दिल्ली, मुम्बइ र कराँचीलाई उछिन्यो काठमाण्डुले !

काठमाण्डु २८ फागुन– इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको अनुसन्धानका अनुसार विश्वको सबैभन्दा महंगो शहरको सूचीमा काठमाण्डु १२५ औँ स्थानमा रहेको देखाएको छ।विश्वका १३३ वटा सहरलाई आधार मानेर गरिएको सो अनुसन्धानमा सबैभन्दा महंगो शहरको रुपमा भने सिंगापुर पहिलो रहेको छ ।


त्यसैगरी स्वीजरल्याण्डको जुरिच, हङकङ, स्वीजरल्याण्डका जेनेभा, पेरिस, लण्डन, न्युयोर्क महंगो सहरको रुपमा क्रमशः दोश्रोदेखि सातौँम्म रहेका छन् ।त्यसैगरी सबैभन्दा सस्तो सहरको रुपमा नेपालसहित भारत र पाकिस्तानका केही सहर समावेश भएका छन् । नेपालको काठमाण्डु भने ती सहर भन्दा महंगो देखिएको छ ।

रिपोर्टका अनुसार १२५ औँ स्थानमा रहेको नेपालभन्दा सस्तो सहरको रुपमा नयाँ दिल्ली १२६, चेन्नाइ १२७, पाकिस्तानको कराची १२७, भारतकै मुम्बई १३१ र बैंगलोर १३२ औँ स्थानमा रहेका छन् ।विश्वको सबैभन्दा सस्तो सहरको रुपमा भने जाम्बिया को जुसाका सहर १३३ औँ स्थानमा रहेको छ ।नेपाल विश्वको सबैभन्दा सस्तो सहरमध्ये १० औँ नम्बरभित्र रहेको हो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget