यसले गर्दा आइतबार बिहान अघिल्ला दिनहरुमा जस्तो निश्चित समयमा ओछ्यानबाट उठ्न बानी परेकाहरु सोही समयमा उठ्दा घडीको सुईले एक घण्टा अघिको समय देखाउनेछ । अर्थात अघिल्ला दिनहरुमा बिहान ७ बजे ओछ्यानबाट उठ्नेहरु आइतबार सोही समयमा ब्युँझिदा ८ बजिसकेको हुनेछ ।
हरेक वर्ष मार्चको पहिलो आइतबार राति २ बजेपछि घडीको सुई एकैपटक ३ बज्छ । अर्थात एक घण्टा अघि बढ्छ । त्यस्तै नोभेम्बरको पहिलो आइतबार राति दुई बजेपछि घडीको घण्टा सुई फेरि एकमा फर्किन्छ । अर्थात समय एक घण्टा पछि हट्छ । पछिल्लो समयमा स्मार्टफोन र स्मार्टवाचमा समय स्वचालित रुपमा मिल्छ । तर सुईवाला अर्थात म्यानुअल घडीमा भने बिहान निद्राबाट ब्युझिएपछि धेरैले समय मिलाउँछन् ।
यसो गर्दा दिउँसो हुने उज्यालोको समय बढ्ने अपेक्षा सरकारको छ । बिहान ८ बजेदेखि अधिकांश सरकारी कार्यालय खुल्छन् । त्यस्तै ५ बजे कार्यालय बन्द हुँदा समेत घामको उज्यालोले गर्दा बिजुलीको खपत धेरैनै कम हुने भएकोले समयलाई हरेक वर्ष दुई पटक मिलाउने गरिन्छ ।
अमेरिका लगायत युरोप, अष्ट्रेलियामा समेत ‘डे–लाइट सेभिङ टाइम’ को नाममा समय मिलाउने चलन छ । जर्मनीमा मार्च २७ मा सुरु भएर अक्टोबरमा अन्त्य हुन्छ । अष्ट्रेलिया भने दक्षिणी गोलाद्र्धमा पर्ने भएकोले उत्तरी गोलाद्र्धको ठीक उल्टो हुन्छ । अप्रिल ३ मा डे–लाइट सेभिङ टाइम सकिन्छ भने अक्टोबर २ मा फेरि सुरु हुन्छ ।
उता बेलायतमा मार्च २७ मा समय एक घण्टा अगाडि बढाइन्छ भने अक्टोबर ३० मा फेरि पछाडि सारिन्छ ।
सेतोपाटी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.