आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १२ गते भौमवार नेपाल सम्बत ११३६ पोहेलागा, सन् २०१६ जनवरी २६ तारिक कृष्णपक्ष द्वितीया तिथि विहान ८ वजेर १० मिनेटसम्म, मघा नक्षत्र राती ११ वजेर ३९ मिनेटसम्म, सौभाग्ययोग राती ८ वजेर ११ मिनेटसम्म, गरकरण विहान ८ वजेर १० मिनेट सम्म, आनन्दादियोग काल, सूर्य मकर राशीमा, चन्द्रमा सिंह राशीमा ।
आजको राशिफल:
मेषः–
7
कहि कतैबाट भ्रमको खेति हुनसक्छ सतर्क रहनु होला । विलम्ब नगरि समयमा निर्णय लिएर धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । लाभ पनि हुनेछ ।
वृषः–
8
काममा असफलता मिल्न सक्छ । आलोचना बढ्नेछ । सुख,शान्तिमा कमी आउनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।
मिथुनः–
10
समय प्रतिकुल बन्दै छ काममा विलम्ब नगर्नु होला । व्यापार व्यवसयाबाट सामान्य लाभ हुनेछ । वेलुका पाखा खर्च एवं विवाद बढ्न सक्छ ।
कर्कटः–
11
कार्य लगनशिलता विस्तारै बढ्ने देखिन्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तमा मनमुटाव बढ्नसक्छ । वेलुका पाखा केहि लाभ हुनेछ ।
सिंहः–
12
अरुको कुरामा समय बढि नफाल्नु होला । समयमा काम गर्न सकिएन भने आएको अवसर पनि गुम्नेछ । व्यापर व्यवसायबाट स्वल्प लाभ हुनेछ ।
कन्याः–
9
व्यापारमा सुधार आउन र काममा प्रगति हुन समय लाग्नेछ । व्यर्थका काममा धन लगानी हुनसक्छ सजग रहनु होला । अनावस्यक झन्झट आइलाग्न सक्छ ।
तुलाः–
4
प्रतिकुलता बढ्दै छ समयमा काम गर्नु होला । आर्थिक उन्नतिका सम्भावना क्षिण भएर जानेछन् । बाह्य कुरामा बढि चासो बढ्नेछ । साझपख खर्च बढ्ला ।
वृश्चिकः–
3
समयले साथ दिनेछ काम गर्न अल्छि नगर्नु होला । तपाईको कामबाट अरु पनि प्रभावित हुनेछन् । भाग्यले पनि साथ दिनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।
धनुः–
2
प्रतिकुलताबाट अनुकुलतातिर,व्ययबाट आयतिर,चिन्ताबाट खुशीतिर मन दौडिने छ । आर्थिक स्थिति त्यति अनुकुल नहुदा काममा विलम्ब भने हुनसक्छ ।
मकरः–
1
अन्योलमा परिनेछ । उपलब्धि विहिन काममा समय बढि लगानी हुनेछ । खानपान नमिल्दा स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्चमा तिव्रता आउनेछ ।
कुम्भः–
6
समयमा कार्य सम्पदान गर्ने कोशिस गर्नु होला नत्र आएको अवसर पनि गुम्नेछ । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साँझपख काममा अवरोध आउनेछ ।
मिनः–
5
काममा बाह्य हस्तक्षेप बढ्न सक्छ । कुनै पनि काम गर्दा गोपनीयता अप्नाउनु होला । काम गरे अनुसारको लाभ हुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।
etajakhabar
Post a Comment