Articles by "history"

एजेन्सी । संसारका महान वैज्ञानिकहरुमध्ये एक अल्बर्ट आइनस्टाइन, जसले सापेक्षताको सिद्धान्त (Theory of Relativity) बाट ब्रह्माण्डको निमबारे सम्झाएका थिए ।



आइनस्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँमा फरक पहिचान बनायो । आइनस्टाइन जति महान वैज्ञानिक थिए, त्यति नै ठूला दार्शनिक पनि । त्यसैले त उनका कतिपय सिद्धान्त विज्ञानको दुनियामा मात्रै होइन, मानिसको आमजिन्दगीमा पनि मेल खान्छन् ।

आइनस्टाइनले विज्ञानका नियमहरुको व्याख्या गर्दै सफलता, असफलता, कल्पना र ज्ञानका बारेमा कैयन यस्ता सुत्रहरु बताएका छन्, जसले जस्तो सुकै कठिनाइको बीचबाट पनि सफलतातर्फ डोहोर्‍याउन सक्छ । यस्तै १० वटा सुत्र हामीले यहाँ उल्लेख गरेका छौं ।



1. हिजोबाट सिक, आजका लागि बाँच, भोलिका लागि आशा राख र सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न कहिल्यै नहिच्किचाऊ ।

2. हामी आफ्ना ति समस्याहरुलाई ति  विचारबाट सुल्झाउन सक्दैनौँ, जुन त्यसको उपज हो ।

3. कुनै पनि कुरामा तेज हुनुको मतलव धेरै ज्ञानवान हुनु होइन, यसको मतलब त कल्पना र सपना देख्ने छ, भन्ने हुन्छ ।

4. सफलताको सबैभन्दा ठूलो स्रोत अनुभव हो ।

5. जसले आफ्नो सीमा जान्दछ, ऊ त्यहीँबाट अघि बढ्छ ।

6. तर्कले तपाईंलाई A देखि B सम्ममात्रै लैजान सक्छ । जबकी कल्पनाको सहारामा तपाईं जहाँ पनि पुग्न सक्नुहुन्छ ।

7. जीन्दगी जिउने दुईवटामात्रै तरिका छ । पहिलो त कुनै चमत्कार होइन, दोस्रो यो हो कि जुन सबै चमत्कार हो ।

8. जब तपाईंले प्रकृतिलाई नजिकबाट नियाल्नुहुन्छ, तब जुनसुकै कुरा राम्रोसँग बुझ्न सक्नुहुन्छ ।

9. कुनै पनि एउटै कामलाई पटक-पटक गरेर हरेक पटक फरक परिणामको आशा गर्नु मुर्खता हो ।

10. सबैभन्दा पहिले खेलको नियम राम्ररी जान्नुस्, तबमात्रै तपाईं अरुभन्दा राम्रो खेल्न सक्नुहुन्छ ।



sajhapost

२०७२ माघ १६ शनिबार


खोटाङको सेखुवामा हाम्रा पुर्खाले थलोकिलो गाडे । यो ठाउँ च्यानडाँडा गाविस वडा नम्बर १ मा पर्छ । हाम्रा पितापुर्खा यस ठाउँका किपटिया जिम्मावाल हुन् । हाम्रा पितापुर्खाले आर्जेको जग्गा जमिन अहिले पनि त्यहीँ छ ।

सानैदेखि पढाइमा रुचि थियो । तर आफू जन्मेको गाउँ शैक्षिक रूपमा पछाडि भएकोले कखरा छिचोल्न भोजपुरको छिनामखु आउनु पर्‍यो । त्यसपछि भोजपुर सदरमुकामको विद्योदय माविमा पनि पढेँ ।


पढाइलाई अगाडि बढाउने क्रममा २०२५ सालमा धरान झरियो । त्यहीँबाट हो, मैले २०२७ सालमा एसएलसी पास गरेको । पछि महेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र र राजनीतिशास्त्र लिएर पढेँ ।

पञ्चवर्षीय विकास आयोजना लागू गर्न २०३१ सालमा एउटा ठूलो सर्भे भएको थियो । त्रिभुवन विश्वविद्यालयको अनुसन्धान संस्था सेडाले गरेको त्यो सर्भेमा म पनि सहभागी भएँ । त्यसबेला मैले कोसी अञ्चलका सबै जिल्ला घुम्ने अवसर पाएँ ।

पढ्न बस्दा धरानको चतरालाइनमा गोर्खा मेजर कुलबहादुर थेवेको घरमा डेरा थियो । उनका दुई योग्य छोराहरू थिए । तीमध्ये जेठा श्री सुब्बा दार्जिलिङको सरकारी कलेजबाट स्नातक गरेर ब्रिटिस क्याम्पमा स्टोरकिपर जागिर खाँदै थिए भने उनकी श्रीमती अमृता शिक्षिका थिइन् । कान्छा छोरा लक्ष्मण सुब्बा चाहिँ त्यसबेलै वन मन्त्रालयका उपसचिव थिए ।

श्री सुब्बा र लक्ष्मण सुब्बा कृषिमा असाध्यै रुचि राख्ने र त्यसमा भविष्य देख्ने खालका थिए । तरहराको कृषि फार्मदेखि दक्षिणमा उनीहरूको २५ बिघा र कालाबञ्जरमा ५० बिघा जग्गा थियो उनीहरूको । उनीहरूको घरमा इजरायलबाट कृषिसम्बन्धी पत्रपत्रिकाहरू आउँथे । उनीहरू भन्थे, ‘माछा, बाख्रा, बंगुर, हाँस, कुखुरा पाल्नुपर्छ । फार्म खोज्नुपर्छ ।' उनीहरू भन्नेमात्रै होइन गरेर पनि देखाउँथे । उनीहरूको घरमा खरायो, हाँस, कुखुरापालन थियो । उनीहरूले काठको ठूलो बाकसमा अजिंगर पालेका थिए । उनीहरू पासोमा मुसा पार्दै अजिंगरका लागि आहारा जुराउँथे । उनीहरू भन्ने गर्थे, ‘जागिर खाने होइन, जागिर त खुवाउने हो ।'

म श्री सुब्बा र लक्ष्मण सुब्बाको भनाइ र गराइदेखि साह्रै प्रभावित भएँ । उनीहरूले मलाई प्रेरित गरे । उनीहरूको भनाइलाई गुरुमन्त्र बनाउँदै धरानमा केही काम गरियो । स्थानीय स्तरको राजनीति पनि गरियो । केही समय स्वयम्सेवी शिक्षण पनि गरियो । यता हामीले मोरङ कसेनी र बबियाबिर्तामा जग्गा पनि जोडिरहेका थियौं ।


२०३१ सालमा मैले आईए सकेँ । तर मलाई अन्य पेसाले आकर्षित गर्न सकेन, न सहरको बसाइले नै मलाई सन्तुष्ट बनाउन सक्यो । त्यसपछि मधेस बस्ने र कृषिमै रमाउनेबारे सोच्न थालियो । २०३३ सालदेखि त पूरै कृषिमा समर्पित हुने निधो गरियो ।

किसानस्तरमा सामान्य माछापालन गर्ने चलन थियो । तर मलाई लाग्यो, माछापालनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ । त्यसका लागि मेरा भेनाभगत राईसँग मिलेर बबियाबिर्ता गाविसको वडा नम्बर ८ लाई हामीले माछापालनका लागि रोज्यौं ।

कृषि विकास बैंकका तत्कालीन महाप्रबन्धक श्रीकृष्ण उपाध्यायले हाम्रै गाउँलाई माछापालनका लागि पाकेट एरियाको रूपमा छनोट गरे । हामीले २०३९ सालमा माछापालन सुरु गर्दा १० कट्ठाबाट सुरु गरेका थियौं । २०४२/४३ सम्ममा आइपुग्दा त मेरो माछापालन पाँच बिघामा र भेनाभगत राईको तीन बिघामा माछापालन विस्तारित भइसकेको थियो । त्यसपछि हाम्रो गाउँको नाम नै ‘माछागाउँ' रहन पुग्यो ।

माछापालनलाई व्यावसायिक रूप दिएर व्यवस्थित गरियो । तर बीचमा बाढी, भूकम्प, खडेरी र महामारीले दुःख नदिएको होइन । तर हिम्मत हार्ने काम चाहिँ कहिल्यै गरिएन । निरन्तर जुटियो, आफ्नो कर्ममा ।
केही समयपछि हेलिकोप्टर आएर हाम्रो माछापोखरीको डिलमा रहेको हेलिप्याडमा बस्यो । हामीले राजारानीको स्वागत गर्‍यो । राजाले मसित हात मिलाउनुभयो । उहाँले आफू थोरै बोल्ने र धेरै सुन्ने काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘राम्रो गरेका रहेछौ । अझै राम्रो गर्नू । आवश्यक सहयोग हुनेछ ।'
हामीले सुरु गरेको माछापालनलाई राज्यबाट सरसहयोग र प्रोत्साहन प्राप्त होस् भन्ने चाहेका थियौं । त्यसबेला प्रत्येक वर्ष हरेक विकास क्षेत्रमा राजाको सवारी हुन्थ्यो । २०४४ सालमा सवारीको पालो परेको थियो, पूर्वाञ्चल विकास क्षेत्रमा । हामीलाई लाग्यो, राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई हाम्रो पौरख देखाउनु पर्छ । त्यसका लागि सवारी शिविर धनकुटामा पुगेर माछापालन दर्शनका लागि राजासमक्ष बिन्तीपत्र हाल्ने काम गर्‍र्यौं ।

यो सल्लाह हामीलाई माछापालनका प्राविधिकहरू, बैंकका प्रमुखहरूले दिएका थिए । बिन्तीपत्र हालेको केही दिनपछि अर्थात् पुस महिनाको अन्तिम साता तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र सवारीमन्त्री पशुपतिशमशेर राणा हाम्रो माछा पोखरीमा आए । उनीहरूले माछापोखरी अवलोकन गरे ।

उनीहरूले राजाको सवारी हुने नहुनेबारे केही पनि भनेनन् । तर लाग्यो, हाम्रो माछापोखरी दर्शन गर्न राजारानीको सवारी पक्कै पनि हुन्छ । सुवेदी र राणाले यति भनेका थिए, ‘हामी प्रयास गर्छौँ ।'

२०४४ साल माघ ५ गते एउटा हेलिकोप्टर हाम्रै बस्तीको आकाश हुँदै दक्षिणतिर उड्यो । लाग्यो, राजारानी चढेको हेलिकोप्टर हो यो । अब हाम्रो माछापोखरीमा पनि राजारानीको सवारी हुँनेछ ।

पोखरीको डिलमा हेलिप्याड बनाइएको थियो । म पनि दौरासुरुवाल र टोपी लगाएर राजारानीको स्वागत गर्न तयार भएर बसेँ । केराको थामको सामान्य स्वागतद्वार बनाइएको थियो, ध्वजापातका टांगिएको थियो ।

नभन्दै केही समयपछि हेलिकोप्टर आएर हाम्रो माछापोखरीको डिलमा रहेको हेलिप्याडमा बस्यो । हामीले राजारानीको स्वागत गर्‍र्यौं । राजाले मसित हात मिलाउनुभयो । उहाँले आफू थोरै बोल्ने र धेरै सुन्ने काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘राम्रो गरेका रहेछौ । अझै राम्रो गर्नू । आवश्यक सहयोग हुनेछ ।'
उहाँले सोध्नुभयो, ‘अरू केही योजना छ कि ?'

मैले पनि भनेँ, ‘नरिवल र केराको बगैंचा लगाउने योजना छ सरकार । यहाँ बाटो र बिजुली चाहिएको छ । माछाको बिमा गर्न पाए राम्रो हुने थियो ।'
मेरो मागप्रति उहाँ सकारात्मक हुनुहुन्थ्यो ।

पछि सुन्नमा आयो, माछा विकासका लागि पाँच लाख दिने कुरा भएको रहेछ । तर त्यो रकम देख्न पाइएन । पछि यो पनि सुनियो, हाम्रो माछागाउँका लागि छुट्याइएको रकम तत्कालीन क्षेत्रीय कृषि निर्देशक र मेची अञ्चलका अञ्चलाधीश मिलेर झापाको दक्षिण सीमावर्ती क्षेत्र केचना झिललाई सुधार गरेर माछापालन सुरु गरियो ।

रकम देखिएन । यसबारेमा खोजी गर्दै बिन्तीपत्र पनि दियौं । तर हाम्रो केही लागेन । त्यसपछि लाग्यो, कुरा राजासम्म पुग्न नदिइँदोरहेछ ।
मैले बिजुलीका लागि पनि बिन्ती चढाएको थिएँ । तर हाम्रो गाउँमा बिजुली बलेन । बिन्ती गरेको आठ वर्षपछि आफैं अध्यक्ष रहेको बिजुली उपभोक्तन समिति बनाइयो । अनि पहिलो संविधानसभा (२०६४) को चुनाव भएको एक साताअघि हाम्रो गाउँमा बिजुली बल्यो ।
...
विगत साढे तीन दशकदेखि म कृषिकर्ममा निरन्तर रमाइरहेकै छु । कृषि प्रधान हाम्रो देशमा कृषिको भविष्य छ । आफ्नो निरन्तरको कृषिकर्मलाई लयमा मिलाएर भन्नु पर्दा यसो भन्ने गर्छु,
नाम मेरो ऋषि
काम मेरो कृषि...।
annapurnapost

इतिहास पढ्दा जंगबहादुरलाई एक बहादुर, शक्तिशालि, दन्त्यकथाको नायक जस्तै बुद्धि र बलमा निपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । तर, यी जंगबहादुर औंठाछाप नै थिए । यिनले अक्षर पनि चिन्न र आफनो नाम पनि राम्रोसँग लेख्न सक्तैनथे ।
हालसम्मको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सौभाग्य पाएका जंगबहादुर राणाको जन्म बि सं १८७४ असार ७ गते पिता बालनरसिंह कुवर र माता गणेशकुमारीको कोखबाट गोरखाको बोर्लागं भन्ने ठाउँमा भएको थियो । जंगबहादुर सानैदेखि स्कुलको शिक्षामा रुची राख्दैनथे । उनी आफ्ना पिताका साथ धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार तथा युद्धकलामा साहै निपूर्ण तथा बिद्धत हुँदै गएका थिए ।
परिस्थितिबस एउटा अनपढ र मुर्ख जंगबहादुरको हातमा राज्य संचालनको निरंकुश अधिकार पर्‍यो । तर, पनि उनले चाहेका भए देश बिकास र राज्य संचालनको राम्रो जग बसाल्न सक्थे तर उनले त्यस्तो नगरी आफनो भोगबिलास र सुखसुविधाका लागि राज्यकोषको ढुकुटीको चरम दुरुपयोग गरे ।
उनी प्रधानमन्त्री भएको समय बृटिस साम्राज्यको बिस्तार चल्दै थियो । त्यसबेला अहिलेको स्वतन्त्र मुलुक भारत पनि बि्रटिसको कब्जामा थियो । त्यतिबेला भारतमा अगे्रजबिरोधी गतिबिधि बढ्दै गएको बेला बि्रटिस साम्रराज्यसँग लड्न नसकिने ठानेर उल्टै जंगबहादुरले भारतको लखनउमा अंग्रेजबिरुद्ध गतिबिधि दमन गर्न सैनिक पठाएर सहयोग गरी लखनऊमा लुटपाट मच्चाएर त्यहाँको बनावटको ठुलो सम्पति हात पारेका थिए ।
कतिपय बिद्रोह दबाएपछि भागेर नेपाल आएका भारतका धन कुबेर बेगम तथा महारानीलाई आफ्नै थापाथली दरबारको प्राङ्गणमा शरणार्थीको रुपमा बस्न दिएर उनीहरुसँग भएको हीरा, मोति पन्ना लगायत बहुमुल्य गरगहना सबै आफुले नै लिएका थिए । त्यसपछि ती धन सम्पति सबै उनले आफू र आफना सन्तानको भोग बिलासका लागी नै खर्चेका थिए ।
जंगबहादुर यतिसम्म सुन्दरीहरुका भोगी थिए कि उनका दरबारमा इन्द्रको राज्य अमराबतिलाई पनि बिर्साउने खालका भोग बिलासका साधनहरु थिए । उनी अत्यन्त कामुक थिए । उनका बिबाहित र ल्याइते गरेर ३६ भन्दा बढी पत्नीहरु भएको पाइन्छ । साथै प्रशस्तै आघोषित पत्नीहरु तालिमे, सुसारे, नर्तकी र रखौटीहरु थिए । उनका लागि नेपाल तथा भारतबाट बिभिन्न तरुनी केटीहरु खोजेर ल्याउने प्रशस्त मानिसहरु खटाइएका थिए ।
बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए
यसरी उनलाई तरुनीहरु ल्याइदिनेमा सुब्बा, काजी तथा उच्च पदमा बढुवा हुन्थे भने उनको लागी केटी खोजेर ल्यान नसक्नेलाई दण्डसमेत हुन्थ्यो । यदी उनको दरबारमा उनको कामुकतामा भिड्न नचाहने र नसक्ने केटीहरुलाई भोटमा लगेर नेपाल सरकारको प्रतिनिधि मार्फत बेचबिखन हुने गर्दथ्यो ।
जंगबहादुर यतिसम्म कामुक थिए कि भारततर्फ जाँदा बनारस र पटनाका नामुद बेश्याहरुसँग पनि सहबास गर्दथ्ये । एकपटक बिसं १९०७ मा बेलायत यात्राका क्रममा जंगबहादुरले लण्डनकी प्रसिद्ध बेश्या सुन्दरी लुरा बेलसँग एक रातको २५ लाख पाउण्ड तिरेर सहबास गरेका थिए । बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए ।
उनले सहबास गर्ने कतिपय केटीहरु साहै्र कम उमेरका पनि थिए । जंगबहादुर आफूले कतिपय तरुनीहरुलाई आवश्यकता अनुसार सन्तुष्टि दिन शारीरिक क्षमता ह्रास हुँदै गएका कारण साह्रै निराश हुन्थ्ये । यौनपिपासु, यौनसुखमा लिप्त हुन र तिब्र यौन चाहनामा आबश्यकताअनुसारको सन्तुष्टि दिन नसकेकै कारण निराश भएर जंगबहादुरले अफिमको लत पनि लिने गरेका थिए ।
देशको जिम्मेबार पदमा बसेका जंगबहादुर आफै कामुकतामा लिप्त भएर राज्यकोषको दुरुपयोग हुँदा देश निकासमा खासै प्रगति हुन सकेको थिएन । सेक्स जीवनको एउटा पाटो हो तर सेक्समै जीवन बिताउँदा जीवनको अर्को पाटो अधुरो हुन्छ र जीवनमा त्यसैले धेरै उतार चढाव ल्याउँछ भन्ने कुरा जंगबहादुर जस्ता यौन पिपासुले बुझ्न सकेनन् ।
onlinekhabar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget