Articles by "Prawas"

काठमाण्डु, २ चैत– सोमबार साझ नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकरले मंगलबार बिहानै काठमाण्डुको बत्तिसपुतलिस्थित एक होटलमा मधेस केन्द्रीय दललाई भेटेको १० घण्टा नपुग्दै उनीहरुले नयाँ निर्णय सार्वजनिक गरेका छन् ।

मधेस केन्द्रीत १५ दलको मंगलबार दिउँसो काठमाण्डुमा बसेको बैठकले ०६२ ०६३ सालको जस्तै जनआन्दोलन गर्ने निर्णय गरेका हुन् ।
सरकारले मधेसीको माग पुरा गर्ने विषयमा कुनै चासो नदिएको भन्दै उनीहरुले आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।
चैत दोश्रो सातादेखि संयुक्त जनआन्दोलन नाम दिएर आन्दोनल थाल्ने मधेस केन्द्रीत दलले निर्णय गरेका छन् ।
kathmandutoday

२२ फागुन,काठमाडौं । यतिखेर भारतिय टेलिभिजनको प्राइम टाइम, अखबरका प्रमुख हेडलाइन र अनलाइन समाचारका मुख्य स्थानमा एउटा नाम छ- कन्यैया कुमार। देश द्रोहको आरोपमा प्रहरी द्धारा प्रकाउ परेपछी   उनी २२ दिनपछी तारिख छुटेका हुन् ।

छुटे लगतै उनले गरेको एक भाषण इन्टरनेटमा भाइरल भयो।  जवाहर लाल नेरु विश्वविद्यालका विद्यार्थी युनियनका सभापति कन्हैया कुमारको पक्ष सोसियल मिडियामा समेत ठुलो लहर छ। उनि ट्विटर ट्रेण्ड गर्दैछन् भने फेसबुकमा बहसको विषय बनेका छन्। उनको ४० मिनेट भन्दा लामो भिडियोले भारतभर तरंग पैदा गरेको छ।

जेएनयुमा भएको विद्यार्थी आन्दोलन भारत विरोधी नारा लागेको भन्दै प्रहरीले कन्हैया कुमात सहितका विद्यार्थीलाई पक्राउ गरेको थियो। केही भारती मिडियासमेत साच्चै राष्ट्रद्रोह गरेको भन्दै सनसनीपुर्ण भिडियोहरु प्रसारण गरेका थिए। तर २२ दिनको जेल पनि कन्हैया कुमार अप्रत्याशित शुरमा भारतभरि छाए। उनलाई वर्तमान राजनैतिक दलको विकल्पका रुपमा समेत पेश गर्न थालिसकिएको छ ।उनको दमदार भाषणलाई ठुला टेलिभिजन मिडियाहरुले प्रत्यक्ष प्रसारण गरेका थिए।

उनले भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयम सेवक संघमाथि जोडदार हमला बोलेका छन्।

२२ दिन अगाडी सम्म कन्हैया कुमारलाई परिचय ठुलो थिएन। जवहारलाल विश्वविद्यालय परिसर भित्र मात्र उनको नाम थियो तर यतिखेर उनि जबरजस्त रुपमा राजनैतिक विकल्पका रुपमा उदाएका छन्।
nepaliheadlines

वीरगन्ज, २२ फागुन । नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजन क्षेत्रीय ब्यूरो कार्यालय वीरगंजका ब्यूरो प्रमुख राजु श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पत्रकार श्रेष्ठलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरेका थिए ।
सम्मान सहित पुरस्कारको राशी २५ हजार रहेको छ । प्रमुख अतिथि घिमिरेले मर्यादित पत्रकारकारीको माध्यमबाटै मुलुकको राजनीतिक, सामाजिक र आर्थिक बिकास हुनेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष धुब साहको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले सिफारिसको आधारमा बरिष्ठ साम्बाददाता राजु श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।
dainiknepal

काठमाडौं– भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई सम्बोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन्।

'पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन्। यहाँका नेताहरु उनीहरुको समस्या सम्बोधन गर्न सक्षम छन्,' रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, 'हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौं।' कार्यक्रममा नितिशले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनी असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै आफूले उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए।

'नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो,' उनले भने, 'नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन। नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ।' नितिश कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे। उनले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताए।

'भारतीयहरु नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस् भन्ने चाहन्छन्। नेपालमा विकासको धेरै सम्भावना छ । भुटानको भन्दा धेरै नेपालमा जलविद्युतको सम्भावना छ। मैले सुनेको छु,' उनले भने, 'यहाँ एक लाख मेघावाट विद्युत उत्पादनको क्षमता छ। यसलाई उपयोग गर्न सके नेपालको आर्थिक विकास हुन्छ।' उनले नेपालमा आवश्यकबाहेकको विद्युत् भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नु पर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका बताए।

'नेपालको विकास भए भारतलाई राम्रो लाग्छ। दुई देशवीच राम्रो सम्बन्ध छ,' उनले भने, 'मैले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुसँग कुरा गरे उहाँहरुको पनि यही भावना छ।' नेपालमा धार्मिक पर्यटनसहित जलविद्युत्, कृषि र उद्योगको सम्भावना रहेको भन्दै यस विषयमा सबै सम्बेदनशिल हुनु पर्ने आफ्नो धारणा सुनाए।

नितिश कुमारले काँग्रेसको १३ औं महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण व्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताए।
nagariknews

वीरगन्जः मधेस आन्दोलन ताका दिनहु बन्दुक र लठ्ठी बोकेर घण्टारघर क्षेत्रमा देखा पर्ने प्रहरीहरु शनिवार बिहान अचानक  हातमा झाडु लिएर देखा परे पछि बटुवाहरु छक्क परे ।

बर्दीमै रहेका प्रहरीमध्ये कोहीले घण्टाघरको भित्तामा झाडुले सफा गर्न थाले भने कोही पर्खालमा टाँसिएको पर्चा पम्प्लेटमा पानी छ्यापेर तार ब्रसले कोतर्न लागे ।

लौ है केटा हो नेपाल पुलिसको इज्जत नफाल है, आज घण्टारघर चिटीक्कै पार्नुपर्छ, सफाइमा जुटेका प्रहरी जवानलाई प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले हौस्याउँदै भने ,‘राम्रोसँग सफा गर्नुपर्छ, अनि रङ पनि लगाउनु पर्छ ।’

झण्डै ६ महिना चलेको मधेस आन्दोलनका कारण अस्तव्यस्त र फोहर वीरगन्जका सार्वजनिक सम्पदा र स्थलहरुमा नेपाल प्रहरीले शनिबारदेखि सरसफाइ अभियान चलाएको छ ।

अभियानको पहिलो दिन शनिबार प्रहरीले घण्टारघर र नजिकै रहेको मधेसी नेता स्वर्गीय बाबा रामजनम तिवारीको शालिक परिसरमा सरफाइ गरेको छ ।

प्रहरीको सरसफाइ अभियानमा वीरगन्ज पब्लिक कलेजका छात्रछात्रा, केआई नेपालका स्वय्सेविका र वीरगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारीले पनि साथ दिएका थिए ।

नगरपालिकाको वारुण यन्त्रले घण्टारघर भित्ता र गजुरमा पानी छयापेर सफा गरिरहेका बेला सडक छेउमा उभिएका स्थानीय प्रदीप महत्तोले भने, ‘आहा ! आज घण्टाघरको मन औधी रमाएको होला, धुवाँधुलोले आजित थियो, आज त उसको आँत नै हाँसेको होला, धन्यवाद नेपाल पुलिसलाई ।

शनिवार बिहान घण्टाघरको पर्खालमा टाँसिएको पर्चा सफा गरेर प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सरसफाइ अभियानको शुभारम्भ गरेका थिए  ।

सरफाइ अभियानमा सहभागी वीरगन्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रा रिंकी सर्राफले सधँैभरि बन्दुक र लठ्ठी मात्र बोक्ने प्रहरीले विधार्थीसँग मिलेर सार्वजनिक स्थानमा सरफाइ गरेको देख्दा आफुलाइ खुशी लागेको बताइन् ।

‘वीरगन्ज हाम्रो ठाँउ हो, यसको सरसफाइ त हामी आफैँले गर्नुपर्छ’, उनले भनिन्, ‘तर पुलिस दाइहरुले आज हाम्रो आँखा खोलिदिनुभएको छ, यसबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’

सरसफाइ अभियानमै सहभागी केआई नेपालकी कमला घिमिरेले प्रहरीको यस्ता गतिविधिले नागरिकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने बताइन् । ‘आममानिसमा प्रहरीको काम बन्दुक चलाउने र चोर अपराधी समात्ने मात्रै हो भन्ने सोचाइ छ’, उनले भनिन् ।

‘त्यस्ता सोचाइमा प्रहरीका यस्ता कामले परिवर्तन ल्याइदिन्छ, अनि सम्बन्ध पनि नजिक बनाइदिन्छ, प्रहरीको यो काम सराहनीय छ ।’

मधेस आन्दोलनका कारण सरफाइको अभावको अभावमा फोहर भएका वीरगन्जका सार्वजनिक सम्पदा र स्थलहरु सफा गर्न अभियान थालिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

वीरगन्जमा गत सातादेखि सन्चालन गरिएको ‘हाम्रो साथी प्रहरी’ नामक अभियान अन्तर्गत नै सरसफाइ अभियान पनि सन्चालन गरिएको उनले बताए ।

वीरगन्ज शहरलाई आकर्षक र सुन्दर बनाउन सरसफाइ अभियान सुरु गरिएको भन्दै प्रहरी उपरिक्षक श्रेष्ठले भने, ‘सरसफाइ अभियानअन्तर्गत साताको हरेक शनिबार वीरगन्जका सार्वजनिकस्थलमा प्रहरीले सरसफाइ गर्छ ।’

ताप्लेजुङ: ताप्लेजुङ खोक्लिङमा भएको बिवाद हिंसात्मक बनेपछि प्रहरीले हवाई फायर गरेको छ । भीड नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका एक असई घाइते भएका छन् ।

यौन दुरव्यवहारको बिषय मिलाउने क्रममा भएको विवादमा जम्मा भएको भीड नियन्त्रण गर्न खोज्दा स्थानीयको आक्रमणमा अस्थायी प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाइते भएका हुन् ।


उनको टाउकोमा चोट लागेको र टाउकोमा दश टाँका लगाइएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागी घाइते असईलाई जिल्ला अस्पताल तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज थापाले स्थानीय एक महिलालाई यौन दुव्र्यबहार गरेको बिषयमा बिद्यालयमै छलफल भइरहेको थियो । छलफल भइरहेकै समयमा स्थानीय महिलाहरुको एक समुहले आरोपित थापामाथि जाइलागेका थिए ।

दुई पक्षबीच झडपको स्थिति आउन लागेपछि प्रहरीको टोलीले भीड नियन्त्रणको प्रयास गरेको थियो । तर प्रहरीमाथि नै प्रहार हुन थालेपछि हवाई फायर गरेर भीड तितरवितर पारिएको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरीमाथी हातपात गर्नेको पहिचान नभएपनि प्रहरीले घटनामा संग्लग्न १२ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र स्थिती नियन्त्रणमा रहेको ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले बताए ।
annapurnapost

काठमाडौं, ७ फागुन । राजनीतिदेखि सीमा मिच्नेसम्मका हस्तक्षेप गर्दै आएको भारतविरुद्ध पहिलोपटक नेपालले कुरा उठाएको छ ।
भारतले आफ्ना राजदूतमार्फत राजनीतिमा प्रत्यक्ष हस्तक्षेप र दबाब दिइरहेका बेला नेपालबाट भने विद्यार्थीले हस्तक्षेप र दबाब दिएका हुन् ।
विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भारत सरकारविरुद्ध कुरा उठाएका हुन् । यसको सुरुवात एमाओवादी निकट अखिल क्रान्तिकारीले गरेको छ ।
क्रान्तिकारीले भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष कन्हैयाकुमारलाई गिरफ्तार गरेको घटनाप्रति आपत्ति जनाएको छ ।
संगठनका अध्यक्ष रमेश मल्लले शुक्रबार एक विज्ञप्ति जारी गरी भारतीय राज्यद्वारा प्राज्ञिक थलोभित्र नांगो हस्तक्षेप भएको भन्दै उक्त घटनाको भर्त्सना गरेका हुन् । उनले यो विज्ञप्तिलाई भारतीय राजदूतावासमार्फत भारतको सरकारलाई समेत पठाएका छन् ।
विज्ञप्तीमा भनिएको छ– ‘विश्व जगतमा आफुलाई लोकतन्त्रको अब्बल मठाधिस दावी गर्ने गणतन्त्र भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय काण्डमा नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्राज्ञिक स्वतन्त्रताको धज्जी उडाएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

कन्हैयाकुमार
विज्ञप्तीमा भारत सरकारलाई प्राज्ञिक मर्यादा र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कन्हैयाकुमारको अबिलम्ब रिहा गर्न समेत माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘प्राज्ञिक थलोभित्र नाङ्गो रुपमा राज्य आतंक मच्चाउँदै जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी यूनियनका अध्यक्ष कन्हैया कुमारले दिएको अभिव्यक्तिलाई लिएर उनलाई गिरफ्तार गर्ने, विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निष्काशन गर्ने र प्राध्यापकहरुलाई आतंकित पार्ने खालका अलोकतान्त्रिक हर्कतको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।’
dainiknepal


फागुन ७, काठमाडौं ।

सरकाले सिमाङकन विवादका लागि दिल्लीको डिजाईनमा राजनीतिक संयन्त्र गठन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आरोप लगाएको छ । आन्दोलनकारीको सहभागीताबीन संयन्त्र गठन गरिएकोमा आक्रोश व्यक्त गर्दै मोर्चाले दिल्लीको चाकडीका लागि सरकारले अपूर्ण राजनीतिक संयन्त्र गठन गरेको बताएको हो । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको सहमति अनुरुप राजनीतिक संयन्त्र गठन गरिएको सद्धभावनाका सहध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो ।
संयन्त्रले सिमांकने विषय सम्बोधन गर्न नसक्ने कर्णको भनाई छ । एकतर्फी ढंगले बनाईएको संयन्त्र नमान्ने मोर्चाले बताइसकेको छ । वार्ताबाट समाधान खोज्न मधेशी मोर्चा लचिलो भएपनि आन्दोलनका मुद्दा सम्बोधन गर्न सरकार गम्भीर नरहेको कर्णको भनाई छ । यस्तै प्रधानमन्त्रीको भारत भ्रमणमा टिप्पणी गर्दै कर्णले आन्तरीक समस्या समाधान नगरीकन भएको भ्रमणको कुनै अर्थ नहुने बताउनुभयो । मधेशी थारु आदिवासीका माग सम्बोधनका लागि गम्भीरता नदेखाएको भन्दै मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।
radiokantipurdiar

काठमाडौँ– चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिए ।

“विराटनगर–किमाथाङ्का ३१० किमी सकडमध्ये ८४ किलोमिटरको ट्र्याक खोल्न बाँकी छ, अन्य स्थानको सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ, दुई वर्षमा काम सम्पन्न हुन्छ”–उनले भने ।

तातोपानी नाकाको बाह्रबिसेदेखि कोदारीसम्मको ४० किलोमिटर सडकलाई पनि यस अवधिमा कालोपत्रे गरिनेछ ।

रसुवाको केरुङ् नाकासम्मको सडकलाई दुई लेनको बनाई कालोपत्रे गरिने भएको छ । गल्छी, रसुवागढी ८२ किलोमिटर सडक दुई लेन बनाई कालोपत्रे गर्न बाँकी रहेको र अन्य खण्डको सडक स्तरोन्नति भइसकेको सडक विभागले जनाएको छ ।

रुपन्देहीको बेल्हैयादेखि कोरला नाकासम्मको ३९० लिोमिटर दूरीमध्ये म्याग्दीको राम्दीदेखि कोरलासम्मको ३०२ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । जोमसोम–कोरला १०० किमी सडक ग्राभेल मात्र गरिने बताइएको छ ।

चारवटै नाकाका सडक कालोपत्रे गर्नका लागि एक किलोमिटर बराबर रु ६ करोडदेखि रु १० करोडसम्म लाग्ने अनुमान गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

यो सडकमध्ये बाह्रबिसेदेखि तातोपानीको ४० किलोमिटरलाई र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५ मिटरको निर्माण, विस्तार, कालोपत्रे र स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको मन्त्रालयले जनाएको छ ।

दुई वर्षमा चारवटै नाकाको काम सम्पन्न गरी १२ महिना सञ्चालन हुने अवस्थामा पु¥याउने मन्त्रालयको लक्ष्य छ ।

ratopati

एजेन्सीः भारतको गुजरातमा ५५ वर्षदेखि मादक पदार्थ सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । तर, राज्यका कुनै गाउँमा त्यस्तो ठाउँ छैन जहाँ मादक पदार्थ राखिएको पसल नहोस ।

स्न १९६० मा गुजरात र महाराष्ट्र जब अलग भए त्यही बेलादेखि गुजरातमा रक्सी बिक्री वितरणमा  प्रतिबन्ध लगाइएको थियो ।


गुजरातमा ६० हजार पुलिस तथा नशावन्दी विभागका दुई हजार सिपाही मापसे नियन्त्रणका लागि प्रयोग गरिएका छन् ।

सरकारी तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा २.४६ अरब भारतीय रुपैयाँ (अर्थात साढे तीन अर्ब ९३ करोड रुपैयाँ) को अवैध अंग्रेजी रक्सी कब्जा गरिएको थियो ।

गाउँमा रक्सीको बिक्री वितरण रोक्न नसकेको देखेर सरकार प्रति सर्वसधारणको भरोसा हटेको थियो । तर अधिकारीहरुले अघिल्लो वर्ष ८२ करोड भारतीय रुपैयाँ (एक अर्ब ३१ करोड रुपैयाँ) बराबरको रक्सी नष्ट गरेका थिए ।

सर्वसाधारणको निराशाका कारण सरकारले अब अबैध रुपमा रक्सी उत्पादन हुने ठाउँमा छापा मार्ने भएको छ । यस अभियानलाई ‘जनता रेड' नाम राखिएको छ ।

व्यसन मुक्ति आन्दोलन चलाइरहेका गुजरात ठाकोर सेनाका नेता खोडाजी ठाकोरले भने–‘गुजारातका गाउँमा देशी तथा विदेशी रक्सी सेवनका कारण हजारौ युवाको मृत्यु भएको छ । हामी सिर्फ सरकारको भरोसामा मात्र बस्दैनौं ।'


गत २६ जनवरीमा ठाकोर सेनाले गुजसातमा व्यसन मुक्ति आन्दोलनको सुरुवात गरेको थियो । यसपछि अहिलेसम्म उत्तरी गुजरातका आठसय भन्दा बढी मानिसलाई पक्रिएको तथा अन्य रक्सी उत्पादन गर्ने स्थानलाई बन्द गरेको खोडाजीले बताए ।

गान्धिनगर रेन्जका आईजी असमुख पटेलले भने–‘प्रत्येक जिल्लाका प्रहरी अधिकारीलाई आफ्नो इलाकाका ५० गाउँलाई रक्सी मुक्त क्षेत्र बनाउन भनिएको छ ।'

उनले भने–‘हामीले जनता रेड अभियान चलाउने नेतालाई पनि भनेका छौं, जहाँ रक्सी बिक्री वितरण गरिन्छ त्यसको बारेमा पुलिसलाई जानकारी दिनुहोस, किनकी जनता रेडको अवस्थामा ठेकेदार तथा सर्वसाधारणबीच भिडन्त हुनसक्छ । यसले कानुनको स्थिति बिगार्नसक्छ ।'

केहिसमय पहिले अहमदाबाद क्राइम शाखाले राजस्थानमा रक्सी बेच्ने तथा गुजरातमा नियमित रुपमा रक्सी पठाउने कैलाश राठीलाई गिरफतार गरिएको थियो ।

राठीलाई पक्राउ गर्ने सब इन्सपेक्टर तरल भट्टले भने–‘राठीले बताएअनुसार गुजरातमा अवैध रुपमा रक्सी पठाउन उनले २७ ट्रक किनेका थिए । उनी त्यही ट्रकको सहयोगमा गुजरातमा रक्सी पठाउने गर्दथे ।'

नशाबन्दी विभागका एक अधिकारीले बताए अनुसार अवैध रक्सी पक्राउ गरेपछि अदालतले दिने आदेश अनुसार पक्राउ गरिएको रक्सीलाई खुल्ला सडकमा राखेर त्यसमाथि रोड लोडर घुमाइनेछ । बीबीसी
annapurnapost

आइतबार २४ माघ, २०७२

पोखराको पृथ्वीचोकमा शनिबार बिहान बस तेस्र्याएर सडकमा अवरोध गर्दै व्यवसायी । तस्बिरः सन्तोषपोखराको पृथ्वीचोकमा शनिबार बिहान बस तेस्र्याएर सडकमा अवरोध गर्दै व्यवसायी ।
पोखरा— पोखरा नगरभित्र विन्ध्यवासिनी बस व्यवसायी समितिलाई पनि बस सेवा सञ्चालन गर्न अनुमति दिइएपछि आफ्नै सिन्डिकेट लाद्न पुराना व्यवसायी शुक्रबारदेखि सडकमा बस तेस्र्याएर विरोधमा उत्रिँदा यात्रु मारमा परे । उनीहरूले शनिबार पनि विरोधको यो शैलीलाई निरन्तरता दिँदा बिरामी बोकेका एम्बुलेन्स पनि सहज रूपमा चल्न पाएनन्।

पुराना व्यवसायीले बिहानैदेखि सडकमा अवरोध खडा गरेपछि यात्रु अलपत्र परेका थिए । चार दिनपछि वार्ताद्वारा समस्या समाधान गर्ने सहमति भएपछि दिउँसो एक बजेपछि बल्ल अवरोध हट्यो । सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार पनि सडकमा अवरोध गरेका थिए ।

सार्वजनिक यातायातमा सिन्डिकेटले गर्दा यो व्यवसायमा नयाँ व्यवसायीको प्रवेश मुस्किल बनेको छ भने यात्रुले पनि सास्ती पाएका छन् ।

विन्ध्यवासिनीले बस चलाउन खोज्दा पुराना व्यवसायीबाट अवरोध भएकोमा उपभोक्ता आक्रोशित छन् । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला यातायात व्यवसायीले सिन्डिकेट लाद्न खोज्दा समस्या आएको बताउँछन् ।

उनका अनुसार प्रतिस्पर्धा प्रवद्र्धन तथा व्यवसाय संरक्षण ऐन २०६३ ले नेपालभर सबैखाले सिन्डिकेट नष्ट गर्ने भने पनि कार्यान्वयन हुन सकेको छैन । यो ऐनको उद्देश्य कुनै पनि सिन्डिकेट र कार्टेलिङ रोक्ने हो ।

'सर्वाेच्च अदालतले २०६७ फागुनमा यातायात क्षेत्रमा सिन्डिकेट खारेज गर्न भनेको थियो । तर व्यवसायीले मानेनन् । अदालतको आदेश नमानेर कानुनी राजको उपहास भएको छ,' उनले भने ।

विन्ध्यवासिनीलाई नगर क्षेत्रमा यातायात सञ्चालन गर्न दिँदा एकाधिकार तोडिएको भन्दै गण्डकी–धवलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिले सडक अवरुद्ध पारेको हो । यस समितिमा पोखराका नगरबस, ट्याक्सी, मझौला बसलगायत समिति आबद्ध छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विन्ध्यवासिनीलाई माघ १५ गते रुट परमिट दिएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले पेसा व्यवसाय गर्न पाउने अधिकार कसैले हनन् गर्न नपाउने बताए । विन्ध्यवासिनीका बसलाई सडकमा गुड्नबाट कसैले रोक्न नसक्ने उनले बताए ।

विन्ध्यवासिनी बस व्यवसायी समितिका अध्यक्ष समबहादुर गुरुङले भने, 'हामीलाई सरकारले अनुमति दिएको हो । कसैले रोकेर पेसा व्यवसाय रोकिन्न,' उनले भने, 'स्थानीय प्रशासनले केहीदिन पर्खिनु भनेकोले चार दिनसम्म मानेका हौ । बुधबार बस्ने बैठकपछि सडकमा बस निकाल्छौं ।'

गण्डकी–धवलागिरी समन्वय समितिका अध्यक्ष बसन्त प्रधानले यातायात व्यवस्था कार्यालयले रुट इजाजत दिने, तर व्यवस्थापन नगरेकाले विरोध गरेको बताए । उनले भने, 'सरकारले आवश्यकता नहेरी नयाँ समितिलाई बस चलाउन दिएर विवाद ल्याएको छ ।'

नेपाल यातायात राष्ट्रिय महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारी सरकारले नियमन गर्नुपर्ने बताउँछन् । उनले भने, 'मिलेर व्यवस्थापन गरौं भनेका हौं । व्यवस्थापन गर्न खोज्दा एकाधिकारको आरोप लागेको छ ।'
nagariknews

बिहानै उठ्ने, नित्यकर्म गर्ने, अनि बारीमा गएर तरकारी गोड्ने, सिंचाई गर्ने, बारी खन्ने यस्तै काममा व्यस्त छन भरत बोहरा ‘सेवक’।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्षका क्रममा २०६० सालदेखि भूमिगत जीवन बिताएका एनेकपा माओवादीका नेता भरत बोहरा ‘सेवक’ अहिले तरकारी खेतीमा लागेका छन्। डोटीको गैरागाउँमा जन्मेका बोहरा तरकारी खेतीबाट भएको आम्दानीले दुई बर्षमा कार चढ्ने सोचमा छन्।

 दिपायल सिलगढी नगरपालिका–१ मा १० रोपनी जमिनमा तरकारी खेती गर्दै आएका उनी खेती थप विस्तार गर्ने तयारीमा छन्।

 “अहिले १० रोपनीमा गर्दै आएको छु, नयाँ बर्ष देखि थप २० रोपनी गर्ने योजना बनाएको छु” उनले भने। ५० रोपनीसम्ममा तरकारी खेती गर्ने उनको योजना छ। तरकारी खेतीबाटै राम्रो आम्दानी हुने र राष्ट्रलाई पनि आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले आफू तरकारी खेतीमा लागेको उनको भनाई छ।

 बारीमा अहिले टमाटर, काँक्रा, लौका, भेण्डी, खुर्सानी, मुला, धनीया, घ्यूसिमी, भाण्टा जातका तरकारी लगाउन उनले सुरु गरेका छन्। प्रांगारिक तरकारी उत्पादनलाई जोड दिनेगरी आफूले व्यवसाय गर्ने उनी बताउँछन्।

क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका बोहरा अहिले दिनभर तरकारी बारीमा ब्यस्त छन। भन्छन् “म किसानको छोरा कृषि गर्छु, मलाई कुनै दुखेसो छैन, तरकारी बारीमा पुग्दा आनन्द आउँछ।”
 setopat

काठमाडौं-भारतले नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई निमन्त्रणा गरेर नेपालमा 'विरोधाभास सन्देश' दिन नखोजेको स्पष्ट पारेको छ। नेपालका सबै राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेको उल्लेख गर्दै भारतले कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ।


बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, 'हामीले कुनै विरोधाभाष सन्देश दिएका छैनौं, नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौं।'

पत्रकार सम्मेलनमा 'तपार्इंले नेपालमा भएको संविधान संशोधनको स्वागत गर्नुभयो र केही नेपाली नेतालाई भारतमा स्वागत गर्नुभयो जसमा नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका व्यक्तिसमेत छन्, किन कन्फ्लिक्टिङ म्यासेज (विरोधाभास सन्देश) दिन खोजिएको?' भन्ने प्रश्न गर्दा प्रवक्ता स्वरुप चलाखीपूर्ण उत्तर दिएर पन्छिए।

उनले नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका व्यक्ति र तिनको भारत भ्रमणका सवालमा झन् एक शब्द पनि बोलेनन्।

नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका व्यक्तिलाई छिमेकी भारतले स्वागत गर्न हुन्छ वा हुँदैन भन्ने प्रश्न भारतमै पहिलोपटक उठेको हो, त्यो पनि विदेश मन्त्रालयभित्रै।

'हामी सबै नेपालीसँग सम्पर्कमा रहन्छौं। कुनै एकको पक्ष लिएका छैनौं। हाम्रो एक मात्र इच्छा शान्त, स्थिर र समृद्ध नेपाल हो,' विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने।

सार्क बडापत्र, संयुक्त राष्ट्रसंघको बडापत्र र अँगालेको परराष्ट्र नीतिमा समेत नेपाल र भारत दुवै देशले एकअर्का राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि क्रियाकलाप गर्न नदिने प्रतिबद्धता गरेका छन्। पत्रकार सम्मेलनमा 'आलोक' नामका भारतीय एक पत्रकारले यसैलाई आधार बनाएर 'छिमेकी नेपालमा पृथक्तावादी आन्दोलन गरिरहेका व्यक्तिलाई भारतमा किन स्वागत गरियो?' भनी गम्भीर प्रश्न गरेका थिए।

प्रवक्ता स्वरुप उनको मूल प्रश्नको जवाफै दिएनन् र अन्य प्रश्नतर्फ मोडिए।

'नेपालको संसदले गरेको संविधान संशोधनको हामीले स्वागत गरेका छौं। हामी यो विश्वास गर्छौं कि यो प्रक्रियाको एक भाग हो,' प्रवक्ता स्वरुपले भने, 'मधेसी दलका अन्य माग पनि छन्। हामी आशा गर्छौं, दुवै पक्षले लचकता अपनाई संवादमार्फत समाधान निकाल्नेछन्।'

संसदले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न शनिबार पहिलोपटक संविधान संशोधन गरेको थियो। मधेसी मोर्चाको समावेशी समानुपातिक सहभागिता र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने प्रमुख माग सम्बोधन गर्न संसदले संविधानका तीनवटा धारा ४२, ८४ र २८६ संशोधन गरेको थियो। पुस ५ गते संविधान संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषदले पारित गर्दा त्यसको स्वागत गरेको भारतले संविधान संशोधनको भने स्वागत गरेको थिएन।

संविधान संशोधन भएको भोलिपल्ट आइतबार विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले नै आफ्नो टि्वटरमार्फत संशोधनलाई 'सकारात्मक कदम' मात्र बताएका थिए। तर बिहीबार भने सच्चिँदै उनले शनिबार संसदले गरेको संविधान संशोधनलाई भारतले स्वागत गरेको स्पष्ट पारे। उनले नेपालमाथि भारतले लगाइरहेको नाकाबन्दीका विषयमा पनि केही बोलेनन्।

नेपालका प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुलेपछि भारत भ्रमणमा आउने बताउनुभएको छ, उहाँको भारत भ्रमण कहिले हुन्छ? भन्ने पत्रकार जिज्ञासामा प्रवक्ता स्वरुपले भने, 'उहाँ प्रधानमन्त्री भएकै दिन हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले फोन गरी बधाई र भारत भ्रमणको निम्तो दिनुभएको हो। नेपालका प्रभानमन्त्रीज्यूले भारतको भ्रमण गर्ने कुरा आएको छ तर मिति तय भएको छैन। मिति तय भएपछि भ्रमण हुन्छ।'

संविधान संशोधनलगत्तै नाकाबन्दी खुल्ने आशा सरकार र प्रमुख राजनीतिक दलले गरेका थिए। नेपाल सरकार र राजनीतिक दलको आशाविपरीत भारतले भने मधेसी मोर्चाका थप माग पनि सम्बोधन गर्न दबाब दिइरहेको छ।

'छिटोभन्दा छिटो नेपालले संवाद, लचकता र सहमतिमार्फत आन्तरिक समस्या समाधान गरोस् भन्ने चाहना भारतको छ,' प्रवक्ता स्वरुपले भने।

नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले संविधान जारी भएकै निहुँमा नेपालमाथि नाकाबन्दी लगाउँदै आएको छ।

भारतीय विदेश मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त पत्रकार सम्मेलनको भिडियो रेकर्ड सार्वजनिक गरेको छ।

nagariknews

मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो । क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाए पैसा असुल्दै आएकी थिइन् । यसैबीच काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् ।

नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरे कलाकारहरु मिटर ब्याजको धनमा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने केही टाट पल्टिएका छन् ।


नायिका दीपाश्री निरौलादेखि रेखाथापासम्मले मिटर ब्याजमा पैसा लगानी गरेका छन् । उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चलाउने फिल्म निर्माता ध्रुव न्यौपानेलाई पैसा लगानी गरेका थिए । न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती भएको थियो ।

हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन । न्यौपाने पनि यतिबेला उपत्यकाबाट विस्थापित भइसकेका छन् । दृष्टि साप्ताहिक बाट

9:43:00 PM , ,
काठमाडौं, २८ फागुन । पूर्वयुवराज पारस शाह नेपाल फर्कने भएका छन् ।
यसअघि दसैं, तिहार वा बाबुआमाको जन्मदिमा पनि नेपाल नआएका उनी भान्जा पार्थक सिंहको व्रतबन्धमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।


भान्जा सिंहको व्रतबन्ध चैत १५ गते हुने भएको छ ।

लुङखाई कारागारमा रहँदा उनको मुद्दा फैसला हुने हो वा होइन भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा बहिनी प्रेरणाले व्रतबन्धको मिति तय गर्न सकेकी थिइनन् ।


तर, करिब दुई साताअघि नै अदालतले पूर्वयुवराज पारसको पक्षमा फैसला गर्ने लगभग जानकारी भइसकेपछि व्रतबन्धको मिति तय गरिएको छ ।

पारस जेलबाट छुटेर अदालतको प्रक्रिया अघि बढाएपछि परिवारमा खुसी छाएको छ ।
मामा पारस नभएदेखि यो वर्ष व्रतबन्ध नहुने अवस्था थियो ।

तर अदालतले मुद्दाको टुंगो लगाएका कारण पारस आउने पक्का भएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
हिन्दु परम्पराअनुसार व्रतबन्धमा भान्जाको कपाल, काट्नेदेखि वटुकले लगाउने सबै लुगा मामाले दिने चलन छ ।

8:12:00 AM , ,
२७ फागुन, आवुधावी ।



नेपाली कामदारसहित विदेशी कामदारहरुले दुवईमा प्रदर्शन गरेपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ ।


न्युन तलब दिएको ओभर टाइम काम गरेको पैसा नदिएको विरोधमा सार्वजनिक प्रदर्शनमा रोक लगाइएको भएपनि नेपालीहरुले प्रदर्शनको नेतृत्व गरेको बताइएको छ ।



प्रदर्शनमा भारत र बंगलादेश तथा श्रीलैकाका कामदार समेत सहभागी भएको समाचारमा उल्लेख छ ।


 बुधबार दुबई मल अगाडी २ घण्टा सम्म प्रदर्शन भएको बताइएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे परेको गल्फन्यूजले जनाएको छ ।

9:48:00 PM , ,
२०७१ फागुन २४ गते
२४ फागुन, काठमाण्डौ । महिलाहरु पुरुषभन्दा कुनै क्षेत्रमा कम छैनन् भन्ने दृष्टान्त पेश गर्दै नेपाली चेली जमुना गुरुङ अष्ट्रेलियाका आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी छिन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बीआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा गुरुङ आठौं नम्बरमा राखेको छ । गुरुङ अष्ट्रेलियामा व्यवसाय गर्दै आइरहेकी छिन् ।
नेपालको लम्जुङमा जन्मिएकी गुरुङ गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका पति शेष घलेसँगै उच्च शिक्षाका लागि सन् १९९१ मा अष्ट्रेलिया पुगेका थिइन् । श्रीमानसँगको साझेदारीमा एमआईटी कलेजको स्थापनासँगै उनीहरुको सम्वृद्धि यात्रा अघि बढेको हो ।


‘अन्य आम नेपाली महिलाहरुजस्तै म पनि गाउँमा घाँस दाउरा गर्दै हुर्किएकी हुँ’ आफ्नो बाल्यकालबारे सम्झँदै गुरुङले भनिन्- बिहान पानी बोकेर, घाँस दाउरा गरेर स्कूल जान्थेँ ।’

आफ्ना अभिभावकले शिक्षाको महत्व बुझेर पढाएका कारण अघि बढ्न सहज भएको उनी बताउँछिन् ।
अष्ट्रेलियन म्यागेजिनका अनुसार यो बर्ष जमुनाको सम्पत्ति २६ करोड ४० लाख अष्ट्रेलियन डलर (झण्डै २० अर्ब रुपैयाँ) पुगेको छ । अघिल्लो बर्ष गुरुङ  १० करोड अष्ट्रेलियन डलरसहित यो सूचीको एघारौं नम्बरमा थिइन् ।
एक बर्षको अवधिमा गुरुङले अष्ट्रेलियाका धनी महिलामध्ये सबैभन्दा धेरै प्रगति हासिल गरेकी छिन् । गत वर्षभन्दा तीन स्थान माथि उक्लिँदै उनले झण्डै १६ करोड अष्ट्रेलियन डलर सम्पत्ति थप गरेकी छिन् ।
यो वर्ष सबैभन्दा धेरै कमाउने महिलाहरुको सूचीमा उनी एक नम्बरमा छिन् ।
आफ्ना पति शेष घलेसँगको साझेदारीमा उनले मेलवर्नमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज सञ्चालन गरिरहेकी छिन् । उनको सम्पत्तिको महत्वपूर्ण यही कलेजको आम्दानी रहेको बीआरडब्लुले जनाएको छ ।
पत्रिकाका अनुसार गत वर्ष कलेजको आम्दानी झण्डै ६० प्रतिशतले बढेको छ । जमुना अष्ट्रेलियाका २०० धनीहरुको सूचीमा सन् २०१४ मा १५१ औं स्थानमा थिइन् ।

एमआईटी ग्रुप होल्डिङ्स मार्फत् रियलस्टेट कारोबारमासमेत संलग्न यो जोडीले मेलवर्न र सिड्नीका महत्वपूर्ण स्थानका पुरातात्विक महत्वका भवनको स्वामित्व लिएको छ ।

एमआईटी ग्रुप होल्डिङ्स मार्फत् काठमाण्डौमा निर्माण सुरु भएको ‘शेराटन काठमाण्डौं होटल’की मुख्य साझेदार पनि गुरुङ नै हुन् ।  उनीहरुले मेलवर्नमा पनि करिव ८० तले कम्प्लेसक्स र होटल बनाउने तयारी गरिरहेका छन् ।

एमअाइटी ग्रुप फाउन्डेसनमार्फत एक अर्ब रूपैयाँको परोपकारी कोष घोषणा गर्दै घले दम्पत्ति
एमअाइटी ग्रुप फाउन्डेसनमार्फत एक अर्ब रूपैयाँको परोपकारी कोष घोषणा गर्दै घले दम्पत्ति
नेपालमा स्वास्थ्य र शिक्षामा परोपकारी काम गर्ने लक्ष्यसहित हालै घले दम्पत्तिले नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका छन्

7:03:00 AM , ,

 २२

फागुन, झापा ।

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको आज बिहान मृत्यु भएको छ ।


मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

सङ्ग्रौलाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको मृतक सङ्गौलाकी कान्छी छोरी सुजाताले जानकारी दिईन ।

3:00:00 AM , ,
संजिब दाहाल
मलेसिया,फागुन २०– नेपालमा बेरोजगार भएपछि गरिब १३ वर्षअघि बसुन्चेत–१ नुवाकोटका हरिबहादुर घले वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
त्यसबेला भर्खरै बिहे गरेका उनको आर्थिक स्थिति अति कमजोर थियो। बिहे गरेको भोलिपल्ट बाट नै उनलाई पारिवारिक जिम्मेवारी समेत थपियो।
उसलाई गाउँको मजदूरीबाट आउने पैसा थोरै भएकाले घर व्यवहार चलाउन झन कस्टकर भयो भन्दै विदेश हानिएका थिए । त्यही बेला उता फेरि श्रीमती गर्भवती भइन्। उनलाई खर्चले धान्न धौ धौ हुन थालिसकेको थियो । त्यसपछि परिवार र भावी सन्ततिको सुन्दर सपना साँचेर उनी कमाउन मलेसियाको टिकट काटिछाडे ।

अनि हानिए मलेसिया । फेरि नेपालमा उनकी श्रीमतीले छोरी जन्माइन् ।  अहिले उनकी छोरी ११ वर्षकी भइसकेकी छिन् । यता छोरी र उनको श्रीमती उनको पर्खाईमा दिनरात तड्पिरहेका छन् ।

उनी चाहिँ मृत्युदण्डको पर्खाइमा मलेसियाको जेलमा कष्टकर दैनिकि जीवन बिताइरहेका छन्। के मा काम गर्थे त हरिबहादुर, यसरी फसाए साथीले उनलाई !
हरिबहादुर सन् २००३ मा नेपालबाट होटलमा कामका लागि गएका थिए । होटलमा मेहेनतका साथ काम गर्थे। उनको सुरुमा त कमाइ ठिकै थियो ।
एक दिनको कुरा हो, होटेलमा काम गर्ने सिलसिलामा हामी पनि नेपाली भन्दै गणेश गुरुङ र साजन गुरुङसँग परिचय गरेका थिए । सधैं भेटघाट बढेसँगै दोस्तीसमेत बढ्दै गयो । उनीहरुले विस्वास छौ भन्दै उनलाई कहिलेकाँही केही सामान राख्न दिन्थे। उनले जतनसाथ राखिदिन्थे र सामान फिर्ता लिँदा केही पैसा पनि दिन्थे।
उनी साथीहरुले गरेको विश्वासप्रति निकै मख्ख हुन्थे । र अझ पैसा पाउँदा त झन बढि नै मख्ख पर्थे ।

कुरा सन् २००३ मे ३० को हो । उसलाई गणेश गुरुङले सधैँ जस्तै एउटा ब्याग राख्न दिएर हिँडे। ब्याग थन्काइदिएर उनी आफ्नो काममा व्यस्त भए । त्यो दिन उनको दशा भनौं, ब्याग राख्न दिएको केही बेरमा मलेसियन प्रहरी होटलमा आइपुग्यो। होटलमा भटाभट खोजतलास गर्न थाल्यो।

उसलाई गुरुङले राख्न दिएको ब्यागमा प्रहरीले खोजतलास गर्न थाल्यो । प्रहरीले ब्यागभित्रबाट ८ ग्राम हिरोइन भेट्टायो । प्रहरीले यनको ब्यागबाट हिरोइन निकाल्दा उनी छाँगाबाट खसे झैं भएका थिए ।

त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्यो । त्यही बेला होटलबाट प्रहरीले गिरफ्तार गरि उनीमाथि लागूऔषधको मुद्दा चलायो ।

क्लालाम्पुरको नेपाली दुतावासकाअनुसार शुरुमा तल्लो अदालत हाइ कोर्टले सन् २००९ नोभेम्बर २६ मा उनलाई मृत्युदण्डको फैसला सुनायो। सो फैसलाविरुद्ध नेपाली दुतावासले पुनरावेदन गर्यो ।

सन् २०११ को जनवरी २५ मा दोस्रो तहको अदालतले पुनरावेदन खारेज गर्दै हाई कोर्टकै फैसलालाई सदर गर्यो । दुतावासले हरिबहादुरको ज्यान जोगाउन दोस्रो तहको अदालतको फैसलाविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्यायो। तर सन् २०१२ को सेप्टेम्बर २५ मा अन्तिम फैसला गर्दै सर्वोच्चले हरिबहादुरलाई मृत्यु दण्ड हुने निर्णय नै सदर गर्यो ।

सर्वोच्चको फैसलापछि हरिबहादुरको ज्यान जोगाउन मलेसियामा सबै कानुनी बाटाहरु लगभग बन्द भएका छन्। हरिबहादुर अहिले यहाँको काजाङ जेलको मृत्युण्डको पर्खाइमा दिन बिताइरहेका छन्। उनलाई मृत्युदण्ड दिइने मिति तय भइसकेको छैन। पार्डन बोर्डले सो मिति जुराउनेछ। मलेसियाका राजा अब्दुल हालिम प्रमुख रहेको पार्डन बोर्ड यहाँका अदालतका निर्णय कार्यान्वयन गर्ने अन्तिम निकाय हो।
हरिबहादुरको ज्यान जोगाउने सबै कानुनी बाटा बन्द भए पनि नेपाली दुतावासले अझै कुटनीतिक पहल गरिरहेको छ। यो घटनालाई नजिकबाट नियाली रहेकी मलेसियाका नेपालका दुतावास राजदुत डा.निरन्जन सिंह बस्नेतकाअनुसार दुतावासको आग्रहमा तत्कालीन प्रधानमन्त्री बावुराम भट्टराईले यहाँका प्रधानमन्त्रीलाई हरिबहादुरलाई मृत्युदण्ड नदिन आग्रह गर्दै पत्र लेखेका थिए। मृत्युदण्डको प्रक्रिया यहाँ अघि बढ्न थालेपछि दुतावासले उनको ज्यान जोगाउने अन्तिम अस्त्रका रुपमा राष्ट्रपति डाक्टर रामवरण यादव आग्रह गरेको छ।

राष्ट्रपतिले पनि दुतावासवासको आग्रह् अनुसार सन् २०१४ को १४ जुलाईमा यहाँका राजा अब्दुल हालिमलाई मृत्यु दण्ड नदिन आग्रह गर्दै पत्र लेखेका छन्। राष्ट्रपतिको पत्रलाई यहाँको पार्डन बोर्डले पेन्डिङमा राखेको छ। अब हरिबहादुरलाई मृत्युदण्डबाट रोक्न सक्ने एक मात्र निकाय यही पार्डन बोर्ड मात्रै हो।

मृत्यु पर्खेर जेल बसेका हरिबहादुरलाई आजभोलि दिन र रात एकै लाग्न थालेको छ।
उनको अवस्था बुझ्न समय–समयमा जेल गइरहने दुताबासका कर्मचारिलाई जाने गरेको राजदुत बस्नेतले जानकारी दिउका छन् । ुमेरो मृत्यु त निश्चित छ होला है म्याडम।ु आफ्नो देशको नागरिकले अर्काको देशमा मृत्यु निश्चित देखिरहँदा आफूलाई नरमाइलो लाग्ने उनले बताउँछन्।
उनको ज्यान जोगाउन नेपालबाट राष्ट्रपतिले यहाँका राजालाई पत्राचार गरेको खबर सुनाउँदा उनको अनुहार एक्कासि चमक देखियो।
अब म मारिन्न होला त रुु यो प्रश्नको जवाफ उनले दिन सकिनन् र भने, हामीले बचाउने प्रयास गरिरहेका छौं। चिन्ता नगर्नुस्।
हरिबहादुरले आफूले गल्ती गरेर नभई अर्काको सामान राखेकै भरमा मृत्युदण्डको सजाए सुनाइएको गुनासो गर्छन्। उनी नेपालबाट यहाँ आउँदा गर्भमा रहेकी छोरी अहिले ११ बर्ष भैसकेकी छिन् । उनलाई मर्नुअघि एक पटक छोरीको मुख हेर्न चाहन्छन्। मर्नुअघि छोरीको मुख देख्न पाए हुन्थ्यो। छोरीकै मुखै नदेखी मर्छु की ! उनी भन्छन्।
उनलाई मृत्युदण्डको फैसला सुनाइएपछि श्रीमतीले नेपालमा दोस्रो बिहे गरिन्। बावु मलेसियाको जेलमा र आमा अर्कैसँग हिँडेपछि ती बालिकाको बिचल्ली छ।
माफी पाएर नेपाल फर्किएमा छोरी पढाउने र वृद्ध आमाबुवाको हेरचाह गर्ने उनको धोको छ। राष्ट्रपतिले फेरि पहल गरे आफू बाँच्छु कि भन्ने आशा उनमा छ।
अब यहाँका राजाले राष्ट्रपति रामवरण यादवको आग्रहलाई स्वीकार गरी दयालु नबन्ने उनले मृत्यु स्वीकार्नुको विकल्प छैन।

10:10:00 PM , ,
काठमाडौं, २० फागुन । नेपाली युवतीलाइ विदेशी पुरुषसँग विवाह गराउने नाममा विदेशमा बिक्री गर्ने गरेको खुलेको छ ।
यस्तो धन्दामा सम्लग्न रहेको आरोपमा राजधानीका म्यारिज ब्युरोमा छापा मारेर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार महाराजगंजस्थित एक म्यारिज ब्युरोमा छापा मारेर एक कोरियन पुरुष र एक नेपाली महिलालाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सो म्यारिज ब्युरोले नेपाली युवतीलाई कोरियन पुरुषसँग विबाह गराउँदै आएको सिआइबीले जनाएको छ ।
कोरियामा पुर्‍याएपछि युवतीको यौन र श्रम शोषणा गर्ने गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मानव तस्करीको नयाँ तरिका अपनाएको र सो म्यारिज ब्युरोले धेरै युवतीलाई कोरियनसँग विवाह गराइसकेको अनुसन्धानबाट खुलेको छ ।
पछिल्लो समय चीन र कोरियाका पुरुषसँग धेरै नेपाली युवतीलेबिहे गर्दै आएका छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget