कलंकीको मकालु पेट्रोल पम्पपछाडि एउटा आकर्षक साढे तीन तले घर छ । जहाँ मेनपावरको बोर्ड राखेर वेश्याबृत्ति धन्दा चलाइएको थियो । प्रहरीले छापामारि ३ युवती सहित दुई सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन ।
धादिङ, नुवाकोट र गुल्मीका २ युवती करिव २० वर्षका छन् । केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको कालीमाटी प्रहरीका डिएसपी हेम थापाले अध्ययनका क्रममा पाइएको बताए । सञ्चालकहरुले विभिन्न व्यक्तिलाई नयाँ युवती आएको भन्दै फोन गरेर बोलाउने गरेको समेत खुलेको छ । जसमा धेरै सरकारी कर्मचारीसमेत छन् ।आजको नयाँ पत्रिका दैनिकबाट
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.