुकको विरुद्ध प्रयोग हुन नदिनेमा सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।



प्रधानमन्त्रीले नेपालमा अहिले कुनै राजनीतिक समस्या नरहेको र कहीँ कतै कुनै समस्या छन् भने पनि संवाद र वार्ताका माध्यमबाट समाधान खोज्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

पोखरामा हुने दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क) को मन्त्रीस्तरीय बैठकका लागि नेपाल आउनुभएका सचिव जयशङ्करले नेपालको स्थायित्व र विकासका लागि भारत सहयोगी बन्न चाहेको अवगत गराउनुभएको थियो । नेपालमा स्थायित्व र विकास भयो भने त्यसबाट भारतलाई पनि सकारात्मक सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको निर्णय क्षमताप्रति भारत सरकारको ठूलो विश्वास रहेको बताउँदै नेपाल–भारतबीच विगतमा सम्झौता भई थाती रहेका काम अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । रासस


News24Nepal

२ चैत, काठमाडौं । तिब्बतमा आइपुगेको चिनियाँ रेललाई नेपालसम्म जोड्ने बहस सुरु भएको धेरै भइसक्यो । तर, अहिलेसम्म चिनियाँ रेल भित्र्याउने कुरा चियागफमा मात्र सीमित भइरहेको छ । अब भने नेपाल र चीनलाई रेलमार्गबाट जोड्न सरकार आफैं तात्ने भएको छ ।
नेपालले रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) का लागि चीनसँग आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा चीनसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पहल गरिदिन आग्रह गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्रलाई सिफारिस गरेको छ ।
परराष्ट्र मन्त्रालयले यो विषयलाई चीन भ्रमणको एजेन्डामा पार्ने संकेत देखाएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अहिले एउटा चिनियाँ कम्पनीले रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिरहेको छ । विजयकुमार गच्छदार मन्त्री भएपछि अध्ययन थालेको सो कम्पनीबाट प्रतिवेदन भने आउन बाँकी छ । रेलमार्गको ‘प्रि-फिजिविलिटी’ अध्ययन भइरहे पनि विस्तृत अध्ययन सकेर काम अगाडि बढाउन मन्त्रालय तातेको हो ।
कहाँबाट आउँछ रेल ?
नेपालले चिनियाँ रेल तिब्बतको केरुङबाट काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्‍याउने प्रस्ताव बनाएको छ । तिब्बतको सिगात्से हुँदै चीनले  नेपालको सीमावर्ती शहर केरुङसम्म रेल पुर्‍याउने घोषणा गरिसकेको छ ।
तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेसम्मको दुरी २ सय ५३ किलोमिटर पर्छ । चीनले १३ औं पञ्चवर्षीय योजना (२०१६-२०२०) भित्र सिगात्सेबाट दुईवटा रेल लिक विस्तार गर्दैछ । एउटा लिक नेपालको सीमाक्षेत्र केरुङ र अर्को लिक भारत एवं भुटानको सीमाक्षेत्र यादुङसम्म पुर्‍याउने चीनको योजना छ । नेपालको रसुवागढीबाट केरुङ करिव २६ किलोमिटर दूरीमा छ ।
चिनियाँ रेल नेपाल ल्याउन सकेमा ठूलो उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । तिब्बत घुम्न आएका चिनियाँ पर्यटक नेपाल भित्राउन र चीनसँग हुने व्यापार बढाउन रेलमार्ग कोशेढुंगा सावित हुनेछ ।
नेपालमा चिनियाँ रेल भित्राउन सकेमा ठूलो आर्थिक उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । विश्व पर्यटन संगठनका अनुसार चीनबाट तिब्बतमा झण्डै डेढ करोड पर्यटक भ्रमणमा आउने गर्छन् । जसमध्ये करिव ९० प्रतिशत पर्यटक रेल र बसबाट तिब्बत आउँछन् ।
तिब्बतको रेल नेपालसम्म ल्याउन सकेमा चिनियाँ पर्यटक आगमन बढाउन सकिन्छ । तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकमध्ये सानो हिस्सामात्र नेपाल भित्राउन सकेमा फालाफाल हुन्छ । अहिले तिब्बतसँग नेपाल सडक र हवाइ मार्गबाट जोडिएको छ । सडकमार्ग राम्रो नभएका कारण अपेक्षित पर्यटक भित्राउन सकिएको छैन ।
यसको अलवा चीनसँगको व्यापार बढाउनका लागि पनि रेलमार्ग उपयोगी हुने देखिन्छ । भारतले पटक-पटक नाकाबन्दी गरेर दुःख दिइरहेका बेलामा चीन र नेपाललाई रेलमार्गले जोड्न सकेमा भारतले नाकाबन्दी गर्दा पनि धेरै राहत हुने थियो ।
चीन सकारात्मक
नेपालमा रेलमार्ग विस्तारका लागि चीन सकारात्मक देखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।करिव डेढ वर्षअघि नेपाल भ्रमणमा आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सीमानासम्म आइपुग्ने रेल काठमाडौंसम्म विस्तार गर्न चाहेमा सम्भाव्यता अध्ययन गर्न सुझाव दिएका थिए ।
विदेशमन्त्री वाङले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग चाहिएमा सहयोगका लागि आफुहरु तयार रहेको बताएका थिए । वाङका अनुसार चीन, भारत र दक्षिण एशियासँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा नेपाल स्थापित हुनसक्छ ।
चीनले पटक-पटक नेपालमा रेलमार्ग विस्तारका लागि आग्रह गरे पनि नेपाली पक्षबाट आवश्यक कदम नचालेको बताइन्छ । तत्कालिन मन्त्री पाण्डेले वाङको प्रस्तावमा थप छलफल गर्ने बताएका थिए । तर, अहिलेसम्म चिनियाँ रेल काठमाडौं जोड्ने सम्भाव्यता अध्ययनको काम अगाडि बढेको देखिँदैन ।
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका बेला रेलमार्गको कुरा अगाडि बढ्ने अपेक्षा गरिएको छ । चीनले पहिलो चरणमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने र त्यसपछि पूर्वाधार विकासमा सहयोग गरिदिने नेपालको अपेक्षा छ ।
onlinekhabar

रिचार्ड (रिशिराम) राम गैरे
सिकागो १ चैत । अमेरिकामा यति बेला आगामी बर्ष हुने राष्ट्रपति चुनाबमा पार्टीको तर्फबाट उमेद्वार बन्नको लागि जनता र कार्यकर्ताको मतबाट निर्वाचित हुने प्रक्रिया शुरु भएको छ ।
अमेरिकाको राजनीतिमा डेमोक्रेट र रिपब्लिकन पार्टीको बिगत १५० बर्षदेखि कट्टर प्रतिस्पर्धा हुदै आएको छ । नेपालमा जस्तै अमेरिकामा पार्टीको उमेद्वार हुन नेताहरुको आशिर्वादले मात्र पुग्दैन, यसको लागि पार्टी कार्यकर्ता र मतदाताको पनि समर्थन चाहिने भएको हुँदा यति बेला प्राथमिक चरणको चुनाब चलिरहेको छ यस्तो चुनाब गराउन अमेरिकी निर्वाचन आयोगले निस्पक्ष र सक्षम योग्यता पुगेको व्यक्तिलाई खोजी गरि निर्वाचन अधिकृतको जिम्मा दिन्छ । यहि शिलशिलामा यहि मार्च १५ को इलोनोइज राज्यको माउन्ट प्रोस्पेक्ट सिटीमा नेपालीले नागरिक रिचार्ड (रिशिराम) राम गैरेलाई नियुक्त गरेको छ ।
बिगत ९ बर्ष देखि इलिनोइज राज्यको सिकागोमा बस्दै आएका गैरे गत बर्ष अमेरिकाको सिटिजन प्राप्त गरेका थिए । नेपालमा रहदा समेत शिक्षक रही निवाचनको अनुभव गरेका गैरेले अमेरिकी सरकारले यति ठूलो बिश्वास गरि जिम्मेदारी प्रदान गर्नु यो नेपालहरुको लागि गौरबको बिषय भएको बताए । उनलाई इलिनोइज राज्यको माउन्ट प्रोस्पेट सिटीको लागि क्लार्क ओफ कुक काउन्टिको तर्फबाट इलेक्सन ओफ डाइरेक्ट डेविडले एक इमेलमार्फत नियुक्ति पत्र पठाएका छन् ।
२ वटा पार्टीको कडा प्रतिस्पर्धामा डेमोक्रेट पार्टीको तर्फदेखि पूर्व राष्ट्रपति बिल क्लिन्टन कि धर्म पत्नी तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा पछिल्लो समय समाजबादी छबि बनाएका बर्नी स्यांडरबीच कडा टक्कर भएपनि आयोबा राज्य बाहेक न्युह्याम्सर नर्थ क्यारोलोना मेचिगन र अन्य आधा दर्जन राज्यमा भएको निर्वाचनमा स्याण्डर्सलाई हिलारीले भोटमा बाजी मारिसकेकी छन् । अर्कोतर्फबाट रिपब्लिकन पार्टीको तर्फबाट अरबपति धनाढ्य डोनाल्ड ट्रंम्पसंग ट्रेड क्रुज र मार्क रुबियो प्रतिस्पर्धामा रहेपनि उनीहरु दुवै जनालाई डोनाल्डले विभिन्न राज्यमा भएको आन्तरिक चुनाबमा माथ गरेर अगाडि आइसकेका छन् ।

अमेरिकी सरकारले पठाएको पत्र
यद्यपि ओबामाको हेल्थकेयर सम्बन्धि लगायतको कार्यक्रमबाट नाखुश रहेका गोरा र धनाढ्य अमेरिकनहरु डेमोक्रेटिक पार्टीको ८ बर्षदेखिको लगातार सत्ता संचालनको क्रमभंगता गर्ने मनसाय पनि पुरा हुने स्थिति निर्माण भैसकेको छैन । रिपब्लिकन पार्टीको तर्फबाट अलिकन बलिया देखिएका धनाढ्य ड़ोनाल्ड उनको चुनाबी शैली र प्रस्तुतिबाट मनोरञ्जन मात्र प्राप्त भैरहेको बताउने अमेरिकीहरु यसपटक पनि गतिलो उमेद्वार नपाएको कारण आगामी बर्ष हुने राष्ट्रपतिको निर्वाचन आफ्नो पक्षमा पार्न नसकिने हो कि भन्ने चिन्तामा रहेका छन् ।
यता रिपब्लिकनको तर्फबाट प्रभावकारी उमेद्वार नपाइरहेको अवस्थामा डेमोक्रेट पार्टीको बैकल्पिक उमेद्वार बर्नी स्यान्दर्स पुँजीपति र स्वार्थी अमेरिकी राजनीतिमा जनताको लोककल्याणकारी कार्यक्रमको साथ प्रष्ट समाजबादी कार्यक्रम लिएर अगाडी बढिरहेका न्यूनआय हुने अमेरिकीहरु बर्नी अहिलेसम्म नदेखिएको र एकै चोटी यस्तो प्रभावकारी समाजबादी कार्यक्रमको साथ कसरी आए भनेर अचम्म माने झैँ गरे पनि उनले आफ्नो यो योजनालाई टेलिभिजन कार्यक्रममा दरिलोसंग प्रस्तुत गर्न नसकेको र उनी अर्को पटकको लागि डेमोक्रेटको लागि दरिलो उम्मेदवार हुने अड्कलबाजी चलेको छ ।
यसैगरि डेमोक्रेटको बलियो गढ मानिएको र डोनाल्डको समेत ८ मिलियन सम्पति रहको सिकागोमा रिपब्लिकन उम्मेदवार डोनाल्डको तर्फबाट गत शुक्रबार राखिएको र्याली तथा सभा डेमोक्रेट कार्यकर्ताले गरेको ब्यापक बिरोधका कारण रोकिनुले अमेरिकामा पनि अझै राजनीतिक संस्कार निर्माण भै नसकेको पर्यवेक्षकहरुले बताएका छन् ।
dainiknepal

३० फागुन, काठमाडौं । राजधानीको रिङरोडमा अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा आएको छ । आइतबार उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक समारोहबीच यात्रुमैत्री आधुनिक सुविधा भएको मेट्रो बस सुभारम्भ गरे ।
उपत्यका स्वयम्भू यातायात समिति अन्तर्गतको महानगर यातायातले रिङरोडमा अत्याधुनिक बस सेवा सुरु गरेको हो । पहिलो चरणमा ३९  बसले रिङरोडका यात्रुहरुलाई सेवा दिनेछन् । यस कार्यले स्तरीय बसमा सम्मानपूर्वक यात्रा गर्ने राजधानीबासीको सपना केही हदसम्म पुरा भएको छ ।
बसमा विमानमा जस्तै यात्रुको सेवाका लागि ‘महिला परिचारिका’ राखिएको छ । बस परिचारिकाले झर्किएर हैन, नम्र भएर यात्रुहरुको सेवा सत्कार गर्नेछन् । परिचारिकाका लागि छुट्टै ड्रेसको समेत व्यवस्था गरिएको छ ।
यी बसले यात्रुलाई ननस्टप सेवा दिनेछन् । बसले २७ किलोमिटर दूरीको रिङरोड परिकर्मा गर्न दुई घण्टा लगाउने महानगर यातायातका अध्यक्ष मधुसुधन उपाध्याय अधिकारीले बताए । बस रोक्नका लागि अब यात्रुहरु चिच्चाउनु पर्दैन्, ढोकामा रहेको ‘स्टप बटन’ थिचेपछि बस रोकिन्छ ।

यात्रुहरुले आफ्नो गन्तव्यका बारेमा जानकारी नपाउादा हुने असहजता सम्बोधन गर्नका लागि प्रत्येक स्टेसनमा पुगेको जानकारी बसमा रहेको डिस्प्ले र आवाजबाटै सुनिने गरी दिने व्यवस्था मिलाइएको छ । जसले गर्दा यात्रुलाई आफ्नो गन्तव्यमा ओर्लिन सहजता हुनेछ ।
जिपिएस ट्याकिङ सिष्टम
कम्पनीका सबै बसहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिएको छ । यो सिष्टमको महजोडी हरिवंश अचार्य मदनकृष्ण श्रेष्ठले उदघाटन गरे । लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एपले यात्रुहरुलाई आफ्नो निवासबाटै निकट दूरीमा रहेको बस र बसमा रहेका यात्रुहरुको संख्याका बारेमा जानकारी गराउाछ ।
मोबाइलमा ‘यातायात एप’ डाउनलोड गरेपछि कम्पनीका बसहरु कुन स्थानमा छन, मोबाइलबाटै हेरेर प्रतिक्षालय पुग्न सकिने छ । जसले गर्दा यात्रुलाई गाडीको पर्खाइमा स्टेसनमा पट्यार लाग्दोगरी कुर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

गाडीमा यात्रुको सुविधाका लागि वाईफाई र एलइडी टेलिभिजन राखिएको छ । यी सुविधाले यात्रुहरुको यात्रा मनोरञ्जनात्मक बनाउने विश्वास कम्पनीका उपाध्यक्ष सन्तोष खतिवडाले व्यक्त गरे । यात्रुले गीत सुन्दै भिडियो हेर्दै यात्रा गर्न सक्नेछन् ।
सिसी क्यामेरा जडान
कम्पनीका सबै बसहरुमा सिसी क्यामेरा जडा गरिएको छ । सार्वजनिक यातायातको कालो पक्षका रुपमा रहेको सार्वजनिक यातायातमा महिला यात्रुमाथिको यौन दुव्र्यवहार र पकेटमार तथा चोरीजस्ता समस्या झेल्नु नपरोस भनेर सिसि क्यामेरा राखिएको खतिवडाले बताए ।
यी बसमा चढ्दा कुनै यात्रु दुव्र्यवहारमा परेमा भिडियो क्लिप देखाएर उजुरी गर्न सकिने छ । जसले गर्दा पिडकलाई कारवाही गर्न सहजता समेत हुनेछ ।

७० यात्रु बोक्ने
टाटाको प्रिमियम ब्रान्ड अल्ट्रा बसमा ३२ सीट सिट रहेका छन् भने बसको बीचमा हाइड्रोलिक ढोका राखिएको छ । चार फिटको पाटेसन गरिएको ढोकाको एउटा भागबाट यात्रुहरु बसमा चढ्न सक्नेछन् भने अर्को भागबाट झर्नेछन् ।
यो गाडीले एक पटकमा ७० जना यात्रु बोक्न सक्नेछ । ३२ जनाले सीटमा बसेर यात्रा गर्न सक्नेछन् भने बााकी यात्रुका लागि सिलिङमा ‘स्ट्राइक’ समातेर उभिने व्यवस्था गरिएको छ । गाडी ठूलो भएको हुादा कोचिनुपर्ने अवस्था नरहने खतिवडाको दावी छ ।
दिनहुँ नुहाइ धुवाई
राजधानीमा सञ्चालित अधिकांश बसहरु लामो समयसम्म सफा नगर्दा गन्हाउाछन् । तर, महानगर यातायातले हरेक दिन सबै बसहरु सफा गर्ने भएको छ । यसका लागि बनस्थलीमा ४ रोपनी क्षेत्रफलमा ग्यारेज बनाएको खतिवडाले जानकारी दिए ।

उपाध्यक्ष खतिवडाले महानगर यातायात सञ्चालनमा आएपछि निजी सवारीको प्रयोग घट्ने दाबी गरे । स्तरीय बस सेवा नभएको हुादा राजधानीवासीमा निजी सवारी चढ्ने प्रवृत्ति बढेको बताउादै उनले यसबाट राजधानीमा ट्राफिक चाप बढ्दै गएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्तरीय बस सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । त्यस्तै महजोडीले अनुशासित भएर बस चलाउन सञ्चालक र ड्राइभरलाई आग्रह गरे । मदनकृष्ण आचार्यले गाडीको सरसफाइ र ट्राफिक अनुशासनमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।
अर्का कलाकार हरिवंश आचार्यले अब राजधानीमा दुई तले बस सञ्चालन गर्नुपर्ने बेला आएको बताए । मेट्रो रेलको तत्काल सम्भवना नभएको उल्लेख गर्दै उनले दुई तला भएको बस सञ्चालन गरेमा चाप कम हुने विश्वास व्यक्त । उनले रातीमा समेत सेवा दिन महानगर यातायातलाई आग्रह गरेका छन् ।
-onlinekhabar

काठमाडौं, फागुन ३० । स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही सवार हेलिकोप्टर मनाङमा आकस्मिक अवतरण गराइएको छ । मौसम प्रतिकुल भएपछि हेलिकोप्टर आकस्मिक अवतरण गराइएको हो ।
मनाङको जिल्ला परिषद बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी भइ राजधानी फर्कने क्रममा राज्यमन्त्री शाही सवार एयर डाइनेष्टीको हेलिकोप्टर धारापानी–१, पालमा आकस्मिक अवतरण गराइएको हो ।
हेलिकोप्टरमा पाँच जना सवार रहेको बताइएको छ । ‘मन्त्रीज्यू सवार हेलिकोप्टर सकुशल अवतरण भएको छ, मौसम अनुकुल भएपछि राजधानी आउने कार्यक्रम छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।
मौसम अनुकुल हुन नसके आज उतै बस्न सक्ने पनि श्रेष्ठले बताए ।
imagekhabar

काठमाडौं: सार्वजनिक यातायातको यात्रा भन्ने वित्तिकै अधिकांशको मानसपटलमा कोचमकोच, कष्टकर र ढिलासुस्ती छाउने गर्दछ । त्यसमाथी पनि काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको यात्रा त धेरैका लागि सकसपूर्ण बन्न पुगेको छ । तर अव भने केहीहदसम्म उपत्यकाको सार्वजनिक यातायातको यात्रा सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक यात्रा बन्ने भएको छ ।

लामो समयदेखि नेपाली यातायात क्षेत्रमा काम गर्दै आएका यातायात व्यवसायीहरुको करिव १६ करोडको लागनीमा स्थापना गरिएको महानगर यातायात प्रा.लि.ले नेपालमै पहिलो पटक राजधानी काठमाडौंमा सुविधासम्पन्न, अत्याधुनिक प्रविधी जडित हाइटेक मेट्रो सेवाको शुरुवात गर्ने भएको छ ।


जसबाट सार्वजनिक यातायातको यात्राले नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रा.लीले गरेको छ । ‘हाइटेक मेट्रो बसमा प्रदान गरिएका यात्रुमैत्री विशेषताहरुले सार्वजनिक सवारी साधनको यात्रालाई सुरक्षित, आनन्ददायी र रमणणीय मात्र बनाउँदैन’, प्रा.लीका संस्थापक उपाध्यक्ष एवं काठमाडौं नगरको ट्राफिक जामलाई न्युनिकरण गर्ने अभियानमा जुटेका सन्तोष खतिवडाले अन्नपूर्णसँग भने,‘ यसले यात्रुलाई विल्कुलै फरक बसमा सवार भएको महसुस समेत गराउँने छ ।’ उनका अनुसार आइतबार (आज) देखि उपत्यकामा सञ्चानलमा आउने ३९ वटा हाइटे मेट्रो बसले पहिलो चरणमा नन स्टप् चक्रपथ परिक्रमा गर्ने भएका छन् ।

हाइटेक मेट्रो बसमा रहेको ‘लोकेसन ट्रयाकिङ’ सिष्टम सहितको मोबाइल एप्सले यात्रुहरुलाई आफ्नो निवासबाटै निकट दुरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याबारे समेत जानकारी दिने भएकाले यात्रुहरुले आफू चढ्ने बसको छनौट निवासबाटै गर्न सक्नेछन् ।

उक्त सेवाले यात्रुहरुलाई गाडीको पर्खाइमा स्टेसनमा पट्यार लाग्दोगरी कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने विश्वास उनको छ । बसमा उपलब्ध निशुल्क वाइफाइ तथा एलइडी टेलिभिजनको सुविधाले यात्रुहरुलाई यात्रा मनोरञ्जनात्मक बनाउन सहयोग गर्नेछ जसले गर्दा लोकल बसको यात्रा पनि लामोदुरीको बस जत्तिकै रमणीय बन्ने विश्वास हामीले लिएका छौं’, उनले भने ।

करिव ३० वर्षदेखि मुलुकका विभिन्न ठाउँमा यातायात सेवा सञ्चालन गरिरहेका प्रा.लीका सञ्चालक अच्युत अधिकारीले नेपाली यातायात क्षेत्रमा देखिएका विसंगति र अप्ठ्याराका बाबजुत विकसित शहरमा जस्तै सभ्य, सुविधा सम्पन्न र ब्यवस्थित बस सेवा सञ्चालन गर्न थालेको बताए । उनले पहिलो चरणमा काठमाडौं चक्रपथमा सञ्चालन गरिने उक्त सेवा आगामी दिनमा यात्रुको माग भए अनुसार विस्तार गर्दै जाने लक्ष्य महानगरले लिएको जानकारी समेत दिए ।

सार्वजनिक यातायातको कालोपक्षको रुपमा रहेको सार्वजनिक यातायातमा महिला यात्रुमाथिको यौन दुब्र्यवहार तथा आम यात्रुहरुले कुनै पनि दुब्र्यवहारको पीडित हुन नपरोस् र पकेटमार या चोरी जस्ता समस्या झेल्नु नपरोस् भन्ने सुनिश्चित गर्न महानगरका सबै वसभित्र सिसिटिभी क्यामेरा जडान गरिएको छ । उक्त यातायातले महिलाहरुलाई विशेष स्थानमा राखेको छ ।

‘हामीले हाम्रा मेट्रो बसमा सम्भव भए सम्म आतिथ्यका प्रतिक मानिने महिला परिचारीकाको ब्यवस्था गरेका छौं’, महानगर यातायात प्रालीका अध्यक्ष मधुसुधन उपाध्यायले भने,‘ आगामी दिनमा सबै बसमा महिला परिचारीकाकै ब्यवस्था गर्ने योजना समेत हाम्रो छ । माइती नेपालको संरक्षणमा रहेका महिलालाई रोजगारीको अवसर दिँदै उक्त बसको परिचारीकाका रुपमा खटाइएको हो ।

यात्रुहरुले आफ्नो गन्तब्यको विषयमा जानकारी नपाउँदा हुने असहजता सम्बोधन गर्नका लागि महानगरले प्रत्येक स्टेसनमा पुगेको जानकारी बसमा रहेको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी दिने सुविधाको ब्यवस्था गरिएको छ । ‘

महानगरका मेट्रो बस देखाइमा सुन्दर र आकारमा ठूला मात्रै छैनन्, उभिएका यात्रुका लागि समेत हयाङिग स्ट्रापसहितका यी बस यात्रु चढाउने र ओराल्ने बाहेक समय नष्ट नगरी यात्रुहरुलाई सबैभन्दा छिटो गन्तब्यमा पुर्‍याउन प्रयासरत हुनेछन्’, खतिवडाले भने,‘काठमाडौंको सदावाहार समस्याकोरुपमा रहेको ट्राफिक जाम ब्यवस्थापन सहज बनाउन तथा आयातित इन्धनमा आधारित निजी सवारीको विकल्पकोरुपमा पनि यो बस सेवा शुरुवात गरिएको हो ।’
.annapurnapost


बिश्वका बिभिन्न समुदायमा मानिसलाई किनबेच गरिएको हामीले सुनेका छौ । नेपालमा पनि बिभिन्न बहानाबाजीमा मानिसलाई जबर्जस्ति ल्याएर बर्षौसम्म काम गराउनु किनबेच नै हो । चेलीबेटी बेचबिखन त कुनै नौलो कुरा नै भएन । यी कुराहरु आर्थिकस्तर न्यून हुँदा र बाध्यताबश यो अबस्थामा पुग्छन मान्छे । यो कसैको चाहना नभएर अरुको जन्जालमा फसाइएको बाध्यता हो ।  eby

अब प्रसङ्ग तिर जाऔ, नेपाली नेताहरुको मूल्य कति होला ? यो प्रश्नको कुनै औचित्य छैन  । यो एउटा सन्दर्भ मात्र हो  । तर हाम्रो देशका प्रधानमन्त्रीदेखि पत्रकार सम्म लिलालीमा छन्  । के तपाई पत्याउनु हुन्छ ? लिलामीमा राखिएका नेताहरुमा प्रधानमन्त्री केपी ओली,  प्रचण्ड, बाबुराम भटराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, माधब कुमार नेपाल, उपेन्द्र यादब , राजेन्द्र महतो छन्  ।

यो सानो तिनो जोक्स होइन, बिश्वको चर्चित अनलाइन शपिंङ् साइटमा नेपालका नेताहरुलाई बिक्रिमा राखिएको छ । ईबे डट कममा nabikoiral0 युजरनेम भएका एक युवाले प्रधानमन्त्री ओलीदेखि नेपालका चर्चित नेतालाई बिक्रिमा राखेका हुन् । नेताहरुको मूल्य पनि महँगो छैन जम्मा १ डलर तोकिएको छ ।

अनलाइनमा पत्रकार ऋषि धमला पनि बिक्रीमा छन् ।  ति युवाले ऋषि धमला भने फ्री अर्थात् सितैमा भएको बताएका छन् । ति युवाले नेपालका सबै नेता बिक्रीमा भएको बताउदै हाललाई भने यी नेतामात्र बिक्रीमा राखिएको बताएका छन् । नेताहरुलाई किन लिलामीमा राख्यो भन्ने बारेमा कुनै जानकारी नदिए पनि देशको गन्जागोल अबस्था र नेताहरुको मनपरीपनबिरुद्ध व्यंग्य गरेको आंकलन गर्न सकिन्छ ।

यो बिषय अहिले सामाजिक संजालहरुमा भाइरल बनेको छ तर न कुनै नेताले प्रतिक्रिया जनाएका छन् न त नाम हटाउन कसैले पहल नै गरेका छन् । यसले देशको गरिमामै आंच पुग्ने देखिन्छ । नेपाली भाइरल  बाट ।
purbelinews

फागुन २९ गते-
बर्दियाका लागि उडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर हावाहुरी चलेपछि भैरहवामा अवतरण गराइएको छ ।
बर्दियाको राजपूरमा सहकारी संस्थाले आयोजना गरेको का

र्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका ओली चढेको हेलिकोप्टर मौसममा खराबी आएपछि भैरहवामा अवतरण गराइएको हो ।
मौसमका कारण कार्यक्रममा पुग्न नसकेपछि ओलीले फोनबाटै उक्त कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 etajaakhabar

काठमाडौं, २९ फागुन । विभिन्न बहानामा नेपालको सीमा मिच्दै आएको भारतलाई चीनले सबक सिकाएको छ ।
सीमा सुरक्षार्थ तैनाथ चिनियाँ सेना बुधबार एकपटक फेरि भारतीय भुमिमा पसेको हो । चिनियाँ सेना छिरेपछि सीमा सुरक्षार्थ खटिएको भारतीय सीमा बल (एसएसबी) डराएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सैनिक बुधबार एकपटक फेरि भारतीय सीमाभित्र पसेको हो ।
यो घटनाको पुष्टि आर्मी अफिसरले गरेका छन् । उनका अनुसार ८ मार्च (बुधबार)का दिन चिनियाँ सैनिक लद्दाख भन्ने ठाउँको पैन्गोंग झील नजिकैको ६ किलोमीटर भित्र घुसेको हो ।

यो क्रममा त्यहाँ गस्ती गरिरहेका आईटीबीपीका जवानहरुको टक्कर चिनियाँ सेनासँग परेको थियो । यसै इलाकामा अप्रिल र जुन २०१५ मा पनि चिनियाँ सेना घुसेको थियो । विभिन्न वहाना बनाइ चिनियाँ सेना भारत घुस्दै आएको छ । जसले भारतीय सेनालाई त्रसित बनाइदिएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार आफ्नो भुमिमा चिनियाँ सेना पसेपछि विवाद उत्पन्न भएको थियो । विवादलाई दुबै देशका उच्च अधिकारीले बसेर सुल्झाएका छन् । चीनले अबदेखि नआउने भनेको छ । तर, बेला बेला घुस्दै आएको छ ।
चीनका ११ सैनिक चार दिन पहिला बुधबार लद्दाखको सिरजाप इलाकामा घुसेका थिए । यसैक्रममा चिनियाँ सैनिकका चार गाडी पनि भारतीय इलाकामा ६ किलोमीटरभित्र देखिएका थिए ।
dainiknepal

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।
चारपटकसम्म चीन पुगेका आयनल निगमका निमित्त नायब प्रवन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको बताए ।
कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्चा तेल ओसारेर प्रशोधन गर्न लागतका हिसाबले पनि महँगो पर्ने उनले जानकारी दिए । यदि चीनबाट कच्चा तेल आयोभने नेपालले भारतको भर पर्नुपर्ने छैन् ।
नयाँ पत्रिका दैनिकमा समाचार छ ।
dainiknepal


२९ फाुगन,काठमाडौं ।  नेपालका चर्चित नेताहरुलाई इबे(ebay)मा कसैले बिक्रीमा राखिदिएको छ। एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली, बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुरलई मात्र १ डलरको लिलामीमा राखिएको छ।
१ डलरमा ती नेताहरुलाई खरिद गर्दा चर्चित पत्रकार ऋषि धमलालाई सित्तै पाउने भनेर जानकारी राखिएको छ। इबे सामान खरिद बिक्री गर्ने चर्चित वेबसाइट हो।



संभवत  उट्पट्याङ गर्ने हिसावले राखिएको  अक्सन (लिलामी)लाई अमेरिका रहेका nabikoiral0 नामक युजरनामबाट हालेको देखिन्छ।
Politicians-of-Nepal-are-on-sale-Rishi-Dhamala-free भन्ने शीर्षकमा राखिएको लिलामीले फोटोग्राफिक सबक्याटागोरी भित्र राखिएको भए पनि यसले नेतानै बिक्रीमा भन्ने सन्देश देिन्छ।

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इनधन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।
नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
त्यसका लागि पाइपलाइन मार्फत कभ्भा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिवद्धता छ । चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटक पटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् ।
चारपटकसम्म चीन पुगेका आयनल निगमका निमित्त नायब प्रवन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका बताए ।
कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्च तेल ओसारेर प्रशोधन गर्न लागतका हिसबले पनि निकै महँगो पर्ने उनले जानकारी दिए ।
onlinekhabar

काठमाण्डु २८ फागुन– इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको अनुसन्धानका अनुसार विश्वको सबैभन्दा महंगो शहरको सूचीमा काठमाण्डु १२५ औँ स्थानमा रहेको देखाएको छ।विश्वका १३३ वटा सहरलाई आधार मानेर गरिएको सो अनुसन्धानमा सबैभन्दा महंगो शहरको रुपमा भने सिंगापुर पहिलो रहेको छ ।


त्यसैगरी स्वीजरल्याण्डको जुरिच, हङकङ, स्वीजरल्याण्डका जेनेभा, पेरिस, लण्डन, न्युयोर्क महंगो सहरको रुपमा क्रमशः दोश्रोदेखि सातौँम्म रहेका छन् ।त्यसैगरी सबैभन्दा सस्तो सहरको रुपमा नेपालसहित भारत र पाकिस्तानका केही सहर समावेश भएका छन् । नेपालको काठमाण्डु भने ती सहर भन्दा महंगो देखिएको छ ।

रिपोर्टका अनुसार १२५ औँ स्थानमा रहेको नेपालभन्दा सस्तो सहरको रुपमा नयाँ दिल्ली १२६, चेन्नाइ १२७, पाकिस्तानको कराची १२७, भारतकै मुम्बई १३१ र बैंगलोर १३२ औँ स्थानमा रहेका छन् ।विश्वको सबैभन्दा सस्तो सहरको रुपमा भने जाम्बिया को जुसाका सहर १३३ औँ स्थानमा रहेको छ ।नेपाल विश्वको सबैभन्दा सस्तो सहरमध्ये १० औँ नम्बरभित्र रहेको हो ।

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सभामुखले हस्तक्षेप गर्ने होईन । सम्मानित पदले यस्तो काम गर्न हुँदैन । उहाँले फिर्ता पठाउने होईन, सुनवाई समिति बनाउने हो । फिर्ता गर्नु परे पनि सुनवाई समितिले गर्छ । न्यायधिस सिफारिस मलाई चित्त बुझोस नबुझोस् त्यसको अर्थ छैन । गलत काम सभामुखले गर्न सुहाउँदैन । सभामुख सम्मानित र तटस्थ पद हो , सबैको साझा हो उसले अभिभावकको भूमिका निर्वाह गर्नु पर्छ ।’
देउवाले सभामुख असल मान्छे भए पनि उहाँलाई कसैले फसाएको जस्तो आफुलाई लागेको भन्दै यस विषयमा आफूले एमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने बताए ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने भन्दै काग्रेसले अहिले शसक्त प्रतिपक्षको भूमिका खेल्ने स्पष्ट पारे ।
देउवाले भने,‘ शसक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौ । यो सरकारमा हामी जाँदैनौ ।’

आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर अब प्रजातन्त्रालाई कसैले पनि खोस्न नसक्ने अवस्थामा पुर्याउने भएको भन्दै संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको बातावरण बनाएर समृद्ध र सम्पन्न नेपाल बनाउन लाग्ने बताए ।

मधेसी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई बार्ताबाटै समाधान गर्ने स्पष्ट पार्दै आवश्यक परे संविधान संसोधन समेत गर्न सकिने बताए ।

उनले आफू सभापतिमा निर्वाचित नभई जिम्मेवारी पाएको भन्दै पार्टीलाई मिलाउने र एक बनाएर अघि बढाउने जिम्मेवारी आफ्नो भएको बताए ।

देउवाले भारतसँग सम्बन्ध सुदृढ बनाउँदा नेपाललाई नै फाईदा हुने भन्दै भारतको जायज चासो र चिन्तालाई संबोधन गर्नु पर्ने धारणा राखे ।
भुकम्प पछिको पुर्न निर्माणको लागि आएको ६ खर्व रकम काम हुन नसक्दा फिर्ता जाने स्थिति उत्पन्न भएको भन्दै उनले भुकम्प पीडितको राहत र पुनःनिर्माणकोलागिड सरकारलाई दवाव दिने बताए ।
ratopati

काठमाडौं, फागुन २८ । नेपाल ‘एसिया सहयोग संवाद्’ (एसिडी) संस्थाको ३४औं सदस्य राष्ट्र भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको १४औं मन्त्रीस्तरीय बैठकले नेपालको सदस्यताका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपाल पनि एसियन अङ्गको सदस्य भएकामा खुसी प्रकट गर्दै नेपालले एसिडीलाई प्रभावकारी संस्था बनाउन अन्य सदस्यसँग रचनात्मक ढङ्गले मिलेर काम गर्ने बताएका थिए ।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार बैठकले निकटता, शिक्षा र मानव संसाधन विकास, खाद्य ऊर्जा र जलसुरक्षाको अन्तरसम्बन्ध, संस्कृति र पर्यटन तथा समावेशी र दिगो विकासका लागि पहुँच प्रवर्द्धनजस्ता ६ प्राथमिक विषयका प्रस्तवलाई स्वागत गरेको छ । दोस्रो एसिडी शिखर सम्मेलन आगामी अक्टोबरमा थाइल्यान्डमा हुने भएको छ । (रासस)
imagekhabar


काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले केही वर्षदेखि रोकिएको काठमाडौँ–कराँची हवाई उडान सञ्चालन गर्न पाकिस्तानी राजदूतलाई आग्रह गर्नुभएको छ ।


उपराष्ट्रपति कार्यालय बहादुर भवनमा पुग्नुभएका पाकिस्तानी राजदूत मजहर जाभेदसँग कुरा गर्दै उपराष्ट्रपति पुनले काठमाडौँ–कराँची हवाई उडान भएमा रोजगारीका लागि खाडीमुलक जाने नेपालीलाई ठूलो लाभ हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

राजदूत जाभेदले सन् २०१३ मा विश्वभर नै उडान कटौती गर्दा काठमाडौँ–कराँची उडान पनि कटौती भएको जानकारी गराउँदै अहिले अवस्था सहज भएकाले उडान सञ्चालन गर्न सकिने बताउनुभयो ।

यसैगरी बङ्गलादेशी राजदूत मास्फी बिन्ते साम्ससँग भएको भेटमा उपराष्ट्रपतिले दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक सम्बन्धलाई बढाउ“दै जानुपर्नेमा जोड दिनुभयो । राससNews24Nepal

भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पदक जित्ने काठमाडौं जिल्लाका खेलाडी सम्मानित भएका छन् ।
पदक विजेता उनिहरुलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितीले बिहिबार राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा नगदसहितले सम्मानित गरेको हो ।




जिल्ला खेलकुद बिकास समितीले १२ औं सागमा स्वर्ण जित्ने आफ्नो क्षेत्रका खेलाडीलाई जनही १० हजार, रजत जित्ने खेलाडीलाई ७ हजार तथा काश्य जित्ने खेलाडीलाई ५ हजारले सम्मानित गरेको हो । १२ औं सागमा काठमाडौंका दुई खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत तथा १३ खेलाडीले काश्यले जितेका थिए । साग खेलकुदमा २३ बर्ष पछि स्वर्ण पदक दिलाउने नेपाली पुरुष फुटवल टोलीका कप्तान बिराज महर्जन र जुडोकी स्वर्ण बिजेता फुपु ल्हामु खत्री काठमाडौं जिल्लाका खेलाडी हुन् । यस्तै रजत बिजेता तेक्वान्दोका सक्षम कार्की र ट्रायथलनका रोजा केसी पनि काठमाडौंका खेलाडी हुन् । रोजाले अर्काे स्पर्धामा नेपाललाई काश्य पदक पनि दिलाएकी थिईन् । रोजासहित काश्य जितेक नेपाली महिला भलिवल टोलीकी प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भन्डारी, आर्चरीका प्रेम प्रशाद पुन, खोखोका बिक्कीराज महर्जन र पवन महर्जन, टेवल टेनिसका चन्दन शाही, दीप साउन, अम्मर लाल मल्ल, नबिता श्रेष्ठ र एलिना महर्जन तथा महिला कबड्डीकी चन्द्रावती बिष्ट काठमाडौंकी खेलाडी हुन् । खेलाडीलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितीकोतर्फबाट खेलकुद मन्त्री सत्य नारायण मन्डलले ताम्र पत्रसहित नगदले सम्मानित गरेका थिए । त्यस अघि खेलकुद मन्त्री मन्डलले राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । जिल्ला स्तरतीय छनोट प्रतियोगितामा काठमाडौंका १० निर्बाचन क्षेत्रबाट १०० भन्दा बढि बिद्यालयका ८०० भन्दा बढि बिद्यार्थी खेलाडीले सहभागीता जनाएको जिल्ला खेलकुद बिकास समिती काठमाडौंका अध्यक्ष ध्रुबराज न्यौपानेले जानकारी दिए । आगामी आर्ईतबार सम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीले समुहगत खेल भलिवल, कबड्डी र एथलेटिक्ससहित मार्शल आर्टका तेक्वान्दो, उशु र करातेमा गरी ४६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दो र भलिवलको प्रतिस्पर्धा बिहिबारबाटै सुरु भएको छ ।
News24Nepal

काठमाडौं, २७ फागुन । पूर्वराजा विरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको एक पछि अर्काे रहस्य खुल्ने क्रम जारी छ ।
यसैक्रममा २०५८ जेठ १९ गते राति भएको यो घटनाका प्रत्यक्षदर्शी पूर्व युवराज पारसविक्रम शाहले हत्याकाण्डको सनसनीपूर्ण खुलासा गरेका छन् ।
यो हत्याकाण्डमा मुख्य नायक त्यस बेलाका तत्कालिन युवराज दीपेन्द्र रहेको खबरले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
तर, नेपाली जनमानसमा यो घटना रहस्यमय बनिरहेको बेला पूर्व युवराज पारसले यस घटनाको रहस्य खोलेका हुन् ।
उनले सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै दरबार हत्याकाण्डको रहस्य खोलेका हुन् ।
dainiknepal

पूर्वराष्ट्रपति डा रामवरण यादव अहिले घर भाडाका कारण तनावमा परेका छन् । यादव बस्दै आएको घरका घरबेटीले भाडा नपाएपछि उनलाई निकाल्ने तयारी शुरु गरेका छन् भने उनी बस्दै आएको घरसमेत अवैध रहेको र बिजुली, पानीको समस्याले उनलाई समस्यामा पारेको छ ।

News24Nepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget