अब आवाजबाट बिजुली ! (ट्रेलर)


प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ‘हावाबाट बिजुली’ भाषणले व्यापक चर्चा पायो । ‘देशको यस्तो परिस्थितिमा गर्न नसकिने मात्र भाषण गर्प्रधानमन्त्री’ को आरोप खेपिरहेका केपी ओलीलाई नै चुनौति दिनेखाले फिल्म निर्माण भएको छ, ‘बिजुली मेशिन’ । यस फिल्मले आवाजबाट बिजुली निकाल्ने कथा भन्छ ।

'ओस्कार कलेज अफ फिल्म स्टडिज'का नयाँ तथा पुराना विद्यार्थीको समुहले निर्माण गरेको फिल्मका निर्देशक नविन आवाल हुन् । उनकै अवधारणामा तयार भएको फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा हावाबाट बिजुली निकाल्ने भाषण गर्ने नेतालाई व्यंग्य हानिएको छ ।

निर्देशक नविनकाअनुसार नेतालाई व्यंग्य हानिएको दृश्य संयोग मात्र पर्न गएको हो । ‘हामीले ६ महिनाअघि नै स्क्रिप्ट तयार पारिसकेका थियौं । अहिले प्रधानमन्त्रीको भाषणसँग मिल्न गएछ ।’ उनले भने ।

उनका अनुसार फिल्म एउटा नमुनाको विषय हो । ‘आवाजबाट बिजुली निकाल्ने कु्रा अनुसन्धानकै क्रममा छ ।’ सेतोपाटीसँग उनले भने,‘ फिल्म प्रयोगात्मक खालको हो र हावाबाट बिजुली निकाल्ने कुरा ‘मेटाफोर’ को रुपमा देखाउन खोजिएको हो ।’

अझै सुटिङ नसिकएको फिल्म आम दर्शकलेसमेत मन पर्ने खालको बन्ने निर्देशक अवालले दाबी गरे ।

फिल्ममा कमलमणि नेपाल, बुद्धि तामाङ, अभिषेक सुवेदी, रेलिजा श्रेष्ठ, जीवन अधिकारी, जीवन भट्टराई, अशेष लुईंटेल, रियर राई, लक्ष्मी भुषाल, अमृतबाबु केसी, आकाश मगर, अभिशेष नेपाल, विक्रम परियार, बिनिता गुरुङलगायतले अभिनय गरेका छन् । setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget