हामी धेरैलाई थाहै छैन की मानिसको रक्त समूहले समेत उसलाई चाहिने सन्तुलित भोजनको प्रकार निर्धारण गरेको हुन्छ ।मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा मानिसमा एसिडीटी, अपच, कब्जियत तथा वजन बढ्ने लगायतका समस्या पैदा हुने गरेको कतिपय अ्रध्ययनहरुबाट प्रमाणित भैसकेको छ ।
पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँछ । आउनुहोस् जानौँ कुन रक्त समूहका मानिसका लागि कस्तो प्रैकारको भोजन उपयुक्त हुन्छ ।
ओ: यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन गेडागुडीको सेवन भन्दा उपयुक्त हुन्छ । यसका लागि उनीहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।
ए: यो रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो हुन्छ ।
बी: यो ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।
एबी: भोजनको मामिलामा यो रक्तसमूहका मानिसहरु सबैभन्दा बढि भाग्यमानी हुन्छन् । यिनीहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ । तर खान मिल्यो भन्दैमा भकाभक खाइरहनु चाहीँ हुँदैन । सन्तुलित तथा ठीक्क खानेकुरा मात्र खानुपर्छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.