जनकपुर उपमहानगरपालिका–१४ रजौलमा निर्माण हुन लागेको श्रीराम जानकी रङ्गशालाको भौतिक पूर्वाधार सम्बन्धमा स्थलगत निरीक्षण गर्दै मन्त्री मण्डलले सो कुरा बताएका हुन् ।
मन्त्री मण्डलले नेपाल–भारतबीचमा केही समय अघि देखापरेको कटुता नाकाबन्दी अन्त्यसँगै समाप्त भई दुई देशबीच पहिले जस्तै सुमधुर भएको उल्लेख गरे ।
खेलकुदको सम्बन्ध स्वास्थ्यसँग भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुनु जनकपुरवासीको लागि गौरवको विषय भएको बताउँदै मन्त्री मण्डलले रङ्गशाला निर्माण गर्ने आगामी आव २०७३/०७४मा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले नगरपालिका र जिविसमा भएको व्यापक भ्रष्टाचारको कारण जनकपुर नगरको यथोचित विकास हुन नसकेको धारणा राखे ।
उनले जनकपुरलाई सुन्दर सहर बनाउनेतर्फ यहाँका नेताको ध्यान नपुगेकाले जनकपुरको अवस्था दिनप्रतिदिन जर्जर हँुदै गएको टिप्पणी गरे। रासस
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.