नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त

 नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त
हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
एक कार्यक्रमकाबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले मुन्द्रेलाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै उनले वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा खुशि व्यक्त गर्दै उनले निगमले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै मुन्द्रेले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारीस गर्ने संकल्प गरेका छन् । नेपाली अर्थतन्त्र र पर्यटन क्षेत्रको विकासमा वायु सेवा निगमको ठूलो भूमीका हुने भन्दै उनले सेवा विस्तार गर्नु पर्ने आवश्यकता पनि औँल्याएका छन् । कलाकारहरुको टोलीमार्फत विभिन्न साँस्कृतिक कार्यक्रम सञ्चालन गरेर पनि सेवाग्राहिहरुको संख्या बढाउन सकिने उनको भनाई छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget