पूर्व मिस नेपाल सृष्टि र अनमोलको रोमान्टिक फोटो सार्वजनिक
काठमाडौं–पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले डेब्यु गरेको नेपाली फिल्म 'गाजलु'को फोटोहरु सार्वजनिक भएको छ। महंगी म्युजिक भिडियोकी मोडलको रुपमा स्थापित उनलाई 'गाजलु'मा अभिनेता अनमोल केसीले साथ दिएका छन्।
गत वर्ष बलिउडमा स्थापित हुन उनले पहिलो पटक हिन्दी गीतमा देखिएकी थिइन्। त्यसबाहेक उनले शेक्सपियरको 'ह्याम्लेट' नामक नाटकमा ह्याम्लेटकी प्रेमिका ओफिलियाको भूमिकामा उनी देखिएकी थिइन्।
निर्देशक हेमराज विसीको फिल्मको सुटिङ काठमाडौं उपत्यकासहित चित्लाङ, दामन र कुलखानीमा गरिएको थियो। फिल्म आगामी वैशाख २४ मा रिलिज हुँदैछ। सिनेमेट्रोग्राफर शैलेन्द्र डि.कार्कीले फिल्म खिचेका हुन्। पूर्व मिस नेपाल सृष्टि र अनमोल केसीसहित अभिनेत्री मेनुका प्रधान, गौरव पहारी, सलोन बस्नेत र ऋतिक शाही लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।
nagariknews
Post a Comment