दोलखाबाट आयो सरकार परिवर्तनको संकेत

प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाजी भने
चरीकोटः राष्ट्रिय सरकारको चर्चा चलिरहेका बेला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भनेर सम्बोधन गरेका छन् ।

संविधान कार्यन्वयनको लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताइरहेका उनले दोलखा पुगेका बेला मन्तब्य दिँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री भनेका हुन् ।


‘शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नु भएको छ’, दोलखा सदरमुकाम चरीकोटमा हाम्रो रेडियो १०३.४ मेगाहर्जको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले भने । उनले कांग्रेसका सभापतिमा देउवाजी निर्वाचित हुनुभएको छ नभनि प्रधानमन्त्री बन्नुभएको भनि दिएको अभिव्यक्तिलाई केहीपछि सच्याएका थिए ।

दाहालले सो कार्यक्रममा कांग्रेसको महाधिवेशन सकिएकाले सहितको राष्ट्रिय सरकार बनाई संविधान कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रचण्डले कसको नेतृत्वमा सरकार बन्ने विषयमा नबोले पनि देश अहिले विषम प्ररिस्थितिमा रहेको बताउँदै छिमेकीले संविधानको पूर्णरुपमा स्वागत नगरेकाले पनि राष्ट्रिय सरकार चाहिएको बताएका हुन् ।

छिमेकी राष्ट्र भारतले संविधानको पूर्णरुपमा स्वागत नगरिसकेको अवस्थामा राष्ट्रिय सरकारको आवश्यकता रहेको भन्दै उनले घुमाउरो पारामा सरकार परिर्वतनको सङ्केत दिएका हुन् ।
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget