Latest Post

इटहरी  / काकडभिट्टा ट्रेनिङ सेन्टर, इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंगालाई १–० गोल अन्तरले हराउँदै काकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुद्ध चेम्जोङ्गले पहिलो हाफको १६ औँ मिनेटमा नगेन लिम्बुको पासको सदुपयोग गर्दै गरेको गोल आजको खेलको निर्णयक गोल बन्न पुग्यो । आजको खेलको म्यान अफ द म्याच कञ्चनजङ्गा फुटबल क्लबका सिद्धान्त क्षेत्री घोसित भए । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार एफिएफ पूर्वाञ्चल र फ्यान्स क्लब बिआरसी भुटानबिच हुने छ ।
/purbelinews

युवा संघ नेपालले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालको नक्सा दिएर राष्ट्र जोगाउन आग्रह गरेको छ । ‘सक्नुहुन्छ भने ठूलो दलको सभापतिको नाताले सन् १९५० को सन्धी खारेज गरेर नेपालको सीमाना बढाउन लाग्नुहोस । सक्नुहुँदैन भने अहिलेको सीमानामा प्रतिवद्ध रहनुहोस’ देउवा निवास बुढानिलकण्ठ पुगेका संघका अध्यक्ष राजीव पहारीले भावुक हुँदै भने ।



आफ्नो जीवन हत्केलामा राखेर मधेस सम्वाद तथा जागरण अभियान संचालन गरेका पहारीले देउवालाई राष्ट्रियताको विषयमा सचेत गराएका हुन । यसअघि पहारीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी राष्ट्रियताको विषयमा सचेत गराउँदै वामपन्थी दलहरुबीचको एकताको लागि ध्यानाकर्षण गराएका थिए ।



मंगलबार संघका नेता तथा कार्यकर्तासँगै बुढानिलकण्ठ पुगेका पहारीले देउवालाई खादासँगै नेपालको नक्सा दिएर राष्ट्र संकटमा परेकोतर्फ ध्यानाकर्षण गराएका हुन । ‘राष्ट्र संकटपूर्ण अवस्थामा छ । युवा संघको तर्फबाट हामीले राष्ट्रियताको विषयमा खवरदारी गरिरहेका छौँ । ठूलो दलको सभापतिको हैसियतामा तपाईपनि सचेत रहनुहोला’ पहारीले भने ।

पहारीले प्रमुख दलहरुबीचको एकता अझै आवश्यक रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन पनि देउवाको ध्यानाकर्षण गराएका छन । उनले भने ‘केपी ओली नेतृत्वको सरकारमा आउनुहोला । त्यसको विकल्प छैन । अवको १० वर्ष मिलेर जानुपर्छ ।’ राष्ट्रियताको संरक्षण, भ्रष्टाचारको अन्त्य र जनताको दैनिकी सहज बनाउन पनि दलहरु कम्तिमा १० वर्ष मिलेर जानुपर्ने पहारीले औल्याए ।



जवाफमा देउवाले राष्ट्रिय अखण्डताको विषयमा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन । देउवाले भने ‘हामी पनि मिलेरै जानुपर्छ भन्नेमा छौँ ।  बधाई दिनुभएकोमा धन्यवाद । अखण्डताको विषयमा कसैसँग पनि म सम्झौता गर्दिन ।’ कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि र चन्द्र भण्डारीलाई पनि युवा संघले बधाई दिएको छ ।
nepalpati

– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।
swasthyakhabar

काठमाडौँ । छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ ।
बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।
दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए ।
४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग(नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।
तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ ।
बोधिचित्त
रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् । उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५ लाख कमाउने उनको लक्ष्य छ ।
मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनी पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् ।
साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् ।
६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।
केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको १५  सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्‍याउन हम्मेहम्मे परेको प्रधानले बताए ।
बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ ।
कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन । स्राेतः अनलाइन पत्रिका


अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।

यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ । यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए ।


 जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ । एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ । gorkhalikhaban

तपाई हामी सबैे राशी या कर्मयोगका आधारमा भाग्यको फैसला गर्ने गछौं । ज्योतिष विज्ञानका अनुसार कुन राशीको मानिसको समयचत्र कसरी अगाडि बढेको हुन्छ, त्यो आधारमा उसको भाग्य र भविष्य निर्धारण भएको बताइन्छ । त्यसैले विभिन्न राशीफल भएका व्यक्तिहरुको यो वर्षको अन्तिम महिना अर्थात चैत महिना कस्तो छ त ? आउनुहोस, जानकारी लिइराखौं ।



मेष व्यक्तिगत काममा सफलता प्राप्त हुनेछ । आफूलाई चाहिने सामग्रीको जोहो हुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने वा वनभोजमा सामेल हुने अवसर जुट्नेछ । धेरैजसो कार्य आफ्नो इच्छाबमोजिम सम्पन्न हुनेछन् । शरीरमा रगतको कमी हुनसक्छ ।श्रीमानले गरेको राम्रो व्यवहार पनि नराम्रो लाग्नसक्छ । प्रतिस्पर्धीहरूले सोझोपनको फाइदा उठाउनसक्ने भएकाले सतर्क रहनुहोला ।

वृष अपेक्षाअनुरूप सफलता प्राप्त हुनुका साथै यात्रा गर्ने अवसर जुट्नेछ । बसाइ सराइको सम्भावना पनि छ । श्रीमान्लाई राम्रोसँग बुझ्ने मौका मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै व्यापारिक लाभ पनि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त होला । प्रतियोगितात्मक कार्यक्रममा सफलता हात लाग्नेछ । कुनै कार्यमा विशेष सफलता पाइनेछ । अभिनन्दित हुने वा सम्मान प्राप्त गर्ने अवसर जुर्नेछ ।

मिथुन काममा विशेष सफलता हात पर्नेछ । रोकिएका काम बन्दै जानेछन् । माइतीपक्षबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभका साथै विभिन्न कुराको फाइदा हुनेछ । मनमा उब्जिएको शंका समाधान हुनेछ । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । साथीहरूसित वनभोज जाने सम्भावना छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता हासिल हुनेछ ।

कर्कट पारिवारिक सुख–समृद्धि बढ्नेछ । घरको रंगरोगन एवं साजसज्जा गर्नेतर्फ मन आकृष्ट हुनेछ । भाउजू–बुहारीसितको सम्बन्धमा प्रगाढता छाउनेछ । घुमफिर एवं किनमेलमा बढी समय बित्नेछ । छोराछोरीको स्वास्थ्यमा सजग रहनुपर्ने बेला छ । काममा अपेक्षित सफलता नमिल्नसक्छ । अनावश्यक खर्चको योग छ ।

सिंह प्रतिस्पर्धात्मक, शैक्षिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । सन्तान तथा उपहार प्राप्त गर्ने योग छ । मौसमी परिवर्तनका कारण स्वास्थ्यमा बाधा उत्पन्न हुनसक्छ । कुनै कुराले मनमा एक प्रकारको डर उत्पन्न हुनसक्छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा परे पनि माया–प्रीति भने कायमै रहनेछ । इष्टमित्रमा कसैलाई कुनै संकट आइलाग्नसक्छ ।

कन्या परिवारसित भ्रमणमा जाने अवसर मिल्नसक्छ । वादविवाद हुने योग छ । नवविवाहिताहरूले विशेष सतर्कता अपनाउनुपर्नेछ । वैचारिक मतभेद, अपजस, अनपेक्षित कलहजस्ता कुराको सामना गर्नुपर्ने अवस्था आइलाग्नसक्छ । पेट गडबड हुने योग छ । २० गतेपछिको समय केही अनुकूल होला ।

तुला मनको बोझ हट्नुका साथै जाँगर पनि बढ्नेछ । शरीर पनि फुर्तिलो रहनेछ । काममा सफलता हात पर्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । व्यावसायिक क्षेत्रबाट धनलाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै छोराछोरीहरूबाट पनि सन्तोष मिल्नेछ । साथीभाइहरूसित रमाइलो जमघट हुनसक्छ ।

वृश्चिक परिवारमा वैचारिक मतभेद देखापर्नसक्छ । छोराछोरीलाई नियन्त्रणमा राख्न केही कठिन हुनेछ । टाउको दुख्ने एवं झनक्क रिस उठ्ने समस्या देखापर्नसक्छ । विविध कारणले काममा बाधा परे पनि पराक्रमका कारण सबै कार्य सम्पन्न हुनेछन् । साथीभाइहरूसित रमाइलो भेटघाट एवं जमघट हुने योग छ । श्रीमान्को आचार–विचारलाई ध्यान दिएर काम गरे सम्भावित कलह टर्नेछ ।

धनु पारिवारिक सुख–समृद्धि बढ्नेछ । सन्तान लाभ हुने योग छ । आर्थिक पक्ष सुदृढ रहनेछ । प्रायस् सबै कार्य आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । व्यावहारिक कार्य गर्दा सबैको चित्त बुझाउन गाह्रो पर्नसक्छ । जागिरको सिलसिलामा यात्रा हुनेछ । साथीभाइहरूसँग भेटघाट गर्ने वा वनभोज जाने सम्भावना छ । नयाँ मित्रता गाँसिनेछ ।

मकर जाँगर बढ्नुका साथै शरीर एवं मन दुवै चङ्गा रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । विभिन्न स्रोतबाट धनलाभ हुनेछ । पारिवारिक जमघट हुनसक्छ । भ्रमणको संयोग जुर्नसक्छ । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि किनमेल हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

कुम्भ गृहिणीहरूको घर खर्च बढ्नेछ । पारिवारिक जिम्मेवारी एवं स्वास्थ्य समस्या देखापर्नसक्छ । शान्त र धीर भएर काम गर्नुपर्ने बेला छ । वैवाहिक जीवन सफल रहनेछ । श्रीमान्बाट पनि सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ होला । मनोरञ्जक क्रियाकलापतर्फ मन जाला । अनावश्यक खर्च हुने योग छ ।

मीन अनावश्यक खर्च हुनेछ । जाँगरमा कमी आउनसक्छ । छिमेकी एवं प्रतिस्पर्धीले दुस्ख दिने प्रयास गर्नसक्छन् । एक्लैले विभिन्न काम भ्याउनुपर्दा धपेडी हुनसक्छ । कामका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नु आवश्यक छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । बोल्दा एवं व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
nepalnewslive

काठमाडौं, चैत २ । पछिल्ला दिन उकालो लाग्दै आएको सुनको भाउमा मंगलबार उल्लेख्य गिरावट आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको चाँदीको भाउ पनि ५ रुपैयाँ सस्तिएर ७ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३३ डलर हाराहारीमा आइरहेको थियो ।
imagekhabar

सोल: दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाईले उत्तर कोरियालाई परिवर्तनको बाटोमा आउन आग्रह गरेकी छन् ।

'समयानुकुल परिवर्तित बाटोमा आउन मेरो आग्रह छ', उनले भनेकी छन्, 'यदि यसै हिसाबमा अघि बढ्ने हो भने त्यसले कसैलाई पनि राम्रो गर्ने छैन ।'


पछिल्ला समयमा उत्तर कोरियाले जारी राखेका आणविक सस्त्रास्त्रको परीक्षण अनावश्यक उत्तेजना भएको पनि राष्ट्रपति हाईले जानकारी दिइन् ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति हाईले उत्तर कोरियालाई यसरी विश्व समुदायसँग अनावश्यक रुपमा चिढाउने र उत्तेजना फैलाउने काममा नलागी वास्तविक परिवर्तनको बाटोमा आउँदा उसलाई राम्रो हुने धारणा राखिन् ।

उत्तर कोरियाले गत महिना गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको जस्तो देखिन्छ ।

यसका विरुद्धमा संयुक्त राष्ट्रसङ्घले पनि उत्तरका विरुद्धमा नाकाबन्दी गरेको छ । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ ।

सो नाकाबन्दीपछि पनि हालैमात्र दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सोलमा गरिसकेका छन् । यस अभ्यासको पनि उत्तर कोरियाले यसको कडा विरोध गरेको छ ।

यस सैनिक अभ्यासपछि उत्तर कोरियाले प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको थियो ।

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा गतहप्तामात्र भएको उक्त संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसङ्घले पनि नाकाबन्दीको घोषणा गरेको हो ।

सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको तीब्र विरोध गरेको छ ।

राष्ट्रपति हाईले उत्तर कोरिया सच्चिएर आएमा उसमाथिको विदेशनीति पनि विश्वबाट नै सहज रुपमा निर्धारण हुने धारणा राखिन् । एजेन्सी
annapurnapost

प्रोटोकल मिच्दै होटलमै पुगे पूर्वमन्त्रीहरु
काठमाडौ – भारती विदेश मन्त्रालयका सचिवलाई नेपालका पूर्व मन्त्रीहरु लाइनै लागेर भेटेर नेपालको सामान्य प्रोटोकल व्यवस्थालाई धज्जी उडाएको छ । नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् ।
त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका
अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् ।
यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ ।
हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो ।
तर, पूर्व उद्योग मन्त्री महेन्द्र राय यादवले भने आफूहरु आन्दोलनमा भएको बेला बाध्यताले भेट्न गएको बताए । भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे ।
के भने जयशंकरले ?
भारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन् । पोखरामा हुने मन्त्री स्तरीय सार्कको बैठकमा सहभागि हुन नेपाल आएका जयशंकरले आज मधेशवादी दलका नेतालाई विहान भेट्नका लागि द्वारिका होटलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई बोलाएका थिए । भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए ।
उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ ।
यस विषयमा भेटघाटमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झासँग जिज्ञासा राख्दा उनले मधेशी जनताको अधिकार कसरी प्राप्त हुन्छ त्यसमा लाग्न सुझाव दिएको प्रतिकृया दिए । ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने ।
मधेशी मोर्चाका नेताहरुले मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं,’ भन्ने कुरा मधेशी मोर्चाका नेताले सचिव जयशंकर समक्ष राखेका थिए ।
मधेशी मोर्चाका नेताहरुको कुरा सुनेपछि जयशंकर यस विषयमा आफूले सत्ताधारी दलहरुसँग कुराकानी गर्ने आश्वासन दिएको मोर्चाका नेताहरुले जनाएका छन् ।
जयशंकरलाई भेट्न द्वारिका होटलमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, रामसपाका प्रवक्ता केशव झा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राय, तमलोपा उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्ला पुगेका थिए ।
ratopati


अनमोल केसीका सबै फिल्मले मनग्य पैसा बटुल्छन्, अनमोलको माग पनि बढिरहेको हुन्छ तर उनका को–स्टारको भने अत्तोपत्तो हुँदैन । जस्तो कि, होस्टेलमा अनमोलसँग रोमान्स गरेकी प्रकृति श्रेष्ठका त्यसपछि सम्झनलायक फिल्म आएनन् । एक वर्ष बितिसक्दा पनि जेरीकी आना शर्मा नयाँ फिल्ममा अनुबन्ध भएको सुनिएको छैन ।

जबकि, आनाको सुन्दरता र अभिनय दुवै अब्बल मानिएको थियो । त्यसैले ड्रिम्सकी साम्राज्ञी राज्यलक्ष्मी राणाको पनि त्यस्तै हाल हुने आशंका गरिएको छ । किनभने, अघिल्ला फिल्ममा जस्तै ड्रिम्समा अनमोलभन्दा उनकी हिरोइन साम्राज्ञीको काम अब्बल मानिएको छ । तर, मिडिया र फिल्मवृत्तमा अनमोलकै बढी चर्चा छ । प्रतिष्ठित परिवारकी साम्राज्ञी प्रकृति र आनाभन्दा अलग होलिन् त ?

 म्यानमार , म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन च्यो बिजयी हुनुभएको छ ।
म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो ।  उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो ।

यो जित सुकीको हो– नवनियुक्त राष्ट्रपति

यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जित सुकीको हो ।  उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने पनि उहाँले बताउनुभयो ।

च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सुकीको एक विश्वासपात्रका रुपमा पनि चिनिनुहुन्छ । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उहाँले नै च्योलाई अघि सार्नुभएको हो ।

purbelinews

काठमाडौँ, २ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।  मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उहाँले मित्र राष्ट्र भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गर्नुभएको थियो ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’ सार्क युवा बडापत्र स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताउनुभयो ।
त्यसैगरी १८ औंँ सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सीमाङ्कन आयोगमा पौडेल
बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । सो आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहनुहुने छ । सो आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ ।
देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।



त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ ।

काठमाडौं, चैत २ । दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका छन् ।

रेमिट्यान्सकोभरमा देश चलिरहँदा ग्रामीण बस्तीहरुमा भने अनेकखाले समस्याहरु प्रकट हुन थालेका छन् ।

यस्तै दुखेसो बोकेर राजधानी आइपुगेका छन्, चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप ।

गत सोमबार राति थिन्ले लोण्डुप बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटिए ।

केही वर्षअघि निर्माण भइ विश्वभर चर्चित बनेको क्याराभान फिल्मका तिनै परिचित अनुहार प्रधानमन्त्री केपी ओलीलाई गाउँको दुखेसोसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

थिन्लेको गाउँ, डोल्पाको सालडाङ गाविस ५ मा वन्यजन्तुले हैरानपार्ने गरेको रहेछ । बालीनाली बिगार्ने, खाइदिनेदेखि घरपालुवा जनावर पनि जोगाउन हम्मेहम्मे पर्ने गरेको गुनासो थिन्लेले गरे ।
imagekhabar

काठमाण्डु, २ चैत– सोमबार साझ नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकरले मंगलबार बिहानै काठमाण्डुको बत्तिसपुतलिस्थित एक होटलमा मधेस केन्द्रीय दललाई भेटेको १० घण्टा नपुग्दै उनीहरुले नयाँ निर्णय सार्वजनिक गरेका छन् ।

मधेस केन्द्रीत १५ दलको मंगलबार दिउँसो काठमाण्डुमा बसेको बैठकले ०६२ ०६३ सालको जस्तै जनआन्दोलन गर्ने निर्णय गरेका हुन् ।
सरकारले मधेसीको माग पुरा गर्ने विषयमा कुनै चासो नदिएको भन्दै उनीहरुले आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।
चैत दोश्रो सातादेखि संयुक्त जनआन्दोलन नाम दिएर आन्दोनल थाल्ने मधेस केन्द्रीत दलले निर्णय गरेका छन् ।
kathmandutoday


काठमाडौँ,   संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।




संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा आज बसेको गठबन्धनको बैठकले चैत ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गठबन्धको विज्ञप्तिअनुसार चैत ७ गते शान्तिबाटीकामा जम्मा भइ माइतीघर मण्डलासम्म नारावाजी र कालोझण्डासहित पुगेर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दिन विशेष तयारीका साथ आउने गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । ओलीको कार्यक्रमलाई विरोध स्वरुप संघीय गठबन्धनले राजधानीमा प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

मधेसी मोर्चासहितका विभिन्न साना दलहरू रहेको यो गठबन्धनमा आजदेखि पुनः दुई दल थपिएका छन् । गठबन्धनमा पहिला १३ वटा दल थिए । आज अरु दुई दल थपिएपछि अब संघीय गठबन्धनमा १५ वटा दल भएका छन् ।
News24Nepal


बडी बिल्डीङ चानचुने खेल होइन ,यसका लागि लामो त्याग र तपस्याको आवश्यकता पर्छ। त्यसमाथि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अनि महिला प्रतियोगी र पदक। नेपाली खेलक्षेत्रका लागि यो लगभग असम्भव सरह नै हो। तर बिदेशमा उच्च अध्यनमा आएकी एक नेपाली चेलीले फिजिकल फीटनेशको अन्तर्राट्रिय स्पर्धामा दुई स्वर्ण पदक जितेर तहल्का मच्चाएकी छिन्।
खेलक्षेत्रको फरक विधाका रुपमा परिचित फिजिकल फीटनेश र बडिबिल्डीङमा नेपाली मुलकी प्रकृती श्रेष्ठले मेलवर्नमा भिन्न स्पर्धामा दुई स्वर्ण पदक जितेकी छिन्। अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतिस्पर्धामा श्रेष्ठले सफलता हात पारेकी हुन।
सीड्नीमा बसोबास गर्दै आएरहेकी प्रकृतीले अर्का नेपाली नेचुरल बडिबील्डर सन्तोष श्रेष्ठको प्रशिक्षण र सहयोगमा प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
अस्ट्रेलियाको सन्चारक्षेत्रमा पछिल्लो एक दशकदेखि कार्यरत प्रकृती श्रेष्ठले लक्ष्य लिएर अगाडि बढे सफलता हात पार्न सकीने कुरा बताइन्।
‘प्रवासमा नेपाली महिलाहरू पनि खेलक्षेत्रको माध्यमबाट अगाडि बढ्न सक्छन भन्ने कुराको यो गतिलो उदाहरण हो,’ सिड्नीका पुराना फुटबलर राजु मानन्धरले भने, ‘प्रकृतीको यो सफलतालाई नेपाली समाजले एउटा उदाहरणको रुपमा लिनुपर्छ।’

setopati


२ चैत, एजेन्सी ।

सन् २०१६ को टी-२० विश्वकप आज देखि भारतमा शुरु हुँदैछ । आयोजक भारत र न्यूजिल्याण्डबीच केही बेरमा खेल शुरु हुनेछ । वर्ष २०१६ भारतीय कप्तान धोनीका लागि फलिफाप सावित भएको छ ।

न्यूजिल्याण्ड विरुद्ध १६ खेल खेलेका भोनीले ५८ को औषतमा ५८१ रन बनाएका छन् । उनको बेष्ट स्कोर ८४ छ । भारतका विराट कोहोलीले न्यूजिल्याण्डको विरुद्ध ११ पारी खेल्दै ५३ रनको औषतमा ५३३ रन बनाएका छन् । पछिल्लो समय भारतका युवराज पनि टी-२० को फर्ममा छन् ।

यद्यपी एक दिवसीय विश्वकपको गत सिजनको फाइनलिष्ट न्यूजिल्याण्ड भारतले कम आक्न सक्ने टिम होइन ।

न्यूजील्याण्डको टिममा धुवाँदार ब्याट्स्म्यान मानिने केही खेलाडीहरु भारतका लागि टाउको दुखाइ बनिरहेका छन् । न्यूजिल्याण्डका चर्चित ओपनर ब्राण्डेन म्याकुलमको सन्यासले भारतलाई केही राहत भएपनि मार्टिक गुपटिल सबैभन्दा खतरनाक ब्याट्सम्यान मानिन्छन् ।

त्यसैगरी न्यूजिल्याण्डकै कोलिन मुनरो पनि विष्फोटक ब्याटिङका लागि चर्चित छन् । गत वान डे विश्वकपको फाइनलमा २३७ रनको धवाँदार पारी खेलेका गुपटिलले जादु देखाएका थिए । त्यसैगरी मुनरो पनि पछिल्लो समय चम्किएका ब्याट्सम्यान हुन् ।

यी २ ब्याट्स्यान भारतको लागि टाउको दुखाइ हुन सक्ने ठानिएको छ ।

पहिलो पटक गर्भवती भएको थाहा पाउँदा तपाईलाई कस्तो अनुभूतिको महशुस गर्नुभयो ?
मेरो विवाह भएको साँढे तीन वर्ष पुगीसकेपछि अब प्लान बनाएर बच्चा जन्माउनु पर्दछ भनेर गर्भवती हुनुभन्दा पहिले डाक्टरमा गएर आफ्नो स्वास्थ्यको जाँच गराएकी थिए । सँगै श्रीमान्को पनि स्वास्थ्य जाँच गराएका थियौँ । त्यसरी हामीले दुवैजनाको सल्लाहमा गर्भ राख्ने निर्णय गर्यौँ ।
सुरुमा गर्भवती भएको थाहा पाउँदा त मलाईं साह्रै डर लागेको थियो । म एकदमै काम गर्ने महिला हुँ । कामकाजी महिलाहरु जतिखेर पनि बाहिर हिडिरहनु पर्ने हुन्छ । एक्कासी अब कतिवटा कामहरु रोकिने हो भन्ने सोचेकी थिए । तर श्रीमानले हैन केही हुँदैन नडराउ सबै काम हामीले सँगै मिलेर गर्ने हो भन्नुभयो । त्यसपछि दोस्रो दिनदेखि अब आफूलाई कसरी खुशी राख्न सकिन्छ भन्ने तर्फ बढी ध्यान दिन थाले ।
सुरुको तीन महिनामा तपाईंलाई कस्तो अनुभव भयो ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्नुभयो ?
सुरुको तीन महिना त सुत्दैमा बित्यो । धेरै थाकिन्थ्यो । कामको लोड धेरै थियो । धेरै वाकवाकी लाग्ने, थकाइ लाग्ने, गाह्रो हुनेसँगै शरिरमा पनि परिवर्तन आउँन थाल्यो । सानो सानो कुरामा चित्त दुख्ने, रुन मन लाग्थ्यो । त्यसमा पनि खशीको मासुको गन्ध नै मलाई मन नपर्ने भएको थियो ।
म गर्भवती भएको सुरुवाती समयमा दशैं परेको थियो । दशैं, तिहार भरी मैले मासु पनि खाइन । गर्भवती हुदाँको सुरुवाती समयमा सानो चित्त हुँदो रहेछ । सानो सानो कुरामा पनि म श्रीमानसँग खुबै झगडा गथ्र्ये । तर पनि महिलाहरुको लागि गर्भवती हुँदाको सुरुवाती समयलाई एकदमै खतराको रुपमा लिने गरिन्छ । यो समयमा गर्भको बच्चा खेरजाने संभावना लगायतका विभिन्न समस्या देखिने भएकाले चाहिने भन्दा धेरै ठाउँहरुमा जाने गरिन । हिड्दा पनि दौडधुप कम भयो । भारी सामानहरु उठाउन छोडिदिए । त्यसपछि खानापानदेखि आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ नै बढी लाग्न थाले । पहिले म दुध खादैँनथ्यें । क्याल्सियमको कमी थियो मलाई । त्यसपछि मैले दूध, सागसब्जी लगायतका पोषिलो खानेकुराहरु खान थाले ।
यो समयमा श्रीमानको सहयोग कति आवश्यक हुन्छ ?
महिलाहरुका लागि श्रीमानको सहयोग भएन भने त एकदमै गाह्रो छ । यस्तो अवस्थामा एक्लैले कत्तिवटा कामहरु गर्न सकिदैँन । गर्भवती भएको समयमा सामानहरु उठाउन सकिदैँन । आफ्नो सुरुवाल फेर्नेदेखि मोजा लगाउन पनि गाह्रो हुन्छ । हातखुट्टा सुनिन्छ । दिनभर काम गर्यो भने राती सुत्न पनि गाह्रो हुन्छ । शरिर दुख्छ । श्रीमानले श्रीमतीको शरिर मसाज गरिदिने, कुरा सुनिदिने, खानेकुरा ल्याइदिनु गर्नुपर्दछ यो समयमा । साथै सबैभन्दा महत्वपूर्ण त यो समयमा चाहिने भनेको श्रीमानको माया र परिवारको सहयोग नै हो ।
कस्तो अवस्थामा तपाईले डाक्टरको सहयोग लिने गर्नुभएको छ ?
मैले अलि ढिला नै बच्चा जन्माउँदै छु । धेरै सोच विचार गरेर हामीले यो निर्णय गरेका हौँ । एक पटक बच्चा चल्न थालेपछि दिनभर बच्चा नै चलेन पेटमा । त्यसबेला एकदम डर लाग्यो रातभर । भोलिपल्ट बिहानै डाक्टरमा गएर अल्ट्रासाउन्ड गराए । त्यसपछि सबै ठिक रहेछ भन्ने थाहा पाए र मन ढुक्क भयो ।
पहिलो प्राथमिकता भनेको सन्तान हुँदारहेछ । जे गरे पनि सुरुमा मेरो सन्तान ठिक छ कि छैन भन्ने हुन्छ । २८ हप्ता भएदेखि हरेक दिन मैले बिहान र बेलुका मेरो बच्चा ठिक छ कि छैन ? पेटमा खेलीरहेको छ कि छैन भनेर थाहा पाउन केहि समय दिन्छु, पेट छामेर बस्छु ।
जाडो महिना थियो त्यतिबेला म धेरै जसो घरमै बसिरहेकी थिएँ । दिनभर घरमा बस्दा म बिरामी हुने रहेछु भन्ने मलाई त्यतिबेला नै थाहा भयो ।
एकदिन मलाई एक्कासी रिङ्गाटा लाग्यो । त्यस अघि कहिल्यै पनि त्यस्तो भएको अनुभव थिएन । त्यसपछि तुरुन्तै डाक्टरलाई फोन गरेर आफ्नो समस्या सुनाए । डाक्टरले पानी खानुस अनि दुई घण्टासम्म हेर्नुहोस् तपाईको बच्चा चलेको छ भने ठिक छ छैन भने मलाई फेरी फोन गर्नुस भन्नुभयो । अनि नआत्तिएर बसें । गर्भवती भएको समयमा सधैं बाँयातिर ढल्कनु पर्दछ । त्यसै अनुरुप ढल्के । बच्चा चलेपछि ढुक्क भएर आनन्दसँग बसें ।
एकपटक फेरि धेरै काम गरेर मेरो खुट्टा दुख्न थाल्यो । त्यस्तो समस्या पनि अगाडि कहिल्यै देखिएको थिएन । पल्टाउनै नमिल्ने भएपछि फरी डाक्टरलाई फोन गरें । डाक्टरले त्यसमा तातो लगाउन र सिटामोल खान सल्लाह दिनुभयो । त्यसको दुई दिनमै त्यो समस्या पनि हल भयो । जति पढें पनि केतिपय अवस्थामा केहि हुने बित्तिकै मनको शान्तिका लागि पनि डाक्टरलाई फोन गरिहाल्छु ।
यस्तो अवस्थामा आफ्नो सुन्दरताको कसरी ख्याल राख्नुहुन्छ ?
पहिले पहिले महिलाहरुले आफू गर्भवती हुदाँ आफ्नो पेट लुकाएर हिड्ने गर्दथ्यें । प्राय महिलाहरु गर्भवती हुने बित्तिकै मिडियाबाट टाढा हुने गर्नुहुन्थ्यो । तर अहिलेको यो समयमा आएर हामीले त्यस्तो गर्नु हुदैँन । काम गर्ने महिलाहरुले गर्भवती हुने बित्तिकै आफूलाई लुकाउनु हुँदैन । जो कोहिले पनि लुकाउनु पर्ने अवस्था अहिले छैन ।
मैले आफूले समय सापेक्ष लुगाहरु लगाउने, मेकअप गर्ने गर्दछु । किनभने आफू जति राम्रो देखियो, मनलाई पनि त्यति नै राम्रो लाग्दो रहेछ । यत्तिकै कुनै मेकअप र गेटअप बिना हिड्दा आफूलाई पनि यत्तिकै अल्छि लाग्ने रहेछ । यो अवस्थामा महिलाहरु मोटाउने गर्दछन् । त्यसरी मोटाउने बित्तिकै म राम्री देखिन्न भन्ने जस्तो भाव मनमा आउँने रहेछ । त्यसैले फेसन, लुगा, मेकअपमा ध्यान दियो भने आफूलाई पनि रमाइलो लाग्दो रहेछ ।
तपाईले आफूलाई कसरी स्वस्थ राख्ने गर्नुहुन्छ ?
मैले पहिले पनि योगा गथ्र्ये । गर्भवती भएपछि पनि अहिले योगा गरिरहेकी छु । जुन दिन म योगा गर्दिन्न, त्यो दिन म बिरामी हुने गर्दछु । बेलुका बेलुका पहिले म हिड्ने गर्दथ्यें, तर अहिले हिड्न भन्दा पनि योगा नै गरिरहेकी छु । दिनमा २० देखि आधा घण्टासम्म म व्यायाम र योगा गर्छु । त्यसले शरिरमा दिनभर एकदम फूर्ति ल्याउने गर्दछ । र दिनभरीमा म आफ्नो काम मज्जाले गर्न सक्छु ।
गर्भवती अवस्थाको बारेमा कसैसँग केही कुरा सोध्न अथवा भन्न चाहनु भयो भने आफ्नो अनुभव कत्तिको सुनाउनु हुन्छ ?
यही अवस्थामा कतिपय मेरा साथीहरु गर्भवती अवस्थामा हुनु हुन्छ । कतिले बच्चा जन्माइसक्नु भएको छ । त्यसैले मलाई केहि पर्ने बित्तिकै जो चिनेका नजिकमा हुनुहुन्छ, जसले यो अवस्थालाई भोगीसक्नु भएको छ उहाँहरुलाई फोन गरेर रहेक दिन जसो मैले उहाँहरुसँग कुरा गरिरहेकी हुन्छु ।
तपाई जस्तै महिलाहरु कति आमा बन्दै हुनुहुन्छ । कति बन्ने योजना बनाउँदै हुनुहुन्छ । उहाँहरुका लागि कसरी आफ्नो ख्याल राख्ने भन्ने बारेमा आफ्नो अनुभवमार्फत के भन्न चाहानु हुन्छ ?
हाम्रो नेपाली समाजमा गर्भवती हुने बित्तिकै यो गर्नु हुन्छ यो गर्नु हुदैँन भन्ने धेरै कुरा उठ्ने रहेछ । यसरी नहिड, त्यसरी नहिड भन्ने गरेको पनि सुनिन्छ । यस्ता कुरा धेरै सुन्यो भने एकदम दुख लाग्दो रहेछ । त्यस्तो गर्न हुँदैन । आफू खुशी हुनुपर्दछ । आफूलाई कसरी खुशी राख्न सक्नुहुन्छ, त्यसरी नै कामहरु गर्नु पर्दछ ।
गर्भवती अवस्थामा दुई जनाको खाना खानु पर्दछ भन्ने पनि गरेको सुनिन्छ । तर त्यसो होइन । किन भने हाम्रो तौल धेरै हुने गर्दछ । बच्चाको तौल बढीमा ५ किलोग्रामसम्मको हुने गरेको पाइन्छ । त्यसले गर्दा जे पनि ब्यालेन्स मिलाएर खाएन भने झन धेरै मोटाइन्छ । यसले गर्दा बच्चा जन्माउन समस्या हुन्छ । मनोरञ्जनात्मक कुरा हेनुपर्दछ । मारकाटका फिल्म हेर्नु हुदैँन । राम्रा गीतहरु सुन्ने, गर्भवती अवस्थामा कसैले नराम्रो कुरा गर्ने बित्तिकै यस्तो कुरा नगर्नुस भन्नु पर्दछ । सबैभन्दा बढी त सकारात्मक कुरामा मात्र ध्यान दिनुपर्दछ ।
गर्भवती महिलाले कसरी चेकअप गर्र्नु पर्दछ भन्ने बारेमा यहाँलाई कत्तिको थाहा छ ?
इन्टरनेटमा हेर्दा, पढ्दा त बाहिरतिर नर्मल डेलिभरीलाई नै बढी प्राथमिकता दिने गरेको पाईन्छ । त्यस्तो अवस्थामा पहिले मिड वाइफसँग नै सल्लाह गरेको पाइन्छ । त्यसपछि गाइनोलोजिस्टसँग सल्लाह गर्ने गरेको भन्ने थाहा छ मलाई । तर नेपालमा काठमाण्डौँमा बसेको अवस्थामा मलाई अहिलेसम्म त्यस्तो थाहा छैन ।
नेपालमा नर्मल डेलिभरीमा चिरफार गरेको पाइन्छ । यसमा यहाँको धारणा के छ ?
पहिलो प्राथमिकता त नर्मल डेलिभरी नै हो । किनभने त्यसमा पुनःस्थापनाको समय पनि नर्मल नै हुने गर्दछ । र त्यसले महिलाहरुलाई धेरै फाइदा पनि गर्दछ । तर मेरो स्वास्थ्यमा केही समस्या देखिएकोले नर्मल डेलिभरी नहुने सम्भावना धेरै छ । अन्तिम अवस्थामा अल्ट्रासाउन्डको रिपोर्टले अहिलेको समस्या कायमै भएको देखायो भने मेरो सिजरिङ नै गर्नुपर्ने हुन्छ । तर मेरो पहिलो प्राथमिकता भनेको नर्मल डेलिभरी नै हो ।
हाम्रो समाजमा कतिपय कुराहरु आफ्नो श्रीमानसँग पनि भन्न नसकेको देखिन्छ । तपाईको परिवारमा कस्तो छ ?
म र मेरो श्रीमान् बिचमा एक अर्कासँग हरेक कुरा शेर हुने गर्दछ । तर नेपाली जनमानसमा के छ भने लोग्ने मानिसले श्रीमती गर्भवती हुँदा त्यति सहभागीता जनाउन हुदैँन भन्ने छ । यो महिलाहरुले मात्र भोग्नुपर्ने समस्या हो भन्ने सोचेको पाइन्छ । यो एकदम गलत हो । बच्चाको नाम, बच्चालाई नागरिकता आफ्नो नामबाट दिने तर सहभागीता भने न्यून हुने गरेको देखिन्छ । त्यस्तो गर्न हुदैँन ।
किनभने महिलाहरुलाई शारीरिक र मानसिक दुवै दृष्टिले धेरै गाह्रो हुने गर्दछ । त्यस्तो बेलामा झन श्रीमानको आवश्यकता पर्दछ । त्यसैले आफ्नो श्रीमती गर्भवती हुनुुहुन्छ भने सकेसम्म सहयोग गर्नका लागि सबै दाजुभाईहरुलाई आग्रह गर्दछु ।
साभार अन्तरवार्ता
nepaljapan


उत्तर कोरियाले पुनः अर्को परमाणु मिसाइलको परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोन उनले चाँडै नै शक्तिशाली परमाणु मिसाइलको परीक्षण गर्ने चेतावनी दिएको उत्तर कोरियाको आधिकारिक न्यूज एजेन्सी केसीएनएले जनाएको छ ।



न्यूज एजेन्सी केसीएनएका अनुसार किमको निर्देशनअनुसार उत्तर कोरियाका वैज्ञानिकहरुले थर्मोडायानमिक्स स्ट्रक्चर भएको नयाँ ब्यालेस्टिक मिसाइल बनाउन थालेका छन् । उत्तर कोरियाले यही मिसाइल परीक्षणको तयारी गरिरहेको छ । नेता किमले ब्यालेस्टिक मिसाइललाई बोकेर मार हान्ने क्षमताको न्युक्लियर बनाउने कामलाई तिव्रता दिएपछि उत्तर कोरिया परमाणु हतियारको शक्ति अझै बढ्ने बताएका छन् ।

उत्तर कोरियाले यसअघि पनि हाइड्रोजन बमको परीक्षण गरेर शक्तिशाली देशहरुलाई तनाव दिएको थियो । उत्तर कोरियाले गरेको हाइड्रोजन परीक्षणको संयुक्त राष्ट्र संघले आपत्ति जनाएको थियो ।

उत्तर कोरियाको भनाइप्रति दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्रतिक्रिया दिएको छ । उसले उत्तर कोरियाको परमाणु परीक्षण गर्ने क्षेत्रमा केही गतिविधि नदेखिएको जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेयले उत्तर कोरियाले आफूलाई बदल्न नसके र अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाइरहे उसैका लागि खतरा हुने चेतावनी दिएका छन् ।

News24Nepal


नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए ।

खाँडले भने, ‘कांग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्वसभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार बिना मुलुक अघि बढ्न नसक्ने दावी गर्दै सहमतिको सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने, ‘यो सरकारमा कांग्रेस कुनै पनि हालतमा जाँदैन ।’

खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तविरोध र बोझले ढल्ने दावी गर्दै भने, ‘संविधान मान्ने, राजतन्त्र ब्युताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले यो सरकार बनेको छ ।’

खाँडले प्रधानमन्त्रीको चीन भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको बिषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए ।

चीन भ्रमणमा पारवहन, इन्धन र उर्जा सम्झौता हुन्छ : सञ्चार मन्त्री
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणमा ब्यापार तथा पारवहन, इन्धन र उर्जालगायतका सम्झौता हुने भन्दै चीन भ्रमण ऐतिहासिक हुने दावी गरे ।

सञ्चारमन्त्रीले भने, ‘यो सरकारले भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन । दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छांै ।’
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै कुनै दल बाहिर बसेर रमिते हुन नहुने तर्क गरे ।

उनले भने, ‘संविधान कार्यान्वयन, पुन:निर्माण, समृद्धि, सुशासन, स्थानीय निकायको निर्वाचन, सीमांकन र संघीय निर्वाचन गर्नु छ । यो जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ । सबैसँग यो विषयमा सरकार कुरा गर्न चाहन्छ ।’

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्र निर्माणका लागि सहमतिको सरकार आवश्यक रहेको भन्दै नेतृत्वको विषय महत्वपूर्ण नभएको बताए ।

उनले संविधान कार्यान्वयनको विरुद्ध सरकार बनाउने ढाल्ने खेलमा एमाओवादी नलाग्ने भन्दै कांग्रेससहितको सरकार बन्दा संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर आफूहरुले सहमतिको सरकारको कुरा गरेको बताए ।

मधेसको माग सम्वोधन नगरी हुने भ्रमणको अर्थ छैन : यादव
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको दावी गरे ।

उनले पहिचान विपरित संविधान र नश्लवादी सरकरालाई समर्थन नगर्न चीनसँग आग्रह गर्दै प्रधानमन्त्रीको चीन भ्रमण अघि मधेसी मोर्चाले सडकमा विरोध गर्ने र चीनियाँ दूतावासमा ज्ञापन पत्र बुझाउने बताए ।

अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पूरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफ्ना लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए ।
केपी ओली नेतृत्वको सरकार लामो नजाने आफ्नै कारणले ढल्ने दावी गर्दै  आफूहरुको माग पुरा नभए होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने दावी गरे ।
kantipur

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget