म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो । उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो ।
यो जित सुकीको हो– नवनियुक्त राष्ट्रपति
यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जित सुकीको हो । उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने पनि उहाँले बताउनुभयो ।
च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सुकीको एक विश्वासपात्रका रुपमा पनि चिनिनुहुन्छ । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उहाँले नै च्योलाई अघि सार्नुभएको हो ।
purbelinews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.