Articles by "World news"

सोल: दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाईले उत्तर कोरियालाई परिवर्तनको बाटोमा आउन आग्रह गरेकी छन् ।

'समयानुकुल परिवर्तित बाटोमा आउन मेरो आग्रह छ', उनले भनेकी छन्, 'यदि यसै हिसाबमा अघि बढ्ने हो भने त्यसले कसैलाई पनि राम्रो गर्ने छैन ।'


पछिल्ला समयमा उत्तर कोरियाले जारी राखेका आणविक सस्त्रास्त्रको परीक्षण अनावश्यक उत्तेजना भएको पनि राष्ट्रपति हाईले जानकारी दिइन् ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति हाईले उत्तर कोरियालाई यसरी विश्व समुदायसँग अनावश्यक रुपमा चिढाउने र उत्तेजना फैलाउने काममा नलागी वास्तविक परिवर्तनको बाटोमा आउँदा उसलाई राम्रो हुने धारणा राखिन् ।

उत्तर कोरियाले गत महिना गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको जस्तो देखिन्छ ।

यसका विरुद्धमा संयुक्त राष्ट्रसङ्घले पनि उत्तरका विरुद्धमा नाकाबन्दी गरेको छ । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ ।

सो नाकाबन्दीपछि पनि हालैमात्र दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सोलमा गरिसकेका छन् । यस अभ्यासको पनि उत्तर कोरियाले यसको कडा विरोध गरेको छ ।

यस सैनिक अभ्यासपछि उत्तर कोरियाले प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको थियो ।

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा गतहप्तामात्र भएको उक्त संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसङ्घले पनि नाकाबन्दीको घोषणा गरेको हो ।

सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको तीब्र विरोध गरेको छ ।

राष्ट्रपति हाईले उत्तर कोरिया सच्चिएर आएमा उसमाथिको विदेशनीति पनि विश्वबाट नै सहज रुपमा निर्धारण हुने धारणा राखिन् । एजेन्सी
annapurnapost

 म्यानमार , म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन च्यो बिजयी हुनुभएको छ ।
म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो ।  उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो ।

यो जित सुकीको हो– नवनियुक्त राष्ट्रपति

यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जित सुकीको हो ।  उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने पनि उहाँले बताउनुभयो ।

च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सुकीको एक विश्वासपात्रका रुपमा पनि चिनिनुहुन्छ । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उहाँले नै च्योलाई अघि सार्नुभएको हो ।

purbelinews


उत्तर कोरियाले पुनः अर्को परमाणु मिसाइलको परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोन उनले चाँडै नै शक्तिशाली परमाणु मिसाइलको परीक्षण गर्ने चेतावनी दिएको उत्तर कोरियाको आधिकारिक न्यूज एजेन्सी केसीएनएले जनाएको छ ।



न्यूज एजेन्सी केसीएनएका अनुसार किमको निर्देशनअनुसार उत्तर कोरियाका वैज्ञानिकहरुले थर्मोडायानमिक्स स्ट्रक्चर भएको नयाँ ब्यालेस्टिक मिसाइल बनाउन थालेका छन् । उत्तर कोरियाले यही मिसाइल परीक्षणको तयारी गरिरहेको छ । नेता किमले ब्यालेस्टिक मिसाइललाई बोकेर मार हान्ने क्षमताको न्युक्लियर बनाउने कामलाई तिव्रता दिएपछि उत्तर कोरिया परमाणु हतियारको शक्ति अझै बढ्ने बताएका छन् ।

उत्तर कोरियाले यसअघि पनि हाइड्रोजन बमको परीक्षण गरेर शक्तिशाली देशहरुलाई तनाव दिएको थियो । उत्तर कोरियाले गरेको हाइड्रोजन परीक्षणको संयुक्त राष्ट्र संघले आपत्ति जनाएको थियो ।

उत्तर कोरियाको भनाइप्रति दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्रतिक्रिया दिएको छ । उसले उत्तर कोरियाको परमाणु परीक्षण गर्ने क्षेत्रमा केही गतिविधि नदेखिएको जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेयले उत्तर कोरियाले आफूलाई बदल्न नसके र अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाइरहे उसैका लागि खतरा हुने चेतावनी दिएका छन् ।

News24Nepal

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल सरकारको तर्फबाट चीन सरकारसँग चक्रपथमा उत्याधुनिक प्रशारण लाइन बनाउन सहयोग मागिने भएको छ ।

अर्थ र परराष्ट्र मन्त्रालयको डिजाइन र ऊर्जा मन्त्रालयको प्राविधिक सहयोगमा कबिर ६ अर्ब बराबरको सहयोगका लागि प्रस्ताव लाने तयारी भएको ऊर्जा मन्त्रालयका प्रवक्ता डा। सञ्जय शर्माले काठमाण्डु टुडेलाई बताए ।



उपत्यकामा हाल रहेको अव्यवस्थित विद्युत वितरणलाई व्यवस्थित गर्न नेपाल सरकारको तर्फबाट सो प्रस्ताव लान लागिएको हो ।

१३२ केबी क्षमताको सो प्रसारण लाइनका लागि चीनसँग अनुदान या ऋण लिने भन्ने विषयमा भने अझै निर्णय भएको छैन ।

प्रवक्ता शर्माका अनुसार चीन सरकार क्रस बोर्डर बनाउन सकारात्मक भएको छ र हाल चीन सरकारका तर्फबाट कही मानिसले सोको अध्ययन समेत गरिरहेका छन् । उनले भने, ‘अर्थ र परराष्ट्र मन्त्रालयको सक्रियतामा नेपाल सरकारमार्फत प्रधानमन्त्रीज्युको चीन भ्रमणका क्रममा सो प्रस्ताव लान लागिएको हो । हामीले ऊर्जा मन्त्रालयका तर्फबाट सो प्रस्ताव विवरणमा केही थपघट गरेर पठाएका हौँ ।’

हाल काठमाण्डु उपत्यकामा ट्रासफर्मर पड्किने तथा विद्युत पोल धेरै र अव्यवस्थित हुने, विद्युत लाइनमा समस्या आउने गरेको छ । अत्याधुनिक प्रशारण लाइन बनाएमा सो समस्या धेरै मात्रामा हटेर जाने जानकार बताउँछन् ।
News24Nepal

फेरि परमाणु परीक्षण गर्ने उत्तर कोरियाको चेतावनी
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा चाँडै अर्को परमाणु परीक्षण एवं परमाणु हतियार लैजान सक्ने सक्षम ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने बताएका छन्। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसा किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्न चाँडै परमाणु हतियार लैजानसक्ने सक्षम व्यालेस्टिक मिसाइल परीक्षण गर्नेछ।

किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण कोरिया र अमेरिकाका ठूलो संख्यामा रहेका सैनिकले संयुक्त अभ्यास जारी राखेका छन्। यही वर्षको जनवरीमा उत्तर कोरियाले परमाणु परीक्षण गरेको थियो भने ६ महिना पहिला लामो दूरीसम्म मार हान्न सक्ने मिसाइलसमेत परीक्षण गरेको थियो।

सो परीक्षणपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रस्ताव पारित गर्दै उत्तर कोरिया विरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो। उत्तर कोरियाले जनवरीमा हाइड्रोजन बमको सफल परीक्षणसमेत गरेको थियो।
nagariknews

बागलुङ, २ चैत । बागलुङमा ‘भारतीय सेना’को कुटाईबाट एक नेपाली युवकको मृत्यु भएको छ ।
हटिया–५ खस गाउँ बस्ने २१ बर्षीय बेल बहादुर दर्जीको कुटपिटबाट मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सोमबार राति मादक पदार्थ सेवन गरेका सोही ठाउँ बस्ने भारतीय सेनामा कार्यरत मिन बहादुर दर्जीले उनी सहित १९ वर्षीय रेशम परियार र ४५ वर्षीया पुर्णकला दर्जीलाई कुटपिट गर्दा घाइते भएकोले प्राथमिक स्वास्थ्य चौकी हरीचौर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
कुटपिट गर्ने मिनबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal

मुम्बई । आजदेखि भारतमा सुरु हुन लागेको टी-२० विश्वकप क्रिकेट अन्तर्गत मार्च १९ मा भारत र पाकिस्तानबीच ‘महाभिडन्त’ हुँदैछ ।
यो खेलको सबैले प्रतिक्षा गरिरहेका बेला पाकिस्तानकी एक अभिनेत्रीले भारत हारे आफू नाङ्गै नाच्ने घोषणा गरेकी छिन् । चर्चित पाकिस्तानी अभिनेत्री कन्दिल बलोचले भारतलाई पाकिस्तानले हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गर्दै आफ्नो भिडियामा भारतलाई हराउन खेलाडीहरुलाई अपिल समेत गरेकी छिन् ।
कन्दिल बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको भनेकी छिन् । उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी छिन् ।
पाकिस्तानले जितेपछि आफू कप्तान शाहिदले जे भन्यो त्यही मान्न तयार रहेको भन्दै उनले भनेकी छिन्, ‘मेरो प्यारो शाहिद अफ्रिदी, केवल एक पटक भारतलाई हराइदेउ प्लिज, तिमी जे भन्छौ म त्यही गर्न तयार छु, जे गर्न पनि तयार छु तर यस पटक भारतलाई हराउनै पर्छ ।’
dainiknepal

एजेन्सीः जहाजको अगाडीको भागमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

इजिप्ट एयरको ७३७–८०० बोइङ उडिरहेको  अवस्थामा चरा ठोक्किएपछि बोइङको अगाडिको भागमा क्षति पुगेको छ  ।  ठोकिएको चराको रगत बोइङमा लागेको छ ।


चार ठोकिएर क्षति पुगेको बोइङलाई हिथ्रो विमानस्थलमा सफल अवतरण गरिएको थियो ।  उक्त विमानमा ७० जना यात्रु थिए ।

इजिप्टको कायरोबाट शुक्रबार उडेको उक्त बोइङ पश्चिम लण्डन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।
annapurnapost

१ चैत, एजेन्सी ।युनाइटेड अरब इमिरेट्स(युएई)को यमनमा हाउथी विद्रोही  विरुद्ध लड्न गएको एक लडाकु विमान हराएको बताएको छ। युएईको सरकारी समचार सस्था इमिरेट्स न्युज एजेन्सीले थप विवरण नदिइकन यस्तो समाचार सार्वजनिक गरेको हो।

साउदी अरबले नेतृत्व गरेको यमनमा जारी हवाई आक्रमणमा युएई पनि सहभागी रहँदै आएको छ। सन २०१५ मार्च यता यमनमा राष्ट्रपति अबेड्राबो मनसुतको समर्थनमा साउदी अरब लगायतका देशहरुले लगातार हाउथी विद्रोहीमाथि आक्रमण गरिरहेका छन्।

यमनमा चलेको लडाईमा हालसम्म ६ हजार मानिसले ज्यान गुमाइसकेका छन्। यमनमा आक्रमणमा युएईको को यो पहिलो ठुलो क्षति हो।
nepaliheadlines

अमेरिकाको म्यानहट्टन बमले उडाइदिने धम्की
सोल–उत्तर कोरियाले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको छ। वासिंटन पोष्टले उत्तर कोरियाको अफिसियल मिडिया डिपिआरकेलाई उद्धृत गर्दै अमेरिकाको म्यान हट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको जनाएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तरले सो हाइड्रोजन बम ब्यालिस्टिक मिसाइलमार्फत छोड्ने हो भने न्युयोर्कको म्यानहट्टन ध्वस्त हुन्छ भने सबै मानिसको मृत्यु हुनुका साथै पूरै शहर क्षणभरमै खरानीमा परिणत हुन्छ।
उत्तर कोरियाले आफ्नो एटम र हाइड्रोजन बम यंगोन न्यूक्लिर रिसर्च सेन्टरमा बनाएको हो। सो बमलाई उत्तर कोरिया र युएसएसआर (अहिलेको रुस) बीच १९५० मा भएको सहमतिपछि १९६४ मा बनाएको संचारमाध्यमले उल्लेख गरेका छन्।

यसैबीच शुक्रबार उत्तर कोरियाको एक पनडुब्बी बेपत्ता भएको थियो। जसका कारण उत्तर कोरिया निकै आक्रोशित भएको छ। सीएनएनले अमेरिकी सेनाले सो पनडुब्बीलाई उत्तर–पूर्व कोस्टमा देखिएको जनाएको छ।
nagariknews

दक्षिण कोरिया, २९ फागुन-उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको छ ।
उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी (केसिएनए) ले उत्तरकोरियाली सेना प्रमुखहरूको नाममा  जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ ।
उत्तरकोरियाले अमेरिकी संयुक्त सैन्य आक्रमणको प्रतिवाद गर्दै सिओलगायत सम्पूर्ण कोरियाली प्रायद्वीपलाई मुक्त गर्ने बताएको छ ।
उत्तरको चेतावनीको प्रतिवाद गर्दै दक्षिण कोरियाको रक्षामन्त्रालयले सैन्य अभ्यास नियमित भएको जनाउँदै यसबाट थप उत्तेजित नहुन सुझाव दिएको छ ।
kathmandutoday

काठमाडौं, ३० फागुन । चीनले नेपाललाई पाइपलाइन बनाएदिएर कच्चा तेल नै दिने प्रस्ताव गरेपछि भारत आत्तिएको छ ।
चीनले कच्चा तेल पुगाइदिने र चाहिएजति तेल प्रयोग गरेर आत्मनिर्भर बन्न शुक्रबार प्रस्ताव गरेको भोलिपल्टै आत्तिदै भारतले शनिबार नेपाल आयल निगमलाई अर्कै सन्देश पठाएको हो ।
समाचार अनुसार भारतको इण्डियन आयल कर्पोरेसन(आईओसी)ले रक्सौल अमलेखगन्ज ४१ किलोमिटर पेट्रोलियम लपाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्र पठाएको छ ।
आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले आइओसीले पाइपलाइन परियोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिएको समाचार नयाँ पत्रिकामा छ ।
आइओसीले आफ्नोपट्टिबाट सबै तयारी सकेको जानकारी गराएको छ । नेपालको तर्फबाट के तयारी भइरहेको छ भन्ने जानकारी पनि मागेको छ, सुवेदीले भने, ‘पाइपलाइका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिरहेको छ ।’
पाइपलाइन निर्माण बारे ७ भदौमा नेपालका तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम राज्यमन्त्री धमेन्द्र प्रधानले सम्झौता गरेका थिए । पाइपलाइन आइओसीले आफ्नै खार्चमा निर्माण गरिदिने सम्झौता छ । सम्झौता लगत्तै निर्माण गरिने भनिएको भएपनि भारतले गरेको नाकाबन्दीका कारण पाइपलाइन निर्माण कार्य रोकिएको थियो ।
नेपाल तर्फ ३९ किलोमिटर र भारततर्फ २ किलोमिटर बिछ्याइने पाइपलाइको व्यास १० इन्चको हुनेछ । रक्सौलबाट तेल खसालेपछि बढीमा ४५ मिनेटमा अमलेखगञ्जमा झर्ने आइओसीको प्रक्षेपण रहेको छ । एक घन्टा दुई लाख लिटर तेल ओसार्न सकिने पाइपलाइनबाट सुरुमा दैनिक ३० लाख लिटर ओसार्न सकिने आइओसीले जनाएको छ ।
यो पाइपलाइन निर्माण भए नेपाल पूर्ण रुपमा भारतमा निर्भर हुनेछ । जसबाट भारतले फेरि नाकाबन्दी अथवा अन्य कदम उठाएर आफ्नो स्वार्थ पुरा गर्नसक्छ ।
dainiknepal

नेपालसँग निहुँ खोज्ने भारतलाई सिकायो सबक
काठमाडौं, २९ फागुन । विभिन्न बहानामा नेपालको सीमा मिच्दै आएको भारतलाई चीनले सबक सिकाएको छ ।
सीमा सुरक्षार्थ तैनाथ चिनियाँ सेना बुधबार एकपटक फेरि भारतीय भुमिमा पसेको हो । चिनियाँ सेना छिरेपछि सीमा सुरक्षार्थ खटिएको भारतीय सीमा बल (एसएसबी) डराएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सैनिक बुधबार एकपटक फेरि भारतीय सीमाभित्र पसेको हो ।
यो घटनाको पुष्टि आर्मी अफिसरले गरेका छन् । उनका अनुसार ८ मार्च (बुधबार)का दिन चिनियाँ सैनिक लद्दाख भन्ने ठाउँको पैन्गोंग झील नजिकैको ६ किलोमीटर भित्र घुसेको हो ।

यो क्रममा त्यहाँ गस्ती गरिरहेका आईटीबीपीका जवानहरुको टक्कर चिनियाँ सेनासँग परेको थियो । यसै इलाकामा अप्रिल र जुन २०१५ मा पनि चिनियाँ सेना घुसेको थियो । विभिन्न वहाना बनाइ चिनियाँ सेना भारत घुस्दै आएको छ । जसले भारतीय सेनालाई त्रसित बनाइदिएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार आफ्नो भुमिमा चिनियाँ सेना पसेपछि विवाद उत्पन्न भएको थियो । विवादलाई दुबै देशका उच्च अधिकारीले बसेर सुल्झाएका छन् । चीनले अबदेखि नआउने भनेको छ । तर, बेला बेला घुस्दै आएको छ ।
चीनका ११ सैनिक चार दिन पहिला बुधबार लद्दाखको सिरजाप इलाकामा घुसेका थिए । यसैक्रममा चिनियाँ सैनिकका चार गाडी पनि भारतीय इलाकामा ६ किलोमीटरभित्र देखिएका थिए ।
dainiknepal

काठमाण्डु, ३० फागुन– इन्डियन आयल कर्पोरेसनले रक्सौल–अमलेखगञ्ज ४१ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्राचार गरेको छ । आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले करिब दुई साताअघि आइओसीले पाइपलाइन परियोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिए ।
‘आइओसीले आफ्नोतर्फबाट सबै तयारी सकेको जानकारी गराएको छ । नेपालको तर्फबाट तयारी के भइरहेको छ भन्ने जानकारी पनि मागेको छ, सुवेदीले भने ‘पाइपलाइनका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिररहेको छ ।’
पाइपलाई निर्माणबारे ७ भदौमा नेपालका तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यासा राज्यमन्त्री धर्मेन्द्र प्रधानले सम्झौता गरेका थिए ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पाइपलाइन निर्माणका लागि आओसीले टेन्डर आह्वान गरिसकेको छ । घिमिरले भने, ‘हामीले आपूर्ति सहज होस्, अनि पाइपलाईनको कुरा गरौंला भनेर रोकेर राखेका छौं ।’
नयाँ पत्रिकाबाट

नयाँदिल्ली, ३० फागुन । धार्मिक गुरू श्री श्री रविशंकरको आर्ट अफ लिभिंगद्वारा आयोजित वर्ल्ड कल्चलर फेस्टिभलमा विशिष्ट अतिथिकोरूपमा सहभागी हुन दिल्ली पुगेका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले ठूलै बेइज्जतीको सामना गर्नु परेको छ ।
लगभग एक दर्जनभन्दा बढी देशका सरकारका मन्त्रीहरू सहभागी उक्त कार्यक्रममा कमल थापालाई श्री श्री रविशंकरले मंचमा सम्मान दिए पनि अरू देशको पाहुना जस्तो सरकारी सम्मान भने पाएनन् ।
आर्ट अफ लिभिंगको विश्व स्तरीय कार्यक्रममा सहभागी हुन आएका अन्य देशका मन्त्रीहरू सबैलाई भारत सरकारले राजकीय भ्रमण सरहको मान्यता दिएको थियो ।
परराष्ट्रमन्त्री थापा बाहेक अन्य सबै देशका सरकारी पाहुनाहरूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेश मन्त्री सुषमा स्वराजले भेट गरेका थिए ।
नेपालको प्रतिनिधित्व गर्दै दिल्ली पुगेका कमल थापाको भ्रमणलाई न त भारत सरकारले सरकारी मान्यतानै दिएको थियो । न त उनले कुनै सरकारी सुविधा पाएका थिए ।
थापा बाहेक अन्य सबै देशका मन्त्रीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छुट्टाछुट्टै भेट गरेका थिए ।
भारतीय विदेश मन्त्री सुषमा स्वराजले पनि सबै देशका मन्त्री, राज्य मन्त्री, उपमन्त्री र सहायक मन्त्रीसम्मलाई भेटेका थिए ।
तर नेपालबाट गएका उपप्रधानमन्त्रीलाई मोदी वा सुषमा कसैले भेट्न मानेनन् । स्रोतले बताए अनुसार थापाले मोदी र सुषमा दुबैलाई भेट्न आग्रह गरेका थिए ।
यसका लागि उनले काठमांडौंस्थित भारतीय दूतावासदेखि दिल्लीस्थित नेपाली दूतावाससम्मलाई गुहारेका थिए ।
वर्ल्ड कल्चरल फेस्टिभलको उद्घाटन सत्रमा संगै बसेका कमल थापा र मोदीले औरचारिकता पूरा गर्न हाथ मिलाउने बाहेक केही गरेनन् । करीब चार घण्टासम्म नजिकै बसेका थापा र मोदीबीच एक रटक पनि कुरा नहुनु कसैलाई पनि स्वाभाविक लागेन ।
मंचको ठीक बीचमा श्री श्री रविशंकर र उनको एकतर्फ मोदी बसेका थिए भने अर्को तर्फ थापा ।
रविशंकर र मोदीबीच बीचमा कैयौं पटक कुराकानी गरे तर कमल थापा यी दुईलाई एक टक्कले हेर्ने बाहेक केही गरेनन् ।
कार्यक्रमको अन्तमा पनि मोदीले सबैसंग हाथ मिलाए तर थापाको अनुहारमा हेर्न सम्म भ्याएनन् ।
शुक्रवार पूरै दिन मोदी र सुष्माले विदेशी सरकारी पाहुनासंग गरेको भेंटको फोटो ट्वीटरमार्फत सार्वजनिक गरिएको थियो । त्यहीं दिल्लीको होटलमा बसेका थापालाई भने भेट्न मानेनन् ।
dainiknepal

२९ फागुन, एजेन्सी।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासमा ठुलो शक्ति प्रदर्शन गरिएको छ। उतर कोरियाको सुरक्षा व्यवस्थासंग कसरी जुध्न सकिन्छ, संयुक्त सैन्य अभ्यासमा शक्ति प्रदर्शन गरिएको छ। बढ्दो तनाव र उत्तर कोरियाले दिएको दुश्मन सिद्धाउने चेतावनीका बीच यस्तो सैन्य अभ्यास सुरु गरिएको हो।
जमिन, पानी र हावाको युद्धकला सैन्य अभ्यासमा प्रस्तुत गरिएको छ। ८ हप्तासम्म चल्ने यो अभ्यास अहिलेसम्मकै ठुलो संयुक्त अभ्यास भएको जनाइएको छ।


जनवरीमा उत्तर कोरियाको आफ्नो चौथो परमाणु परिक्षण र लगतै लामो दुरीको रकेट प्रक्षेपण गरेपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथी अहिलेसम्मकै कडा प्रतिबन्ध लगाइसकेको छ।
संयुक्त अभ्यासमा अमेरिकाको ५५ वायुयान र ३० वटा अमेरिका र दक्षिण कोरियाको पानीजहाज दक्षिण कोरियाको पोह्याङ सहर नजिक अभ्यासमा लगाइएको छ।

गैर उत्तेजक बताइएको अभ्यासमा १७,००० अमेरिकी सेना र ३००,००० भन्दा बढी दक्षिण कोरियाली सेना सहभागी छन्।

nepaliheadlines


बेरुत, गत पाँच बर्षयतादेखि सिरियामा जारी द्वन्द्वमा २ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतसँगआवद्ध मानवअधिकारीवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।




जारी द्वन्द्वमा मारिएका मध्ये करिब ८० हजार सर्वसाधारण रहेका पनि सो समूहले प्रष्ट पारेको छ । ती मध्ये पनि १३ हजार ५ सय भने बालबालिका नै रहेका छन् ।

सिरियामा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सन् २०११ को मार्च महिनाबाट सुरु भएको यस द्वन्द्वमा परी करिब १७७ वटा अस्पताल ध्वस्त भएको र लगभग ७ सय स्वास्थ्यकर्मी मारिएका बताइएको छ ।

गत जनवरीमा संयुक्त राष्ट्रसंघ जनाएअनुसार सिरियामा द्वन्द्व भन्दा अगाडी रहेका २ करोड ३० लाख जनसङ्ख्यामा १ करोड ३५ लाख आफ्ना घरबाट विस्थापित भएका छन् । यो जनसङ्ख्या ५० प्रतिशत भन्दा बढी रहेको छ ।

सिरियामा जारी द्वन्द्वको कारण ४७ लाख जनसङ्ख्या आफ्नो देशबाट विस्थापित भई अन्य छिमेकी देशमा शरण लिन पुगेका छन् ।

एक युगमा एक द्वन्द्वमा छिमेकी राष्ट्रमा शरणार्थी बन्न पुगेका यो एक भीषण सङ्ख्या भएको संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (युएनएचसीआर) का प्रमुख एन्टोनीओ गुटेर्रेस्ले सन् २०१५ मा बताउनु भएको थियो ।

संयुक्त राष्ट्र संघकाअनुसार ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीलाई आतिथ्य गर्ने देश टर्की रहेको छ । टर्कीमा २७ लाख सिरियाली शरणार्थी आश्रय लिईरहेका युएनएचसीआरले जनाएको छ । त्यसैगरी लेबनानमा १० लाख सिरियाली शरणार्थी रहेका छन् ।

युएनएचसीआरका अनुसार ६ लाख ३० हजार सिरियाली शरणार्थी जोर्डन रहेका छन् । इराकमा २ लाख २५ हजार र १ लाख ३७ हजार इजिप्टमा रहेका छन् ।

यसप्रकारण सिरियाली शरणार्थीहरुले गरीवी, स्वास्थ्य समस्या र स्थानीय समूदायको तनाव जेलिरहनु परेको पनि युएनएचसीआरले प्रष्ट पारेको छ । रासस ÷एएफपी
News24Nepal

काठमाडौं, २९ फागुन । विभिन्न बहानामा नेपालको सीमा मिच्दै आएको भारतलाई चीनले सबक सिकाएको छ ।
सीमा सुरक्षार्थ तैनाथ चिनियाँ सेना बुधबार एकपटक फेरि भारतीय भुमिमा पसेको हो । चिनियाँ सेना छिरेपछि सीमा सुरक्षार्थ खटिएको भारतीय सीमा बल (एसएसबी) डराएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सैनिक बुधबार एकपटक फेरि भारतीय सीमाभित्र पसेको हो ।
यो घटनाको पुष्टि आर्मी अफिसरले गरेका छन् । उनका अनुसार ८ मार्च (बुधबार)का दिन चिनियाँ सैनिक लद्दाख भन्ने ठाउँको पैन्गोंग झील नजिकैको ६ किलोमीटर भित्र घुसेको हो ।

यो क्रममा त्यहाँ गस्ती गरिरहेका आईटीबीपीका जवानहरुको टक्कर चिनियाँ सेनासँग परेको थियो । यसै इलाकामा अप्रिल र जुन २०१५ मा पनि चिनियाँ सेना घुसेको थियो । विभिन्न वहाना बनाइ चिनियाँ सेना भारत घुस्दै आएको छ । जसले भारतीय सेनालाई त्रसित बनाइदिएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार आफ्नो भुमिमा चिनियाँ सेना पसेपछि विवाद उत्पन्न भएको थियो । विवादलाई दुबै देशका उच्च अधिकारीले बसेर सुल्झाएका छन् । चीनले अबदेखि नआउने भनेको छ । तर, बेला बेला घुस्दै आएको छ ।
चीनका ११ सैनिक चार दिन पहिला बुधबार लद्दाखको सिरजाप इलाकामा घुसेका थिए । यसैक्रममा चिनियाँ सैनिकका चार गाडी पनि भारतीय इलाकामा ६ किलोमीटरभित्र देखिएका थिए ।
dainiknepal

काठमाडौं, फागुन २९ । अमेरिकाको एक अदालतले ११ सेप्टेम्बर २००१ को न्यूयोर्कमा गराइएको आतंककारी आक्रमणसम्बन्धी एक फैसलामा ईरानलाई दण्डित गर्ने निर्णय गरेको छ ।
अदालतले दश अरब डलर तिनुपर्ने आदेश इरानलाई दिएको हो । सेप्टेम्बर ११ को घटनामा ईरानको भूमिकासम्बन्धमा गरिएको दावीविरुद्ध रक्षा गर्नसक्ने प्रमाण दिन नसकेकाले यो फैसला गरिएको न्यूयोर्क जिल्ला न्यायाधीश जर्ज डेनियल्सले जनाएका छन् ।
यसै विषयमा साउदी अरबलाई भने उन्मुक्ति दिइएको छ । ईरानी प्रेस टीबीले भने यस फैसलालाई तथ्यहीन, तर्कहीन र आश्चर्यलाग्दो भन्ने टिप्पणी गरेको छ ।
उक्त आतंकवादी घटनामा कुनै ईरानी नागरिक सामेल नभएको बरु साउदी नागरिक संलग्न रहेको तथ्य हुँदाहुँदै यस्तो फैसला गर्नुको कुनै तूक नभएको इरानी अधिकारीले जनाएका छन् । (एजेन्सी)
imagekhabar

काठमाडौँ,  विश्वव्यापी नाकाबन्दी खेपिरहेको उत्तर कोरियाको पक्षमा चीन उभिएको छ ।


उत्तरकोरियाविरुद्ध विश्वव्यापी नाकाबन्दी लगाइएको छ भने अब दक्षिण कोरियाले पनि पुरै नाकाबन्दी गर्ने तयारी गरेको छ । दक्षिणले नाकाबन्दी लगाउने भनेपछि चीनले आपत्ति जनाएको छ ।

उसले उत्तरकोरियामा नाकाबन्दी लगाउँदा आफ्नो देशलाई पनि अप्ठ्यारो पर्ने भन्दै आवाज उठाएको छ । एकपक्षीय नाकाबन्दीको चीनले विरोध गरेको हो ।

उसले उत्तरकोरियाविरुद्ध एकपक्षीय नाकाबन्दी लगाउँदा समस्याको समाधान गर्न नसक्ने बताएको हो । दक्षिण कोरियाले उत्तरकोरियालाई एकपक्षीय नाकाबन्दी लगाउने तयारी गरिरहँदा चीनले त्यसको खण्डन गर्दै दक्षिण कोरियाले उत्तरकोरिया विरुद्ध लगाउने एकपक्षीय नाकाबन्दीले चीनको हितमा क्षति ल्याउने सम्भावना रहेको भन्दै चर्को विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ परराष्ट्र मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता होङ लैले उत्तर कोरियाको सुरक्षा परिस्थिति जटिल भएको र समस्यासित सम्बन्धित पक्षले शान्तिपूर्ण उपायद्धारा समस्या समाधान खोज्नुपर्ने कुरामा जोड दिएका छन् ।

 News24Nepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget