खेल राष्ट्रको स्वाभिमान पनि हो, जित्छु नै भनेर खेल्नु पर्‍यो- सर्वेन्द्र खनाल

प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल फुटबलका फ्यान हुन् । तर चार महिना अघि म्याच फिक्सिङ प्रकरणमा नेपाली फुटबलका कप्तान सागर थापा सहितका खेलाडी र पूर्व प्रशिक्षकलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर पनि खनालले नै गरेका थिए । अप्रत्यासित रुपमा खनालले खेलाडीहरुलाई पक्राउ गर्दा धेरैलाई पत्यार लागेको थिएन । तर सत्य–सत्य नै हुन्छ भनेझैं राष्ट्रिय÷अन्तर्राष्ट्रिय म्याचमा पैसा लिएको तथ्य फेला परेपछि नपत्याउने कुरा नै भएन ।

२३ बर्षपछि नेपाली फुटबल टिमले जित हात पार्दा सिंगो देशले गर्व गरिहेको छ । बंगलदेशमा भएको खेलमा नेपाली फुटबल खेलाडीहरुले देशप्रति प्रतिबद्धत भएर इमान्दारितापूर्व खेल खेल्दा जित हासिल गरे । यो जितले सिंगो फुलबल क्षेत्रमा छाएको निराशाप्रति पुनः आशाको किरण छाएको छ । फुटबल खेलमा २३ बर्षसम्म जित हासिल गर्न नसक्नुको पछाडि म्याच फिक्सिङ् नै प्रमुख कारण रहेको धेरैको बुझाइ छ ।

 यस अघि नेपालले सबै अन्तर्राष्ट्रिय म्याच हारिरहेको बेला म्याच फिक्सङ प्रकरणपछि नेपालले जित हासिल गर्दा एसएसपी खनाल निकै खुसी भएका छन् । उनी भन्छन–‘खेलमा हार जित हुन्छ तर हार्ने गरी खेल खेल्ने छुट खेलाडीलाई हुँदैन, हार्ने गरी खेल्ने खेल राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर धोका हो ।’ एसएसपी खनालाई अगामी दिनमा नेपाली फुटबल खेलाडीहरुले वल्डकप नै खेल्न सक्ने आशा पलाएको छ । यसै विषयमा केन्द्रत रहेर नेपाली हेडलाइन्सले एसएसपी खनालसंग गरेको कुराकानीः

फुटबल क्षेत्रका नराम्रा गतिवधि हटाउनु पर्छ
२३ बर्षपछि नेपाली फुटबल क्षेत्रले प्राप्त गरेको सफलताले निकै खुसी लागेको छ । फुटबल फ्यानको हिसाबमा निकै खुसी बनाएको छ । नेपालको फुटबल भनेपछि पहिलादेखि नै सबैलाई लोकप्रिय लाग्थ्यो र अहिले पनि छ । खेलाडी भनेका राष्ट्रका गहना हुन् । खेलाडीहरुसंग राष्ट्रको ठूलो आशा र भरोषा हुन्छ । फुटबल क्षेत्रमा बीचमा धेरै गेमहरु विग्रिएको देखियो । केही सम्झौता भएको देखियो । हार्ने सम्झौता गर्नेसम्मका दुःख त घटना पनि देखिए । त्यसमा व्यवस्थापक, कोच, संयोजक, मनेजर सहित एक÷दुई जना खेलाडीहरुको पनि सहभागीता देखियो । जसले राम्रो गर्नु पर्ने ठाउँमा नराम्रो काम गरेको पाइयो । यसले गर्दा फुलबल खत्तम हो कि भन्ने परेको थियो । तर कहीं पनि राम्रो काम गर्नको लागि नराम्रा गतिविधिलाई निस्तेज गर्नुपर्छ । तब मात्र राम्रो कामले स्थान पाउछ । कुनै पनि क्षेत्रमा राम्रो गर्नेको लागि मात्र सम्मान गर्न सकिन्छ । नराम्रा गर्नेहरुको लागि सम्मान गर्न सकिन्न ।





राष्ट्र र राष्ट्रियतासंग सम्झौता गर्न सकिदैन
फुटबले क्षेत्रमा यो निकै राम्रो संकेत देखा परेको छ । बाहिरका घटना हेर्दा पनि ठूलो खेलाडीहरु पनि म्याच फिक्सिङमा लागेका घटनाहरु छन् । उनीहरुले समयमा नै सुधार गरे । त्यसले गर्दा उनीहरुको खेलको स्तर पनि बढ्न गयो । हाम्रो देशमा पनि स्वीकार गरिएको छ नि । आन्तरिक र बाह्य रुपमा पनि हुने गरेको पाइएको छ । म्याच फिक्सङ कसरी भयो भन्ने कुरा सबै भन्नुभएको छ । यो करेप्सन गर्न जरुरी छ । खेलाडीहरु कारवाहीमा परे भन्ने कुरा पनि एकातिर छन् । यहाँ विचरा भन्ने कुरा छैन् । राष्ट्र र राष्ट्रियतासंग गाँसिएको कुरालाई कसैले पनि सम्झौता गर्न सक्दैन ।

जित्छु नै भनेर खेल्नु पर्‍यो नि !
अब फुटबल खेलाडीहरुले राम्रो हुनुपर्छ । फुटबल खेलाडीहरुलाई आगामी दिनमा खेल्नको लागि राम्रो वातावरण बनाउनु पर्छ । राम्रो वातावरण बनाउन सबै लाग्नु पर्छ । मैले उठाएको कदमको केही अंश जान्छ । किनभने खेलाडीहरुले खेल्न पाउने वातावरण बन्यो । खेलमा हारजित हुन्छ । खेलमा जित नै हुन्छ भन्ने छैन । जित्छु नै भनेर खेल्नु पर्‍यो नि ? खेल राष्ट्रको स्वभाविमानसंग जोडिएको हुन्छ । हरेक नेपालीको स्वाभिमानसंग जोडिएको खेललाई नजरअन्दाज त गर्न मिल्दैन नि ? खेलाडीहरुलाई हामी सबैको साथ र सदभाव छ । सम्मान पनि प्रकट गछौ । यो राम्रो संकेत हो । फाइनलमा तीन गोल गर्नु भनेको सानो कुरा होइन । नेपाली खेलाडीहरुको खेलस्रत निकै राम्रो छ । अझै राम्रो बनाउनेमा मलाई विश्वास छ । सेमिफाइनलमा पनि चार गोल गरेको छ ।

फुटबल खेल नेपालको इज्वत र प्रतिष्ठा
सफलता प्राप्त गर्नको लागि मन बचन र कर्मले काम गर्नुपर्छ । फुटबल खेल त नेपालको इज्वत र प्रतिष्ठासंग जोडिएको विषय हो । जुन ठाउँमा करेप्सन गर्नुपर्ने ठाउंमा नै गलत सम्झौता भएको देखियो । जसले नेतृत्व गर्नुपर्ने हो उसैले बेइमानी गरेको देखियो । जसले त्यसलाई राम्रो बनाउन व्यवस्थापन गर्नुपर्ने हो उही नै गैरजिम्मेवार काममा लागेको देखियो । खेलाडीहरुलाई राम्रो बनाउने दायित्व र जिम्मेवारी त व्यवस्थापनले लिनु पर्छ नि ?

यो हामी सबैको जित हो
फुटबल खेल नेपाली खेलाडीहरुले खेलेरै जित हासिल गरे । राज्य र राज्य विरुद्धको काम गर्नेलाई जुधेर सामना गर्दा नै अहिले सफला हात पर्‍यो भनेर जनस्तरबाट बधाई आएका छन् । आगामी दिनमा पनि फुलटल मात्र होइन अन्य क्षेत्रमा भएका गलत काम रोकिनु पर्छ भन्ने सुझाव पनि आएको छ । हाम्रा खेलाडी राम्रा छन । खेलाडीले खेल्ने राम्रो अवसर पाउनु पर्‍यो । मौका प्रदान गर्नको लागि सबैको साथ र सहयोग गर्‍यो । प्रहरीले उठाएको राम्रो कदमप्रति सबैको साथ र सहयोग गर्‍यो । समाजको साथ रह्यो । यो हामी सबैको जित हो । यस्तो खालको वातावरण तयार गर्ने जुन हौसला प्रदान भएको छ । प्रहरीले नराम्रो काम गर्ने तत्वलाई निस्तिेज गर्नुपर्छ र गर्छ । हामीले जोखिम उठायौं । हामीले देश र जनताको पक्षमा मुद्दा उठाएर गतल प्रवृत्ति समाप्त पार्दा व्यक्तिगत कुरा पनि उठन खाजे । कति साहनाभूति लिने पनि देखिए । हामी व्यक्तितग रुपमा कसैसंग दुस्मनी राख्न चाहदैनौ । हुन पनि हुदैन । कसैले ठूलो साथ र समर्थन छ भन्दैमा गलत काम गर्ने छुट पाइदैन ।

फुटबल खेलाडीहरुले अब विश्वकप खेल्नु पर्छ
खेलाडीहरुले यो स्प्रिडलाई अगाडि बढाउनु पर्छ । अब वर्ल्डकपमा खेल्ने गरी जानुपर्छ । वल्डकपमा नपुग्ने भन्ने कुरा छैन । कति साना–साना मूलुक पनि पुगेका छन् । हाम्रो देशमा फुटबल खेललाई माया गर्ने लाखौ मानिसहरु छन् । खेलाडीहलाई सिंगो राष्ट्र साथ र समर्थन छ । राष्ट्रको चिन्ह भनेको सानो कुरा होइन । सबै कुरा आर्थिक पक्षसंग गएर जोडिदैन । सबै भन्दा गर्वको विषय सामाजिक प्रतिष्ठा हो । देशको प्रतिष्ठा राख्ने अवसर खेलाडीहरुको हातमा छ । यो अवसरलाई पुरापुर राष्ट्रको गौरब बढाउन आगामी दिनमा पनि खेलाडीहरुले प्रतिबद्ध भएर लाग्ने विश्वास छ । टिम भावनाले अनुशासित भएर खेललाई खेलसंग नै राखेर त्यो भावनाले खेल्ने काम गनुर्पछ । यही भावनाले खेल्दा जस्तोसुकै अन्तर्राष्ट्रिय खेलमा पनि जित हासिल गर्न सकिन्छ । बहराइनलाई तीन गोल गर्नु सामान्य कुरा होइन । आगामी दिनमा प्रतिबद्ध भएर खेल्नु पर्छ । यसले सन्देश पनि दिएको छ । हाम्रो गर्वको विषय बन्नुहोस । अन्य क्षेत्रको लागि राम्रो उदाहरण देखाउनु भएको छ ।
nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget