उत्तर कोरियामा फेरि भूकम्पको धक्का

परमाणु परीक्षण नभएको दक्षिणको दाबी
एजेन्सी: उत्तर कोरियामा सोमबार ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ।


दक्षिण कोरियाको सरकारी मौसम विज्ञान एजेन्सीले उत्तरमा भूकम्पको धक्का महसुस भएको पुष्टि गर्दै फेरि परमाणु परीक्षण भएकोबारे जानकारी नमिलेको उल्लेख गरेको छ ।

दक्षिणकोरियाको मौसम विभागले उत्तरले परमाणु परीक्षण गरेको जानकारी नआएकाले प्राकृतिक कारणबाटै भूकम्प गएको हुनसक्ने दाबी गरेको छ ।

कोरिया मौसम विज्ञान प्रशासन (केएमए) का अनुसार भूकम्प उत्तर कोरियाको सोङ्गलिम शहर नजिकै बिहान पाँच बजेर १७ मिनेटमा गएको हो ।

यो भूकम्प कुनै परमाणु परीक्षणको नतिजा होइन', केएमएका एक अधिकारीले भने, 'किन कि भूकम्प गएको क्षेत्र उत्तर कोरियाको परमाणु परीक्षणस्थल पुङ्गये रिबाट धेरै टाढा रहेको छ ।'

केएमएका ती अधिकारीले यसलाई प्राकृतिक भूकम्प भएको बताउँदै उत्तरबाट आज कुनै  परमाणु परीक्षण नभएको बताए ।

यो भूकम्पबाट कुनै किसिमको क्षति नभएको दक्षिणकोरियाको मौसम विभागको भनाइ छ ।
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget