Articles by "Sports"

इटहरी  / काकडभिट्टा ट्रेनिङ सेन्टर, इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंगालाई १–० गोल अन्तरले हराउँदै काकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुद्ध चेम्जोङ्गले पहिलो हाफको १६ औँ मिनेटमा नगेन लिम्बुको पासको सदुपयोग गर्दै गरेको गोल आजको खेलको निर्णयक गोल बन्न पुग्यो । आजको खेलको म्यान अफ द म्याच कञ्चनजङ्गा फुटबल क्लबका सिद्धान्त क्षेत्री घोसित भए । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार एफिएफ पूर्वाञ्चल र फ्यान्स क्लब बिआरसी भुटानबिच हुने छ ।
/purbelinews


२ चैत, एजेन्सी ।

सन् २०१६ को टी-२० विश्वकप आज देखि भारतमा शुरु हुँदैछ । आयोजक भारत र न्यूजिल्याण्डबीच केही बेरमा खेल शुरु हुनेछ । वर्ष २०१६ भारतीय कप्तान धोनीका लागि फलिफाप सावित भएको छ ।

न्यूजिल्याण्ड विरुद्ध १६ खेल खेलेका भोनीले ५८ को औषतमा ५८१ रन बनाएका छन् । उनको बेष्ट स्कोर ८४ छ । भारतका विराट कोहोलीले न्यूजिल्याण्डको विरुद्ध ११ पारी खेल्दै ५३ रनको औषतमा ५३३ रन बनाएका छन् । पछिल्लो समय भारतका युवराज पनि टी-२० को फर्ममा छन् ।

यद्यपी एक दिवसीय विश्वकपको गत सिजनको फाइनलिष्ट न्यूजिल्याण्ड भारतले कम आक्न सक्ने टिम होइन ।

न्यूजील्याण्डको टिममा धुवाँदार ब्याट्स्म्यान मानिने केही खेलाडीहरु भारतका लागि टाउको दुखाइ बनिरहेका छन् । न्यूजिल्याण्डका चर्चित ओपनर ब्राण्डेन म्याकुलमको सन्यासले भारतलाई केही राहत भएपनि मार्टिक गुपटिल सबैभन्दा खतरनाक ब्याट्सम्यान मानिन्छन् ।

त्यसैगरी न्यूजिल्याण्डकै कोलिन मुनरो पनि विष्फोटक ब्याटिङका लागि चर्चित छन् । गत वान डे विश्वकपको फाइनलमा २३७ रनको धवाँदार पारी खेलेका गुपटिलले जादु देखाएका थिए । त्यसैगरी मुनरो पनि पछिल्लो समय चम्किएका ब्याट्सम्यान हुन् ।

यी २ ब्याट्स्यान भारतको लागि टाउको दुखाइ हुन सक्ने ठानिएको छ ।

मुम्बई । आजदेखि भारतमा सुरु हुन लागेको टी-२० विश्वकप क्रिकेट अन्तर्गत मार्च १९ मा भारत र पाकिस्तानबीच ‘महाभिडन्त’ हुँदैछ ।
यो खेलको सबैले प्रतिक्षा गरिरहेका बेला पाकिस्तानकी एक अभिनेत्रीले भारत हारे आफू नाङ्गै नाच्ने घोषणा गरेकी छिन् । चर्चित पाकिस्तानी अभिनेत्री कन्दिल बलोचले भारतलाई पाकिस्तानले हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गर्दै आफ्नो भिडियामा भारतलाई हराउन खेलाडीहरुलाई अपिल समेत गरेकी छिन् ।
कन्दिल बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको भनेकी छिन् । उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी छिन् ।
पाकिस्तानले जितेपछि आफू कप्तान शाहिदले जे भन्यो त्यही मान्न तयार रहेको भन्दै उनले भनेकी छिन्, ‘मेरो प्यारो शाहिद अफ्रिदी, केवल एक पटक भारतलाई हराइदेउ प्लिज, तिमी जे भन्छौ म त्यही गर्न तयार छु, जे गर्न पनि तयार छु तर यस पटक भारतलाई हराउनै पर्छ ।’
dainiknepal

काठमाडौं, फागुन ३० । चैत १४ गते मलेसियाको २२ वर्षमुनीको टिमसँग हुने मैत्रिपूर्ण फुटबलका लागि ४४ खेलाडीलाई आमन्त्रण गरिएको छ ।
जापानी नयाँ प्रशिक्षक ज्योतुकी कोजुले पहिलो चरणमा ४४ खेलाडीलाई छनोट गरेका हुन् । छानिन सफल खेलाडीमा २३ जना भारतमा सम्पन्न १२ औं सागमा स्वर्ण जित्न सफल खेलाडी हुन् भने बाँकी खेलाडी हालै सम्पन्न सिमरा गोल्डकप फुटबलमा गरेको प्रदर्शनका आधारमा छानिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
खेलाडीहरुको अभ्यास मंगलबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाइएको छ । साग खेलेका रोहित चन्द, अनन्त तामाङ्ग, विमल घर्ती मगर र अञ्जन विष्ट भने व्यवसायिक फुटबल खेल्न जाने क्रममा टिममा सहभागी नहुने भएका छन् ।
imagekhabar

३० फागुन, काठमाडौं । नेपाली टोलीका नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजुले आगामी चैत्र १४ मा मलेसियाको यु २२ टोलीसँग हुने मैत्रिपूर्ण फुटबलका लागि बन्द प्रशिक्षणमा प्रारम्भिक टोली घोषणा गरेका छन् ।
प्रशिक्षक कोजुले आइतबार ४४ जना खेलाडीलाई प्रारम्भिक टोलीमा समाबेश गरेका छन् । त्यसमध्येबाट २३ जनाले राष्ट्रिय टोलीबाट खेल्नेछन् ।
टोलीमा भारतमा भएको साफ च्याम्पियनसीप, बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमै सम्पन्न १२औं सागमा सहभागी सबै खेलाडी प्रशिक्षणमा बोलाइएका छन् भने शनिबार सकिएको सिमरा गोल्डकपमा खेलाडीहरुको खेल हेरेपछि प्रशिक्षक कोजुले थप केहि खेलाडीलाई सुरुवाती प्रशिक्षणका लागि बोलाएका छन् ।
प्रशिक्षक कोजुले घोषणा गरेको प्रारम्भिक टोलीमा
गोलकिपरहरुः किरणकुमार लिम्बु, बिकेश कुथु, अमृतकुमार चैधरी, अलन न्यौपाने र बिशाल श्रेष्ठ
डिफेण्डरहरुः बिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, जीतेन्द्र कार्की, रञ्जीत धिमाल, कमल श्रेष्ठ, मानबहादुर तामाङ, देवेन्द्र तामाङ, बिजय धिमाल, अजित भण्डारी र दिनेश राजबंशी
मिडफिल्डरहरूः जगजित श्रेष्ठ, बिशाल राई, अञ्जन विष्ट, हेमन गुरुङ, बिक्रम लामा, योगेश गुरुङ, नविन लामा, रोहित चन्द, जंबु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल वाल, तेज तामाङ, टंक बस्नेत, राजेन्द्र रावल, स्याम नेपाली, सुशील केसी, सुजल श्रेष्ठ, रुपेश केसी र शिव श्रेष्ठ
स्ट्राइकरहरूः अनिल गुरुङ, नवयुग श्रेष्ठ, बिमल घर्तीमगर, रञ्जन बिष्ट, सुमन लामा, कर्णकुमार लिम्बु, बिश्वास श्रेष्ठ र भरत खवास छन् । घोषित टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु हुनेछ ।
नेपालले आगामी चैत १४ मा क्वालालम्पुरमा मलेसियाको यु-२२ टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । त्यस खेल नेपालका नवनियुक्त प्रशिक्षक कोजुको पहिलो परीक्षा हुनेछ । त्यसलगत्तै नेपालले मे महिनामा मलेसियाकै राष्ट्रिय टोलीसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल हुनेछ ।
onlinekhabar

१२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताअन्तर्गत फुटबलमा स्वर्ण पदक बिजेता खेलाडीद्धय बिमल घर्तीमगर र नवयुग श्रेष्ठ सम्मानित भएका छन् । काठमाडौमा नेक्सस् एकेडेमीले शनिबार एक कार्यक्रम गरी
सागमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण योगदान गरेका खेलाडीद्धय घर्तीमगर र श्रेष्ठलाइ नगद सहित सम्मान गरेको हो । सो अवसरमा राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक उपेन्द्रमानसिंहलाइ पनि सम्मानित गरिएको थियो । एकेडेमीले सम्मानित खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ११ हजार १ सय ११ रुपैंया र कदरपत्रले सम्मान गरेको थियो । सागमा नवयुगले सर्वाधिक ७ गोल गर्दै नेपालले २३ वर्षपछि सागमा स्र्वण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालले दुई महिनाको अवधिमा दुई ठुला उपाधि जित्दा विमलको भूमिका पनि महत्वपूर्ण रहेको थियो । त्यस्तै, नेपालले बंगबन्धु गोल्ड कप फुटबलको उपाधि जित्दा उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक थिए ।
 News24Nepal


फाल्गुन २९, बारा ।
रुपन्देही ११ लाई पराजित गर्दै विजय युथ क्लबले सातौं संस्करणको सिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
बाराको सिमरा रंगशालामा आज भएको फाईनलमा विजय युथले रुपन्देहीलाई ४–० गोलको फराकिलो अन्तरमा पराजित गर्‍यो । २१ औं मिनेटमा पहिलो गोल गरेका विमल रानाले ५९ औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ५८ औ मिनेटमा सुनिल वलले थप गोल गरे ।
उपाधिसंगै विजय युथले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । रुपन्देही ११ ले २ लाख ५० हजारमा चित्त बुझायो ।
radiokantipur

काठमाडौँ,   जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपाल दक्षिण कोरियासँग ४—२ ले जितेको छ ।



कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो ।
त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो ।

खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरिया २—१ ले अगाडि हुन पुग्यो । दोश्रो हाफको सुरुवातमै अमिर श्रेष्ठले मैदानको बीच भागबाटै प्रहार गरेको बलले जाली चुमेपछि बराबरी हुन पुग्यो । ५१ औं मिनेटमा अर्जुन सुब्बाले गोल गर्न सफल भए ।

७१ औं मिनेटमा अमिरको पासलाई प्रकास गिरीले सदुपयोग गर्दै सुन्दर गोल हुदा नेपाल ४—२ ले सहज जितेको हो ।

खेल अबधीभर बल नेपाली खेलाडीको पकडमा थियो । नेपालले यसअघि जापानलाई २—०ले हराएको थियो । अर्को खेल मार्च २४ मा फिलिपिन्ससँग हुदैछ ।

प्रतियोगितामा नेपाल सहित जोर्डन, लेबनान, भारत, सिंगापुर, चीन, थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, कोरिया र जापानको सहभागी छ ।
 News24Nepal

काठमाडौं, फागुन २९ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडी अनन्त तामाङ र अन्जन बिष्ट प्रशिक्षण तथा अभ्यास खेलका लागि आज नेदरल्याण्ड्स प्रस्थान गरेका छन् ।
स्पेनिस क्लब मार्बेला युनाइटेडले मार्च १३ देखी ३० सम्म गर्ने युरोप टुरमा सहभागिता जनाउन तामाङ र बिष्ट नेदरल्याण्ड्स गएका हुन् ।
केही समय अघि स्पेनिस क्लब मार्बेला युनाइटेडले युरोप टुरका क्रममा खेल्ने खेलहरुमा सहभागिता जनाउन नेपाली राष्ट्रिय टोलीका तीन युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई बोलाएको थियो । चोटका कारण बिमल घर्ती मगर भने केही समयपछि मात्रै युरोप जाने एन्फाले जनाएको छ ।
imagekhabar

२९ फागुन, काठमाडौं ।

खेल आयोजना स्थल (भेन्यु) का बारेमा चुलिएको विवादको टुंगो नलाग्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडी छनोटकै विषयलाई लिएर अर्को गम्भीर प्रश्न उठाएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्ल्यूसीएलसी) अन्तर्गत नेपाल र नामिबियाबीचको खेल अझ जटिल मोडमा पुगेको छ ।



नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीच चुलिएको विवादका कारण नेपालमा हुने भनिएको उक्त खेल भारतमा सारिएको चर्चा चलिरहेका बेला आईसीसीले खेलाडी छनोटको विषयमा गम्भीर प्रश्न उठाउँदै क्यानमा पत्र पठाएको रहस्य खुलेको हो ।

नामिबियाविरुद्दको खेलका लागि कुन संघले खेलाडी छनोट गर्ने भन्ने प्रश्न गर्दै आईसीसीले विवादिन दुवै क्यनका पदाधिकारीलाई पत्र पठाएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

२८ फागुन, काठमाडौं । नेपाली फुटबलर अन्जन विष्ट र अनन्त तामाङ भोलि शनिबार नेदरल्याण्ड जाने भएका छन् ।
उनीहरुले स्पेनको मार्बेला क्लबसँग युरोप भ्रमणमा सलग्न हुनेछन् । यो भ्रमण मार्च १३ देखि ३० सम्म हुनेछ । उनीहरुले क्लबमा प्रशिक्षण लिनेछन् ।
खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विदाइ गरेका छन् ।
चोटका कारण विमल घर्ती मगर भने गएका छैनन् । उनी केही पछि मात्र जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
onlinekhabar


नेपाली राष्ट्रीय टोलिका स्टाइकर बिमल घर्ती मगर चोट्ग्रस्त भएपछी केहि साता पछी मात्र नेदरल्यान्डसको राजधनी एम्स्टारडेम जाने भएका छन । बिमल ले मार्बेलासँग अनुबन्धित भएपछी मार्च १२ तरिखमा नेदरल्यान्डस जाने निस्चित भएको थियो ।


मार्बेला एफसिले आफ्नो फेसबूकमा जनाए अनुसार उक्त स्पेनिस टोली आइतबारबाट यूरोप टुर गर्दै छ र उसले जर्मनी, नेदरल्यान्डस र बेल्जियमको भर्मण गर्नेछ । क्लबले छिटै बिमल सहित नयाँ खेलाडिहरु क्लबमा भित्र्याउने जानकारी दिएको छ ।

क्लबले जनाए अनुसार बिमल घर्ती मगरले यूरोप टुरको पहिलो खेल गुमाउने छन ।

नेपाल क्रिकेट संघ (क्यान)ले  विश्व क्रिकेट डिभिजन लिगको तेस्रो राउण्डको नेपाल र नामिवियाबीचको खेल नेपालबाट बाहिर नजाने क्यानले जनाएको छ। क्यानकी सिइओ भावना घिमिरेले बिहिबार विज्ञप्ति जारी गर्दै आफू निरन्तर अन्तर्राष्ट्रिय किक्रेट काउन्सिल (आइसिसी)को सम्पर्कमा रहेको उल्लेख गर्दै  नामिवियासँगको खेल नेपालमै गर्न हरसम्भव प्रयास भइरहेकोले भारतमा हुने कुनै ग्यारेन्टी नभएको बताइन्।
यसअघि नेपाल र भारतका केही अनलाइनमा नामिबिया र  नेपालको खेल भारतको नोयडामा हुने भनी समाचार आएको भन्दै क्यानले मैदान र खेलाडीको सुरक्षामा दिन सक्ने ग्यारेन्टी भए खेल नेपालमै हुने बताएको छ।
आइसिसीले नेपालको मैदान निरीक्षण नगरेकोले केही भन्न नमिल्ने भन्दै घिमिरेले यसका लागिसरोकारवाला निकाय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मेवार तरिकाले प्रस्तुत भइदिन पनि घिमिरेले आग्रह गरेकी छन्।
क्रिकेटको सर्वोच्च निकाय आइसिसिले पनि नेपाल र नामिबियाको खेल नेपालमै हुने बताइरहेको छ।

सेतोपाटी

भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पदक जित्ने काठमाडौं जिल्लाका खेलाडी सम्मानित भएका छन् ।
पदक विजेता उनिहरुलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितीले बिहिबार राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा नगदसहितले सम्मानित गरेको हो ।




जिल्ला खेलकुद बिकास समितीले १२ औं सागमा स्वर्ण जित्ने आफ्नो क्षेत्रका खेलाडीलाई जनही १० हजार, रजत जित्ने खेलाडीलाई ७ हजार तथा काश्य जित्ने खेलाडीलाई ५ हजारले सम्मानित गरेको हो । १२ औं सागमा काठमाडौंका दुई खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत तथा १३ खेलाडीले काश्यले जितेका थिए । साग खेलकुदमा २३ बर्ष पछि स्वर्ण पदक दिलाउने नेपाली पुरुष फुटवल टोलीका कप्तान बिराज महर्जन र जुडोकी स्वर्ण बिजेता फुपु ल्हामु खत्री काठमाडौं जिल्लाका खेलाडी हुन् । यस्तै रजत बिजेता तेक्वान्दोका सक्षम कार्की र ट्रायथलनका रोजा केसी पनि काठमाडौंका खेलाडी हुन् । रोजाले अर्काे स्पर्धामा नेपाललाई काश्य पदक पनि दिलाएकी थिईन् । रोजासहित काश्य जितेक नेपाली महिला भलिवल टोलीकी प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भन्डारी, आर्चरीका प्रेम प्रशाद पुन, खोखोका बिक्कीराज महर्जन र पवन महर्जन, टेवल टेनिसका चन्दन शाही, दीप साउन, अम्मर लाल मल्ल, नबिता श्रेष्ठ र एलिना महर्जन तथा महिला कबड्डीकी चन्द्रावती बिष्ट काठमाडौंकी खेलाडी हुन् । खेलाडीलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितीकोतर्फबाट खेलकुद मन्त्री सत्य नारायण मन्डलले ताम्र पत्रसहित नगदले सम्मानित गरेका थिए । त्यस अघि खेलकुद मन्त्री मन्डलले राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । जिल्ला स्तरतीय छनोट प्रतियोगितामा काठमाडौंका १० निर्बाचन क्षेत्रबाट १०० भन्दा बढि बिद्यालयका ८०० भन्दा बढि बिद्यार्थी खेलाडीले सहभागीता जनाएको जिल्ला खेलकुद बिकास समिती काठमाडौंका अध्यक्ष ध्रुबराज न्यौपानेले जानकारी दिए । आगामी आर्ईतबार सम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीले समुहगत खेल भलिवल, कबड्डी र एथलेटिक्ससहित मार्शल आर्टका तेक्वान्दो, उशु र करातेमा गरी ४६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दो र भलिवलको प्रतिस्पर्धा बिहिबारबाटै सुरु भएको छ ।
News24Nepal

साओ पाउलो– ब्राजिलियन प्रशिक्षक डुंगाले स्टार नेइमारलाई यो वर्ष एउटा मात्र प्रतियोगिता खेलाउनुपरेको खण्डमा कोपा अमेरिकाभन्दा ओलम्पिकका लागि छान्ने बताएका छन् ।

नेइमारको व्यस्त तालिका अहिले विवादको विषय बनेको छ । यद्यपि बार्सिलोनाका सुपरस्टारले सुरुमा दुवै प्रतियोगिता खेल्ने बताएका थिए । कोपा अमेरिका जुनमा अमेरिका र ओलम्पिक अगस्टमा ब्राजिलमै आयोजना हुँदैछ ।

सबै प्रतियोगिता खेलाउँदा नेइमार थाक्नेमा भने बार्सिलोनाले चासो देखाएको छ । कोपा अमेरिका आफ्नो क्यालेन्डरमा समावेश भएका कारण नेइमारलाई खेलाउनुपर्नेमा फिफाले बार्सिलोनालाई बाध्य पार्न सक्छ । तर, स्पेनिस महारथीले नेइमारलाई ओलम्पिकका लागि भने कुनै बन्धनमा राख्न चाहेको छैन । पाँचपटकको विश्वविजेता ब्राजिलले ओलम्पिकमा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । कोपा अमेरिका खेल्नु नपर्ने सर्तमा भने बार्सिलोनाले नेइमारलाई ओलम्पिकका लागि खुला छाड्ने सम्भावना छ ।

व्यस्तताका कारण एकमात्र प्रतियोगिताका लागि नेइमारलाई छोडिएको खण्डमा त्यति बेला ओलम्पिक प्राथमिकतामा राखिने डुंगाले बताएका छन् । 'छनोट गर्न कठिन छ । तर, त्यस्तो अवस्थामा हामीले अहिलेसम्म जित्न नसकेको ओलम्पिक प्राथमिकतामा राख्ने छौं । अर्को तथ्य त्यो प्रतियोगिता हामी घरमा खेल्दैछौं,' डुंगाले एक टेलिभिजन अन्र्तवार्ताका क्रममा भनेका छन्, 'हामीले बार्सिलोना, टिम र नेइमारसँग छलफल गर्नुपर्ने हुन्छ । सबैका लागि के उपयुक्त हुन्छ त्यो हेर्न आवश्यक छ ।'

ओलम्पिक टोलीमा २३ वर्षभन्दा बढी उमेरका ३ खेलाडी राख्न पाउने प्रावधान छ । नेइमारलाई त्यहीअनुसार टोलीमा राख्ने योजना छ । घरेलु मैदानमा दुई वर्षअघि विश्वकपको खराब प्रदर्शन बिर्सनका लागि पनि ब्राजिल ओलम्पिकमा स्वर्ण जित्न चाहन्छ । ब्राजिल विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । कोपा अमेरिका सय वर्षमा प्रवेश गरेको छ । यसपटक जुन ३ देखि २६ सम्ममा कोपा अमेरिकाका विभिन्न १० सहरमा हुँदैछ । ब्राजिल समूह 'बी' मा पेरु, हाइटी र इक्वेडरसँग छ ।
Nepali Patro

धरान / अन्तर्राष्ट्रिय स्तरको खेलमा उपाधि दिलाउन नेपालका राष्ट्रिय खेलाडी अनन्त तामाङलाई आज धरानमा सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले एक कार्यक्रमको आयोजना गरी तामाङलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित नगद १३ हजार ५ सयले सम्मानित गरेको हो ।

धरान ८ घेदुङको कार्यालयमा गरिएको सम्मान कार्यक्रममा सम्मानित राष्ट्रिय खेलाडी तामाङले नेपालमा म्याच फिक्सिङको घटना बाहिर आएपछि नेपाली
खेलाडीमा छाएको निरशालाई पुन आशावादी बनाउन नेपाली टिमले वंगलादेशका बंग्लावन्धु गोल्डकप र साग प्रतियोगितामा खटेर खेलेकोले नेपाललाई उपाधि
दिन सफल भएको बताए ।

उनले यी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले गरेको उपाधिप्रति नेपालीमात्र हैन अन्तर्राष्ट्रिय स्तरले नेपाललाई हेर्ने दृष्टिकोणमा फरक ल्याएको समेत जानकारी दिए । नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा खेलकुदमा रुची राख्ने अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

नेपालले वंगलादेशमा भएको बंग्लावन्धु गोल्डकपमा बंगलादेशलाई ३–० ले पराजय गर्दै उपाधि हासिल गरेको थियो भने साग प्रतियोगितामा भारतलाई नेपालले
२–१ अन्तरले गोल गर्दै उपाधि जित्न सफल भएको थियो ।
purbelinews

२०७२ फाल्गुन २६ बुधवार
काठमाडौँ: केही महिनाअघि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी जुडो खेलाडी फुपुल्हामू खत्रीले हङ्गेरीमा पनि सोही पदकमा आफ्नो नाम लेखाएकी छन् ।

हङ्गेरीको बुढापेष्टमा आज आयोजित ‘खुला जुनियर जुडो च्याम्पियनसिप’ मा उनले ६३ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् ।

ब्राजिलमा यसै वर्ष हुने रियो ओलम्पिकको तयारीका क्रममा त्यहाँ प्रशिक्षणका क्रममा रहेकी उनले अन्तिम प्रतिस्पर्धामा हङ्गेरीकी नागी हेनरियत्तालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् ।

यसअघि पनि उनले सेमिफाइनलमा हङ्गेरीकै बालोघ सारालाई र क्वाटरफाइनलमा किरेकेश ग्रेटालाई पराजित गर्दै फाइनल सम्मको यात्रा तय गरेकी थिइन्। उनले प्रतिस्पर्धा गरेको स्पर्धामा सात खेलाडीको सहभागिता रहेको थियो ।

रञ्जन तेक्वान्दो छनोटमा

नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाएका छन् ।

कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले आज यहाँ भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गर्दै सहभागिता पक्का गरेका थिए । यसअघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउँदै रञ्जनसँगको भीडन्त तय गरेका थिए ।

योसँगै ओलम्पिक छनोटमा अब ओलम्पिक छात्रबृत्तिमा रहेका निषा रावल र रञ्जनले नेपालको तर्फबाट सहभागिता जनाउने निश्चित भएको छ ।

यसबाहेक १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता सात खेलाडी मध्येबाट विगतको अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन, उत्कृष्टता र सम्भाव्यताको आधारमा अन्य दुई खेलाडी छनोट हुने छन् ।

यसै क्रममा नेपाली तेक्वान्दो टोलीले एसियाली तेक्वान्दो च्याम्पियनसिप र पारा तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । रासस

२६ फागुन, एजेन्सी ।

टी-२० विश्वकपको पूर्वसन्ध्यामा भारतलाई पाकिस्तानले तनावमा पारेको छ । यस अघी तय भएको रंगशाला धर्मशालामा सुरक्षाको कारण देखाउँदै पाकिस्तानी टिम भारत आउन अस्वीकार गरेपछि भारतलाई समस्या परेको हो ।

पाकिस्तानले धर्मशालामा खेल भए आफ्नो टिम भारत नआउने जानकारी दिएपछि भारतलाई अन्तिम समयमा निर्णय बदल्नु पर्ने भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले पत्र मार्फत भारतलाई टिम धर्मशाला आउन असमर्थ रहने जानकारी दिएको हो । पाकिस्तानी टिमको सुरक्षाको दृष्टिले धर्मशाला उपयुक्त नभएको पाकिस्तान क्रिकेट बोर्डको भनाइ छ ।

भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छ ।

nepaliheadline

बाराः सातौं सिमरा गोल्डकपमा फुटबल प्रतियोगितामा थ्री स्टारविरुद्ध खेल्ने क्रममा नेपाली फुटबल टीमका स्ट्राइकर नवयुग श्रेष्ठ घाइते भएका छन् ।

आर्मीले क्वाटर फाइनल भिडन्तमा थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको खेलमा नवयुगले भने टाउकोमा गम्भीर चोट व्यहोर्नुपरेको हो ।

विशाल तामाङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्मीलाई सेमीफाइलनमा पु¥याएको खेलमा नवयुग भने ७८ औं मिनेटमा घाइते हुन पुगे ।


नेपाल आर्मी क्लबका भरपर्दा स्ट्राइकर नवयुग खेलको ७८ औं मिनेटमा टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए ।

आर्मीका लागि बल अघि बढाउँदै गर्दा थ्री स्टारका पिटर सेगनले क्लियर गर्ने क्रममा नवयुगको टाउकोमा चोट लागेको हो ।

पिटर सेगनले बल क्लिय गर्दा उनले लगाएको जुत्ताले नवयुगको टाउको फुटेपछि तत्काल एम्बुलेन्समा हालेर सिमरास्थित तराई सिमरा अस्पताल लगिएको थियो ।
annapurnapost

बारा, फागुन २४ । त्रिभुवन आर्मी क्लब बारामा जारी सातौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा चिरपरिचित प्रतिस्पर्धी थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

आर्मीका लागि खेलको ४५औं मिनेटमा विमल घर्तीमगरको पासमा विकास तामाङले निर्णायक गोल गरेका हुन् ।

खेलको ८९औं मिनेटमा पिटर सेगुनले प्रहार गरेको पेनाल्टीलाई आर्मीका गोलकिपर बिकेश कुथुले बचाउँदै टिमलाई जिताए ।

विमल ‘म्यान अफ द म्याच’ भए ।

नवजनजागृति युवा क्लबको आयोजनामा १० टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार तथा उपविजेताले साढे दुई लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।
imagekhabar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget