Articles by "crime"


 उदयपुर / उदयपुरको कटारी नगरपालिका–६ स्थित एक पेट्रोल पम्पमा प्रहरीले छापा मारी शिलबन्दी गरेको छ । सरकारले तोकिएको मूल्यभन्दा बढी मूल्यमा पम्पले पेट्रोल विक्री गर्ने गरेको उपभोक्ताहरुको गुनासोको आधारमा सन्तोष आयल स्टोर्समा प्रहरीले सोमबार छापा मारी शिलबन्दी गरेको हो ।

पम्पले प्रति लिटर १ सय १० का रुपैयाका दरले पेट्रोल विक्रि गरेको उपभोक्ताहरुले विल सहित उजुरी दिए पछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले आयल स्टोर्समा शिलबन्दी गरी संचालक अनिल साहलाई नियन्त्रणमा लिइएको हो ।

पटक पटक मौखिक रुपमा स्थानीयले प्रहरीलाई पेट्रोलिय पदार्थको कालो बजारीको गुनासो गर्ने गरेपनि प्रहरीले कुनै प्रमाण नभएका कारण कार्वाही अगाडि बढाउन नसक्ने भन्ने गरेको थियो । तर सोमबार उपभोक्ताहरुले विलसहित प्रहरीमा उजुरी गरेपछि पम्पमा छापा मारेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले बताए ।

प्रहरीले पम्प संचालक साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरि कालोबजार नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाईने डिएसपी बस्नेत बस्नेतले बताए ।
प्रहरीले उक्त आयल स्टोर्सबाट सुवास आयल टे«डर्स दुधौली, सिन्धुलीको नगदी विल समेत फेला पारी नियन्त्रणमा लिएको छ ।

आईतबार मात्र कटारी गोल्डकपको उद्घाटन कार्यक्रममा आएका आपुर्ती मन्त्री गणेशमान पुनले आफ्नो मन्तव्यको क्रममा कालोबजारी गर्ने पम्पलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन समेत दिएको थियो ।
purbelinews

दार्चुला, ३० फागुन । दार्चुलाको राप्ला गाविसको वडा नम्बर ८ कल्जु जंगलमा लुकाइ राखेको हिउँ चितुवाको छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका दुई जनालाई आइतबार सार्वजनिक गरेको छ ।
६ दशमलव ५ ईन्च लम्बाइ भएको छाला र अन्दाजी ५ किलोग्राम अस्तिपञ्जर हड्डीसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।
तस्करमा संग्लन कालीकोट जिल्लाको जुबिधा ८ बस्ने बर्ष ३९ को जनकबहादुर शाही र दार्चुला जिल्ला सुनसेरा गाविस वडा नम्बर २ सिना बस्ने बर्ष ३० को कैलाश भनिने कलम राम पार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
नाम्पा हिमालमा पासा थापेर चितुवा मारेको प्रारम्भिक बयानमा बताएका छन्, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी सुशिलसिह राठौरले भने । प्रहरीले चितुवा मारेको थाहाँ पाएपछि दुम्लीङ प्रहरी परिचालन गरेको थियो ।
प्रहरीले तस्करलाई नियन्त्रणमा लिन व्यापारी बनेर गएका थिए । चितुवा मारेपछि उनीहरु दुम्लीङमा व्यापारी खोज्दै हिडेका थिए । प्रहरीले सबै कुरा बुझ्दै गएपछि सिविलमा प्रहरीलाई व्यापारी बन्न लगाएका थिए, डिएसपी राठौरले सुनाए ।

ति तस्कर सँग १ लाख ५० हजार रुपैयाँमा छाला र हड्डी किन्ने कुरो भयो, डिएसपीले घट्ना क्रम सुनाए, प्रहरीले उनलाई चेक दिए, तर तस्करले ‘चेक हैन नगद’ नै मागे । बरु ५० हजार रुपैयाँ दिनुस नगद हुनुपर्यो । प्रहरीले खलंगामै नगद दिने बताए अनि चितुवाको छाला र हड्डी लुकाएको ठाउँसम्म पुगियो ।
प्रहरीले सो क्षेत्रमा हुने तस्करी रोक्नको लागि झण्डै छ महिना अघिबाट योजना बनाएको थियो । कम्तीमा एउटा तस्करलाई नै नियन्त्रणमा लिन सके उपलब्धी हुन्छ सोचेका थियौ, राठौरले भने, बल्ल पहिलो सफलता मिलेको छ ।
प्रहरीले अपि र नाम्पा क्षेत्रका जंगलहरुमा तस्कहरुले पासाहरु थपेको जनाएको छ । अरु पनि पासा हुन सक्छ उनले भने । यसको लागि अपि नाम्पा संरक्षण क्षेत्र र प्रहरीले मिलेर जानुपर्छ । प्रहरीले नियन्त्रणमा राखेको चितुवाको छाला र हड्डी संरक्षण क्षेत्रको जिम्मा लगाएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेले भने उनीहरुलाई वन्यजन्तु ऐन अनुसार कार्वाही हुने जनाए । सो ऐन अनुसार कार्वाही भए १ लाख जरिवाना, १५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
यसो त नेपाल र भारतका निकुञ्ज तथा संरक्षित क्षेत्रका बाघ तस्कर नियन्त्रणको लागि अहिले दुवै देशका मुलूक साझा रणनीतिक खाका बनाउने तयारीमा छन् । तर दार्चुलाको तिब्बत क्षेत्रमा भारतीय मार्ग हुँदै तस्कर हुने गरेको पटक पटक सार्वजनिक भएको छ ।
तस्करहरुले हिउँदको समयमा दुम्लीङ हुँदै तिब्बत लिनको लागि सामान ओसारपसार गर्ने गर्छन् । नेपाल र भारतको मार्ग हुदै तिब्बत निकासी हुने गरेको यस अघिका घट्नाहरुले देखाएको छ ।
dainiknepal


काठमाडौँ,     चितवनमा रक्तचन्दन तस्करी गरिरहेको प्रहरीलाई वाईसीएलले पक्राऊ गरेको छ ।

नुवकोट जिल्लामा कार्यरत वाहालवाला प्रहरी निरिक्षक दिपेन्द्र बस्नेतले बा ७ प ६२३५ नम्बरको निजी गाडीमा ३० किलो बराबरीको अवैध रक्तचन्दन बोकेर हिडिरहेको अवस्थामा एमाओबादीको युबा दस्ता वाईसीएल चितबनले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको हो । रक्तचन्दन नुवाकोट हुँदै रसुवा लगिदैँ गरेको अवस्थामा रहेको खुल्न आएको छ ।
शनिबार दिउसो करिब २ बजे चितबनको साकुरा रेष्टुरेण्डमा खाजा खान गएका प्रहरी बस्नेतको गाडीमा २ मुढा रक्त चन्दन देखेपछि उनलाई रङ्गेहात वार्एसीएलले समातेको थियो । वाईसीएलले आज साझ नै पत्रकार सम्मेलन गदै तस्करी गर्ने प्रहरी निरीक्षक बस्नेतलाई जिल्ला प्रहरी कार्यालय चितवनमा जिम्मा लगाएको र कानुन बमोजीम कारबाहिको माग गरेको प्रदेश न ३ का वाईसीयल सह–ईन्चार्ज ईश्वर सापकोटा ‘सुमन’ ले जानकारी दिए ।
यसैबिच वाईसीयलका महासचिव रामप्रसाद सापकोटा दिपशिखाले बिज्ञप्ती जारी गर्दै आज दिउसो चितवनमा नुवाकोटका वाहालबाला नेपाल प्रहरीका निरिक्षक दीपेन्द्र बस्नेत ले बा ७ प ६२३५ नम्बरको निजी गाडीमा ३० किलो बराबरीको अवैध रक्तचन्दन बोकेर हिडिरहेको प्रहरी लाई कडा कारवार्हिको माग गरेका छन् ।

बिज्ञप्तीमा भनिएको छ ।  तस्करी जस्तो गम्भीर अपराध रोक्न भूमिका खेल्नुपर्ने प्रहरी आफैँ संलग्न देखिनु निन्दनिय मात्रै होइन तस्करीजस्तो अपराधमा राज्यको संलग्नता समेत ठहर गर्दछ । हाम्रो संगठन कडाभन्दा कडा कारवाहीको माग गर्दछ । उल्लेख छ ।
 News24Nepal

दाङको घोराहीमा एसिड आक्रमणमा परेकी  ३५ वर्षीया रिता चौधरीलाई थप उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ।

बिहिबार साँझ  ७ बजेतिर दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसलमा मास्क लगाएका अपरिचित व्यक्तिले चौधरी माथि  एसिड प्रहार गरेर भागेका थिए।
एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा समेत चोट लागेको छ।

दाङको घोराहीस्थित उपक्षेत्रीय अस्पलातमा प्राथमिक उपचार पछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।
कोहलपुरले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरे पछि शुक्रबार साझ उनलाई शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ।

मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को ब्यक्ति मोटरसाइकलमा थियो।  चुरोट दिइ सकेपछि फेरि नमकिन दिनु भन्यो  नमकिन दिंदै गर्दा एसीडले  छ्यापेर उनीहरु मोटरसाइकलमा चढी फरार भएको घाइते चौधरीकी आमा गुधासी चौधरीले बताइन।

उनको स्वास्थ्य अवस्था खतरामुक्त छ। एसिडले जलेकी चौधरीको प्लाष्टिक सर्जरी गरेर थप उपचार गरिने उपचारमा संलग्न प्लाष्टिक सर्जन डा. विनोद कर्णले बताए।
शनिबार दिउसो २ बजे  पहिलो चरणको अप्रेशन गर्ने गरी उपचारको प्रबन्ध मिलाइएको कर्णले बताए।

कस्ले के कारणले चौधरी माथि एसिड आक्रमण गरेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। एसिड आक्रमणमा संलग्न भएको ब्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङले विशेष टोली परिचालन गरेको छ।

आर्थिक लेनदेन ,जग्गा लगायत अन्य विवाद भएका ब्यक्तिले नै एसिड आक्रमण गराएको भन्दै धाइतेका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन।एसिड आक्रमणमा संलग्न भएको व्यक्तिको पहिचान भइ सकेकाले  छिटटै पक्राउ पर्ने प्रहरी उपरीक्षक कडायतले बताए।
setopati

कलंकीको मकालु पेट्रोल पम्पपछाडि एउटा आकर्षक साढे तीन तले घर छ । जहाँ मेनपावरको बोर्ड राखेर वेश्याबृत्ति धन्दा चलाइएको थियो । प्रहरीले छापामारि ३ युवती सहित दुई सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन ।

धादिङ, नुवाकोट र गुल्मीका २ युवती करिव २० वर्षका छन् । केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको कालीमाटी प्रहरीका डिएसपी हेम थापाले अध्ययनका क्रममा पाइएको बताए । सञ्चालकहरुले विभिन्न व्यक्तिलाई नयाँ युवती आएको भन्दै फोन गरेर बोलाउने गरेको समेत खुलेको छ । जसमा धेरै सरकारी कर्मचारीसमेत छन् ।आजको नयाँ पत्रिका दैनिकबाट

दाङमा आज एक महिलामाथि एसिड प्रहार गरिएको छ ।  घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै साँझ ७ वजे महिलामाथि एसिड प्रहार गरिएको हो ।



प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी रीता चौधरीमाथि २ जनाको समूहमा आएका अपरिचित व्यक्तिले एसिड प्रहार गरेको पीडितका भाइ बसन्त चौधरीले जानकारी दिनुभयो । एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ।

 .news24nepal


इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ ।




इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आफ्नो होटलमा राखेको डिएसपी ओम अधिकारीले जानकारी दिए। छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

यसैगरी इटहरी प्रहरीले  मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा हिडिँरहेका महिला माथी अभद्र व्यवहार गर्ने इटहरी २ बस्ने किशोर लिम्वु र सिद्धान्त श्रेष्ठलाइ पक्राउ गरेको छ ।


News24Nepal

नेपाल राष्ट्र बैंक, अदालत र नेपाल प्रहरीको सिआइबीको सक्रियताको कारण वित्तीय अपराधमा कमी आउँदै गएको छ। पुनरावेदन अदालत पाटनको वाणिज्य इजलाशका अनुसार यो वर्ष बैंकिङ कसुरका मुद्दा थोरै मात्रै दर्ता भएका छन्।
वाणिज्य इजलाशका अधिकृत दीपक धितालका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ सय ६३ वटा बैंकिङ कसुरका मु्द्धा दर्ता भएका थिए। तर चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भने बैंकिङ कसुरका मुद्दामा कमी आउँदै २३ वटा मात्रै दर्ता भएका छन्।
नेपाल राष्ट्र बैंकको सुपरिबेक्षण तथा नियमन बढेसँगै बैकिङ कसुरका मुद्दा घटेको उनको भनाई छ। साथै वित्तीय अपराधमा संलग्नहरुलाई अदालतबाट कार्वाहि हुन थालेपछि मानिसहरुमा सन्त्रास फैलिएका कारण समेत बैकिङ कसुरका मुद्दामा कमी आएको धिताल बताउँछन्।
उनले भने ‘राष्ट्र बैंकले मर्जरको नीति मार्फत बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी ल्याउँदै आफ्नो नियमन तथा सुपरिबेक्षण पनि बढाएको छ जसका कारण  बैकिङ कसुरका मुद्दामा कमी आउन थालेका छन्। ’

वाणिज्य इजलाशका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा बैंकिङ कसुरका जम्मा १ सय ३७ वटा मुद्दा रहेका छन्। त्यसमध्ये १५ वटा २ वर्ष पुराना मुद्दा रहेका छन्। गत वर्षबाट सरेर १ सय ४३ वटा मुद्दा आएका छन् भने यो वर्षको फागुन महिना सम्ममा २३ वटा मुद्दा मात्रै दर्ता भएका छन्।

तर गत वर्षभने बैकिङ कसुरका मुद्दाको संख्या १ सय ३४ रहेका थिए। तर उक्त वर्ष जिम्मेवारी सरेका मुद्दा जम्मा १ सय ९ वटा मात्रै  रहेका थिए। बाणिज्य इजलाशले बैकिङ कसुरमा गोरखा विकास बैंक, सम्झना फाइनान्स, क्यापीटल मर्चेन्ट एण्ड फाइनान्स,जनरल फाइनान्स, क्रिस्टल फाइनान्स  र एच एण्ड बि डेभलपमेन्ट बैंकको रकम अपचलन गर्नेलाई दण्डित गरिसकेको छ।
बैंकिङ कसुर ऐन २०६४ दफा १५ को २ घ मा १ करोड भन्दा बढी जति सुकै बिगो भएपनि ५ वर्षसम्म कैद सजाय हुनेछ भनेर उल्लेख गरिएको छ ।
सजाय कम भएको आवाजहरु उठ्न थालेपछि यो ऐन पनि संसोधन हुने क्रममा रहेको छ। ऐन संसोधन पछि वित्तीय अपराधहरु झनै घट्ने धितालको भनाई छ। अहिलेको ऐनमा जतिसुकै ठूलो बिगो भएपनि सो जरीवाना बापत ४ वर्षभन्दा बढी कैद बस्नु नपर्ने भनेर उल्लेख गरिएको छ।
अहिले बैंकिङ कसुरका मुद्दामा कमी आएका छन् भने राष्ट्र बैंकको नियमन पनि चुस्त भएको छ। पुँजी बृद्धिको कारण धेरै बैंक तथा वित्तीय सस्था मर्जरमा जान लागेका छन्। ठूलो संख्यामा रहेको विकास बैंकको संख्या पनि झन्डै २० मा ओर्लिन लागेको डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष कृष्णराज लामिछाने बताउँछन्।
बैंक तथा वित्तीय सस्थाको संख्यामा कमी ल्याई नियमन चुस्त पारे वित्तीय अपराधका घटना कम हुने धिताल बताउँछन्। त्यस्तै कम्पनी तर्फका मुद्दामा कमी आएको छ। गत वर्षको फागुन महिनामा १७ वटा मुद्दा कम्पनीका दर्ता भएका थिए  भने २ वटा दामासाहीका मुद्दा दर्ता भएका थिए।

तर चालु आर्थिक वर्षको माघ महिनासम्ममा १० वटा कम्पनीका मुद्दा दर्ता भएका छन् भने दामासाहीका कुनैपनि मुद्दा दर्ता भएका छैनन। चालु आर्थिक वर्षमा दामासाही मुद्दा गत वर्ष फैसला हुन बाँकिबाट दुईवटा मुद्दा सरेका थिए।
setopati

भारतमा यौन हिंसाको यो पराकाष्ठा
नयाँ दिल्ली: भारतकी एकजना १५ वर्षीया किशोरी यौनहिंसाको अर्को शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् ।


भारतको मध्यप्रदेशकी १६ वर्षीया किशोरीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ ।

उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो ।

गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । बताइएअनुसार ती किशोरीको बुधबार बिहान मृत्यु भएको हो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ ।

अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ ।

त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ । तर यथार्थ भने पत्ता लागेको छैन ।

यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो । त्यसमा संलग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ ।

त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो । त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ ।

दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ । एजेन्सी
annapurnapost

इन्दौर, ऋणमा डुबेको एकजना ३० वर्षीय भारतीय युवकले मानवीय मर्यादाको धज्जी उडाउँदै आफ्नै श्रीमती बिक्रीमा राखेका छन् । श्रीमतीको बिक्रिका लागि उनले सोसाल साइट फेसबुकमा विज्ञापन समेत पोष्ट गरेका छन् ।घटना सार्वजनिक भएपछि प्रहरीले कार्वाही अगाडि बढाएको छ ।

प्रहरी अधिकारीका अनुसार, फेसबुकमा आपत्तीजनक पोष्ट प्रकाशित गर्ने दिलिप मालीका विरुद्ध उसको श्रीमतीको आरोपका आधारमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले मालीको खोजी गरिरहेको छ । प्रहरीका अनुसार, मालीले आफ्नो फेसबुकमा श्रीमती र दुई वर्षकी छोरीको फोटा अपलोड गरेका थिए । फोटोसँगै उनले लेखे, “मैले ज जसको पैसा खाएको छ, त्यो सबै चुक्ता गर्न चाहन्छु ।

त्यसैले म आफ्नी श्रीमतीलाई एक लाखमा बेच्न चाहन्छु । कसैले किन्न चाहन्छ भने मेरो मोबाईल नम्बरमा सम्पर्क गर्नुहोला ।” मालीकी श्रीमतीले फेसबुकमा यो पोष्ट देखेपछि प्रहरीमा जानकारी गराएकी थिइन । तीन वर्ष अघि दिलिपको बिहे भएको थियो बिहे पछि दुबै इन्दौरमा बस्ने गरेका थिए । तर निकै बढी ऋणमा डुबेपछि दिलिप भागेर पैतृक गाउँ गएका थिए । त्यसपछि श्रीमती माइतमा गएर बस्न थालेकी थिइन । प्रहरीले घटनाको थप अनुसन्धान गर्दै छ । बिभिन्न अनलाइनहरू बाट ।
purbelinews

लहानको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ। अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो।




शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएर लहान प्रहरीका डिएसपि उमा प्रसाद चतुर्वेदीसहितको प्रहरी टोली अस्पताल पुगेको थियो। शिशुसहित अस्पतालमा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

‘अस्पतालसँग डेलिभरी रेकर्ड माग्दा महिला र बच्चा अस्पतालमा नभएको बताएपछि तलासी गर्दै जाँदा दोस्रो तल्लाको अँध्यारो कोठामा दिलकुमारी बच्चा काखमा लिएर लुकि बसेको फेला परेको थियो’ डिएसपि चतुर्वेदीले नागरिकसँग भने, ‘दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताईन्।’ त्यसपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो।

तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन्।

यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र पुरूष शिशुको ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको खुलेको हो।

लवकुशको बच्चा बेच्ने धन्दा खुलासा भएपछि लहान प्रहरीले यस क्षेत्रका अस्पतालहरुमा निगरानी बढाएको छ।

फरार अस्पताल संचालक र बच्चा जन्म दिने महिलाको खोजतलास तीब्र पारिएको डिएसपि चतुर्वेदीले बताए।
News24Nepal

फोटो : हुदै नभएको जग्गाको किर्ते कागजात बनाएर बेचेको आरोपमा पक्राउ परेकाहरुलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै प्रहरी। तस्बिर:क्रान्ति शाह
वीरगन्ज: हुदै नभएको जग्गा किर्ते कागज बनाएर बिक्री गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले गिरोहमा संलग्न एक महिला र मालपोत कार्यालयका एक कर्मचारीसहित चार जनालाई पक्रेको हो। प्रहरीले जिल्ला मालपोत कार्यालय पर्सामा कार्यत नायबसुब्बा ४७ वर्षिय मुरारी प्रसाद तिमिल्सीना, वीरगन्ज ८ माइस्थानका ३८ वर्षिय संदिप कुमार गुप्ता, उनकी श्रीमति इन्द्रावती कुमारी गुप्ता र माइस्थानकै ४२ वर्षीय राजेश कुमार गुप्तालाइ पक्राउ गरेको हो।

 इन्द्रावती कुमारीको नाममा वीरगन्जको गीता मन्दिर देखि पुर्वमा रहेको कित्ता नम्बर ५१ को एक धुर जग्गालाइ मालपोत कार्यालयबाट किर्ते कागजपत्रको आधारमा सात धुरको क्षेत्रफल बनाएर इन्द्रावती र उनका श्रीमान सन्दिपले गत बैशाख ७ गते ललितपुर उपमहानरपालिका वडा नम्बर २१ का सचेन्द्र महर्जनलाइ ८० लाख रुपैयामा बिक्री गरेका थिए।

महर्जनलाइ बिक्री गर्नु भन्दा पहिले पोहोर साल इन्द्रावती र उनका श्रीमान सन्दिपले उक्त फर्जि जग्गाको किर्ते कागजपत्र वीरगन्जमा रहेको प्राइम बैंकमा धितो राखेर ४० लाख रुपैया ऋण पनि निकालेका थिए। जग्गा खरिद बिक्री गर्ने क्रममा महजर्नले दिएको ८० लाख मध्ये ४० लाख रुपैया ऋण बैंकमा तिरेर इन्द्रावती र उनका श्रीमान सन्दिपले बैंकबाट जग्गा फुकुवा गराएर गत बैशाख ७ गते जिल्ला मालपोत कार्यालय पर्साबाटै महर्जनको नाममा पास गरिदिएका थिए।

इन्द्रावतीबाट खरिद गरिएको जग्गा बेच्नका लागि भनेर गत आइतवार वीरगन्ज आएका महर्जनले ग्राहकलाइ लिएर जग्गाको भएको स्थानमा नापजोख गर्न जादा असली जग्गाधनीले उनीहरुलाइ गाली गलौज गर्दै लखेटेपछि मात्र महजर्नले आफु ठगीएको थाहा पाएका थिए। एक करोड १२ लाखमा उक्त जग्गा बेच्न भनेर महर्जन ग्राहक लिएरै आइतवार वीरगन्ज आएका थिए, प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले भने , ग्राहकलाइ लिएर जग्गाको नाजोख गर्न जादा असली जग्गाधनीले लखेटेपछि मात्र महर्जनले आफु ठगिएको थाहा पाए।

जिल्ला प्रहरी कार्यालय पर्सामा गत आइतवार महर्जनले दिएको उजुरीको आधारमा प्रहरीले चारै जनालाइ पक्राउ गरेर शनिवार सार्वजनिक गरेको हो ।
हुदै नभएको जग्गाको किर्ते कागज पत्र बनाउने कार्यमा संलग्न रहेकाले मालपोत कार्यालयका नायब सुब्बा तिमिल्सीना र गिरोहका मुख्य राजेशलाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।

राजेशकै मुख्य योजनामा जग्गाको किर्ते कागजात बनाएको पाइएको भन्दै प्रहरी उपरिक्षक श्रेष्ठले भने, 'गिरोहको मुख्य नाइके राजेश नै हो , उसकै डिजाइनमा यो सबै फजी काम भएको हो।घटनामा जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका अधिकृतहरुको पनि संलग्नता देखिएको छ , प्रहरी उपरिक्षक श्रेष्ठले भने 'हामी उनिहरुलाइ पनि नियन्त्रणमा लिने प्रयासमा छौं।

किर्ते कागजपत्र धितो राखेर ऋण दिने बैंकका कर्मचारीहरु पनि दोषी रहेको बताउदै प्रहरी उपरिक्षक श्रेष्ठले भने , बैंकका कर्मचारी पनि हाम्रो अनुसन्धानको घेरामा परेका छन्।अहिले पक्राउ परेका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिहरु विरुद्ध ठगी तथा किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।annapurnapost


धनकुटा/ बलात्कारपछि ५ कक्षामा अध्ययनरत एक बालिका गर्भवती छिन् । चिकित्सकले त्यसबारे जानकारी दिएयता उनका आँखा ओभाएका छैनन् । नातामा बाजे पर्ने मानबहादुर राईले तीनपटक बलात्कार गरेका थिए । सात महिनाको गर्भ भएपछि मात्र थाहा भएको हो । करिब १५ वर्षकी उनी केही सुस्त मनस्थितिकी छिन् । खानेकुरा र पैसा दिएर आफूलाई बलात्कार गरेको बताइन् ।

शारीरिक रुपमा अत्यन्त कमजोर रहेकी उनको गर्भपतन गराउन नमिल्ने चिकित्सकले बताएका छन् । गर्भ ३० साताको भइसकेकाले जन्म दिनुको विकल्प नरहेको चिकित्सकले बताए । घटनाबारे प्रहरीमा जाहेरी दिइएको छ ।

जाहेरी दिन जिल्ला प्रहरी कार्यालय आएकी उनका अनुसार बलात्कारबारे हजुरआमालाई मात्र सुनाएकी थिइन् । बिस्कुट, चकलेट र पैसा दिएर फकाउँदै आफूमाथि बलात्कार भएको उनले बताइन् । कसैलाई भनेमा मारिदिने भन्दै धम्की दिएकाले कसैलाई भन्न नसकेको बताइन् ।

किटानी जाहेरीका आधारमा अभियुक्त राईलाई नियन्त्रणमा लिइएको एसपी भूपतिराज पाण्डेले जानकारी दिए ।पाँच वर्षअघि पनि उनलाई आफन्तले नै बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
purbelinews

पथरी (मोरङ), २० फागुन, जन्मनेबित्तिकै फालिएको अवस्थामा विराटनगर– ६ पिपलचोकमा आज सालनालसहितको एक बेवारिसे शिशु फेला परेको छ । महिलाले लगाउने स्विटरमा बेरेर फालिएको अवस्थामा स्थानीय बासिन्दाले सडक किनारमा नवजात शिशु देखेपछि उनलाई जीवितै उद्धार गरी प्रहरीलाई बुझाइएकामा  प्रहरीले उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ ।

तीन केजी तौल रहेको शिशु स्वस्थ्य रहे पनि शिशु कक्षमा राखेर चिकित्सकको निगरानीमा रेखदेख, स्वास्थ्य परीक्षण र प्राथमिक उपचार गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताउनुभयो ।

सो बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिँदै मोरङ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले रेखदेख र लालनपालनसहित शिशु जिम्मा लिन कोही आएमा  कानुनी प्रक्रिया पूरा गरेर आउनका लागि आह्वान गर्नुभयो ।रासस
aajakokhabar

मलावी, मलावीको दक्षिणी इलाकामा अवस्थित नान्जे जिल्लामा बोक्सीको आरोपमा सात जनालाई पेट्रोल छर्की आगो लगाएपछि उनीहरुको मृत्यु भएको छ । जलाएर मारिएका सात जनासँग मानव कङ्कालसहित भेटाएपछि उनीहरुलाई बोक्सीको आरोप लगाई स्थानीयको एक जमातले एक पछि अर्को गर्दै जीउँदै आगोले जलाएका थिए ।

घटनापछि घटनास्थलमा प्रहरी पुगे पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ भने गरिएको छैन । सात जनामध्ये एक जनाको झोलामा मानव अस्थिपञ्जर भएको थाहा पाएपछि स्थानीयले उसलाई केहीबेर लखेटेपछि समातेका र उसैको भनाईका आधारमा अन्य छ जनालाई समेत नियन्त्रणमा लिइएको थियो ।

प्रहरी अधिकारीले कङ्काल अल्विनो समुदायको भएको वा ती अरू कुनै समुदायका मानिसका थिए भन्नेबारे अनुसन्धान सुरु गरेको छ । केही अफ्रिकी मुलुक मलावी, मोजाम्बिक र तान्जानियालगायतका केही अफ्रिकी मुलुकमा अल्विनो समुदायका मानिसलाई मार्ने र बोक्सी लागेका कारण बिरामीलाई उनीहरुको अस्थिपञ्जर प्रयोग गरी उपचार गर्ने गरिन्छ । यसरी उपचार गरेमा बिरामी निको हुने विश्वास अफ्रिकी समाजमा व्याप्त छ ।
purbelinews

१८ फागुन, काठमाडौं । फेसबुकमा अपशब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेको आरोपमा प्रहरीले संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका सचिव रामऔतार यादवलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाउने युवाहरुलाई पक्राउ गरेको विरोधमा गाली गलौज गर्दै फेसबुकमा स्टाटस लेखेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले यादवलाई पक्राउ गरेको हो ।

रुपन्देहीबाट पक्राउ गरेर यादवलाई काठमाडौं ल्याइएको छ । उनलाई साइबर अपराधमा मुद्दा चलाउन काठमाडौं परिसर पठाइएको छ ।

यसैबीच मधेसी मोर्चा रुपन्देहीले मंगलबार प्रेस विज्ञप्ति निकालेर यादवलाई प्रक्राउ गरेर प्रहरीले वेपत्ता पारेको आरोप लगाएको छ । मोर्चाका नेता महेन्द्र यादवले निकालेको विज्ञप्तिमा यादवको अबस्था सार्बजनिक गर्न र रिहा गर्न माग गरिएको छ ।

रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।onlinekhabar

भारत जान लागेको अवस्थामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट प्रहरीले उद्धार गरेका बालकहरु । तस्बिर: मनोज बडू/कान्तिपुर
फाल्गुन १८, २०७२- भारत जाँदै गरेको अवस्थामा प्रहरी चौकी दत्तुले ६ जना बालकहरुको उद्धार गरेको छ । बालकहरुको समूह भारत जाने देखेपछि दत्तुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट प्रहरीलाई शंका लागेर उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
   
धारी–२ का १२ वर्षीय मुकेश कुँवर, सोही ठाउँका १३ वर्षीय विवेक कुँवर, महेश कुँवर, साजन कुँवर, १४ वर्षीय महेन्द्र कुँवर र धारी–२ का १६ वर्षीय जितेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए । उनीहरु सबै धारीपाटा मावि धारीमा अध्ययनरत रहेको परिवारका सदस्यहरुले बताएका छन् । दार्चुलाबाट भारत जाने लागेको अवस्थामा यति धेरै संख्यामा बालकहरुलाई प्रहरीले उद्धार गरेको पहिलो घटना हो ।

सोमबार साँझ घरबाट भागेर राति अपी नगरपालिका–४ मा रहेको जितेन्द्रको मामा घरमा बास बसेको र मामा घरमा कहाँ जाने भनेर सोध्दा पल्लो गाउँ घुम्न जाने भनेर मंगलबार बिहानै त्यहाँबाट आएको जितेन्द्रले बताए । ‘आफ्नै गाउँको एक ना केटा बलुवाकोटको होटलमा काम गरिरहेको छ,’ उनले भने, ‘उ सित मेरो फोनमा कुरा हुन्छ, उसले होटलमा काम पाइने भन्यो र हामी बलुवाकोट जान घरबाट भाग्यौं।’
   
साजनबाट दुई हजार ८ सय ४५ रुपैयाँ बाहेक अन्य कसैसित कत्ति पनि खर्च नभेटिएको दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए । साजनसित बुझ्दा उसले घरबाट चोरेर ५ हजार रुपैयाँ ल्याएको र बाँकी रुपैयाँ उनीहरुले खर्चेको बुझिएको प्रहरीको भनाई छ ।

अहिले सबैलाई प्रहरीले उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । दिउँसोदेखि उनीहरुका अभिभावकलाई फोनबाट सम्पर्क गरेर कार्यालयमा बोलाएर  जिम्मा लगाइएको प्रहरी प्रमुख राठौरले बताए । साजनकी आमा लल्ती कुँवरले राति बच्चा घर नआएपछि बिहानैबाट खोज्न हिँडेको बताइन् । दिउँसो मात्र प्रहरीबाट बच्चाहरु समातेको खबर आफूले पाएपछि खलंगा आएको उनको भनाइ छ ।

ekantipur

काठमाडौं, १७ फागुन । सशस्त्र प्रहरीका बलका पूर्व महानिरीक्षक (आईजीपी) सनतकुमार बस्नेत पनि अख्तियारको फन्दामा परेका छन् ।
यसअघि संगठनका निलम्बित आईजीपी कोषराज वन्त, पूर्व आईजीपीद्धय शैलेन्द्र श्रेष्ठ र वासुदेव वलीविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ । बाँकी रहेका सनतमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
२०६६ वैशाखदेखि ०६८ साउनसम्म सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सामान ढुवानीमा भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले बस्नेतसँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ बिगोदाबी गरेको छ ।
dainiknepal


सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रोनिक्स तेस्रो बर्षका विद्यार्थीहरुले आइतबार क्याम्पस प्रशासन तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् ।

तालाबन्दीका कराण ७ जना भित्रै थुनिएका छन् । क्याम्पसको नियमित सिलेवल अनुसार परीक्षा आउन लाग्दा शैक्षिक भ्रमणको रुटिन फेर बदल गरिदिएको र सेमेस्टर बित्न लागे पनि प्रयोगात्मक कक्षा सन्चालन नगरेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुख जितेन्द्र चौधरी, इलेक्ट्रोनिक्स विभागका प्रमुख विनयलाल श्रेष्ठ, सहायक क्याम्पस प्रमुख शिखर भट्टराई, शैक्षिक प्रमुख रोहित दंगाललगायतको कार्यकक्ष तोडफोड गरेका छन् । इलेक्ट्रोनिक्स विभागका प्रमुखको कुर्सी क्याम्पसको प्राङ्गणमा ल्याएर टायरसँगै जलाई दिएका छन् । विद्यार्थीको तालाबन्दीपछि शिक्षकहरु बन्दी बनेर बसेका छन् ।

तालाबन्दी गर्नु अघि वार्ता हँुदा विद्यार्थीको मागलाई गम्भीरतापूर्वक नलिएकाले तालाबन्दीमा उत्रनु परेको विद्यार्थी नविन बानियाँले बताए । उनका अनुसार आगामी चैत १७ गते देखि हुने भनेर परीक्षाको रुटिन आइसकेको अवस्थामा १२ अंकको शैक्षिक भ्रमण लैजान क्याम्पस प्रशासनले ढिलाइ गरेपछि तालाबन्दी गरिएको हो ।

क्याम्पसको शैक्षिक प्रमुख रोहित दंगालले सोमबार सबै फ्याकल्टीका प्रमुख र क्याम्पस प्रशासन, व्यबस्थापन र विद्यार्थी बसेर समस्या समाधान गर्ने भन्दा भन्दै विद्यार्थीहरु तोडफोड तालाबन्दीमा उत्रेको बताए ।

radiokantipurdiary

पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ ।

लम्खीदेउराली—५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा–३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।



कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । कामीको सामान लिएर कुश्मेलीको उनको घर पुगेका थिए । फर्किएर आएपछि मनमुटाव भएको झोंकमा आवेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गरेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।

साउदीस्थित नेपाली दूताबासले घटनाको गम्भीरता हेरि पीडक र पीडित पक्षबीच विवाद मिलाएर माफी दिएको पत्र पठाइदिन पहल गर्दै आएको थियो । ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धीत निकायमार्फत् धेरैपटक प्रयास गरिरहेका थियौं तर पीडित पक्ष माफी दिने पक्षमा देखिएन,’ साउदीका लागि कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले कान्तिपुरलाई भने ।

दूताबासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ । ‘पीडित पक्षले माफी नदिए उनलाई दुवै देशको सरकारले चाहेर पनि बचाउन सकिदैन,’ उनले भने, ‘यसअघि एक नेपाली युवतीलाई पनि बचाउन दुवै देशका सरकारले प्रयास गरेको हो । पीडित पक्ष माफी दिने पक्षमा नभएपछि मृत्युदण्डको फैसलालाई कार्यन्वयन गरिएको थियो ।’

मृत्युदण्डको सजाय पाएका कामीले आफुलाई बचाइदिन अपिल गरेका छन् । ‘मबाट ठूलो गल्ती हुन गयो,’ दूताबासका प्रतिनिधिसमक्ष उनले भनेका छन्, ‘मैले पश्चाताप गरिरहेको छु । मलाई माफी दिन पीडित परिवारलाई अनुरोध गर्दछु ।’

‘उसैको कोसेली पुर्‍याउन घर गइदिनुछ । फेरि उसैबाट मारिएको छ,’ पीडित परिवारको भनाई उद्धत गर्दै दूताबासका एक अधिकारीले भने, ‘हामी कसरी माफी दिन सक्छौं ?’
News24Nepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget