भूकम्पले क्षतिग्रस्त विद्यालयमा नेपाली सेनाको श्रमदान

पर्वत। गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यहाँको एक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि नेपाली सेनाले सहयोग गरेको छ । भूकम्पका कारण १७ वटा कक्षाकोठा पूर्णरुपमा भत्किएको राम्जा देउराली गाविसस्थित पशुपति उच्च माविमा नेपाली सेनाको रणदल गुल्म, पर्वतले सहयोग गरेको हो । गुल्मका २० जना नेपाली सेनाको टोलीले विद्यालयको प्राङ्गणमा छात्रा तथा छात्रका लागि १० कोठे दुईवटा आधुनिक शौचालय निर्माण गरिदिएको हो ।

शौचालय निर्माणमा खटिएको टोलीले दुई महिनासम्म विद्यालय प्राङ्गणमै बसेर रातदिन खटिएर आधुनिक शौचालय निर्माण गरिदिएका हुन् । जिल्ला विकास समिति पर्वतका प्राविधिकले रु १४ लाखको लागत इस्टमेट गरेको शौचालय विद्यालयको रु दुई लाख तीन हजार तथा नेपाली सेनाको आन्तरिक स्रोतबाट रु चार लाख ५० हजार नगदसहित श्रमदानमा शौचालय निर्माण सम्पन्न भएको गुल्मपति सेनानी बालकृष्ण कार्कीले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएको उक्त शौचालय विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सेनाको टोलीले विद्यालयका प्राचार्य गोविन्दप्रसाद शर्मालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा शिक्षा कार्यालय पर्वतकी विद्यालय निरीक्षक बबिता शर्माले नेपाली सेनाको सहयोगले विद्यालयको शैक्षिक विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा विद्यालयका प्राचार्य गोविन्दप्रसाद शर्माले विद्यालयमा भूकम्पले पु¥याएको क्षति र त्यसले पारेको असरका बारेमा जानकारी गराउनुभएको थियो । क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण समितिका अध्यक्ष रमेश शर्मा गौतमले विद्यालय राजनीतिक खिचातानीले गाँजेको भन्दै त्यसलाई निरुत्साहित गर्दै पुनःनिर्माणमा जुट्न चुनौती रहेको बताउनुभयो । उच्च मावि तहसमेत सञ्चालन भएको उक्त विद्यालयका विद्यार्थी विभिन्न संस्थाको सहयोगमा बनेका टहरामा बसेर पढ्न बाध्य भएका छन् ।
purbelinews

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget