लडाकु विमान बिक्रीमा रोक लगाउने प्रस्ताव अस्वीकार

वासिंटन, फागुन २८ । पाकिस्तानलाई एफ–१६ लडाकु विमान बिक्रीमा रोक लगाउने प्रस्तावलाई अमेरिकी सिनेटले अस्वीकार गरेको छ । सिनेटमा रहेका १ सय सदस्यमध्ये ७१ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने २४ जनाले पक्षमा मतदान गरेका छन् ।
सिनेटले नै पाकिस्तानलाई एफ–१६ लडाकु विमान बिक्रीमा रोक नलगाउने निर्णय गरेपछि राष्ट्रपति बाराक ओबामाले त्यसमा हस्ताक्षर गर्नेछन् । अमेरिकी प्रशासनले पाकिस्तानलाई लडाकु विमान बिक्री गर्न दिनुपर्ने अडान राख्दै आएको थियो । यसमा विदेशमन्त्री जोन केरीले पनि साथ दिँदै अमेरिकी कंग्रेसमा प्रस्ताव लगेका थिए ।
पाकिस्तानलाई लडाकु विमान बिक्रीमा रोक नलगाउने निर्णय गरेसँगै अमेरिकास्थित पाकिस्तानी राजदूत जलिल अब्बास जिलानीले यसलाई आतंकवादविरुद्ध अमेरिका र पाकिस्तानको साझेदारीको नमूना भएको बताए ।
उनले यो निर्णयले अमेरिका र पाकिस्तानबीचको सम्बन्ध थप मजबुत हुने बताए । लडाकु विमान बिक्रीको विपक्षमा रहेका सिनेटर रेड पालले भने पाकिस्तानका विरुद्ध कडा बयान दिएका थिए । (एजेन्सी)
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget