Articles by "Rochak"

काठमाडौँ । छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ ।
बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।
दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए ।
४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग(नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।
तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ ।
बोधिचित्त
रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् । उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५ लाख कमाउने उनको लक्ष्य छ ।
मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनी पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् ।
साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् ।
६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।
केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको १५  सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्‍याउन हम्मेहम्मे परेको प्रधानले बताए ।
बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ ।
कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन । स्राेतः अनलाइन पत्रिका

सामान्य मानिसको रुँखा आँसु र जिउमा गर्मी हुँदा पसिना बग्छ । जुन् दुवै पानीकै रुप हो । तर भारतको राजधानी नयाँ दिल्लीमा एक यस्ती युवती छिन् जस्को आँशु र पसिना दुवै रगत हो ।
नयाँ दिल्लीकी प्रिती गुप्ता सन् २००९ देखि यस्तो समस्या शुरु भएको हो । उनको आँखाबाट आँशुको साटो रगत बग्छ भने पसिनाकोरुपमा समेत रगत आउँछ ।


उनका माता पिताले सामान्य रोग ठानेर अस्पताल लगे तर बरिष्ठ बरिष्ठ चिकित्सकले समेत उनको उपचार गर्न सकेनन् । प्रितीका बाबु मनोजलाई आफ्नी छोरीलाई अरुले बहुलाइ भन्दा चित्त दुख्छ । तर छोरीलाई के भएको भन्ने उनलाई पनि थाहा छैन ।
आफू शुरुमा रगत बग्न थालेपछि निक्कै आत्तिएको बताउने प्रितीलाई अव भने सामान्य लाग्न थालेको छ । प्रितीलाई भएको जस्तो समस्या लाखौंमा एक जनालाई मात्र हुने चिकित्सकहरु बताउँछन् । मनोजले छोरीको उपचारका लागि लाखौं खर्च गरिसकेका छन् ।
उनलाई मानसिक समस्या भएको भनेर चिकित्सकहरुले पन्छिने गरेपनि हालै एक चिकित्सकले उनलाई उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

एजेन्सी ।

सामान्यतया महिलाले ओठमा लगाउने लिपिस्टक सुन्दरता बढाउनको लागि नै प्रयोग गरिएको हुन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ एक युवतीले महिलामाथि हुने यौन हिंसा घटाउन लिपिस्टिकको साहारा लिएकी छिन् । काशि निवासी रोमा नाम गरेकी एक युवतीले लिपिष्टिकमा २२० भोल्टको झट्का लाग्ने आविष्कार गरेकि छिन् । उनका अनुसार, कोहि मानिस लिपिष्टको सम्पर्कमा आउने वित्तिकै करेन्ट लाग्छ । यस लिपिष्टकले महिलाहरुलाई मनोबल मिलेको र महिला जिस्काउनेलाई पनि सावधान गराएको उनले बताएकि छिन् ।

कम्प्युटर साइन्स अध्ययनरत यी युवतीले लिपिस्टकमा एउटा सुरक्षा उपकरण जडान गरेकि छिन् । यही उपकरणले महिलालाई जिस्काउनेलाई २२० भोल्टको झट्का दिनेछ । रोमाले लिपिस्टिकमा जीपीएस ट्रयाकर जडान गरेकाले बदमास मानिसको स्थान पत्ता लगाउन पनि मद्धत गर्नेछ । यदि बाटोमा कुनै केटाले युवतीलाई जिस्काएको खण्डमा महिलाले लिपिस्टिक निकालेर बटम दबाएर ती बदमास युवकलाई छुवाइदिएमा उक्त केटालाई २२० भोल्टको झ्टकाले हान्नेछ ।

रोमाले यो लिपिस्टिक मेकअप किटमा लिएर हिंड्न सक्ने गरि बनाएको बताइन् । बाहिर नदेख्ने गरि बनाएको स्वीच आवश्यकता परेका ठाउँमा दवाउने र यसलाई कसैको शरिरमा स्पर्श गर्नेवित्तिकै झट्का लाग्ने उनको भनाइ छ ।

purbelinews



पैसा र सफलता कडा  मिहिनेत र परिश्रमिले मात्रै कमाउन सकिन्छ भन्ने उदाहरण हुन् नवलपरासी गैंडाकोटका देव घिमिरे।
करिब नौ बर्ष अगाडि २००७ मा वृद्धवृद्धाको हेरविचार गर्ने (केयर गिभर) भिषामा इजरायल आइपुगेका उनको ठूलो महत्वकांक्षा थिएन। मासिक तलब पैतालिस पचास हजारमा सन्तुस्ट थिए उनी। चारपाँच वर्ष विदेशमा दु:ख गरिसकेपछि नेपाल फर्किएर एउटा घर बनाउने र व्यापारव्यवसायगरेर बस्ने सोच थियो उनको। तर, आज उनी इजरायलमै करौडौंको मालिक बनेका छन्।
सुरुका दिनमा भनेजस्तो काम नपाएर दिक्क भएका उनलाई कर्मले डोहोर्‍याउँदै 'ज्ञाने याभ्ने' भन्ने इजरायलको एउटा गाउँमा पुरर्‍यायो।त्यहाँ उनी करिब असि बर्षको बृद्दको हेरविचार गर्थे।
केहिसमयमा नै उनले घरको पछाडि पैसा फल्ने ठाउँ यत्तिकै खेर गइराखेको देखे। त्यो पैसा फल्ने ठाउँ थियो- घर मालिकको बाँझो जमिन।

उनले त्यो खालि जमिनमा नेपाली रायोको साग रोपे। शुक्रबार-शनिबार नेपालीहरु छुट्टि मनाउन जम्मा हुने मुख्य ठाउँ तेलअविबमा शहरमा बेच्ने सोच बनाए।
उनले जमिनको मालिकसँग आफ्नो सोच सुनाए। सिंचाइका पानी लगायत अन्य रकम आफै व्यहोर्ने बताए। मनकारी मालिकले तुरुन्तै मन्जुरी दिए।
पहिलो फटकमा दश मुठ्ठा साग ‍बेचे। अहिले करिब एक कट्ठमा साग खेती गर्छन्। उनका  मुख्य ग्राहक नेपाली तथा भारतीय र श्रीलंकन हुन् ।
खाली हात बस्न नरुचाउने स्वभावका देवसँग नियमित काम र साग खेतीको अलावा अरु बाँकि केहि समय थियो। त्यो समयमा स्थानीय अरबिको खसी-बोका फार्ममा गएर खसी काटेर नेपालीहरुलाई खसीको मासु बेच्न थाले।
सुरुमा एउटा खसीको मासु बेच्न धौधौ पर्थ्यो उनलाई। अहिले प्रतिमहिना पाँच-सात सिंगो खसीको मासु सजिलै बेच्छन्। त्यस्तै चाडपर्वको बेलामा खसीको मासुको माग उनले धान्नै सक्दैनन्।
हँसिला-फुर्तिला  देखिने दुई जवान छोराका बाबु देव विदेशी भूमिमा  नेपालकै जस्तो रायो साग अनि खसीको मासु नेपालीलाई खुवाउन सकेकोमा धेरै खुसी छन्।
मेहनेती र मिजासिला स्वभावका देव बिहान सामान्यत चाँर बजेतिरै उठ्छन् र दिनभरी काम गर्छन्। उनको आरामको समय भनेको राति मात्रै हो। अझै केहिवर्ष यतै बसेर सकेको मेहनेत गर्ने, पैसा कमाउने र आफ्नै देश नेपाल गएर रमाइलो घुमाघाम गर्ने बताउँछन्।
नियमित  तलब बाहेक महिनाको चार-पाँच लाख रुपैंया आम्दानी हुन्छ उनको। उनकी जीवनसंगिनी सुमित्रा घिमिरे पनि देवसँगै काममा खट्छिन्।
 विश्वको जुनसुकै कुनामा भएपनि  मेहेनती मानिसहरुको पछाडि मात्रै  पैसा दौडने विश्वास भएका देव विदेशी भूमिमा नाम र दाम कमाउन सफल छन्।

‘बोधिचित्त’ हिरा जत्तिकै महँगो
काठमाडौँ । बोधिचित्त बिशेष गरी काभ्रेको तिमाल क्षेत्रमा पाइन्छ । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । ‘बोधिचित्त’ छ्याक्रयाक्क परेको रूखमा फाल्ने ससना दानाहरु मूल्यवान हुने गर्दछ । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा बिक्री हुन्छ । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच बढ्दो छ । बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ । कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । बोधीचित्त बर्षायाममात्र होइन हिउँदमा पनि रोप्न सकिन्छ तर बर्षातमा जस्तो हिउँदमा भने यसको लहर चलेको छैन । बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भइरहँदा उच्चा बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाइदा भैरहेको छ । अत्यादिक माग र उच्चा मूल्यको कारण व्यवसायिक खेती गर्ने जमात गढेको सिजनमा उच्च भयो तर हिउँदमा ठप्प छ । यसलाई सौख र केही आम्दनीका लिनको लागि गमलामा पनि रोप्न सकिन्छ । बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो । भारतमा भएको बौद्द सम्मेलन पश्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया, सिंगापुर आदि तेस्मा पनि उच्च नै रहेको छ ।
खेती प्रविधि
बोधिचित्त मालाको विरुवा समशितोष्ण भूभाग (४०० मि. देखि २३०० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनुभन्दा अगाडि रोपिएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असाररसाउन सम्म र हिउदमा पनि यसलाई रोप्न सकिन्छ । यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५–६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।यसको वोटमा रोपेको ३–४ वर्ष देखि दाना फल्न शुरु हुन्छ ।
बजार मूल्य
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखि ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सयदेखि ६ लाखसम्म पर्छ । त्यसैगरी दुई मुखे मालाको भने साइजअनुसार मुल्या हुन्छस ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जाँद मूल्य कम हुँदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजारदेखि ३० हजरसम्ममा बेचिन्छ ।
बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ । यसको माला दलाई लामा ले पनि प्रयोग गर्नु हुन्छ । चीन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भियतनाम, मकाउ, ताईवान आदि देशहरुमा यसको माग उच्च छ र कमसेकम १० बर्षसम्म यस्को माग उच्च नै रहनेछ ।
.janakhabar

छ वर्षका एक बालक अल्बर्ट आइन्सटाइन र स्टफेन हकिङजस्तै तेजबुद्धिका छन् भन्ने सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, यो कुरा सत्य हो।

अमेरिकाका छ वर्षीय बालक शेर्विन साराबीको आईक्यू न्युनतम १६० भएको आइक्यू टेस्ट गर्ने अन्तर्राष्ट्रिय निकाय मेन्साले समेत पुष्टि गरेको छ । आइन्सटाइन र हकिङको आइक्यू नम्बर पनि त्यति नै भएको उसले जनाएको छ ।

साराबीकी आमा अमन्डाले भनिन्, 'मेरो छोरो जिज्ञासु खालको छ । उसलाई पढाइलेखाइ गरिरहन मन पर्छ । अलिक चुनौतीपूर्ण कुरा सिक्न अथवा अभ्यास गर्न पाएन भने झनक्क रिसाउने गर्छ ।' गणित र पियानोवादनमा छोराको क्षमताको स्कुलमा समेत तारिफ हुने गरेको उनले बताइन्
nagariknews

एजेन्सी–अमेरिकाको डेट्रोयड शहरमा बस्ने ३६ बर्षीया एक महिलाले मंगलबार १४ औँ बच्चाको जन्म दिएर विश्व रेकर्ड बनाएकी छिन् । यतिमात्र होइन, यस महिलाले जन्माएकी १४ वटै बच्चाहरुको अलग–अलग बाबु छन् । यस रेकर्डलाई सन् २०१७ को गिनिज बुक अफ रेकर्डसमा थप भएर प्रकाशित गरिनेछ ।

वल्ड रेकर्डका अनुसार, अनीता सुलिवान नामकी उक्त महिलाले १३ भन्दाबढी पुरुषहरुसँग शारीरिक सम्बन्ध बनाएर ती बच्चाहरुको जन्म दिएकी हुन् । अनीताअनुसार विश्व रेकर्ड बनाएपछि उनलाई गर्व महशुस भएको छ । उनकी आमाले अनीताई सँधै अल्छि र बेकामकी भनेर गाली गरिरहन्थिन् ।
अनीताले भनिन्, ‘आज मैले यस्तो रेकर्ड बनाए सबैलाई झुटो साबित गरिदिएको छु, जुन काम मैले गरे, आजसम्म कसैले गर्न सकेका थिएनन् ।’ उनका अन्य १३ बच्चाहरु उनलाई भेट्न हार्पर हस्पिटलमा पुगेका थिए । उनका सबै बच्चा आमाको विश्व रेकर्डबाट खुशी छन् ।
उनी भनिन्, ‘मैले मेरा सन्तानका बाउ छान्न नजानेर ठूलो गल्ती गरिसकेकी छु, तर अब पुराना गल्तिहरुबाट केही सिकेकी छु, आज मैले एक असल श्रीमान् पाएकी छु ।’ उनको वर्तमान श्रीमान्को नाम रेमोन मेरे हो । उनीहरु करिब डेढ बर्षदेखि एकसाथ छन् । कानुनी मान्यताअनुसार, ११ बच्चाका लागि उनले पूर्वपत
kathmandutoday

२०७२ फागुन ५गते

४ फागुन, सप्तरी । प्रेमीले प्रेमिकालाई भगाएर बिहे गरेको त सुन्नुभएकै होला । तर, केटीले केटालाई विवाह मण्डपबाटै भगाएर विवाह गरेको घटना कुनै फिल्ममा मात्र कल्पना गरिन्छ । तर, यस्ती फिल्मी शैलीको बिहे सप्तरीमा भएको छ ।
सप्तरीमा २१ वर्षकी युवतीले आफूभन्दा एक बर्ष जेठा प्रेमीलाई भगाएका छन् । त्यो, पनि अर्कै युवतीलाई दुलही बनाउन लागेको बेला ।
यी युवती हुुन्, शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी देवकी साह । साहले जमुनी मधेपुरा गाविस १ बस्ने रमानन्दप्रसाद साहलाई सोमबार राति उनकै घरबाट उठाएर शम्भुनाथ मन्दिरमा लगी मंगलबार विवाह गरेकी छन् । देवकीको परिवारले यो विवाहलाई मान्यता दिएपनि रमानन्दको परिवारले मानेको छैन ।
२१ बर्षीया देवकी र २२ बर्षीय रमानन्दले एकअर्कालाई माला लगाइरहँदा बेहुली पक्षका महिलाहरु र स्थानीयहरुको बाक्लो उपस्थिति थियो । देवकीसँग नै विवाह गर्ने कसम खाएका रमानन्द भने आफ्नो परिवारसँग यो कुरा भन्न सकिरहेका थिएनन् ।
अर्कीको हुन लागेकै बेला उठाइयो

रमानन्दको अभिभावकले उनको विवाह अर्कै ठाउँमा गर्ने सुरसार गरेका रहेछन् । त्यसै अनुरुप विवाह गर्ने केटी पक्षका व्यक्तिहरु रमानन्दलाई छेका दिन (विवाह पूर्व गरिने विधी) भन्दै रमानन्दको घरमा आएका थिए ।
सोमबार राति केटी पक्षका व्यक्तिहरु रमानन्दका लागि कपडा, फलफूल र सुनको औंठी लिएर आएका थिए । सत्यनारायण भगवानको पूजा पश्चात रमानन्दलाई कपडा र औंठी लाइदिएर गरिने सम्पूर्ण विधि पूरा पनि गरियो ।
रमानन्द अर्कैको हुन लागेको सूचना देबकीले थाहा पाइन् । उनले म्याजिक गाडीमा आफ्नो गाउँका केहि महिलाहरुलाई बसाएर रमानन्दको घर जाने निधो गरिनर राति ९ बजेतिर उनी रमानन्दको घर पुगिन् ।
म्याजिकमै चढेर गएकामध्ये एक महिलाले रमानन्दलाई बाहिर बोलाइन् । रमानन्द बाहिर आएसँगै उनलाई म्याजिकमा चढाइयो र राति नै देवकीको गाउँ ल्याइयो । देबकीको गाउँसम्म आउँदा रमानन्दको औंलामा अर्काे केटी पक्षको अभिभावकले लगाइदिएको औंठी लागेकै थियो । त्यो औंठी भने मंगलबार उनले फिर्ता पठाएका छन् ।
‘अब देबकीसँगै मेरो जीवन बित्छ’ विवाह पश्चात रमानन्दले भने, ‘मन परेको व्यक्तिलाई जीवनसाथी बनाउन पाएँ । खुशी लागेको छ ।’
पहिलादेखि नै थियो प्रेम
रमानन्दसँग देवकीको पहिलो विवाह भने होइन् । उनको २०६८ सालमै जमुनीमधेपुराकै एक व्यक्तिसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
विवाह पश्चात मन मिलेन । खटपट भइरहेकै समयमा उनको श्रीमान वैदेशिक रोजगारीमा गए । देवकी भने माइतीमै बस्दै आएकी थिइन् । यसैबीचमा रमानन्दसँग उनको प्रेम भयो । एकले अर्कालाई मन पराए ।
रमानन्दको परिवारले यो कुराको सुइँको पाएपनि यो विवाह नगर्ने मनस्थितिमा थिए । रमानन्दले खुलेर यो बिषयमा आफ्ना अभिभावकलाई भन्न नसकेकपछि देवकीले फिल्मी शैलीमा पे्रमीलाई उठाएर जीवनसाथी बनाएकी छन् ।
onlinekhabar

शुक्रबार २९ माघ, २०७२
वास्तविक सूर्यभन्दा तीन गुणा तातो कृतिम सूर्यको आविष्कार
बेजिङ– चीनका वैज्ञानिकले वास्तविक सूर्यभन्दा तीन गुण तातो कृतिम सूय बनाएका छन्। यो आविष्कारसँगै इन्धनको कमी दूरगर्न निकै ठूलो सफलता मिलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

इन्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिक सो कृतिम सूर्यमा हाइड्रोजन ग्यासलाई ५ हजार करोड डिग्री सेल्सियस भन्दा अत्याधिक धेरै तापक्रमसम्म तातो बनाउन सफल भएको बताइएको छ।

संचारमाध्यमका अनुसार चीनका वैज्ञानिकले ५ करोड डिग्री सेल्सियस तापक्रमलाई त्यतिबेलासम्म कायम राख्न सफल भए, जतिबेलासम्म न्यूक्लियर फ्युजन च्याम्बरको कोर सो तापक्रमको अगाडि पग्लेर नसकियोस्। वैज्ञानिकले सो कृतिम सूर्य बनाएसँगै जीवास्म इन्धनमाथिको निर्भरता सकिएको दाबी गरेका छन्। उनीहरुले ग्यासमार्फत पैदा हुने न्यूक्लियर इनर्जी निकै ठूलोमात्रामा प्रयोग गर्न सफा सुग्घरइनर्जीमा परिवर्तन गर्न सकिने दाबी गरेका छन्।
nagariknews

एजेन्सी: एकजना चार वर्षीय बालकले तीनजना मानिसलाई बमले उडाएका छन् । आतंकवादी संगठन आईएसआईएसले हालै जारी गरेको नयाँ भिडियोमा ती चार वर्षीय बालकले गाडीमा रहेका तीनजनालाई बमले उडाएका देखाइएको छ ।

चार वर्षीय ब्रिटिश बालक 'जिहादी जुनियर' एक कारलाई बमले उडाएर तीनजनाको ज्यान लिएको यो भिडियोमा देख्न सकिन्छ । यी तीनैजनामाथि सिरियामा पश्चिमी देशका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।


तीनजनालाई बमले उडाउने यी बालक दक्षिण-पुर्व लन्डनमा जन्मिएका ग्रेस 'खादिजा' डेरका छोरा हुन् ।

इस्लाम धर्म अपनाएकी ग्रेस सन् २०१२ मा भागेर सिरिया पुगेकी थिइन् । जहाँ उनले स्वीडिस चरमपन्थी लडाकू अबु बक्रसँग बिहे गरेकी थिइन् । यी बालकले अहिलेसम्मको उमेर आईएसआईएसको नियन्त्रणमै बिताइसकेका छन् ।

डेलीमेलको समाचार अनुसार बालकका हजुरबा हेनरी डेरले उनको पहिचान इसा डेरका रुपमा गरेका हुन् । भिडियोमा बालकले आईएसआईएसको ट्रेडमार्क वर्दी र शिरमा कालो पट्टी बाँधेका छन् । उनको हातमा एक डेटोनेटर देख्न सकिन्छ ।

बालकले डेटोनेटर दबाएपछि पहेंलो कपडा लगाएर कारमा बाँधेको देखाइएका तीन मानिस कार विस्फोट भइ मारिएको भिडियोमा हेर्न सकिन्छ ।

बालकसँगै रहेका एक आईएस लडाकू ब्रिटिश लवजमा अंग्रेजी बोल्दै ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई धम्की दिइरहेको पनि भिडियोमा देख्न सकिन्छ ।

तीनजना सवार मानिस कारलाई बालकले डेटोनेटर दबाएर विस्फोट भएपछि भिडियो सकिन्छ ।
annapurnapost




माघ २९, २०७२- जिल्लाको स्रोत नक्सा निर्माणका लागि बिहीबार दमौलीमा गरिएको परामर्श बैठकमा अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरिएपछि नबुझिएको भन्दै सहभागीले कार्यक्रम नै स्थगित गरेका छन् ।

जिल्ला विकास समितिले आयोजना गरेको जिल्लाको स्रोत नक्सासम्बन्धी परामर्श बैठकमा परामर्शदाता कम्पनी निस्ट प्रालिले अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरेको थियो । अंग्रेजीमा लेखिएको नबुझिएपछि दलका स्थानीय नेता र अन्य सहभागीले परामर्श दिन नसकिने भनेपछि कार्यक्रम स्थगित गरिएको हो ।

‘हामी दलका स्थानीय नेताहरूलगायत केही सहभागीलाई यो कार्यपत्रमा के छ भन्ने नै जानकारी छैन,’ एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले भने, ‘यो त सप्ताह सुनेजस्तो भयो । पण्डितले जय भनेको सुनेपछि जय भन्ने । त्यसैले नेपालीमा कार्यपत्र प्रस्तुत गरिनुपर्छ भन्दै कार्यक्रममा सहभागी भइएन ।’ परामर्श दिने जस्तो संवेदनशील विषयमा कार्यपत्र प्रस्तुत गरिँदा नेपाली भाषामा हुनुपर्ने अन्यथा अर्को अर्थ लाग्न सक्ने उनले बताए ।

अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरिएकाले आफूहरूले चाहेर पनि परामर्श दिन नसकेको लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष दीपक भट्टराईले बताए । नेपालीमा कार्यपत्र प्रस्तुत गरिए एकै घण्टामा कार्यक्रम सकिने दाबी उनले गरे । ‘कार्यपत्र बुझे पो विचार दिन सकिन्छ,’ उनले भने, ‘यो त अंग्रेजीमात्र पढाइ हुने विद्यालयका विद्यार्थीलाई संस्कृतको किताब थमाएजस्तो भयो ।’

कार्यक्रममा सहभागी अन्यले समेत नेपालीमा कार्यपत्र प्रस्तुत गरिनुपर्ने बताए । अंग्रेजीमा लेखिएको नबुझिएपछि कार्यक्रम गर्नुको औचित्य नभएको सहभागीले भनेपछि स्थानीय विकास अधिकारी अञ्जन न्यौपानेले तत्काललाई कार्यक्रम स्थगित भएको जानकारी गराए ।

परामर्शदाता कम्पनीलाई नेपालीमा कार्यपत्र प्रस्तुत गरी छिट्टै कार्यक्रम गर्न उनले निर्देशनसमेत दिए । ‘आधारभूत कुरालाई नेपालीमा उल्लेख गरेर कार्यपत्र प्रस्तुत गरिनुपथ्र्यो,’ न्यौपानेले भने, ‘अन्तिमपटकको परामर्श बैठक भनिएको थियो । तर, भाषागत समस्याले गर्दा अन्तिम हुन सकेन ।’ छिट्टै गरिने कार्यक्रममा मुख्य अंशहरू नेपालीमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिए । प्रालिका निर्देशक इन्जिनियर अंगेश्वर श्रेष्ठ, जीएस विज्ञ आनन्द पौडेल र विप्लब पराजुलीले आफूहरूले छिट्टै गरिने परामर्श बैठकमा नेपालीमा कार्यपत्र प्रस्तुत गर्ने बताए । सहज होला भन्ने ठानेर आफूहरूले कार्यपत्र अंग्रेजीमा बनाएको प्रालिका निर्देशक श्रेष्ठको भनाइ थियो ।

०७१ चैत महिनाबाट उनीहरूले जिल्लाको स्रोत नक्सा तयार गर्न जुटेको जिल्ला विकास समितिका वरिष्ठ सूचना अधिकृत राजेन्द्र कार्कीले बताए । स्रोत नक्सामा जिल्लाको प्राकृतिक, भौतिक र सांस्कृतिक स्रोत साधन, राजमार्ग र शाखा मार्गहरू, पुलहरू, धार्मिक तथा ऐतिहासिक स्थलहरू, गाविस र नगरपालिकाको कार्यालय, होमस्टे केन्द्रहरू, नागरिक सचेतना केन्द्र, नदीनाला, व्यापारिक केन्द्र गरी १६ वटा सम्पदाको नक्सांकन कार्य भइरहेको सूचना अधिकृत कार्कीले बताए ।
ekantipur.

एक तस्वीर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्वीर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखी नभई सुखै पाउँदैनन् । बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केही यस्ता तस्वीर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनियाँ सामु व्यक्त गरेका हुन्छन् । हामीले तपाईसामु दश यस्ता तस्वीर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियाँसामु प्रष्ट पार्छन् । यो तस्वीर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।


१. बौद्ध भिक्षुको आत्मदाह (1963)


यस तस्वीरले पूरै दुनियाँलाई शोक सन्तप्त बनाईदियो । यहाँ बौद्ध भिक्षु दक्षिणी भियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए । भिक्षुले आफैले आफुलाई आगो लगाए । अचम्मको कुरा के छ भने शरीरमा आगो लाग्दै गर्दा उनी न चिच्याए न त जलुञ्जेल हल्लिए नै । उनले चुपचाप आत्मदाह गरे ।

२. इराक युद्ध


एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए । उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए । कैदीले सैनिकसँग अपिल गरे कि आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ । अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।

३. भोपाल ग्याँस काण्ड

भोपाल ग्याँस काण्ड दुनियाँको सबैभन्दा ठूलो औद्योगिक घटना मध्ये एक हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चीस हजारभन्दा बढि मानिस प्रभावित भएका थिए । यो तस्वीर सोही घटनाको हो । घटनास्थलमा एक बच्चाको शरीर फेला पर्यो । ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए ।
४. पहिलो कालो विद्यार्थीलाई निकाला

नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट (कालो वर्णकी विद्यार्थी) थिईन् । स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यवहार भयो । आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो । तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।
५. भूकम्पले आमाकै अगाडि पाँच बच्चाको ज्यान लियो


सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडि ज्यान लिएको थियो । यो तस्वीरले बताउँछ कि उनलाई कति पीडा भईरहेको छ ।



६. आफ्नै सैनिक र नागरिकमाथि बम प्रहार

कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन् । दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथि बर्सियो । ईलाकामा भागदौड मच्चियो । भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।
७. ज्वालामुखीपछि हिलोमा फसेकी आमयरा सांजेच


कोलम्बियाको आर्मिरोमा सन् १९८५ मा ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो । आमयरा सांजेच १३ बर्सकी थिईन् । उनी हिलोमा फसेकी थिइन् । आफ्नो घर बर्बाद भएपछि पनि उनी तीन दिनसम्म हिलोमा नै गाडिएकी थिइन् । फ्रेंक फार्नियर यो तस्वीर लिएका थिए । यसै तस्वीरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो । केही दिनपछि आमयराको मृत्यु भयो ।
८. स्पाइना बिफिडाको सफल अप्रेशन


यो तस्वीर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडाको सफल अप्रेशन गरेका थिए । यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कड पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन । स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकालेपछि बच्चाको हड्डीको विकास हुँदैन ।

९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै

सन् १९७५ मा यो दर्दनाक तस्वीर क्यामरामा कैद भएको थियो । घरमा आगो लागेपछि आमा र बच्चाले झ्यालबाट हाम फाले । माथिल्लो तलामा रहेका उनीहरु जर्ने भरयाङ समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो । बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए ।
१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्ध


यो तस्वीरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्ध । यो तस्वीरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।
onlinesanjal

नयाँ सालमा यो भन्दा उत्तम उपहार के हुन सक्छ की कुनैपनि यात्रुलाई एउटा पूरै जहाजमा एक्लै यात्रा गर्ने मौका मिलोस् । चीनमा एक युवतीलाई यस्तै मौका मिलेको छ ।
झांग नामकी ती युवती नयाँ वर्षको अवसरमा युहानबाट आफ्नो घर गुआंगझोउ फर्किँदै थिइन् र जहाजभित्र उनी एक्लै थिइन् अर्थात् अरु कुनै यात्रु थिएनन् ।
चिनिया क्यालेन्डर अनुसार गत फेब्रुअरी ८ मा चिनिया नयाँ वर्ष सुरु भयो । नयाँ वर्षमा धेरै चिनियाहरु देश विदेशबाट आफ्नो घर फबिर्कन्छन् । झाँग पनि घर फर्किँदै थिइन् । मौसम खराब भएर उडानमा ढिलाइ भयो । टिकट काटेका अन्य यात्रुहरुले टिकट क्यान्सिल गरेर अर्को साधन प्रयोग गरे ।
तर झांगले भने त्यसो गरिनन् । जब मौसम सफा भएर जहाजले उडान भर्यो, तब जहाजमा यात्रुको रुपमा झांगमात्र एक्लै भइन्, जहाजमा अरु सबै विमानका कर्मचारी मात्र थिए ।
उनले आफुले रित्तो जहाजमा एक्लै यात्रा गरेको तस्वीर खिचेर सोसल साइटमा हालिन् । त्यसपछि उनी चर्चामा आइन् । यो पटक नयाँ वर्षमा आफ्नो घर फर्किनेहरुको संख्या यति धेरै भयो की केवल गुआंगझोउ रेल स्टेसनमा मात्रै रेलको प्रतिक्षामा एक लाख मानिस फसे ।
तर यस्तो भिडमा समेत झांगलाई चाइना साउदर्न एयरलाइन्सको रित्तो जहाजमा एक्लै यात्रा गर्ने मौका मिल्यो । उक्त बोइंग जहाजमा १३७ सिट थिए । झांग मात्र एक्ली यात्रु हुँदा जहाजका अरु १३६ यात्रु सिट खाली थिए ।
onlinekhabar

ब्वाँसो, अन्टार्क्टिका र दक्षिण अमेरिका बाहेक विश्वका धेरै देशहरुमा पाइने जंगली जनावर । दक्षिण एसियामा नेपाल, भारत, भुटान र पाकिस्तानमा पाइने गरेको बताइन्छ । नेपालमाँ विशेषगरी हिमाली क्षेत्रमा पाइने ब्वाँसोका प्रजाति हेरेर यसको जिउको नाप र तौल घटि बढि हुने ब्वाँसो संरक्षणका लागि केहि बर्षयता काम गरिरहेको फ्रेन्ड्स अफ नेचरका प्रतिनिधिहरु बताउँछन् । फ्रेन्ड्स अफ नेचार्का प्रतिनिधि एवंम् ब्वाँसोका बारेमा अध्ययन गरिरहेका यादव घिमिरे भन्छन्, ‘ईथियोपियन ब्वाँसोको तौल सबैभन्दा थोरै हुन्छ भने उत्तरी अमेरिकाको पनि उत्तरतिर पाइने ब्वाँसोको तौल सबैभन्दा बढि हुने गर्दछ । भालेको तौल औसतमा ४० देखि ४५ केजी सम्म हुन्छ भने पोथीको ३६ देखि ३८.५ केजी हुन्छ । यसको जिउको लम्बाई ४.५ देखि ६.५ फिट सम्म हुन्छ ।’

उनी अगाडी भन्छन् ‘यो युरोप, एसिया, अफ्रिका र उत्तरी अमेरिका गरी चार महादेशहरुमा पाइन्छ । यो पहिले लोप भएर गएको थुप्रै युरोपेली देशहरु जस्तै फ्रान्स, जर्मनी, स्विजरलैण्ड तथा अमेरिकाका कतिपय ठाँउहरुमा अहिले देखा पर्न थालेको छ । विश्व संरक्षण संघ (आईयूसिएन) का अनुसार विश्वभरिमा यसको संख्या यकिन गरेर भन्न सक्ने अवस्था नभए पनि करिब २००,००० को हाराहारीमा रहेको विश्वास गरिन्छ । यसको अवस्था स्थिर नै मानिएको भए पनि धेरै देशमा लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालमा भने यसको सँख्या ३० देखि ५० भनेर अभिलेख गरिए पनि अध्ययनको अभावमा यो तथ्य कतिको यकिन भनेर भन्न सकिने स्थिति छैन ।

उनका अनुसार ब्वाँसोले नाउर, तिब्बती वन गधा, वन चौरी मारेर खाने गर्दछ । यसले मान्छे पनि खाने गरेको भन्ने हल्ला भएपनि उक्त हल्ला साँचो नभएको उनले रातोपाटीलाई बताए । यद्यपी ब्वाँसोसम्बन्धि नेपाल र विश्वभर थुप्रै अन्धविश्वासहरु पनि छन् । यादव घिमिरे अगाडी भन्छन् ’ब्वाँसोसम्बन्धि अन्धविश्वासले गर्दा ब्वाँसो संरक्षणमा बाधा पुगिरहेको छ । रातोपाटीसँग कुराकानी गर्दै उनले ब्वाँसोसम्बन्धि विभिन्न अन्धविश्वासहरु भएको सुनाए ।

ब्वाँसोसँग सम्बन्धित केहि रोचक अन्धविश्वासहरु
नेपालमा
१) ब्वाँसोलाई शैतानको प्रतिक मानिन्छ
२) गाईवस्तुलाई हपार्न ब्वाँसोको नाम प्रयोग गरिन्छ
३) ब्वाँसोलाई हावा पनि भन्ने गरिएको छ
४) ब्वाँसो मार्नेलाई पहिले माला अथवा खादा लाएर गाउँ डुलाउने तथा उपहार दिने चलन थियो

विश्वभरिबाट
१) ब्वाँसोलाई राक्षसको सबैभन्दा मनपर्ने
२) ब्वाँसोले मान्छेलाई पहिले देख्यो भने मान्छेको बोली बन्द हुने विश्वास छ
३) कुनै मान्छेले ब्वाँसोको नाम लिने बित्तिकै कम्तिमा एउटा ब्वाँसोसँग भेट हुने पनि विश्वास छ
४) ब्वाँसोलाई भगवानले होइन राक्षसले उत्पत्ति गरेको पनि जनविश्वास छ
५) ब्वाँसो कुनै समय गंगटा र स्रिम्पसँग डराँउदछन् भन्ने पनि विश्वास रहि आएको थियो
६) छारे रोगीलाई ब्वाँसोको छालाले बेर्यो भने उनीहरुलाई केही नहुने विश्वास पनि छ । यसले रेबिस पनि निको पार्न सक्ने विश्वास गरिन्छ
७) युरोपका केहि भागमा ब्वाँसोले झिँगा÷माखालाई घरमा बस्न दिँदैन भन्ने पनि विश्वास गरिन्छ
८) एउटा फ्रान्सेली दन्त्यकथाका अनुसार ब्वाँसोको दाँतले बच्चाहरुको गिजामा घोट्यो भने बच्चाको दाँत दुखाइ सञ्चो हुने विश्वास छ
९) ब्वाँसोको दाँत मानिसले घाँटीमा मालाको रुपमा लगाउँदा भूत–प्रेतले दुःख नदिने पनि फ्रान्समा विश्वास रहि आएको पाइएको छ
१०) ब्वाँसोको मासु खानाले भूत प्रेत अघि नपर्ने पनि विश्वास छ
११) सिरानी मुनी ब्वाँसोको टाउको राखेर सुत्नाले नराम्रा सपना नदेख्ने पति विश्वास चलि आएको छ
१२) एउटा ब्वाँसोको पुच्छर घरको ढोकामा झुण्ड्याउँदा त्यसले अरु ब्वाँसोहरु घरभित्र छिर्न नसक्ने विश्वास पनि प्रबल थियो
१३) बच्चाहरुको छालामा ब्वाँसोको दिसा दलेको खण्डमा उसको

ब्वाँसोको प्रयोग
१) यसको टाउकोमा पराल अथवा भुस भरेर पुजा गर्नको लागि राखिन्छ । यसो गर्दा भगवान खुशी हुन्छन् भन्ने विश्वास छ । यस्तो पुजा वर्षमा एकचोटि मात्र गरिन्छ ।
२) यसको आलो रगत पियो अथवा जमेको रगतको सुप बनाएर पियो भने क्यान्सर पनि निको हुने विश्वास छ
३) यसको रौँबाट बनेको पेटी कम्मरमा बाँध्दा न्यानो हुनाको साथै ढाड दुख्ने समस्या पनि घटाउने जन विश्वास छ
४) ब्वाँसोको रौँलाई हिउँ चितुवा, रातो भालु, घोडा, च्याङ्ग्रा तथा भेडाको रौँसँग मिलाएर घोडाको घाँटीमा बाँध्यो भने घरपालुवाहरु ब्वाँसो तथा अरु शिकारी जनावरहरुबाट बच्दछन्
५) हड्डी बाथ रोग निको पार्ने विश्वास गरिन्छ
६) यसको फोक्सो भुटेर अथवा सुप बनाएर खाए दम निको हुन्छ भन्ने गरिएको छ
७) ब्वाँसोको गिदी विभिन्न जडीबुटीसँग मिलाएर खायो भने मान्छेको बुद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ
८) ब्वाँसोको नङ्ग्राको धुलोको लेप बनाएर घाउ तथा मुसामा लगाए घाउ निको हुने विश्वास गरिन्छ
९) मान्छेको शरिरको कुनै भागमा घाउ भएको छ अथवा अरु समस्या आएको छ भने ब्वाँसोको शरिरको त्यही भागको छालाको सानो टुक्राको धुलोको लेप लगाए पनि घाउ निको हुने विश्वास गरिन्छ
१०) ब्वाँसोको मासु पकाएर खाए ज्वरो तथा मलेरिया सञ्चो हुने विश्वास रहि आएको छ
११) यसको बोसो पनि बाथ रोगको उपचारमा काम लाग्ने विश्वास गरिन्छ
१२) ब्वाँसोको पित्तथैली पनि पानीमा घोलेर पिइने गरिएको तथ्य छ तर यसको यकिन कारण भने खुलेको छैन

ratopati

एजेन्सी– हाम्रो छिमेकी राष्ट्र चीन बारेमा तपाईं कति कुराहरु जान्नुहुन्छ ? सायद धेरै कुराहरु थाहा छन् होला र धेरै कुराहरु छैनन् पनि होला । आज हामी चीनको बारेमा तपाईंलाई सायदै थाहा नभएका यस्ता केही तथ्य राख्दै छौँ




१. चीनमा कुनै नयाँ बिजनेस सुरु गर्न केबल ३८ दिनको समय लाग्छ ।

२. चीनमा मृत्युदण्डको सजाय पाउनेको संख्या विश्वको भन्दा चार गुणा बढी छ ।

३. देशमा ४३ प्रतिशत मानिसहरु शहरमा बस्ने गर्छन् ।

४. चीनको १ सन्तानको नियमलाई ७५ प्रतिशत भन्दा बढी मानिसले समर्थन गर्छन् ।


५. एक रिपोर्टका अनुसार अमेरिकामा सिज गरिएका ७७ प्रतिशत सामानको चीन स्रोत हो ।


६. अमेरिकाको कुल जनसंख्या भन्दा धेरै चीनमा मोबाइल रहेको छ ।


७. चीनमा हरेक साल ४५ बिलियन चपस्टिक प्रयोग गरिन्छ र त्यसका लागि २ करोड रुखहरु काटिन्छ ।

८. फेसबुक, ट्वीटर र द न्यू योर्क टाइम्स चीनमा २००९ सालदेखि नै ब्लक छ । तर पनि त्यहाँ यसका करिब ९ करोड प्रयोगकर्ता छन् ।

९. चीनमा करिब ४ करोड मानिसहरु आज पनि गुफामा बस्ने गर्छन् ।


 १०. त्यहाँका ७० करोड मानिसहरु दूषित मानिको साहारामा जीवन जीउने गर्छन् ।



११. २०२० सम्म चीनमा विवाहका लागि करिब ४ करोड पुरुषले युवती पाउने छैनन् ।


 १२. इन्टरनेटका कारण एडिक्ट हुनेका लागि चीनमा उपचार कक्षको व्यवस्था छ ।



१३. हरेक वर्ष स्वादिष्ट भोजनका रुपमा चीनमा ४० लाख बिरालो खाने गरिन्छ ।


१४. विश्वको कुल सुँगुरको संख्याको आधा संख्या चीनमा रहेको छ ।


१५. विश्वको पहिलो पेपर मनी १४०० वर्ष पहिले नै चीनमा अस्तित्वमा थियो ।

kathmandutoday

२२ माघ, काठमाडौं । तपाईको मोटरसाइकल अहिले पेट्रोलबाट चलिरहेको छ, तर त्यही मोटरसाइकललाई अब नेपाली विद्यार्थीहरुले बिजुलीबाट चल्ने मोटरसाइकलमा फेरि दिन सक्छन् ।
इन्धनको चरम संकट व्यहोरिरहेका नेपालीलाई पुल्चोक इञ्जिनियररिङ क्याम्पसका विद्यार्थीले शुक्रबार पेट्रोलविनै चल्ने मोटरसाइकल बनाएर देखाएका हुन् ।
इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको ६/७ जनाको टोलीले ४ दिन लगाएर इन्धनबाट चल्ने मोटरसाइकललाई बिजुलीबाट चल्ने मोटरसाइकलमा रुपान्तरण गरेका हुन् । निर्माणमा सहभागी विद्यार्थी क्षितिज भण्डारीले पेट्रोलमा चल्ने अहिले भइरहेका मोटरसाइकललाई ब्याट्री जडान गरेर चलाउन सकिने बताए । उनले भने- ‘पेट्रोलकै लागि भारतसँग झुक्नु त परेन नि ।’

पुल्चोक इञ्जिनियरिङ क्याम्पसकै ३/४ वर्षअघिको ब्याचका विद्यार्थीहरुले पेट्रोल र बिजुली दुबैबाट सञ्चालन हुने मोटरसाइकल बनाउन सक्ने सोच बनाएको र त्यही अवधारणामा टेकेर आफूहरुले बिजुलीबाट मात्रै चल्नेगरी जडान गर्न सफल भएको भण्डारीले सुनाए ।
‘सिनियर दाइहरुले गरेजस्तै गर्ने सोच थियो तर त्यसका लागि हामीसँग पैसा पुगेन, अनि अहिलेको अवस्थामा पेट्रोल नचाहिने बाइक बनाउनु उपयुक्त हुन्छ भनेर यो बाइक बनाएका हौं,’ उनले भने- ‘भारतले इन्धन नदिँदा हामीले यति दुःख पाइरहेका छौं । पेट्रोल अनविकरणीय उर्जा हो, भोलि त्यो सकियो भने भएको बाइक के गर्ने ?’
आफूहरुले पेट्रोल इञ्जिनको मोटरसाइकललाई पनि बिजुलीबाट गुडाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको उनले बताए । अहिले बिजुलीबाट चार्ज गर्ने प्रविधि जडान गरिएको र यसबाटै आधारित रहेर सोलारबाट चार्ज गर्ने सिस्टम जडान गर्न पनि सक्ने उनले बताए । पेट्रोल बाइकभन्दा निर्माण गर्न र चलाउन दुबै सस्तो पर्ने उनले बताए ।
यो मोटरसाइकल दुईजनाको डबल लोड बोकेर उकालो पनि गुड्न सक्ने क्षमताको भएको भण्डारीले दाबी गरे । ब्याट्री फिट गरिएको मोटरसाइकलमा ३ वटा गियर हुन्छन्, जसले करेन्टको मात्रालाई नियन्त्रणमा राख्छ । बढी गतिमा जानुपर्‍यो भने बढी करेन्ट दिने गियरमा जानुपर्ने भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार यो मोटरसाइकलले आवाज निकाल्दैन र धुवाँ फाल्दैन । ब्याट्री फिट गर्दा पेट्रोलको ट्यांकीलाई पनि कुनै दख्खल पर्दैन, त्यसलाई पछि टेल हालेर समेत चलाउन सकिन्छ । ‘यो त हाम्रो सोचमात्र हो, यसको व्यवसायिक उत्पादन गर्दा बजारमूल्य, प्रतिस्पर्धालगायतमा पनि ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने ।
मैनवत्ती बाल्नोस् बिजुली बल्छ !
पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्राङगणमा शुक्रबारदेखि सुरु भएको छैठौं ‘मेकानिकल इञ्जिनियरिङ प्रर्दशनी’ मा विभिन्न नयाँ आविस्कारहरु राखिएका छन् ।
प्रदर्शनीमा मेसिनबाट मकै छोडाउने, ट्यांकीमा पानी भर्ने, फूलको गमलामा पानी हाल्ने, मैनबत्ती बालेर त्यसको शक्तिमार्फत विजुली निकाल्ने, सोलारको छाता राखेर खाना पकाउने लगायतका आकर्षक मेसिन राखिएको छ ।
सोसाइटी अफ मेकानिकल इञ्जिनियरिङ स्टुडेन्टस् (सोमेस)ले उर्जामा आत्मनिर्भरता आजको आवश्यकता भन्ने मूल नारासहित प्रर्दशनी आयोजना गरेको हो । प्रर्दशनीमा ७० वटा स्टलहरु छन् ।
onlinekhabar

२०७२ माघ १६ गते
सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ ।
झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी प्रवृत्ति बाहिर आएको हो ।
एन समर्सले गरेको अध्ययन अनुसार १० प्रतिशतले जिमखानामा जाँदा समेत कण्डम बोक्ने गरेका छन् ।
आधाजसो बेलायतीले जिमखानालाई केवल व्यायाम वा तन्दुरुस्ती प्राप्त गर्ने स्थानको रुपमा मात्र नलिई कसैसँग सम्बन्ध गाँस्ने ठाउँको रुपमा पनि लिने गरेको पाइएको छ ।
अझ रोचक कुरा त के भने जिमखानामा गएर सेक्स गर्नेहरुमा ४७ प्रतिशत महिला रहेका छन् ।
महिलाहरुले जिमखानामा आफ्नो नितम्ब पुष्ट देखाउने मेसिनको प्रयोग गर्न मन पराउने गरेका छन् भने पुरुषहरुले आफ्नो बाइसेप देखाउने व्यायाम मन पराउँछन् ।
जिमखानामा सम्भोग गर्ने मध्ये २० प्रतिशतले आफ्नो गुरुसँग सेक्स गर्ने गरेका छन् । जिमखानाको व्यायाम सकिएसँगै उनीहरुले खासगरी बाथरुममा नुहाउने बेला यस्तो गर्ने गरेको पाइएको छ । त्यस्तै अन्यले डेटिंग एपमार्फत जोडी जुराउने गरेका छन् ।
जिमखानामा सेक्स गर्ने मध्ये ३१ प्रतिशत समलिंगी पुरुष तथा ४९ प्रतिशत महिला पुरुष हुने गरेको पाइएको छ ।
जिमखानामा नियमित व्यायाम गर्ने महिला तथा पुरुषको अनुभव अनुसार नियमित व्यायामले उनीहरुको यौन सन्तुष्टिमा बढोत्तरी गरिरहेको छ ।
onlinekhabar

मेलबर्न : अस्ट्रेलियामा एक २६ वर्षीया महिलाले एकसाथ पाँच सन्तान जन्माएकी छन् । जसमा एक बालक र चार बालिका रहेका छन् ।

अनलाइन अखबार 'डब्ल्यूएटूडे' को समाचार अनुसार तीन सन्तानकी आमा किम तुकीले पर्थको किङ्ग एडवर्ड मेमोरियल अस्पतालमा बिहीबार पाँच बच्चा जन्माएकी हुन् ।र


अस्पतालका अनुसार एकसाथ जन्मिएका सबै शिशु स्वस्थ रहेका छन् ।

तुकीले आफ्ना पति वेगनसँग मिलेर छोरा किथ र उनका चार बहिनी अली, पेनलोप, टिफनी र बेट्रिक्सको स्वागत गरिन् । तुकीले आफ्नो गर्भ बसेपछि दैनिक ६ हजार क्यालोरी लिनुपरेको थियो ।

अस्पतालबाट विदा मिलेपछि पनि विशेषज्ञहरुको एक टीमले तुकीको रेखदेख गर्ने भएका छन् ।
annapurnapost



 
 दिनको अवधिमा २१ छात्रा भुत लागेर विरामी भएको विद्यालयले जनाएको छ । यसलाई केही सामाजिक अन्धविश्वासको रुपमा पनि लिएका छन् । तर, यहाँका बासिन्दा भुतलाई भगाउन तल्लोसोराड क्षेत्रमा पर्ने सलेना गाविसमा रहेको श्री धर्मघर उच्च माविको शौचालय भत्काउने निर्णयमा पुगेका छन् ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरुमा एक्कासी काँप्ने, चिच्याउने र अनियन्त्रीत भाषा प्रयोग गरी अनावश्यक बोल्ने समस्या देखिएपछि धामी झाँक्रिको सल्लाहअनुसार अभिभावकहरु शौचालय भत्काउने निर्णयमा पुगेका हुन् ।

विगत १० दिन यता देखि २१ जना छात्राहरुमा यस्तो समस्या देखिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयबाट अहिलेसम्म पहल नभएको धर्मघर उमाविका प्रधानाध्यापक केशवराज जोशीले बताए । प्रधानाध्यापक जोशीका अनुसार विगत ४/५ दिन यतादेखि स्थानीयको दबावमा विद्यालयमा रहेको चार कोठे शौचालयमा ताला लगाईएको छ ।

शौचालयमा यसरी ताला लगाईदा विद्यार्थीहरु खुल्ला रुपमा शौच गर्न बाध्य भएको र त्यसले विद्यालय वरीपरीको वातावरण समेत दुर्गन्धित भएको स्थानीय दिपक चन्दले बताए ।  उहाँका अनुसार स्थानीयले पनि धामी झाँक्रिको विश्वासमा परी चार कोठे शौचालय भत्काउन दबाब दिईरहेका छन् । केही स्थानीयले धामी झाँक्रिकै भरमा परी शौचालय भत्काउने तयारी गरेपछि युवाहरुले भने विद्यालयमा जोडिएको संम्पत्ति अन्धविश्वासमा भत्काउन नदिन र छात्राहरुमा देखिएको उक्त रोगको यथाशिघ्र उपचार गरिदन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीले भने हिजो मात्रै त्यसको आधिकारिक जानकारी आएको र आइतबार त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाउने जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत जीवन भट्टले यस्तो समस्या मास स्टोरिया भएका व्यक्तिलाई हुने र त्यसको छिट्टै नै उपचार हुने हुँदा नआत्तिन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिलेको युगमा धामी झाँक्रिको परेर नभई उपचार गरेर रोगहरु निको हुने भएकाले अन्धविश्वासमा नपर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । विद्यालयमा निर्माण भएका संरचनाहरु भत्काउने कसैलाई पनि अधिकार नभएकाले त्यस्तो कार्य नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानीयलाई आग्रह समेत गरे । रोगको उपचार गर्ने निकाय हुँदाहुँदै सामाजिक अन्धविश्वासको पछि लागि यदि कसैले पनि गैरकानुनी कार्य गरे कानुन बमोजिम कारवाही हुने प्रजिअ अधिकारीले बताए ।

त्यहाँका धामी झाँक्रिले भने शौचालय भत्काएपछि छात्राहरुलाई निको हुने बताएको स्थानीय दिपक चन्दले बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget