भीमदत्तनगर: जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौ जिल्लाबाट तीन हजार ९ सय ४९ जनाले आवेदन दिएका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले तीन हजार ५४४ पुरुष र ४०५ महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएको जानकारी दिए ।
गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्तका लागि समय दिइएको थियो । प्रहरीमा ५४४ जनाको भर्ना खुलेसँगै सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयमा आवेदन लिइएको थियो ।
सुदूरपश्चिममा सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय, कैलालीमा आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कर्णसिंह कार्कीका अनुसार कैलालीमा ८१४ जना महिला तथा पुरुषले आवेदन दिएका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा ५२६ जनाको आवेदन परेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।
त्यस्तै यहाँका पहाडी जिल्लाहरु डडेल्धुरा २८४, बैतडी ४९५, दार्चुला ३५०, बझाङ ३२४, बाजुरा २१६, अछाम २४९ र डोटीमा ९३ जनाले भर्ना हुन आवेदन दिएको प्रहरीले जनाएको छ । रासस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.