काठमाडौं, फागुन २९ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बजारमा खाना पकाउने ग्यासको अभाव हटाउन आफूले सक्दो पहल गर्ने र चीनबाट समेत आयात गर्ने विषयमा सरकारसँग कुरा गर्ने बताएका छन् ।
ग्यास विक्रेता महासङ्घका प्रतिनिधिमण्डलले आज आफ्नै निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले ग्यासको सहज आपूर्तिका लागि सबै प्रकारको विकल्प अपनाइने र त्यसमा कुन सहज विकल्प हुन्छ छलफल गरेर परिणाम दिन आफू तयार रहेको बताएका थिए ।
कालोबजारी रोक्ने जिम्मा सरकार र व्यवसायी दुबैको उत्तिकै रहेको भन्दै उहाँले जनतालाई सहज सेवा दिनुभन्दा पनि बजारमा अनावश्यक रुपमा कालोबजारी र अनियमितता मौलाएकोमा उद्योगी व्यवसायीको समेत ध्यानाकर्षण गराएका थिए ।
महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले ग्यासको आपूर्ति सहज बनाउन एक ज्ञापनपत्र बुझाएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले बजारमा ग्यासमा भएको कालोबजारी रोक्न पहल गर्न, प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउन सबैले आ– आफ्नो स्थानबाट प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष दाहालले महासङ्घले उठाएका विषयमा सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी समस्याको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनु भएको अध्यक्ष अर्यालले बताए । रासस
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.