काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल सरकारको तर्फबाट चीन सरकारसँग चक्रपथमा उत्याधुनिक प्रशारण लाइन बनाउन सहयोग मागिने भएको छ ।
अर्थ र परराष्ट्र मन्त्रालयको डिजाइन र ऊर्जा मन्त्रालयको प्राविधिक सहयोगमा कबिर ६ अर्ब बराबरको सहयोगका लागि प्रस्ताव लाने तयारी भएको ऊर्जा मन्त्रालयका प्रवक्ता डा। सञ्जय शर्माले काठमाण्डु टुडेलाई बताए ।
उपत्यकामा हाल रहेको अव्यवस्थित विद्युत वितरणलाई व्यवस्थित गर्न नेपाल सरकारको तर्फबाट सो प्रस्ताव लान लागिएको हो ।
१३२ केबी क्षमताको सो प्रसारण लाइनका लागि चीनसँग अनुदान या ऋण लिने भन्ने विषयमा भने अझै निर्णय भएको छैन ।
प्रवक्ता शर्माका अनुसार चीन सरकार क्रस बोर्डर बनाउन सकारात्मक भएको छ र हाल चीन सरकारका तर्फबाट कही मानिसले सोको अध्ययन समेत गरिरहेका छन् । उनले भने, ‘अर्थ र परराष्ट्र मन्त्रालयको सक्रियतामा नेपाल सरकारमार्फत प्रधानमन्त्रीज्युको चीन भ्रमणका क्रममा सो प्रस्ताव लान लागिएको हो । हामीले ऊर्जा मन्त्रालयका तर्फबाट सो प्रस्ताव विवरणमा केही थपघट गरेर पठाएका हौँ ।’
हाल काठमाण्डु उपत्यकामा ट्रासफर्मर पड्किने तथा विद्युत पोल धेरै र अव्यवस्थित हुने, विद्युत लाइनमा समस्या आउने गरेको छ । अत्याधुनिक प्रशारण लाइन बनाएमा सो समस्या धेरै मात्रामा हटेर जाने जानकार बताउँछन् ।
News24Nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.