मलेसियासँग फुटबल खेल्न पहिलो चरणमा ४४ खेलाडीलाई छानियो

काठमाडौं, फागुन ३० । चैत १४ गते मलेसियाको २२ वर्षमुनीको टिमसँग हुने मैत्रिपूर्ण फुटबलका लागि ४४ खेलाडीलाई आमन्त्रण गरिएको छ ।
जापानी नयाँ प्रशिक्षक ज्योतुकी कोजुले पहिलो चरणमा ४४ खेलाडीलाई छनोट गरेका हुन् । छानिन सफल खेलाडीमा २३ जना भारतमा सम्पन्न १२ औं सागमा स्वर्ण जित्न सफल खेलाडी हुन् भने बाँकी खेलाडी हालै सम्पन्न सिमरा गोल्डकप फुटबलमा गरेको प्रदर्शनका आधारमा छानिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
खेलाडीहरुको अभ्यास मंगलबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाइएको छ । साग खेलेका रोहित चन्द, अनन्त तामाङ्ग, विमल घर्ती मगर र अञ्जन विष्ट भने व्यवसायिक फुटबल खेल्न जाने क्रममा टिममा सहभागी नहुने भएका छन् ।
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget