Articles by "filmy"


अनमोल केसीका सबै फिल्मले मनग्य पैसा बटुल्छन्, अनमोलको माग पनि बढिरहेको हुन्छ तर उनका को–स्टारको भने अत्तोपत्तो हुँदैन । जस्तो कि, होस्टेलमा अनमोलसँग रोमान्स गरेकी प्रकृति श्रेष्ठका त्यसपछि सम्झनलायक फिल्म आएनन् । एक वर्ष बितिसक्दा पनि जेरीकी आना शर्मा नयाँ फिल्ममा अनुबन्ध भएको सुनिएको छैन ।

जबकि, आनाको सुन्दरता र अभिनय दुवै अब्बल मानिएको थियो । त्यसैले ड्रिम्सकी साम्राज्ञी राज्यलक्ष्मी राणाको पनि त्यस्तै हाल हुने आशंका गरिएको छ । किनभने, अघिल्ला फिल्ममा जस्तै ड्रिम्समा अनमोलभन्दा उनकी हिरोइन साम्राज्ञीको काम अब्बल मानिएको छ । तर, मिडिया र फिल्मवृत्तमा अनमोलकै बढी चर्चा छ । प्रतिष्ठित परिवारकी साम्राज्ञी प्रकृति र आनाभन्दा अलग होलिन् त ?

पहिलो निर्देशकीय फिल्म ‘ड्रिम्स’ सफल भएको खुशीयालीमा अभिनेता भुवन केसीले शनिबार साँझ राजधानीमा ड्रिम्ससम्बद्ध फिल्मकर्मी र सञ्चाकर्मीलाई 'सक्सेस पार्टी' दिए।

फिल्म सफल भएको खुशीयालीमा भुवनले सफल बनाउन फिल्म टोलीका सबै व्यक्तिको उत्तिकै मेहनत रहेको बताउँदै सबैप्रति कृतज्ञताका शब्द खर्चिए।

पार्टीबाटै उनले रिलिज भएको एक हप्तामै फिल्मले कुल ६ करोड व्यापार गरेको दाबी पनि गरे।

पार्टीमा भुवनका अलावा फिल्मका मुख्य अभिनेता अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी राणा, पटकथाकार सामिप्य तिमल्सिनाले फिल्म सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिए।

सेतोपाटी

फाल्गुन २८, २०७२-
कुनै बेला ‘कन्यादान’ चलचित्र हेरेर गौरी मल्ललाई रुँदै स्नेह गर्ने दर्शकहरू जताततै भेटिन्थे । अहिले तिनै गौरी मल्ललाई देशको प्रधानमन्त्रीका रूपमा दर्शकहरूले सम्मान गरिरहेका छन् । हालै नेपाल टेलिजिभनबाट प्रदर्शित ‘सिंहदरबार’ मा उनले प्रधानमन्त्रीका रूपमा गरेको सशक्त अभिनयको प्रमाण हो त्यो । ३० वर्षमा जम्मा ५० जति चलचित्रमा देखिए पनि गौरी मल्लको खातामा यस्ता चलचित्र पर्छन्, जसले इतिहास निर्माण गरेका थिए । उनले हिन्दी चलचित्र ‘इस्किया’ मा माधुरी दीक्षितसँग पनि अभिनय गरेकी थिइन् । जीवनका विभिन्न समयमा भोगेका अनौठा घटना र अनुभवका कारण पनि उनी अन्य नायिकाभन्दा फरक देखिएकी हुन सक्छिन् ।

केही वर्षअघि तपाईंले भुङ्ग्रोमा हिँडेको, काँचको टुक्रामा नाचेको खबर आएको थियो । यस्तो दुस्साहसी काम गर्ने आँट कसरी आयो ?

सुन्दा अपत्यारिलो लाग्छ तर यो माइन्ड टेक्नोलोजीको सामान्य प्रक्रिया हो । मनले जबसम्म आगोलाई आगो मान्छ, तबमात्र पोल्छ । आगोलाई पानी मान्नुभयो भने आगोले पनि पोल्न सक्दैन । हाम्रो मस्तिष्कमा यस्ता तन्तुहरू छन्, जसलाई ठिहिर्‍याउँदो हिमालमा हुँदा पनि यो हिमाल होइन, आगोको ज्वाला हो भन्ने विश्वास दिलाउनु होस्, शरीरमा तरतरी पसिना आउन थाल्छ ।

कसरी ?

उम्लिएको पानी देख्नेबित्तिकै हाम्रो मस्तिष्कले यसले पोल्छ भन्ने मान्छौँ । त्यो हाम्रो मस्तिष्कमा अंकित हुन्छ । जसै बरफ देख्छौं यो चिसो छ भन्ने मान्छौं । हामीले थाहै नपाई उक्त कुरा मस्तिष्कमा पुगिसकेको हुन्छ । अब त्यसलाई परिवर्तन गरिदिनुहोस् । उम्लिरहेको पानीबाट उठेको बाफलाई चिसो बरफबाट निस्किरहेको बाफ मान्नुहोस् । त्यसलाई यति भित्री तहबाट आत्मसात् गर्नुहोस् कि यो उम्लिरहेको पानी होइन, चिसो पानी हो । यति चिसो कि ठिहिर्‍याउँदो छ । छुनै नसकिने चिसो छ । यो सुझावलाई मस्तिष्कले स्वीकार गरेपछि त्यो उम्लिरहेको पानीले पनि पोल्दैन । पोल्नु त टाढाको कुरा त्यो पानी बरफ बन्न पुग्छ ।

हिजोआज तपाईं रेकी उपचारक पनि हुनुभएको छ, कसरी यो क्षेत्रमा आउनुभयो ?

म मनोक्रान्ति दर्शनबाट प्रभावित छु । डा. योगी विकासानन्दसँग दीक्षा लिएर मैले यी सबै काम गरेकी हुँ । शारीरिक तथा मानसिक रोगसँग लड्न यो विद्या चाहिन्छ भन्ने लाग्यो र यसको अध्ययन सुरु गरेकी थिएँ । पछि अरुलाई अप्ठ्यारो पर्दा वा नजिक अस्पताल नहुँदा तत्कालका लागि उपचार सुरु गरेकी थिएँ । त्यसले राम्रो प्रभाव छाडेपछि साथी–भाइहरूले यो कुरालाई बाहिर ल्याइदिए । विशेष गरी जापान र अमेरिका बस्दा त्यहाँका साथीहरूमाथि यो विद्या प्रयोग गरेकी थिएँ ।

अब पूर्ण रूपमा अध्यात्ममा लाग्ने हो ?

मेरो मूल पेसा अभिनय नै हो । तैपनि अध्यात्म हरेक मानिसका लागि आवश्यक छ । हरेक मानिसले एक–दुई घन्टा आफूलाई दिनुपर्छ, आफूलाई निखार्नुपर्छ । मानिसहरू बुढेसकाल लागेपछि मात्र धार्मिक हुनुपर्छ भन्ने मान्छन् । त्यसो होइन । यो खाना, निद्रा र पहिरनजस्तै अत्यावश्यक कुरा हो ।

कलाकारितामा कसरी आउनुभयो ? सानैदेखि कलाकार बन्छु भन्ने सोच्नुहुन्थ्यो ?

मेरो जीवनमा कहिल्यै पनि प्रयास गरेर केही भएको छैन । म मेहनत गरेर, सोचेर काम गर्दिनँ । जे अघि आउँछ, त्यसलाई निष्ठापूर्वक गर्छु । मेरो उद्देश्य नर्स बन्ने थियो । बुवा सेनामा हुनुभएकाले उहाँ मलाई पनि सेना भै भर्ती गर्न चाहनुहुन्थ्यो । त्यतिबेला आजको जस्तो महिलाले सीधै सेनामा प्रवेश पाउने अवस्था थिएन । डाक्टर वा नर्सको जागिरे भएर सेनामा प्रवेश गर्नुपथ्र्याे । बुवा र मेरो सोच मिलेको थियो, तर अचानक अभिनयमा आइयो ।

त्यो बेला नेपालमा त्यति चलचित्र बन्दैनथे । तपाईं साह्रै सुन्दरी पनि होइन । कुन परिस्थितिमा नायिका छानिनुभयो ?

बसु दिदी (कलाकार बसुन्धरा भुसाल) लाई निर्देशक प्रकाश थापाले ‘सन्तान’का लागि नयाँ अनुहार चाहिएको बताउनुभएको रहेछ । उहाँ आफ्नो प्रहरी श्रीमान्सँग हेडक्वाटर आइरहनुहुन्थ्यो । म पनि त्यहाँ गैरहन्थें, किनभने प्रहरी प्रमुखकी श्रीमती इनु सिंह मेरी दिदी पर्नुहुन्थ्यो । उहाँकी छोरी करुणा शाह मेरी साथी । मलाई साह्रै स्नेह गर्ने भएकाले कलेज नभएका बेला मलाई बोलाइरहनुहुन्थ्यो । बसु दिदीसँग मेरो त्यही परिचय भएको थियो ।
उहाँले चलचित्रका लागि नायिका नपाएको कुरा गर्दा इनु दिदीले यो केटी पनि राम्रो नाच्छे, गाउँछे भन्नुभयो । रहरैरहरले तस्बिर खिचियो, तर तपाईंले भने जस्तो म उति राम्री थिइन । सीधै रिजेक्ट भएँ । मलाई बाहिर पार्न लामो डायलग दिइएको थियो, तर मैले सजिलै त्यो डायलग डेलिभरि गरेपछि निर्देशक छक्कै पर्नुभएछ । पछि अरूले अस्वीकार गर्दा पनि उहाँले मलाई यही केटी चाहिन्छ भनेर जिद्दी गर्नुभएछ ।

कुनै कोर्स गर्नुभएको थियो ?

स्कुल–कलेजमा हुँदा साहित्यका पुस्तक निकै पढ्थेँ । ती पात्रले बोल्ने शैलीलाई जस्ताको तस्तै उतार्थे । विशेष गरी कोर्समा राखिएका एकाङ्की नाटक पढेरै मैले डायलग डेलीभरी गर्न जानेकी रहेछु । मेरो बुवा सेनाका जबानहरूलाई नाच्ने तालिम दिनुहुन्थ्यो । त्यो मैले देखेकी थिएँ । विद्यालयका साना बालबालिकाहरूलाई बुवाको त्यही शैलीमा नाच्न सिकाउँथे । यसले गर्दा मलाई नाच्न–गाउन अनि डायलग बोल्न सजिलो भयो । चेलीबेटी, नाता, सरस्वती, भीष्म प्रतीक्षा, मुकुन्डो, वसन्तीजस्ता चलचित्रमा काम गरेपछि भने मेरा सबै क्रियाकलाप चलचित्रमा आउन ईश्वरले रचेका रहेछन् भन्ने लाग्यो ।

तपाईं चर्चित नायिका हुँदा पनि कहिल्यै विवादमा आउनुभएन । प्रेम र यौनसम्बन्धी विवादमा पनि फस्नुभएन । किन होला ?

त्यो पनि मलाई आश्चर्य लाग्छ । मेरा समकालीन नायिकाहरूको यस्ता गसिप पढ्दा कहिलेकाहीँ मलाई पनि डर लाग्थ्यो, तर मेरा बारेमा कहिल्यै त्यस्ता विवादित कुरा छापिएनन् । कतिसम्म भने त्यो बेलाका चर्चित पत्रकारहरूले मेरो प्रेमीसँगै हिँडेको देख्दा जिस्क्याउँथे तर पत्रिकामा त्यो कुरा आउँदैनथ्यो । त्यतिबेला एउटी नायिका खुलेआम प्रेमीसँग हिँडेको भेटिनु ठूलो समाचार हुन्थ्यो । यस अर्थमा म भाग्यमानी पनि हुँ ।

कति वर्ष प्रेम गर्नुभयो ? कसरी विवाह भयो ?

सबै कुरा भन्नुपर्छ । यो त साह्रै व्यक्तिगत कुरा भयो नि ।

प्रेम र विवाहका कुरामा लुकाउनुपर्ने विषय पनि हुन्छन् र ? कुनै गलत कुरा भएका थिए र ?

त्यस्तो त केही होइन । तैपनि त्यो प्रेम र विवाह कुरा पुरानो भैसक्यो । अहिले परिस्थिति पनि फरक परिसक्यो । त्यसो त लुकाउनैपर्ने कुरा पनि केही छैन ।

त्यसो भए भन्नुस् न त कसरी सुरु भयो तपाईंको प्रेम ?

हामीले सात वर्षसम्म प्रेम गर्‍यौं । एक वर्ष त हामीले एक–अर्कालाई नदेखेरै प्रेम गर्‍यौं । टेलिफोनमा एक–अर्काको बोली सुनेकै भरमा मन परायौं । मैले उहाँलाई नदेखिकनै प्रेम गरेकी हुँ ।

तपाईं चर्चित नायिका भएर पनि यस्तो अन्धो प्रेम ?

प्रेम आखिर प्रेम नै हो । यसमा देख्नु र नदेख्नुको के अर्थ हुन्छ र ? उहाँले मलाई चिन्नुहुन्थ्यो, देख्नुहुन्थ्यो, तर लामो समयसम्म आफूलाई लुकाएर राख्नुभयो । मैले पनि चिन्ने प्रयास गरिनँ । यति थाहा थियो, उहाँ अग्लो–गोरो युवक हुनुहुन्थ्यो । कहिलेकाहीँ अग्लो गोरो युवकले मलाई हेरिरहेको देखेँ भने यो युवक कतै मेरो प्रेमी त होइन भनेर झस्कन्थे । खुट्टा टेक्नै गाह्रो हुन्थ्यो । टेलिफोनमा आज तपाईं फलानो ठाउँमा यस्तो रंगको लुगा लगाएर मलाई हेरिरहनुभएको थियो हो भनेर सोध्दा उहाँले म त्यो होइन भन्नुहुन्थ्यो । त्यसपछि ढुक्क हुन्थें । कुनै चलचित्रको सस्पेन्स दृश्यजस्तै थियो मेरो प्रेम ।

टेलिफोनमा कसरी भेट भयो, ब्लफकल थियो ?

म त्यति बेला बसु दिदीकहाँँ पेइङ गेस्ट भएर बसेकी थिएँ । बसु दिदीकी छोरी मेरी मिल्ने साथी थिइन् । उहाँ उनैको परिचित साथी हुनुहुन्थ्यो । उनीहरूको टेलिफोनमा कुरा भैरहन्थ्यो । एक दिन घरमा कोही नभएकाले मैले फोन उठाएँ । त्यो साधारण परिचयपछि म पनि उहाँसँग कुरा गर्न थालेँ । उहाँको कुरा गर्ने शैली यति मोहक थियो कि पछि–पछि त उहाँसँग कुरा गर्नु एडिक्सन नै भयो । कुनबेला मन बस्यो पत्तै भएन ।

कसरी भेट भयो ?

मेरो जन्मदिनको उपलक्ष्यमा उपहार दिन आउँदा भेट भयो । त्यो बेलासम्म हामी यति गहिरो प्रेममा थियौं कि एक–अर्कालाई माया गर्छु भन्नै परेन । त्यसपछि नि हामी लगातार ६ वर्ष प्रेममा थियौं । सातौं वर्ष मात्र हामीले विवाह गर्‍यौं । यति लामो प्रेम पनि बाहिर कसैलाई थाहा भएन । विशेष गरी समाचारमा यो कुरा आएन । हाम्रो प्रेमलाई साथीभाइले आदर्श प्रेम मान्थे ।

यति गहिरो प्रेम भएर गरिएको विवाह असफल भयो, सम्झँदा कस्तो लाग्छ ?

अनौठो लाग्छ । मान्छे पत्रे चट्टानजस्तै हो । उसलाई चिन्नुहोस्, जति भित्र पस्नुहोस् पत्रे चट्टानजस्तै ऊ हरेक पत्र–पत्रमा फरक हुँदै जान्छ । वर्षौं सँगै बसेर पनि उसलाई सम्पूर्ण रूपमा चिन्न सकिँदैन । अर्को कुरा, हरेक वर्ष मानिसको सोच, खानपिन, व्यवहार फरक हुँदै जान्छ ।

कुन मोडमा पुगेर यो विवाह अघि बढ्न सक्दैन भन्ने निर्णय गर्नुभयो ?

म साह्रै अन्तरमुखी स्वभावकी महिला हुँ । कुनै कुरा दबाएपछि त्यो भित्रभित्रै क्यान्सरझैँ फैलिन्छ । ऊसँग दुईवटा विकल्प हुन्छ या त कडा औषधि खाएर त्यो कुरालाई दबाउनुपर्छ, होइन भने त्यसलाई काटेर फाल्नुपर्छ । मैले काटेर फाल्ने निर्णय गरेकी हुँ । विवाह भएको पाँच वर्षपछि नै म यो सम्बन्धलाई अघि बढाउन असमर्थ छु भन्ने मान्न थालेकी थिएँ । समाज, परिवार र भोलिको जीवन के होला भन्ने सोच्दा र त्यसलाई व्यवस्थापन गर्न दुई वर्ष लाग्यो । सातौं वर्षमा मैले पारपाचुके गरेँ ।

तपाईं मानसिक रुपमा पनि अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो भन्ने खबर आउँथ्यो, सत्य के हो ?

जब कुनै पनि तनाबले अप्ठ्यारो अवस्था निम्त्याउँछ, त्यसले भयंकर रूप लिँदो रहेछ । यही तनाव व्यवस्थापन गर्न नसक्दा मलाई गर्भाशयको क्यान्सर भएछ । यो कुरा मैले आमालाई समेत बताइन् । जब रोग निको भयो, अनि मात्र यथार्थ बाहिर ल्याएँ । हरेक मानिसमा मानसिक समस्या हुन्छ, धेरै र थोरै भन्ने कुरा मात्र हो । हरेक मानिस दोहोरो जीवन बाँच्न अभिशप्त छ । दोहोरो जीवन बाँच्दा–बाँच्दै मलाई क्यान्सर भैसकेको रहेछ ।

यति ठूला–ठूला घटना भए, अहिले सम्झँदा कसलाई दोष दिनुहुन्छ ?

कोही दोषी थियो भन्ने लाग्दैन । वैशाखमा भूकम्प आउँदा हामी कति आत्तिएका थियौं । जीवन नै बर्बाद भयो भन्ने लाग्थ्यो । आजभोलि हामी त्यसलाई यसरी हल्लियौं, उसरी भाग्यौं भनेर हाँस्दै भूकम्पका बारेमा कुरा गरिरहेका हुन्छौं । किन होला ? किनभने विगत जतिसुकै तीतो होस्, हामीलाई पछि त्यो रमाइलो लाग्छ । मेरो प्रेम, विवाह र पारपाचुकेलाई पछाडि फर्केर हेर्दा मलाई पनि त्यस्तै लाग्छ ।

तपाईं ४ वर्ष जापान बस्नुभयो । वैवाहिक जीवनमा समस्या आयो । विरामी हुनुभयो । ३ वर्ष अमेरिकामा हराउनुभयो । तैपनि नेपाली चलचित्रले तपाईंलाई सधैं माया गरिरह्यो । अनौठो लाग्दैन ?

मैले कहिल्यै पनि पुनरागमन भन्ने शब्दको अनुभव गर्नुपरेन । कसैले पनि यत्रो वर्ष हराएकी भनेर नाक खुम्च्याएनन् । काम दिइरहनुभयो । दर्शकले पनि स्वागत गरिरहनुभयो । यस अर्थमा म भाग्यमानी हुँ । मलाई पनि कहिल्यै यो चलचित्र क्षेत्रबाट टाढा भएँ भन्ने लाग्दै लागेन ।

हामीले हेर्दा पनि तपाईं सफल कलाकार हुनुहुन्छ । तैपनि व्यक्तिगत जीवनमा सन्तान भएनन्, जीवन एक्लो छ भन्ने लाग्दैन ?

म आफू नि:सन्तान भएकोमा गर्व गर्छु । छक्क नपर्नुहोला । कारण मैले बच्चा जन्माएको भए, एउटालाई मात्र स्याहार गर्नुपथ्र्यो । एउटासँग बाँधिनुपथ्र्याे । अहिले संसारका सबै बच्चा मलाई आफ्नै जस्ता लाग्छन् । सुरुमा रहरले सन्तान जन्माइन्छ । पछि त्यो कर्तव्य हुन पुग्छ र एउटा समयमा त्यो बोझ बन्न पुग्छ । म यी सबैबाट मुक्त छु । खुसी लागेको छ ।

अझै लामो जीवन बाँकी छ । एक्लो जीवन कसरी बाँच्ने ?

कसले भन्यो जीवन लामो छ । जीवन जुनबेला पनि जान सक्छ । जीवन भोलिका लागि बाँच्नु नै दु:खको कारण हो । आजको दिन, अहिलेको क्षण बाँच्नुपर्छ । मलाई सार्थक जीवन बिताउन मन लाग्छ, लामो होइन । मैले जीवनमा आफ्नो क्षमता भन्दा धेरै पाएँ भन्ने लाग्छ ।

kantipur

कालो हरिणको शिकारमा निर्दोष रहेको भनाइ
नयाँ दिल्ली: बलिउड अभिनेता सलमान खान कालो हरिण शिकारको मुद्दामा एक पटक फेरि अदालत पुग्न बाध्य भएका छन्।


उनी कालो हरिणको शिकार मुद्दा र सैन्य मुद्दामा बयान दिनका लागि भारतको जोधपुर अदालतमा बिहीबार पेश भएका हुन् ।

सलमान अदालतमा आफ्नो बयान लेखाएका छन् । सलमानले अदालतमा आफू निर्दोष रहेको बताउँदै आफूलाई झुटो मुद्दामा फसाएको तर्क गरेका छन् । उनले पुलिसको दबाब आफूविरुद्ध बयान दिन लगाइएको आरोप पनि लगाए ।

सलमान खानमाथि जोधपुर नजिकै कालो हरिणको शिकार गर्न अवैध हतियार राखेको आरोप लागेको छ। उनिमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाइएको हो ।

उनले चलाएको हतियारको लाइसेन्स २२ डिसेम्बर १९९८ मा समाप्त भएको थियो । लाइसेन्सको म्याद गुज्रेपछि २ अक्टोबर १९९८ सम्मा त्यो हतियार आफूसँगै राखेर कालो हरिण मारेको अभियोग उनिमाथि लागेको छ ।

यस मामिलामा सलमानले यसअघि पनि पटक पटक आफ्नो भनाइ सार्वजनिक गरिसकेका छन् । सलमानका वकीलले केही साक्षीहरुको बयान फेरि गराउन माग गरेका थिए । अदालतले वकीलको मागलाई स्वीकार गरेको थियो । पाँचजना साक्षीले फेरि बयान दिएपछि सलमानले पनि अदालतमै पुगेर फेरि बयान दोहोर्‍याउनु परेको हो ।

सन् १९९८ १-२ अक्टोबरककी राति कालो हरिणको शिकारसँग जोडिएको मामिलमा सलमानका अलावा बलिउडका चर्चित कलाकारहरु सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलमपनि आरोपी रहेका छन् ।

यी सबै कलाकारहरु त्यो बेला राजश्री प्रोडक्सन्सको फिल्म ‘हम साथ साथ है’ कफो सुटिङका लागि जोधपुरमा रहेका थिए । सलमान र अन्यविरुद्ध कुल चार मामिला जोधपुर पुलिसले अदालतमा दर्ता गरेको थियो । यी मध्ये तीन मामिला कालो हरिणको शिकारक थिए । त्यस्तै अर्को एक मामिला सलमानले अवैध हतियार राखेको अभियोगमा थियो ।
annapurnapost

काठमाडौं । पछिल्लो समय दर्शकमाझ लोकप्रिय रहेको हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण भोलि शुक्रबारबाट सुचारु हुने भएको छ । प्रायोजक संस्था मिडिया हब आर्थिक संकटमा परेपछि करिब तीन महिनादेखि यसको प्रशारण रोकिएको थियो ।
पुरानै कथावस्तु र कलाकार टीमलाई लिएर भद्रगोल दर्शकमाझ आउन लागेको निर्देशक शंकर आचार्यले अनलाइखबरलाई बताए । आचार्यका अनुसार पहिले नै निर्माण भएर थन्किएको श्रृंखला भोलि प्रशारण गरिने छ भने त्यसपछिका एपिसोडका लागि नयाँ सुटिङ गरिनेछ ।
अचार्यले भने, ‘पहिलेको विषयवस्तु र पात्रहरुलाई दर्शकले निकै रुचाउनुभएको थियो, त्यसैलाई निरन्तरता दिने छौं ।’
पात्रहरुको फरक विशेषता र उनीहरुले बोल्ने थेगोका कारण भद्रगोल पछिल्लो समय निकै चर्चित बनेको थियो । तर विभिन्न कारणले यसको प्रशारण पटक-पटक अवरुद्ध हुँदै आएको छ । अब भने अटुटरुपमा प्रशारण हुने आचार्य बताउछन् ।
हरेक शुक्रबार राती ८ः५० बजे प्रशारण हुने भद्रगोलमा निर्देशक आचार्य लगायत, अर्जुन घिमिरे -पाँडे), कुमार कट्टेल जिग्री, रक्षा श्रेष्ठ लगायत कलाकारले अभिनय गर्दै आएका छन् ।
onlinekhabar

२४ फाल्गुण २०७२,काठमाण्डौ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम प्रर्दशन हुन बाँकी अन्तिम चलचित्र ‘ईन्द्राबती’ को ट्रेलर सार्बजनिक गरिएको छ ।बहु चर्चीत टेली फिल्म ईन्द्रावती कै कथामा बनेको चलचित्रको नाम पनि ईन्द्रावती नै रहेको छ ।नाम एउटै भएपनि प्रस्तुती धेरै फरक भएको निर्माण पक्षले जानकारी गराएको छ । उक्त चलचित्रमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अभिनेत्री विपना थापाले साथ दिएकी छिन ।
बिपना पनि अहिले चलचित्र क्षेत्र बाट पलायन भईसकेकी छिन् । द्धारिका तिमल्सीना र दिपेन्द्र दाहालको लगानीमा उपदिप फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई बद्री अधिकारीले निर्देशन गरेका हुन् । बद्रीकै लेखन रहेको चलचित्रमा शम्भुजीत बाँस्कोटाको सँगीत,कुमार मर्हनको द्धन्द,शान्ता नेपालीको नृत्य र कुमार बखतीको छायाँकन रहेको छ । चलचित्रमा स्व. श्रीकृष्ण र विपनाको अलवा रजनी राना, उपेन्द्र तिमल्सीना,जयन्नंद चंद ठाकुर,देशभक्त खनाल,विष्णु भक्त फुंयाल,सन्तोस थपलीया,लक्ष्मण विक्रम बस्नेत, लोकमणी सापकोटा,उत्तम केसी र रवि गिरी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र १९ गतेबाट प्रर्दशनमा आउने वितरक सरोज शर्माले जानकारी गराए ।
filmybazar

अधिकांश चलेका भनिएका चलचित्रको ‘लाइफ टाइम बिजनेश’ होे, १ करोड ७० लाख । चलचित्रले १ करोड ७० लाख ग्रस कलेक्शन गर्दा निर्माता त्यसलाई हिट भएको मान्छन् ।
तर, शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम्स’को व्यापार २ दिनमै १ करोड ७० लाख पुगेको छ । हुनत, वितरक गोविन्द शाहीले २ दिनमा २ करोड ३५ लाखको ग्रस कलेक्शन भएको बताइरहेका छन् । तर, चलचित्रले शुक्रबार र शनिबार आक्रामक व्यापार गर्दै १ करोड ७० लाखको कारोबार गरेको छ ।
शुक्रबार काठमाण्डौमा ४० लाखको हारहारीमा व्यापार गरेको यो चलचित्रले मोफसलबाट २६ लाख कमाएको छ । शुक्रबार ६६ लाखको व्यापार गरेको चलचित्रले शनिबार देशैभरका हलमा हाउफुलका साथ आक्रामक व्यापार गर्‍यो ।
शनिबार चलचित्रले काठमाण्डौबाट करिब ६० लाखको कारोबार गरेको वुझिएको छ । जसमा गोपिकृष्ण हलबाट मात्र १५ लाख हारहारीको योगदान छ । काठमाण्डौ बाहिरबाट ४५ लाखको व्यापार गर्दै चलचित्रले १ करोड ५ लाख कमाएको छ । दुई दिनमा १ करोड ७१ लाखको व्यापार गर्दै चलचित्र ब्लकबस्टर हुने गतिमा अगाडि बढेको छ ।
नायक भूवन केसीले निर्देशन गरेको यो चलचित्रले इनिसियल व्यापार गर्नुको पछाडि नायक अनमोल केसीको यूवापुस्तामा देखिएको क्रेज नै हो । अनमोललाई हेर्नकै लागि मल्टिप्लेक्सदेखि सिंगल हलमा दर्शक उर्लिएका हुन् ।
के छ हेर्नलायक ?
चलचित्रको राम्रो पक्ष भनेको यसको संवाद हो । पटकथा तथा संवाद लेखेका सामिप्यराज तिमिल्सिनाले दर्शकलाई होल्ड गर्ने खालका संवाद लेखेका छन् । यसैले पनि थुप्रै स्थानमा चलचित्र चिप्लनबाट जोगिएको छ । चलचित्रको छायांकनलाई उत्कृष्ट मान्नुपर्छ । मुस्ताङदेखि पाँच तारे होटललाई गजबले खिचिएको छ ।
साम्राज्ञीको अभिनय, अनमोलको लुक्स
यदि, यो चलचित्र हेर्नुअघि दर्शक अनमोल केसीको फ्यान थिए भने हेरिसकेपछि नव-नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको पनि फ्यान हुनेछन् । चलचित्रमा ६० प्रतिशत भन्दा बढी आधिपत्य उनकै छ । नयाँ नायिका भएर पनि उनले जुन शैलीको अभिनय र संवाद बोलेकी छिन्, गजब छ । नेपाली चलचित्रले एक नयाँ नायिका पायो भन्दा फरक नपर्ला ।
नायक अनमोल केसीलाई अभिनय गर्न आउँदैन भन्नेहरु धेरै छन् । हुनत, अनमोल अभिनय भन्दा पनि लुक्सका कारण स्टार भएका हुन् । अनमोलले अभिनयमा अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
अभिनयका हिसाबले अनमोललाई नायिका साम्राज्ञीले उछिनेकी छिन् । तर, हलमा हुटिङ गर्न र कराउनका लागि यूवतीहरुलाई अनमोलको लुक्स नै काफी देखिएको छ ।
के पुगेन ?
चलचित्र २ घन्टा १५ मिनेटको छ । यदि, यो चलचित्रलाई मिहिनेत गरेर सम्पादन गरिएको भए यसको लम्बाई करिब २ घन्टाको हुन्थ्यो होला । चलचित्रका केही दृश्य धेरै लामा लाग्छन्, जसले पट्यारिलो बनाइदिन सक्छ । अनमोल र साम्राज्ञीकै वरिपरी घुमेको यो चलचित्रमा अन्य पात्रलाई रोचक तरिकाले  प्रयोग गर्न सकिन्थ्यो ।
लभ स्टोरी चलचित्रमा दर्शक होल्ड गर्न त्यती सजिलो छैन । होटलका दृश्य धेरै, विदेशी पाहुनासँगका धेरै संवाद नराखिएको भए पनि हुन्थ्यो । चलचित्रको दोश्रो पाटोमा मात्र ‘डि्रम्स’को अर्थ सार्थक बनाउन खोजिएको छ । अनमोलले २ वटा सपना देखेको भनिएको छ ।
तर, एउटा सपनालाई मात्र महत्वका साथ देखाइएको पाइन्छ । अनमोलले देख्ने सपनालाई पहिलो हाफमा पनि केही महत्व दिएको भए राम्रो र दर्शकमा उत्सुकता हुन सक्थ्यो । गीतसंगीत चलचित्रमा हेर्दा राम्रा छन् तर उत्कृष्ट होइनन् ।

किन हेर्ने ?
चलचित्रको जुन खालको चर्चा र परिचर्चा चल्नु अगाडि छ, त्यसले दर्शकमा ठूलो आशा भरिनु स्वभाविक हो । अनमोलको लुक्स र स्टाइल, साम्राज्ञीको अभिनय, रोचक र मनछुने संवादका लागि तपाई यो चलचित्र हेर्न सक्नुहुन्छ ।
भूवन केसीले भने जस्तै यो चलचित्र हलिउड र बलिउड शैलीको होइन, नेपाली आधुनिक शैलीको छ । अनमोलका फ्यानका लागि यो चलचित्र उत्कृष्ट हुनसक्छ । सामान्य दर्शकले लोकेशन, नायिकाको अभिनय, सामिप्यराज तिमिल्सिनाको संवादबाट नै मनोरञ्जन लिन सक्छन् ।
onlinedailypost


पछिल्लो समय नेपाली सिने नगरीमा ‘स्टार भ्यालु’ र ‘स्टार पावर’ कस्तो हुन्छ भन्ने जान्न अनमोल केसीलाई हेरे पुग्छ । चलचित्र ‘डिम्स’को बम्पर ओपनिङ्गसँगै उत्साहित भएका अनमोलले शनिवार राजधानीका केही हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया लिएका छन् । उनी हलमा जादाँ पनि फिल्मी शैलीमा नै आफ्नो ‘स्टार पावर’लाई शो गरे । ‘पब्लिक प्लेस’मा उनको इन्ट्री बलिउडका साहरुख सलमान को भन्दा कम लाग्दैनथ्यो ।



करिब ११ बजेतिर अनमोल र भुवन सहितको टोली गोपीकृष्ण मुभिजमा पुगेका थिए, जहाँ निकै रोचक दृश्य देखियो । सिनेमा हलमा पहिले पुग्यो पुलिसको गाडी, त्यसपछि  भुवन केसी चढेको गाडी अनि त्यसपछि लगातार दुईवटा गाडीको इन्ट्री, जसमध्ये निकै स्ट्यान्डर्ड कालो गाडीबाट टक्क उत्रिए अनमोल । त्यसपछि त के चाहियो र एकै क्षणमा भीडले उनलाई घेरी हाल्यो । प्रहरी र उनका पर्सनल चारजना बढीगार्डलाई पनि भीड पन्छाउन मुश्किल  परेको थियो ।



विशेषत किशोरीहरुको ‘अनमोल आई लभ यु’, ‘आई एम डाई«ङ्ग फर यु’ जस्ता चिच्याहट सुन्दा उनी साच्चै स्टार हुन भन्ने कुरा पुष्टि भएको छ । अत्याधिक भीडको कारणले गर्दा अनमोल र उनको समुह गोपीकृष्ण हल परिसरमा मुश्किलले १० मिनेट मात्र बसे । त्यसपछि अष्टनारायण हलमा पुग्दा त्यहाँ पनि उनको उस्तै क्रेज देखियो ।
mazzakoonline

फाल्गुन २१, २०७२- आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मलाई राजधानीका मल्टिप्लेक्सले सो पनि धेरै दिएका छन् ।

शुक्रबार क्युएफएक्सका तीन हल सेन्ट्रल, कुमारी र जय नेपालमा गरी १४ सो यसले पाएको छ । भुवन केसीले निर्देशन गरेको यो पहिलो फिल्म गोपीकृष्णमा मात्रै चारवटा हलमा चलाइएको छ । अष्टनारायणका दुवै हलमा यही फिल्म लगाइएको छ ।

पछिल्लो पुस्ताका दर्शकमाझ लोकप्रिय अनमोलको फिल्म भएकाले यसले युवा दर्शकको ध्यान खिचेको वितरकहरुले बताएका छन् । अनमोलको यसअघिको फिल्म ‘जेरी’ले पनि पहिलो दिनदेखि नै आक्रामक व्यापार गरेको थियो ।

आजै दिनेश डिसीले निर्देशन गरेको ‘फूलै फूलको मौसम तिमीलाई’ पनि रिलिज भएको छ । नीता ढुंगाना र आमेश भण्डारीले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले ‘ड्रिम्स’को तुलनामा थोरै सो पाएको छ । फिल्मका राजधानी वितरक सुनिल मानन्धरले बिहानको सोमा फिल्मको व्यापार कमजोर देखिएको बताए । यो फिल्मले ठूला मल्टिप्लेक्समा कम सो पाएका कारण यस्तो भएको हुनसक्ने उनी बताउँछन् ।

‘ड्रिम्स’ ले पहिलो दिन क्युएफएक्समा १४, बीग मुभिजमा ६, एफक्युबमा १२, क्युज सिनेमामा ५ सो पाएको छ । ‘फूलै फूलको मौसम तिमीलाई’ले बिग मुभिजमा मात्रै सो पाएको छ । यी दुवै फिल्म प्रेमकथामा आधारित छन् ।

kantipur

भुवन र अनमोल बाबुछोरा जोडी यस्तो हुनुपर्छ मल्टिप्लेक्समा ‘ड्रिम्स’को बुकिङ आक्रामक, देखियो अनमोल क्रेज
भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डि्रम्स’को बुकिङ मल्टिप्लेक्समा आक्रामक देखिएको छ । भूवन केसी निर्देशित यो चलचित्रलाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका छन् ।
क्यूएफएक्सले कुमारी, जय नेपाल र सीभील गरेर १४ वटा शो चलचित्रले पाएको छ  । जसमध्ये बिहानीको शोको वुकिङ अहिलेसम्म औषत रहेपनि १२ बजेपछि आक्रामक बुकिङ भएको क्यूएफएक्स कुमारी र जय नेपालका म्यानेजर विनोद पौडेलले जानकारी दिए । उनले भने-‘बिहानीको शोमा ठिकै छ । १२ बजेपछिको शो यसरी नै बुकिङ भयो भने हलमा दर्शकको उच्च चाप देखिनेछ ।’ उनले यो वुकिङलाई उत्साहजनक भनेका छन् ।
चलचित्रका काठमाण्डौ वितरक गोविन्द शाहीका अनुसार सिंगलदेखि मल्टिप्लेक्समा  दर्शकको चाप उच्च हुने देखिएको छ । काठमाण्डौको गोपिकृष्णमा ४ वटा हल पाउने निर्माता तथा निर्देशक भूवन केसीले जानकारी दिएका छन् ।




वितरक गोविन्द शाहीका अनुसार वीग मुभिजको एउटा हल बिग्रिएकाले २ पर्दामा ७ शो, एफक्यूबमा १२ शो, क्यूज हलमा ६ शो चलचित्रले पाएको छ । यी सबै हलमा पनि चलचित्रको बुकिङ उच्च छ ।
काठमाण्डौको सुन्धारामा रहेको क्यूएफएक्स सीभीलमा यो समाचार तयार पार्दासम्म मध्यान्न १२ बजेको हल हाउफूल भैसकेको छ ।



नायक अनमोल केसीको स्टारपावर र मिडियामा उच्च प्रचारका कारण चलचित्रको बुकिङ आक्रामक देखिएको हो । यूवायूवतीमाझ अत्यन्त लोकप्रिय मानिएका नायक केसीको १६ महिनापछि चलचित्र रिलिज हुन लागेकाले पनि दर्शकको क्रेज अझ बढेको हो । काठमाण्डौ बाहिर पनि चलचित्रको लागि दर्शकको उत्साह उस्तै देखिएको छ ।


 gorkhalivideo


गोरखा,  हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबे ले गोरखाको ताकुकोट गाविस–१ स्थित माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्न ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । वैशाखमा गएको भूकम्पले विद्यालयका भवनहरु भत्काएको र पुनःनिर्माणका लागि आवश्यक जग्गा पनि नभएकाले जग्गा खरिदका लागि श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको हो ।





केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यङ्ग्य कार्यक्रमबाट जुटेको सो रकम ताकुकोटस्थित बाँसपानी खानेपानी आयोजनाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठमार्फत विद्यालयलाई प्रदान गरिएको मरिचमानले जानकारी दिनुभयो । ‘गाउँको विद्यालय भवन बनाउन जग्गाको अभाव भएको थाह पाएँ,’ उहाँले भन्नुभयो – ‘कार्यक्रम गरेर सङ्कलन भएको रकम दिएको हुँ ।’ स्थानीय दीपशिखा युवा क्लबको सहयोगमा श्रेष्ठले हास्यव्यङ्ग्य कार्यक्रम गर्नुभएको थियो ।

विद्यालय भवनहरु पुनःनिर्माण गर्दा कम्तीमा दश रोपनी जग्गा हुनुपर्ने दातृ निकायको नियम भएकाले माइकोट माविले थप जग्गा खरिद प्रक्रिया अघि बढाएको थियो । तर, अर्थाभाव हुँदा आवश्यक भएजति जग्गा खरिद गर्न नपाएको शिक्षकहरुले जनाएका छन् । कलाकार श्रेष्ठले सोमबार गाउँमा आयोजित एक कार्यक्रममा विद्यालयका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्नुभएको हो । श्रेष्ठ मेरी बास्सैलगायत हास्य टेलिशृङ्खला, नेपाली चलचित्रका साथै गीत, सङ्गीतमा पनि छाउँदै आउनुभएको छ । रासस

काठमाडौँ, १८ फागुन, हास्य कलाकार दिपाश्री निरौलाले निर्देशन गर्ने पहिलो चलचित्र '६क्का पन्जा' का कलाकार र प्राविधिकको आज छनौट गरिएको छ । नयाँ फिल्ममा पनि पुरानो 'वडा नम्बर ६' र 'छ एकान ६' कै अधिकांश कलाकारलाई दोहोर्याइएको छ । दिपकराज गिरीले दिएको जानकारी अनुसार '६क्का पन्जा' फिल्ममा दीपकराज गिरी, प्रियङ्का कार्की, शिवहरी
पौडेल, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा, किरण केसी, बसुन्धरा भुषाललगायतका कलाकार रहने छन् । सो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् । दिपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्ममा सहायक निर्देशकको रुपमा सम्राट शाक्य रहने जनाइएको छ । यसैगरी फिल्मको संगीत सुर्खे थैलीका गायक तथा संगीतकार राजनराज शिवाकोटी र दीपक शर्माले गर्ने छन् । यो पटक सिताराम कट्टेल अर्थात् धुर्मुस भने निर्माताको रुपमा मात्रै रहने जनाइएको छ ।
aajakokhabar

मायाकी खानी
शुबिहानी !!
मानिसहरु भन्छन् छोराछोरी आफ्नै शरीरको विस्तारित रुप हो भनेर । सायद यसो भन्नुको मतलब भौतिक रुपमा सधैंसँगै हुनु भनेको होला । तर, तिमी हाम्रो प्रेमको, भावनाको, कल्पना, चाहना, धेरै कुराको विस्तारित रुप हौ । पत्र मार्फत तिमीलाई हाम्रो बाध्यताका निहुँ सुनाएर आफ्नो मनको असन्तुष्टि, ग्लानी र पछुतो पखाल्ने प्रयास गर्दैछौं । हुन त तिमीले एउटै प्रश्न; ‘मम्मी बाबा, तपाइँहरुको लागि प्राथमिकता म हो या अरु केही ?’ भनेर सोध्यौ भने हाम्रा यी सबै कुराहरु व्यर्थ हुन्छन्, हरेक कारणहरु अफसोच हुन्छन् । यत्ति सम्झ, यो तिम्रो बाबुआमाको मन बुझाउने एउटा बहाना हो ।

तिमी गर्भमा आयौ । हाम्रो प्रेमको प्रतीक तिमी यो धर्तीमा आउनुपूर्वको तिम्रो प्रतिक्षा तिम्रो जन्मसँगै पुरा भयो । नौ महिनासम्म तिमीलाई कोखमा बोक्दादेखि नै शारीरिक रुपमा अलि कमजोर भएछु । त्यसैले तिमी नौ महिना पुग्नु १५ दिन अघि नै अप्रेशन गरेर यस धर्तीमा पैदा गर्यौँ । सब दुखाई र पीडा बिर्सीएर तिम्रो कोमल शरीर सुम्सुम्याउँदै, हेर्दै रमाउँदै गर्दा अचानक तिमी गहिरो बिमारी हुन पुग्यौ । तिमी १६ दिनकी थियौ । तिम्रो जन्म र हाम्रो खुसी सपना जस्तै भयो । एक महिनासम्म तिमीलाई हस्पिटलमै राख्यौँ । धन्न, विज्ञान र प्रविधिको यो आधुनिक युगमा तिमीले रोगलाई जित्यौ र हामीलाई हर्षविभोर बनायौ । छोरी खास कुरा के भने नी, तिमी जन्मेको ३ महिना पुगेर ४ लाग्दा नलाग्दै तिमीलाई घरमा छाडेर हामी काममा हिंड्न बाध्य भयौँ । साह्रै मन पोल्छ यो कुराले ।

सधैं विवाद भयो मनभित्र, मनमनै द्वन्द्व चल्यो, धर्म, कर्म र प्रेमवीचको भिन्नतालाई लिएर । वाध्यता, परिस्थिति, बहाना र सम्बन्धबीचको प्राथमिकतालाई लिएर । तिमी हाम्रो प्रेम, तिमी हाम्रो जिम्मेवारी, प्राथमिकता जे भने पनि तिमी हौ हाम्रो, अनि फेरी हाम्रो काम ? जसले तिम्रो बाबुआमालाई एक बनायो जीवनभरलाई । हाम्रो कर्म हाम्रो धर्म पनि त हो छोरी । तर कहिलेकाहीँ मन भारी हुन्छ, अनि आफ्नै मनले आफैँसँग प्रश्न गर्छ, दुनियाँ हँसाउन हिँडेका हामीले कतै तिमीलाई पो रुवायौँ की ?

तिमी जन्मिदै हाम्रो भाग्य बनेर जन्मिएकी छौ छोरी । तिमी जन्मेपछि नै हामीलाई सरकारले सरसफाई दूत घोषणा गर्‍यो । सारा देशभरबाट फोहोरमैला हटाउने, स्वच्छताको एउटा अभियन्ता बनायो । तिमीलाई छोडेर हामी देशका ३० जिल्ला गयौं । सरसफाई सम्बन्धी चेतना फैलायौं । तर कसम, हरेक साँझ तिम्रो सम्झनामा मन आत्तिन्थ्यो, रुन्थ्यौं हामी तिमीलाई सम्झेर । पूर्व मेचीदेखि पश्चिम कालीसम्म पुग्दा हरेक निर्दोष बाल चेहरामा हामी हामै्र निर्दोष तर सजाय पाइरहेकी शुविहानीको देख्थ्यौँ ।

छोरी, त्यसपछि पनि हामी तिमीबाट अझै टाढा, सात समुन्द्र पारी अमेरिका प्रस्थान गर्यौँ । त्यतिबेला तिमी १४ महिनाकी थियौ । दुध चुसाउन नपाउँदा छाति नै अपवित्र भएको भानले साह्रै मन पोल्थ्यो । सबभन्दा ठूलो पाप गर्दैछु की भन्ने पीरले कयौँ रात निदाउन सकिन । छोरी, हामीलाई सबैभन्दा असह्य बज्रपात तब पर्‍यो, जतिबेला ७.६ म्याग्नीच्युडको भूकम्प गयो देशमा । भूकम्पका कारण यता देशमा धरहरा ढल्दै थियो, घर, भवन र संरचनाहरु ध्वस्त हुँदै थिए, उता हाम्रो मनमा त्यो भन्दा ठूलो कम्पन जारी थियो ।
काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, गोरखा ध्वस्त भएको, हजारौं मानिसहरु पुरिएका र ज्यान गुमाएका खबरहरु सबभन्दा ठूलो सनसनी हाम्रै लागि भयो होला । नहोस् पनि कसरी, हाम्रो मुटुको टुक्रा त्यही भूकम्पको भूमरीमा छ । धेरै बेर फोन लागेन, अत्तोपत्तो छैन । छोरी, साँच्ची त्यो बेला हामी दुवै पागल नै भएका थियौं । न शरीरले काम गर्छ न दिमागले । तिमीलाई छोडेर आएको ग्लानीले यत्ति पोल्यो नी, मुटु नै खरानी भएको आभाष भयो । क्वाँ क्वाँ डाको छोडेर रुन पनि सकिन । छोरी, साँच्चै भन्दा मैले आमाको महत्व त्यो बेला मात्र बुझें । मेरी आमा पनि त्यहि भूकम्पको भूमरीमा हुनुहुन्थ्यो नी, तर कसम होला मलाई तिम्रो मात्र याद आयो । माया साँच्चै उँदो बग्दो रहेछ । त्यो मायाले आमाको महत्व र माया कस्तो हुँदो रहेछ भन्ने कुराको महसुस गरायो ।

जब फोनमा तिमी सकुशल रहेको थाहा पायौं, अनिमात्र सास फेर्न सकियो । छोरी खै कसरी बाच्यौं हामी त्यो पलसम्म, सास फेरेको सम्झनै छैन । हामी अमेरिका हाम्रो कर्मका लागि गएको । हाम्रो धर्म नै मानिसको मुहारमा मुस्कान ल्याउने हो, तर शुविहानी, तिम्रो मुहारको मुस्कान हामीलाई लामो समयसम्म खड्कियो । तिम्रो सानो आवाजले त्यो बेला हामीलाई फेरी एकपटक जीवन दियो छारी । दिनदिनै टिभि, पत्रपत्रिका र अनलाइनमा आउने समाचार र तस्विर, सामाजिक सञ्जालमा देखिएका चित्रले हामीलाई घायल बनायो । हजारौं मानिसहरु पुरिएको, ज्यान गुमाएको खबरले हामीलाई हँसाउन दिएन । अमेरिकामा कार्यक्रम गरेर हँसाउन मनले मान्दै मानेन । हामी सबै कार्यक्रम रद्द गरेर तुरुन्तै नेपाल फर्कियौं ।
अमेरिकामै हुँदा सानो बच्चा पुरिएको र जिवितै उद्धार गरिएको अनि अर्को त्यस्तै बच्ची पुरिएको ठाउँमा मृत भेटिएको दृश्य हेर्दा त म चिच्याउन पुगेंछु थाहै नपाई । हामी नेपाल फर्कियौं, एयरपोर्ट देखिनै मन कुँडिन थाल्यो । त्रास, हतास, पीडा, आतेस सबै एकैपटक महसुस भयो । हामी सिधै तिमीलाई भेट्न घर आइपुग्यौं । आउने वित्तिकै तिमीलाई च्याप्पै अँगालो मारेर रुन थालेंछु । तिम्रो निर्दोष हातको स्पर्श, सासको गन्धले म भित्र प्राण भरिदियो छोरी । तिमी मुसुक्क मुस्कुरायौ हामीलाई हेरेर । त्यतिबेला मैलै तिमीलाई देवीको रुपमा देखें । यति मिठो मुस्कान सहित, कति सजिलै हामीलाई माफ गर्‍यौ है । पछि मात्र थाहा भयो भूकम्पमा परी मेरी आमाको ढाड भाँचिएको रहेछ । मैले आमाको बारेमा त सोच्नै भुलेको रहेँछु । तिमीलाई भेटेपछि मात्र याद आयो । आमाको मनले पनि सजिलै  माफ गरी दिनुभयो ।

तिम्रो मुस्कानले हामीलाई आनन्दित मात्र बनाएन उर्जा र शक्ति पनि दियो । तिम्रो हाँसो देशभरका भूकम्प पीडितहरुको मुहारमा ल्याउन मन लाग्यो । कति तिमी जस्तै बालबालिका होलान् जसको हाँसो हरायो होला यो भूकम्पसँगै, कति विचल्लिमा परे होलान् भन्ने पीरले औडाहा भयो । मन मान्दै मानेन चुप लागेर बस्न, तिम्रो हाँसोको उर्जा लिएर हामी फेरी हिंड्यौं सकेसम्म धेरैको आँसु पुच्छ्न । फेरी तिमीलाई छाड्यौं हामीले छोरी । तिमी बुझ्छ्यौ होला नी यति ज्ञानी छौ । तिमीलाई एक्लै पारेर भएपनि तिमी जस्तै अवोध बालबालिकाको पीडाहरु कम गर्न निस्एिका हौं छोरी हामी । गाँस, बास, कपास नै गुमाएकाको सानो भएपनि साहारा बन्न हिंडेका हौं हामी । आखिर तिमी त हामी नहुँदा पनि तिम्रा बाबुआमा जति नै माया गर्ने, ठूलोबाबा, ठूलोमामुको साथमा छौ नी । उहाँहरुको साथको हामी पनि सधैं ऋणी छौं । भूकम्पमा कतिले त बाबु आमा र आफन्त नै गुमाएर टुहुरा समेत भएका छन् ।
त्यसपछि हामी अहोरात्र उद्धार र राहत वितरणमा लाग्यौं । सानै भएपनि धेरै ठाउँमा सहयोग बाँड्न सफल भयौं । तिमीलाई एक्लै रुवाएर भएपनि धेरै ओठहरुमा मुस्कानको बिऊ रोप्यौं । यो बेला फेरी कर्मले हामीलाई जित्यो । ११ वटा जिल्ला पुगेर, म्याट, त्रिपाल लगायतका आवश्यक सामाग्री बाँड्यौं । हाम्रो टेलिसिरियल छायाङ्कन स्थानमा पुगेर धेरै सहयोग वितरण गर्‍यौं । नुवाकोटको ओखरपौवामा ४० वटा चर्पी निर्माण गर्‍यौं । नुवाकोटकै महाकाली निमाविको ७ कोठे भवन निर्माण सकेपछि त्यहाँका बालबालिकाको खुशी हामीलाई तिम्रो हाँसो जस्तै लागेको थियो । उनीहरुलाई, झोला, कापी, किताब वितरण गर्दा हामीलाई एकदम आनन्द भएको थियो छोरी ।

त्यसपछि हामी अर्को महान काममा लाग्यौं । काभ्रेको डाँडागाउँको पहरी बस्तीमा एउटा बस्ती नै बसाल्न सफल भयौं जसलाई हामीले धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती को नाम दियौं । १८ परिवारले ती घरमा ओत पाए । तिमीजस्ता धेरै बच्चाहरु यो जाडोमा कठ्याङ्ग्रिनु परेन छोरी । यो झण्डै ३ महिनाको अवधिमा मैले त तिमीसँग कहिलेकाहीँ भेटीरहेँ । तिम्रो बाबाले १/२ पटक मात्र भेट्न पाउनुभयो ।
आशा छ तिमीले हामीलाई बुझ्ने छौ । आजभोलि पनि त हामी विभिन्न कार्यक्रममा हिडी रहन्छौं । धुर्मुस सुन्तली सरसफाइ अभियान देशभर जारी छ । अचेल त तिमी हाँसी हाँसी विदा दिन्छौ । साह्रै आनन्द लाग्छ । तिम्रो माया हाम्रो लागि शक्ति हो छोरी । यहि मायाको साहारामा हामी बाँचुञ्जेल सबैलाई हँसाइरहन पहल गर्ने छौं । तिमी पनि सधैं यसरी नै हाँसीरहनु ।
उही, तिमीलाई धेरै माया गर्ने
बाबा, मामु/धुर्मुस,सुन्तली
UJYAALO ONLINE

युवतीहरूबाट हैरान अनमाेल
काठमाडाैं-भनिरहनुनपर्ला, अभिनेता अनमोल केसी पछिल्लो समय युवापुस्तामा रुचाइएका कलाकार हुन् । उनले अभिनय गरेका दुई फिल्म 'होस्टेल' र 'जेरी' लगातार हिट भएपछि उनको 'फ्यान फलोइङ' पनि बढेको हो।

फ्यान बढी हुनु कलाकारका लागि राम्रो हो। तर, अनमोल यही कारण हैरान रहेछन्। प्रदर्शनको तयारीमा रहेको उनी अभिनीत फिल्म 'ड्रिम्स'को एक कार्यक्रममा उनले यस्तो रहस्य खोलेका हुन्। अनमोल महिनैपिच्छे आफ्नो मोबाइल नम्बर परिवर्तन गर्छन्। किन यस्तो गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'केटीहरूले हैरान पार्छन् क्या !' उनको जवाफ सुनेर सबै हाँसेका थिए ।
-nagariknews


फिल्म रीलिज हुदै गर्दा फिल्ममा संगै काम गर्ने कोस्टार बिच रीलेशनको चर्चाले बजार तताउने गरेको पाइन्छ ।केही चर्चा आफै हुन्छन भने केही चर्चा चाही फिल्म मेकरहरुलेनै फिल्मको पब्लीसिटीको लागि गरेको देखीन्छ ।

आगामी फागुन २१ गते रीलिज हुन लागेको फिल्म ड्रिम्सको चर्चा चलिरहदा नायक अनमोल केसि र नायिका साम्राज्ञी लक्ष्मीले एक अर्का लाइ तारीफ गर्दा यि कलाकार बिचको सम्बन्धको बिषय रंग पत्रकार लगायत अन्य कलाकारहरु लाइ चाहने हरुको लागि चासोको बिषय भएको छ ।केही समय अघि फिल्म ड्रिम्सको युनिटले फिल्मको गित रीलिजको लागि गरेको कार्यव्रmममा पत्रकारले भुबन केसि लाइ मनपराउनु हुन्छ कि अनमोल केसि लाइ भन्ने जिज्ञासामा उनले पहीले भए भुबन अहीले अनमोल भनेर लजालु पारामा उत्तर दिइन ।उनको हाउ भाउ हेर्दा पनि उनको बिषेश आकर्शण अनमोल प्रति देखीन्थ्यो ।


अनमोल केसि लाइ पनि सामाज्य लक्ष्मीको बारेमा सोध्द अनमोलले पनि बिना कन्चुस्याइ तारीफ गरे । फिल्मको प्रचारको लागि गरीएको चर्चा हो या बास्तबिकता यो आगामी दिनमा थाहा होला तर यि जोडिको फिल्म यही आउदौ फागुन २१ देखी फिल्म ड्रिम्स सार्बजनिक प्रदर्शन हुदैछ ।होस्टेल र जेरी फिल्ममा रुचाइएका नायक अनमोलको यो तेस्रो फिल्म हो ।भने साम्राज्ञीको भने यो पहिलो फिल्म हो ।जुन फिल्म लाइ निर्देशन गर्दै सफल नायक र निर्माता रही सकेका भुबन केसीले निर्देशकीय यात्रा आरम्भ गरेका छन ।
News24Nepal

नेपाली फिल्म ईन्डष्ट्रि सानो भएपनि फिल्मको नाम जुराउन भने निकै कठिन छ । केहि साता अघि हाँस्य कलाकार दीपाश्री निरौलाले फिल्म लप्पन छप्पन को निर्देशन गर्ने समाचार आएपनि चलचित्र बिकास बोर्डले
उक्त फिल्मलाई अर्कै ब्यानरमा दर्ता भएको जनाए पछि अर्को नयाँ नाम लिईएको छ । निर्माता तथा कलाकार दीपक राज गीरी र दीपाश्री निरौलाको टिमले अब ‘छक्का पञ्जा’ फिल्मको निर्माण गर्ने भएका छन् । छ अंक फाप्दै आएका फिल्मका निर्माता तथा कलाकार दीपाश्री निरौला र दीपकराज गीरीको टिमले लप्पन छप्पन भन्दा पहिले पनि फिल्म ‘छ भने माया लाईदेउ छप्पक्कै’ फिल्म निर्माण गर्ने तयारीमा रहेका थिए । तर यो फिल्म पनि निर्माण हुन सकेन् । निरौलाले निर्देशन गर्ने भनेर आएका सबै फिल्महरु अहिले विविध कारण निर्माण हुन सकेनन् । तर अब बन्ने फिल्म छक्का पञ्जा भने निर्देशन गर्ने तरखरमा दीपा रहेकी छिन् ।

फिल्म लप्पन छप्पनलाई दीपाले नै सरस्वति पूजाका दिन निर्देशन गर्ने घोषणा गरेकी थिईन् । फिल्म दर्ता गर्न जाँदा अर्को व्यनरमा उक्त फिल्मको दर्ता भईसकेको बताईन् । यस फिल्म भन्दा पहिले यसै टिमले दुई वटा फिल्महरु छ एकान छ र वडा नंबर छ निर्माण गरीसकेका छन् । यी दुई फिल्महरुलाई दर्शकहरुले पनि निकै रुचाएका थिए । दीपाले निर्देशन गर्ने फिल्म छक्का पञ्जा लाई पुरुषोक्तम प्रधानले खिच्ने बताएका छन् भने फिल्ममा शीबहरी पौडेल, जीतु नेपाल, र बुद्धि तामाङ लिगाएतका कलाकारहरुले अभिनय गर्ने जनाएका छन् । फिल्मका निर्माण पक्षका अनुसार यहि चैत्रको ८ बाट फिल्म ‘छक्का पञ्जा’ सुटिङ सुरु हुने बताएका छन् ।

 News24Nepal

डिसीनेपाल डटकम – यही फागुन २१ देखि प्रदर्शनमा आउने चलचित्र ’फूलै फूलको मौसम तिमीलाई’ र ’ड्रिम्स’ बीच अस्वस्थ प्रतिस्पर्धा भएको देखिन्छ ।


एउटै मितिमा फिल्महरु जुधाएर प्रदर्शनमा ल्याउने होड त नेपाली सिनेमामा थियो नै तर खुलम खुला अस्वस्थ प्रतिस्पर्धामा उत्रिनु भनेको सम्पूर्ण सिनेमा क्षेत्रमै असर पर्नु हो ।

३ वटा चलचित्र खेलेर चकलेटी नायकको स्थान बनाईसकेका नायक अनमोल केसीलाई निर्देशक दिनेश डिसीले खुलेरै आलोचना गरेका छन् । आफूद्वारा निर्माण तथा निर्देशित चलचित्र फूलै फूलको मौसम तिमीलाईको प्रचारको क्रममा निर्देशक डिसीले अनमोलको अनुहारको आफू फ्यान भएपनि चाउरी परेपछि अनुहार काम नलाग्ने भन्दै अभिनय सिक्न आग्रह गरे । तर अनमोलले भने केही समय अघि आफूले यो भन्दा बढि अभिनय गर्न आवश्यक नरहेको दाबी गरेका थिए ।

भुवन केसी राम्रो नायक तथा निर्माता भएपनि उनको ह्याण्डसम छोराको अभिनय भने कमजोर भएको भन्दै बुबाको जति नै करिअर अगाडि बढाउनको लागि अनमोलको क्युट अनुहारले मात्रै साथ नदिने बताए ।

भुवन केसीले नै निर्माण तथा निर्देशन गरेको ड्रिम्स र दिनेश डिसीद्वारा निर्देशित फूलै फूलको मौसमले कतिको चर्चा र सफलता पाउने हो त्यो हेर्न बाँकी नै छ । तर हौसला बढाउनुको बदला खुलेर आलोचनामा लाग्नुले सिनेमा जगतमा नै नराम्रो असर पर्ने भने पक्का रहेको छ ।
dcnepal

राजु नङ्ग्याउने, अर्चना नाङ्गिने
उनले ४ लाख पारिश्रमिक लिदै जती चाहिन्छ देखाउछु भनेकी छिन् ।
अब, के चाहियो र ? यसै त निर्देशक राजु गिरी अभिनेत्रीलाई नाङ्गो बनाउन सिपालु छन् । त्यसमाथि, पोर्न स्टार नै बन्छु भनेर हल्ला गर्दै आफ्ना नाङ्गा तस्बिर फेसबुकमा राख्दै आएकी अर्चना पनेरु अभिनेत्री भएपछि
के होला ? राजुलाई नी देखाउने अभिनेत्री चाहिएको, अर्चनालाई पनि देखाउने मौका मिलेको ।

राजु गिरीले निर्देशन गर्न लागेको फिल्म जिस्ममा अब अर्चना पनेरुले भरपुर अंगप्रदर्शन गर्नेछिन् । उनले ४ लाख पारिश्रमिक लिदै जती चाहिन्छ देखाउछु भनेकी छिन् ।

राजुको यो फिल्मको छायांकन फागुन १४ गतेबाट सुरु हुँदैछ । राजु गिरी फिल्मलाई ग्ल्यामर र हरर बनाउने सोचमा छन् ।

राजु गिरीको यो फिल्ममा अर्चना पनेरु भएपछि फिल्म सेन्सर बोर्डले अहिलेबाट नै चनाखो देखाउन जरुरी छ ।
mazzakoonline

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री करिश्मा मानन्धरको फिल्म ‘फागु’ नराम्रोसँग डुब्ने संकेत देखिएको छ । तेस्रो दिनसम्म आइपुग्दा हलहरूमा दर्शकको ह्वात्तै कमी भएको छ ।
दर्शकहरू फिल्म हेर्न नआएपछि करिश्माको ‘फागु’लाई हल सञ्चालकहरूले हटाउन सुरू गरेको जनाएका छन् । फिल्म नचलेपछि करिश्मा चकित परेकी छिन् ।
हालै मात्रै बाबुराम भट्टराईको नयाँशक्ति अभियान नेपालको अन्तरिम परिषदमा मनोनय परेकी करिश्मालाई ‘फागु’ले ठूलो धक्का दिएको छ ।
केही समर्थकले करिश्मा बाबुरामतिर लागेपछि उनलाई फिल्ममा असर पुगेको विश्लेषण गरेका छन् ।
फिल्मको प्रचार प्रसारका लागि हलसम्म पुगेकी अभिनेत्री करिश्मासँग समर्थकले तस्बिर मात्रै खिचाएका थिए । तर उनको फिल्म ‘फागु’ भने हेरनन् । फिल्म नचलेपछि उनलाई लगानी डुब्ने ठूलो चिन्ता परेको छ ।
हलमा समर्थकसँग तस्बिर खिचाइ रहेका बेला केही समर्थकले करिश्माको फिल्म ‘फागु’विरुद्ध नाराबाजीसमेत गरेका थिए । करिश्मालाई दर्शकहरूले नै अपमान गरेको एक समर्थकले गुनासो गरे ।
dainiknepal

७ फाल्गुण २०७२,काठमाण्डौ ।

 अहिले भुबन केसी निर्देशित फिल्म ‘ड्रीम्स’ को चर्चा चल्न थालेको छ । निर्माण पक्ष अहिले चलचित्रको प्रचारमा ब्यस्त हुदै गर्दा हालै राजधानीमा आयोजित एक कार्यक्रमा भुबन र अनमोलले बोलेका स्टेटमेन्टले चलचित्र बृतमा गसिप बन्न थालेका छन् ।फिल्मको अडियो बिमोचनमा समारोहमा अभिनेता भुवन केसीले डेब्यु हिरोईन साम्राज्ञी राज्यलक्ष्मी शाहको खुलेरै प्रसंसा गरे ।
अरुको कार्यक्रममा बिरलै सहभागी हुने गरेका केसीले भने आफ्नो कार्यक्रममा अतिथिलाई करिब डेढ घण्टा पर्खाए । उनले बोल्ने क्रममा साम्राज्ञीको तारिफमा अधिक समय खर्चिए । भुवनले नयाँ कलाकार भएर पनि अन्य चल्तीका नायिकाको भन्दा कम नरहेको दाबी गर्दे मिडियालाई समेत चुनौती दिए । यदी कसैलाई साम्राज्ञीको कामलाई मन नपरे त्यसको सम्पुर्ण जिम्मेवार आफुले लिने बताए । यसो त उनले डेब्यु गराएपछि चलिन भने भुवनले नै क्रेडिट पाउने हुन भने,चलिनन् भने पनि उनलाई खास फरक पर्ने वाला छैन । पहिलो पटक नै चल्तिका नायक अनमोल केसी संग स्क्रिन शेयर गर्न पाएकी साम्राज्ञी अनमोलको अपोजिटकै कारण अहिले चर्चामा छिन् । अनमोलकै कारण दर्जनौ फिल्म खेलेको नायिका सरह नै अहिले उनलाई मिडियाले वाच गर्न थालेको छ । फिल्ममा साम्राज्ञी सहित भिजे सन्ध्या केसी पनि यसै फिल्म बाट नायिकाका रुपममा डेब्यु गरेकी छिन् । यद्दपी उनलाई निर्माण पक्षले कुनै पनि कार्यक्रममा सहभागी गराएको छैन । अहिले सम्म फिल्मको ट्रेलर र दुई वटा गीत रिलिज गरिसक्दा सन्ध्यालाई मिडिया माझ परिचय समेत गराएका छैनन् । नारी प्रेमी अभिनेताका रुपमा चिनिएका भुवनको पहिचानका कारण डेब्यु हिरोईनलाई पत्रकारले सोधेका थिए ‘भुवन र अनमोल केसीमा कसलाई रोज्नुहुन्छ ? उनी केहि बेर अक्क न बक्क भईन् र सरल तरिकाले जवाफ फर्काईन् ‘स्वभाबिक रुपले अनमोल’ । उनले अनमोलको तारिफ गर्दै अहिले सम्म अनमोलको बिकल्प नरहेको समेत भन्न भ्याईन् । यस कारण पनि भुवनले साम्राज्ञीलाई मात्र चेपेको देखिन्छ । यस अघिको फिल्म ताका र अन्य कार्यक्रममा सहभागी हुदा भुवनले छोरा अनमोलको तारिफ गरेर थाक्थेनन् । तर अहिले नयाँ भुवनलाई हिरोईनको तारिफ गर्देमा भ्याईनभ्याई छ । आखिर यहाँ कस्तो खिचडी पाक्दैछ भुवन जी ?

filmybazar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget