सिमरा गोल्डकपको उपाधि विजय युथलाई
फाल्गुन २९, बारा ।
रुपन्देही ११ लाई पराजित गर्दै विजय युथ क्लबले सातौं संस्करणको सिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
बाराको सिमरा रंगशालामा आज भएको फाईनलमा विजय युथले रुपन्देहीलाई ४–० गोलको फराकिलो अन्तरमा पराजित गर्यो । २१ औं मिनेटमा पहिलो गोल गरेका विमल रानाले ५९ औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ५८ औ मिनेटमा सुनिल वलले थप गोल गरे ।
उपाधिसंगै विजय युथले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । रुपन्देही ११ ले २ लाख ५० हजारमा चित्त बुझायो ।
radiokantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.