महानगर यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित महानगर यातायातको बस चलेको दोस्रो दिनमै ढुंगा प्रहार भएको छ। सोमबार मध्यान्ह बा ४ ख १०६ नम्बरको बसमा बल्खु चोकमा नै ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ । ढुंगा कसले र किन हानेको भन्ने बारेमा केही खुल्न नसकेको काठमाडौं प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट बसको सिसा फुटेको छ।
सहचालक नारायणप्रसाद सुवेदीले ढुंगा प्रहारबाट बसको सिसा फुटेपनि यात्रुहरु भने सकुशल रहेको बताए। बस रोक्न लागेको बेला ढुंगा प्रहार भएको उनले बताए। बसमा सवार गरिरहेका यात्रु निश्चल घिमिरेले साथीसंग गफ गरेर बसिरहेका बेला ढुंगा प्रहार भएको बताए। उनी घाइते नभएपनि फुटेको सिसा उनको जिउमा आएर ठोक्किएको थियो। महानगर यातायात प्रालिका अध्यक्ष मधुसुदन अधिकारीले भने अहिले सम्म कस्ले ढुङ्गा हान्यो भन्ने बारेमा कुनै पत्ता नलागेको बताए।
उनले भने ‘गाडीमा ढुङ्गा प्रहारपछि हामीले प्रहरीलाई जानकारी गराएका छौँ अध्ययनपश्चात मात्रै कस्ले ढुङ्गा हान्यो भन्ने बारेमा थाहा हुनेछ। ’ वर्षौदेखि रिङरोडमा बस र माइक्रो चलाइरहेकाहरुले बेला बेलामा बस नचलाउन धम्की दिने गरेको र त्यही समूहले ढुंगा प्रहार गरेको हुन सक्ने उनले बताए।
onelinekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.