Articles by "जीवनशैली"

काठमाडौं- प्रहरी इन्काउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरी मारिँदा चर्चा र विवादमा तानिएकी मोडल तथा पूर्व मिस टिन खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् ।उनले लन्डन निवासी सन्तोष कार्कीसँग विवाह गरेकी हुन् ।
चरि मारिएसँगै लामो समय विदेशमा बस्दै आएकी उनले हालै काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । शनिबार याक एण्ड होटलमा पार्टी दिइएपछि मात्रै उनीहरुले विवाह गरेको खुल्न आएको थियो ।
lightnepal

काठमाडौ। गत वर्ष साउनमा प्रहरीको मुठभेडमा मारिएका दिनेश अधिकारी 'चरि'को गलफ्रेन्डका रुपमा खुवै चर्चामा आएकी खुश्बु ‍‍‌ओलीको विवाह भएको छ। उनको सन्तोष कार्कीसँग बैबाहिक सम्बन्ध गाँसिएको हो।

शनिवार साँझ याक एण्ड यति होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको छ।

बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर नेपालमा आएकी मोडलिङ पृष्ठभुमिकी खुश्बु त्यसयता अर्पण र चरीसँगको प्रेम सम्बन्धका कारण पनि सञ्चार माध्यममा छाएकी थिइन्।

गत बर्ष २१ साउनको प्रहरी 'इन्काउण्टर'मा दिनेश अधिकारी 'चरी' मारिएपछि उनले त्यस घटनालाई लिएर निकै मिडियावाजी गरेकी थिइन। चरीको 'हत्या'मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी गर्ने उनकी प्रेमिका ख़ुश्बू ओलीले यतिखेर भने उनले दिनेश अधिकारी चरीलाई विर्सइन। उनले नै नसम्झिएपछि चरीलाई अरुले के सम्झिरहुन् चरी र उनको सम्वन्धलाई देख्नेहरुले टिप्पणी गरेका छन्।

खुश्वु र सन्तोष कार्कीको बैबाहिक सम्बन्ध गाँसिंदै गर्दा याक एण्ड यति होटलमा भव्य पार्टी दिइएको छ। त्यहाँ यतिखेर न चरीको आवाज सुनिन्छ बरु चराका प्रजाती कुखुराका साप्रा र विदेशी मदिराको चुस्कीको स्वाद साट्ने काम मात्र हुन थालेको छ।
hamrakura

काठमाण्डु, २९ फागुन– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले डेढ महिनाअघि विवाह बन्धनमा बाँधिएका आफ्ना छोरी ज्वाइँलाई वधाईसहित उनीहरुको विवाहलाई स्वीकृति दिएका छन् ।
शनिबार विवाह बन्धनमा वाँधिएका छोरी र ज्वाइँलाई रातो टिका लगाइदिँदै विप्लवले स्वीकृति दिएका हुन् ।
विप्लव पुत्री सञ्जुले पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्तासँग डेढ महिनाअघि भागेर विवाह गरेकी थिइन् । विप्लवले यो विवाह प्रक्रियालाई मान्यता नदिएको भन्दै केही महिनाअघि समाचार बाहिर आएको थियो ।
सुनसरी घर भई अृमत साइन्स क्याम्पसमा बिएस्सी अध्ययनरत विनोद लुइँटेलले विप्लव पुत्री सञ्जुले विवाह गरेकी थिइन् ।

विनोदले भने आफूहरु लामो समयदेखि प्रेममा रहेको र चन्द परिवारले स्वीकृति नदिएपछि भागेर विवाह गरेको बताउँदै आएका थिए ।
विनोदले सञ्जुलाई राजधानीबाट सुनसरी लगेर उतै परम्परागत विवाह गरेका थिए ।
kathmandutoday


मनोविज्ञहरुले बिहान छिटो उठ्ने मानिसहरुले आफ्नो पार्टनरलाई धोका दिने सम्भावना बढि हुने दाबी गरेका छन् । अमेरिकी विज्ञहरुले गरेको अध्ययनका क्रममा मानिसहरुबीचको नैतिक निर्णय तथा निदाउन चाहने समयबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।





उल्लु र भारद्वाजको नैतिकता शीर्षकको उक्त अध्ययनमा शोधकर्ताले विहानै उठ्ने भारद्वाज चरा रुपी महिला(पुरुष तथा रात छिप्पिएपछि मात्र सक्रिय हुने उल्लु चरा रुपी मानिस जो बिहान ढिलो उठ्छन् र रातमा पनि ढिलै सुत्छन् त्यस्तामा फरक तहको इमान्दारिता हुने बताएका छन् ।

मनोविज्ञहरुका अनुसार मानिस त्यसबेला सबैभन्दा इमान्दार हुन्छ जब ऊ सबैभन्दा बढि उर्जाशील हुन्छ, त्यसैले रातमा उल्लु सबैभन्दा बढि इमान्दार हुन्छ ।

शोधका अनुसार मानिसको शरीरको जैविक घडी दुइ समयमा आबद्ध भएको हुन्छ । त्यसैले बढि नैतिक भनिने मानिसहरुमा बिहान अबेर मात्र उठ्ने बानी परेको हुन्छ ।

शोधकर्ताहरुका अनुसार विहान सबेरै उठ्ने मानिसमा विहानका केही घण्टा उर्जा बढि हुने भएपनि दिन बित्दै जाँदा उनीहरुमा इमान्दारिताको तह घट्दै जान्छ । दिन ढल्किँदै जाँदा उनीहरुमा धोकाधडी तथा झुट वचन बोल्ने सम्भावना समेत चुलिँदै जान्छ ।


News24Nepal

1 दाँत सेतो सफा राख्नुस्- अध्ययनले के देखाएको छ भने सफा सेता तथा मिलेका दन्तलहरले मानिसलाई बढि आकर्षक देखाउँछ ।
चम्किलो छालाका लागि फलफूल् तथा सागपातको पर्याप्त सेवन गर्नुस्- अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ ।
2 मुस्कुराउनुहोस्- खुसी तथा मुस्कान खासगरी महिलाहरुको हकमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र नै हो । तर पुरुषको हकमा भने मुस्कानले खासै आकर्षणको अर्थ राख्दैन ।
3 गम्भीर मुद्रा र भद्र स्वभाव- मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन् । युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो ।


4 क्षणिक सम्बन्ध चाहनुभएको हो रु त्यसोभए हल्का भइदिनुस्- यो भन्दा अप्ठेरो लाग्छ । तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन् ।



5 दाह्री खौरिनुहोस्- महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ रु यदि त्यसो हो भने दाह्री खौरिनुहोस् । अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन् ।
6 रातो लिपस्टिक लगाउनुहोस्-अध्ययन अनुसार महिलाको सरीरको सबैभन्दा आकर्षक अंग उनको ओठ नै हो र ओठमा रातो रंगको लाली लगाएका महिलाहरु पुरुषलाई कामोत्तेजक लाग्छन् ।

7  सरप्राइज दिनुहोस्- एक अध्ययन अनुसार आफुलाई कुनै पुरुषले कति धेरै मन पराउँछ वा आफुप्रति कति धेरै आशक्त छ भन्ने कुराको थाहा नहुन्जेल कुनै पनि महिलाले उक्त पुरुषलाई बढि आकर्षक ठान्छिन्, जति त्यस्तो कुरा थाहा पाएपछि ठान्नेछिन् ।
8 टी लेखेको टिसर्ट लगाउनुहोस्- वास्तवमा यो कुनै मनगढन्ते कुरा होइन । बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले अगाडि पट्टि ठूलो आकारको टी अक्षर प्रिन्ट भएको टिसर्ट लगाउने पुरुषहरु महिलाका लागि बढि आकर्षक बन्दछन् । यस्तो टिसर्टले महिलामा केही भ्रम सिर्जना गर्छ, जस्तै छाति चौडा देखाउँछ, कम्मर सानो देखाउँछ तथा भी सेपको सेक्सी फिगर देखाइदिन्छ । यस्तो विशेषतायुक्त पुरुष महिलाको रोजाइमा पर्छन् । उल्टो टी लेखेको टिसर्ट लगाएका पुरुषहरु त्यसको विपरित भने महिलाको आकर्षणमा नपर्ने अध्ययनले देखाएको छ ।

9 अलि तिखो बोली बोल्नुस्- यो कुरा महिलाको हकमा लागु हुन्छ । आफुले मन पराएको युवकलाई आफुतर्फ आकषिर्त गर्नका लागि महिलाहरुले आफ्नो आवाजको तिखोपना केही बढाउनुपर्ने हुन्छ । बढि तिखो बोली हुने महिलाको जिउ कम भद्दा हुने विश्वास पुरुषहरुमा हुने भएकाले महिलाहरुको आकर्षणमा वृद्धि हुने युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले बताएका छन् ।

10 गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस्क-म तनाव लिने पुरुषहरुलाई महिलाले बढि मन पराउने एक अध्ययनले देखाएको छ । तनाव कम लिने र सधै रिल्याक्समा रहने पुरुषले तनावयुक्त वातावरणको व्यवस्थापन गर्न सक्ने र उसको वंशाणुगत सक्षमण भावी बच्चामा पनि स्थानान्तरण हुने विश्वास महिलाहरुमा हुन्छन् ।News24Nepal

२०७२ फाल्गुन २७ बिहीवार

घोराही: आठ वर्षकी थिइन् विमला चौधरी । एक दिन उनका बुबाले काखमा लिएर माया गर्दै भने, 'तेरो खुट्टामा चप्पल पनि छैन, फेर्ने कपडा पनि छैन, हाम्रो घरमा खाने करा पनि छैन' उनले स'निरहिन् 'जिम्दारको घरमा बस्, राम्रो खान पाइन्छ, लुगा पनि राम्रो दिन्छन्, जुत्ता चप्पल किनिदिन्छन्।'

'ओहो, मिठो खाने अनि राम्रो लगा लगाउने? अनि त्यो छाप्रोबाट जमिन्दारको घरमा बस्ने !' विमला मख्ख परिन् । अनि बस्न राजी भइन्। बाबले अर्को दिन गाउँकै जमिन्दारको घरमा लगिदिए । साँझ दूध र भात दिए, त्यो खाइन्। पछि पो उनलाई थाहा भो, त्यो दूध र भात त जमिन्दारका छोराछोरीले खाएर फालेको पो रहेछ।


मुछेको थियो 'त्यो बेला जुठोसुठोको के मतलब, मिठो खान पाए पग्थ्यो।' अलिअलि उनी बुझ्ने हुँदै गइन्। गाउँबाट उनलाई घोराही बजारमा 'सरुवा' गरिएको थियो, जमिन्दारको छोरीका घरमा । त्यसपछि बल्ल उनलाई थाहा भो, 'म त कम्लहरी भएको भएको रैछ।'

तीन वर्ष घोराहीमा कम्लहरी बसेपछि फेरि जमिन्दारकी अर्की छोरीको घर बटवलमा 'सरुवा' भो, सुत्केरी स्याहार्न। करिब तीन वर्ष उनले बुटवलमा भाँडा माझिन्। गाउँमा ती बालिकाले जमिन्दारका भाँडा माझ्थिन्। गोठालो जान्थिन् अनि घाँस दाउरा र भकारो सोहर्ने काम थियो।

उनी सानै थिइन्। जमिन्दारका छोराछोरी पलङमा सत्थे। उनलाई भुँइमा सुताइन्थ्यो। एक दिन उनले डर लाग्दो सपना देखिन्। ब्युँझिँदा भूइँ चिसो थियो। उनले ओछ्यानमै पिसाब गरिछन्। त्यसपछि उनले धेरै कुटाइ खाइन्। गाली पनि पाइन्।

सजाय, उनलाई बैठककोठाको भुँइमा सुताइयो। 'कम्लहरी न थिएँ, हरेक दिनको पीडा कसरी भन्न सकुँला र?' ती दिन सम्झिदाँ अहिले पनि उनी भावुक हुन्छिन्।आज यी विमला चौधरी 'घ'म्ने मेच'मा बस्छिन्।

पश्चिम नेपालमा मुक्त भएका करिब साढे १२ हजार मुक्त कम्लहरीको अगवा भएकी छन् । कक्षा १२ मा व्यवस्थापन पढ्दै गरेकी यी पूर्व कम्लहरी किशोरी अहिले 'मुक्त कम्लहरी विकास मञ्च' की पूर्व अध्यक्ष हुन्।

मुक्त भएका कम्लहरीको जीवन व्यवस्थापन र अरूको घरमा बसिरहेका कम्लहरीलाई मुक्त गर्ने अभियान चालेको यो संस्थाले अहिले पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गरिरहेको छ।बुटवलमा कम्लहरी भएकै बखत उनलाई मुक्त कम्लहरीको क्षेत्रमा काम गर्दै आएको 'एफएनसी' ले बटवलबाटै उद्धार गरेको थियो। त्यसपछि उनी केही समय घरमै बसिन्।

कम्लहरी बसेबाफत उनलाई वर्षको पाँच हजार दिइन्थ्यो। त्यो टट्यो । घरमा बबाआमाको कचकच सर हन थाल्यो। त्यसपछि बबा कमाउन विदेश पसे। अर्का दाइ पनि विदेशिए। त्यसपछि फेरि एफएनसीकै पहलमा उनी हापरको उच्चमावि निघवारमा कक्षा ६ मा भर्ना भइन्।

'पढ्ने रहर त सानैदेखि थियो नि', उनले भनिन्, 'कम्लहरी बस्दाबस्दै पनि पढिरहेको थिएँ।' पढ्ने चाहनालाई कसले रोक्ने? कम्लहरी छँदै उनले बबालाई भनेर गाउँकै स्कलमा नाम लेखाएकी थिइन्। बिदा मिलाएर परीक्षा मात्रै दिन आउँथिन्। त्यस्तै गरेर उनले कक्षा पाँचसम्म पढिन्।

त्यसपछि एक दिन मालिकले थाहा पाएर गाली गरे, ‘कम्लहरीले पनि पढ्ने? भोलि अर्काको घरमा जाने जात, पढेर के हन्छ?' त्यसपछि उनको पढाइ एक वर्ष रोकियो। अर्को वर्ष उद्धार भएपछि सीधै कक्षा ६ मा भर्ना भइन्। त्यसपछि त्यही स्कलबाट एसएलसी गरिन्। लगत्तै २०७० सालमा उनी मुक्त कम्लहरी विकास मञ्चको अध्यक्ष भएकी छन्।
सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नुपर्ने छ। २०७० सालमा उनी अध्यक्ष हुँदा यो संस्था अस्तव्यस्त थियो। १८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष !
'अब त जिम्मेवारी पनि बढेको छ, यतिका दिदीबहिनीको भविष्यको जिम्मेवारी छ' भर्खरै २१ लागेकी यी पूर्वकम्लहरी भन्छिन्, 'सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नपर्ने छ।' २०७० सालमा उनी अध्यक्ष हँदा यो संस्था अस्तव्यस्त थियो।

१८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष ! धेरैले विश्वास पनि गरेनन् अनि पत्याएनन् पनि। धेरै विरोध पनि भयो। तर पनि उनले हिम्मत हारिनन्। 'अहिले धेरै सम्हालेकी छ, सबै दाताहरूले सहयोग पनि गरेका छन्, धेरै पूर्वकम्लहरी व्यवस्थित पनि भएका छन्।'

पाँच जिल्लामा विद्यालय गइरहेका करिब ४ हजार मुक्त कम्लहरी, छरिएर रहेका उमेर पगेकाहरूको सीपमूलक तालिमको व्यवस्थापन, पाँच जिल्लामा करिब ३ सय २४ जना कम्लहरीको उद्धार गर्नपर्नेलगायत धेरै जिम्मेवारी छन् उनका। अहिले व्यवस्थापन संकायमा प्लस टु गरिरहेकी उनको लक्ष्य छ, सफल व्यवस्थापक बन्ने। ‘म व्यवस्थाक नै बन्छ होला' कर्सीमा घम्दै उनले भनिन्, ‘आफ्नो क्षेत्र पनि यही पर् यो, राम्रो व्यवस्थापकको जहाँ पनि कमी नै हन्छ।'

विभिन्न संघसंस्थाले दिएको तालिम अनि अवसरले उनको आत्मबल पनि बढेको छ । व्यक्तित्व विकास पनि भएको छ। ‘कम्लहरी बसेको मान्छे, नयाँ मान्छे र नयाँ ठाउँमा बोल्न डर लाग्थ्यो । पछि बानी पर्यो', विमला भन्छिन्, 'अब त आत्मबल पनि बढेको छ। धेरै कुरा जानियो अनि सिकियो जस्तो लाग्छ।'
annapurnapost


चर्चित पप गायिका लेडी गागाले फेब्रुअरी २८ मा सम्पन्न ओस्कार अवार्डमा ५० यौन शोषणामा परेका पीडितसँग प्रस्तुति दिइन् । अवार्डपछि मात्र उनको परिवारलाई थाहा भयो, गागा पनि यौन शोषण पीडित हुन् ।

बताइएनअुसार लेडी गागा १९ वर्षको छँदा उनी बलात्कृत भएकी थिइन् । तर, उनले १० वर्षअघिको यो घटना आफ्नो परिवारलाई अहिलेसम्म भनेकी रहिनछन् ।

अवार्डपछि उनले इन्स्टाग्राममा लेखेकी छिन्,‘म साह्रै लजाएकी र डराएकी थिएँ । म पीडित छु भनेर जान्न मलाई धेरै वर्ष लाग्यो । मलाई ममाथि यस्तो हुनु भनेको गलत हो भन्ने पनि थाहा थियो । तर पनि मलाई लाग्थ्यो, म बलात्कृत हुनुमा मेरै गल्ती छ । किनकी म क्याथोलिक हुँ ।’

इन्स्टाग्रामबाटै उनले अवार्डपछि आफूले हजुरआमा र काकीलाई फोन गरेर सुनाएको र उनीहरुले बहादुरीको तारिफ गरेको उल्लेख गरेकी छिन् ।setopati

कुशको औंठीबाट स्वयंवर
पहेलै सुनका गरगहना र सुनबुट्टे सारी चोलीमा सिंगारिएकी बेहुली, लाखौंका सयौं गाडीको लावालस्करमा जन्तीसहित सजिएर बेहुली लिन जाने बेहुला। कसैको विवाह वा बेहुला बेहुलीभन्दा झट्ट सबैको मनमा आउने दृश्य हो यो।
तर बुटवलमा सनिबार यस्तो विवाह भयो जुन विवाहमा नत बेहुला पक्षबाट गरगहना किनिए नत बेहुली पक्षबाट दाईजो वा महंगा उपहार नै। एउटै मण्डपबाट सम्पन्न भएका दुई जोडी बेहुला बेहुलीको विवाह कार्यमा कुशको औंठीबाट स्वयंवर गरियो भने कुनैपनि सुनका गरगहना प्रयोग भएनन्।
परम्पराको नाममा पछिल्लो समयमा बढ्दै गएको फेसन तथा गरगहनाको प्रयोगले विवाह जस्तो पवित्र कार्यलाई अत्यन्त भड्किलो बनाएको भन्दै बेहुला जनार्दन न्यौपाने र सुन्दर भण्डारी तथा बेहुली यशोदा ओस्ती र समिक्षा डोटेलले सुन र दाईजो रहित विवाह गरेका हुन्।
बेहुलीले बेहुलालाई कुशको औंठी लगाईदिंदा बेहुलाले कुश संगै पोतेबाट बनाईएको औंठी लगाएर स्वयंवर गरेका थिए। ढाकाको चोली र सारीमा सजिएका बेहुलीले लगाएका सबै गरगहनामा पोते प्रयोग गरिएको थियो।
श्रीकृष्ण गण्डकी २ स्याङजाका न्यौपाने र रामपुर १५ पाल्पाकी ओस्ती र मालुङगा ८ स्याङजाका भण्डारी र चापाकोट ६ स्याङजाकी डोटेलका विचमा एउटै मण्डपबाट अन्य भन्दा फरक र नौलो विवाह भएको हो।
दुई व्यक्ति मात्र होईन दुई परिवारलाई एकआपसमा जोड्ने कार्यको रुपमा रहेको विवाहकै कारण कतिपय परिवारहरु जीवनभर सन्तानको विवाहको ऋण तिर्न नसक्दा घरबार नै बेच्नुपर्ने अवस्थामा पुग्ने गरेको भन्दै विवाहको गलत संस्कारलाई चिर्न यसप्रकारको विवाह गरिएको न्यौपाने बताउँछन्।
विवाहमा गरिने तडकभडक र होडबाजीले समाजमा धनी र गरिबको विचको खाडल झनै गहिरिँदै गएको भन्दै विवाहलाई गरगहना र धनदौलत प्रदर्शन गर्ने नभई दुई सम्बन्धलाई जोड्ने पवित्र कार्यको रुपमा विकास गर्नुपर्ने भण्डारी बताउँछन्।
विवाहका सबै विधीसहित १४ जना पण्डित र बटुकबाट स्वस्ती बाचन गरिएको उक्त विवाहमा चार परिवारको चार स्थानमा गरिने भोज समेत एकै स्थानमा गरिएको थियो।
तर विवाहको भोजको खर्च समेत बेहुली पक्षलाई बेहोर्न बन्देज लगाईएको थियो। ‘जन्म दिएर हुर्काएको छोरी जिम्मा लगाउनु जस्तो महान कार्य अरु केहि हुनै सक्दैन त्यसैमाथि आर्थिक बोझ लगाउनु महान पाप हो,’ न्यौपानेले भने।
बेहुली पक्षले बेहुलीलाई विदाई संगै बेहुला पक्षलाई गरिने टिकाटालो र दक्षिणा दिन रोक थियो। त्यसको साटो बेहुला पक्षबाट सबै जन्तीलाई रामनामी खादा, रुद्राक्ष माला र श्रीमद्भागवत गिता पुस्तक उपहार दिईयो।
‘धनले मानिसलाई लोभ र पाप कर्ममा उन्मुख गराउँछ पवित्र गिता र रुद्राक्षले मानिसलाई ज्ञानी र सत्कर्ममा लाग्न प्रेरणा दिन्छ। हाम्रो उद्देश्य लोभ र पाप बढाउनु होईन मानिसलाई ज्ञान र सत्कर्मको बाटोमा लाग्न प्रेरणा दिनु हो,’ न्यौपानेले तर्क गरे।
ज्योतिषशास्त्रमा आचार्य गरेका न्यौपाने र शिक्षा संकायमा अंग्रेजी विषयबाट मास्टर्स गरेका भण्डारी दुवैले स्थानीय लुम्बिनी टेलिभिजनमा धार्मिक कार्यक्रम समेत संचालन गर्दछन् भने बेहुली दुवैले व्यवस्थापनमा स्नातक गरेका छन्।
सानैदेखि सामाजिक क्षेत्रमा उत्साहित न्यौपानेले विवाहमा हुने अन्य फजुल खर्च कटाएर विभिन्न क्षेत्रमा सहयोग समेत गरेका छन्। न्यौपानेले आर्थिक रुपमा अत्यन्त कमजोर तथा जेहेन्दार दुईजना विद्यार्थी रुपन्देहीको जनजागृती मावि कक्षा ६ मा पढ्ने अर्जुन थारुलाई २५ हजार र कालिका उच्च मावि बुटवलमा कक्षा ९ मा पढ्ने रिना रैदासलाई २६ हजार रूपैयाँ प्रदान गरेका छन्।
त्यस्तै स्याङजा र पाल्पाको संगमस्थल राम्दीमा निर्माण हुँदै गरेको गौशालाको लागि १ लाख रुपैया प्रदान गरेका छन्। न्यौपानेले आफ्नो बुवा स्व. मोहनीलाल न्यौपानेको दमको कारण निधन भएको भन्दै बुवाको नाममा प्रतिष्ठान संचालन गरी दमका विरामीहरुको उपचारमा सहयोग गर्ने घोषणा समेत गरेका छन्।
हाम्रो चाहना अभियान र उत्साह, गहना र दाईजो रहित आध्यात्मिक विवाह भन्ने नारासहित सम्पन्न भएको सो विवाहमा विभिन्न क्षेत्रका व्यक्तिहरुबाट साहित्यीक, सांस्कृतिक एवं आध्यात्मिक प्रवचन समेत गरिएको थियो।
सो विवाह कार्यमा अखिल भारतीय हरीव्यासी निर्वाणी अखडा वृन्दावनका नारायणदास नागाजी, कौशिकजी महाराज, गोव्रती योगी सोमराजजी महाराज, कृष्ण गण्डकी आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष्ँ चैतन्य कृष्ण, धर्म जागरण अभियानका संयोजक शंकर पाण्डे लगायतले धार्मिक प्रवचन दिएका थिए।
setopati

काडमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कान्छी छोरी आकृति कार्कीको बिहे गरेका छन् ।
काठमाडौको थापागाउँ निवाशी प्रवल थापासँग आकृतिको विवाह भएको हो । प्र्रवल सामान्य ब्यापारी हुन् । उनले राजधानीमा एक डिपोर्टमेन्टल स्टोर सञ्चालन गर्दै आएका छन् ।

शनिवार अख्तियार हेड्क्वार्टर टंगालमा आयोजित कार्कीको कान्छी छोरीको विवाहमा राजनीतिक दलका नेता तथा सरकारका उच्च पदस्थ अधिकारीहरु देखिएनन् ।

बेहुला पक्ष ५१ जना जन्ती लिएर टंगाल पुगेका थिए भने बेहुली पक्षका परिवार र आफन्तसहित करिब एक सय जना उपस्थित थिए ।
विहेभोजमा कार्कीले शाकाहारी खानामात्र उपलब्ध गराएका थिए । बिहेमा सहभागी एक आफन्तले भने, ‘बियर वा जुस केही पनि सर्भ गरिएन, विवाह सामान्य खालको थियो ।’

समाजिक सुधार ऐनलाई आफैंबाट शुरु गर्नुपर्ने भन्दै कार्कीले छोरी ज्वाईँलाई कुनै उपहार नदिई आशिर्वाद मात्रै दिएका थिए ।
केहि दिनअघि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईपुत्री मानुषी यमीको पनि यस्तै खालको विवाह भएको थियो । जुन वैवाहिक समारोहमा आशीर्वाद दिन लोकमान पनि पुगेका थिए ।
ratopati

काठमाडौं, २० फागुन । १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापाका दुर्लभ तस्वीहरु सार्वजनिक भएका छन् ।
विद्यार्थी आन्दोलनका अगुवा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि लडेका नेता थापाका केही पुराना तस्वीर सार्वजनिक भएका हुन् । जसमा उनको योगदान र संघर्ष झल्किएको छ ।

परिवर्तनका लागि भएका आन्दोलनका क्रममा थापा थुप्रैपटक पक्राउ तथा जेल परेका थिए ।
अहिले कांग्रेस मात्र नभई सिंगो नेपाली युवामाझ लोकप्रिय नेता थापा १३ औं महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् । उनको पक्षमा थुप्रै नेता कार्यकर्ता उभिएका छन् ।
बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफूमा विपीको रगत नभएको र नशा नशामा विपी विचार बगेको बताएका थिए ।
dainiknepal

नेपाली फुटवलका चर्चित खेलाडी भोला सिलवालले लगन गाठो कसेका छन। विराटनगरकी एलीजा आचार्यसंगको चार वर्षे प्रेमलाई भोलाले सोमवार लगन गाठो कसेका हुन ।
राष्ट्रिय फुटवल टिममा ११ वर्षयता खेलीरहेका १७ नम्वर जर्सिका भोलाले फा
ल्गुन १७ गते वीवीए अध्ययनरत एलीजासंग विवाह गरेर लक्की नम्वर बनाएका हुन । नेपाल पुलिस क्लवका उपकप्तान समेत रहेका भोला नेपाली फुटवलमा लामो समय टिकेर खेल्ने लोकप्रिय खेलाडी हुन ।
भोलाको विवाहमा सहकर्मी रविन श्रेष्ठ सहित उनका विराटनगरका साथीभाई ईष्टमित्रहरुको बाक्लो उपस्थिति थियो। फ्रेव्रुवरी २९ अर्थात हरेक चार वर्षमा एक पटक मात्र आउने सोमवारको दिन‘लिप ईयर’मा विवाह गरेका भोलाले अर्को संयोग जुराएका छन ।
nepaljapan

काठमाडौँ, १८ फागुन - पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी केही दिनअघि भेट भएका छन्।

पारसको फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोह उनीहरु भेट भएका हुन्। विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका छन्।

२०७१ को १९ चैतमा पूर्व युवराज पारस नेपाल फर्किए पनि उनको हिमानीसँगको सम्बन्ध राम्रो छैन। पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन्। थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो।

युवराज भएपछि एभरेस्ट होटलमा आफ्नी श्रीमती हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै विगतमा नै पारस विवादमा तानिएका थिए। हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि सो घटना गुपचुप नै राखिएको थियो।

२०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो। बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए।

पारस थाइल्यान्डमा रहँदा पनि उनी पटक पटक लागू पदार्थ राखेको अभियोगमा समातिए, जेलसमेत परे। हिमानी भने काठमाडौँमा रहेर समाजसेवामा लागिन्। थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन्।

पहिलो पोस्टबाट

स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए।

तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो। प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे। नयाँ पत्रिका दैनिकमा समाचार छ।

१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए। शनिबार मन्दिरमा बिहेको तयारी थियो। बिहान उनी दाह्री काट्ने तयारीमा लागे। प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन्।

मेकअफ गर्न हिडेकी प्रेमिका फर्किनन्

 बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे। तर, फोन स्विच अफ थियो।

तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए। त्यसपछि उनी प्रहरीकहाँ पुगे।  गोरखा घर बताउने ती २२ वर्षीया युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन्।

तीन महिनाअघि चिनजानले डुबायो

३५ वर्षीय पाैडेल पाँच वर्ष दुबई बसेर नेपाल फर्किएका हुन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा पाैडेल खाजा घर खोलेका थिए। त्यही खाजाघरमा सुषमासंग उनको करिब तीन महिना अघि चिनजान भएको हो।

पौडेललाई यसरी फसाइन् प्रेमिकाले

सुषमाले आफ्ना  बुबाआमा बितिसकेकाले नारायणघाटस्थित मामाले आफ्नो बिहे गरिदिने बताइन्। मामा धनी व्यक्ति भएकाले देखाउनका लागि मात्र भएपनि केही गहना चाहिने बताइन्। पौडेलले पनि केही किने भने केही आफन्तसंग मागेर गहना सुषमालाई दिएका थिए। तर सुषमाले त्यही गहना फुत्काउन तीन महिनासम्म प्रेमको नाटक गरेकी थिइन्। नक्कली प्रेममा पौडेलले करिब तीन लाख गुमेको छ। प्रेम र विवाहको नाममा युवतीले ठगी गरेको र उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणघाटका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए। setopati

 वैवाहिक जीवनभन्दा एकल जीवन उत्तम हुन्छ- विज्ञानले यसै भन्छ
सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ!
एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्। यसैक्रममा, ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका केहि फाइदाहरूलाई टिपोट गरेको छ।
“एकल व्यक्तिहरू अरूभन्दा लचिलो हुन सक्छन्”
विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्। सायद यो कुरा ठीकै हुन सक्छ, किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।
“एकल व्यक्तिहरू सामाजिक क्रियाकलापमा बढि अग्रसर हुन्छन्”
हुन पनि हो, अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्। पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।
“एकल व्यक्तिको व्यक्तिगत सम्बन्ध सच्चा हुन्छ”
हुन त एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ।
“अधिकांश एकल व्यक्तिहरू रचनात्मकता र मौलिकतामा ध्यान दिने खालका हुन्छन्”
शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।
“कसैको अनुमतीबिना नै स्वतन्त्र भएर हिँड्न पाउने व्यक्ति भनेको एकल व्यक्ति नै हो”
ल मानौँ, एक दिन तपाईँलाई कुम्लोकाम्लो बोकेर कतै यात्रा गर्न मन लाग्यो, अनि तपाईँ विवाहित हुनुहुन्छ। अब भन्नुहोस्, के तपाईँले त्यस्तो गर्ने स्वतन्त्रता पाउनुहुन्छ? तर यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपा‌ईँलाई कसले रोक्न सक्छ र?
एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन। सम्भावनाको सुनौलो अवसरले भरिएको यो जीवनलाई अझै खोतल्दै जाने मौका हो भन्न सकिन्छ एकल जीवनलाई। बिभिन्न् अनलाइनहरूबाट साभार
purbelinews

पूर्वयुवराज पारस शाह थाइल्यान्ड नगएको लामो समय भयो । तर, उनकी थाई प्रेमिका भनिएकी कन्निका चाइसान सामाजिक सञ्जाल फेसबुकमा विभिन्न अभिव्यक्ति दिएर नेपाली मिडियामा समाचार बनिरहेकी छिन् । केही दिनअघि कन्निकाले छोराले पारसलाई सम्झेको र आफूलाई नेपाल जान अनुरोध गरेको पोस्ट गरेपछि कन्निकाको भनाइलाई नेपाली अनलाइन मिडियाले प्राथमिकता दिए । कतिले त अपव्याख्या गर्दै कन्निकाले राखेको छोराको फोटो पारसको छोरा भएको पनि लेखे ।


कन्निकाले फेसबुकमा आफ्नो छोराको फोटो राखेर चर्चा कमाएको लामो समय नहुँदै बुधबार फेरि हिमानीलाई सम्झेर फेसबुकमा पोस्ट गरिन् । यसअघिका पोस्टमा जस्तै उनले बुधबार पनि हिमानीप्रति क्रोधित भएर रिस पोखेकी थिइन् । हिमानीको फेसबुकबाट तानिएको फोटो राख्दै कन्निकाले लेखेकी थिइन्, ‘को केटी हो यो रु मेरो जीवनसँग कहिल्यै खेलबाड नगर । तिमी आफ्ना सन्तानलाई माया गछ्र्यौ भने अरूका बालबालिकालाई पनि माया गर्नुपर्छ । अरूका बालबालिकाका अगाडि हिंसा नगर ।’
कन्निकाको रिस यत्तिमै शान्त भएन । उनले थप लेखिन्, ‘तिमीलाई थाहा होला, मेरो व्यक्तिगत जीवनमा तिमी आउन खोज्दा मैले बाल नदिएको तिमीलाई थाहा होला । कृपया तिमी समाजलाई भन, कसरी तिमी मेरो अगाडि निर्वस्त्र हुन सक्छ्यौ रु के यो हिन्दू धर्म हो रु उत्तर देऊ ।’
हिमानीलाई यी सब प्रश्न गर्नुको कारण के हो भन्ने कन्निकाले खुलाएकी छैनन् । तर, उनले हिमानीसँगको आक्रोश यतिमै सीमित राखिनन् । अर्को एउटा स्टाटस लेखेर कन्निकाले धर्मबारे प्रश्न उठाएकी छिन् । थाई भाषामा लेखिएको स्टाटसमा उनले लेखेकी छिन्, ‘धर्मले समाजलाई ध्वस्त बनाउँदै छ, तर म त्यो कम्पनीमा छैन । हामीले सत्य थाहा नपाउँदासम्म बोल्दा केही हुँदैन । म हिम्मत गर्न सक्छु ।’ उनको यो स्टाटस हिमानीबारे लक्षित हो या होइन केही बुझिँदैन । तर, उनले हिमानीको फोटो राखेको पोस्टमा पनि धर्मकै विषय उठाएकाले यी दुई स्टाटसबीच कुनै न कुनै समानता भएको अनुमान लगाउन सकिन्छ ।
तर, बुधबार हिमानीको फोटो राखेर कन्निकाले लेखेको पोस्ट लामो समय राखिनन् । केही समयपछि उनको फेसबुक टाइमलाइन स्क्रल गर्दा त्यो पोस्ट ‘डिलिट’ भइसकेको थियो । बरु, उनले अर्कै फोटो राखेकी थिइन् ।
जे होस्, अहिले पनि वेलावेला पारस र हिमानीलाई सम्झिएर कन्निकाले आफ्नो ह्याङ अझै बाँकी रहेको जनाउ दिइसकेकी छिन् ।-नयाँ पत्रिका



काठमाण्डु, १२ फागुन– ‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’
माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् । तर पति प्रकाशले अखिल नेतृ बिना मगरलाई तेस्री पत्नी बनाएपछि उनी एक्लो छोरासहित केही वर्षदेखि माइतीमै बस्दै आएकी छन् ।
उक्त बैठकमा पूर्वसांसद दुर्गा विकले समेत भक्कानिँदै सिर्जनाको पक्षमा केही कुरा राखेकी थिइन । उनको भनाइ थियो –पार्टीमा हाम्रै साथीहरुमाथि यस्तो घोर अन्याय भएको छ भने हामीले न्याय खोज्न कहाँ जाने ? यो पार्टीमा लाग्नुपर्छ भनेर कसलाई सम्झाउने ?
जनमोर्चाबाट माओवादी बन्न पुगेकी निर्मला सुवेदीको पनि यस्तै धारणा थियो । जनआस्था साप्ताहिकबाट
kathmandutoday

धादिङको त्रिपुरेश्वर गैरिगाउँमा गाविसमा वि.सं २०३५ सालमा जन्मिएका अन्जान थापा (कुमार) एउटा सामान्य सैनीक परिवारका जेठा छोरा हुन् । अन्जानबाहेक आमा, बुवा, एक भाई र एउटी दिदि छन् । पढ्नमा सामान्य अन्जान एउटा ख्यातीप्राप्त व्यक्ति बन्न चाहान्थे । सपनाहरुको ठुलै थैलो बोकेर वि.सं २०५० सालमा रित्तो हात काठमाडौ छिरेका अन्जानले क्याम्पस जीवनमा पैसाको अभाव झेल्नुपर्दा जागिरको अभिलाषमा निकै तनावको सामना गरे । तर गाउँका एकजना जानपहिचानका दाईले ट्रेकिङ अफिसमा झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डसंग हिड्ने जागिर लगाईदिए । टुरिस्टको झोला बोकेर जीवन संघर्ष सुरु गरेका अन्जानको झोले जागिरदेखि अरबपतिसम्मको यात्राको विषयमा  पत्रकार नबराज कुँवरले कुराकानी गरेका छ्न । प्रस्तुत छ सोहि कुराकानीमा आधारित यो सामग्री


बुबाको चाहना आर्मी बनाउने

हो, धादिङबाट २०५० सालमा म काठमाडौँ छिर्दा मसंग ‘मेरो भन्नु’ केही थिएन । हुन त मलाई सामान्य आर्थिक सहायताको लागि मेरा बुवा हुनुहुन्थ्यो । मेरो पारिवारिक आर्थिक पृष्ठभुमी सामान्य थियो । ‘धेरै भएका’हरुमा पनि हामी पर्दैन थियौँ र ‘हुँदै नहुने’मा पनि पर्दैनथ्यौँ । बुवाले सामान्य सपोर्ट गर्ने भने पनि म आफैँ केही गर्न चाहान्थेँ । बुबा मलाई आर्मी बनाउन चाहानुहुन्थ्यो । तर ‘म अन्जान थापा’ भनेर अरुको सामु आफ्नो छुट्टै पहिचान बनाउँन चाहान्थेँ । त्यसैले त आर्मीको जागिरप्रति विकर्षित थिएँ । मैले त्यो जागिर खाएँ भने म सँधै मेरै बुबाप्रति आश्रित हुनुपर्दथ्यो । त्यसैले मैले मेरो बुवाको ‘आर्मी जागिर खा’ भन्ने प्रस्ताव अस्वीकार गरेँ । धादीङको स्थानीय विद्यालयमा १० कक्षा उत्तिर्ण गरेपछि म पढ्नको लागि भनेर काठमाडौँ आएको थिएँ ।

पत्रकार बन्ने इच्छा
म आफ्नो परिचय विस्तार गर्न चाहान्थेँ । म पत्रकारीतामा इच्छुक थिएँ । त्यसैले म पत्रकारीता विषय लिएर २०५० सालमा आर आर क्याम्पमा भर्ना भएँ । तर तत्कालीन अवस्थाले मलाई पत्रकारीतापट्टि जान दिएन । म पत्रकारीताको सपनाको तिलाञ्जली दिएर तत्कालीन समस्या टार्नतिर लागेँ । मलाई रुपैयाँबाट आइपर्न सक्ने समस्याहरुदेखि सँधै डर लाग्थ्यो । तर संगसंगै मसित हिम्मत पनि थियो । यो भएन भने त्यो गर्छु भन्ने योजनासहित म काम सुरु गर्थेँ ।

भाडाको एउटा कोठामा ४ जना बस्थ्यौँ
डेरा जीवन त्यसै पनि कठीन नै हुन्छ । त्यतिबेला एउटा कोठामा चार जना बसिन्थ्यो । एउटै कोठामा बस्दा सस्तो पर्ने भएकाले भाई र दिदिहरुसहित चार जना बस्थ्यौँ । संधैभरि घरबाटमात्रै पैसा पठाएर घरमा दुख दिन मन लागेन । म अरुको भरमा जीवन धान्नै चाहान्न थिएँ । त्यसैले पैसाबाट आइलागेका मेरा तत्कालीन समस्याहरु समाधान गर्न मैले केही जागिर खानैपर्दथ्यो । त्यसैले मैले जागिर खोज्न सुरु गरेँ । तर जागिर भेट्न मुस्किल नै थियो ।


टुरिस्ट र गार्डको झोला बोक्ने जागिर पाएँ, तर बुबा जंगिनुभयो
एकजना चिनजानका दाईले ट्राभल एजेन्सीमा टुरिस्ट र गार्डको झोला बोक्ने जागिरमा लगाइदिनुभयो । त्यतिबेला अंगे्रजी पनि राम्रो थिएन त्यसैले गार्डकै रुपमा जिम्मेवारी पाउने संभावना पनि थिएन । आर्मीको कर्णेल मेरा बुवाले म झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डको पछि हिँडेको मन पराउनुभएन । उहाँ जंगिनुभयो, ‘तैले अरु काम पाइनस् रु पढ् खुरुखुरु’ । तर मलाई जसरी पनि आफ्नै खुट्टामा उभिनु थियो । १०/१५ हजारको जागिर पनि मलाई त्यतिबेला निकै महत्वपूर्ण थियो । मैले त्यहाँ इमान्दारीताका साथ काम गरिरहेँ । त्यतिबेलासम्म मैले यता आइए पनि सकाएँ ।

काम आफ्नै गर्नुपर्ने रहेछ
झोला बोक्दा बोक्दै भएपनि मेरो विदेशी पर्यटकहरुसंग हिमचीम बढ्यो । मैले आफ्नो अंग्रेजीमा नि इम्प्रुभ ल्याएँ । र पछि म टुरिस्ट गार्डको रुपमा काम गरेँ । त्यतिबेला म ती साहुहरुको आय विचार्थेँ । उनीहरु बसेरै पैसा कमाएको देख्थेँ । जस्तो सुकै दुख होस् मलाई पनि त्यस्तै भएर व्यवसाय गर्न मन थियो । म आफु काम गरेर धेरैलाई काम दिन सक्ने गरि व्यवसाय गर्न चाहान्थेँ । व्यवसायी बन्ने चक्करमा मैले आफ्नो पढाईलाई पनि अगाडी बढाउन सकिन ।

व्यवसाय गर्न पैसा थिएन
मैले व्यवसाय गर्न सोच बनाएपनि मसंग पर्याप्त पैसा थिएन । मैले घरमा पैसा मागे । सुरुमा केही प्रश्न र आशंका बुवाले गरेपनि पछि उहाँ केही रकम दिन तयार हुनुभयो । म त्यति धेरै खर्चालु थिइन । त्यसैले मैले पनि केही जोह गरेर राखेको रुपैयाँ र बुवाले पठाइदिएको रुपैयाँले व्यवसाय सुरु गरेँ । सन् २००० सालबाट मैले औपचारीक रुपमा आफ्नै टे«किङ कम्पनि खोलेँ । सुरुमा निकै चुनौतिहरु थिए ।

जापानमा लुक्ने प्रयास
सन् २००० सालमा मैले कम्पनि खोलेँ । लगत्तै मैले व्यवासयिक उद्धेश्यमा २००१ सालमा जापान घुम्न जाने अवसर पाएँ । म जापानमा साँच्चै राम्रो रहेछ भने उतै भागेर बस्ने विचारमा थिएँ । व्यवसाय ठीकै थियो, तर विदेशमा राम्रो हुन्छ भनेको सुनिन्थ्यो । त्यसैले जापान घुम्न गाको बेला ठीक लाग्यो भने उतै लुकेर बस्ने विचार गरेको थिएँ । तर जब म त्यहाँ पुगेँ मैले मेरै बुबाले भनेको आर्मीको जागिरभन्दा बन्धनपूर्ण देखेँ त्यहाँको अवस्था । म त स्वतन्त्ररुपमा आफ्नो परिचयका लागि आफ्नै समय निर्धारण गरि काम गर्न चाहान्थेँ । त्यसैले जापानमा लुकेर बस्ने चाहाना उतै सेलाएर म नेपाल फर्किएँ । र काम गर्न लागेँ । तपाई पत्याउनुहुन्न होला । म १५ घण्टाभन्दा ज्यादा काम गर्थेँ । आफ्नो व्यवसाय भनेपछि त्यसै पनि जाँगर चल्थ्यो । नेपालको राजनैतिक अवस्था त्यतिबेला सामान्य नै थियो । त्यसैले व्यवसायको अवस्था पनि ठीकै थियो । मैले व्यवसायबाट सन्तुष्टि पाउन थालेँ । म अझै काम गर्न थालेँ । चुनौतिहरु थिए । व्यवसायमा कैले काँही अप्ठेराहरु आउँथे । तर मैले त्यसको डटेर सामना गरेँ । केही वर्षको अन्तरालमा मैले होटल व्यवसायतर्फ पनि लगानी गरेँ । सामान्य ढंगले पर्यटकहरुका लागि होटल खोलेँ । पछि राम्रै हुँदै पाँचतारे होटल बनाएँ । त्यसबीचमा म निकै खटेँ ।



दुई दर्जनबढि देशको भ्रमण
व्यवसायिक रुपमा सफल हुँदै गएपछि मैले व्यवसायिक शिलशिलामा विभिन्न युरोपियन तथा गल्फ मुलुकहरु झण्डै दुई दर्जन देशको भ्रमण गरेको छु ।

तीन सय युवालाई रोजगारी
आज म पाँच वटा कम्पनिहरु ह्याण्डल गरिरहेको छु । जमलमा होटेल उडलेन्ड, ठमेलमा होली लज, आसाही ट्रेक नेपाल, स्वयम्भुमा हिमालयन इन्टरनेशनल योगा एकेडेमी र मन्टेश्वरी स्कुल संचालन गरिरहेको छु । मेरी श्रीमतीले मन्टेश्वरी स्कुल हेर्छिन् । एक छोरा र एक छोरी छन् त्यतापट्टिको जिम्मेवारी पूरा गर्दै पनि उनी काममा क्रियाशील छिन् ।

आज मेरो कम्पनिहरुमा ३ सय जना रोजगार छन् । म त्यो बेला सम्झन्छु, जतिबेला म एउटा टुरिष्टको झोला बोकेर अनि गार्ड भएर काठमाडौमा संघर्ष सुरु गरेँ । हुन त त्योभन्दा ठूला–ठूला संघर्षका कथा र सफलताहरु पनि हाम्रै सामु छन् । तर स्पष्ट कार्ययोजना, दृढता, जोखीम र साहस लिएर काममा लाग्न सक्ने हो भने यहाँ आफ्नो लागि आफैँ गर्न सकिने थुप्रै बाटाहरु रहेछन् भन्ने कुरा थाहा पाउँदैछु । म पुरै सफल भईसकेको म मान्दिन । भर्खर ३७ वर्ष भएँ । अझै धेरै गर्न बाँकी नै छ ।

हिँजोको सामान्य गाउँले केटो, आज गाउँ जाँदा भव्य स्वागत
हिँजो त्यही गाउँको एउटा सामान्य ठिटो आज म त्यहाँ जाँदा गाउँलेहरुले गाउँभरि भव्य स्वागत गर्नुहुन्छ । म गाउँको विकासमा पनि सक्रिय छु । गाउँ विकासका काममा लागि परेका विभिन्न संघसंस्थालाई म सकेजति सहयोग गर्नबाट पनि पछि हट्दिन । मैले मेरा होटल र अफिसहरुमा अधिकांश धादीङकै बेरोजगार युवाहरुलाई रोजगारी दिएको छु । उहाँहरुको बुवाआमाले म गाउँ जाँदा निकै आदरसम्मानले मेरो स्वागत गर्नुहुन्छ ।

समाजसेवामा इच्छा
म विभिन्न गैरनाफामूलक संस्था तथा समाजीक संघसंस्थाहरुमा आबद्ध थिएँ । टानको पदाधिकारी पदमै बसेर मैले केही समय काम गरेँ । नेपालमा गएको बैशाखमा गएको विनाशकारी भूकम्पबाट पिडित जनतालाई मैले आफुले सक्रिय भएर त्रिपाल, लत्ताकपडा र केही खानेकुराहरु वितरण गरेँ । म समाजसेवामा पनि सक्रिय रहन चाहान्छु । पैसामात्रै सबै कुरा हैन, यो आवश्यकता हो । तर मानवीयता सबैभन्दा ठूलो कुरा हो । त्यसको लागि समाजसेवा गर्नुपर्छ जस्तो लाग्छ ।

युवालाई मेरो सुझाव –‘नो रिक्स् नो गेन्’
हाम्रो देशमा अवसर र चुनौति बराबरी छन् । हुन त चुनौतिको सामना गर्न सकिएन भने निश्चय नै सफलता हात पार्न सकिदैन । आज दैनिक विदेश पलायन भईरहेका युवालाई म विदेश जाँदै नजानुस भन्न चाहान्न । किनकी सबैको आ–आफ्नो बाध्यताहरु हुन्छन् । तर विदेश गएर तपाईले सिकेका कुराहरु नेपालमा लागु गर्नुस् । तपाई विदेशमा जे काम पनि गर्न तयार हुनुहुन्छ तर नेपालमा चाहिँ कामलाई सानो र ठूलोमा बर्गिकरण गर्नुहुन्छ भने त्यही हो तपाईको प्रगतिको बाधक । ‘नो रिक्स् नो गेन’ भन्ने अंग्रेजी भनाई नै छ, अलिकति जोखीम जेमा पनि मोल्नैपर्छ ।
(साभार : राष्ट्रिय खबर)

काठमाडाैं । कलाकार निर शाहका दाजु खड्गविक्रम शाह राजा विरेन्द्रका भिनाजु हुन् । उनै खड्गविक्रम पनि २०५८ सालको हत्याकाण्डामा मारिए । तर, निर शाह दरबार र त्यहाँ भएका हत्याकाण्डलाई स्वभाविक मान्दैनन् । उनले दरबारलाई सामान्य विषय जटिल बनाइदिने र षडयन्त्रको मूल थलोको रुपमा बुझेका छन् । उनै शाहकसँगअन्नपूर्ण पोष्टका लागि पत्रकार नरेश ज्ञवालीले गरेको कुराकानी यस्तो छ :




दाजुको हत्या र मैले देखेको दरबार
केशव भट्टराईको सिनेमाले ५१ औं दिन पार गरेको खुसीयालीमा आयोजित समारोहमा म चलचित्र विकास कम्पनीमा थिएँ। रात छिप्पिँदै थियो, हामी रमाइलो गरिरहेका थियौं। अचानक राति ९स् ३० बजे मलाई एउटा फोन आयो(वीरेन्द्र सैनिक अस्पतालबाट।

फोन गर्नेले सबै कुरा स्पष्ट पार्न नपाउँदै म नराम्ररी झस्किएँ। त्यो राजदरबार हत्याकाण्ड भएको रात थियो। मेरा दाजु खड्गविक्रम शाह र भाउजु शारदाको पनि दरबारमा हत्या भएको थियो। म त्यहाँबाट तुरुन्त अस्पताल पुगेँ, तर मलाई त्यसको गुह्य कुरा खुट्याउन निकै समय लाग्यो।

मलाईसमेत त्यस घटनाबारे जानकारी दिइएको थिएन। सबै घटना लुकाइएको थियो । मेरा दाजु राजा वीरेन्द्रका भिनाजु हुनुहुन्थ्यो, त्यसैले उक्त रात आयोजना गरिएको पार्टीमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । जेठ १९, राति ९ः१५ बजे १

मेरा दाजु खड्कविक्रम शाह हाम्रो अभिवाक हुनुहुन्थ्यो । पिताजीको देहान्तपछि उहाँले नै हाम्रो परिवारको नेतृत्व सम्हाल्नुभएको थियो । मेरा हरेक क्रियाकलाप उहाँले नजिकदेखि नियाल्दै आउनुभएको थियो । नेपालको इतिहासमै भएको ठुलो हत्याकाण्डमा मेरा दाजु र भाउजुको पनि हत्या भएको थियो । राजदरबार हत्याकाण्डले चर्चित त्यो रात मेरा लागि जीवनकै भयावह रात हो । तर, ममाथि त अर्को बिहान पनि व्रजपात हुन बाँकी नै थियो । त्यो घटना सुनेर आमाको पनि देहान्त भयो । जेठ २०, दिउसो ३:३० बजे

मलाई आश्चर्य लाग्छ, दाजु(भाउजुको पोस्टमार्टम नै गरिएन, किन रु हत्या भएको जान्दाजान्दै पनि उहाँहरूको पोस्टमार्टम नगरिनुको खास कारण के थियो रु जबकि दाइ(भाउजुभन्दा पनि विशिष्ट व्यक्तिहरू मारिएका थिए। दाजु(भाउजुको मृत्युले थोरै पनि महत्व पाउन सकेन । हाम्रा लागि त्यो अकल्पनीय कुरा थियो।

त्यो समय अर्को पनि अनौठो घटना भयो । जसले हत्या गरेको हो भनियो, उसैलाई राजा घोषणा गरियो किन यदि हत्याकाण्ड मच्चाउने दीपेन्द्र नै हुन् भने राजालाई मार्ने मानिस राजा हुन पाउँछ  त्यस अकल्पनीय समयलाई अभिव्यक्त गर्ने शब्द मसँग छैन । यसबारे धेरै कुरा गर्न मन पनि लाग्दैन । तर, मानिसहरू यसैलाई कोट्याइरहन चाहन्छन्।।।।

दरबार मेरो नजरमा असामान्य स्थितिको सिर्जना गर्ने एउटा मुल थलो थियो । सामान्य रूपमा अगाडि बढ्न सक्ने कुरालाई जटिल बनाइदिने दरबारको विशेषता र कमजोरी, दुवै हो। दरबारले नेपाली जनतालाई दिन सक्ने धेरै कुरा हुन सक्थे । दरबारले नेपाली जनता र राष्ट्रका पक्षमा जे गर्न सक्थ्यो, त्यो कहिल्यै गर्न सकेन। आफ्नो अन्त्य नहुन्जेलसम्म पनि।

दरबारको अर्को ठुलो कमजोरी थियो। दरबार जहिले पनि संरक्षण दिन नहुने मानिसलाई संरक्षण दिन्थ्यो। राजा वीरेन्द्र विकासको पक्षमा हुनुहुन्थ्यो । त्यो उहाँको कार्यकालको सकारात्मक पक्ष हो। सही बाटोबाट उनी अगाडि बढ्न पाएको भए मुलुकले सकारात्मक मोड लिने थियो । तर, मुलुक र उनी सकारात्मक ढंगले अगाडि नबढुन् भनेर सक्रिय हुनेहरू पनि मैले दरबारमा देखेको छु।

जनतासँग प्रत्यक्ष सम्बन्ध नहुनु दरबारको ठुलो दुर्भाग्य हो। पछि राजाका रूपमा ज्ञानेन्द्र उदाए, उहाँबाट त्रुटि नै त्रुटि भए। एउटा गल्तीलाई छोप्न धेरै गल्ती उनले दोहोर्‍याए। समयले नै मुल्यांकन गरिसकेको मानिसबारे मैले के मुल्यांकन गर्नुरु तर, किङ वीरेन्द्र वाज अ भेरी गुड हार्टेड म्यान। त्यसमा कुनै शंका छैन। म उहाँलाई असल हृदय भएको मानिसका रूपमा सधैं सम्झिरहन्छु । तर, राजनीतिज्ञको रूपमा भने उहाँ असफल मान्छे हो ।
news24nepal

वीरगंज – मधेशी समुदायका एक युवा जोडीले बिना दाइजो वीरगंजमा आदर्श विवाह गरेर समाजलाई एउटा साकारात्मक संदेश दिएका छन् ।
वीरगंजको होटल सम्झनामा आज बारा जिल्ला बुनियाद गा.वी.स.वडा नं १ बलुवा बेहरा निवासी शंकर महतोको छोरा राम प्रवेश मण्डल र सोही जिल्ला दोहरी गा.वि.स. वडा नं १ निवासी रुपनारायण महतोको छोरी रविता मण्डल विच आदर्श विवाह सम्पन्न भएको हो ।

तराई मधेशमा दान दहेजको प्रथा भए पनि युवा जोडीले त्यस्ता कु प्रथामाथी चोटिलो प्रहार गर्दै बिना भोज भतेर विना दान दहेज आदर्श विवाह गरेका हुन् ।
विवाह समारोहमा दुलहाका पिता शंकर महतो दुल्हीको पिता रुपनारायण महतोका साथै स्थानिय भद्र भलादमीहरुको उपस्थीती रहेको थियो ।

दुल्हा एरोटेक कम्पनिको प्रोडक्सन ईन्चार्ज हुन भने दुलही स्नातक पास गरेकी शिक्षीत युवती हुन् ।
ratopati




स्वाभिमान :

राजनैतिक क्षेत्रको यो फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौ । अब यस्तो नयाँ पिडिको खाँचो छ, जसले यो मुलुकको गुमेको स्वभिमान फर्काई राष्ट्रलाई नयाँ गति देओस् । प्राथना गरौ । – आदित्य

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget