मनोकामना पूरा हुने विश्वासमा परेवा भाकल गरी मन्दिरमा बध गर्ने परम्परामा रोक लगाइने भएको छ ।
पशुपक्षी बलि दिने प्रचलन रोक्न भक्तजनले सुझाव राख्दै आएका थिए । शान्तिको सन्देश दिने परेवाकै बलि दिनु उचित नभएको जनाई अन्य धार्मिक स्थलमा यसअघि नै बन्देज लगाइएको थियो । पशुपक्षी अधिकारीकर्मीले पनि मन्दिरमा पूजाआजाको नाममा दिइने बलिको विरोध गर्दै आएका छन् ।
मन्दिरमा अहिले बलिका लागि ल्याइने परेवाको सङ्ख्या घट्दै गएको समितिले जनाएको छ । मन्दिरमा परेवा बिक्रीको रकमबाट वार्षिक रुपमा रु एक लाखभन्दा बढी सङ्कलन हुने गरेको छ । परेवाको बासस्थान अव्यवस्थित हुँदा फोहोरमैला बढेकाले समितिले स्थायी बासस्थानको निर्माण गर्ने तयारी गरेको छ । मन्दिरमा परेवा, हाँस, कुखुरा, बोका, सुँगुर र राँगोको बलि दिने गरिन्छ ।
News24Nepal
Post a Comment