Articles by "accident"

काठमाडौंः मंंगलबार बिहानै गएको ४.५ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकमा  जमिन फाटेको  छ ।

बिहान ३ बजेर  १२ मिनेटमा गएको यो भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमाा रहेको भूकम्पपीडितको बस्तीमै जमिन फाटेपछि स्थानीय त्रसित भएका छन्

सोमबारदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका डेढ  सय परिवार भूकम्पपीडित जमिन फाटेपछि झनै आतंकित भएका छन् ।


जमिन फाटेपछि त्यहाँ पहिरो जाने डरले भूकम्पपीडितको चिन्ता बढाएको छ । बैशाख १२ को भूकम्पपछि पनि त्यस आसपासमा जमिन फाटेर पहिरोसमेत चलेको थियो ।

‘हावाहुरीले बिचल्ली बनाएका बेला भुइँचालो आएपछि जमिन चिराचिरा परेको छ’, बाँसखर्कमा बस्दै आएका भूकम्पपीडित जरेबहादुर तामाङले अन्नपूर्ण अनलाइनसँग भने, ‘छाप्रा भएकै बस्तीमा जमिन फाटेपछि यहाँबाट पनि भाग्ने अवस्था आएको छ ।’

सोमबारको हावाहुरी बाँसखर्कमा रहेका डेढ सय बढी भूकम्पपीडितका अस्थायी छाप्रा उडाइदिएको थियो । अहिले भूकम्पले चिरिएकै ठाउँमाा पीडितहरुले हावाहुरीले उडाएको छाप्रो बनाइरहेका छन् ।

हावाहुरीले छाप्रो उडाएपछि बिरामी रहेका भूकम्पपीडितको झनै बिजोग भएको छ । रुघा, ज्वरो र झाडा पखालाबाट पीडित स्थानीयले भूकम्पले चिरिएकै ठाउँमा छाप्रो हालिरहेका छन् ।

घर बनाउन नसकेका आर्थिकरुपमा कम्जोर भूकम्पपीडितहरु त्यहाँ बस्दै आएका छन् । बाँसखर्कमा गोल्छे, गुम्बा, स्याउले, बतासे र सेलाङ गाविसका  भूकम्पपीडित अस्थायी छाप्रोमा बसिरहेका  थिए ।

आज बिहान तीन बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङलाई नै केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
annapurnapost

परमाणु परीक्षण नभएको दक्षिणको दाबी
एजेन्सी: उत्तर कोरियामा सोमबार ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ।


दक्षिण कोरियाको सरकारी मौसम विज्ञान एजेन्सीले उत्तरमा भूकम्पको धक्का महसुस भएको पुष्टि गर्दै फेरि परमाणु परीक्षण भएकोबारे जानकारी नमिलेको उल्लेख गरेको छ ।

दक्षिणकोरियाको मौसम विभागले उत्तरले परमाणु परीक्षण गरेको जानकारी नआएकाले प्राकृतिक कारणबाटै भूकम्प गएको हुनसक्ने दाबी गरेको छ ।

कोरिया मौसम विज्ञान प्रशासन (केएमए) का अनुसार भूकम्प उत्तर कोरियाको सोङ्गलिम शहर नजिकै बिहान पाँच बजेर १७ मिनेटमा गएको हो ।

यो भूकम्प कुनै परमाणु परीक्षणको नतिजा होइन', केएमएका एक अधिकारीले भने, 'किन कि भूकम्प गएको क्षेत्र उत्तर कोरियाको परमाणु परीक्षणस्थल पुङ्गये रिबाट धेरै टाढा रहेको छ ।'

केएमएका ती अधिकारीले यसलाई प्राकृतिक भूकम्प भएको बताउँदै उत्तरबाट आज कुनै  परमाणु परीक्षण नभएको बताए ।

यो भूकम्पबाट कुनै किसिमको क्षति नभएको दक्षिणकोरियाको मौसम विभागको भनाइ छ ।
annapurnapost

परासीः पूर्वपश्चिम राजमार्गको नवलपरासीस्थित दाउन्ने उकालोमा आइतबार साँझ दुईवटा ग्यास बुलेट पल्टिँदा एकजना चालकको मृत्यु भएको छ ।

पल्टिएका बुलेटमा एउटा अनियन्त्रित भएको हो भने अर्कोलाई ट्रकले ठक्कर दिएको   दुम्किवास इलाका प्रहरी कार्यालयका निरीक्षक युवराज तिमिल्सेनाले बताए ।


अनियन्त्रित भइ पल्टेको बुलेटमा एनएलओ १ एन ३९२२ नम्बरको छ । उक्त बुलेट धादिङस्थित बाबा ग्यास कम्पनीमा जाँदै थियो ।

बुलेट पल्टिँदा भारतको  पटना जिल्ला आसियानगर डिगारोड– १६ विहार  बस्ने २४ वर्षीया चालक सोनुकुमार थापाको मृत्यु भएको हो ।

त्यस्तै चितवनको शाही बाबा ग्यास कम्पनीमा जाँदै गरेको जि.जे. ६ जेट ५४०७ नम्बरको बुलेटलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा पल्टिएको हो ।

उक्त बुलेटबाट ग्याँस लिग भएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । केही समयपछि कम्पनीबाट आएका प्राविधिकहरुले मर्मत गरेपश्चात जनजीवन सामान्य बनेको थियो ।  
annapurnapost

एजेन्सीः जहाजको अगाडीको भागमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

इजिप्ट एयरको ७३७–८०० बोइङ उडिरहेको  अवस्थामा चरा ठोक्किएपछि बोइङको अगाडिको भागमा क्षति पुगेको छ  ।  ठोकिएको चराको रगत बोइङमा लागेको छ ।


चार ठोकिएर क्षति पुगेको बोइङलाई हिथ्रो विमानस्थलमा सफल अवतरण गरिएको थियो ।  उक्त विमानमा ७० जना यात्रु थिए ।

इजिप्टको कायरोबाट शुक्रबार उडेको उक्त बोइङ पश्चिम लण्डन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।
annapurnapost

उडिरहेको विमान बजारमा खस्यो, ७ जनाको मृत्यु
बोलिभिया—उत्तर–पूर्वी बोलिभियाको बेनी क्षेत्रको ग्रामीण बजारमा एउटा विमान खस्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जहाजमा रहेका पाइलट सहित ४ जना र पृथ्वीका ३ जनाको मृत्यु भएको हो।

दुर्घटनामा १५ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। कालो र सुन्तला रंगको शेषना २०६ सान्ता अना डेल यकुमाको बजार क्षेत्रमा खसेको हो। दुर्घटनामा घाइतेहरु सोही क्षेत्रका बासिन्दा रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

स्थानीय मिडियाहरुले पृथ्वीमा खसेपछि आगो लागेका तस्विरहरु सार्वजनिक गरेका छन्।
nagariknews

२०७२ फाल्गुन ३० आईतवार
परकम्पले हल्लाउँदा विद्यालयमै रुवाबासी
धादिङः आइतबार बिहान गएको परकम्पका कारण धादिङ सदरमुकामका विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा पठनपाठन सुरु भएको एक घन्टा नबित्दै धादिङ नै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्पका कारण विद्यालय बन्द गर्नुपरेको हो ।


आइतबार गएको भूकम्पका कारण धादिङबेसी सदरमुकामका विद्यालयका पठनपाठन स्थगित गरिएको छ ।

परक्मपले हल्लाएपछि सदरमुकाम धादिङबेंसीस्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालय र बालमन्दिर माविसहितका विद्यालयको पठनपाठन आइतबारका लागि स्थागित गरिएको हो ।

नजिकै केन्द्रबिन्दु बनाएर गएको परकम्पले कडा धक्का दिएपछि विद्यालयमा हाजिर भइसकेका विद्यार्थीहरु आत्तिएका थिए । परकम्पले हल्लाएपछि विद्यार्थीहरु आत्तिएर रुन थालेका थिए । त्यसपछि विद्यार्थीहरुकै आग्रहमा पठनपाठन स्थगित गरिएको ती विद्यालय प्रशासनले जनाएका छन् ।

‘परकम्पले हल्लाएपछि सबैजना निस्केर रुन थाल्यौँ’, नीलकण्ठ उमाविका छात्रा रश्मी बानियाँले भनिन्, ‘डर लागेपछि आजको पढाइ रोकेर सबै विद्यार्थी घर गएका हौं ।’
annapurnapost

काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ८ रेक्टरस्केलको भकम्पको धक्का गएको छ । आइतबार बिहान ११ बजे सो भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रले सो नयाँ भुकम्प नभई पराकम्प भएको स्पष्ट पारेको छ । सो धक्काको काठमाडौंमासम्म महसुश गरिएको थियो ।
गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । बैशाख १२ गतेयता हालसम्म चार रेक्टरस्केलमाथिका ४४० ओटा पराकम्पहरु गइसकेको केन्द्रले जनाएको छ ।
ratopati

फाल्गुन २९, २०७२- फागुन १२ गते जोमसोमका लागि पोखराबाट उडेको तारा एअरको दुर्घटनाग्रस्त टुइनअटर विमानमा ज्यान गुमाएका २३ जनामध्ये क्याप्टेन रोशन मानन्धरसँग ‘एभिएसन’ सम्बन्धी कार्यक्रममा मेरो जम्काभेट भइरहन्थ्यो । पहिलो भेट कहिले भयो, यकिन सम्झना छैन ।

तर, पछिल्लोपटक गएको असोज ९ गते मैले ती ५४ वर्षीय पाइलटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जेट विमान पार्किङ–वेमा नयाँ जहाजको साथ भेटेको थिएँ । क्यानडाको क्यालगरीबाट ९ दिन लगाई मानन्धर ताराले खरिद गरेको नयाँ टुइनअटर विमानका साथ भारतको अहमदावादबाट दिउँसो १ बजे काठमाडौं ओर्लिएका थिए ।

७० करोड रुपैयाँ फ्याक्ट्री मूल्य तोकिएको विमान काठमाडौंसम्म ल्याउने काम सजिलो थिएन । उनले त्यस दिन मसँग क्यानडाबाट उडेपछि सर्बियामा नेपाली भएकैले भिसा नपाएको दु:ख सुनाएका थिए ।

नेपालजस्तो गरिब मुलुकका विमान कम्पनीले जहाज खरिद गर्नु र त्यसलाई उडाएर ल्याउने काम ‘असनमा आलु किनेर घर ल्याउनु’ जस्तो सजिलो नभएको बताएका थिए । त्यसपछि मैले उनलाई एउटा लामो ‘कफी इन्टरभ्यू’ का लागि अफर गरेँ ।

उनले मेरो प्रस्तावलाई तत्काल स्विकारे । फोन नम्बर लेनदेन गर्‍यौं । क्यानेडियन पाइलट स्टेफनका साथ नौवटा मुलुकका १० वटा एअरपोर्ट हुँदै ६० घन्टा लामो उडान भरेर काठमाडौं उत्रिएका उनी थकित थिए । हामीले केही सातापछि भेटेर गफ गर्ने सहमति गर्‍यौं ।

...

क्याप्टेन मानन्धर र मेरो भेट भएको तीन दिनअघि मात्रै भारतले नेपालमाथि नाकाबन्दी लागाएको थियो । उनको र मेरो भेट भएको दुई दिनपछि विमानस्थलस्थित आयल निगमको डिपोले अन्तर्राष्ट्रिय विमानलाई हवाई इन्धन दिन नसक्ने भन्दै ‘नोटम’ जारी गर्‍यो ।

डोमेस्टिक विमानलाई ‘एयरलिफ्ट’ गरेर इन्धन दिन थालियो । नाकाबन्दीको असरले पेट्रोल अभाव भएपछि बाइक चढेर जानुपर्ने मेरा रिपोर्टिङ पनि प्रभावित भए ।

त्यसबीचमा उनीसँग मैले दुईपटक खोजें । एकपटक उनको मोबाइल स्विच अफ थियो । अर्कोपटक मेरो आफ्नै कारणले फेरि भेट हुन सकेन । केही महिनाको अन्तरालपछि गत माघ तेस्रो साता वायुसेवा सञ्चालक संघले गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गरेको ‘सेफ्टी’ सम्बन्धी सेमिनारले फेरि हामीलाई भेट्ने मौका दियो ।

यही बेला तारा र यती एअरलाइन्सले पहिलोपटक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको ठहर गर्दै ‘इन्टरनेसनल एअर ट्रान्सपोर्ट एसोसिएसन’ (आइटा) ले प्रमाणपत्र दिएको थियो । मानन्धरसँग अन्तर्वार्ताका लागि अर्को बहाना थपियो । सेमिनार सकिएपछि हामीले अन्तर्वार्ता सक्ने योजना बनायौं ।

यसमा यतीका मिडिया मेनेजर भीमराज राईले पनि सघाउने पक्कापक्की भयो । तर, मेरो एक्कासि लगालग भरतपुर र धनगढी जानुपर्ने कार्यक्रम आइपर्‍यो । मैले यसबारे मेनेजर राईलाई जानकारी गराएर समय सारें । फागुन १२ गते म धनगढीमा पारिवारिक कार्यक्रममा थिएँ ।

मलाई प्रहरी स्रोतले तारा एअरको टुइनअटर जहाज हराएको खबर टिपायो । त्यस बेला सवा ८ बजेको थियो । ती प्रहरीले दिएको खबर मैले तारा एअरका म्यानेजर राईलाई सोधें । उनले पुष्टि गरे । तर, विस्तृत खबर आइनसकेको बताए । ईकान्तिपुरमा तत्काल समाचार अपडेट गर्नुपर्ने भएकाले मेरो सुरुवाती चासो ताराको कुनै खास विमान र पाइलटबारे थिएन ।

मैले जहाज हराएको समय र यात्रु संख्याबारे मात्रै चासो राखेको थिएँ । मैले घटनामा ताराले उडाइरहेको पुरानो टुइनअटर अथवा डोर्नियर विमान पो पर्‍यो होला भन्ने ठानेको थिएँ ।

तर, मेनेजर राईले आश्चार्य प्रकट गर्दै भर्खरै ल्याइएको नयाँ टुइनअटर घटनामा परेको बताएपछि मैले क्याप्टेन मानन्धरले त्यस विमानबारे असोजमा भनेको विशेषता सम्झिहालें । उनले भनेका थिए, ‘यो विमान नेपालमा उडिरहेका तीन सय सिरिजका टुइनअटरभन्दा एडभान्स छ ।

अघिल्लो भर्सनभन्दा यसमा धेरै विषय सुधारिएका छन् ।’ अनि मैले मेनेजर राईलाई ‘यो विमान ल्याउने क्याप्टेन रोशन मानन्धरले पुरानो भर्सनभन्दा धेरै राम्रो बताउनुभएको थियो’ भनेको मात्रै के थिएँ, उनले दु:ख बोले, ‘कस्तो ब्याड लक !

आज क्याप्टेन रोशन नै उडानमा हुनुहुन्थ्यो । त्यसमाथि उहाँले नै क्यानडाबाट उडाएर ल्याएको जहाज घटनामा पर्‍यो ।’ राईले यति भनेपछि म ‘सक’ भएँ । लगत्तै मैले उनै पाइलट मानन्धरको मोबाइलमा फोन गरें । सम्पर्क हुन सकेन ।

...

भित्तेपात्रोमा फागुन महिनाको पानो पल्टिएपछि धेरै खुसी हुनेमा वरिष्ठ क्याप्टेन मानन्धर पनि पर्थे । २५ वर्षअघि फागुन १९ गते उनले जनकपुरकी पूनम मानन्धरसँग लगनगाँठो कँसेको विशेष दिन हो ।

काठमाडौंको कोर–नेवारी बस्ती डल्लुमा जन्मे/हुर्केका मानन्धरले यसपटक २५ औं ‘म्यारिज एनिभरसरी’ लाई विशेष बनाउन एक साताका लागि भारतको गान्तोक जाने योजना बनाएका थिए । जहाज बुधबार दुर्घटनामा परेको थियो । सोमबार मात्रै पोखरा गएका उनी रोस्टरअनुसार शुक्रबार काठमाडौं फर्किने दिन थियो ।

शनिबार अर्थात् फागुन १५ गते उनी छोरीहरू २४ वर्षीया रोपुमा, २२ वर्षीया उपमा, १४ वर्षीय छोरा ऋषिरमण र पत्नी पूनमसहित भद्रपुर हुँदै गान्तोक जाँदै थिए । पोखरा जानुअघि नै उनले सोमबार काठमाडौंस्थित आफ्नो मुख्य कार्यालयमा ५ वटा टिकट पनि ‘बुक’ गरिसकेका थिए ।

दुर्भाग्य ! उनले उडाएको विमान म्याग्दीमा दुर्घटनामा परेपछि उनको २५ औं वैवाहिक वर्षगाँठ केवल क्यालेन्डरमै सीमित रह्यो । तीन छोरी, छोरा र पत्नीलाई छाडेर उनी सदाका लागि यो संसारबाट बिदा भए । काठमाडौंबाहिर ‘नाइट स्टप’ परेपछि उनी हरेक रात सुत्नुअघि पत्नी/छोराछोरीलाई फोन गर्न छुटाउँदैन्थे ।

दुर्घटनामा परेको अघिल्लो रात पनि उनले पत्नी पूनमलाई फोन गरी छोराछोरीको खानपिन र सुताइको अवस्थाबारे बुझेका थिए । पत्नीसँगको कुराकानीलाई बिट मार्दै उनले ‘छोराछोरीलाई राम्ररी सुताउनू । गुड नाइट !’ भनी टेलिफोन राखेका थिए ।

उनीहरूबीचको अन्तिम संवाद थियो त्यो । यसबीच पूनमले उनलाई धेरैपटक सपनामा खोजिन् तर फेला पारिसकेकी छैनन् । आफूले मात्रै नभई छोरीहरूले समेत सपनामा बुवालाई खोजिरहेको तर भेट हुन नसकेको उनले बताइन् ।

...

क्यानडाबाट पाइलट कोर्स पढेर आएका मानन्धरले भद्रपुर हुँदै गान्तोक जान टिकट बुक गरेको दुई दिनपछि जोमसोमका लागि उडाएको टुइनअटर म्याग्दीको तिर्खे ढुंगामा दुर्घटनामा पर्‍यो ।

मानन्धरसहित ४ सय घन्टा आकाशमा बिताइसकेका ३० वर्षीय को–पाइलट दिकेश नेमकुल, ४ वर्षदेखि परिचारिका रहेकी २४ वर्षीया रमा राउत, दुइटा शिशुसहित २३ जनाले ज्यान गुमाए । पोखराबाट जोमसोम पुग्न जहाजले ९२ किलोमिटरको आकाशको बाटो छिचोल्नुपर्छ ।

बिहान ७ बजेर ५० मिनेट जाँदा क्याप्टेन मानन्धरले कमान्ड गरेको त्यो विमानले ५५ किलोमिटरको बाटो छिचोलेर घोडेपानी क्रस गरी तातोपानीमाथि पुगिसकेको थियो । १० हजार ५ सय फिट उचाइमा उडिरहेको जहाज घोडेपानी पुगेपछि मानन्धरले पोखरा टावरलाई ‘नोट गराएको’ जहाजको अवस्थासम्बन्धी रिपोर्ट नै अन्तिम बन्यो ।

घोडेपानीपछि जहाज कालीगण्डकीको तीरैतीर जोमसोम जानुपर्ने रुट छ । उक्त रुटमा जहाज घोडेपानीदेखि लेतेसम्म टावरको सम्पर्कबाहिर रहन्छ । ठूला/ठूला पहाडको खोंचको भित्रबाट उडेर जाने जहाज लेते पुगेपछि मात्रै जोमसोम टावरको सम्पर्कमा पुग्छ । घोडेपानीदेखि लेतेसम्मको खोंचमा जहाजले पोखरा र जोमसोम टावरको रेडियो फ्रिइक्वाइन्सी नै भेट्दैन ।

मानन्धरले यदि त्यो दिन जोमसोमसम्म विमान पुर्‍याएको भए उनको उडान अवधिमा १० मिनेट थपिन्थ्यो । पोखराबाट उड्नुअघिसम्म उनले नेपाली आकाशमा २० हजार १ सय ८ घन्टा विमान उडाइसकेका थिए ।

यसमध्ये टुइनअटरमा मात्रै उनले १८ हजार ५ सय घन्टा बिताइसकेका थिए भने बाँकी समय यती एअरलाइन्सकै ब्रिटिस विमान जेटस्ट्रिम र स्विडिस विमान स्याब–३४० उडाएका थिए । यती एअरलाइन्समा आउनुअघि उनले नेपाल वायुसेवा निगम र लुम्बिनी एअरबेजको टुइनअटर–३०० सिरिज पनि उडाएका थिए ।

ताराका अपरेसन म्यानेजर शान्त प्रजापतीका अनुसार, प्रशिक्षक पाइलट र चेक पाइलटका रूपमा पनि काम गरिरहेका यी अनुभवी गुमाउनुपर्दा नेपाली उड्डयन क्षेत्रले अतुलनीय क्षति बेहोरेको छ । साथीभाइबीच भावुक, सहयोगी, मिलनसार र सामाजिक पहिचान बनाएका मानन्धरका अति मिल्ने साथीहरूको सूचीमा पाइलट विजय गिरी, लक्की शाह र शंकर श्रेष्ठ पर्थे ।

तर, यी तीनैजना मानन्धरअघि नै छुट्टाछुट्टै हवाई दुर्घटनामा परेर नेपाली आकाशबाट बिदा भइसकेका छन् । दुर्घटनामा पर्नुअघि मानन्धर प्राय: सँगसँगै नेपाली आकाशमा उड्ने ती साथीलाई सम्झिरहन्थे ।
ekantipur

फिरोजाबाद (भारत), भारतको उत्तरप्रदेशमा विवाह भोजमा सरिक हुन हिँडेका व्यक्ति बोकेको एक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्. ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउ सहरबाट करिब ३५८ किलोमिटर पश्चिममा पर्ने इलाकामा यो घटना भएको जनाइएको छ ।



घटनामा घाइते भएका मध्ये पाँचको अवस्था चिन्ताजनक रहेको सो इलाकाका प्रहरी निरीक्षक सन्जीव बजपार्इंले बताउनुभयो । गम्भीर घाइते ती पाँच व्यक्तिलाई आग्रास्थित अस्पतालमा पठाइएकोे छ ।

सो घटनामा मारिएका मध्ये चार जनाको दुर्घटना स्थलमै मृत्यु भएको र बाँकी पाँच जनाको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिइएको छ । रासस÷पिटिआई


 News24Nepal


माथिल्लो कर्णाली आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरको गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले नेकपा–माओवादी विप्लब समूहका दुई नेतालाई पक्राउ गरेको छ ।
जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार जिल्ला सेक्रेटरी कलम विक (विवेक) र अर्का नेता हर्कबहादुर नेपालीलाई पक्राउ गरेको हो ।



उनीहरु दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) बीरबहादुर ओलीले घटनामा उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट हर्कबहादुर नेपाली आगजनीमा संलग्न नभएको देखिएकाले साधारण तारेखमा रिहा गर्न लागिएको उनले बताए । नेपाली नारायण नपा ३ र विक आयोजना प्रभावित क्षेत्र सात्तला गाविस निवासी हुन् ।

विप्लब माओवादीका भेरी–कर्णाली इञ्चार्ज भरत बम (रणबीर) ले एक विज्ञप्तिमार्फत पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहा गर्न अपिल गरेका छन् । घटनामा उनीहरुको संलग्न नभएको भन्दै यदी रिहा नगरे पार्टी कडा संघर्षमा उत्रिने विज्ञप्तिमा उल्लेख छ ।

सोमबार साँझ अपरिचित समूहले आयोजनास्थल सात्तला– १ रामाघाट खोलामा रोकी राखेको अवस्थामा बा८च १५८५ नम्वरको टोयटा हाइलक्स जीपमा आगजनी गरेको थियो ।

स्थानीयबासीले खोलाको पानी छर्केर आगो निभाएकाले जिपमा क्षति हुन पाएन । ९ सय मेगावाटको यो आयोजना बनाउन गत वर्षको सेप्टेम्बरमा कम्पनी र नेपाल सरकारबीच पीडिए भएको थियो । कम्पनी हाल निर्माणपूर्वको प्राविधिक तथा वित्तीय व्यवस्थापन लगायतको तयारीमा जुटेको छ ।
News24Nepal

सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवानसहित तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।





सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा आज विहान पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला १ घर भएका प्रहरी जवान सिताराम खड्का घाईते भएका थिए ।

घाईते दुवैलाई लहान फ्रेन्च अस्पतालबाट थप उपचारको लागी बिराटनगर न्युरो अस्पताल लाने क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै पूर्व क्षेत्रीय सस्शत्र प्रहरी गण मुख्यालय रानी दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागी खटिएका थिए ।

त्यसैगरी सप्तरीको भारदह वडा नम्बर १ राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार भारदह १ बस्ने १९ बर्षिय पप्पु माझी रहेका छन भने मोटरसाईकल चालक सोहि स्थान बस्ने २० बर्षिय मण्डल गम्भिर घाइते भएका छन् । घाईते मण्डललाई उपचारको लागी बिराटनगर लगिएको छ । मृतक माझीको शव पोष्टमार्टमको लागी अंचल अस्पताल राजविराज पठाईएको छ ।


News24Nepal


दमक, समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ । वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भए पनि भण्डारीको परिवारलाई भने १३ दिनपछि हिजो बिहीबारमात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीका क्रममा दुबई पुग्नुभएको थियो । उहाँको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताउनुभयो । रासस

News24Nepal

काठमाडौं, २८ फागुन । नेपालमा शुक्रबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर परकम्प गएको हो ।
सिन्धुपाल्चोकको लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको परकम्पको तिव्रता ४.२ रेक्टर स्केल रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
वैशाख १२ को भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी परकम्प गइसकेका छन् ।
dainiknepal


काठमाडौं – नेपालको पश्चिमी जिल्ला हुम्ला केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ५० मिनेट जाँदा नयाँ भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल रहेको छ । नेपाल र चीनको सीमा नजिकै रहेको सेलिमात्चो ताल नजिकै भूकम्पको केन्द्र विन्दु रहेको थियो ।
यसअघि संखुवासभा भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
ratopati

काठमाडौँ, २३ फागुन-
आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको लाँकुरीडाँडा आसपास केन्द्रविन्दु रहेको ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत बैशाख १२ को भूकम्पपछि अझैपनि परकम्पहरु जाने क्रम जारी छ ।
etajakhabar

बर्दिया, २३ फागुन । बर्दिया जिल्लामा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २६ जनाभन्दा बढी घाइते भएका छन् ।
बर्दियाको धधवार गाविस वडा नं. ७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती गएको भे १ ख ८५४ नम्बरको बस वेहुली लिएर फर्किदै गर्दा शानिबार राति करीव साढे ९ बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी जन्ती गएका धधवार–७ दुध्धाका १७ वर्षीय विष्णु थारु, वर्ष १९ का सन्तोष थारु, वर्ष १९ का निरज थारु र वर्ष १४ का अरुण थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । वेहुला वेहुली भने जिपमा सवार थिए । बसको भित्र र छतमा गरि करिव ५० बढी जन्ती थिए ।
घाइतेहरुलाई स्थानीय भुरीगाउँ बजारमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
पल्टिन लागेको बसबाट ज्यान जोगाउन छतबाट हाम फल्दा पल्टेको बसले किच्दा उनीहरुको ज्यान गएको प्रहरीले अनुमान गरेको छ । बसका चालकलाई ईप्रका भुरीगाउँले नियन्त्रणमा लिएको छ ।
क्षमताभन्दा बढी मानिस चढेको बस कच्ची सडकको खाल्डोमा चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
dainiknepal

काठमाडौं, फागुन १८ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा पनि सिन्धुपाल्चोकको चौतारा आसपास केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४३७ ओटा पराकम्पनका धक्का मापन भइसकेका छन्
imagekhabar

पोखरा- सराङकोटबाट उडेका ६ प्याराग्लाइडर्स फेवातालमा खसेका छन्। प्रि- वर्ल्डकप तथा खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताअन्तर्गत उडेका उनीहरु अचानक हावामा भूमरी आएपछि अनियन्त्रित भएर फेवातालमा खसेका हुन्।


उनीहरुको उद्दार कार्य जारी रहेको र तीन जनाको अवस्था गम्भिर रहेको छ। प्रतियोगितामा भाग लिएका उनिहरुले प्याराग्लाइडिङ पामेमा ल्यान्ड गर्नु पर्ने थियो। तर त्यस अगाडीनै भूमरी आए पछि दुर्घटना भएको हो। ६ जना प्याराग्लाइडर्स नै विदेशी हुन्।

साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वर्ल्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आइतबारदेखि सुरु भएको हो। नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा प्रतियोगिता भएको हो।
nagariknews

काठमाडौँ ,सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिलखाया ,पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेको भन्दै मरणोपरान्त वीरता पदक दिने निर्णय गरेको छ ।

News24Nepal

काठमाडौं: गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात वैज्ञानिकले पत्ता लगाएका छन् । उनीहरूका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनि सबैभन्दा धेरै पहिरोको घनत्व छ । जमिनमुनिको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठूलो क्षेत्र धस्सिएको छ, जहाँ सधैं पहिरोका लागि खतरा रहन्छ ।

अमेरिकाको अरिजना पोस्टड्याम विश्वविद्यालयका भूगर्भविद्ले भूउपग्रह तस्बिर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी पहिरो तथा जमिनको अवस्था अध्ययन गरेका थिए । अध्ययन प्रतिवेदन विश्वप्रसिद्ध साइन्स म्यागेजिनमा प्रकाशित भएको छ । अध्ययनअनुसार जमिनमा चिरा (ग्राउन्ड रप्चर) नदेखिएका कारण पनि पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ ।


भूकम्पले पनि जमिन ३० डिग्रीभन्दा भिरालो भएको ठाउँ र जमिन हल्लिने क्रम ०.६ जी (एक्सलारेसन अफ ग्राभिटी) भन्दा बढी भएका ठाउँमा बढी पहिरो र क्षति गरेको तथ्य वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । वैज्ञानिकहरूले चार हजार तीन सय १२ पहिरो तथा चर्किएको जमिनको भौगर्भिक अध्ययन गरेका हुन् ।

उनीहरूले ती सबै पहिरो भिरालो जमिनमा भूकम्पको झड्कासँग सम्बन्धित रहेको पुष्टि पनि गरेका छन् ।
जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
वैज्ञानिकहरूले नेसनल एरोनाटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रह तस्बिर र तथ्यांकका आधारमा टेक्टोनिक प्लेट, भौगर्भिक बनोट तथा जमिनमुनि ढुंगा र माटोको सम्मि श्रणका बारेमा विस्तृत अध्ययन गरेका थिए । अध्ययन समूहको नेतृत्व गरेका अरिजोना विश्वविद्यालयका प्राध्यापक जेफ कार्लगलले आगामी दिनमा आउनसक्ने भूकम्पले वैशाखको भन्दा ठूलो क्षति गर्नसक्ने सम्भावना देखिएको भन्दै अहिल्यैदेखि सचेतना अपनाउन आग्रह गरेका छन् ।

‘यो नेपाल सरकार तथा सहयोग गर्ने निकाय र विश्वकै लागि सचेतनाको घन्टी हो । यसबाट सरकारले जमिनको वैज्ञानिक प्रयोग तथा निर्माणसम्बन्धी आचारसंहिता र मापदण्ड लागू गर्नमा जोड दिनुपर्छ', कार्लगलले भनेका छन्, ‘यो सरकारको आलोचना पनि होइन, खतराको घन्टी हो । अब सचेतना अपनाइएन भने भविष्यमा डरलाग्दो अवस्था उत्पन्न हुनेछ ।'

उच्च हिमाली भेगमा भएका हिमपोखरीहरू जमिनमा चिरा नपरेका कारण मात्रै जोगिएको पनि प्रतिवेदनमा उल्लेख छ । जमिनभन्दा १० देखि १५ किलोमिटर तल जमिन चिरिए पनि हिमाली भेगमा माथिल्ला भागसम्म आइनपुगेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

पोट्सड्याम विश्वविद्यालयका पृथ्वी तथा वातावरण अध्ययन विज्ञानका प्राध्यापक उल्फग्याङले काठमाडौंभन्दा उत्तरी भेगको लाङटाङमा गएको पहिरो र हिमआँधीले यसअघिका भूकम्पबारेका कतिपय सिकाइ असफल साबित गरेको बताएका छन् । ‘लाङटाङ घटनाले प्राकृतिक विपत्ति र खतराको मूल्यांकन नयाँ ढंगमा गर्नुपर्ने पाठ सिकाएको छ', उल्फग्याङले भनेका छन् ।

लाङटाङमा भूकम्पपछि आएको पहिरो र हिमपहिरोले बस्ती नै बगाएको थियो भने सयौं सर्वसाधारणको मृत्यु भएको थियो । नेपालको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङ भूकम्पछि खण्डहरमा परिणत भएको छ ।
annapurnapost

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget