Articles by "राजनीति"

वैचारिक र सैद्धान्तिक अपराध गरेको प्रचण्डको आरोप
काठमाडौं, १० फागुन । नयाँ शक्ति अभियान नेपालका संयोजक हुन बाबुराम भट्टराई । एमाओवादी छाडेपछि स्वतन्त्र भएका बाबुरामले केही दिनअघि मात्रै नयाँ शक्तिको औपचारिक घोषणा गरेका थिए । जसमा थुप्रै नेता र बुद्धिजिवी संलग्न छन् ।
बाबुरामले नयाँ शक्ति खोल्दै गर्दा यता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आगो बनेका छन् । उसो पार्टी छाडेकै दिनदेखि प्रचण्ड र बाबुरामबीच आरोपप्रत्यारो चलिरह्यो ।
त्यही क्रममा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले बाबुरामलाई दुई वटा आरोप लगाए । पहिलो बाबुराम ‘राष्ट्रद्रोही’ हुन् । उनले नयाँ शक्ति सफल भए देश खतरामा फस्ने चेतावनी पनि दिए ।
त्यसपछि पार्टीका करिब २ हजार कार्यकर्ताका अगाडि प्रचण्डले ४ दशक सँगै काम गरेका बाबुरामलाई दोस्री श्रीमती भित्र्याएको आरोप लगाए । दोस्री श्रीमतीकै कारण एमाओवादी छाडेको सम्म भने ।
उनले भने- ‘पार्टी परित्याग गरेर बाबुराम नयाँ शक्तिमा लाग्नु बुढेसकालमा सम्बन्ध विच्छेद गरेर नयाँ श्रीमती भित्र्याएजस्तै हो ।’
पार्टी परित्याग गरेर बाबुरामले वैचारिक र सैद्धान्तिक अपराध गरेको आरोप समेत प्रचण्डले लगाए ।
dainiknepal

१ फागुन, काठमाडौं । ललितपुरको सानेपास्थित डा. बाबुराम भट्टराईको डेरामा शनिबार दिउँस्ाो ‘जनवादी’ कार्यक्रमको आयोजना गरेर भट्टराईपुत्रीको विवाह सम्पन्न भयो ।
तनहुँका जेकेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराईवीच आयोजित ‘स्टेज म्यारिज’मा चीन र भारतका राजदूतका साथै अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेत उपस्थित थिए । प्रचण्ड लगायतका दलका नेताहरुलाई भने निम्त्याइएको थिएन ।
बेहुलीको भाषणबाट बिहे सुरु
विवाहको तरिका परम्परागत भन्दा केही नौलो प्रकारको थियो । कवि संगीत स्रोताले कार्यक्रम सञ्चालन गरेका थिए । त्यसपछि बेहुलीले मानुषीले केही मिनेट मन्तव्य राखिन् ।
‘मैले छुटाएका केही कुराहरु भए जेकेन्द्रजीले पूरा गरिदिनुहोला’ भन्दै बेहुलीले छोटो मन्तव्य सिध्याएपछि बेहुला जेकेन्द्रले माइक्रोफोन समातेर केहीबेर मन्तन्य व्यक्त गरे ।
बेहुलाले विवाह जस्तो विषय नितान्त व्यक्तिगत भएको भन्दै आफूहरुको विवाहका विषयमा मिडियामा समाचार बनेकोमा बेखुशी प्रकट गरे । नेपालमा कतिपय अवस्थामा चर्चा हुनुपर्ने कुरा चर्चा नहुने र चर्चै नहुनुपर्ने कुराको चर्चा हुनेगरेको बेहुलाले गुनासो पोखे ।
बेहुलाले त्रिवि केन्द्रीय पुस्तकालयलाई आफूहरुले केही आर्थिक सहयोग गर्न चाहेको र पूर्वलडाकूकी छोरी लाई पठनपाठनका लागि ३० हजार सहयोग गर्ने घोषणा गरे ।
बेहुला-बेहुली दुबै अखिल क्रान्तिकारीको राजनीति गरेका जोडी हुन् । उनीहरुले विवाहमा लाग्ने खर्च कटाएर आफूहरुले सकारात्मक काममा सहयोग गरेको बताए ।
बेहुला-बेहुलीले मन्तव्य व्यक्त दिइसकेपछि बेहुला जेकेन्द्रका पिताले मन्तव्य दिए । त्यसपछि उनका सम्धी डा. बाबुराम भट्टराईको मन्तव्य दिने पालो आयो ।
डा. भट्टराईले पुराना पुस्ताका मानिसहरु रुढीवादी बन्न नहुने भन्दै छोराछोरीको इच्छाअनुसार चल्नुपर्ने बताए । साथै पारिवारिक सम्बन्धमा बाँधिएका आफ्ना सम्धी तनहुँ निवासी रहेको र दुबै परिवारको सामाजिक पृष्ठभूमि एउटै भएको डा. भट्टराईले बताए ।
आफ्नो र हिसिला यमीको बिहे पनि विगतमा यसैगरी मञ्चबाटै भएको डा. भट्टराईले सम्झिए । तर, विवाह जसरी गरे हुन्छ भन्दै डा. भट्टराईले आपसी प्रेमका आधार विवाहको सफलता निर्धारण हुने बताए ।
डा. भट्टराईले मन्तव्य दिइसकेपछि बेहुला-बेहुलीलाई शुभकामना दिने पालो आयो । शुभकामनाका क्रममा परिवारका सदस्य र आगन्तुकले फूलका गुच्छा दिएका थिए । फूल नहुनेले शुभकामना मात्रै दिएका थिए ।
भट्टराईनिवासकै कम्पाउण्डमा आयोजना गरिएको वैवाहिक समारोहमा दुईवटा पाल टाँगिएका थिए । एउटा पालमा मञ्च बनाएर कार्यक्रम गरिएको थियो भने अर्को पालमा आगन्तुकका लागि खानाको प्रवन्ध गरिएको थियो । खानेकुरामा दालभात, तरकारी, अचार र मासुको व्यवस्था गरिएको थियो ।
प्रचण्डलगायत राजनीतिज्ञ निम्त्याइएनन्
पूर्वप्रधानमन्त्री एवं एमाओवादीका निवर्तमान नेता डा. भट्टराईको छोरीको विवाहमा राजनीतिक नेताहरु खासै देखिएनन् । बरु नागरिक समाजका अगुवा, प्रशासक र नयाँशक्तिमा लागेका नेता कार्यकर्ताहरु देखिएका थिए ।
विवाहको निम्तालुमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पनि देखिएको थियो । त्यस्तै मुख्यसचिव सोमनाथ सुवेदी पनि निम्तो मान्न पुगेका थिए ।
त्यसैगरी कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरी, लेखकहरु सिके लाल, खगेन्द्र संग्रौला, नागरिक अगुवा एवं पूर्वसभामुख दमननाथ ढुंगाना, देवेन्द्रराज कँडेलदेखि प्रशान्त झासम्म निम्त्याइएका थिए । एमाओवादी नेता राम कार्की पनि विवाह समारोहमा उपस्थित थिए ।

नयाँ शक्तिमा लागेका चलचित्रकर्मी सरोज खनाल, करिष्मा मानन्धर र अशोक शर्मादेखि नयाँ शक्तिमा नलागेकी रेखा थापासम्म वैवाहिक समारोहमा सहभागी थिए ।
त्यसैगरी पूर्वसचिव रामेश्वर खनाल, डा. प्रवीण मिश्रदेखि पूर्वप्रहरी अधिकृत गणेशराज राई लगायतको पनि उपस्थिति थियो ।
विवाहमा राजनीतिक दलका नेताहरुलाई भन्दा पनि आफ्ना शुभचिन्तकहरुलाई मात्रै निम्त्याइएको भट्टराईको पारिवारिक स्रोतले बतायो ।
onlinekhabar

काठमाडौं, १ फागुन । संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले फेरि मधेसी मोर्चालाई फसाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले संविधान पुनः लेखन गर्नुपर्ने बताउनुभएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव राखेर प्रधानमन्त्री ओलीले जनता झुक्याउने कार्य गरेको यादवले बताउनुभयो ।
‘भारत गएका बेला मुख देखाउनका लागि संयन्त्र बनाउन लागिएको हो । भारतमा गएर नेपालभित्रको राजनीतिक समस्या मिल्यो भन्ने देखाउन संयन्त्रको प्रस्ताव भएको छ । यो सब झठ हो’, उहाँले भन्नुभयो, ‘यो संविधानलाई पुनः लेखन नगर्दासम्म हामीले मान्दैनौँ ।’
अहिलेको संविधान खसआर्यको एकल संविधान रहेको भन्दै अध्यक्ष यादवले क्षेत्री बाहुनको चर्को विरोध गर्नुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘राजनीतिक संयन्त्र बनाउने हो भने बनाउनुस् । हामीलाई भन्नु केही छैन । तर संविधान पुनः लेखन गर्नै पर्छ । हामीले मान्दैनौँ ।’
उहाँले अहिलेको संविधान कामै नलाग्ने बताउनुभयो । ‘जे जे मन लाग्छ गरे हुन्छ’, यादवले भन्नुभयो, ‘उखान टुक्के प्रधानमन्त्रीलाई मुलुक नडुबाउन भनेकै छौँ । जनता नमार भनेकै छौँ ।’
संविधान पुनः लेखनको विषयमा मधेसी मोर्चाभित्र पनि दुई धार देखिएको छ । यो विषयमा उपेन्द्र एक्लिएको स्रोतको भनाइ छ ।
dainiknepal

कांग्रेस सभापति सुशील कोइरालाको मृत्यू सहज हो कि असहज ? सायद कोइराला स्वयमका लागि सहज, अरुका लागि असहज ।

कोइरालाले मृत्यूपूर्व लामो कष्ट व्यहोर्नु परेन । यसलाई संभवतः ‘आदर्श मृत्यू’ मान्न सकिन्छ । मर्नु त एक दिन छ नै । त्यसैले मृत्यूअघि कमभन्दा कम दुःख पाइयोस् र धेरै छटपटिनु नपरोस् भन्ने हरेक मानिसको मनोकांक्षा हुन्छ । कोइरालाले यस्तै मरण हासिल गरे । उनी एक दिन पनि अस्पताल बसेनन् । कसैले उनलाई बोकेर दिशा-पिशाब गराउनु परेन । निकटस्थहरुको भनाइ अनुसार कसैले ‘थाहै नपाई’ सास गयो । निदाए झैं गरी । यो एउटा सन्तोषको विषय हो ।
तर, कथाको पाटो यो मात्रै होइन । कोइरालाको मृत्यू आज धेरैलाई असहज लागिरहेको छ । स्वभाविक मरणका रुपमा स्वीकार्न कठिन भइरहेको छ । यसको प्रमुख कारण के हो भने, कोइराला बिरामी भएको खबरभन्दा पहिले मृत्यूको खबर आयो । अस्पतालको दैलोसम्म पनि नपुगी निवासमै प्राणान्त भयो उनको । देशको पूर्वपधानमन्त्री र सबैभन्दा ठूलो पार्टीको सभापतिको यो मरणले धेरैलाई आश्चर्यमा पार्नु स्वभाविक हो ।
कोइरालाको मृत्यू एकदमै आकस्मिक भएको होइन । ‘हार्ट अट्याक’ भएर ठाउँको ठाउँ ढलेका होइनन् । चिकित्सक र सहयोगीका अनुसार राति एघार बजेदेखि उनको स्वास्थ्य अवस्था बिगि्रएको थियो । जबकि मृत्यू १२ बजेर ५० मिनेटमा भएको छ । झण्डै दुई घन्टाको अन्तरालका बीच किन उनलाई अस्पताल लगिएन ? जबकि टिचिङ हस्पिटलको बेड नं. ६०१ उनका लागि सोमबार बिहानै बुक गरिएको थियो । कोइराला निवासबाट त्रिवि शिक्षण अस्पताल एक किलोमिटर दुरीमा छ । दुई किलोमिटर दुरीमा ओम हस्पिटल र गंगालाल छन् । घसि्रँदै जाँदा पनि निवासबाट अस्पताल पुर्‍याउन सकिने समय छ । अस्पतालमा लगिएको भए उनको ज्यान बाँच्थ्यो वा बाँच्दैनथ्यो, भगवानलाई थाहा होला । तर, किन लगिएन भनेर प्रश्न उठ्दैनथ्यो ।
आफ्नै निवासभित्र सुतीसुती एउटा राष्ट्रिय नेताको निधन भएको विषयमा सामाजिक सञ्जालमा ‘रहस्यहरु’ खोज्न थालिएको छ । कोइरालाको निधारको चन्दनमा प्रश्न उठाउन थालिएको छ । उनको हत्या गरिएको आशंकासम्म व्यक्त गर्न भ्याएका छन् कतिपयले । यस्ता कथित आशंकाहरुतर्फ यो पंक्तिकारको खासै अभिरुचि छैन । तर, कोइरालाको मरणका विषयमा अन्य जायज प्रश्न उठाउने ठाउँ छन् । मर्ने मरिसकेपछि यी प्रश्नहरु किन उठाउने भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, कोइरालाको मृत्यू नेपाली राजनीतिभित्रको एउटा डरलाग्दो पाटोसित जोडिएको छ, जसलाई नजरअन्दाज गर्न मिल्दैन ।
राजनीतिक सक्रियताका निम्ति ‘रोग लुकाउने रोग’ बाट ग्रस्त छन् नेपाली नेताहरु । पदमा हासिल गर्न वा यसमा टिकिरहनका निम्ति आफूलाई स्वस्थ र तन्दुरुस्त देखाउन रोगलाई ढाकछोप गर्ने प्रवृत्ति विगतका गिरिजाप्रसाददेखि अहिलेका केपी ओलीसम्ममा छ । कोइराला बिरामी अवस्थामा लामो समय प्रधानमन्त्री पदमा रहँदा उनको कमजोर स्वास्थ्यलाई लुकाउन अनेक कसरत हुने गर्थे । हालका प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर अत्यधीक राजनीतिक सक्रियता देखाएको विषयमा प्रश्न उठ्दै आएका छन् । यही आत्मघाती प्रवृत्तिको शिकार बनेका हुन् सुशील ।
कोइरालालाई अस्पताल लैजाने परिस्थिति अन्तिम क्षणमा मात्रै उत्पन्न भएको थिएन । केही दिन अगाडिदेखि नै उनी अस्वस्थ थिए । निजी चिकित्सक डा. करविरनाथ योगीका अनुसार कोइराला पाँच सातादेखि निरन्तर अक्सिजन लिइरहेका थिए । उनको रगतमा अक्सिजन सुक्दै गइरहेको थियो । पछिल्ला चार दिनमा उनी निवासबाहिर निस्कन सकेका थिएनन् । महाधिवेसनको चटारोमा पार्टीका सभापति ३ दिनदेखि ओछ्यान परेकोे विषयलाई अन्त्यन्त गुपचुप राखियो । सायद कोइरालाकै चाहनामा ।
चिकित्सकका अनुसार कोइराला पछिल्लो समय चारवटा रोगबाट पीडित थिए । क्षयरोग, क्यान्सर, सीओपिडी (कडा दम) र निमोनियाबाट उनी ग्रस्त थिए । यी सबै स्वास-प्रश्वाससँग सम्वन्धित रोग हुन् । निजी चिकित्सक डा. करविरनाथ योगीले उनलाई राजनीतिक सक्रियता बन्द गर्न पटक-पटक सुझाव दिएका थिए । राजनीतिक भेटघाट मात्रै होइन फोनमा कुराकानी समेत बन्द गर्न उनले आग्रह गरेका थिए । तर, कोइरालाले त्यसको सुनवाइ गरेनन् ।
कोइराला कांग्रेसको आसन्न महाधिवेसनमा पुनः सभापति पदका आकांक्षी थिए ।
त्यागी नेता कहलाएका कोइरालाले आफ्नो वृद्धावस्था र अस्वस्थताका बाबजुद दोस्रो पटक सभापति बन्ने मोह भने त्याग्न सकेनन् । जसरी उनले दोस्रो पटक प्रधानमन्त्री बन्ने मोह त्याग्न नसकेर आफ्नो जीवनभरको राजनीतिक प्रतिष्ठालाई दाउमा लगाएका थिए । उनले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिएनन्, तर भित्रभित्रै तयारी गरेका थिए । आसन्न महाधिवेशनलाई ध्यानमा राखेर नै उनको अस्वस्थतालाई ढाकछोप गर्ने काम भयो । उनलाई अस्पताल जानबाट रोकियो वा उनी आफैं जान चाहेनन् । अस्पताल जाँदा उनको अस्वस्थता उजागर हुन्थ्यो र विरोधि गुटले यसैलाई मुद्दा बनाउन सक्थे । यसअघि नेकपा एमालेको महाधिवेसनमा केपी शर्मा ओली अध्यक्षको उम्मेदवार बन्दा उनको कमजोर स्वास्थ्यलाई एजेण्डा बनाइएको जस्तै ।
यसरी पदीय आकांक्षाले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर राजनीति गर्न खोज्दा कोइरालाले ठूलो मूल्य चुकाउनुपरेको मान्न सकिन्छ । तर, यसमा उनलाई कमजोर स्वास्थ्यका बाबजुद राजनीतिमा लागिरहन प्रेरित गर्ने, प्रधानमन्त्री र पार्टी सभापतिमा उठ्नलाई दवाव दिने व्यक्तिहरु पनि भागीदार हुन् । सायद यो परिणाम आउने कसैले कल्पना गरेका थिएनन् होला । तर, कोइरालाको स्वास्थ्यमाथि खेलवाड गरिएकै हो ।
र, यो पनि
कोइरालाको निधन भएको लगभग ३५ घन्टासम्म उनको शव आर्यघाट पुर्‍याइएको छैन । यति लामो समयसम्म उनको मृत शरीरलाई श्रद्धान्जलीका लागि राखिएको छ । जबकि विदेशबाट आएका अतिथिहरुसमेत श्रद्धाञ्जली दिएर हिजै घर फर्किसकेका छन् । श्रद्धाञ्जलीका नाममा दुई दिन, दुई रात एउटा नेताको शवलाई रंगशालामा राखिराख्नु कति उचित हो भन्ने प्रश्न कांग्रेसजनलाई सोध्न मिल्छ कि मिल्दैन ?
अनि पशुपतिमा सर्वसाधारणले समेत अपनाइसकेको विद्युतीय शवदाहनलाई अस्वीकार गर्नुको कारण कोइरालाका परिवारजनलाई सोध्न मिल्छ कि मिल्दैन ?
onlinekhabar

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति नेता गगन थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
कोइराला निवासमा भेटिएका काँग्रेस युवा नेता थापाले कोइरालाको निधन पत्याउन नसकेको बताउनुभयो । यति भन्दाभन्दै उहाँको आँखाबाट आसु झरिसकेको थियो ।
कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “काँग्रेसको एउटा धरोहर ढलेको छ, अब उहाँले लोकतन्त्रका लागि अविचलित भएर लडेको कुराबाट सिक्दै हामी अघि बढ्नुपर्छ ।”
उहाँले कोइरालाको सपना अबको कांग्रेसले पुरा गरेर छाड्ने द्धृढता व्यक्त गर्नुभयो ।
-dainiknepal

काठमाण्डु, २४ माघ– मधेस आन्दोलनमा गद्धार गरेको भन्दै मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको छ ।

मोर्चा सम्बद्ध अन्य पार्टीका नेताले मधेस आन्दोलनप्रति गद्धार गरेको भन्दै उनलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको मोर्चाका एक नेताले काठमाण्डु टुडेलाई बताए । उनले भने, ‘मधेस आन्दोलन एउटा बिन्दुमा पुग्न लागेका बेला महतोजीले गद्धार गर्नुभयो । हामीले उहाँलाई मधेस प्रवेशमा रोक लगाउने तयारी स्वरुप छलफल गरेका छौा । मोर्चाको बैठक बसी छिट्टै यस विषयमा उचित निर्णय लिनेछौँ ।’
साथै महतोलाई मोर्चाबाट अलग गर्ने तयारी समेत गरिएको छ । महतोले नाकाबन्दीका कारण जनताले धेरै दुःख पाएको भन्दै वीरगञ्ज नाका खोल्नुपर्ने अभिब्यक्ति दिएका थिए ।
स्रोतका अनुसार नाकामा धर्नामा रहेका मोर्चाका कार्यकर्तालाई हटाएर नाका खोलेपछि पुनः नाका बन्द गराउने तयारी गरिएको थियो । तर, यसमा महतोले असहयोग गरेका थिए ।
kathmandutoday

काठमाडौं, २१ माघ । वर्तमन सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको पूर्व मन्त्री एवम् एमालेका नेता लालबाबु पण्डितले आरोप लगाउनु भएको छ । उहाँले सरकारले मुलुकमा आपूर्ति व्यवस्था गर्न नसकेको बताउनुभयो ।
‘सरकारविरुद्ध जनतामा चरम असन्तुष्टि बढेको छ’, एमाले नेता पण्डितले आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै भन्नुभयो, ‘जनतालाई राहत दिने गरेर सरकारले काम गर्नुपछ ।’ उहाँले सरकारले काम गर्न नसके पनि सरकार परिवर्तनको तत्तकाल आवश्यक्ता नहरेको बताउनुभयो ।
‘सरकार परिवर्तनको कुरा अहिले भएको छैन’, उहाँले भन्नुभयो, ‘यो सरकारमा अबसरवादीहरु मन्त्री बनेका छन् । त्यस कारणले सरकारले काम गर्न नसकेको हो । यस्ता अवस्थालाई चिर्दै काम गर्नुपर्छ ।’ उहाँले साना दलका र केही आफ्नै पार्टीका मन्त्रीहरुतर्फ संकेत गर्दै अबसरवादीको संज्ञा दिनुभयो । कुन कुन मन्त्री अबसरवादी हुन् उनीहरुको नाम भने नेता पण्डितले बताउन मान्नु भएन ।
एमाले नेता पण्डितले कतिपय मधेसी नेताहरुले अलग देश कसरी बनाउ भनेर आन्दोलन गरेको आरोप लगाउनु भएको छ । ‘कतिपय नेताहरु मधेसलाई अलग देश बनाउन चाहन्छन्’, उनले भने, ‘नेताहरु कसरी मुख्यमन्त्री भन्ने । कसरी व्यक्तिगत लाभ लिने भनेर लागेका छन् ।’
राजधानी बनाउने विषयमा दुई नम्बर प्रदेशमा मधेसी मोर्चाभित्रै काटाकाट हुने बताउनुभएका एमाले नेता पण्डितले भन्नुभयो, ‘कुन जिल्लालाई कहाँ राख्ने भन्ने ती जिल्लाका जनता र नेताहरुलाई अधिकार दिनुपर्छ । एक नम्बरको राजधानी विराटनगर बन्छ । के मधेसमा पर्दैन विराटनगर ?’
मधेसी मोर्चाले उठाएका माग अधिकांश पूरा भएको बताउनुभएका एमाले नेता पण्डितले भन्नुभयो, ‘लिन्डे ढिप्पी गर्ने हो भने मधेसी मोर्चासँग सहमति हुँदैन । मालिकको आडमा गरिने आन्दोलन र ढिप्पीले केही हुने वाला छैन ।’
मधेसी मोर्चाका नेताहरुले मधेसी जनताको खोल ओढेर मधेसी जनता कै विरुद्ध लागेको उहाँले आरोप लगाउनुभयो ।
dainiknepal

काठमाडौं – बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवं समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लागेको नयाँ पार्टीको अवधारणा भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् । मिश्र केही समयदेखि नयाँ राजनीतिक शक्ति निर्माणमा छन् र यस कार्यमा मिश्रलाई खनालले पनि सहयोग पुर्याउँदै आएका थिए ।

खनालले नयाँ पार्टीको विधान बनाउने जिम्मा मिश्रबाट लिए र उनलाई केही नयाँ टिप्स पनि मिश्रले दिएका थिए । मिश्रले दिएको सुझावअनुसार बनाइएको विधानमा उम्मेदवारलाई अस्वीकार गर्न पाइने (राइन टु रिजेक्ट) र पदमा पुर्याइएका व्यक्तिलाई फिर्ता बोलाउने हक (राइट टु रिकल) बारे उल्लेख गरिएको थियो । त्यसैगरी, कुनै पनि व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने व्यवस्था पनि सो विधानमा गरिएको थियो । मुमारामलाई समेत राखेर नयाँ पार्टी गठनको तयारीमा लागेका मिश्र त्यसबेला झस्किएका थिए जब खनाल बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिमा लागेको समाचार सार्वजनिक भएको थियो ।

खनालसँगै आफूले गठन गर्न लागेको दलको विधानमा उल्लिखित केही महत्त्वपूर्ण अंशहरुसमेत बाबुराम भट्टराईद्वारा गठित पार्टीको अवधारणाका रुपमा सार्वजनिक भएपछि रवीन्द्र मिश्र स्तब्ध भएको बुझिएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
ratopati

काठमाडौं, १९ माघ । पावर र पैसाको खेल खेल्ने कर्मचारीलाई सामान्य प्रशासनमन्त्री रेखा शर्माले कसिलो झापड प्रहार गरेकी छिन् ।
मन्त्री शर्माले राजनीतिक आड र पहुँचको भरमा आकर्षक कार्यालय र मन्त्रालयमा बस्दै आएका कर्मचारीलाई फिर्ता पठाएर कानुनमार्फत झापड प्रहार गरेकी हुन् ।
मंगलबार सामान्य प्रशासन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले आफूले पदभार ग्रहण गरेको तीन महिनामा पावरवाला ३१३ कर्मचारीलाई फिर्ता पठाएर दरबन्दी रहेको कार्यालयमा हाजिर गराएको जानकारी दिइन् ।

उनका अनुसार अब ७१ जना कर्मचारी काज फिर्ता हुन बाँकी छन् । उनीहरुलाई पनि छिट्टै ठेगान लगाइने मन्त्री शर्माले बताइन् । पावर पैसाको खेलमा कर्मचारी काजमा जाने प्रचलनलाई देशबाटै निमिट्यान्न पार्ने उनको उद्घोष छ ।
यसैगरी मन्त्री शर्माले दोहोरो सुविधा गर्ने कार्य अन्तिम चरणमा पुगेको बताइन् । उनले भनिन्- ‘दोहोरो सुविधा लिएर राज्यको ढुकुटी सिध्याउनेको सपना अब पुरा हुन्न । अहिलेसम्म लिएको सबै कटौती हुन्छ ।’ दोहोरो सुविधा लिन नपाउने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने उनले बताइन् ।
यसैगरी भीडभाड तथा जनसम्पर्क धेरै हुने सरकारी कार्यालयमा ड्रेसकोर्ड लागू गर्न निर्देशन दिइएको छ ।
dainiknepal

वीरगन्ज, १९ माघ । आन्दोलनरत सङ्घीय समावेशी मधेसी गठबन्धनले सीमा नाकाको धारणा यथावत् राख्दै केही समयका लागि बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने निर्णय गरेको छ ।
आन्दोलनलाई अझ बढी व्यवस्थित बनाउनाका साथै आन्दोलनरत सबै दल र मोर्चालाई मिलाएर महागठबन्धन निर्माण गर्नका औपचारिक रुपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्ने बैठकले निर्णय गरेको गठबन्धनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले जानकारी दिनुभयो । बैठक आइतबार र आज सोमबार गरी दुई दिनसम्म वीरगन्जमा सञ्चालन भएको थियो ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक एवम् गठबन्धनका नेता जेपी गुप्ताले मधेसको माग सम्बोधन गराउनका लागि मधेसकेन्द्रित सबै दलबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनलाई परिणाममुखी बनाउनका लागि मधेसी, थारु, आदिवासी जनजाति, दलित र मुसलमान लगायत सबै वर्ग र समुदायलाई आन्दोलनमा सक्रियताका साथ लाग्न आह्वान गर्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले गठबन्धन मधेसका जिल्लामा विरोधसभा, जनप्रदर्शन, जनजागरण लगायत कार्यक्रम तय गरेर अगाडि बढ्ने बताउनुभयो । रासस
dainiknepal

काठमाडौं: एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र असफल बनाउने कोठे खेल कुनै हालतमा सफल नहुने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्र फेल गराउन षडयन्त्र भइरहेको जनाउँदै त्यसलाई सफल हुन नदिने बताएका हुन्।


'गणतन्त्रविरुद्ध ठूलो कोठे खेल भइरहेको छ’, उनले भने, 'यो खेल कुनै पनि हालतमा सफल हुँदैन।'

नाकाबन्दीले कसैलाई नभएको बताउँदै प्रचण्डले निकासका लागि आजै पनि मधेसी दलसहितको उच्चस्तरीय वार्ता हुने जानकारी दिए ।


प्रचण्डले आफ्नो दलसहितको ओली नेतृत्वको सरकार हटाए र आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्टिकरण दिए ।

‘मैले पहिलेबाटै राष्ट्रिय सरकारको कुरा उठाउँदै आएको छु’, उनले भने, ‘राष्ट्रिय सरकार म प्रधानमन्त्री बन्न होइन । कांग्रेसको महाधिवेशन अघि या पछि उसलाई पनि राखेर राष्ट्रिय सरकार बनाउनुपर्छ ।’

प्रधानमन्त्री बन्ने हतारले समस्या समाधान नुहने प्रचण्डको भनाइ थियो ।

‘कांग्रेससहितको राष्ट्रिय सरकारको नेतृत्व ओलीजी या कांग्रेसको महाधिवेशनबाट सभापति बन्ने व्यक्ति पनि बन्न सक्नुहुन्छ’, उनले भने, ‘मलाई अहिले प्रधानमन्त्री बन्ने हतार छैन, म प्रम बन्नका लागि सरकार परिवर्तनको कुरा गरेको होइन ।’

बाबुरामको कदम आत्माघाती
अध्यक्ष प्रचण्डले पार्टी छाडेर नयाँशक्ति गठन अभियानका लागेका नेता डा. बाबुराम भट्टराईबारे कडा टिप्पणी गर्दै उनले आत्मघाती कदम चालेको आरोप लगाए ।

‘बाबुरामजीको आत्माघाती कदमले कसैलाई पनि राम्रो गर्दैन’, उनले भने, ‘बाबुरामजी जनयुद्धको जिम्मेवारीबाट पन्छिएर भाग्न खोज्नुभयो ।’

मन्त्रीहरुलाई काम देखाउने मौका
सरकार र मन्त्रीहरुको काम कारबाहीबारे कडा आलोचना भइरहेका बेला प्रचण्डले प्रतिकुल र जटिल अवस्थामा यो सरकार बनेकाले अहिल्यै आलोचना गर्न हतार हुने टिप्पणी गरे ।

‘प्रतिकुल अवस्थामा सरकार बनेकाले अहिले नै मन्त्रीहरुलाई तेजोबोध गर्ने बेला भएको छैन’, उनले भने, ‘हाम्रो पार्टीका मन्त्रीहरुलाई काम देखाउनका लागि सहयोग गर्नुपर्छ । दुई महिनामा पनि काम देखाएनन् भने त्यसपछि सोचौंला ।’

प्रमको भारत भ्रमण नाका खुलेपछि
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी गरिरहेका बेला अध्यक्ष प्रचण्डले नाका नखुलेसम्म भारत जान हतार गर्नु बेठीक हुने तर्क गरे ।

‘नाकाबन्दी हटेको छैन । नाका खुलेपछिमात्रै प्रमजी भारत भ्रमणमा जानु उचित हुन्छ’, उनले भने, ‘नाका नखुली भ्रमणका जाँदा त्यसले राम्रो सन्देश दिँदैन ।’

आफू प्रधानमन्त्री भएपछि चीन भ्रमणमा गएको प्रसंगमा पत्रकारहरुलाई जवाफ दिँदै प्रचण्डले त्यसमा गर्व रहेको बताए ।

‘छिमेकी देशमा जता पहिले गएपनि फरक पर्दैन । म प्रधानमन्त्री भएपछि चीनमा ओलम्पिकको समापन भएकाले पहिले त्यता गएका हुँ’, उनले भने, ‘भारतमा ओलम्पिकको समापन भएको भए म पहिले त्यहीँ जान्थेँ ।’
annapurnapost

मेरो राजनीतिक मृत्युको घोषणा गर्छु: गगन थापा
हाम्रो नेतृत्वसँग जोखिम लिने क्षमतै छैन: लीलामणि पौड्याल
राजनीतिले समाजका सबै पक्षलाई प्रभावित गरेजस्तै समाजले पनि राजनीतिलाई प्रभावित गरेका हुन्छ। राजनीतिक नेतृत्वको केन्द्र एउटा मात्र हुँदैन। समग्र नेपालको नेतृत्व भनेर एउटा व्यक्ति वा समयको मात्र आलोचन गर्न सकिँदैन। हामीले विजयलाई स्थायित्व गर्न सकेका छैनौँ। जीत्न जान्ने तर जीतलाई स्थायित्व दिन सक्ने सामूहिक नेतृत्व आउन सकेन। यो सामूहिक असफलताका लागि हामी सबै दोषी छौं।
नेतृत्व याचना गरेर होइन दाबी र खोसेर ल्याउने हो। केही दिन कुर्नुहोस खोसेर लिन्छौं। खोसेर लिँदा आनन्द अनुभव हुन्छ। केही दिन कुर्नुहोस। नागरिकले दलको नेतृत्व यस्तो भए हुन्थ्यो भन्ने अपेक्षा राखे पनि यो पार्टीको सदस्यको नियन्त्रणमा रहेका दल हुन न कि नागरिकको नियन्त्रणमा होस्। अहिलेको दलको चरित्र भत्काएर नागरिकसँगको सम्बन्ध स्थापित नगरेसम्म यो पूरा हुन सक्दैन।
हामी गहिराईमा नपुगी व्यक्तिको आचरणमात्रै हेरी निर्णय गर्छौं। चमत्कारिक व्यक्ति मात्रै खोज्छौं। हामी सबै विषयको हल गर्न सिंगो दलको संरचना कसरी बनेको विषयमा ध्यान दिन सक्दैनौं। पेटन र क्लाइटको सम्बन्ध नभत्काइ हुँदैन।
व्यक्तिको आफ्नो नैतिक आचरण र चरित्रको सीमा हुन्छ। त्यो भित्र रहेर मात्र आफ्नो भूमिका निर्वाह गर्छ। नेपालको दलका सदस्य बन्ने संरचना नभत्काई एकैचोटी कहि पनि परिवर्तन आउँदैन।
राजनीतिक प्रणालीले कस्तो परिणाम दिन्छ भन्ने समाजको सापेक्ष ज्ञानमा भर पर्छ। शासकीय स्वरुप बदलिएको भए त्यो बुझाइ ठिक ठान्थेँ। तर, अहिलेको पद्धति मिलेर खाने प्रणाली हो। यो कहिले यता कहिले उता हुन्छ, अगाडि बढ्दैन।
लिलामणीजीको नैतिक बल र क्षमता उच्च छ तर उहाँ मुख्यसचिव भएर काम गर्दा यति परिवर्तन भयो भन्ने ठाँउ छैन। हाम्रो कर्मचारी तन्त्रको संरचना नफेरी लिलामणीजीबाट मात्रै धेरै अपेक्षा गर्न सकिँदैन। हामीले संविधान बनाउँदा शासकीय स्वरुप बदल्न सकेएको भए आधारभूत रुपमा केही परिवर्तन हुने थियो। तर मिलेर खाने शासकीय प्रवृत्ति बनेको छ अहिले।
नयाँ शक्ति भनिरहनु भएको छ बाबुरामजीहरु। पार्टी नयाँ खोल्न पाइन्छ तर शक्ति हुन त जनमतले वैधानिकता दिनुपर्ने हुन्छ। नयाँ बन्न लागेको पार्टीलाई नयाँ शक्ति भन्दिने? यो बनेर आउँदा यो नयाँ शक्ति भयो भने सबैलाई थ्रेट होला। तर कसैले दाबी गर्दैमा सबैले नयाँ शक्ति भन्न मिल्दैन।
परिवर्तनका लागि जोखिम लिनु आवश्यक छ। त्यसका लागि सोच, संकल्प, सुझबुझ, साहस हुनुपर्छ। जोखिम लिने स्पेस बनाउन भन्दा त संरचना बदल्नुपर्छ। मैले आफ्नो राजनीतिक मृत्युको घोषणा गरेँ, मेरो अबको १५ वर्षको आयु राजनीतिमा छ। यो जोखिम मैले लिएँ। यो समयभित्र मैले जोखिम लिने हो, बाँकी परिणामले देखाउला।
अहिलेको अवस्थामा सफल हुने नहुने सफलताको मानक के होला? सफल भएमा अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। अहिलेको स्वार्थ समूहबाट गएर म जस्ताले आफ्नो दलको आधारभूत संरचना भत्काएर नागरिकको दल बनाउने हो।
यो बहसमा मैले के गरेँ म कस्तोभन्दा पनि अहिले सतहमा देखिएका कुरामा मात्रै रह्यौं भने कहिँपनि पुग्न सकिँदैन। हाम्रो भूमिकामा हाम्रो सीमा के छ भन्ने कुरा पनि हेर्नुपर्छ। हामी सबै कुरामा नया ढंगले प्रश्नको समाधान खोज्नु पर्छ। किसुनजीले एक पटक अर्न्तवार्तामा म रक्सी खानका लागि सांसद हुन खोजेको भनेका थिए। त्यतिबेला दोष किसुनजीको होइन।
लिलामणी पौड्याल
हामी जस्तो छौं, नेतृत्व त्यस्तै हुन्छ। उसलाई नेतृत्वमा पुर्‍याउन जस्ले जस्तो भूमिका खेल्छ त्यसैअनुसारको नेतृत्व हुन्छ। त्यो नहुँदा ऊ नेता रहँदैन। नेतृत्वको असफलता अहिले भएको जानेबुझेको समुदायले अपेक्षा गरेअनुसार नै काम गरेर नै नेता भएको हो। अहिलेको नेतृत्वले पनि उसलाई पुर्‍याएको समूहको अपेक्षा अनुसार काम गर्छ अनि कुरा देशको गर्ने? अहिलेको नेतृत्व छनौट गर्ने अनि नतिजा अर्कै आयो भनि भन्न मिल्दैन। सिंहदरबारमा पुगेको नेतृत्वले आफूलाई पुर्‍याएकेा समुदायको अपेक्षा पूरा गरिरहेको छ। जुन जनताले उसलाई पठायो उसको अपेक्षा पूरा गरिरहेको छ। गगनले आफ्नो समूहको अपेक्षा पूरा गरिरहनु भएको छ। यो अपेक्षा व्यक्तिगत छ। पूरा नगरे ऊ नेता रहँदैन।
कर्मचारीको भूमिका पक्कै पनि छ, उहाँहरुले नेताले जे चाहेको त्यहि गरिदिनु भएको छ। एउटा मन्त्रीले २२ वटा पूल हाल्न चाहे, कर्मचारीले त्यहि गरेको हो।
कर्मचारीतन्त्र र राजनीतिमा राजनीतिमुनिको उपप्रणाली कर्मचारी तन्त्र हो। राजनीतिक दलले लिने निर्णयको प्रणालीले गगनजस्ता व्यक्ति मात्रै बसेर निर्णय प्रक्रियामा सुधार ल्याउन सकिँदैन। भलै तलदेखि निर्वाचन गर्ने भनिए पनि परम्परागत प्रणालीभित्र सम्भव हुँदैन।
सिंहदरबारभित्र गएर पनि धेरै ठूलो परिवर्तन सम्भव छैन। कर्मचारीको पनि अलिकति क्षमता भएको नेताले त्यो क्रसचेक गर्नसक्छ। मन्त्रीलाई कति घुमाउँछ भन्ने मन्त्रीकै क्षमतामा भर पर्छ। धेरै उत्तरदायित्व राजनीतिज्ञले लिनु पर्छ। उसले नेतृत्व लिएर कमजोरी हटाउने र तलको खराबीलाई सुधार्ने काम गर्नुपर्छ। कर्मचारीजति सबै असल वा मन्त्रीजति सबै असल अर्को पक्षचाहिँ सबै खराब होइन। दुवै पक्षले आफ्नो स्वार्थमा मिलेर काम गरे राष्ट्रिय स्वार्थमा काम नगर्ने वा कहिलेकाहिँ दुइपक्षबीच द्वन्द्व हुनसक्छ।
समस्याकेा जड संरचनमा र अपेक्षा व्यक्तिगत छ। व्यक्तिगत ध्यान, बुद्धिबाट उसको सिमा, पद्धति नहेरी अपेक्षा पूरा भएन भने आलोचना गर्ने पद्धति छ। मैले पाँचजना प्रधानमन्त्रीसँग नजिक बसेर काम गर्ने मौका पाएँ। हाम्रो राजनीतिक नेतृत्वमा जोखिम मोल्ने क्षमताको कमी छ। त्यसैले शासकीय पद्धतिमा सुधार नगरी परिवर्तन सम्भव छैन। राजनीतिक दलको पद्धतिमा दलको नेता प्रधानमन्त्री भएपछि म दलको नेता भन्दा देशको प्रधानमन्त्री हुँ भन्ने नसोची गुटको नेता नै ठान्ने समस्या छ। पाँच जना प्रधानमन्त्री बनेपनि पछाडिबाट चलाउने तत्व एउटै छ तर नेतृत्वसँग जोखिम लिने क्षमतै छैन। जोखिम नमोली धेरै ठूलो परिवर्तन सम्भव छैन।
एक प्रधानमन्त्रीको कालमा एक मन्त्रीले गर्नै नहुने काम गर्नुभयो। उहाँलाई हटाउन प्रधानमन्त्रीले पत्र पठाएर राष्ट्रपतिलाई दिए पुग्छ। दलको नेतालाई अर्को व्यक्ति पठाउ, त्यसले गलत काम गरेको छ भने हुन्छ। तर उहाँले त्यो जोखिम लिनै सक्नु भएन र प्रभावकारी सरकार चलाउन सक्नुभएन। जोखिम मोल्ने भनेको साना साना जोखिमको अभ्यासबाट हुने हो। नेतृत्व निर्माणका लागि तलैदेखि अभ्यास गरी आउनु पर्छ। यो सबै क्षेत्रको नेतृत्वमा लागू हुन्छ। जोखिममा फेल पास दुवै हुनसक्छ।
अहिले जुन मुलधारका राजनीतिक दल, संरचना र निर्माण विधिलाई जोड्ने आधार बिस्तापित गरी नयाँ बन्छ भन्ने विश्वास बनेको छैन। तल दलमा मानिस किन लागेको छ भने उसको आफ्नो स्वार्थ छ। समाजको स्वार्थ भए एउटा कुरा हो तर व्यक्तिगत स्वार्थमा लागेको व्यक्तिले वर्षौँदेखिको सम्बन्ध, स्वार्थ छाडी नयाँ शक्तिमा हामफाल्ला कि भन्ने लाग्दैन। गगनले जोखिम मोल्ने भने पनि अहिलेको नेतृत्व विकासको विधि प्रक्रिया, कार्यशैली र व्यवहारले मेरो जीवन कालमा कुनै नयाँ र फरक नेतृत्व आउला जस्तो लाग्दैन। नेतृत्व निर्माणको विधि के हो भन्नेकुरा नै अस्पष्ट छ।
म पनि यहि समाजको भाइभतिजो हूँ। भ्रष्टाचार गरी कमाएको सम्पतिलाई प्रतिष्ठा ठान्ने अनि भ्रष्टाचार मुक्त समाज बनाउने कुराले हुँदैन। जीवनपर्यन्त यो अभियानमा लागिरहनु पर्छ। त्यसले मात्रै भ्रष्टाचार रोक्न सकिन्छ। मैले मात्र होइन मैले अरुलाई पनि आफ्नो क्षमताले रोक्न सक्नु पर्छ।
(पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’मा ‘नेतृत्वको संकट’ शीर्षकमा भएको बहसमा वक्ताद्वयले प्रस्तुत गरेका विचारको सम्पादित अंश। सो बहसमा पत्रकार सुधीर शर्माले सहजकर्ता बनेका थिए।)
साभार श्राेत ः सेताेपाटी

१७ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्न सक्ने एमालेका एक नेताले बताएका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने बताएका ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् ।

सूर्य थापा
‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो, एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले अनलाइनखबरसँग भने- ‘भारतले परिस्थिति अनुकूल बनाएन भने प्रधानमन्त्री पहिले चीन भ्रमणमा जानुपर्छ र जानुहुन्छ भन्ने मलाई लाग्छ ।’
नाकाबन्दी नखुल्दासम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने प्रधानमान्त्री ओली आफैंले सार्वजनिक अभिव्यक्ति दिइसकेकाले वीरगञ्ज नाका सहज नभई उनी भारत नजाने थापाले ठोकुवा गरे ।
गत मंगलबार बालुवाटारमा आयोजित सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले नाका सहज नभएसम्म भारत नजाने स्पष्ट पारेका थिए ।
एमाले नेता थापाका अनुसार भारतसँगै चीनले पनि एकै दिन भ्रमणको निम्तो दिएको हुनाले भारतभन्दा पहिले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने सम्भावना छ ।
थापाले अनलाइनखबरसँग भने- ‘चिनियाँ राजदूत असोज २४ गते फूलको गुच्छा लिएर प्रधानमन्त्रीलाई बधाइ दिन जाँदा नै चीन भ्रमणको निम्तो प्राप्त भएको हो । चिनियाँ राजदूत प्रधानमन्त्रीसँगै भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् बधाइ एवं भ्रमणको निम्तो दिएका हुन् ।’
पहिले चीन जान पार्टीको सुझाव
स्रोतका अनुसार नेकपा एमालेका नेताहरुले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई वीरगञ्ज नाका नखुलेको अवस्थामा भारतको भ्रमण गर्नुभन्दा चीन भ्रमण गर्न सुझाएका छन् ।
नाका सहज नभएको अवस्थामा चीन भ्रमणमा गएर प्रधानमन्त्रीले महत्वपूर्ण सम्झौताहरु गर्न उपयुक्त हुने बहस एमालेभित्र सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी छवि रहेको र नाकाबन्दी नखुलेकै अवस्थामा दिल्ली जाँदा उनीमाथि स्वदेशमा आलोचना हुन सक्ने एमाले नेताहरुले आँकलन गरेका छन् ।
पछिल्लोपटक संविधान संशोधन गरिसकेको अवस्थामा पनि वीरगञ्ज नाका नखुलेपछि यथास्थितिमा भारत जान प्रधानमन्त्रीले मन नगरेको एमाले स्रोतले बतायो ।
ओलीको अडान र धोका
प्रधानमन्त्री केपी ओली आफ्नो वचन र अडानमा दृढ भएका कारणले पनि उनले आफ्नो पहिलो भ्रमण चीनबाटै सुरु गर्न सक्ने एमाले नेताहरुको दाबी छ ।
भारतले पटक-पटक नाका खोल्छु भनेर विश्वासघात गरेको भन्दै प्रधानमन्त्री ओलीले चित्त दुखाएका छन् । बालुवाटारमा पत्रकारहरुसँग समेत ओलीले यस्तै गुनासो व्यक्त गरेका थिए ।
वीरगञ्ज नाका कहिले खुल्छ प्रधानमन्त्रीज्यू भन्ने पत्रकारको प्रश्नमा ओलीले दुई/चार दिनमा खुल्ने बताएका थिए । तर, आज ६ दिन बितिसक्दा पनि नाका खुलेको छैन । तीन दिन अगाडि पाँचवटा सवारी साधन खुलेको वीरगञ्जमा फेरि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
प्रधानमन्त्रीले पहिले पनि नाका चाँडै खुल्छ भन्नुहुन्थ्यो, अब दुईचार दिनमा खुल्छ भन्ने के प्रमाण छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए कि आफूले मित्रहरुलाई विश्वास गर्ने गरेको तर, आफ्नो विश्वासमा कहिलेकाँहि धोका हुने गरेको छ ।
कसले बन्द गर्दैछ वीरगञ्ज नाका ?
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणको पूर्वशर्त वीरगञ्ज नाकालाई बनाएका छन् । यसको अर्थ वीरगञ्ज नाका भारतले अवरुद्ध गरेको हो भन्ने प्रधानमन्त्रीको निश्कर्ष देखिन्छ ।
यद्यपि प्रधानमन्त्री ओलीले नाका कसैले नभई अघोषित रुपमा बन्द भएको र अघोषितरुपमै खुल्ने बताएका थिए । संविधान संशोधनपछि मधेसका प्रायः सबै जिल्लामा सवारी साधन र पसल व्यवसायहरु सहजरुपमा चल्न थाले पनि वीरगञ्ज नाका अझैसम्म सहज हुन सकेको छैन ।
सरकारी अधिकारीहरुले भारतले नाकाबन्दी गरेको र उसैले खोल्नुपर्ने बताए पनि मधेसी मोर्चाका कार्यकर्ताहरु नाकाको धर्नामा सहभागी हुँदै आएका छन् ।
मोर्चाका नेता महन्थ ठाकुरले नाकाबन्दी हठाउनेबारे मोर्चाको बैठक बसेर यसमा पुनर्विचार गर्न सकिने बताएका छन् । भारतीय अधिकारीहरुले भने सुरुदेखि नै आफूहरुले नाकाबन्दी नगरेको एकोहोरो तर्क गर्दै आइरहेका छन् ।
भारतमा तयारी, चीन चुपचाप
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज नाका सहज नभई भारत भ्रमणमा जान्न भने तापनि उता दिल्लीमा चाँहि ओलीको भ्रमणबारे चर्चा परिचर्चा सुरु भैसकेको छ । तीन दिनअघि भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा नेपाल मामिला र ओलीको भ्रमणका विषयमा पनि कुरा उठेको थियो ।
प्रधानमन्त्रीले भारत जान्न भने पनि उनको भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल भ्रमणको तयारीका लागि भारत जान लागेको अवस्था छ । भारतले यही फेबु्रअरीमा ओलीलाई दिल्लीमा स्वागत गर्ने तयारी गरेको छ । तर, उनको चीन भ्रमण मार्चमा मात्रै हुने गरी गृहकार्य भइरहेको छ ।
नेपालका प्रधानमन्त्रीको चाहनाअनुसार चीन भ्रमणको तिथि तय हुन गाह्रो छ । र, यसका लागि चिनियाँहरुका तर्फबाट साइत जुर्नुपर्ने हुन्छ, जुन साइत मार्चअगावै जुर्ने सम्भावना कमै छ ।
onlinekhabar

काठमाडौ– सिचाई मन्त्री उमेश यादवले आफू मन्त्रालयको कामको अध्ययनमा ब्यस्त रहेको, मधेस आन्दोलन र आपूर्तिमा देखिएको समस्याले सोचे जस्तो काम गर्न नसकेकोभन्दै छिट्टै आफ्नो काम परिणाममा देखिने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ धेरै योजनाहरु मैले अगाडि बढाएको छु, केही समयमै परिणाम देखिन्छ । नदिसम्बन्धी ऐनको अभाव, सिचाई योजना निर्माणमा स्थानीय निकाय, चुरे, निकुञ्जको अवरोध छ, अब त्यसलाई हटाएर आयोजना अगाडि बढाउन म एकीकृत ब्यवस्था गर्न खोज्दैछु ।’
मन्त्री यादवले राष्ट्रिय गौरबका आयोजनालाई फाष्टट्रायक विधीबाट अगाडि बढाउने, जलको उपयोगमा अल्मलिएकोले यसको उपयोगको बहुआयामिक रणनीति ल्याउन लागेको बताए ।
उनले मुलुकको प्रमुख सिचाई आयोजना सुनसरी मोरङ आयोजना डेडलकमा रहेकोले त्यसको प्राथमिकता तत्काल परिवर्तन नगरे बन्द हुने अवस्थामा रहेकोले त्यसलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा आगाडि बढाउने जानकारी दिदै सुनकोशी कमला डाईभर्सन, सुनकोशी मरिन डाईभर्सनलाई अगाडि बढाईसकेको, कालिगण्डकी तिनाई आयोजनाको अध्ययन अगाडि बढाईएको र दाङमा विशेष सिचाई योजना ल्याउन लागेको जानकारी दिए । उनले भने,‘ सुनसरी मोरङ आयोजनामा डन प्रबृत्तिका करार र ज्यालादारी १७५ कर्मचारीलाई हटाएका छौ । अहिलेको संरचनाले त्यहाँ काम गर्न सक्दैन त्यसैले त्यहाँको संरचना परिवर्तन नभए एक साता भित्र सबैलाई सरुवा गर्दैछौ ।’
सिचाई मन्त्री यादवले आफ्नो कार्यकालमा मुलुकले सिचाईको क्षेत्रमा फड्को मार्ने दावी गर्दै प्रति निर्वाचन क्षेत्रमा ५ डिपट्यूबेल, २०० स्यालो ट्यूबेल, १० पोखरी बनाउने योजना अगाडि बढाईएको भन्दै खुला दिशामुक्त क्षेत्र जस्तै नमुना सिञ्चित गाँउ घोषणा कार्यक्रम समेत अगाडि बढाएको बताए।
उनले जल उपभोक्ता समिति डन प्रबृत्तिका भएकोले अब कुनै पनि आयोजनामा उनीहरुसप्ँपग सम्झौता नगरी टेण्डर गर्ने, पाँच लाख रुपैया भन्दा कमको आयोजना सञ्चालन नगर्ने जस्ता नीति अख्तियार गरेको सुनाए ।
तराई मधेसमा समृद्ध तराई मधेस विशेष सिचाई कार्यक्रम ल्याउने, तराईमा बाढी नियन्त्रण अभियान अगाडि बढाउने, पहाड र हिमालमा टार विशेषसिचाई कार्यक्रम सुरु गर्न लागेको बताए ।
मन्त्री यादवले लक्ष्मणपुर बाधमा तत्कालिन ईन्जिनियर र सिडियोले गल्ती गर्दा नेपाली भुभाग डुबानमा परेको जानकारी दिदै अहिले आफ्नो प्रयासमा त्यो पानीलाई निकास दिन भारत तयार रहेको जानकारी दिए ।
उनले सुनकोशी कमला डाईभर्सन भारतको सहयोगमा निर्माण हुने, खाडो, बलान र राप्ती आयोजना सरकारले चलाउने तर भारतले सहयोग गर्ने गरी सहमति भईसकेको साक्षात्कारमा जानकारी दिए ।
ratopati

पोखरा, १५ माघ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्तिले छिट्टै जनताको मन जित्ने दाबी गरेका छन् ।
शुक्रबारदेखि पोखरामा सुरु भएको साहित्य सम्मेलनको ‘नयाँ शक्ति बहस’मा भाग लिँदै भट्टराईले जनताको मन जितेर ५ वर्ष काम गर्ने अवसर पाए गरेर नेपाललाई स्वर्ग बनाउने दाबी गरे ।
पहिले देशको नेतृत्व गर्दा काम गर्ने समय नपाएको उल्लेख गर्दै भट्टराईले भने- ‘त्यतिबेला संक्रमणकालीन स्थितिमा थियौं, केही सुरुवात भएको थियो तर ९ महिनामा सरकार गयो,’ भट्टराईले भने, ‘९ महिनामा सबै पूरा गर्ने अपेक्षा गर्छौं भने त्यो सम्भव छैन । अब मलाई ५ वर्ष काम गर्ने अवसर दिनुस्, नेपाललाई स्वर्गजस्तै बनाउँछु ।’
भट्टराईले ६/६ महिनामा सरकार फेरिने संसदीय व्यवस्थाले विकास हुन नसकेको जिकिर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि आवाज उठाउन अपिल गरे । ‘त्यसपछि ५ वर्ष समय दिनुस् त्यो बेला गर्न सकिन भने बाबुराम भट्टराईलाई जे भने पनि हुन्छ,’ उनले भने ।
१० वर्षमा गरिवी बेरोजगारी हटाउन र ४० वर्षमा मुलुक समृद्ध बनाउन सकिने भन्दै भट्टराईले राजनीतिक क्रान्ति समाप्त भएकाले विकास र समृद्धिका लागि नयाँ शक्तिको आवश्यकतामा जोड दिए ।
dainiknepal

माघ १५, २०७२- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको बाँया आँखाको रेटिनाको नसा फाटेपछि उनको एउटा आँखाको दृष्टिमा समस्या भएको छ । सुगर र रक्तचाप अत्यधिक बढेपछि त्यसको असरले महतोले बाँया आँखामा कडा समस्या देखिएको हो ।

महतोको आँखाको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा. सञ्जयकुमार सिंहले उनको बायाँ आखाको रेटिनाको नसा फाटेको र रगत जमेको छ । ‘ब्लडप्रेसर अत्यधिक बढेपछि हाइपरटेन्सन अटाक्कका कारण आखामा समस्या भएको हो,’ डा. सिंहले भने ।

केही दिन अघि विराटनगरस्थित रानी नाकामा धर्ना बस्ने क्रममा प्रहरीको कुटाईवाट घाइते भएका महतोको सुगर र ब्लडप्रेसर नियन्त्रण नभएपछि उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । लामो समयसम्म नयाँ दिल्ली स्थित मेदान्त अस्पतालवाट उपचार गराई फर्केका महतो माघ ६ गते सिरहाको लहानमा फेरि अस्वस्थ्य भएका थिए ।

उच्च रक्तचापका कारण लहानमा अस्वस्थ्य भएका महतो रंगेली घटनाका घाइतेलाई भेट्न धरान पुग्दा एउटा आँखाको दृष्टिमा कडा समस्या भएको थाहा पाएका थिए । महतो रंगेली घटनाका मृतकका परिवारलाई भेट्न गएका बेला बाँया आँखाले हेर्न झन समस्या भएपछि उनी विराटनगर आँखा अस्पतालमा जचाएका थिए ।

विराटनगर आँखा अस्पतालका बरिष्ठ बिशेषज्ञ सिंहको निगरानीमा महतोको आँखाको परीक्षण गरिएको थियो  । डा. सिंहले भने, ‘अहिले औषधि दिइएको छ, सुधार भए ठिकै छ नभए अप्रेसन गर्नुपर्ने स्थिति आउँछ ।’ बाँया आँखाको रेटिनाको नसा फाटेर रेटिना वरिपरि रगत जम्मा भई भिजिविलिटी कम भएको अवस्था छ ।

दिल्लीवाट काठमाडौं हुँदै बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान आएका वेला माघ ६ गते विरामी परेका महतोलगतै रंगेली घटना भएपछि चारदिन विराटनगर बसेका थिए । रक्तचाप र सुगर नियन्त्रणमा नआएपछि तीनदिन यता सुनसरीको धरानमा चिकित्सकको निगरानीमा उनले उपचार गराएका छन् ।

‘मेदान्तामा मुल रुपमा टाउकोको चोटको उपचार मात्र भएको थियो, विपी र सुगर बढ्ने क्रमले फेरि समस्या भएपछि धरानमा तीनदिन चिकित्सकको निगरानीमा उपचारसँगै आराम गर्नुभएको छ,’ महतोका एक सहयोगीले भने ।

विराटनगर नाकाको घटनापछि महतोको रक्तचाप र सुगरको स्तर नियन्त्रणमा आउन नसकेको उनले बताए । महतो ३ दिन यता धरानमा चिकित्सको निगरानीमा उपचार गराइरहेको र शुक्रवार साँझ धरानवाट सर्लाही जाने कार्यक्रम रहेको उनले जानकारी दिए ।
ekantipur


झापा : ट्रान्सपरेन्सी इन्टरनेशलले हालै सार्वजनिक गरेको सूचकांकमा नेपाल दक्षिण एसियामै तेस्रो भ्रष्ट मुलुक बनेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले खुसी व्यक्त गरेका छन् ।

झापाको विर्तामोडमा क्रान्तिकारी पत्रकार संघले शुक्रबार बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अंक बढ्दा त खुसी हुनुपर्छ ।’


भ्रष्टाचार बढ्दा देशले बढी अंक पाउने गरेको बारेमा जानकार नरहेका गृहमन्त्री बस्नेतले त्यसो भन्दा पत्रकारमाझ हाँसोको पात्र बन्न पुगे ।

पत्रकारहरुले अंक बढ्दा भ्रष्टाचार बढ्नु हो भन्ने हेक्का किन नराखेको भनेपछि गृहमन्त्री बस्नेतले अध्ययन नै गरेको छैन भन्दै माफी मागेका थिए ।

गृहमन्त्री बस्नेतले भारतले लगाएको नाकाबन्दी केही दिनमै खुल्ने दाबी फेरि दोहो¥याए । ‘पेट्रोलियम पदार्थको अपूर्तिपनि सहज भएको छ’, उनले भने, ‘विरामी भएको मानिस तंग्रिन समय लागेजस्तै सबै कुरा सहज हुन समय लाग्छ ।’
annapurnapost-

काठमाडौं, १४ माघ । पूर्व उच्च प्रशासकहरुको दोहोरो सुविधा कटौती गर्ने सरकारी निर्णयको विरोधमा सामान्य प्रशासनमन्त्री रेखा शर्मालाई धम्की दिनेमा अरु कोही नभएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी दिदी सासु कयोदेवी यमी रहेको रहस्य खुलेको छ ।
नयाँ शक्तिका संयोजक समेत रहेका भट्टराईकी दिदी सासु कयोदेवी यमीले मन्त्री शर्मालाई बुधबार मोबाइलमा फोन गरेर दोहोरो सुविधा कटौती गरेकोमा आक्रोश व्यक्त गरेकी हुन् । फोनमा कयोदेवीले भनेकि थिइन्, ‘म पनि हेरौँला । दोहोरो सुविधा कटौती गरेकोमा तपाईहरुलाई अदातलसम्म घिसार्न सकेन भने मेरो नाम पनि कयोदेवी यमी होइन । मसँग धेरै नजिर छन् । अदालतमा गरएर सरकारको निर्णयलाई रोक्नेछु ।’
जवाफमा सामान्य प्रशासन मन्त्री शर्माले जे मन लाग्छ त्यही गर्न कयोदेवी यमीलाई सुझाव दिएकी थिइन् । स्रोतले मन्त्री शर्मालाई उदृत गर्दै भन्यो, ‘कयोदेवी यमी ज्यूले फोन गर्नुभएको थियो । मन्त्री ज्यूलाई बधाइ दिन फोन गरेको हुँ भन्नुभयो । त्यसपछि त ज्यान छाडेर बोल्न थाल्नु भयो । धम्की दिन थाल्नु भयो ।’
सामान्य प्रशासन मन्त्री शर्माले राज्यका उच्च अंगमा रहेको उच्च पदाधिकारीले दोहोरो सेवा र सुविधा लिइ राज्यको करोडौको रकम सिध्याएको तथ्याङ्क फेला पारेपछि सो कार्यलाई रोक्न सरकारी निर्णय गराइ फिर्ता गराउनु भएको थियो । निर्णयको सर्वसाधारणले स्वागत गरेका छन् । तर दोहोरो सुविधालाई रहेकाहरुले भने त्यसको चर्को विरोध गर्दै आएका छन् ।
‘नाष्ट’की पूर्व वैज्ञानिक रहेकी यमी बाबुराम भट्टराईकी दिदी सासु हुन् । भट्टराईकी पत्नी हिसिला यमीकी जेठी दिदी कयोदेवीलाई राजनीतिक नियुक्त गराउनमा हिसिला र भट्टराईका ठूलो भूमिका छ ।
उनी लोक सेवा आयोगको अध्यक्षसमेत भएकी थिइन् । उनले लोकसेवा आयोग र नाष्टका तर्फबाट राज्यलाई भार पर्ने गरी लाखौँ रुपियाँ बराबरको सुविधा लिने गरेकी छिन् । खाइपाइ आएको सुविधा कटौती भएपछि आबेगमा आएकी कयोदेवीले बुधबार फोन गरेर मन्त्री शर्मालाई धम्की दिएकी हुन् ।
कयोदेवीले राज्यका तर्फबाट गाडी, घर, सुरक्षा, तेललगायतका थुप्रै दोहोरो सुविधा लिँदे आएकी थिइन् । दोहोरो सुविधा लिनेमा उनी मात्रै होइन अरु थुप्रै उच्च पूर्व प्रशासकहरु छन् । सबैले मन्त्री शर्माविरुद्ध आक्रोश व्यक्त गर्ने गरेका छन् ।
dainiknepal

काठमाडौं, १३ माघ । मंगलबार(हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी नखोलेसम्म भारत जान्न्’ भन्ने कडा बयान दिएपछि भारतमा हंगामा भएको छ ।
भाषणका क्रममा नाकाबन्दी नखोले चीनतिर लाग्ने संकेत दिएपछि त्यसले राजधानी नयाँ दिल्लीका शासकलाई झन त्रसित तथा चिन्तित बनाएको छ ।
भारतीय च्यानल आजतकले प्रकाशित गरेको समाचारमा ओलीले अब चीनबाट आफ्नो पहिलो विदेश भ्रमण गर्ने सम्भावना बढेको र यो चिन्ताको विषय भएको उल्लेख गरेको छ । समाचारमा परम्परागत रूपमा नेपालका नयाँ प्रधानमन्त्री सबैभन्दा पहिला भारतको भ्रमणमा आउने गरेको भनिएको छ ।
ओली पहिला चीन गए भारतलाई नटेरेको र अपमान गरेको भन्ने सन्देश जनमानसमा जाने भएपछि दिल्लीका शासक प्रधानमन्त्री ओलीको पछिल्लो बोलीबाट त्रसित बनेका हुन् । यद्यपी ओलीले नाकाबन्दी एक–दुई दिनमै अघोषित रुपमा खुल्ने दाबी गरेका छन् । नखुले भारत जान्न भन्नु अर्काे हिसाबले दिल्लीका शासकलाई दिएको चेतावनी जस्तै पनि देखिन्छ ।
भारतीय च्यानल आजतकले भिडियो रिपोर्ट नै प्रशारण गरी ओलीले भारतमा आरोप लगाएको उल्लेख गरेको छ । उसले रिपोर्टमा नाकाबन्दीले नेपालसँग चीन एकदमै नजिकिएको कुरा पनि उल्लेख गरेको छ ।
dainiknepal


उपप्रधान तथा सहकारी विकास तथा गरिवी निवारणमन्त्री चित्रवहादुर केसीले नाकावन्दीको विषयलाई अन्तराष्ट्रियकरण गर्न नसकेको बताउनुभएको छ । अन्तराष्ट्रिय जगतले साथ दिन्छु भन्दा पनि सरकारले अन्तराष्ट्रियकरण गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्नुभएको छ ।




न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम ६ प्रश्नमा कुरा गर्दे उपप्रधानमन्त्री केसीले भारतले गरेको अघोषित नाकावन्दीको विषय अन्तराष्ट्रियकरण गर्न नसक्नु सरकारको ठूलो कमजोरी रहेको बताउनुभएको हो । उहा“ले भूकम्प र नाकावन्दीको दोहरो मारमा परेका जनताले सरकारलाई साथ दिदा दिदै पनि आफूहरुले नाकावन्दीको अन्तराष्ट्रियकरण गर्न नसकेको स्विकार्नु भयो ।

कार्यक्रममा उपप्रधानमन्त्री केसीले भारतले नकावन्दी लगाएर संविधान संशोधन गराएका कारण आफु सरकारमा भएपनि संशोधनको विपक्षमा मतदान गरेको बताउनु भयो । सरकारमा भए पनि पाटीृले विगतदेखि उठाएका मुद्धाहरमा आफ्नो फरक मत रहेको उहाँले प्रष्ट पार्नुभयो ।

संविधानसभाको दोस्रो निर्वाचनताका नेपाली जनता संघीयताकै पक्षमा भएपनि भारतको नाकावन्दी पछि संघियताको विपक्ष्ँमा जनमत बढ्दै गएको उहाँको दावी छ ।

news24nepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget