परासीः पूर्वपश्चिम राजमार्गको नवलपरासीस्थित दाउन्ने उकालोमा आइतबार साँझ दुईवटा ग्यास बुलेट पल्टिँदा एकजना चालकको मृत्यु भएको छ ।
पल्टिएका बुलेटमा एउटा अनियन्त्रित भएको हो भने अर्कोलाई ट्रकले ठक्कर दिएको दुम्किवास इलाका प्रहरी कार्यालयका निरीक्षक युवराज तिमिल्सेनाले बताए ।
अनियन्त्रित भइ पल्टेको बुलेटमा एनएलओ १ एन ३९२२ नम्बरको छ । उक्त बुलेट धादिङस्थित बाबा ग्यास कम्पनीमा जाँदै थियो ।
बुलेट पल्टिँदा भारतको पटना जिल्ला आसियानगर डिगारोड– १६ विहार बस्ने २४ वर्षीया चालक सोनुकुमार थापाको मृत्यु भएको हो ।
त्यस्तै चितवनको शाही बाबा ग्यास कम्पनीमा जाँदै गरेको जि.जे. ६ जेट ५४०७ नम्बरको बुलेटलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा पल्टिएको हो ।
उक्त बुलेटबाट ग्याँस लिग भएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । केही समयपछि कम्पनीबाट आएका प्राविधिकहरुले मर्मत गरेपश्चात जनजीवन सामान्य बनेको थियो ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.