काठमाडौं – आम नेपाली दर्शकहरुले मन पराएको टेलिश्रृङ्खला ‘मेरी बास्सै’ अब दर्शकले धुर्मुस र सुन्तली विना नै हेर्नु पर्ने भएको छ । रकम विवादका कारण केही समयदेखि रोकिएको हाँस्य सिरियल ‘मेरी बास्सै’को छायांकन सुरु भएको छ ।
आज राती प्रशारणहुने श्रृङ्खलामा चर्चित पात्र ‘धुर्मुस सुन्तली’को अभियन छैन । यी दुई पात्र यो सिरियलमा अब देखिने संभावना पनि छैन । तर, केदार घिमिरे’माग्ने बुढा’सँग पनि कुरा भैरहेको निर्देशक श्रेष्ठले बताए ।
यता सिताराम कट्टेल धुर्मुस भने नाम आफूहरुले जुराएपनि सर्बाधिकार मिडियाहव सँग रहेकोलो मिडिया हबले नै यस्ताृ निर्ण गरेको बताउँछन् । उनले भने, आउँदा दिनमा हामी रहने या नरहने, कसरी जाने भन्ने विषयमा विभिन्न चरणमा वार्ता भएका छन् । मिडिया हबले बन्द भएका सम्पूर्ण हास्यब्यङ्ग्य टेलिश्रृङ्खला पुनः प्रसारणमा लैजाने भनेको छ । अहिले हाम्रो अन्य कामका कारण ब्यस्तता बढेको छ ।
अहिले यो सिरियलमा हाँस्य कलाकार ज्योती काफ्ले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हालका प्रधानमन्त्री केपी ओलीको भूमिकामा छन् ।
सिताराम र कुञ्जना बाहेक सिरियलका सबै पुराना कलाकारलाई देख्न सकिने निर्देशकले बताए ।
NEPAL, NEWS
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.