Articles by "bollywood"

कालो हरिणको शिकारमा निर्दोष रहेको भनाइ
नयाँ दिल्ली: बलिउड अभिनेता सलमान खान कालो हरिण शिकारको मुद्दामा एक पटक फेरि अदालत पुग्न बाध्य भएका छन्।


उनी कालो हरिणको शिकार मुद्दा र सैन्य मुद्दामा बयान दिनका लागि भारतको जोधपुर अदालतमा बिहीबार पेश भएका हुन् ।

सलमान अदालतमा आफ्नो बयान लेखाएका छन् । सलमानले अदालतमा आफू निर्दोष रहेको बताउँदै आफूलाई झुटो मुद्दामा फसाएको तर्क गरेका छन् । उनले पुलिसको दबाब आफूविरुद्ध बयान दिन लगाइएको आरोप पनि लगाए ।

सलमान खानमाथि जोधपुर नजिकै कालो हरिणको शिकार गर्न अवैध हतियार राखेको आरोप लागेको छ। उनिमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाइएको हो ।

उनले चलाएको हतियारको लाइसेन्स २२ डिसेम्बर १९९८ मा समाप्त भएको थियो । लाइसेन्सको म्याद गुज्रेपछि २ अक्टोबर १९९८ सम्मा त्यो हतियार आफूसँगै राखेर कालो हरिण मारेको अभियोग उनिमाथि लागेको छ ।

यस मामिलामा सलमानले यसअघि पनि पटक पटक आफ्नो भनाइ सार्वजनिक गरिसकेका छन् । सलमानका वकीलले केही साक्षीहरुको बयान फेरि गराउन माग गरेका थिए । अदालतले वकीलको मागलाई स्वीकार गरेको थियो । पाँचजना साक्षीले फेरि बयान दिएपछि सलमानले पनि अदालतमै पुगेर फेरि बयान दोहोर्‍याउनु परेको हो ।

सन् १९९८ १-२ अक्टोबरककी राति कालो हरिणको शिकारसँग जोडिएको मामिलमा सलमानका अलावा बलिउडका चर्चित कलाकारहरु सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलमपनि आरोपी रहेका छन् ।

यी सबै कलाकारहरु त्यो बेला राजश्री प्रोडक्सन्सको फिल्म ‘हम साथ साथ है’ कफो सुटिङका लागि जोधपुरमा रहेका थिए । सलमान र अन्यविरुद्ध कुल चार मामिला जोधपुर पुलिसले अदालतमा दर्ता गरेको थियो । यी मध्ये तीन मामिला कालो हरिणको शिकारक थिए । त्यस्तै अर्को एक मामिला सलमानले अवैध हतियार राखेको अभियोगमा थियो ।
annapurnapost

२०७२ फागुन १७ गते
पत्याउनुहुन्छ, अस्कर अवार्डमा विश्वका २ चर्चित सुन्दरीले लगाएको गहनाको मुल्य ८-८(८० लाख डलर) मिलियन डलर थियो । एउटी सुन्दरी हुन्, विश्वकै चर्चित पप स्टार लेडी गागा भने अर्की हुन् बलिउड नायिका तथा गायिका प्रियंका चोपडा ।
अस्कर अवार्डको ८८ औं श्रृङ्खलामा पुगेका यी दुई चर्चित गायिकाले आफ्नो गहनाले पनि सबैको ध्यान तानेका थिए । चर्चित हलिउड नायिकाहरुको पहिरनको चर्चा भैरहँदा यी दुइले लगाएको गहनाको पनि चर्चा सुरु भएको छ ।
२९ बर्षकी लेडीले कानमा लगाएको गहनाको मुल्य ८ मिलियन डलर थियो । कानमा चम्किएको उनको डाइमन्डलाई ‘इमिरेल्ड कट’ भनिन्छ ।
यस्तै, नायिका तथा गायिका प्रियंका चोपडाले लगाएको ५० क्यारेटको डाइमन्डले पनि उनलाई रेड कार्पेटमा चम्काएको थियो । उनले कानमा लगाएको रिङको मुल्य ३.२ मिलियन डलर थियो भने बाँकी रकम उनले हातमा लगाएको डाइमन्डको लागि खर्च गरेकी थिइन् ।
यी दुबै सुन्दरीले ८० लाख डलर बराबरको गहना लगाएर रेड कार्पेटमा उत्रदा फोटो पत्रकारदेखि अवार्ड हेर्न उपस्थित दर्शकको ध्यान तानिएको थियो ।
onlinekhabar

मुम्बई – सञ्जय दत्त जेलबाट रिहा भएपछि उनलाई भेट्न फ्यानहरु टाढा टाढाबाट आइरहेका छन् । यस क्रममा सञ्जय दत्तका फ्यानहरुको अनौठो हर्कतहरु पनि हेर्न पाइरहेको छ ।
यस्तै एक फ्यान थिए, मुम्बाईका सन्दीप बाचे । उनले सञ्जय दत्त जेल गएदेखि उनको रिहाईको कामना गर्दै नागो खुट्टा हिँडिरहेका थिए । उनले सञ्जल जेलबाट रिहा नभएसम्म जुत्ता–चप्पल नलगाउने भाकल गरेका थिए ।
सञ्जल मुम्बाईको ब्रान्द्रामा अटो रिक्सा चलाउँछन् । उनी विशेष गरेर स्टेसनबाट सञ्जयलाई भेट्न आउन फ्यानहरुलाई लिएर आउँछन् । उनले आफ्नो अटोमा सञ्जयकै तस्विरहरु समेत टाँसेका छन् । सञ्जय रिहा भए पछि उनी उपहार बोकर सञ्जलाई भेट्न पुगेका थिए । सञ्जयले पनि आफ्नो फ्यानको उपहार हाँसीहाँसी स्वीकार गरे ।
ratopati

मुम्बई । बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् । उनको आत्माको शान्तिको लागि प्रार्थना गर्नुहोस् ।’ बिहीबार यही मेसेज सामाजिक सञ्जाल ह्वाट्सएप र ट्विटरमा भारतीय प्रयोगकर्ताबीच व्यापक आदानप्रदान भयो ।
यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास गर्ने आधार मिल्यो ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्ततः अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए ।
त्यसो त अमिताभको मृत्युको हल्ला चलेको यो पहिलोपटक पनि होइन र यस्तो हल्लाको सिकार भएका उनी मात्र पनि होइनन् । यसअघि दिलीप कुमार, हनी सिंह, गुल पनाग, लता मंगेशकरलाई लिएर पनि यस्ता हल्ला चलेका थिए ।
त्यस्तै, रेहाना, ब्रिट्नी स्पियर्स, जोनी डेपलगायतका सेलेब्रिटी पनि यस्तो हल्लाका सिकार भएका छन् । (नयाँ पत्रिकाबाट)
dainiknepal

मुम्बई – बलिउड अभिनेता सञ्जय दत्त पुणेको यरवदा जेलबाट बिहिबार बिहान रिहा भएका छन् । अवैद्य हतियार राखेको मुद्दामा ५ सालको सजाय काटेर उनी रिहा हुँदा पुणेमा पत्नी मान्यता र चलचित्र निर्माता तथा निर्देशक राजकुमार हिरानी पुगेका थिए । उनको सुरक्षाका लागि सलमान खानले बडिगार्डसमेत पठाएका थिए । रिहा भएपछि बिहान ११ः३० बजे मुम्बाई आइपुगेका छन् ।
एयरपोर्टमा उत्रने बित्तिकै सञ्जय सिधै सिद्धिविनायक मन्दिर पुगेका थिए । त्यसपछि मरिन लाइन्स स्टेसनमा रहेको आमा नरगिसको समाधिमा पुगेर श्रद्धान्जली दिएका थिए । अनि मात्र उनी इम्पेरियल हाइटस्मा रहेको आफ्नो निवास पुगे । त्यहाँ उनलाई बाजागाजासहित स्वागत गरिएको थियो ।
सञ्जय दत्त रिहा भएपछि बलिउड सेलिब्रेटीहरुले उनको स्वागत गर्दै समाजिक सञ्जालमा शुभकामना दिएका छन् । ‘पूरानै दिनचर्यामा स्वागत छ । अब यादगार चलचित्रहरु बनाऊ,’ ऋषि कपुरले लेखेका छन् । त्यस्तै साजित खान, जुही चावला, महेश भट्टलगायतले पनि ‘वेलकम ब्याक सञ्जय’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
सन् १९९३ को मुम्बई ब्लास्टपछि एके ४७ हतियार राखेको आरोपमा सञ्जय पक्राउ परेका थिए । उनलाई टाडा कोर्टले पनि दोषी करार गर्दै ५ वर्षको सजाय सुनाएको थियो । उनी सन् २०१३ को मे २१ मा जेल चलान भएका थिए । उनले पहिले नै १८ महिना जेल सजाय काटेका हुँदा ४२ महिना मात्र जेल बस्नु परेको थियो ।
जेलमा सञ्जयले कागजले बनेको झोला बनाएर ३८ हजार रुपैयाँ कमाएका थिए । तर, त्यसमा उनले ४ सय ४० रुपैयाँमात्र बचाए । ४२ महिनामा उनले २ सय ५६ दिन पेरोलमा जेलबाहिरै बिताएका थिए ।
ratopati


बिहिबार बिहान जेल मुक्त भएका बलिउड अभिनेता संजय दत्तले जेलभूक्त भएपछि 'स्वतन्त्रताको हिँडाइ सहज नहुने' प्रतिक्रिया दिएका छन्। दत्तले जेलबाट निस्किएपछि मिडियालाई छोटो प्रतिक्रिया दिने क्रममा उक्त कुरा बताएका हुन्।
जेलमा उनलाई लिन उनकी पत्नी मान्यता दत्त र बलिउड फिल्म निर्देशक राजकुमार हिरानी पुणेस्थित यारवडा जेल पुगेका थिए।
सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए। दोषी ठहर भएपछि उनलाई पाँच वर्ष लामो कैद सजाय सुनाइएको थियो।
 setopati

पुणे, १३ फागुन । बलिउड अभिनेता सञ्जय दत्त आज (बिहीबार) महाराष्ट्रको यरवदा जेलबाट रिहा हुँदैछन् । भारतीय समयअनुसार सञ्जय दत्त बिहान साढे दस बजे रिहा हुने तयारी गरिएको छ ।
संजय दत्त १२ मार्च, १९९३ को श्रृंखलाबद्ध मुम्बई विस्फोटको विषयमा अवैध हतियार राखेको अपराधमा पाँच वर्षको बचेको कैद सजाय भोग्न जेल गएका थिए । जेलमा राम्रो व्यवहार गरेवफत सञ्जयलाई रिहा हुने समय अगाडि नै छाडिएको हो ।
संजय दत्तलाई मे, २०१३ मा ३ सालका लागि जेल पठाइएको थियो । किन कि उनले ढेड साल हिरासतमा बिताइ सकेका थिए ।
संजय दत्तले राम्रो व्यवहार गरेका कारण ८ महिनाको सजाय कम गरिएको समाचारमा उल्लेख छ । सञ्जय दत्तले जेलमा छ वर्षमा ४ वर्ष ३ महिना १४ दिन मात्रै जेलमा सजाय काटेका छन् ।
संजय दत्त जेलमा सबै औपचारिकता पूरा गरेपछि बिहान १०ः३० बजे रिहा हुने जनाइएको छ । जेलबाट निस्किएपछि सञ्जय दत्त चार्टर्ड फ्लाइटबाट मुम्बई जाने छन् ।
सञ्जय दत्तको स्वागतका लागि उनी पत्नी मान्यता, छोराछोरी र परिवारका अन्य सदस्यहरूले जेलको बाहिर स्वागत गर्ने जनाइएको छ । एजेन्सी
dainiknepal



बिहीबार बलिउड स्टार सञ्जय दत्त जेलबाट मुक्त हुने भएपछि बलिउडका स्टारहरुले आ आफ्नै तरीका बाट खुशी ब्यक्त गरी रहेका छन ।बिहीबार पच्चीस फेब्रुअरीमा सञ्जय जेल बाट मुक्त हुन लागेका हुन ।





पुणेको यरवडा जेल बाट सञ्जय मुक्त हुनेछन ।सन १९९३ मा मुम्बइमा भएको सिलसिलेवार बम बिस्फोटमा हतियार राखेको आरोपमा उनि दोषी पाइएका थिए ।पे रोलमा बेला बेलामा जेल बाट बाहीर आइ रहेका उनको आगमन बिबादीत पनि बनिरहेको थियो ।कलाकार मनोज वाजपेयिले खुलेरै सञ्जय दत्तको मुक्तीको खुसि ब्यक्त गरेका छन ।
News24Nepal

एजेन्सी, मुम्बई, फागुन ११

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिइएको छ। उनलाई फोनबाट ज्यान मार्ने धम्की दिइएको हो। प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको सोमबार जनाएको छ। ज्यान मार्ने धम्की सिधैं सलमानलाई नभई फोनबाट प्रहरी नियन्त्रण कक्षमा दिइएको हो।
प्रहरीले सो धम्की कसैले प्रहरीलाई झुक्याउन गरेको शंका गरेको छ। प्रहरीले त्यस्तो शंका गरेको भएपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको छ।फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ।
kala.setopati

मुम्बई, फागुन ११ । बलिउड अभिनेता संजय दत्त बिहीबार जेलबाट रिहा हुँदैछन् । उनी सन् १९९३ मा भएको शृंखलाबद्ध विस्फोट मामलामा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतको आदेशअनुसार पाँच वर्षको जेल सजाय भोग्दैछन् ।
यद्यपि उनले पुरै पाँच वर्ष भने जेलमा बिताउनु परेन । उक्त सजाय तोकिनु अघि नै उनले १८ महिना जेलमा बिताइसकेका थिए । बाँकी सजायका हकमा पनि उनले पटक–पटक बिदा लिएर घर–परिवारसँग समय बिताउँदै आएका थिए । त्यस अतिरिक्त जेल सजायको परिभाषाअनुसार प्रत्येक कैदीले महिनामा सात दिन स्वतः सजाय माफी पाउँछ । यस हिसाबले संजयले प्रत्येक वर्ष ८४ दिनको सजाय छुट पाए । कैदीको चालचलन राम्रो पाइएको अवस्थामा प्रत्येक वर्ष जेल प्रशासनले ३० दिनको सजाय माफी दिने प्रावधान पनि छ । संजय दत्तको आचरणमा कुनै गुनासो नआएका कारण उनले उक्त सुविधा पनि पाए ।
यिनै सुविधाका आधारमा संजयले सजायमा छुट पाउँदै बिहीबार रिहा हुने अवसर पाएका हुन् ।
पुणेको यरवदा जेलमा रहेका संजयले जेल प्रशासनबाट रिहा हुने समयमा ४४० रुपैयाँ पाउनेछन् । जेल प्रशासन स्रोतका अनुसार उनले उक्त रकम जेलमा काम गरेबापत पारिश्रमिक पाउने भएका हुन् । कुल पारिश्रमिक मध्ये उनले खर्च गरेर बाँकी रहेको रकम ४४० रुपैयाँ रहेको जेल प्रशासन स्रोतलाई उद्धृत गर्दै केही भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनले जेलमा कागजको झोला बनाउने काम गर्दै आएका छन् । उक्त कामबाट उनले दैनिक ५० रुपैयाँ आर्जन गर्दछन् । यस अतिरिक्त उनी जेल मै आरजे (रेडियो जकी) को भूमिका पनि निर्वाह गर्दै आएका छन् । जेलमा कैदीहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत गीत–संगीत बजाउने गरिन्छ । जसमा संजयले रेडियो जकीको भूमिका निर्वाह गर्दै आएका हुन् ।
imagekhabar

नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको सायद यो नै पहिलो पटक हो ।
दुई महिना
 मुम्बई– बारम्बार चर्चामा र बिबादमा आइरहने पूर्व पोर्नस्टा र तथा बलिउड अभिनेत्री सनी लिओन आफ्नो नयाँ फिल्म मस्तीजादेलाई लिएर फेरि विवादमा तानिएकी छिन्। राजधानी नयाँ दिल्लीको आदर्श नगर प्रहरी चौकीमा सनी लिओनबाहेक अभिनेता तुषार कपुर, वीरदास तथा फिल्म मस्तीजादेका निर्माता–निर्देशकको विरुद्ध धार्मिक भावना भड्काउने कोसिस गरेको भन्दै उजुरी परेको छ।

फिल्मको एक दृष्यमा सनीले अन्य कलाकारसँग गलत आचरण गर्दै धार्मिक भावना भड्काएको आरोप लगाइएको छ। उजुरीकर्ताले फिल्मको एक दृष्यमा मन्दिर भित्र कण्डमको विज्ञापन गर्दै गरेको देखाइएको र सो दृष्य निकै भद्दा तरिकाले खिचिएको आरोप लगाइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार फिल्मको मुख्य कलाकार सनी लियोन, तुषार कपुर वीरदारसँगै निर्माता–निर्देशक विरुद्ध उजुरी दर्ता गराएको र सो बारेमा जाँच सुरु गरिएको छ।

nagariknews

जनवरी महिनाबाट ४१ बर्षमा प्रवेश गरेकी बलिउड नायिका प्रिती जिन्टाले अमेरिकामा रहेका आफ्ना प्रेमीसँग बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । आफू भन्दा १० बर्ष कान्छा प्रेमीसँग उनले बिहे गर्न लागेको इन्टरटेन्मेन्ट वेवसाइट स्पोटबोइ डटकमले उल्लेख गरेको छ ।
नायिका जिन्टाको फ्रेवुअरी १२ देखि १६ तारिखसम्म वेडिङ्ग सेरेमनी चल्ने मिडियाको दाबी छ । नायिका जिन्टाले आफ्ना नजिकका साथीलाई फोन गरेर बिहेका लागि निमन्त्रणा गरेकी छिन् । उनले भनेकी छिन्-‘बिहे अमेरिकामा हुँदैछ । ५ दिनसम्म कार्यक्रम चल्नेछ । यदि तपाई मेरो खुशीमा सहभागी हुनुहुनेछ भने मलाई राम्रो लाग्नेछ ।’
अमेरिकामा रहेका जीन गुडइनफ नाम गरेका यूवकसँग नायिका जिन्टा प्रेम सम्बन्धमा छिन् र उनीहरु करिब १ बर्षदेखि डेटमा थिए । जीन ३० बर्षका छन्, जो लस एन्जल्समा बस्ने गर्छन् । केही बर्ष अगाडि यी दुइको अमेरिकामा भेट भएको थियो । सन् २०१५ को आइपीएल फाइनलमा पनि प्रितीसँगै जीन सहभागी भएका थिए ।
onlinekhabar

बिहीबार, २१ माघ
एजेन्सी। भारतको हैदराबादको एउटा  शहरमा  सलमान खान विषयलाई लिएर अचम्म लाग्ने खबर प्राप्त भएको छ  । त्यहाँ भएको नगर निर्वाचनमा मतदान गर्न आएका एक जनाको मतदाता परिचय पत्रमा सलमान खानको नाम संग उनको तस्विर पनि छापिएको थियो ।
के लेखिएको थियो मतदाता परिचय पत्रमा
परिचय पत्रमा बलिउड सुपरस्टार सलमान खानको नामको साथै उनको बुबाको नाम पनी छापिएको थियो ।सबैभन्दा हंगामा मच्चाउने विषय त यो थियो की सो परिचय पत्रमा सलमान खानको उमेर ५० वर्षको नभई ६४ वर्ष भएको देखिएको थियो।

एजेन्सी, मुम्बई, माघ २१

पछिल्लो साता बलिउड अभिनेता रणविर कपुर र क्याटरिना कैफको 'ब्रेकअप'को समाचारले बलिउड तात्यो। क्याटरिनाले पनि जबसम्म विहे हुँदैन् जबसम्म मान्छे 'सिगंल' हुन्छ भन्ने अभिव्यक्ति दिइन्। यसले उनहरुको प्रेममा केहि भएको भन्ने कुरा थप बल पायो। उनीहरुको सम्बन्धको सुरुवातदेखि नै रणविरकी आमा नितु कपुर खासै खुशी नरहेको बताइदै आइएको थियो।
त्यस्तै रणविर र क्याटरिना एउटै घरमा बस्न थालेको समाचार पनि आए। उनीहरुको ब्रेकअपसँग सम्बन्धित  नयाँ हल्ला बाहिरिएको छ। नयाँ चर्चा अनुसार क्याटरिना कैफकी आमाले लन्डनबाट रणविरकी आमा नितुलाई रणविर र क्याटरिनाविच रहेको मतभिन्नतालाई समाधान गर्न फोन गरेकी छन्। फोन गरेको भन्ने चर्चा चलेपनि यसको पुष्टि भने हुनसकेको छैन्।
क्याटरिनाकी आमालाई रणविरकी आमाले क्याटरिनासँग छुट्टिने निर्णय आफ्नो छोराको भएकाले त्यस मामलामा धेर केहि गर्न नसकिने जवाफ दिएको एक भारतीय संचारमाध्यमले श्रोतको हवाला दिदैं लेखेको छ।

मुम्बइमा एक अन्तराष्ट्रिय सौन्दर्य प्रसाधन लञ्च गर्न पुगेकी क्याट्रिनालाई मिडियाले रणवीरसंगको ब्रेकअपकै प्रश्न गरे। क्याट्रिनाले प्रश्नको सिधा उत्तर दिइनन्, घुमाइफिराइ भनिन, ‘यदि हामी पब्लिक फिगर हौँ भने खबरमा त रहन्छौ नै।’


सेलेब्रेटी भएपछि खबरमा आइने बताइरहँदा उनले रणवीरको नाम समेत लिइनन। उनले यसरी जवाफ फर्काउँदा प्रश्न सोध्नेले थप प्रश्न गर्ने हिम्मत गरेनन्।

फ्रेबुअरी १२ मा रिलिज हुने क्याट्रिनाको नयाँ फिल्म ‘फितुर’ को लागि उनी दौडधुपमा छिन। फिल्ममा उनी लगायत आदित्य रोयको मुख्य भुमिका रहेको छ।

सो कार्यक्रमका क्याट्रिनाका तस्बिर,

नयाँ दिल्ली – अक्षय कुमारलाई पछि पार्दै सलमान खान सन् २०१५ मा अग्रिम कर बुझाउने बलिउड स्टार बनेका छन् । इन्कम ट्याक्स डिपार्टमेन्टका अनुसार सलमानले २० करोड रुपैयाँ अग्रिम कर बुझाएका छन् जबकी अक्षयले १६ करोड रुपैयाँ बुझाएका छन् ।
इनकम ट्याक्स अफिका अनुसार सलमान र अक्षयपछि रणवीर कपुर, शाहरुख खान र अमिताभ बच्चा आउँछन् । मुम्बाईको आइटी डिपार्टमेन्टले थर्ड क्वाटरसम्म सम्मको तथ्यांक सार्वजनिक गरेको हो । जनवरी देखि मार्चसम्मको तथ्यांक हेरेर पूरा आर्थिक वर्षमा कसले बढी कर तिर्यो भन्ने पत्ता लाग्नेछ ।
२० करोड अग्रिम कर बुझाएका सलमानको बजरंगी भाइजानले विश्वभर ६ सय करोड कमाएको थियो भने प्रेम रतन थप पायोले २ सय करोड कमायो । त्यस्तै १६ करोड बुझाएका अक्षयको सन् २०१५ मा बेबी, ब्रदर्स, गब्बर इज ब्याक र सिंह इज ब्लिङ्ग रिलिज भएको थियो जसले राम्रो आम्दानी गरेको थियो । हालै रिलिज भएको एयरलिफ्टले पनि राम्रै कामाई गरिरहेको छ ।
रणविरले १५ करोड रुपैयाँ अग्रिम करको रुपमा बुझाए भने शाहरुख खान र अमिताभ बच्चनले क्रमशः १४ करोड ८.७५ करोड बुझाएका छन् ।
ratopati


बलिउड अभिनेता आमिर खानले सन् २००९ को बल्कबस्टर फिल्म 'थ्री इडोयट्स'को सिक्वलको योजना चलिरहेको खुलासा गरेका छन्। राजकुमार हिरानी निर्देशित फिल्मको सिक्वलका बारेको खुलासा उनले 'रङ् दे वसन्ती'को १० औं वार्षिक  मनाउने क्रममा पत्रकारहरूसँग कुरा गर्ने क्रममा खोलेका हुन्।
पत्रकारसँग कुरा गर्दै आमिरले फिल्मका लागि निर्देशक हिरानीले कथा भेटाएको र छिट्टै सो कथामा फिल्मको स्क्रिप्ट तयार गर्ने तयारी चलिरहेको बताएका हुन्। हिरानीले यस सिक्वलमा बलिउड अभिनेता संजय दत्तको बायोपिक फिल्म र 'मुन्ना भाइ'को तेसरो सिक्वलको काम सकेपछि गरिने बताए।setopati

मुम्बई । एउटा प्रेम विछोडको मूल्य २१ करोड हुन सक्छ ? यो वाहियात कुरा लाग्न सक्छ । तर, यस्तो पनि हुँदोरहेछ ।
यो कुरालाई बलिउडका चर्चित अनुहार रणवीर कपुर र कटरीना कैफले पुष्टि गरिदिएका छन् । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार कटरीनासँग अलग हुँदा रणबीर कपूरले २१ करोडको मूल्य चुकाउनुपरेको छ ।
कैयौ वर्षदेखि दुबैको प्रेम कहानी अनौठो तरिकाले केही दिन पहिला समाप्त भएको छ । ब्रेकअपबाट बच्न दुबैले धेरै प्रयास गरेपनि अन्ततः विछोड भयो । यद्यपी जे होस् दुबै आ–आफ्नो बाटो लागिसकेका छन् ।
तर, ब्रेकअपले २१ करोडको मूल्य चुकाएको छ । त्यो मूल्य रणवीरले चुकाउनुपरेको छ । एउटा सिंगै फ्ल्याट लिएर लिव–इन रिलेशनमा सँगै बसिरहेका दुबै जनाले ब्रेकअपपछि फ्ल्याट छाडे । रणबीर फ्ल्याट छाडेर घर गए ।
त्यो फ्ल्याटको भाडा मासिक १५ लाख थियो । जून दुबैले बराबर तिर्थे तर, त्यसको सुरक्षाका लागि रणबीरले २१ करोड रुपैयाँ जम्मा गरेका थिए । दुबै जना आफ्नो प्रेम सम्बन्धमा एक वर्षसम्म यसै फ्ल्याटमा बसे । आफ्ना सबै सामान ल्याएर सजाए । तर, अन्तिममा सबै बेकार भएको छ । रणवीरको २१ करोड डुबेको छ ।
dainiknepal

बलिउड अभिनेता आमिर खानले सन्नी लियोनीसँग काम गर्न आफूलाई कुन समस्या नभएको बताएका छन्। उनले सन्नीसँग खुशीखुशी काम गर्न तयार रहेको बताएका छन्। हालै सन्नी लियोनीले दिएको एक अन्तरवार्तामा सन्नीको वयस्क फिल्म करियरको विगतका कारण सन्नीसँग आमिर जस्ता स्टारले काम गर्लान? भनेर सोधिएको थियो।
सन्नीलाई उनको विगत कोट्याउँदै उनलाई होच्याउने काम भएको भन्दै बलिउडकर्मीले अन्तरवार्ताकारको खरो विरोध गरिरहेका छन्।
आमिरले त्यसै सन्दर्भमा आफ्नो फेसबुकमा राय राख्दै आफूलाई सन्नीसँग काम गर्न कुनै अप्ठयारो नहुने बताएका हुन्। उनले आफ्नो फेसबुक वालमा सन्नीको पक्षमा वकालत गर्दै यस्तो भने,' मेरो विचारमा सन्नीले अन्तरवार्तामा आफूलाई बडो राम्रो र गौरवका साथमा पेस गरिन्। सायद मैले पनि यस्तै जवाफ दिन्थे होला। र सन्नी म तपाईसँग खुसीखुसी काम गर्नेछु। मलाई तपाईंको विगतसँग कुनै समस्या छैन्, जसरी अन्तरवार्ता लिनेले तिमीलाई भने। भगवानले तिम्रो रक्षा गरून, पीर नगर। आमिर।'

अन्तवार्तामा आमिरले तपाईसँग काम गर्लान भन्ने प्रश्नमा सन्नीले 'सायद आमिरले काम गर्दैनन होला' भन्ने जवाफ दिएकी थिइन्। आमिरको यो फेसबुक अभिव्यक्तीले धेरै मानिसलाई उचित जवाफ दिएको विश्लेषण गरिएको छ।  पोर्न स्टारको छविलाई पछि छोड्दै सन्नी अहिले बलिउडमा आफ्नो करियर बनाउन लागिपरेकी छन्। उनको आगामी फिल्म 'मस्तीजादें' शुक्रबार रिलिज हुँदैछ।
सो अन्तरवार्तालाई लिएर सन्नीको समर्थनमा आमिरसहित बलिउडका ठूला स्टारहरु ऋषि कपुर, अनुष्का शर्मा, आलिया भट्ट, श्रुति हसन तथा सुशान्त सिंह राजपुत ट्विट गरेका छन्।setopati









करिश्मा कपुर र उनका पति सञ्जय कपुरबीचको सम्बन्धमा झन् भाँडभैलो थपिएको छ । वैवाहिक जीवनमा बेमेल आएर छुट्टिएको यो जोडीको सम्ब्न्धबिच्छेद गर्नमा पनि अशान्त देखिएको छ ।
सन् २००३ मा बिहे गरेर करिब ११ वर्ष वैवाहिक सम्बन्धमा रहेका करिश्मा–सञ्जयले सम्बन्धबिच्छेद गर्ने क्रममा करिश्माले सञ्जयबाट अंश लिँदा बलिउडमा ठूलै तहल्का मच्चिएको थियो । किनकी उनीहरुको सम्बन्धबिच्छेदलाई बलिउडकै ठूलो सम्बन्धबिच्छेद मानिएको थियो ।
बताइएअनुसार सञ्जयले सम्बन्धबिच्छेदका लागि अदालतमा नयाँ दिवेदन दर्ता गराएका छन् । सञ्जयकाअनुसार करिश्माले सम्बन्धबिच्छेदका लागि आपसी सहमति तोडिरहेकी छिन् ।
एकातिर करिश्माका वकिलले सञ्जयले नै सर्त पुरा नगरेकाले सहमति भंग भएको बताएका छन् ।
अर्कोतिर सञ्जयले करिश्माले अाफूसँग पैसाका लागि मात्र बिहे गरेको आरोप लगाएका छन् । सञ्जयले भनेका छन्,‘करिश्माले पहिलेको सहमतिलाई मिचेर आफूले अझै बढी अंश पाउनुपर्ने बताएकी छिन् । अभिषेक बच्चनसँग ब्रेकअप लिएर सन् २००३ मा मसँग बिहे गरेकी करिश्मा न असल श्रीमती बन्न सकिन् न असल बुहारी बन्न सकिन् न त असल आमा नै बन्न सकिन् ।’
सञ्जयले मुम्बईको बान्द्रा अदालतमा दर्ता गराएको निवेदनमा भनिएको छ,‘करिश्माले हाम्रा बच्चालाई मेरोविरुद्ध प्रयोग गरिरहेकी छिन् । उनी बढीबढी पैसा माग्दै मेरो परिवारसँग बच्चालाई भेटाउँदिनन् । उनले हाम्रो बच्चालाई मेरो बिरामी पितासँग पनि टाढै राखिन् । पिताको बच्चासँग भेट्ने ठूलो इच्छा थियो । उहाँ ६ महिनाअघि बित्नुभयो ।’
सन् २०१४ मा सञ्जयबाट छुट्टिएकी करिश्माले छुट्टिएको करिब एक वर्षमा सञ्जय सहमतिअनुसार नगएको भन्दै सहमतीय निवेदन फिर्ता लिएर अदालतमा नयाँ उजुरी दर्ता गराएकी थिइन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget