Articles by "News"

काठमाडौँ, २ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।  मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उहाँले मित्र राष्ट्र भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गर्नुभएको थियो ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’ सार्क युवा बडापत्र स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताउनुभयो ।
त्यसैगरी १८ औंँ सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सीमाङ्कन आयोगमा पौडेल
बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । सो आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहनुहुने छ । सो आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ ।
देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।



त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ ।


काठमाडौँ,   संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।




संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा आज बसेको गठबन्धनको बैठकले चैत ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गठबन्धको विज्ञप्तिअनुसार चैत ७ गते शान्तिबाटीकामा जम्मा भइ माइतीघर मण्डलासम्म नारावाजी र कालोझण्डासहित पुगेर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दिन विशेष तयारीका साथ आउने गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । ओलीको कार्यक्रमलाई विरोध स्वरुप संघीय गठबन्धनले राजधानीमा प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

मधेसी मोर्चासहितका विभिन्न साना दलहरू रहेको यो गठबन्धनमा आजदेखि पुनः दुई दल थपिएका छन् । गठबन्धनमा पहिला १३ वटा दल थिए । आज अरु दुई दल थपिएपछि अब संघीय गठबन्धनमा १५ वटा दल भएका छन् ।
News24Nepal


मनोकामना पूरा हुने विश्वासमा परेवा भाकल गरी मन्दिरमा बध गर्ने परम्परामा रोक लगाइने भएको छ ।

यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा आगामी वैशाख १ गतेदेखि परेवाको बध गरिनेछैन । मन्दिर व्यवस्थापन समितिले सर्वसाधारणलाई बलिका लागि परेवा भाकल नगर्न समेत आग्रह गरेको छ । पूजाआजाका क्रममा ल्याइने परेवालाई मन्दिर परिसरमै छाडिने समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । मन्दिरमा दैनिक पूजाका लागि ल्याइएका दर्जनौँ जोडी परेवा कतिपयले बलि दिने गरेका छन् भने कतिले उडाउने गरेका छन् । शान्तिको प्रतीकका रुपमा लिइने परेवाको बलि दिनु शोभनीय नभएकाले त्यसलाई रोक लगाउने निर्णय भएको अध्यक्ष खड्काले बताउनुभयो ।



पशुपक्षी बलि दिने प्रचलन रोक्न भक्तजनले सुझाव राख्दै आएका थिए । शान्तिको सन्देश दिने परेवाकै बलि दिनु उचित नभएको जनाई अन्य धार्मिक स्थलमा यसअघि नै बन्देज लगाइएको थियो । पशुपक्षी अधिकारीकर्मीले पनि मन्दिरमा पूजाआजाको नाममा दिइने बलिको विरोध गर्दै आएका छन् ।

मन्दिरमा अहिले बलिका लागि ल्याइने परेवाको सङ्ख्या घट्दै गएको समितिले जनाएको छ । मन्दिरमा परेवा बिक्रीको रकमबाट वार्षिक रुपमा रु एक लाखभन्दा बढी सङ्कलन हुने गरेको छ । परेवाको बासस्थान अव्यवस्थित हुँदा फोहोरमैला बढेकाले समितिले स्थायी बासस्थानको निर्माण गर्ने तयारी गरेको छ । मन्दिरमा परेवा, हाँस, कुखुरा, बोका, सुँगुर र राँगोको बलि दिने गरिन्छ ।
  News24Nepal

भीमदत्तनगर: जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौ जिल्लाबाट तीन हजार ९ सय ४९ जनाले आवेदन दिएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले तीन हजार ५४४ पुरुष र ४०५ महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएको जानकारी दिए ।


गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्तका लागि समय दिइएको थियो । प्रहरीमा ५४४ जनाको भर्ना खुलेसँगै सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयमा आवेदन लिइएको थियो ।

सुदूरपश्चिममा सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय, कैलालीमा आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कर्णसिंह कार्कीका अनुसार कैलालीमा ८१४ जना महिला तथा पुरुषले आवेदन दिएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा ५२६ जनाको आवेदन परेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।

त्यस्तै यहाँका पहाडी जिल्लाहरु डडेल्धुरा २८४, बैतडी ४९५, दार्चुला ३५०, बझाङ ३२४, बाजुरा २१६, अछाम २४९ र डोटीमा ९३ जनाले भर्ना हुन आवेदन दिएको प्रहरीले जनाएको छ । रासस

काठमाडौं, १ चैत । हावाहुरीले मौसममा खराबी आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा विदेशबाट आएका विमानहरु आकाशमै उडिरहेका छन् ।
अचानक आएको ठूलो हावाहुरीले रन वे अवरुद्ध भएपछि अवतरण गर्नुपर्ने विमानहरु आकाशमै होल्ड गर्न बाध्य भएका हुन् । विमानस्थल स्रोतका अनुसार झण्डै एक घण्टादेखि विमान अवतरण हुन सकेका छैनन् ।
मौसम विग्रेपछि कोरियन एयरलाइन्स र फ्लाई दुबईका जहाज डाईभर्ट गरिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले जानकारी दिए ।
उनले भने– ‘विमानस्थल बन्द भएपछि अहिले दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको एआईसी २१५ जहाज र एयर अरेबियाको एबीवाई ५३१ जहाज आकाशमै होल्ड भएका छन् । अवतरण गराउने प्रयास जारी छ ।’
dainiknepal

काठमाडौँ, १ चैत, सर्वोच्च अदालतले रुपैयाँ (नोटमा) केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले गत फागुन २७ गते रिट निवेदन दायर गरेका थिए ।

निवेदनमा नोटका बिटामा केरमेट गर्ने, लेख्ने, स्टिच गर्नाले झुत्रो हुने हुँदा आफूहरूको सम्पत्तिसम्बन्धी हकमा समेत आघात पुगेको उल्लेख थियो ।
च्याउसरी खुलेका बैंक, सहकारी लगायतले पैसालाई सुरक्षित राख्ने नाममा जथाभावी स्टिच गर्ने, आफै केरमेट गर्ने गर्दा सर्वसाधारण पनि पैसामै राष्ट्रबैंकको गभर्नरले जस्तै हस्ताक्षर धस्काउँदै आएका छन् । त्यतिमात्र होइन पैसामै आफ्नो सन्देश लेख्ने चलन पुरानो भइसकेको छ । डलरमा केरमेट भए पैसा सटही हुँदैन । सस्तो भएर हो कि नेपाली पैसाको त मोलै नभएजस्तो गरिरहेको छ सरकार । के फिर्ला त नेपालीको बुद्धि ?
aajakokhabar

BadalNepal, 14th March: This is a treat to all the fans of Pramod Kharel and even to those who look upto Ramesh Kharel as an inspiration. This latest song in the voice of  Pramod features Ramesh Kharel in the video. Song titled, ‘Salami’ is expected to be a hit among the patriotic nationals. The lyrics for the song is penned by Narayan Kandel while the music has been composed by Arjun Pokhrel. Edited by Nishan Ghimire, the video has been directed by Shasan Kandel.
badalnepal

अमेरिकामा आइतबार रातिदेखि समय एकघण्टा अघि सर्ने भएको छ । ‘डे–लाइट सेभिङ टाइम’ आइतबार रातिबाट सुरु हुँदैछ । त्यस अनुसार राति २ नबजि एकै पटक ३ बज्छ । अर्थात राति १ बजेर ५९ मिनेटपछि समय एकघण्टा अघि सरेर ३ बज्छ ।
यसले गर्दा आइतबार बिहान अघिल्ला दिनहरुमा जस्तो निश्चित समयमा ओछ्यानबाट उठ्न बानी परेकाहरु सोही समयमा उठ्दा घडीको सुईले एक घण्टा अघिको समय देखाउनेछ । अर्थात अघिल्ला दिनहरुमा बिहान ७ बजे ओछ्यानबाट उठ्नेहरु आइतबार सोही समयमा ब्युँझिदा ८ बजिसकेको हुनेछ ।
अमेरिकामा हरेक बर्ष घडीको समय एक पटक एक घण्टा पछाडि पार्नुपर्छ भने एक पटक एक घण्टा अघि बढाउनुपर्छ । ‘समर’ (गर्मी) को सुरुवातसँगै घडीको समय एक घण्टा अघि बढ्छ भने ‘विन्टर’ (जाडो) को सुरुवातसँगै एक घण्टा समय पछाडि सारिन्छ ।
हरेक वर्ष मार्चको पहिलो आइतबार राति २ बजेपछि घडीको सुई एकैपटक ३ बज्छ । अर्थात एक घण्टा अघि बढ्छ । त्यस्तै नोभेम्बरको पहिलो आइतबार राति दुई बजेपछि घडीको घण्टा सुई फेरि एकमा फर्किन्छ । अर्थात समय एक घण्टा पछि हट्छ । पछिल्लो समयमा स्मार्टफोन र स्मार्टवाचमा समय स्वचालित रुपमा मिल्छ । तर सुईवाला अर्थात म्यानुअल घडीमा भने बिहान निद्राबाट ब्युझिएपछि धेरैले समय मिलाउँछन् ।
यसो गर्दा दिउँसो हुने उज्यालोको समय बढ्ने अपेक्षा सरकारको छ । बिहान ८ बजेदेखि अधिकांश सरकारी कार्यालय खुल्छन् । त्यस्तै ५ बजे कार्यालय बन्द हुँदा समेत घामको उज्यालोले गर्दा बिजुलीको खपत धेरैनै कम हुने भएकोले समयलाई हरेक वर्ष दुई पटक मिलाउने गरिन्छ ।
अमेरिका लगायत युरोप, अष्ट्रेलियामा समेत ‘डे–लाइट सेभिङ टाइम’ को नाममा समय मिलाउने चलन छ । जर्मनीमा मार्च २७ मा सुरु भएर अक्टोबरमा अन्त्य हुन्छ । अष्ट्रेलिया भने दक्षिणी गोलाद्र्धमा पर्ने भएकोले उत्तरी गोलाद्र्धको ठीक उल्टो हुन्छ । अप्रिल ३ मा डे–लाइट सेभिङ टाइम सकिन्छ भने अक्टोबर २ मा फेरि सुरु हुन्छ ।
उता बेलायतमा मार्च २७ मा समय एक घण्टा अगाडि बढाइन्छ भने अक्टोबर ३० मा फेरि पछाडि सारिन्छ ।
सेतोपाटी

 काठमाडौं, ३० फागुन । चीनले चाँडै नै पाकिस्तानमा आफ्ना सैनिक तैनाथ गर्ने तयारी गरेको छ ।
यी सैनिकलाई चीन–पाकिस्तानको करिब ३ हजार किलोमिटर लामो आर्थिक मार्गमा तैनाथ गरिनेछ । जसले बलुचिस्तानको ग्वादर पोर्टबाट चीनको शिनजियांग प्रान्तको सीमानालाई जोड्छ ।
भारतीय पत्रिका अमर उजालाका अनुसार भारतीय सुरक्षा एजेन्सीहरुले केन्द्र सरकार र गृह मन्त्रालयलाई यो विषयमा जानकारी गराइसकेका छन् । सुरक्षा एजेन्सीहरुले भनेको छ कि यो आर्थिक मार्गमा चिनियाँ सैनिकका साथै पाकिस्तानी सेनाका जवान पनि तैनाथ रहनेछन् । यो हाइवेमा पाकिस्तान आफ्ना तीन स्वतन्त्र इन्फैंट्री बिग्रेड र दुई अतिरिक्त आर्टिलरी रेजीमेन्टलाई तैनाथ गर्दैछ । यसमा एक ब्रिगेडमा तीन रेजीमेन्ट हुनेछन् र हरेक रेजीमेन्टमा करिब १ हजार सैनिक हुनसक्छन् ।
जून आर्थिक राजमार्गमा यी सैनिकलाई तैनाथ गरिँदैछ त्यो पाकिस्तानको बलुचिस्तानको ग्वादर पोर्टबाट शुरू भएर मकरन, लाहौर र इस्लामाबाद हुँदै पाक शासित कश्मीरको गिलगित–बाल्टिस्तानलाई जोड्दै चीनको शिनजियांग प्रान्तको काशगर पुगेर सकिनेछ । यो मार्ग करिब ३ हजार किलोमिटर लामो छ ।
चिनियाँ राष्ट्रपतिले पहिले नै गरेका थिए संकेत

चीन–पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी)मा चिनियाँ सैनिक तैनाथ गर्ने पहिलो चरणको प्रक्रिया डिसेम्बर २०१६ (यसै वर्ष)भित्र पुरा हुने गृहकार्य गरिएको छ । यसका साथै चीनको पहुंच भारतीय महासागरहरु र अन्य क्षेत्रसम्म हुनेछ ।
यो करिडोरको सबैभन्दा बढी फाइदा चीनले पाउनेछ । यसबाट चीनले सजिलैसँग खाडी देशहरुबाट कच्चा तेलको आयात गर्न सक्छ । यति मात्रै होइन् यो करिडोर बन्दा खाडी देशहरुबाट चीनको दूरी १२ हजार किमीबाट घटेर एक चौथाई मात्रै रहेनछ ।
चिनियाँ राष्ट्रपति शी जिनपिंगले गन वर्षको अप्रिलमा पाकिस्तानको भ्रमण गरेका थिए । यसैबेला उनले पाकिस्तानमा हाईवे निर्माणका लागि ४६ अर्ब डलर खर्च गर्ने घोषणा गरेका थिए ।
dainiknepal

काठमाडौं, फागुन ३० । स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही सवार हेलिकोप्टर मनाङमा आकस्मिक अवतरण गराइएको छ । मौसम प्रतिकुल भएपछि हेलिकोप्टर आकस्मिक अवतरण गराइएको हो ।
मनाङको जिल्ला परिषद बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी भइ राजधानी फर्कने क्रममा राज्यमन्त्री शाही सवार एयर डाइनेष्टीको हेलिकोप्टर धारापानी–१, पालमा आकस्मिक अवतरण गराइएको हो ।
हेलिकोप्टरमा पाँच जना सवार रहेको बताइएको छ । ‘मन्त्रीज्यू सवार हेलिकोप्टर सकुशल अवतरण भएको छ, मौसम अनुकुल भएपछि राजधानी आउने कार्यक्रम छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।
मौसम अनुकुल हुन नसके आज उतै बस्न सक्ने पनि श्रेष्ठले बताए ।
imagekhabar

३० फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।
छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरलाई बताए ।
onlinekhabar


काठमाण्डु, ३० फागुन– भारतले लगाएको अघोषित नाकाबन्दीपछि पेट्रोलियम पदार्थमा कालोबजारी मौलाएको भन्दै एमााले निकट विद्यार्थी संगठन अनुरास्ववियुले नेपाल आयल नियमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । इन्धन आपूर्ति सहज भएपनि सर्वसाधारणले पर्याप्त इन्धन तथा खाना पकाउने ग्यास नपाएको भन्दै विद्यार्थीहरुले निगम घेराउ गरेका हुन् । के भयो निगम घेराउमा ?
kathmandutoday

आइतबार, फाल्गुण ३०, २०७२ समय: ७:३१:३९

काठमाण्डाै । सरकराले निजामती कर्मचारीको अवकाशको उमेरहद बढाएर पेन्सनको व्यवस्था हटाउँदै निजामती ऐन संशोधन गृहकार्य अघि बढाएको छ कर्मचारीको अवकाशको उमेरहद दुई वर्ष बढाएर हाल कायम रहेको पेन्सनको व्यवस्था हटाउन लागिएको हो ।

सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार सो व्यवस्थासहित अध्यादेशमार्फत निजामती ऐन (पाँचौं संशोधन)को गृहकार्य अघि बढाइएको छ । अाजकाे राजधानी दैनिकमा खबर छ ।

काठमाण्डाै । नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका छन् । बालमैत्री नगरपालिका बनाउन सक्रिय रहेका बाल क्लबहरुले धुर्मुस सुन्तली अभियानमा ऐक्यबद्धता जनाउँदै नगरपालिकालाई वातावरणमैत्री पनि बनाउने बताएका हुन् ।
१ सय १७ बाल क्लबका ३ हजार २ सय ५० सदस्यहरु अब सरसफाईमा जुट्ने नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष एवं बालमैत्री अभियानकी अभियान्ता विपना शर्माले जानकारी दिएकी छिन् । बालबालिकाहरुकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको भन्दै उनले सुनवललाई वातावरणमैत्री बनाउने लक्ष्यका साथ धुर्मुस सन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको बताएकी छिन् ।
सबै एक भएर अघि बढेकाले सुनवललाई बालमैत्री नगरपालिका बनेको सम्झना गर्दै उनले अब सरसफाई आफुहरुको प्राथमीकतामा रहने स्पष्ट गरीन् । ११ वर्षदेखि बाल क्लबमा संलग्न भएकी विपनालाई केहि समय अघि एशियाली महिला मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो । देशकै पहिलो बालमैत्री नगरपालिकाका अधिकाँस बाल क्लबले सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको खबरले आफुहरु उत्साहि भएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् ।

gorkhalikhaba

पर्वत। गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यहाँको एक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि नेपाली सेनाले सहयोग गरेको छ । भूकम्पका कारण १७ वटा कक्षाकोठा पूर्णरुपमा भत्किएको राम्जा देउराली गाविसस्थित पशुपति उच्च माविमा नेपाली सेनाको रणदल गुल्म, पर्वतले सहयोग गरेको हो । गुल्मका २० जना नेपाली सेनाको टोलीले विद्यालयको प्राङ्गणमा छात्रा तथा छात्रका लागि १० कोठे दुईवटा आधुनिक शौचालय निर्माण गरिदिएको हो ।

शौचालय निर्माणमा खटिएको टोलीले दुई महिनासम्म विद्यालय प्राङ्गणमै बसेर रातदिन खटिएर आधुनिक शौचालय निर्माण गरिदिएका हुन् । जिल्ला विकास समिति पर्वतका प्राविधिकले रु १४ लाखको लागत इस्टमेट गरेको शौचालय विद्यालयको रु दुई लाख तीन हजार तथा नेपाली सेनाको आन्तरिक स्रोतबाट रु चार लाख ५० हजार नगदसहित श्रमदानमा शौचालय निर्माण सम्पन्न भएको गुल्मपति सेनानी बालकृष्ण कार्कीले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएको उक्त शौचालय विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सेनाको टोलीले विद्यालयका प्राचार्य गोविन्दप्रसाद शर्मालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा शिक्षा कार्यालय पर्वतकी विद्यालय निरीक्षक बबिता शर्माले नेपाली सेनाको सहयोगले विद्यालयको शैक्षिक विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा विद्यालयका प्राचार्य गोविन्दप्रसाद शर्माले विद्यालयमा भूकम्पले पु¥याएको क्षति र त्यसले पारेको असरका बारेमा जानकारी गराउनुभएको थियो । क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण समितिका अध्यक्ष रमेश शर्मा गौतमले विद्यालय राजनीतिक खिचातानीले गाँजेको भन्दै त्यसलाई निरुत्साहित गर्दै पुनःनिर्माणमा जुट्न चुनौती रहेको बताउनुभयो । उच्च मावि तहसमेत सञ्चालन भएको उक्त विद्यालयका विद्यार्थी विभिन्न संस्थाको सहयोगमा बनेका टहरामा बसेर पढ्न बाध्य भएका छन् ।
purbelinews

जनकपुर, फागुन २९ । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले प्राचीन सभ्यताको धरोहरका रुपमा रहेको मिथिला आज राजनीतिक अखडाको रुपमा विकसित भइरहेकोले यसको मौलिकता हराउँदै गएको बताएका छन् ।
जनकपुर उपमहानगरपालिका–१४ रजौलमा निर्माण हुन लागेको श्रीराम जानकी रङ्गशालाको भौतिक पूर्वाधार सम्बन्धमा स्थलगत निरीक्षण गर्दै मन्त्री मण्डलले सो कुरा बताएका हुन् ।
जगत्जननी सीता नभए रामको कुनै अस्तित्व नै नहुने उल्लेख गर्दै मन्त्री मण्डलले भने, ‘हाम्रा पूर्वजले अर्जेको प्राचीन मिथिलालाई कालान्तरमा आएर मिथिलावासीले उपहास गरेकाले यसको अपेक्षित विकास हुन नसकेको हो ।’
मन्त्री मण्डलले नेपाल–भारतबीचमा केही समय अघि देखापरेको कटुता नाकाबन्दी अन्त्यसँगै समाप्त भई दुई देशबीच पहिले जस्तै सुमधुर भएको उल्लेख गरे ।
खेलकुदको सम्बन्ध स्वास्थ्यसँग भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुनु जनकपुरवासीको लागि गौरवको विषय भएको बताउँदै मन्त्री मण्डलले रङ्गशाला निर्माण गर्ने आगामी आव २०७३/०७४मा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले नगरपालिका र जिविसमा भएको व्यापक भ्रष्टाचारको कारण जनकपुर नगरको यथोचित विकास हुन नसकेको धारणा राखे ।
उनले जनकपुरलाई सुन्दर सहर बनाउनेतर्फ यहाँका नेताको ध्यान नपुगेकाले जनकपुरको अवस्था दिनप्रतिदिन जर्जर हँुदै गएको टिप्पणी गरे। रासस
imagekhabar

काठमाडौँ,  सरकार मधेस आन्दोलनका गम्भीर घाइते भएकालाई उपचार खर्चबापत ४० लाख रुपैयाँ दिन सहमत भएको छ । मधेसकेन्द्रित दल र सरकारबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त रकम दिन सहमति जनाएका हुन् ।





बैठकमा सरकारले घाइतेको औषधि र उपचारमा ३१ लाख रकम दिने प्रस्ताव गरेको थियो । कानुनमन्त्री अग्नि खरेलले वीर अस्पतालमा उपचार गराएका घाइतेको उपचारखर्चवापत ३१ लाख दिने प्रस्ताव गरेका थिए । तर, मधेसी दलका नेताहरुले कुरुवाको पनि खाना र बसाइको रकम दिनुपर्ने अडान लिएपछि सरकारले थप नौ लाख दिने सहमति जनाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

news24nepal

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ ।
जसका कारण हेलिकप्टरलाई रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा इमरजेन्सी ल्याण्डिङ गराइएको छ । हेलिकप्टर प्रधानमन्त्रीलाई लिएर शनिबार दिउँसो काठमाडौंबाट बर्दियाका लागि उडेको थियो । अर्घाखाँची पुग्दा मौसममा खराब आएपछि हेलिकप्टरलाई तुरुन्तै डाइभर्ट गरी पाइलटले भैरहवामा अवतरण गरेका थिए ।
प्रधानमन्त्री ओली बर्दियाको राजापुरमा साना किसान सहकारी संस्थाहरुलाई साना किसान विकास बैंकमा आबद्ध गराइ व्यवस्थापन हस्तान्तरण गर्न त्यहाँ जादै थिए ।
अचानक हावाहुरी चलेर अघि बढ्न नसकेपछि तत्कालै त्यहाँबाट डाईभर्ट गरेर प्रधानमन्त्री चढेको हेलिकोप्टरलाई दिउँसो एक बजे गौतमबुद्ध बिमानस्थल अवतरण गराइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार बर्दिया जान नसकेपछि प्रधानमन्त्री ओलीले भैरहवाबाटै साना किसानको कार्यक्रमलाई मोबाइलबाट सम्बोधन गरेका थिए । सम्बोधन सकेर ओली त्यही हेलिकोप्टर चढेर काठमाडौं फर्किएका छन् ।
पछिल्लो समय निरन्तर हवाई दुर्घटनाको खबर आइरहेका बेला शनिबार यस्तो घटना भएको हो ।
फोटोः चेतन अधिकारीबाट ।
dainiknepal

घोराहीः मादक पदार्थ पिएका सादा पोशाकका जनपथ प्रहरी हवल्दारले होहल्ला गर्दा दाङको घोराहीमा चलिरहेको महोत्सवस्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच लठ्ठी हानाहान भएको छ ।

शनिबार साँझ ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेलामा सादा पोशाकमा छिरेका प्रहरी हवल्दार चन्द्रलाल गिरीले होहल्ला गर्न थालेपछि ड्यूटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोक्न खोजेका थिए ।


त्यसपछि मादक पदार्थ पिएका नेपाल प्रहरीका हवल्दारले विवाद गर्न थालेपछि हात हालहाल भएको थियो । उनी जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत छन् ।

झडप हुन थालेपछि सर्वसाधारणहरु पनि भागदौड गरेका थिए । सशस्त्र प्रहरीले कुटपिट गरेपछि हवल्दार गिरी घाइते भएका छन् ।

सामान्य घाइते उनको उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुबेर कडायतले मादक पदार्थ सेवन गरेका आफ्ना हवल्दारले गल्ती गरेको भन्दै उनलाई कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

महोत्सवमा गायक खुमन अधिकारीले गीत गाइरहेका बेलामा सबै दर्शकहरुले होहल्ला गरेका थिए । त्यही क्रममा शसस्त्र प्रहरीले रोक्न खोज्दा ती हवल्दारले ‘म पुसिलको हवल्दार हुँ’ भनेपछि विवाद अझै बढेको थियो ।

त्यसपछि नेपाल प्रहरीले उनलाई बचाउन खोज्दा ड्यूटीमै रहेका दुई प्रहरी संगठनबीच पनि लठ्ठी हानाहान भएको थियो । त्यसपछि सर्वसाधारण दर्शकहरुले नै उनीहरुलाई छुटाएका थिए ।
annapurnapost

२९ फागुन, काठमाडौं ।
उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले नाकाबन्दीले धेरै नेपालीलाई शिक्षा दिएको बताएका छन् । उनले नाकाबन्दीबाट सिकेर नेपालले आगामी दिनका लागि तयार हुनुपर्ने बताएका हुन् ।
चापागाउँस्थित जनभावना क्याम्पसको रजत महोत्सव समारोहमा शुक्रबार उनले सरकारको काम अझै सन्तोषजनक हुन नसकेको स्वीकार गरेका छन् ।

उनले भने, ‘काम गरिहरहे पनि अझै जनताले चाहेजसरी हुन सकेको छैन ।’ उनले प्रभावकारी ढंगबाट काम गर्न सरकार लाग्नुपर्ने उनले बताएका छन् । यस वर्ष भएको आर्थिक नोक्सानी हटाउनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
नाकाबन्दीले एकभन्दा बढी छिमेकीसँग सम्बन्ध बनाउनुपर्ने देखाएको उनले बताएका छन् । उनले भने, ‘भूपरिवेष्ठित मुलुक भएकाले पनि हामीले धेरै देशसँग सम्बन्ध विस्तार गर्न खाँचो छ ।’ नेपालले विश्वमा पुग्नका लागि बाटो खोज्न जरुरी भएको नाकाबन्दीले सिकाएको छ ।
मुलुकको आर्थिक विकासमा लाग्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘उत्पादन बढाउँदामात्रै मुलुक समृद्ध बन्न सक्छ ।’nepaliheadlines

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget