Articles by "polities"

प्रोटोकल मिच्दै होटलमै पुगे पूर्वमन्त्रीहरु
काठमाडौ – भारती विदेश मन्त्रालयका सचिवलाई नेपालका पूर्व मन्त्रीहरु लाइनै लागेर भेटेर नेपालको सामान्य प्रोटोकल व्यवस्थालाई धज्जी उडाएको छ । नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् ।
त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका
अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् ।
यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ ।
हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो ।
तर, पूर्व उद्योग मन्त्री महेन्द्र राय यादवले भने आफूहरु आन्दोलनमा भएको बेला बाध्यताले भेट्न गएको बताए । भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे ।
के भने जयशंकरले ?
भारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन् । पोखरामा हुने मन्त्री स्तरीय सार्कको बैठकमा सहभागि हुन नेपाल आएका जयशंकरले आज मधेशवादी दलका नेतालाई विहान भेट्नका लागि द्वारिका होटलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई बोलाएका थिए । भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए ।
उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ ।
यस विषयमा भेटघाटमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झासँग जिज्ञासा राख्दा उनले मधेशी जनताको अधिकार कसरी प्राप्त हुन्छ त्यसमा लाग्न सुझाव दिएको प्रतिकृया दिए । ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने ।
मधेशी मोर्चाका नेताहरुले मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं,’ भन्ने कुरा मधेशी मोर्चाका नेताले सचिव जयशंकर समक्ष राखेका थिए ।
मधेशी मोर्चाका नेताहरुको कुरा सुनेपछि जयशंकर यस विषयमा आफूले सत्ताधारी दलहरुसँग कुराकानी गर्ने आश्वासन दिएको मोर्चाका नेताहरुले जनाएका छन् ।
जयशंकरलाई भेट्न द्वारिका होटलमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, रामसपाका प्रवक्ता केशव झा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राय, तमलोपा उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्ला पुगेका थिए ।
ratopati


नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए ।

खाँडले भने, ‘कांग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्वसभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार बिना मुलुक अघि बढ्न नसक्ने दावी गर्दै सहमतिको सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने, ‘यो सरकारमा कांग्रेस कुनै पनि हालतमा जाँदैन ।’

खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तविरोध र बोझले ढल्ने दावी गर्दै भने, ‘संविधान मान्ने, राजतन्त्र ब्युताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले यो सरकार बनेको छ ।’

खाँडले प्रधानमन्त्रीको चीन भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको बिषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए ।

चीन भ्रमणमा पारवहन, इन्धन र उर्जा सम्झौता हुन्छ : सञ्चार मन्त्री
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणमा ब्यापार तथा पारवहन, इन्धन र उर्जालगायतका सम्झौता हुने भन्दै चीन भ्रमण ऐतिहासिक हुने दावी गरे ।

सञ्चारमन्त्रीले भने, ‘यो सरकारले भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन । दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छांै ।’
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै कुनै दल बाहिर बसेर रमिते हुन नहुने तर्क गरे ।

उनले भने, ‘संविधान कार्यान्वयन, पुन:निर्माण, समृद्धि, सुशासन, स्थानीय निकायको निर्वाचन, सीमांकन र संघीय निर्वाचन गर्नु छ । यो जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ । सबैसँग यो विषयमा सरकार कुरा गर्न चाहन्छ ।’

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्र निर्माणका लागि सहमतिको सरकार आवश्यक रहेको भन्दै नेतृत्वको विषय महत्वपूर्ण नभएको बताए ।

उनले संविधान कार्यान्वयनको विरुद्ध सरकार बनाउने ढाल्ने खेलमा एमाओवादी नलाग्ने भन्दै कांग्रेससहितको सरकार बन्दा संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर आफूहरुले सहमतिको सरकारको कुरा गरेको बताए ।

मधेसको माग सम्वोधन नगरी हुने भ्रमणको अर्थ छैन : यादव
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको दावी गरे ।

उनले पहिचान विपरित संविधान र नश्लवादी सरकरालाई समर्थन नगर्न चीनसँग आग्रह गर्दै प्रधानमन्त्रीको चीन भ्रमण अघि मधेसी मोर्चाले सडकमा विरोध गर्ने र चीनियाँ दूतावासमा ज्ञापन पत्र बुझाउने बताए ।

अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पूरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफ्ना लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए ।
केपी ओली नेतृत्वको सरकार लामो नजाने आफ्नै कारणले ढल्ने दावी गर्दै  आफूहरुको माग पुरा नभए होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने दावी गरे ।
kantipur

भक्तपुर, चैत २ । उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार परिवर्तन भए कुनै आश्चर्य नहुने बताएका छन् ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको कार्यक्रममा उनले छिमेकी भारतको इच्छाविपरीत बनेको वर्तमान सरकार परिवर्तन गराउन उनीहरुले सक्दो प्रयास गरिरहेको दाबी गरे ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले पारवहान सन्धिका लागिसमेत बाटो खोल्ने र भारतसँगको परनिर्भरताको अन्त्य हुने विश्वास मन्त्री केसीले व्यक्त गरे ।
imagekhabar


सिराहा, चैत २ – एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी जनतासँग आफ्नो अटुट सम्बन्ध कायमै रहेको बताएका छन् । सिराहाको जिल्ला परिषद उद्घाटन गर्न सिराहा पुगेका प्रचण्डले एक सिंचाइ परियोजना शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
आफु निर्वाचित सिराहाको क्षेत्र नम्बर ५ मा रहेको उक्त परियोजना शिलान्यास कार्यक्रममा प्रचण्डले आफुले सधै मधेशी समुदायको हितका लागि सोचेको र काम गर्दै आइरहेको बताए ।



हिजोको कार्यक्रममा प्रचण्डलाई ‘तपाँइको मधेशसँगको लभ कुन अवस्थामा छ ? ’ भनेर सोधिएको तर्फ इंगित गर्दै प्रचण्डले भने,‘मधेशी जनतासँग मेरो लभ कायमै छ, बरु अहिले मेरो लभरलाई भिलेनले लगेकोले फर्काउनु छ ।’

मधेश समस्या छिट्टै समाधान हुने पनि उनको भनाइ थियो । ‘छलफल चलिरहेको छ, काठमाडौं फर्किएपछि मधेश समस्या समाधानका लागि मैले थप पहल गर्नेछु’ प्रचण्डले भने, ‘अब छिट्टै सिमांकन लगायतका विषयमा सहमती हुन्छ र मधेशी जनताको वास्तविक अपेक्षा अनुसारको काम हुन्छ ।’ आफुले जितेको क्षेत्रमा विकास निर्माणका धेरै कार्यक्रम ल्याउन चाहेपनि पछिल्लो समयको मधेस आन्दोलनले गर्दा ल्याउन नसकिएको उनको भनाइ थियो ।nepalnewslive

प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाजी भने
चरीकोटः राष्ट्रिय सरकारको चर्चा चलिरहेका बेला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भनेर सम्बोधन गरेका छन् ।

संविधान कार्यन्वयनको लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताइरहेका उनले दोलखा पुगेका बेला मन्तब्य दिँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री भनेका हुन् ।


‘शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नु भएको छ’, दोलखा सदरमुकाम चरीकोटमा हाम्रो रेडियो १०३.४ मेगाहर्जको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले भने । उनले कांग्रेसका सभापतिमा देउवाजी निर्वाचित हुनुभएको छ नभनि प्रधानमन्त्री बन्नुभएको भनि दिएको अभिव्यक्तिलाई केहीपछि सच्याएका थिए ।

दाहालले सो कार्यक्रममा कांग्रेसको महाधिवेशन सकिएकाले सहितको राष्ट्रिय सरकार बनाई संविधान कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रचण्डले कसको नेतृत्वमा सरकार बन्ने विषयमा नबोले पनि देश अहिले विषम प्ररिस्थितिमा रहेको बताउँदै छिमेकीले संविधानको पूर्णरुपमा स्वागत नगरेकाले पनि राष्ट्रिय सरकार चाहिएको बताएका हुन् ।

छिमेकी राष्ट्र भारतले संविधानको पूर्णरुपमा स्वागत नगरिसकेको अवस्थामा राष्ट्रिय सरकारको आवश्यकता रहेको भन्दै उनले घुमाउरो पारामा सरकार परिर्वतनको सङ्केत दिएका हुन् ।
annapurnapost

काठमाडौँ, २ चैत । भनिन्छ नेपालमा हरेक विषयमा निर्णय लिदा रात नै कुनुपर्छ ।
यस्तै भएको छ सोमबार राति । प्रधानमन्त्रीको चीन भ्रमण लगायत अन्य निर्णय गर्न मन्त्रिपरिषदलाई मध्यरात नै लाग्यो । मन्त्रिपरिषद बैठक मध्यराति यसरी तात्यो कि निर्णय आउनकै एक बज्यो ।
मध्यरातिको मन्त्रिपरिषद निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उहाँले मित्र राष्ट्र भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गर्नुभएको थियो ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’(सार्क युवा बडापत्र) स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताउनुभयो ।
त्यसैगरी १८ औंँ सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सीमाङ्कन आयोगमा पौडेल
बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । सो आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहनुहुने छ । सो आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ ।
देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्य्विधि स्वीकृत गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ ।
dainiknepal

काठमाडौं १ चैत । नेपालमा विभिन्न विषयले राजनीतिक बजार गर्माइरहेका बेला ज्योतिषले भने खतरनाक भविष्यवाणी गरेका छन् ।
अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन लगायत विषयले ठूलो चर्चा पाइरहेका बेला ज्योतिषको नयाँ तर, खतरनाक भविष्यवाणी सार्वजनिक भएको हो ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले आइतबार मध्यरातिभन्दा १२ मिनेट अगाडिदेखि शनिग्रह उल्टो दिशामा घुमिरहेको भन्दै अनिष्टको सम्भावना धेरै भएको बताए । उनले भने- ‘शनिग्रह उल्टो घुम्दा लैकिक ज्योतिषमा राम्रो मानिदैन । यसले राजनीतिक अस्थिरता, वायुयान दुर्घटना निम्त्याउन सक्छ ।’

ज्योतिष सिटौला
यो समयको अर्थ(पैसा) जगतमा पनि प्रत्यक्ष असर पर्ने उनले बताए । उनले भने- ‘नेपाली स्टक बढ्न जाने छ । तर, अमेरिकन स्टक घट्न जान्छ ।’
ज्योतिष सिटौलाले शनिग्रह उल्टो घुम्ने समयमा देश तथा विदेशमा राजनीतिक उथल पुथल हुने सम्भावना उच्च रहेको बताए । ‘पूर्वी देशहरुमा सरकार परिवर्तन हुनेछ । कुनै ठूलै राजनेताको हत्या पनि हुनसक्छ । नेपालमा पनि विपक्ष दलको नेतालाई अनिस्ट हुन सक्छ ।’
उनले भने अनुसार विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति यो समयको चक्करमा फस्न सक्छन् । उसो त देउवा ज्योतिष शास्त्रमा विश्वास गर्ने नेता हुन् ।
ज्योतिषहरुका अनुसार शनी ग्रह उल्टो घुम्ने समय साउन १७ गते सम्म छ ।
यसअघि ज्योतिष सिटौलाले कांग्रेस महामन्त्रीमा शसांक कोइरालाको सम्भावना बढी रहेको भनेर भविष्यवाणी गरेका थिए । जून मेल खाएको छ ।
dainiknepal

काठमाडौं–नयाँ शक्तिमा प्रवेश गरेको तीन महिना नपुग्दै अभिनेत्री करिष्मा मानन्धर बढुवा भएकी छिन् । पुस १० मा पहिलो पटक घोषणा गरिएको ३५ सदस्यीय केन्द्रीय अन्तरिम परिषद्मा करिष्मा पनि थिइन । स्रोतका अनुसार करिष्मालाई बढुवा गराएर अन्तरिम केन्द्रीय परिषद्को सचिवालयमा बढुवा गरेको हो ।
आइतबार बसेको सचिवालयको बैठकमा करिष्मा सहभागी थिइन् ।
ratopati

उदयपुर / नेपाल सरकारका आपूर्ति मन्त्री गणेशमान पुनले भारतबाहेक अरु देशसँग व्यापर सम्झौता गर्नु पर्ने बताएका छन् । आइतबार उदयपुरको कटारीमा सिभिल होम दोस्रो कटारी गोल्डकपको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मन्त्री पुनले देशको दिर्घकालिन विकासका लागि भारत बाहेक अरु देशहरुसँग व्यापार सम्झौता गर्नु पर्नेमा जोड दिए । तराई बन्द र भारतीय नाकाबन्दीले गर्दा एउटै देश, एउटै वस्तु एकभन्दा बढी देशसँग व्यापार सम्झौता गर्न नहुने बताए ।

मन्त्री पुनले सरकारले दिर्घकालिन हिसावले एउटै बजारमा भर नपरेर अब मित्र राष्ट चिन सँग समेत चाडै व्यापार तथा पारवहन सम्झौता हुन लागेको खुलासा गरे ।
आधुनिक रंगशाला आवश्यक रहेको आपूर्ति मन्त्री गणेशमान पुनले बताए । सिभिल होम दोस्रो कटारी गोल्डकपको उद्घाटन गर्दै मन्त्री पुनले यस क्षेत्रमा रंगशाला आवश्यक भएको बताए ।

मन्त्री पुनले कटारी फुटवल प्रतियोगितमा खेल्ने खेलाडीलाई विश्वकप खेल्ने लक्ष्यका साथ खेल्न शुभकामना दिदै कटारीमा अन्तराट्रिय रंगशाला निर्माणमा सरकारी निकायमा पहल गरिदिने बताएका हुन ।

“कटारीमा रंगशालाको लागि विशेष पहल गर्छु ।” मन्त्री पुनले भने, “कटारीबासी ढुक्क रहनुहोस म अवका दिनमा कटारीमा रंगशाला बन्छ ।” देशको समग्र विकासको लागि खेलकुद अतिआवाश्यक रहेको भन्दै मन्त्री पुनले सरकारले अहिले खेलकुदको विकासको लागि विशेष पहल थालेको जानकारी समेत दिए ।
purbelinews

३० फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र बेलायतबीचको १८१६ मा सम्पन्न सुगौली सन्धि रद्द गरेर नेपालले आफ्नो गुमेको भू-भाग फिर्ता लिनुपर्ने बताएका छन् । साथै उनले भारत र बेलायतमा नेपाली सेना भर्ती गर्ने क्रम पनि रोकिनुपर्ने धारणा राखे ।
भारतीय उपराष्ट्रपतिले ब्रुनाईको सुरक्षार्थ भारतीय गोर्खा सैनिक तैनाथ गर्न गरेको प्रस्तावका विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र बुझाएको छ । मोर्चाले भारतीय उपराष्ट्रपतिको प्रस्तावले नेपालको स्वाभिमान र प्रतिष्ठामा ठेस पुगेकाले यसलाई रोक्न कूटनीतिक पहलको माग गरेको थियो ।
ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले ‘राम्रो कुरा उठाउनुभो’ भन्दै करिब १५ मिनेट गोर्खा भर्ती तथा ग्रेटर नेपालका विषयमा बोले । ‘गोर्खा भर्ती बन्द हुनुपर्छ भन्ने पक्षमा म पहिलेदेखि नै छु,’ पुनको भनाइ उद्वृत गर्दै प्रतिनिधिमण्डलका एक सदस्यले भने, ‘मेरो सैनिक जीवनका बेला यस्तो अडान लिँदा आफ्नै सर्कलबाट विरोध खेप्नुपरेको थियो । तर, आज पनि म यही अडानमा छु ।’
नेपाली युवाले विदेशमा आफ्नो सम्पूर्ण श्रम र पसिना बगाउने, अनि मर्ने बेलामा छोराछोरीका बोझ बन्न नेपाल फर्किने सिलसिला अन्त्य हुनुपर्ने पुनले बताए ।
सुगौली सन्धि र गोर्खा भर्ति अभिन्न रुपमा जोडिएको भन्दै उपराष्ट्रपति पुनले दुवै नेपालका लागि हितकर नभएको धारणा राखे । उनले भने, ‘म पनि तपाईंहरु जस्तै ग्रेटर नेपालको पक्षमा छु । हिजो अंग्रेजसँगको युद्धपछि सुगौली सन्धिमार्फत हामीले आफ्नो ठूलो भुभाग गुमायौं । राणाहरुको कमजोरीका कारण गुमेका भूभाग फिर्ता लिन चुक्यौं । यसबारे आजका दिनमा कुटनीतिक तवरबाट के-कस्ता कदम चाल्न सकिन्छ, हामीले चाल्नुपर्छ ।’
नेपाल र भारतबीच भएको सन्धि-सम्झौताको पुनरावलोकनका लागि प्रबुद्ध व्यक्तिहरुको समूह गठन भएको उल्लेख गर्दै उनले १९५० को विभेदकारी सन्धि पुनरावलोकन गर्न समूहलाई सचेत बनाउनुपर्ने बताए ।
बु्रनाईमा गोर्खा सैनिक पठाउने भारतीय उपराष्ट्रपतिको प्रस्ताव अत्यन्त गम्भीर रहेको भन्दै उनले यसको कूटनीतिक समाधान खोज्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । पुले भने, ‘यो विषयलाई मैले एकदमै गम्भीररुपमा लिएको छु । अबिलम्ब यो ज्ञापनपत्र सरकारको सम्वन्धित निकायमा पठाउनेछु र ध्यानाकर्षण गराउनेछु ।’
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले उपराष्ट्रपति पुनले ज्ञापनपत्रलाई गम्भीरतापूर्वक लिएको र उहाँको प्रतिवद्धताबाट आफूहरु उत्साहित बनेको अनलाइखबरलाई बताएका छन् ।
nlinekhabar

३० फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।
छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरलाई बताए ।
onlinekhabar

मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ तर 3.७ आना क्षेत्रफलमा बनेको सो घर निकै सानो छ, गार्ड को लागि बस्ने ठाउँ पनी छैन । उक्त घरमा दुई वटामात्रै सुत्ने कोठा छन् भने गाडी पार्किङ गर्नका लागि पनि पर्याप्त ठाउँ छैन् । पूर्वराष्ट्रपति बस्ने घर कस्तो हुनु पर्छ, कहाँ राख्नु पर्छ , कस्तो
सुबिधा दिनु पर्छ की पर्दैन त्यो सरकार को चासो को बिषय हो मेरो होइन । यस बारे मैले पहिले नै जानकारी दिई सकेको छुl यो लिंक मा हेर्न सक्नु हुन्छ ।  यहाँ हरु को जानकारी को लागि पूर्वराष्ट्रपति को घर जनकपुर मा छ काठमाडौँ मा होइन।हुन त पीरले बाँच्न सिकाउँछ , ऋणले कमाउन सिकाउँछ र दुश्मनले जित्न सिकाउँछ तै पनी सत्य तथ्य जानौं, पूर्वराष्ट्रपति को छबीलाई धमीलाउन र अतिरंजित तरिका ले चरित्र हत्या गर्न नखोजौं । आज नेपाल मा सहि लाइ सहि र गलतलाई गलतलाई गलत भन्न सक्ने मानिसहरूको कमी देखिएको छ।
sajha

फोटो :फाइल फोटो
काठमाडौं: एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निल खाएको विद्यालयमा आफूले पढाउन थालेपछि आठजना विद्यार्थीले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्न सफल भएको बताएका छन् ।

गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा शिक्षक रहँदाको अनुभव सुनाउँदै प्रचण्डले यस्तो बताएका हुन् ।


‘म शिक्षक भएर जानु भन्दा एक वर्षअघि विद्यालयले एकजना पनि विद्यार्थीलाइ उत्तीर्ण गराउन सकेको रहेनछ', संघीय संरचनामा विद्यालय शिक्षाको व्यवस्थापन विषयमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, 'मैले पढाएकै वर्ष आठ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भए ।’

कृषि विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेर उनी भीमोदयमा पढाउन गएका थिए । ‘एकजना पनि विद्यार्थी उत्तीर्ण गराउन नसकेपनि उक्त विद्यालयमा पुरानै शिक्षक थिए', उनले भने, 'त्यतिखेर नयाँ शिक्षक भएर जाने म नै थिएँ । मैले बडो मेहनतका साथ पढाएकैले विद्यार्थी उत्तीर्ण भएका थिए ।’

कृषि विज्ञानमा स्नातक गरेकाले आफूले त्यतिखेर विज्ञान, अंग्रेजी र गणित पढाएको उनले बताए । एसएलसीमा विद्यार्थीलाई सबै भन्दा कठिन लाग्ने सबै विषय आफूले पढाएकाले विद्यार्थी उत्तीर्ण भएको उनको आशय थियो ।

एसएलसीमा निल भएको विद्यालय एकाएक प्रथम श्रेणीमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि आफ्नो लोकप्रियता गोरखा र छिमेकी धादिङमा समेत फैलिएको प्रचण्डले बताए ।

‘उत्कृष्ट शिक्षक भएका कारण जिल्ला शिक्षा कार्यालयले मलाई पहिलो वर्ष सम्मान गरेर प्रमाणपत्र दियो', उनले भने, 'जुन प्रमाणपत्र अझै पनि सुरक्षित राखेको छु ।’

चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी उत्तीर्ण भएपछि प्रचण्डले शिक्षा मन्त्रालयबाट नियुक्तिपत्र लिएर चार दशकअघि उक्त विद्यालयमा पढाएका थिए ।
annapurnapost

काठमाडौं, फागुन २९ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बजारमा खाना पकाउने ग्यासको अभाव हटाउन आफूले सक्दो पहल गर्ने र चीनबाट समेत आयात गर्ने विषयमा सरकारसँग कुरा गर्ने बताएका छन् ।
ग्यास विक्रेता महासङ्घका प्रतिनिधिमण्डलले आज आफ्नै निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले ग्यासको सहज आपूर्तिका लागि सबै प्रकारको विकल्प अपनाइने र त्यसमा कुन सहज विकल्प हुन्छ छलफल गरेर परिणाम दिन आफू तयार रहेको बताएका थिए ।
कालोबजारी रोक्ने जिम्मा सरकार र व्यवसायी दुबैको उत्तिकै रहेको भन्दै उहाँले जनतालाई सहज सेवा दिनुभन्दा पनि बजारमा अनावश्यक रुपमा कालोबजारी र अनियमितता मौलाएकोमा उद्योगी व्यवसायीको समेत ध्यानाकर्षण गराएका थिए ।
महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले ग्यासको आपूर्ति सहज बनाउन एक ज्ञापनपत्र बुझाएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले बजारमा ग्यासमा भएको कालोबजारी रोक्न पहल गर्न, प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउन सबैले आ– आफ्नो स्थानबाट प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष दाहालले महासङ्घले उठाएका विषयमा सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी समस्याको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनु भएको अध्यक्ष अर्यालले बताए । रासस
imagekhabar

अछामः उप–प्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सुदूरपश्चिमबाट चीनसँग जोडिएका नाका खोल्न  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला छलफल हुने बताएका छन् ।

आज अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले सो कुरा बताएका हुन् ।


दार्चुलाबाट ताक्लाकोटसम्मको र बझाङको चैनपुर–ताक्लाकोट सडक सञ्चालनका लागि चीन भ्रमणका क्रममा छलफल गरिने मन्त्री रावलले बताए ।

उनले स्थानीय निकायको चुनाव तत्कालन गर्न सबै दलहरुको सहमति आवश्यक रहेको बताए । मन्त्री रावलले स्थानीय निकायको चुनाव गर्न अहिले संविधानको कार्यान्वयन आवश्यक रहेकाले त्यसमा पनि कांग्रेस लगायतका दलहरु एक हुनुपर्नेमा जोड दिए ।

अहिले सरकार परिवर्तनको समय नभएको बताउँदै उनले कांग्रेसले पनि वर्तमान सरकारमै सहभागी भएर संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

मन्त्री रावल जिल्ला विकास समिति अछामको शनिबार हुने जिल्ला परिषद् बैठक उद्धघाटन गर्न अछाम आएका हुन् ।
annapurnapost

काठमाडौँ,  पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले रातो पृष्ठभुमिमा सेतो पाचकुने तारा अंकित चार कुने झण्डालाई पार्टीको झण्डाका रुपमा प्रयोग गर्ने निर्णय  गरेको छ ।


शुक्रबार भट्टराईको अध्यक्षतामा बसेको बैठकले पार्टीको झण्डा तय गरेको हो । नयाँ शक्तिले पार्टीको झण्डा सिफारिसका लागि केहिदिन अघि सार्वजनिक आह्वान गरेको थियो । तर तय गरिएको झण्डा कसले डिजाइन गरेर सिफारिस गरेको हो भन्ने उसले केहि खुलाएको छैन ।

नयाँ शक्तिको बैठकले गरेको अरु निर्णयका बुँदा :

पार्टीको यतिवेलाको पहिलो कार्यभार संगठन निर्माण नै हो यसकालागि सदस्यता वितरण पहिलो शर्त हो । यसैलाई ध्यानमा राखी देशैभरी पार्टीप्रति रहेको आकर्षणलाई संगठनमा वदल्न सदस्यता वितरण अभियानलाई ध्यानमा राखी निम्न मिति र स्थानहरुमा वृहत अन्तरकृया कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।

१२ गते विराटनगरः सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य पासाड शेर्पाले गर्नुहुनेछ

१४ गते विरगन्जः सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य रामचन्द्र झाले गर्नुहुनेछ ।

१६ गते नेपालगन्जः सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य सुरेन्द्र चौधरीले गर्नुहुनेछ ।

२० गते काठमाण्डौ सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन कार्यालयले गर्ने गरी जिम्मेवारी तोकिएकोछ ।

 प्रादेशिक सम्पर्क परिषद :

देशैभरीवाट विभिन्न काम विशेषले काठमाण्डौमा वस्ने समर्थक शुभचिन्तकहरुलाई संगठित गर्न जिल्लास्तरको मान्यता  रहनेगरी प्रादेशिक सम्पर्क परिषद गर्ने निर्णय गरिएकोछ । जसमा सचिवालय सदस्य विरेन्द्र पोखरेललाई संयोजक र अन्तरिम केन्द्रिय परिषद सदस्य कृष्ण शर्मा सहसंयोजक तोकिएकोछ ।

तराई मधेशको समस्यालाई विषय केन्द्रित भै समाधान गर्ने हेतुले मधेश समस्या वारेमा अध्ययन गरी एक हप्ता भित्र कार्यालयसंग समन्वय गरी प्रतिवेदन तयार गर्ने गरी सुरेन्द्र चौधरी, पासाड शेर्पा मुक्ति प्रधान तोकिएकोछ ।

कार्यक्रम संचालन व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्न कार्यक्रम संचालन निर्देशिका पारित गरिएको छ । कार्यक्रम तयारीलाई प्रभावकारी वनाउनकालागि कम्तिमा एक हप्ताअघि सम्वन्धित समितिको निर्णय गरेर कार्यक्रम निर्धारण गर्ने, कार्यक्रमको विवरण, कामको जिम्मेवारी वाँडफाड, आम्दानीको खर्च पारदर्शिताको सुनिश्चित गर्ने विधि अवलम्वन गर्ने र व्यवस्थापन सरल र मितव्ययी वनाउने वारेमा ध्यान दिने निर्णय गरिएको छ । कार्यक्रममा मध्यपान धुम्रपान पुर्ण प्रतिवन्धित गरिएको छ ।

कार्यक्रम संचालन समयलाई ध्यान दिने,राष्ट्रिय गानवाट शहिदप्रति श्रद्धान्जलीवाट आरम्भ गर्ने अनावश्यक आशनग्रहण लम्मेतान भाषण र वक्ताहरुको ताती लाग्ने प्रवृत्तिको अन्त गर्ने सोकालागि संयोजकले नै कार्यक्रम संचालन गर्ने आशन ग्रहणको परम्परा अन्त गर्ने माला खादा अविर जस्ता फजुल खर्चिला काम केही नगर्ने लगायतका निर्णयहरु ग्रिएको छ ।

पार्टीको झण्डा वारे, रातो पृष्ठभुमिमा सेतो पाचकुने तारा अंकित चार कुने झण्डा लाई पार्टीको झण्डाका रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

आर्थिक कार्यविधि पारदर्शि र विश्वसनीय वनाउन आर्थिक कार्यविधि व्यापक छलफल सहित पारित गरिएकोछ ।

स्थानिय निकायमा पार्टीको संलग्नता नगराएका निकायहरुमा सहभागिताकालागि पहल गरी सहभागिता लिने निर्णय गरिएको छ ।

जनता समक्ष उत्तरदायीत्वको ग्यारेण्टी गर्नहेतु छिटै जनलोकपालको व्यवस्था गरी काम कारवाही व्यवस्थित ढंगले अघि वढाउने र सो जनलोकपाल नवन्दासम्म सचिवालय सदस्य खिमलाल देवकोटा मुक्ति प्रधानले सो जिम्मेवारी सम्पन्न गर्ने गरी तोकिएकोछ ।

अन्तरिम केन्द्रिय परिषदमा केही सदस्यहरु थप गर्ने निर्णय गरिएको छ ।

अर्को वैठक देशैभरी तोकिएका शहरहरुमा अभियानकै रुपमा अन्तरक्रिया सम्पन्न गरे पछि समिक्षा सहित वैठक वस्ने गरी सचिवलायले गरेका निर्णयहरु त्दारुकताकासाथ कार्यान्वयन गर्न आग्रह गर्दै संयोजकले आजको वैठक स्थगित गर्नुभयो ।
News24Nepal



पश्चाताप लागेको छैन, सभापति र महामन्त्रीलाई सहयोग गर्छु
२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित युवा नेता गगन थापाले अब आफूलाई नेपाली कांग्रेसको ‘युवा नेता’ नभन्न आग्रह गरेका छन् ।
कांग्रेस नेता थापाले अनलाइनखबरसँग भने- ‘मलाई नेपाली कांग्रेसको सदस्य भन्नुस् । कार्यकर्ता भन्नुस् । कसैलाई नेता भन्नु छ भने कांग्रेसको नेता भन्नुस् तर, म युवा नेता होइन ।’
महामन्त्रीको चुनावमा आफूले विश्वास गरेका मान्छेहरुले पनि धोका दिएको तर, सम्पर्क नै नभएका कार्यकर्ताबाट सम्माजनक भोट पाएको भन्दै मतदान गर्नेहरुलाई उनले धन्यवाद दिएका छन् ।
महामन्त्रीमा पराजित भएपछि थापाले के सोचिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर अनलाइनखबरले थापासँग गरेको कुराकानी:
महामन्त्रीको मत परिणाम घोषणा हुँदा मतगणनास्थल सानेपामा देखिनुभएन, त्यसबेला कहाँ हुनुहुन्थ्यो ?
बिहान १० बजे उम्मेदवारहरुको बैठक थियो । बैठकमा बसें । अनि प्रतिनिधिहरुलाई जिम्मा लगायौं र म घर फर्किएँ । घरमा म सुतिरहेको थिएँ । तीन चार दिनदेखि सुत्न पाएको थिइँन ।
पहिलो तीन सय मतको गणना पछाडि एसएमएस आयो, त्यसपछि म उठें । मेरो ७१ मत छ भनेर म्यासेजमा लेखिएको थियो र अरु प्रतिस्पर्धी साथीहरुको पनि मत थाहा पाएँ । त्यसपछि घरमै  बसेर फलो गरिराखियो ।
मतगणना हुँदै गर्दा जित्छु भन्ने आश थियो ?
मलाई त मतदानकै दिनबाट आश थिएन । किनकि मतदानका लागि जाने प्रतिनिधिहरुले जसरी मेरो हात समात्थ्यो र भन्थ्यो । मप्रति एकदमै ठूलो विश्वास थियो, स्नेह थियो । तर, उसका संकेतहरुले भोट हाल्न चाहिँ सक्दैन है भनेर बताइरहेको थियो ।
अझै केही दिन कुरौं, थुप्रै घटनाहरु सार्वजनिक हुनेछन्, थुप्रै कथाहरु बाहिर आउन बाँकी छ । कांग्रेसको महाधिवेशनको धेरै कथाहरु लेखिनेछन्
पार्टीभन्दा बाहिरको जुन लोक छ, समाज छ, जनता छ, त्यसले तेरो यो तयारी पनि अलि ढीलो भो भन्यो । सबैभन्दा अगाडि जनता छ, समाज छ । म त्यसलाई अलिअलि पछ्याउँछु । तर, मेरो पार्टीपंक्ति चाहिँ तयार भइसकेको रहेनछ भन्ने मतदानकै दिन मैले मेसो पाएँ ।
खालि एउटा कुरा के थियो भने नेपाली कांग्रेसका प्रतिनिधिहरुले मनमा लागेको कुरा गर्न सक्लान् कि नसक्लान् भन्ने थियो । सामान्य रुपमा हेर्दैगर्दा गर्न सक्ने अवस्था छैन भन्ने देखिन्थ्यो । गर्न सके भने चमत्कार भइहाल्यो । अन्यथा म धेर थोर चाहिँ यो निर्णयका लागि तयार थिएँ ।
यद्यपि मेरो अपेक्षा चाहिँ योभन्दा बढी आउँछ भन्ने थियो । तर, अहिले मतदान पछाडिका जुन-जुन परिवेशहरु देखिँदैछन्, अनफोल्ड हुँदैछन् घटनाहरु । नयाँ-नयाँ ‘कम्बिनेसन’का बारेमा जे-जति जानकारीहरु बाहिर आइरहेको छ, मैले पनि थाहा पाइरहेको छु । अहिलेचाहिँ म एकदमै अवाक् के कुरामा छु भने त्यो मत कहाँबाट आयो ?
उसोभए नतिजाका लागि तयार हुनुहुन्थ्यो ?
हो, म धेर थोर तयार नै थिएँ । मेरो अपेक्षा चाहिँ ८ सयसम्म भोट आउँछ कि भन्ने थियो । मलाई के लाग्छ भने पछिल्ला दुई दिनमा यो पार्टीभित्र जुन निकृष्ट ढंगबाट क्याम्पियन गरियो, आफू जित्नका लागि लडेकै होइन, आफै उम्मेदवार भएकै होइन भन्ने ढंगबाट पूरै एकप्रकारको दलाली राजनीतिक प्रवृत्ति देखाइयो ।
तपाईले गर्नु भएको संकेत अरुका लागि उठेकोदेखि एजेन्टसम्मको आरोपप्रति हो कि ?

हाम्रो पार्टीमा यो नयाँ होइन । म आफैले पटक-पटक सामना गरेको छु । मैले दरबारदेखि अमेरिकन एजेन्टको आरोपको सामना गरेको छु । चाइनिज भन्न मात्र बाँकी छ । तर, दुर्भाग्य हाम्रो पार्टीमा केही समय काम गर्छ । त्यसको पनि केही प्रभाव रहृयो होला । त्यसैले मैले सोचेको भन्दा कलिकति थोरै मत आयो कि भन्ने लाग्छ ।
तर, यो दुई दिनमा मैले जे जति कुराहरु थाहा पाएको छु, सूचना पाएको छु, मैले वर्षौंदेखि मेरो सम्वन्ध भएको, मेरो यो लडाइँमा साथ दिन्छ भनेका मान्छेहरु मलाई छाडेर भागेको पाएँ । त्यसबाट आई एम हृयापीली सरप्राइज । वाफ रे वाफ, यस्तो बेलामा मैले ६ सय मत पाएँ । यो मत दिनेमध्ये ४ सय मान्छेलाई म प्रत्यक्ष चिन्दिँन । अथवा मसँग वर्षौंदेखि संगत गरेका, मसँग उठवस गरेका मान्छे होइनन् ।
यस्तो बेलामा मैले महामन्त्रीको प्रयास गर्दै गर्दाखेरि पाएको मत हेर्दा साथीहरुले एकदमै ठूलो विश्वास गरेको रुपमा लिएको छु, नयाँ साथीहरुले पनि जोखिम लिएको भन्ठान्छु ।
भनेको, जसबाट अपेक्षा गर्नु भएको थियो, उनीहरुको साथ पाउनुभएन । बरु तपाईले हिसाव-किताव गर्दा नजोडिएकाहरुले मत दिए ?
धेरै हदसम्म । जस्तो-पार्टीका कतिपय युवा साथीहरु थिए, जसले लामो समयदेखि युवा राजनीतिको कुराकानी गर्थे । ती साथीहरु कोही पनि जोडिन तयार भएनन् । कतिपयले त खुलेर असहयोग नै गरे ।
यस्तोखालको लडाइँमा अर्को मान्छेको ठूलो बल भनेको परिवार हो । मेरो परिवार विभाजित थियो । जुन न्याचुरल थियो र मेरो च्वाइसले नै त्यो हुन्थ्यो । त्यसको सम्पूर्ण ताकत मैले पाउन सकिनँ ।
यो सबैको बीचमा मैले बदर भएकोसहित हेर्दा ६ सय प्लस मत पाएको छु । त्यसैले म बाहिरका साथीहरुलाई के आग्रह गर्छु भने कांग्रेसमा मैले पाएको मत र पराजयलाई कांग्रेसभन्दा बाहिरबाट हेर्दै गर्दा उनीहरुलाई निराश बनाएको पाएको छु । कांग्रेसलाई नजिकबाट हेर्‍यो भने यो निराश हुनुपर्ने मत होइन ।
मलाई नेपाली कांग्रेसको सदस्य भन्नुस् । कार्यकर्ता भन्नुस् । कसैलाई नेता भन्नु छ भने कांग्रेसको नेता भन्नुस् तर, म युवा नेता होइन
यो जोखिमलाई सम्मान गर्नेको सङ्ख्या, बाहिरका साथीहरुको स्नेह नभएको भए र म नभएको भए कांग्रेसभित्र यस्तो जोखिम लिँदैगर्दा हामीले प्राप्त गर्ने मत भनेको १०० मत हो  । योबेला मैले २० प्रतिशतको हाराहारीमा मत पाएको छु ।
अझै केही दिन कुरौं, थुप्रै घटनाहरु सार्वजनिक हुनेछन्, थुप्रै कथाहरु बाहिर आउन बाँकी छ । कांग्रेसको महाधिवेशनको धेरै कथाहरु लेखिनेछन् । त्यसले थप के पुष्टि गर्नै लैजान्छ भनेदेखि मैले जुन विवेकको मत प्राप्त गरेको छु, यो सम्मानजनक मत नभई यसले भविश्यप्रति उत्साहित बनाउँछ ।
उसोभए रिजल्टबाट खुसी नै हुनुहुन्छ ?
हो । पार्टीका साथीहरुले मप्रति गर्नुभएको विश्वास, मैले प्राप्त गरेको मतको जति महत्वपूर्ण  छ, त्यहाँ व्यक्त गरिएको स्नेह पनि महत्वपूर्ण छ । महाधिवेशनस्थलमा मलाई कतिपयले भन्नुभो कि तपाईँले हतार गर्नुभो ।
तर, तपाईँले कुनै दिन यो पार्टीको नेतृत्व गर्नुपर्छ पनि भन्ने हो । कतिपयले मलाई बडो स्नेहका साथमा भने कि पारिवारिक मूल्य मान्यताले ठूलो अर्थ राख्छ, यसलाई सम्मान गर भन्नुभो । उहाँहरुले माया गरेर भन्नुभएको थियो । त्यसलाई मैले निक्कै सकारात्मक रुपमा लिएँ ।
कतिले अघिल्लोपटक मत हालेको हुँ, फेरि पनि हाल्छु । यो पटक मन हुँदाहुँदै गर्न सकिएन सरी पनि भन्नु भो । धेरैले मलाई के भन्नुभो भने तपाईलाई भोट हालिँन भने त मलाई घरमा छोराछोरीले मार्छन्, गाउँगाउँबाट नेविसंघका केटाहरुले फोन गरेर मलाई भोट गर्न दबाब दिएका छन् पनि भने ।
यसबाट मैले के बुझ्ने त ? मैले पाएको मतभन्दा ठूलो त्यो छ । कहीँ न कहीँ त मलाई नेपाली काँग्रेसभित्रको मान्छेले मलाई स्पेस दिएको छ नि त ।
यो पोजेटिभ फ्याक्टरको कुरा भो । नेगेटिभ फ्याक्टरका रुपमा विशेष गरी पारिवारिक कुराहरु जोडेर कतिपयले नकारात्मक टिप्पणी पनि गरे । तपाईलाई गलत निर्णय गरेंछु भन्ने लागेन ?
मैले उम्मेदवारी उदघोष गर्ने बेलामा जे कुरा भनेको थिएँ नि, अहिले पनि त्यही कुरा ठान्दछु । मैले मेरो आफ्नो राजनीति अगाडि बढाउँदै गर्दा यसले मलाई व्यक्तिगत रुपमा के दियो र के दिएन भन्ने भन्दा पनि मेरो राजनीतिक निर्णयहरुले नेपाल र नेपालीलाई कति योगदान पुर्‍याउन सकेँ भन्ने नै मेरा लागि अर्थपूर्ण रहन्छ ।
त्यसैले मैले यो जोखिम उठाँउदै गर्दा यसले नेपाली कांग्रेसलाई मद्दत पुर्‍याउँछ र प्रकारान्तरले नेपाली कांग्रेसको हितमा काम गर्ने कुरामा यो जोखिमले मद्दत नै पुर्‍याउँछ भन्ने ठानेरै मैले अठोट गरेको हुँ ।Gagan Thapa (5)
अठोट गर्दै गर्दा यो सानो कुरा थिएन । म ठूलो मानसिक तनावबाट गुज्रिएँ, अहिले पनि गुज्रिरहेको छु । मलाई निश्चय पनि पीडाबोध भएको छ यस अर्थमा कि यो जोखिम उठाउँदै गर्दा मैले आफ्नो छोराको धर्म पनि निर्वाह गर्न पाएको भए मलाई आनन्दको अनुभुति हुन्थ्यो । यो मलाई आजपनि लागेको छ, भोलि पनि लाग्छ ।
तर, मलाई मैले गरेको निर्णयप्रति पश्चाताप छैन । किनकि कांग्रेस पार्टी एकदमै कर्मकाण्डी ढंगले चल्ने, जनताको जीवनसँग युगको चाहनासँग बेसरोकार भएर आन्तरिक रुपमा चल्ने कुरालाई च्यालेन्ज गर्नुपर्छ । र, मेरो उम्मेदवारीले यसैलाई च्यालेन्ज गरेको छ ।
अर्को, यो चुनावी परिणामले गगन थापाको अवसान सुरु भयो भन्नेहरु पनि देखिए । तपाई मान्नुहुन्छ ?
म त्यो पटक्कै मान्दिँन । मसँग भएका विकल्पका आधारमा हेर्दा म कांग्रेसको १३औं महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य भएको भए त्यसको चार-पाँच बर्षसम्म मैले केही गर्न सक्दिनथेँ । १०/१० बर्षसम्म केन्द्रीय समितिमा बसेर केही पनि गर्न नसक्दा पो ‘डाउनफल’ हुन सक्यो ।
अहिले त मैले उठाएको जोखिमले समर्थन पाएको छ । कांग्रेसको  राजनीति र यसको  संरचनालाई नबुझ्दै गर्दा यति मत मात्र पायो भन्ने हुन्छ । तर, यो बुझ्दै गर्दा यो अभूतपूर्व सफलता  भन्ने हुन्छ । यो मैले एक्लै पाएको मत हो । हुन त हामीले एउटा समुह बनाएर लड्यौं । तर, मेरो कारणले गर्दा कृष्ण सिटौलालाई र उहाँका कारण मलाई धेरै सहयोग भएको देखिएन । उहाँले आफ्नो लडाई लड्नु भो मैले आफ्नो लडाई लडेँ । र, एउटा सम्मानजनक हैसियत मैले प्राप्त गरेँ । म थाकेँ, गलेँ र अहो म हारेँ बर्बाद भो, केन्द्रीय सदस्यमा उठेको भए आनन्दसँग चुनाव जित्थेँ, अब त केन्द्रीय सदस्य पनि छैन भनेर गएँ भने पो मेरो डाउनफल सुरु भयो ।
अर्कोकुरा, मैले कांग्रेसभित्र जहिले पनि थोरै अवसर पाएको छु । हिजो विद्यार्थी संगठनमा काम गर्दै गर्दा मैले नेविसंघको अध्यक्ष हुने अवसर पाइनँ । पार्टीभित्र मलाई स्नेह गरेर कसैले स्थान दिएको होइन, आफैँले बनाउँदै लगेको हो । त्यसैले सबैभन्दा ठूलो मेरो तागत भनेको के हो भने पार्टीभन्दा बाहिरको उल्लेख्य जनसमर्थन, जनविश्वास हो र जुन दिन त्यो एकदमै घट्यो भने त्यो दिन चाहिँ गगन थापा सकियो ।
मैले पार्टीभित्र महामन्त्री नै पाए पनि अर्थ रहँदैन । तर, मैले त्यो कायम राख्न सकेँ भने, मेरो व्यवहारबाट कायम राख्न सकेँ भने सानोतिनो हावा हुण्डरीकै भरमा गगन थापा बर्बाद हुँदैन ।
आजको दिनसम्म चाहिँ तपाईले पार्टी बाहिरबाट पाएको त्यो जनसमर्थन र जनविश्वास कायम छ जस्तो लाग्छ ?

स्वाभाविक रुपमा छ । हिजो सडकमा आन्दोलनको प्रतिकका रुपमा काम गर्दै गर्दाको भन्दा कम होला । त्यो आन्दोलन र त्यसले ल्याएको परिवर्तनप्रति नै मान्छेहरुको विश्वास कमजोर बन्दै गइरहेका बेलामा हाम्रो जनतामा भरोसा अत्यन्तै राम्रो छ भन्न सकिने अवस्था छैन ।
जनताको जुन आशा छ, त्यो बिभिन्न कारणले पूरा गर्न सकेका छैनौं । म सांसद छु, एउटा संसदीय समितिको सभापति पनि हुँ । तर, मान्छेको मसँगको अपेक्षा चाहिँ एउटा कार्यकारी प्रधानमन्त्री वा विपक्षी दलको नेताको जस्तो हुन्छ । म पार्टीको केन्द्रीय सदस्य छु । तर, एउटा मान्छेले मलाई प्रश्न राख्दै गर्दा कांग्रेसको पार्टी सभापतिले यस्तो निर्णय किन गरेन भन्ने प्रश्न गर्छन् ।
तर, मैले यो कसरी बुझाउने कि संसदमा बोल्नै मैले महिनौं कुर्नुपर्छ । संसदीय समितिको सभापतिले गर्ने भनेको यिनै कामहरु हुन् । त्यस्तो प्रतिकूल अवस्थामा काम गर्नुपर्ने भएकाले स्वाभाविकरुपमा समस्याहरु छन् ।
तर, मलाई के लाग्छ भने यो उम्मेदवारीको निर्णयबाट जति स्नेह पाएँ, त्यसलाई मैले सबैभन्दा ठुलो पूँजी को भन्ने ठान्छु ।
अघि तपाईले भन्नुभो, केन्द्रीय सदस्य भएको भए सहज थियो । तर, मैले च्यालेन्ज रोजें । एकछिनलाई मानौं, तपाई महामन्त्रीको उम्मेदवार नभएर एउटा गुटबाट केन्द्रीय सदस्य लडेको भए ?
मेरो लागि त सुरक्षित ठाउँ हुन्थ्यो । तर, मेरो प्रत्यत्नले कांग्रेसलाई तलदेखि माथिसम्म हल्लाएको छ, त्यो हुँदैनथ्यो । अर्को, मेरा लागि पनि लेसन हुँदैनथ्यो । किनकि म फेरि जित्थें, एक नम्बर हुन्थें । पहिला पनि भएको हो ।
तर, मलाई त कुनै दिन कांग्रेसको एक नम्बर हुने सपना छ । एउटै कक्षामा बसेर एक नम्बर हुनुभन्दा कक्षा त चढ्नु पर्‍यो नि । कक्षा चढ्ने प्रयत्न गर्दै गर्दा म फेल भएँ । एउटै कक्षामा दोहोर्‍याएर पढेर प्रथम भएँ भनेर दाबी गर्नु र सन्तोष मान्नुभन्दा कक्षा चढ्ने प्रयत्न गर्दै गर्दा असफल हुने कुराको अनुभव फलदायी हुन्छ होला ।
कक्षा चढ्ने प्रयत्न गर्दै गर्दा म फेल भएँ । तर, अर्कोचोटि कसरी कक्षा चढ्ने भनेर सिकायो । कक्षा चढ्ने प्रत्यत्न गर्दै गर्दा फेल हुन्छु भन्ने डरले एउटै कक्षामा पढिरहने हो भने १० मा कहिले पुग्ने ? अर्को चोटि दुईमा पुग्छु, एकैचोटि पाँचमा पनि पुग्न सक्छु कि के थाहा ? म फेल भएँ सकियो भनेर आत्मविश्वास गिर्‍यो भने पो हो त । मेरो आत्मविश्वास रत्तिभर पनि विचलित भएको छैन ।
देउवा र शशांकको जीतलाई कसरी हेर्नुहुन्छ ?
म महाधिवेशनमा व्यक्त भएको मतलाई सम्मान गर्छु । महाधिवेशनबाट शेरबहादुर देउवा सभापति हुनुभएको छ, शशांक कोइराला महामन्त्री हुनुभएको छ । त्यो भर्डिक्टलाई म सम्मान गर्छु । उहाँ अब मेरो नेता हो । मैले उहाँहरुलाई सहयोग गर्ने हो र गर्छु ।
संविधान निर्माण भइसकेको छ । अब संविधानमा व्यक्त भएको मर्म अनुसार देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने वाटोमा कांग्रेसको नेतृत्वले अघि बढाउनुपर्छ भन्ने मेरो कुुरा हो । समानान्तर रुपमा विकासलाई लैजानुपर्छ । यसमा म चुनाव लडेको, म होरेेको, मैले अवरोध गर्नुपर्छ भन्ने रत्तिभर कुरा रहँदैन । पूर्ण सहयोग गर्छु ।
तर, यो भन्दा अर्को बाटोमा देशलाई लैजाने प्रयत्न कतैबाट हुन्छ र कांग्रेसको नेतृत्व त्यसमा प्रयोग हुन खोज्छ भने म चट्टानजस्तो अडिने हो ।
तपाईले भन्नु भो पार्टीको नम्बर वान बन्ने लक्ष्य छ । उम्मेदवारी दिने क्रममा नै १५ वर्षमा आफ्नो सक्रिय राजनीतिको मृत्यु घोषणा गरिसक्नु भएको छ । यो चुनावी परिणामले असर गर्‍यो वा सिकायो ?

सिकायो । मैले १५ वर्ष भन्दा देशको १५ वर्षलाई मानक मानेको हो । मैले कल्पना गरेको २०८८ सालको नेपालमा हाम्रो जेनेरेसनको मान्छे काम नलाग्ने भएको हुनुपर्छ । अर्थात नेेपाल विकास एउटा फेजमा पुगिसक्यो, त्यो भन्दा अगाडिको राजनीतिका लागि हाम्रो योग्यता नै पुग्दैन भन्ने हो ।
आजको दिन नेपालका राजनीतिज्ञलाई अमेरिकाको राष्ट्रपतिको चुनावमा लिएर गयो भने के हालत होला ? त्यो ग्लोवल पोलिटिक्सको अण्डरस्ट्याण्डिङ, अमेरिकी राष्ट्रपतिले जुन कुरा बुझ्नुपर्छ, त्यसमा हामी म्याच गर्छौं ? उभिन पनि सक्दैनौं । मैले भनेको यही हो । ०८८ को नेपालमा हाम्रो बि्रडको मान्छे म्याच नै गर्नुभएन ।
हाम्रो दक्षिण एशिया होइन, एशिया हेरिरहेको हुनेछ । त्यसपछि हाम्रो ज्ञान र क्षमताले पुग्दैन । त्यस्तो ठाउँमा नेपाललाई पुर्‍याउने हो र हामीले छोड्ने हो भन्ने सपना हो ।
अनि एउटा सानो निर्वाचनमा लागेको ठेसले मेरो २०८८ सालको सपना फेरिन थाल्यो भने के अर्थ ? नेपाललाई त्यहाँ पुर्‍याउन महामन्त्री भएको भए पनि काम गर्थेँ, महामन्त्री नहुँदै गर्दा पनि काम गर्ने हो ।
चुनाव लड्दा भने नि नेताहरुले गगन तिम्रो उमेर छ, हतार नगर भनेनन् ? तपाईले त्यो ०८८ को सपना देख्न पनि हतार गर्नु भो कि ?
मलाई लाग्दैन । यसको जवाफ मैले हैन, कांग्रेसले दिनुपर्छ । किनभने आजको दिनमा नेपाल कसले चलाएको छ भनेर हेर्ने हो भने मैले जुन पुस्ताको कुरा गर्छु, मोर अर लेस त्यही पुस्ताले चलाएको छ । विदेशमा गएर काम गरेर रेमिट्यान्स भित्र्याउनेहरु हेर्नुस्, जुन सेक्टर हेर्नुस् राजनीति बाहेक ।
अब-जब यो पार्टीले यो उमेर समूहका मान्छेले सपना देख्न पनि हतार भएको छ, जिम्मेवारी पाउन हतार भएको छ, बेला आएको छैन बाबु भनेर पार्टीमा थन्काउन मिल्यो । जब तपाई ६०/६५ प्रतिशत त्यही उमेर समूहको मान्छेसँग मत माग्न जानुहुन्छ, तपाईलाई प्रश्न गर्छ । तपाईँले हामीलाई योग्य ठान्नुहुन्न ? हतार भो भन्नुहुुन्छ । तपाईँलाई हामीले मत किनदिने भन्यो भने के जवाफ दिने ?
किनकि विषय मेरो मात्र होइन, अहिले कांग्रेसको केन्द्रीय समितिमा आउँदै गरेको रिजल्ट हेर्नुभयो भने आउने सम्भावना भएका २/४ जना साथीहरु पनि सबै मेरो दाइ हुन्, मेरो त सार्वजनिक आग्रह छ, म नेपाली कांग्रेसको युवा नेता होइन । युवा नेता नयाँ साथीहरु आउनुभएको छ, उहाँहरु हो ।
तपाईँ के त ?
मलाई नेपाली कांग्रेसको सदस्य भन्नुस् । कार्यकर्ता भन्नुस् । कसैलाई नेता भन्नु छ भने कांग्रेसको नेता भन्नुस् तर, म युवा नेता होइन । किनकि मैले नै त्यो फेज क्रस गरेँ अब । युवा नेताको ठूलो ग्याप छ । अनि हामी जो होइनौं, उहाँहरुले हामी युवा भनेर आउनलाई छेक्ने ? ४० वर्षमुनिका खै नेता हाम्रो ? कम्तिमा छैन भन्ने थाहा भो भने ल्याउनुपर्छ भन्ने कुराको चेत खुल्ला ।
यो कुरा गर्दा उमेरको मात्र कुरा गर्‍यो भन्छन् नि
उमेरको कुरा होइन । नेपालको सन्दर्भमा राजनीतिक परिर्वतनहरुलाई मानक बनाएर हेर्ने हो भने पनि ०६२/०६३ को आन्दोलनमा सहभागी भएको, त्यसबाट सिकेको र त्यसपछि विकास भएका घटनाक्रमले छोएको हल्लाइको मान्छेले नेपाललाई हेर्ने तरिका र ०४६ सालको आन्दोलनमा जमेर काम गरेको मान्छेले हेर्ने तरिका फरक छ ।
०४६ सालको मान्छेले नेपालको दलितको मुद्दा बुझ्दैन, महिलाको मुद्दा बुझ्दैन । कति सजिलोसँग नेपालको राजनीति अर्कोतिर फर्काउनसक्छ । जति पनि राजनीतिक परिर्वतन भएको छ, यो गलत भएको छ, उसले नेपाललाई टुक्रा टुक्रामा विभाजित हुन्छ भन्छ । आत्मसाथ नै गरेको छैन ।
तर, ०६२/०६३ को परिर्वतनलाई भोगेको,  देखेको र त्यसपछि नेपाल घुमेको जमातले यसलाई बुझेको छ, आत्मसाथ गरेको छ र यसमै टेकेर नेपाललाई अघि बढाउँछ । त्यसैले मैले उमेरको मात्र गरेको होइन । तर, त्यो ०६२/०६३ को परिर्वतन बनाएका मान्छेहरु पार्टीको नेतृत्वमा छैन । त्यो एङ्गलले हेर्नुपर्छ भन्ने हो । म ०६२/०६३ आन्दोलनसँग जोडिएको मान्छे हो । म ०४६ मा कक्षा ९ मा थिएँ ।
तपाईले अब के गर्ने त ? मनोनित भए केन्द्रीय सदस्य हुने वाहेक अरु बाटो रहेन । भलै सांसद, पार्टीको नेताका हैसियतले पाउने भूमिका छ ।
एकदम सिम्पल छ । मैले यो मत परिणामबाट एउटा सम्मानजनक स्पेस पाएको छु । त्यसलाई आत्मसाथ गरेर नेपाली कांग्रेसको लोयल मेम्बर भएर मैले आफूले गर्नुपर्ने संगठनको कामहरु गर्छु । पार्टीलाई एक ढिक्का बनाउने र पार्टीको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पार्टी नेतृत्वलाई मद्दत गर्छु ।
तर, आजको दिनमा संविधानले परिकल्पना गरेको बाटोमा नेपाललाई हिँड्न नदिनका लागि कुुनै शक्ति वा ताकत लाग्ने अवस्था आयो र पार्टी नेतृत्वले रोक्न सकेन र छेक्न सकेन भने लड्छु, भिड्छु र आफ्नो जिम्मेवारी पूरा गर्छु । त्योबेलामा कुन भूमिका पाउँछु भनेर हिसाव किताव गर्दिँन । हिसाव-किताब गर्ने भए यो जोखिम नै लिन्नथेँ नि ।
मलाई लाग्छ, यो काम गर्न मलाई पार्टीका साथीहरुको स्नेह मैले पाउँछु । मान्छेले मत हाल्न सकेनन् तर, मनमा छ नि । त्यसैले मेरो प्रयास मनमा लागेको कुरा गर्न सक्ने कांग्रेस बनाउने हुन्छ । यो पटक धेरैले मन त लाग्यो तर, बाबु तिमीलाई मत हाल्न सकिँन भन्नु भो । कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर पनि मनमा लागेको कुरा गर्न सकिएन भने के मजा भयो र ?
onlinekhabar

काठमाडौँ – अमेरिकाको न्यूयोर्कमा हुने अन्तर्राष्ट्रिय महिला सम्मेलनमा भाग लिन लैजाने भन्दै उपप्रधान एवम् महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले उठ्ती धन्दा सुरु गरेका छन् । अमेरिका लैजाने भन्दै मैनालीले प्रतिव्यक्ति रु १० लाखको दरले रकम उठाउन सुरु गरेका छन् ।

रकम उठानका लागि उनले पत्नी निलम केसीलाई परिचालन गरेको र त्यसको मुख्य केन्द्र माले पार्टी कार्यालयलाई बनाइएको छ । माले पार्टी कार्यालयमा बसेर अमेरिका जाने न कुरा हो भन्दै रकम बढाबढमा व्यक्ति छनौट भइरहेको स्रोतले जनाएको छ । अमेरिकामा रहेको दूतावासका अधिकारी नै सहभागी हुँदा हुने कार्यक्रममा उपप्रधानमन्त्री तहको व्यक्ति नै सहभागी हुन लागेको भन्दै चर्को आलोचना हुँदै आएको छ ।

निलमलाई अगाडि सारेर मन्त्री मैनालीले रकम उठाउने भन्दा सुरु गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत उजुरी परेको छ । सम्वद्ध स्रोतकाअनुसार मैनालीले २४ जनालाई अमेरिका लैजाने बताउँदै आएका छन् ।

मन्त्री नै मानव तस्करीमा उत्रेपछि मुलुकको कानुन र न्याय हराएको भन्दै अख्तियार दुरप्योग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । आयोगले मन्त्री मैनालीको दैनिक गतिविधि नियालीरहेको छ । निलम केसीले अमेरिका लाने भन्दै मन्त्री मैनालीको नाम लिएर पैसाको बार्गेनिङ गरिरहेकी छिन् ।

जसले बढी दिन्छ उसैलाई लाने हो क्यारे, प्रधानमन्त्रीसम्म पनि पैसा पु¥याउनुपर्छ भन्दै ओलीको समेत नाम समेत बेच्ने गरेकी छिन् । प्रधानमन्त्रीको समेत नाम बेचेर रकम उठाएपनि सो सम्बन्धमा ओलीले कुनै एक्सन लिएका छैनन् ।

सहसचिव तहको व्यक्ति जाँदा हुने कार्यक्रममा मन्त्री नै जान खोजेपछि मन्त्रालयका कर्मचारीसमेत मन्त्रीको तरिका के हो भन्दै त्यति खुसी छैनन् । यस्ता अराजक मन्त्री त मन्त्रालयमा कहिले पनि आएका थिएनन् भन्दै मन्त्रालयका उच्च तहका कर्मचारी समेत आजित भएका छन् । समाज कल्याण परिषद्मा समेत मन्त्रीले आतंक मच्चाएको भन्दै कर्मचारीले आन्दोलन गर्ने सुरु तयारी गरेका छन् । मैनालीको ज्यादती बढेको भन्दै परिषद्का कर्मचारीले पहिलो चरणमा चेतावनी दिएका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati

काठमाडौं । कुनै बेला मान्छेको करङ भाँच्ने काम बहादुरी थियो । धम्काउने जमिनदारी कमाएको एमाओवादीको युवा संगठन वाइसिएलका अध्यक्ष गणेशमान पुनलाई आपूर्तिमन्त्री बनाएर जनताको दैनिकसँग सिङ्गो पार्टी र पार्टी अध्यक्ष प्रचण्डले खेलवाड गरेका छन् । नेपाल ग्यासमा प्रचण्डको लगानी छ ।

भारतीय आपूर्ति मन्त्रीसँग समबन्ध राख्न पनि नसक्ने इण्डियन आयल कर्पोरेशनसँग सम्पर्क गरी देशमा बढेको इन्धन हाहाकारमा मलम लगाउन पनि नसक्ने गणेशमान पुन आफैं खटेका छन् । आफ्नो लागि कमाई त कर्मचारीसँग मिलेर उनले गरे होलान् तर समग्र राष्ट्रका हित गर्न सकेनन् ।  खबर दबाबमा छापेको छ ।

त्यो पनि आमूल परिवर्तनकारी पार्टी एमाओवादी भ्रष्टचार चुर्लुम्ब छ । एमाओवादी नेतृत्वले आपूर्ति मन्त्रालयको हैसियत र गरिमा बुझ्न नसक्दा अलिहेको समस्या झन् बढेको हो । सो मन्त्रालयले आपूर्ति व्यवस्था विभागलाई पनि सक्रिय बनाउन सकेको प्रमाण त भारतीय समकक्षीसँग सम्बन्ध बढाउन सकेन ।

आफ्नै अधीनको केयर दुगर्ड समूहले धारा तोरीकोा तेलमा गरेको बद्मासीलाई लिन सकिन्छ । खाद्य संस्थान, साल्ट टे«डिङ, नेसनल टे«डिङजस्ता निकायहरु सो मन्त्रालयअन्तर्गत छन् । तर मन्त्री परे अल्लारे, उनको इमानदारीतालाई नेपाल आयल निगमका लुटाहा कार्यकारी निर्देशक गोपालबहादुर खड्काले लोप्वा दिएका छन् ।

चर्चामा आएअनुसार आमूल परिवर्तनकारी नेता पुष्पकमल दाहालको लगानीमा नेपाल ग्यास उद्योगको सवामित्व लिइयो । प्रचण्डका सालो नेपाल ग्याँसको महाप्रबन्धक रहेका छन् । ज्वाइँ अर्जुन पाठक आपूर्तिमन्त्री पुनको पिए छन् । जनताले महिनौं कुर्दा पनि नेपाल ग्यास पाउँदैनन् ।

तर तारे होटल रेस्टुराँहरुमा भने नेपाल ग्यास प्रशस्त पुगेको छ । कार्यकर्तालाई श्रमसँग जोड्न उत्पादन केन्द्रित गराउने नीति लिएको एमाओवादी नेतृत्वले प्रचण्डको कालो बजारीलाई उत्पादन र श्रमसँग जोडेको होकि जनतालाई नेपाल ग्यासको कालो बजारबाट गिज्याएको हो ? लाजिम्पाटले जवाफ दिन जरुरी छ ।

जहाँको शासन महारानी सिता पौडेलको हातमा छ । त्यसो त प्रचण्ड परिवारको छाडापन र परिवर्तनविरोधी चरित्रको जतिसुकै जुनसुकै शब्दले भत्र्सना गरे पनि पुग्दैन । सर्वहारवर्गका नेता भएकाले प्रचण्डले बुहारीको विवाह दर्ता पनि गरेनन् नातिको जन्मदर्ता पनि गरेनन् ।

सीताद्वारा हेपिएकी कंशपुत्र प्रकाशद्वारा पीडित माहिली पत्नी सिर्जना त्रिपाठीले एमाओवादी कास्की जिल्लाको बैठकमा डाँको छोडेर भक्कानिँदा प्रचण्डलाई परमेश्वर ठान्ने हनुमानहरुको मन छोयो कि छोएन प्रश्न छँदैछ । पार्टी शान्तिवार्तामा आएपछिका एमाओवादीका प्रत्येक नेताहरुले पञ्चले ३० वर्षमा नगरेका कांग्रेस एमालेले १४ वर्षे संसदीयकालमा समेत गर्न नसकेको भ्रष्टाचार गरेका छन् ।

राष्ट्रको राजनीति हाम्रो वरपर छ भन्ने प्रचण्ड र एमाओवादी नेताहरुको हुँकार आफ्नै शब्दमा क्रान्ति सहिद परिवार सीता र प्रकाशको अत्याचारमा परेकी बुहारी सिर्जना त्रिपाठीको चित्कारले दुत्कार्छ कि स्वकार्छ समय पर्खनै पछै ।

आपूर्ति मन्त्रालय मात्र होइन, एमाओवादीले राष्ट्र हाँक्नुपर्ने दायित्व पाएको बेला, त्यो पार्टीका सरकार सञ्चालकहरु दीनानाथ शर्मा र गणेशमान पुनजस्तै भष्मासुरहरु अगाडि आए भने देश सोमालिया नहोला भन्न सकिन्न । आपूर्ति मन्त्रालयजस्ता जनसरोकार मन्त्रालय लिएर एमाओवादीले गरेको खेलवाडप्रति जनता आक्रोशित छन् ।
newsabhiyan

विमल योगी
काठमाडौं, २७ फागुन । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार बालुवाटार घेर्ने भएको छ ।
मोर्चाको ‘हेडक्वाटर’ विजुलीबजारबाट प्राप्त समाचार अनुसार शुक्रबार (भोली) विहान ९ बजे मोर्चाका सबै नेताहरु बालुवाटार जाने तय भएको छ ।
पाँच महिनासम्म तराईमा आन्दोलन गरी अहिले विश्राम गरिरहेको मोर्चा शक्ति सञ्चितसहित फेरि आन्दोलनको तयारीमा छ ।
यसैक्रममा माग सम्बोधन गराउनका लागि दबाब दिन मोर्चामा आबद्ध ७ दलका शीर्षसहित सबै नेताहरु बालुवाटार जाने भएका हुन् । उनीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नछाड्ने भएका छन् ।
‘हामी भोली विहानै बालुवाटार जान्छौ । नाराबाजी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउँछौं ।’ सदभावना पार्टीका महासचिव मनीष सूमनले दैनिक नेपालसँग भने ।
उनका अनुसार मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै फेरि पनि नसुने आन्दोलनको चेतावनी पनि दिनेछ ।dainiknepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget