Articles by "Entertaiment"


काठमाडौं – आम नेपाली दर्शकहरुले मन पराएको टेलिश्रृङ्खला ‘मेरी बास्सै’ अब दर्शकले धुर्मुस र सुन्तली विना नै हेर्नु पर्ने भएको छ । रकम विवादका कारण केही समयदेखि रोकिएको हाँस्य सिरियल ‘मेरी बास्सै’को छायांकन सुरु भएको छ ।
यो सिरियललाई चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले निर्देशन गर्दै आएका थिए । तर, अब यो नयाँ निर्देशकको निर्देशनमा सुरु भएको छ । मिडिया हबकै कर्मचारी मनराज श्रेष्ठले यसलाई निर्देशन गरिरहेका छन् । अब, हरेक मंगलबार नेपाल टेलिभिजनमा बेलुकी ८ बजेको समाचारपछि यो सिरियल प्रशारण हुने बताइएको छ ।
आज राती प्रशारणहुने श्रृङ्खलामा चर्चित पात्र ‘धुर्मुस सुन्तली’को अभियन छैन । यी दुई पात्र यो सिरियलमा अब देखिने संभावना पनि छैन । तर, केदार घिमिरे’माग्ने बुढा’सँग पनि कुरा भैरहेको निर्देशक श्रेष्ठले बताए ।
यता सिताराम कट्टेल धुर्मुस भने नाम आफूहरुले जुराएपनि सर्बाधिकार मिडियाहव सँग रहेकोलो मिडिया हबले नै यस्ताृ निर्ण गरेको बताउँछन् । उनले भने, आउँदा दिनमा हामी रहने या नरहने, कसरी जाने भन्ने विषयमा विभिन्न चरणमा वार्ता भएका छन् । मिडिया हबले बन्द भएका सम्पूर्ण हास्यब्यङ्ग्य टेलिश्रृङ्खला पुनः प्रसारणमा लैजाने भनेको छ । अहिले हाम्रो अन्य कामका कारण ब्यस्तता बढेको छ ।
अहिले यो सिरियलमा हाँस्य कलाकार ज्योती काफ्ले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हालका प्रधानमन्त्री केपी ओलीको भूमिकामा छन् ।
सिताराम र कुञ्जना बाहेक सिरियलका सबै पुराना कलाकारलाई देख्न सकिने निर्देशकले बताए ।
NEPAL, NEWS

अभिनेता अनमोल केसी नेपाली फिल्ममा 'स्टार'का रूपमा उदाउन थालेका छन् । फिल्म 'होस्टेल' बाट डेब्यू गरेका उनले सफलतामा ह्याट्रिक गरेका छन् । अघिल्लो हप्ता रिलिज 'ड्रिम्स'मा त उनको स्टारडम प्रस्ट देखियो । फिल्मले अग्रिम बुकिङमा रेकर्ड राखेको बताइन्छ । अत्यधिक फ्यान फलोइङका कारण उनी हलमा जाँदा बडिगार्डसहित पुग्नुपर्ने अवस्था आयो । उनीसँग डिबी खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः





अहिलेसम्म कुनै पनि नेपाली कलाकारले बडिगार्डको सुरक्षासहित हलमा पुग्नुपरेको थिएन । तर, तपाईंलाई त्यो अवस्था आयो । स्टार भएको महसुस भइरहेको होला ?

मेरा प्रशंसक धेरै छन् । सबै मसँग झ्याम्मिन चाहन्छन् । भीडमा जे पनि हुन सक्छ भनेर बडिगार्ड लिइएको हो । अर्काे, मेरो कुरा काट्ने र कुभलो चिताउने पनि बढेका छन् । त्यसैले सुरक्षाबिना हलमा पुग्दा जे पनि हुन सक्छ भनेर बडिगार्डको व्यवस्था गरियो । आफू स्टार भएको भन्दा पनि फिल्म हेर्ने दर्शक बढेको अवस्था हो जस्तो लाग्छ मलाई ।

अब मनमौजी बाहिर हिँड्ने स्वतन्त्रतासमेत रहेन तपाईंसँग !

त्यो समस्या त आइसक्यो । म सधैँ क्याप र मास्क लाएर हिँड्छु । तर, पनि कहिलेकाहीँ प्रशंसकले चिनिदिन्छन् । कलाकार भएपछि पर्सनल लाइफ जिउन गाह्रो हुँदो रहेछ । त्यस्तो नभइदिए हुन्थ्यो जस्तो त लाग्छ तर म चित्त बुझाउँछु । किनकि, म पनि अब 'पार्ट अफ पर्सेन्ट अफ सेलिब्रिटी' भइसकेँ । दर्शकको मायालाई समस्या ठान्नु हुन्न भनेर मन बुझाइसकेँ।

दर्शकले त राम्रै ठानेर हेर्न आउँछन् तपाईंलाई । तेस्रो फिल्म 'ड्रिम्स'सम्म आइपुग्दा आफूले आफूमा के कमजोरी भेट्नुभयो ?

म अहिले 'ग्रोइङ फेज'मा छु । सबै कुरा बुझेको छैन । एउटा फिल्म हलमा लाग्दा अर्को फिल्मको सुटिङ सकिसकेको हुन्छ । जस्तो 'गाजलु' सकिँदा हलमा बल्ल 'ड्रिम्स' रिलिज हुँदै छ । यस्तो अवस्थामा आफूले अभिनय गरेको फिल्म हेर्दा म सधैँ आफ्नो अभिनयलाई अपरिपक्व ठानिरहेको हुन्छु । अझ राम्रो गर्न सकिने रैछ भन्ने लाग्छ ।

आफ्ना कमजोरीमा सुधार ल्याउन के–के गर्दै हुनुहुन्छ त ?

हरेक फिल्मको सफलतापछि कलाकारमाथि चुनौती पनि थपिरहेको हुन्छ । मेरो हकमा पनि 'अडियन्स एक्सपेक्टेसन' बढिरहेको छ । त्यही भएर अब आफ्नो अर्काे फिल्ममा कसरी धेरै राम्रो गर्ने भनेर सोचिरहेको हुन्छु । अभिनय कक्षा लिने मनस्थितिमा छु । एक्टिङ वर्कसप, फिटनेस, डान्स क्लब सबै ज्वाइन गर्ने तयारीमा छु । मैले कहिल्यै पनि आफूलाई पर्फेक्ट ठानेको छैन । म फस्ट क्लास अभिनय गर्न सक्दिनँ । दर्शकले यति चाँडै माया गरिदिए, स्टार भनिदिए । उनीहरूले स्टार भने पनि ममा सुधार गर्नुपर्ने धेरै छ ।

तपाईंलाई दर्शकले मन पराउनुको मुख्य कारण के हो जस्तो लाग्छ ?

मलाई त मन पराउनुको कारण मेरो फिल्म नै हो । यसमा मेरो 'गुड सेन्स अफ स्क्रिप्ट' को भूमिका पनि छ । लुक्सका कारण चाहिँ होइन । किनभने, मभन्दा ह्यान्डसम केटाहरू धेरै छन् । म त्यस्तो ह्यान्डसम छु जस्तो लाग्दैन ।

प्रशंसा गर्नेभन्दा पनि 'रियल फिडब्याक' दिनेहरूले के–के भन्छन् ?

'ड्रिम्स' रिलिज भएपछि ताल–तालका प्रतिक्रिया पाएँ । साँच्चीकै मलाई फिडब्याक दिनेले 'एक्टिङ सिक्नुपर्छ' भने । म त्यो सुझावलाई मनैबाट स्विकार्छु ।

'ड्रिम्स'मा तपाईंले अघिल्ला फिल्ममा दर्शकले दिएको कुन प्रतिक्रियालाई कार्यान्वयन गर्नुभयो ?

धेरैले अनमोलले एक्सन गर्दैन र गर्न सक्दैन भन्ने प्रतिक्रिया दिएका थिए । यो फिल्ममा मैले त्यो पनि गरेर देखाइदिएँ ।

एक्सन गर्न कत्तिको दुःख गर्नुपर्यो ?

ओहो ! दुःख त बाफ रे, कति भयो कति । कुरै नगरौँ । शरीर पूरै नीलो हुनेगरी दुःख गरिएको छ । बिहान ९ बजेदेखि सुरु भएको सुटिङ भोलिपल्ट बिहान ११ बजेमात्र सकिएको थियो । त्यतिबेरसम्म लगातार पानीमा भिज्दै सुटिङ गर्दा के भयो होला ? मलाई त बिरामी हुन्छु जस्तो लागेको थियो । अर्काे, नेपालमा एक्टरलाई एक्सन गर्न रिस्क पनि छ । भन्याजस्तो प्रोटेक्सन हुँदैन । 'होस्टेल'को सुटिङमा मैले फ्लाइङ किक खाँदा मेरो घाँटीमा चोट लागेको थियो । तीन दिनसम्म खाना निल्न सकेको थिइनँ । किक खानुभन्दा अघि प्याड लगाउनुपर्ने, खाइसकेपछि लगाइदिनुभएको थियो । हाँसो पनि उठेको थियो ।

तपाईंको घरवरिपरि फ्यानको भीड लाग्थ्यो । अहिले अलि कम भएको हो ?

त्यो भीडको रहस्य अर्कै छ । मेरा लागिभन्दा पनि आफ्ना लागि कसैले भीड जम्मा गर्ने रहेछ । खासगरी मेरो घरअगाडि पानीपुरी पसल छ । त्यहाँ धेरै युवायुवती आउँछन् । मेरो नामले पानीपुरी बिक्दो रैछ । पसलेले 'अनमोल बस्ने घर यही हो । यो बेला आउनू, भेट्न सकिन्छ' भन्दा रहेछन् । यही मौकामा पानीपुरी बेच्दा रहेछन् । आफूले त्यस्तो भन्ने गरेको भनेर उनले मलाई बताए । म पनि मेरो नाम लिँदा उनको पसल चल्छ भने राम्रै हो भनेर खुशी छु ।

तपाईंलाई भेट्न पनि त आइरहेका हुन्छन् नि फ्यान ?

धेरै आउँछन् । अस्ति भर्खर दार्जिलिङबाट आठनौजना केटीको ग्रुप नै आएको थियो । त्यत्रो टाढाबाट आएपछि म पनि भेट्न गइदिएँ । मलाई यसरी नै डाइरेक्ट या इन्डाइरेक्ट रूपमा एक दिन सबै फ्यानसँग भेट्न सकूँ भन्ने लाग्छ । अचेल मेरो जस्तै हातमा ड्र्यागनको ट्याटू खोप्ने फ्यान पनि भेटँे । कतिपय ट्याटू सेन्टरकाले त मलाई भिडियो नै खिचेर पठाइदिएका छन् । केटाहरूले त्यस्तो ट्याटू खोप्दा त केही लागेको थिएन, केटीले पनि खोपेको भन्दा चाहिँ अचम्म लागेको थियो ।

कहिले बनाउनुभएको हो ट्याटु ?

एसएलसी सकेपछि बनाएको हुँ । पाँच वर्षभन्दा बढी भयो । चीनमा यसलाई रोडेक्सको चिन्ह मानिन्छ । यसले नेगेटिभ इनर्जीलाई खाइदिन्छ भन्ने विश्वास छ ।

तपाईंलाई आर्टमा कत्तिको रुचि छ ?

म बुकवर्मभन्दा पनि 'आर्ट गाय' नै हो । सानैदेखि म पढाइमा मध्यम भए पनि आर्टमा अघि नै हुन्थँे । म्युजिकमा रुचि थियो । किबोर्ड, ड्रम, गिटार आदि बजाउँछु ।

घरमा पनि थुप्रै 'न्युड' मूर्र्ति सजाएर राखिएको रहेछ । तपाईंले नै हो ?

होइन । यो त सब ड्याडको हो ।

तपार्इंलाई आफ्नो बुबाको सबैभन्दा बढी के कुरा मन पर्छ, जुन तपाईं अनुशरण गर्न खोज्नुहुन्छ ?

उहाँको लगाव र योगदान । उहाँको नाम आउनेबित्तिकै नेपाली फिल्म क्षेत्रको कुरा जोडिन्छ नै । उहाँले जस्तै म पनि यो क्षेत्रका लागि सधैँभरि योगदान पु¥याउन सकूँ भन्ने लाग्छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पुर्याउने उहाँको सपना थियो । त्यसलाई पूरा गर्ने लक्ष्य पनि छ मेरो ।

तपाईंलाई चाहने त धेरै छन् । आफूले चाहेको पनि कोही होला ?

मलाई चाहने फ्यानहरूलाई म फ्यानकै रूपमा लिन्छु । अहिले म मैले चाहेको कस्ती हो ? भन्ने नै बुझिरहेको छैन । एउटालाई चाहँुला तर ऊसँग निकट हुँदै जाँदा मैले चाहेजस्तो नभएपछि सम्बन्ध बिग्रिएला । फेरि, अर्काेसँग त्यस्तै होला । अनि, अनमोलले केटी फेर्दै हिँड्छ भन्ने आरोप लाग्ला । यही कुरादेखि डराएर म त्यतातिर सोच्न डराइरहेको छु । ३५ वर्षको उमेरसम्म त्यतातिर नसोच्ने योजना छ ।

त्यो त बढी नै भएन र ?

केको बढी ? खासमा त ४० वर्षसम्म हो । अलि घटाएर भनेको हुँ । अहिले त मसँग मलाई कस्तो केटी चाहिएको हो भन्ने प्र्रश्नको जवाफ नै छैन । म अलि फरक प्रवृत्तिको केटा हुँ । मलाई प्रेम गरेपछि जीवनभर एउटैसँग मात्र गरौँ भन्ने लाग्छ ।

हिरो भएपछि पहिरन पनि राम्रै लाउनुपर्ने होला । कसरी छान्नुहुन्छ तपार्ईं ?

म लुगा राम्रोभन्दा पनि लाइसकेपछि राम्रो देखिन्छ कि देखिँदैन भन्ने कुरामा ख्याल गर्छु । मलाई अँध्यारो रङको पहिरन बढी मन पर्छ । जस्तै, कालो र ग्रे ।

झन् ह्यान्डसम बन्न के–के गर्नुहुन्छ ?

बुबाजस्तै छु । बिहान ९–१० नबजी बेडबाट उठ्दिनँ । स्ट्रेचिङ चाहिँ गर्छु । खानेकुरामा त अरूले जे खान्छन्, त्यही नै खाने हो । त्योबाहेक खाने भनेको फलफूल हो । त्यस्तो ख्याल गरेर खाने गरेकै छैन । चकलेट भेटे चकलेट नै खाइदिन्छु । मन पर्ने जे भेटे पनि खाइदिएकै छुु ।

'ड्रिम्स' रिलिजको अघिल्लो रात तपाईं स्वयम्भूको दर्शन गर्न पुग्नुभयो रे !

हो । मलाई भगवान्प्रति विश्वास छ । दिउँसो चाहेर पनि जान सक्ने अवस्था हुँदैन । त्यही भएर राति कुन मन्दिर खुला हुन्छ, त्यहीँ जान्छु भन्ने सोच थियो । यसैले रातको ११ बजे स्वयम्भू पुगेँ । राति बाँदर, कुकुर धेरै थिए । तर, डराइनँ । भगवान्को ठाउँमा त के नराम्रो होला र ? भन्ने लाग्यो । भोलिपल्ट बिहान फिल्म हेर्न दर्शक कत्तिको आउने हुन् भन्ने चिन्ता मनमा थियो । भगवान्लाई अहिलेसम्म जे दिनुभा'छ, त्यो पाइरहूँ भनेर मागेको थिएँ ।

स्क्रिप्ट छान्दा के कुरामा ध्यान दिइन्छ ?

पहिलो कुरा त क्यारेक्टर नै हो । मेरो क्यारेक्टर कस्तो छ र म त्यसलाई निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने कुरामा सर्वप्रथम ख्याल गर्छु । दोस्रो कुरा, सपोर्टिङ एक्टर को छन् र उनीहरूको भूमिका कस्तो खालको छ भन्ने कुरा विचार गर्छु ।

अहिलेसम्म तपाईंका फिल्म हेर्दा अभिनयमा विविधता त देखिएन । भूमिका परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन ?

मैले अहिले भिन्न–भिन्न भूमिका निर्वाह गर्न नखोजेकै हुँ । प्रियंका चोपडाले सुरुमै 'मेरी कोम'मा अभिनय गरेको भए के हुन्थ्यो ? शाहरुख, सलमानले पनि सुरुमा उस्तै प्रकारको फिल्ममा अभिनय गरेर चिनाएका हुन् । मैले अहिले भूमिका परिवर्तन गर्ने बेला भइसक्यो जस्तो लाग्दैन । जब म आधा दर्जनजति हिट फिल्म दिइसक्छु, मेरो टाइपको फिल्ममा जमिसक्छु, त्यसपछिमात्र अन्य प्रकारका फिल्ममा काम गर्छु ।

आगामी फिल्म 'गाजलु'मा पनि दर्शकले अनमोललाई फरक नपाउने भए !

त्यो फिल्ममा त अहिलेसम्म देखिएभन्दा चाहिँ फरक खालको भूमिकामा छु । अहिलेसम्म धनाढ्य परिवारको केटाका रूपमा अभिनय गरेको छु । तर, 'गाजलु'मा चाहिँ गरिब परिवारको युवाको भूमिकामा छु ।
nagariknews

फाल्गुन २८, २०७२-
कुनै बेला ‘कन्यादान’ चलचित्र हेरेर गौरी मल्ललाई रुँदै स्नेह गर्ने दर्शकहरू जताततै भेटिन्थे । अहिले तिनै गौरी मल्ललाई देशको प्रधानमन्त्रीका रूपमा दर्शकहरूले सम्मान गरिरहेका छन् । हालै नेपाल टेलिजिभनबाट प्रदर्शित ‘सिंहदरबार’ मा उनले प्रधानमन्त्रीका रूपमा गरेको सशक्त अभिनयको प्रमाण हो त्यो । ३० वर्षमा जम्मा ५० जति चलचित्रमा देखिए पनि गौरी मल्लको खातामा यस्ता चलचित्र पर्छन्, जसले इतिहास निर्माण गरेका थिए । उनले हिन्दी चलचित्र ‘इस्किया’ मा माधुरी दीक्षितसँग पनि अभिनय गरेकी थिइन् । जीवनका विभिन्न समयमा भोगेका अनौठा घटना र अनुभवका कारण पनि उनी अन्य नायिकाभन्दा फरक देखिएकी हुन सक्छिन् ।

केही वर्षअघि तपाईंले भुङ्ग्रोमा हिँडेको, काँचको टुक्रामा नाचेको खबर आएको थियो । यस्तो दुस्साहसी काम गर्ने आँट कसरी आयो ?

सुन्दा अपत्यारिलो लाग्छ तर यो माइन्ड टेक्नोलोजीको सामान्य प्रक्रिया हो । मनले जबसम्म आगोलाई आगो मान्छ, तबमात्र पोल्छ । आगोलाई पानी मान्नुभयो भने आगोले पनि पोल्न सक्दैन । हाम्रो मस्तिष्कमा यस्ता तन्तुहरू छन्, जसलाई ठिहिर्‍याउँदो हिमालमा हुँदा पनि यो हिमाल होइन, आगोको ज्वाला हो भन्ने विश्वास दिलाउनु होस्, शरीरमा तरतरी पसिना आउन थाल्छ ।

कसरी ?

उम्लिएको पानी देख्नेबित्तिकै हाम्रो मस्तिष्कले यसले पोल्छ भन्ने मान्छौँ । त्यो हाम्रो मस्तिष्कमा अंकित हुन्छ । जसै बरफ देख्छौं यो चिसो छ भन्ने मान्छौं । हामीले थाहै नपाई उक्त कुरा मस्तिष्कमा पुगिसकेको हुन्छ । अब त्यसलाई परिवर्तन गरिदिनुहोस् । उम्लिरहेको पानीबाट उठेको बाफलाई चिसो बरफबाट निस्किरहेको बाफ मान्नुहोस् । त्यसलाई यति भित्री तहबाट आत्मसात् गर्नुहोस् कि यो उम्लिरहेको पानी होइन, चिसो पानी हो । यति चिसो कि ठिहिर्‍याउँदो छ । छुनै नसकिने चिसो छ । यो सुझावलाई मस्तिष्कले स्वीकार गरेपछि त्यो उम्लिरहेको पानीले पनि पोल्दैन । पोल्नु त टाढाको कुरा त्यो पानी बरफ बन्न पुग्छ ।

हिजोआज तपाईं रेकी उपचारक पनि हुनुभएको छ, कसरी यो क्षेत्रमा आउनुभयो ?

म मनोक्रान्ति दर्शनबाट प्रभावित छु । डा. योगी विकासानन्दसँग दीक्षा लिएर मैले यी सबै काम गरेकी हुँ । शारीरिक तथा मानसिक रोगसँग लड्न यो विद्या चाहिन्छ भन्ने लाग्यो र यसको अध्ययन सुरु गरेकी थिएँ । पछि अरुलाई अप्ठ्यारो पर्दा वा नजिक अस्पताल नहुँदा तत्कालका लागि उपचार सुरु गरेकी थिएँ । त्यसले राम्रो प्रभाव छाडेपछि साथी–भाइहरूले यो कुरालाई बाहिर ल्याइदिए । विशेष गरी जापान र अमेरिका बस्दा त्यहाँका साथीहरूमाथि यो विद्या प्रयोग गरेकी थिएँ ।

अब पूर्ण रूपमा अध्यात्ममा लाग्ने हो ?

मेरो मूल पेसा अभिनय नै हो । तैपनि अध्यात्म हरेक मानिसका लागि आवश्यक छ । हरेक मानिसले एक–दुई घन्टा आफूलाई दिनुपर्छ, आफूलाई निखार्नुपर्छ । मानिसहरू बुढेसकाल लागेपछि मात्र धार्मिक हुनुपर्छ भन्ने मान्छन् । त्यसो होइन । यो खाना, निद्रा र पहिरनजस्तै अत्यावश्यक कुरा हो ।

कलाकारितामा कसरी आउनुभयो ? सानैदेखि कलाकार बन्छु भन्ने सोच्नुहुन्थ्यो ?

मेरो जीवनमा कहिल्यै पनि प्रयास गरेर केही भएको छैन । म मेहनत गरेर, सोचेर काम गर्दिनँ । जे अघि आउँछ, त्यसलाई निष्ठापूर्वक गर्छु । मेरो उद्देश्य नर्स बन्ने थियो । बुवा सेनामा हुनुभएकाले उहाँ मलाई पनि सेना भै भर्ती गर्न चाहनुहुन्थ्यो । त्यतिबेला आजको जस्तो महिलाले सीधै सेनामा प्रवेश पाउने अवस्था थिएन । डाक्टर वा नर्सको जागिरे भएर सेनामा प्रवेश गर्नुपथ्र्याे । बुवा र मेरो सोच मिलेको थियो, तर अचानक अभिनयमा आइयो ।

त्यो बेला नेपालमा त्यति चलचित्र बन्दैनथे । तपाईं साह्रै सुन्दरी पनि होइन । कुन परिस्थितिमा नायिका छानिनुभयो ?

बसु दिदी (कलाकार बसुन्धरा भुसाल) लाई निर्देशक प्रकाश थापाले ‘सन्तान’का लागि नयाँ अनुहार चाहिएको बताउनुभएको रहेछ । उहाँ आफ्नो प्रहरी श्रीमान्सँग हेडक्वाटर आइरहनुहुन्थ्यो । म पनि त्यहाँ गैरहन्थें, किनभने प्रहरी प्रमुखकी श्रीमती इनु सिंह मेरी दिदी पर्नुहुन्थ्यो । उहाँकी छोरी करुणा शाह मेरी साथी । मलाई साह्रै स्नेह गर्ने भएकाले कलेज नभएका बेला मलाई बोलाइरहनुहुन्थ्यो । बसु दिदीसँग मेरो त्यही परिचय भएको थियो ।
उहाँले चलचित्रका लागि नायिका नपाएको कुरा गर्दा इनु दिदीले यो केटी पनि राम्रो नाच्छे, गाउँछे भन्नुभयो । रहरैरहरले तस्बिर खिचियो, तर तपाईंले भने जस्तो म उति राम्री थिइन । सीधै रिजेक्ट भएँ । मलाई बाहिर पार्न लामो डायलग दिइएको थियो, तर मैले सजिलै त्यो डायलग डेलिभरि गरेपछि निर्देशक छक्कै पर्नुभएछ । पछि अरूले अस्वीकार गर्दा पनि उहाँले मलाई यही केटी चाहिन्छ भनेर जिद्दी गर्नुभएछ ।

कुनै कोर्स गर्नुभएको थियो ?

स्कुल–कलेजमा हुँदा साहित्यका पुस्तक निकै पढ्थेँ । ती पात्रले बोल्ने शैलीलाई जस्ताको तस्तै उतार्थे । विशेष गरी कोर्समा राखिएका एकाङ्की नाटक पढेरै मैले डायलग डेलीभरी गर्न जानेकी रहेछु । मेरो बुवा सेनाका जबानहरूलाई नाच्ने तालिम दिनुहुन्थ्यो । त्यो मैले देखेकी थिएँ । विद्यालयका साना बालबालिकाहरूलाई बुवाको त्यही शैलीमा नाच्न सिकाउँथे । यसले गर्दा मलाई नाच्न–गाउन अनि डायलग बोल्न सजिलो भयो । चेलीबेटी, नाता, सरस्वती, भीष्म प्रतीक्षा, मुकुन्डो, वसन्तीजस्ता चलचित्रमा काम गरेपछि भने मेरा सबै क्रियाकलाप चलचित्रमा आउन ईश्वरले रचेका रहेछन् भन्ने लाग्यो ।

तपाईं चर्चित नायिका हुँदा पनि कहिल्यै विवादमा आउनुभएन । प्रेम र यौनसम्बन्धी विवादमा पनि फस्नुभएन । किन होला ?

त्यो पनि मलाई आश्चर्य लाग्छ । मेरा समकालीन नायिकाहरूको यस्ता गसिप पढ्दा कहिलेकाहीँ मलाई पनि डर लाग्थ्यो, तर मेरा बारेमा कहिल्यै त्यस्ता विवादित कुरा छापिएनन् । कतिसम्म भने त्यो बेलाका चर्चित पत्रकारहरूले मेरो प्रेमीसँगै हिँडेको देख्दा जिस्क्याउँथे तर पत्रिकामा त्यो कुरा आउँदैनथ्यो । त्यतिबेला एउटी नायिका खुलेआम प्रेमीसँग हिँडेको भेटिनु ठूलो समाचार हुन्थ्यो । यस अर्थमा म भाग्यमानी पनि हुँ ।

कति वर्ष प्रेम गर्नुभयो ? कसरी विवाह भयो ?

सबै कुरा भन्नुपर्छ । यो त साह्रै व्यक्तिगत कुरा भयो नि ।

प्रेम र विवाहका कुरामा लुकाउनुपर्ने विषय पनि हुन्छन् र ? कुनै गलत कुरा भएका थिए र ?

त्यस्तो त केही होइन । तैपनि त्यो प्रेम र विवाह कुरा पुरानो भैसक्यो । अहिले परिस्थिति पनि फरक परिसक्यो । त्यसो त लुकाउनैपर्ने कुरा पनि केही छैन ।

त्यसो भए भन्नुस् न त कसरी सुरु भयो तपाईंको प्रेम ?

हामीले सात वर्षसम्म प्रेम गर्‍यौं । एक वर्ष त हामीले एक–अर्कालाई नदेखेरै प्रेम गर्‍यौं । टेलिफोनमा एक–अर्काको बोली सुनेकै भरमा मन परायौं । मैले उहाँलाई नदेखिकनै प्रेम गरेकी हुँ ।

तपाईं चर्चित नायिका भएर पनि यस्तो अन्धो प्रेम ?

प्रेम आखिर प्रेम नै हो । यसमा देख्नु र नदेख्नुको के अर्थ हुन्छ र ? उहाँले मलाई चिन्नुहुन्थ्यो, देख्नुहुन्थ्यो, तर लामो समयसम्म आफूलाई लुकाएर राख्नुभयो । मैले पनि चिन्ने प्रयास गरिनँ । यति थाहा थियो, उहाँ अग्लो–गोरो युवक हुनुहुन्थ्यो । कहिलेकाहीँ अग्लो गोरो युवकले मलाई हेरिरहेको देखेँ भने यो युवक कतै मेरो प्रेमी त होइन भनेर झस्कन्थे । खुट्टा टेक्नै गाह्रो हुन्थ्यो । टेलिफोनमा आज तपाईं फलानो ठाउँमा यस्तो रंगको लुगा लगाएर मलाई हेरिरहनुभएको थियो हो भनेर सोध्दा उहाँले म त्यो होइन भन्नुहुन्थ्यो । त्यसपछि ढुक्क हुन्थें । कुनै चलचित्रको सस्पेन्स दृश्यजस्तै थियो मेरो प्रेम ।

टेलिफोनमा कसरी भेट भयो, ब्लफकल थियो ?

म त्यति बेला बसु दिदीकहाँँ पेइङ गेस्ट भएर बसेकी थिएँ । बसु दिदीकी छोरी मेरी मिल्ने साथी थिइन् । उहाँ उनैको परिचित साथी हुनुहुन्थ्यो । उनीहरूको टेलिफोनमा कुरा भैरहन्थ्यो । एक दिन घरमा कोही नभएकाले मैले फोन उठाएँ । त्यो साधारण परिचयपछि म पनि उहाँसँग कुरा गर्न थालेँ । उहाँको कुरा गर्ने शैली यति मोहक थियो कि पछि–पछि त उहाँसँग कुरा गर्नु एडिक्सन नै भयो । कुनबेला मन बस्यो पत्तै भएन ।

कसरी भेट भयो ?

मेरो जन्मदिनको उपलक्ष्यमा उपहार दिन आउँदा भेट भयो । त्यो बेलासम्म हामी यति गहिरो प्रेममा थियौं कि एक–अर्कालाई माया गर्छु भन्नै परेन । त्यसपछि नि हामी लगातार ६ वर्ष प्रेममा थियौं । सातौं वर्ष मात्र हामीले विवाह गर्‍यौं । यति लामो प्रेम पनि बाहिर कसैलाई थाहा भएन । विशेष गरी समाचारमा यो कुरा आएन । हाम्रो प्रेमलाई साथीभाइले आदर्श प्रेम मान्थे ।

यति गहिरो प्रेम भएर गरिएको विवाह असफल भयो, सम्झँदा कस्तो लाग्छ ?

अनौठो लाग्छ । मान्छे पत्रे चट्टानजस्तै हो । उसलाई चिन्नुहोस्, जति भित्र पस्नुहोस् पत्रे चट्टानजस्तै ऊ हरेक पत्र–पत्रमा फरक हुँदै जान्छ । वर्षौं सँगै बसेर पनि उसलाई सम्पूर्ण रूपमा चिन्न सकिँदैन । अर्को कुरा, हरेक वर्ष मानिसको सोच, खानपिन, व्यवहार फरक हुँदै जान्छ ।

कुन मोडमा पुगेर यो विवाह अघि बढ्न सक्दैन भन्ने निर्णय गर्नुभयो ?

म साह्रै अन्तरमुखी स्वभावकी महिला हुँ । कुनै कुरा दबाएपछि त्यो भित्रभित्रै क्यान्सरझैँ फैलिन्छ । ऊसँग दुईवटा विकल्प हुन्छ या त कडा औषधि खाएर त्यो कुरालाई दबाउनुपर्छ, होइन भने त्यसलाई काटेर फाल्नुपर्छ । मैले काटेर फाल्ने निर्णय गरेकी हुँ । विवाह भएको पाँच वर्षपछि नै म यो सम्बन्धलाई अघि बढाउन असमर्थ छु भन्ने मान्न थालेकी थिएँ । समाज, परिवार र भोलिको जीवन के होला भन्ने सोच्दा र त्यसलाई व्यवस्थापन गर्न दुई वर्ष लाग्यो । सातौं वर्षमा मैले पारपाचुके गरेँ ।

तपाईं मानसिक रुपमा पनि अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो भन्ने खबर आउँथ्यो, सत्य के हो ?

जब कुनै पनि तनाबले अप्ठ्यारो अवस्था निम्त्याउँछ, त्यसले भयंकर रूप लिँदो रहेछ । यही तनाव व्यवस्थापन गर्न नसक्दा मलाई गर्भाशयको क्यान्सर भएछ । यो कुरा मैले आमालाई समेत बताइन् । जब रोग निको भयो, अनि मात्र यथार्थ बाहिर ल्याएँ । हरेक मानिसमा मानसिक समस्या हुन्छ, धेरै र थोरै भन्ने कुरा मात्र हो । हरेक मानिस दोहोरो जीवन बाँच्न अभिशप्त छ । दोहोरो जीवन बाँच्दा–बाँच्दै मलाई क्यान्सर भैसकेको रहेछ ।

यति ठूला–ठूला घटना भए, अहिले सम्झँदा कसलाई दोष दिनुहुन्छ ?

कोही दोषी थियो भन्ने लाग्दैन । वैशाखमा भूकम्प आउँदा हामी कति आत्तिएका थियौं । जीवन नै बर्बाद भयो भन्ने लाग्थ्यो । आजभोलि हामी त्यसलाई यसरी हल्लियौं, उसरी भाग्यौं भनेर हाँस्दै भूकम्पका बारेमा कुरा गरिरहेका हुन्छौं । किन होला ? किनभने विगत जतिसुकै तीतो होस्, हामीलाई पछि त्यो रमाइलो लाग्छ । मेरो प्रेम, विवाह र पारपाचुकेलाई पछाडि फर्केर हेर्दा मलाई पनि त्यस्तै लाग्छ ।

तपाईं ४ वर्ष जापान बस्नुभयो । वैवाहिक जीवनमा समस्या आयो । विरामी हुनुभयो । ३ वर्ष अमेरिकामा हराउनुभयो । तैपनि नेपाली चलचित्रले तपाईंलाई सधैं माया गरिरह्यो । अनौठो लाग्दैन ?

मैले कहिल्यै पनि पुनरागमन भन्ने शब्दको अनुभव गर्नुपरेन । कसैले पनि यत्रो वर्ष हराएकी भनेर नाक खुम्च्याएनन् । काम दिइरहनुभयो । दर्शकले पनि स्वागत गरिरहनुभयो । यस अर्थमा म भाग्यमानी हुँ । मलाई पनि कहिल्यै यो चलचित्र क्षेत्रबाट टाढा भएँ भन्ने लाग्दै लागेन ।

हामीले हेर्दा पनि तपाईं सफल कलाकार हुनुहुन्छ । तैपनि व्यक्तिगत जीवनमा सन्तान भएनन्, जीवन एक्लो छ भन्ने लाग्दैन ?

म आफू नि:सन्तान भएकोमा गर्व गर्छु । छक्क नपर्नुहोला । कारण मैले बच्चा जन्माएको भए, एउटालाई मात्र स्याहार गर्नुपथ्र्यो । एउटासँग बाँधिनुपथ्र्याे । अहिले संसारका सबै बच्चा मलाई आफ्नै जस्ता लाग्छन् । सुरुमा रहरले सन्तान जन्माइन्छ । पछि त्यो कर्तव्य हुन पुग्छ र एउटा समयमा त्यो बोझ बन्न पुग्छ । म यी सबैबाट मुक्त छु । खुसी लागेको छ ।

अझै लामो जीवन बाँकी छ । एक्लो जीवन कसरी बाँच्ने ?

कसले भन्यो जीवन लामो छ । जीवन जुनबेला पनि जान सक्छ । जीवन भोलिका लागि बाँच्नु नै दु:खको कारण हो । आजको दिन, अहिलेको क्षण बाँच्नुपर्छ । मलाई सार्थक जीवन बिताउन मन लाग्छ, लामो होइन । मैले जीवनमा आफ्नो क्षमता भन्दा धेरै पाएँ भन्ने लाग्छ ।

kantipur

काठमाडौं–केहि समय अघिदेखि प्रशारण बन्द भएको हाँस्य टेलिश्रृंखला भद्रगोल आउँदो शुक्रबारबाट पुनः प्रशारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको भद्रगोल विगत केही महिना अघिदेखि प्रशारण बन्द भएको थियो । साथै अन्य हाँस्य टेलिश्रृंखलाहरु पनि बन्द भएका थिए ।
पहिलेकै जसरी भद्रगोल अब नियमित रुपमा प्रशारण हुन लागेको सागर लम्साल ‘बले’ ले जानकारी दिए । सामाजिक संजाल फेसबुकमार्फत समेत भद्रगोलका कलाकारहरुले आउँदो हप्ताको शुक्रबारबाट भद्रगोल पुनः प्रशारण हुने जानकारी दिएका छन् ।
छोटो समयमा निकै चर्चा कमाएको भद्रगोल विगत २ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । अब पुरानै समयअनुसार भद्रगोल प्रशारण हुने टिमको ठम्याई छ ।

ratopati

एजेन्सी, नेताहरुले आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुँदा त लाज मानेर माफी माग्नुपर्ने हो । तर, एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफुलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।

 आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।


युक्रेनमा ती नेतृका त्यस्ता नांगा तस्वीरको कडा आलोचना भएको थियो । तर, त्यसलाई हल्का रुपमा लिँदै ३० वर्षीया ओल्गा जो अक्टोबरमा हुने संसदीय चुनावमा समेत उठ्दैछिन् उनले ती तस्वीरलाई कलाको रुपमा लिनुपर्ने बताएकी हुन् ।

‘विश्वले भान गोह, टाइटियान लगायतका महान कलाकारको कलाकारितालाई सम्मान गर्छ । उनीहरुले सिर्जना गर्ने नग्न सौन्दर्यको तारिफ गरिन्छ ।’ उनले अगाडि भनेकी छिन्, ‘अहिलेको युगमा निर्वस्त्र देखिने महिलालाई अश्लील तथा लाजमर्दो ठानिन्छ । तर मैले यो कुरा बुझ्न सक्दिन । म ठान्छु यस्तो निर्वस्त्रपना भनेको शुद्ध कला हो ।’
purbelinews

अभिनेत्री रेखा थापा शिवरात्रीको पूर्व सन्ध्यामा पशुपतिनाथ मन्दिर पुगिन् । मन्दिर पुगेर उनले पूजा पनि गरिन् । भारतबाट आएका जम्बोनाथ र शिव सेना नेपालले पशुपतिमा आयोजना गरेको भोजमा पनि रेखा सहभागी भइन् ।

उनले आफ्नै हातबाट भोजन पनि ग्रहण गराएकी थिइन् । रेखा आफ्नो फिल्म ‘राम प्यारी’ चल्नु भन्दा एक महिना अगाडि पशुपति पुगेकी हुन् । रेखाले पशुपतिमा पुगेर पूजा गर्दा ‘राम प्यारी’को सफलताको कामना पक्कै गरिन् । तर, महाशिवरात्रीमा महिलाहरु महादेव जस्तै पति पाउँ भनेर पुजा गर्छन, ब्रत पनि बस्छन् ।

के रेखाले पनि पतिको भाकल गरिन् होला त ? फिल्म ‘राम प्यारी’मा रेखाको एउटा अवतारमा उनले पहेलो बस्त्र लगाएकी छिन् । सोही बस्त्र धारण गरेर रेखा पशुपति पुगेकी थिइन् ।
mazzakoonline

फिल्म 'प्रेमगीत'मा गरेको अभिनयका कारण अभिनेता प्रदीप खड्का चर्चाको तापमान वृद्धि गर्न सफल भइरहेका छन् । उनको अभिनयको तारिफ पनि भइरहेको छ । फिल्म 'ठूलो मान्छे'बाट निर्माताका रूपमा यस क्षेत्रमा भित्रिएका उनले फिल्म 'इस्केप'मार्फत अभिनयमा डेब्यू गरेका हुन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी:



निकै फुरुङ्ङ देखिनुहुन्छ नि !

त्यस्तो त होइन । तर, खुशी लागिरा'छ । 'प्रेमगीत' हेरिसकेपछि सबैले तारिफ गरिरहनुभएको छ । फिल्म पनि तेस्रो हप्तासम्म हलमा चलिरहेको छ । सुनेको थिएँ– 'एभ्री डग ह्याज इट्स डे ।' मलाई पनि मेरो दिन आएजस्तो लागिरा'छ । तीन दिनअघि मात्र अष्टनारायण हलमा पुग्दा फिल्म हेरेर बाहिर निस्किनुभएको एकजना महिला फ्यानले गालामै चुम्बन गरिदिनुभयो । उहाँलाई देखेर फेरि अर्कोले ओठमै चुम्बन गरेर भाग्नुभयो । त्यतिबेला चकित भएँ । यति माया गर्ने फ्यान कमाएछु भन्ने भो । कति हलमा पुग्दा दर्शकले काँधमा बोकेर उचाले पनि ।

भनेपछि सेलिब्रिटी भएजस्तो महसुस भइरा'छ ?

त्यो त होइन । पहिला मलाई दुई–चार सयले चिन्थे भने अहिले अलि बढीले चिन्लान् । त्यतिमात्र हो । मेरो बुझाइमा सेलिब्रिटी त्यो हो, जसलाई देखिँदामात्र होइन, लुक्न खोज्दाखोज्दै पनि दर्शकले चिन्छन् ।

अचेल त तपाईं कतै जानुपर्यो, कसैलाई भेट्नुपर्यो भने पनि 'प्रेमगीत'को निर्मातासँग सोध्नुुहुन्छ रे । निर्माण युनिटको नियन्त्रणमा हुनुहुन्छ भन्ने सुनिन्छ नि !

मेरो घर यही ललिपुर, एकान्तकुनामा हो । मामाघर बल्खुमा छ । तर, एसएलसी दिनुअघिसम्म मैले धरहरा र पशुपतिनाथ पनि देखेको थिइनँ । म एकदमै कडा अनुशासनमा विश्वास गर्ने परिवारमा हुर्किएको हुँ । त्यसकै प्रभाव हुन सक्छ, म उहाँहरूले भनेजस्तै गरिरा'छु । मलाई विश्वास गर्नुहुने निर्माता सन्तोष सेनलाई मैले अहिले 'ड्याड'का रूपमा लिएको छु, जसले मेरा लागि करोडभन्दा बढी लगानी गर्नुभयो । निर्देशक सुर्दशन थापालाई 'आमा' ठानेको छु, जसले मलाई केही फरक गर्ने चान्स दिनुभयो ।

तर, त्यसो भन्दैमा नियन्त्रणमा रहनुपर्छ भन्ने छ र ?

उहाँहरू 'प्रेमगीत'को सिक्वेल बनाउने तयारीमा हुनुहुन्छ । मेरै राम्रो सोचेर उहाँहरूले मलाई जथाभावी सार्वजनिक नहुनू भनिरहनुभएको छ । मेरो लागि उहाँहरूले ठूलो अवसर दिनुभएको हो । मसँग भएको प्रतिभा मैले उहाँहरूकै कारण देखाउन पाएको हो । त्यही भएर म उहाँहरूले भनेको कुरा मान्छु ।

'प्रेमगीत' मन पराउनेहरूले त तपाईंको प्रशंसा गर्ने नै भए । मन नपराउनेहरूले पनि तपार्इंको अभिनयको प्रशंसा गरिरहेको पाइन्छ । यस्तो अवस्थालाई कसरी 'ह्यान्डल' गरिरहनुभएको छ ?

यो मेरा लागि बिलकुल नयाँ अनुभव हो । नसोचेको कुरा हो । म निकै 'कन्फ्युज्ड' भइराछु । कसैले फिल्मको प्रस्ताव गर्दा स्क्रिप्ट सुनेर निर्णय गरौँ कि नसुनी गरौँ ? सुनेर 'रिजेक्ट' गर्दा स्टार भयो भन्ने ठान्लान् भन्ने डर । नसुनी 'हुन्छ' भन्दा आफैँलाई हानि पुग्ने डर । फेसबुकमा थुप्रै म्यासेज आइरहन्छन् । रिप्लाई गरौँ त कसरी गरौँ, त्यहाँ पनि कन्फ्युजन छ । म जीवनको 'टर्निङ प्वाइन्ट'मा छु । पहिले कुनै युवतीले 'आई लभ यू' भन्दा गम्भीर ठानेर 'यस कि नो' भन्थेँ भने अहिले 'धन्यवाद' भन्नुपर्छ, भन्छु ।

अभिनय तपाईंको पुरानै रुचि हो ?

बिलकुल होइन । सानैदेखि मलाई टीभीमा अनुहार देखाउन पाए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो । तीन–चार वर्षको हुँदा टीभीमा कसरी छिर्ने ? भनेर ममी ड्याडीलाई सोध्थेँ रे । मेरो रुचि टीभीमा देखिएर आफ्नो पहिचान बनाउनु थियो, नाम कमाउनु थियो । तर, परिवारको दबाबले मैले मार्केटिङमा एमबीए गरेँ । पढाइमा कहिल्यै सेकेन्ड भइनँ । पढ्दै गर्दा पनि 'खोजी प्रतिभाको', 'वाईवाई क्विज'जस्ता रियालिटी शोमा प्रोग्राम म्यानेजरका रूपमा काम गरेँ । कारण– मलाई टीभीमा देखिनु थियो । पछि केही सीप लागेन । अनि, आफैँ फिल्म बनाएर अनुहार देखाउने सोच बनाएँ । त्यही सोचअनुरूप फिल्म 'ठूलो मान्छे' बनेको हो । मैले त्यो फिल्ममा डान्स टिचरको भूमिका निर्वाह गर्नुपर्ने थियो, जुन मेरा लागि फिट भएन । त्यही भएर खेलिनँ । त्यसपछि 'इस्केप' बनाएँ । दुव्र्यसनमा फसेको युवाको भूमिका निर्वाह गरेको थिएँ । दुवै फिल्म चलेनन् । तर, पनि निराश भइनँ । मेरै कमजोरीका कारण फिल्म नचलेको भन्ने ठानेँ ।

'निराश भइनँ' त भन्नुभयो, तर त्यसपछि त तपाईं फिल्म क्षेत्र छाडेर विदेश जाने तयारीमा जुटिसक्नुभएको थियो ?

हो । मैले अस्ट्रेलिया जाने प्रोसेस गरिसकेको थिएँ । त्यति नै बेला भूकम्प आयो । प्रक्रियामा बाधा पुग्यो । मैले दुःखका साथ एक–दुई ठाउँ भनेको पनि छु कि भुइँचालोले यो देशमा नचाहँदानचाहँदै फाइदा पुर्याएको कोही मान्छे छ भने त्यो म नै हुँ । किनकि, भुइँचालो नआएको भए म अस्ट्रेलिया उडिसक्थेँ । अहिलेको प्रशंसा, अहिलेको माया केही हुँदैन थियो मसँग ।

कसरी ?

किनकि, त्यति नै बेला फिल्म 'प्रेमगीत'ले नयाँ हिरोको खोजी ग¥यो । 'इस्केप'मा प्रमुख भूमिकामा खेलिसकेको भए पनि मैले नयाँ अनुहार भएर अडिसन दिन तयार भएको बताएँ । त्यसपछि निर्देशक र निर्माताले मलाई बोलाउनुभयो । 'रहर पूरा गर्न खेल्छौ भने खेलाउँदैनौँ । तर, फिल्म क्षेत्रकै लागि केही गर्छु भन्ने भावना छ भने खेलाउँछौँ' भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभयो । मेरो पनि चाहना त्यही थियो । यही फिल्ममा अभिनय गरेका कारण आज मेरो करिअरले नयाँ मोड लिएको छ । अब फिल्म क्षेत्रमै केही गर्न सक्छु भन्ने हौसला मिलेको छ ।

'प्रेमगीत'मा 'लभर ब्वाई'को भूमिका निर्वाह गर्नुभएको थियो ? कतिको गाह्रो या सजिलो भयो ?

मेरो वास्तविक प्रकृतिभन्दा बिलकुल फरक खालको भूमिका थियो त्यो । फिल्ममा 'प्रेम'ले मनको कुरा खुलेर राख्न सक्दैन थियो । ऊ सहन्थ्यो । म वास्तविक जीवनमा यसको ठीक विपरीत छु । प्रेम रिसाउँदा नाच्थ्यो, म नाच्दिनँ । रिसाउँदा नाच्ने सिनमा त मैले निर्देशकलाई यस्तो पनि हुन्छ र ? भनेर सोधेको थिएँ । उहाँले फिल्म 'मुन्ना भाइ एमबीबीएस'मा बोमन इरानी रिसाउँदा हाँस्थे ? त्यस्तो हुन्छ र ?' भन्दै प्रतिप्रश्न गर्नुभयो । अनि, मैले जे स्वाभाविक लाग्दैन, त्यो गर्न सक्नु नै अभिनेताको खुबीजस्तो लाग्यो । दर्शकले त्यो बानीलाई फिल्ममा मन पनि पराउनुभएछ । 'एकचोटि रिसाएर नाच न' भन्दै जिस्काउने पनि छन् । यो भूमिका निर्वाह गर्नका लागि मैले सामान्य वर्कसप गरेको थिएँ । आफूलाई त ठीकै गरेजस्तो लागेको हो । अहिले आएर दर्शकले बढी मन पराइदिनुभयो ।

वास्तविक जीवनमा पनि त कसैको 'प्रेम' बनिएको होला !

अपरिपक्व प्रेम त कति भए कति । तर, साँचो प्रेम अहिलेसम्म भएको छैन । कुनै दिन होला ।

अभिनय सिकियो त ?

अहिलेसम्म त छैन । तर, अब सिक्नुपर्छ भन्ने लागेको छ । जिम र डान्स कक्षा त ज्वाइन गरिसकेँ । अभिनय कक्षा पनि चाँडै सुरु गर्ने तयारीमा छु ।

फिल्ममा प्रस्ताव कत्तिको आइरहेका छन् ?

'प्रेमगीत'को गीत रिलिज भइसकेपछि नै तीनटा फिल्मको प्रस्ताव आ'को हो । त्यसपछि छसातवटा आइसक्यो । 'प्रेम गीत'को सिक्वेलमा पनि मलाई दोहो¥याउने कुरा भइरहेको छ । त्यही भएर अरू फिल्मका लागि निर्णय गर्न सकिरा'को छैन ।

तपाईंको परिवार निकै कडा छ भन्नुभयो । अभिनयमा लाग्दा परिवार कत्तिको सन्तुष्ट छ त ?

अझै पनि सन्तुष्ट हुनुहुन्न । उहाँहरूलाई यो क्षेत्रमा भविष्य छ जस्तो नै लाग्दैन । यो क्षेत्रमा लागेर आर्थिक रूपमा सबल बन्न सकिँदैन जस्तो लाग्छ । अहिलेसम्म त्यस्तो बलियो उदाहरण केही नभएर पनि हो । मेरो परिवारलाई विदेश जाओस्, पैसा कमाओस् र हामीलाई पनि घुमाउन लैजाओस् भन्ने छ । मलाई भने यही क्षेत्रमा भविष्य बनाउनु छ । बन्छ भन्ने पनि लाग्छ ।

कुनै कलाकार छन्, जसबाट तपाईं प्रेरित हुनुहुन्छ ?

मलाई 'टाइटानिक'का हिरो लियोनार्डो डिक्याप्रियो मन पर्छ । जसले यो पटकको अस्कर अवार्डमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्नुभयो । उहाँको लुक्स, अभिनय र बोल्ने शैली सबैबाट प्रभावित छु । मलाई पनि उहाँजस्तै बायोपिक फिल्ममा काम गर्न मन लाग्छ । कोही योगदान पुर्याएको व्यक्तिको जीवनमाथि बनेको फिल्ममा अभिनय गर्न मन लाग्छ ।

फिल्म क्षेत्रको के कुराले तपाईंलाई बढी चित्त दुख्छ ?

यहाँ नयाँ–नयाँलाई पेल्न खोजिन्छ । जो बलियो छ, त्यसले राज गर्न खोज्ने संस्कार जहीँतहीँ छ । यहाँ पनि रहेछ । पारिवारिक पृष्ठभूमि फिल्म नभएकालाई यहाँ एकदम गाह्रो छ । फिल्मको वितरण र प्रदर्शनमा पनि पारदर्शिता छैन, जुन दुइटा फिल्म निर्माण गर्दा मैले भोगिसकेको छु । यस्तै–यस्तै कुराले चित्त दुख्छ ।
nagariknews

फाल्गुन २२, २०७२- कुनै फिल्म अवार्ड वितरण गर्नका लागि मञ्च उक्लिँदैमा कसैको यति धेरै चर्चा हुँदैन जति ओस्कर समारोहमा बलिउड हिरोइन प्रियंका चोपडाको भयो । बीबीसीले यसलाई एउटा ‘मोड’ का रूपमा व्याख्या गर्‍यो भने भारतीय सञ्चार माध्यमहरूले हलिउडमाथि बलिउडको प्रभावका रूपमा ।

न प्रियंकाले ओस्कर पाएकी हुन् न मनोनीत भएकी । तर, यति धेरै चर्चा किन भयो त ? ओस्कर वितरण गर्नुलाई नै हलिउडमाथि बलिउडको हमलाको रूपमा व्याख्या किन गरियो ? यसमा प्रियंकासँगै अर्की बलिउड सुन्दरी दीपिका पादुकोणलाई पनि जोडर व्याख्या गरिएको छ ।

टेलिफिल्म ‘क्वान्टिको’ बाट पिपुल्स च्वाइस अवार्ड पाएकी प्रियंका अब लगत्तै ‘बेवाच’ मा भिलेनको भूमिकामा देखिंदैछिन् । दीपिका भने भिन डिजलसँग ‘एक्सएक्सएक्स’ को नयाँ शृंखलामा व्यस्त छन् ।  बलिउडका यी दुई प्रतिस्पर्धी हिरोइनहरूको हलिउड सक्रियतालाई हलिउडको बजार विस्तार र बलिउडको प्रभाव विस्तारका रूपमा हेरिएको छ । जसरी केही वर्षअघि भटाभट भारतीय सुन्दरीहरूले विश्वसुन्दरीको ताज जित्थे, त्यसैगरी अहिले हलिउडका बिग बजेट फिल्ममा भूमिका पाउन थालेका छन् ।

यी दुवै परिघटनालाई भारतीय बजारमाथि पश्चिमको प्रभाव विस्तारको प्रयासका रूपमा हेरिएको छ ।  भारतमा हलिउड फिल्मको व्यापार पछिल्ला वर्षमा निकै बढेको छ । इरफान खानका स–साना भूमिका, भारतीय कथामाथि भारतमै निर्माण गरिएको ‘स्लमडग मिलेनियर’ ले जितेका ८ ओस्कर, एआर रहमान, गुल्जार र रसेल पुकेटीले एकैपटक पाएका ओस्कर, रहमानको ग्रामी र अनिल कपुरको टीभी शो, सबैको संयुक्त उपलब्धिका रूपमा प्रियंकाको ओस्कर मञ्च ‘आरोहण’ लाई हेरिएको छ ।

स्टिवन स्पिलवर्गको फिल्ममा देखिएका अमरिश पुरी र सन कनरीसँग देखिएका नसिरुद्धिन शाहको अभिनयले हलिउडमा बलिउडको आगमनको जुन संकेत दिन सकेको थिएन, त्यो काम प्रियंकाले गरेको मानिएको छ ।



तर, के साँच्चिकै यो बलिउडको हमला नै हो त ? आलोचकहरू त्यो मान्दैनन् । उनीहरू ठान्छन्– यो त उल्टो १ अरब भारतीयलाई अंग्रेजी फिल्म हेर्ने औपचारिक निम्तो हो । त्यस्ता हलिउड फिल्म, जहाँ भारतीय दर्शकले नै चाहेका स्वप्न सुन्दरीहरू हुनेछन् । गोराहरूको दुनियाँमा बलिउडका ‘ब्ल्याक ब्युटी’ हरूको जलवा छाउनेछ ।

अमेरिकापछिको हलिउडको दोस्रो ठूलो बजार एसिया हो । जापान, चीन र कोरिया यसमा अग्रणी छन् । अब यो लाइनमा भारत पनि थपिएको छ । भारतले हासिल गरेको आर्थिक वृद्धि र तीव्र सहरीकरणको फाइदा अहिले बलिउडलाई भइरहेको छ । एउटै फिल्मले ५ सय करोडको व्यापार गर्न थालेका छन् ।  संसारमै सबभन्दा धेरै फिल्म निर्माण गरे पनि र धेरै टिकट बिक्री भए पनि कुल कारोबारमा बलिउडभन्दा हलिउड अझै करिब ढाई–तीन गुणा ठूलो छ । हलिउड–बलिउडको अहिलेको आदान–प्रदानले एकातिर हलिउडको बजार विस्तारमा योगदान गर्नेछ भने अर्कातिर बलिउडलाई पनि ग्लोबल बनाउन मद्दत गर्नेछ ।

अहिले पश्चिममा जे–जति मात्रामा बलिउड फिल्म प्रदर्शन हुन्छन्, त्यसका मुख्य दर्शक विदेश पुगेका भारतीय नै हुने गरेका छन् । यिनले पश्चिमको मुख्य बजारमा धाक जमाउन सकेका छैनन् । तर, अब बलिउडका हिरोइनहरूले सायद, अंग्रेजी भाषाकै फिल्मबाटै त्यो काम गर्नेछन् ।

दीपिका र प्रियंका यो वर्ष बलिउडको सर्वाधिकमध्येको फिल्म ‘बाजिराव मस्तानी’ मा सँगै देखिएका थिए । हलिउडी शैलीका भव्य र रंगीन फिल्ममा विश्वास गर्ने संजयलीला भन्सालीको यो फिल्मबाट यी दुवैले बलिउडमा अवार्ड पनि पाए । आफ्नो पहिलो फिल्मबाटै हलिउडमा पनि उनीहरूले तरंग ल्याएका छन् । हेरौं यसले बलिउडलाई विश्वव्यापी बनाउँछ कि हलिउडलाई थप विस्तारित ?

हलिउडमा अश्वेत र ल्याटिन कलाकारको सहभागिता, उनीहरूलाई दिइने सम्मान तथा अवार्डहरूमा दिइने मनोनयनलाई लिएर चर्को बहस चलिरहेका बेला यी बलिउड अभिनेत्रीहरू हलिउड पुगेका छन् । यस्तोमा यो समावेशी नाराको फाइदा उनीहरूलाई पनि हुन सक्छ ।

मनोज नाइट श्यामलन मात्रै होइन, बलिउडै ‘मासुम’, ‘मिस्टर इन्डिया’ र ‘ब्यान्डिट क्विन’ जस्ता फिल्मका निर्देशक शेखर कपुरले अंग्रेजी फिल्ममा आफ्नो स्थान बनाएका थिए । केट ब्लान्चेटलाई लिएर उनले बनाएको ‘एलिजावेथ’ चर्चित फिल्म थियो । तर, पछिल्ला वर्षमा उनी पनि बलिउडतिरै फर्किएका छन् ।

हलिउडको काम गर्ने शैलीदेखि पाउने भूमिकासम्म हेर्दा एसियाली कलाकारलाई हलिउड खासै सजिलो ठाउँ मानिदैन । ज्याकी च्यानजस्ता कलाकार र आङ लीजस्ता निर्देशकहरू हलिउडमा स्थापित भएर पनि अझै ‘आउटसाइडर’ जस्ता मानिन्छन् । सन् २०१० यता ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड ‘शुद्ध अमेरिकी’ ले पाएका छैनन् । पछिल्ला दुई वर्ष यो अवार्ड मेक्सिकन अलेजान्द्रो गोन्जालेज (बर्डम्यान र दि रेभेनान्ट) ले पाए भने त्यसअघि मेक्सिोकै अल्फान्सो क्रुसो (ग्राभिटी) ताइवानका आङ ली (लाइफ अफ पाई), फ्रान्सका माइकल हजानभिकियस (द आर्टिस्ट) र बेलायतका टम हुपर (द किंग्स स्पिच) ले पाएका छन् । यसबाट पनि हलिउडमाथि गैरअमेरिकी मूलका कलाकार र निर्देशकको पकड प्रस्टिन्छ ।

यो विविधताको पनि भारतीय कलाकारहरूले फाइदा उठाउन सक्छन् । र, यससँगै उनीहरूको अर्को ‘प्लस प्वाइन्ट’ तिनै बलिउड दर्शक पनि हुनेछन् । त्यसको एउटा उदाहरण ओस्कर कार्यक्रममा लियानार्डोको बहुप्रतीक्षित विजयपछि दोस्रो बढी खोजी गरिएको समाचार प्रियंका चोपडाको उपस्थिति हुनुबाट पनि देखिन्छ ।


kantipur

फाल्गुन २१, २०७२- आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मलाई राजधानीका मल्टिप्लेक्सले सो पनि धेरै दिएका छन् ।

शुक्रबार क्युएफएक्सका तीन हल सेन्ट्रल, कुमारी र जय नेपालमा गरी १४ सो यसले पाएको छ । भुवन केसीले निर्देशन गरेको यो पहिलो फिल्म गोपीकृष्णमा मात्रै चारवटा हलमा चलाइएको छ । अष्टनारायणका दुवै हलमा यही फिल्म लगाइएको छ ।

पछिल्लो पुस्ताका दर्शकमाझ लोकप्रिय अनमोलको फिल्म भएकाले यसले युवा दर्शकको ध्यान खिचेको वितरकहरुले बताएका छन् । अनमोलको यसअघिको फिल्म ‘जेरी’ले पनि पहिलो दिनदेखि नै आक्रामक व्यापार गरेको थियो ।

आजै दिनेश डिसीले निर्देशन गरेको ‘फूलै फूलको मौसम तिमीलाई’ पनि रिलिज भएको छ । नीता ढुंगाना र आमेश भण्डारीले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले ‘ड्रिम्स’को तुलनामा थोरै सो पाएको छ । फिल्मका राजधानी वितरक सुनिल मानन्धरले बिहानको सोमा फिल्मको व्यापार कमजोर देखिएको बताए । यो फिल्मले ठूला मल्टिप्लेक्समा कम सो पाएका कारण यस्तो भएको हुनसक्ने उनी बताउँछन् ।

‘ड्रिम्स’ ले पहिलो दिन क्युएफएक्समा १४, बीग मुभिजमा ६, एफक्युबमा १२, क्युज सिनेमामा ५ सो पाएको छ । ‘फूलै फूलको मौसम तिमीलाई’ले बिग मुभिजमा मात्रै सो पाएको छ । यी दुवै फिल्म प्रेमकथामा आधारित छन् ।

kantipur

काठमाडौं । विहे हुँदहुँदै श्रीमान श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी अभिनेत्री श्वेता खड्का बिहीबार साँझ उत्तर ढोकास्थित दरबार रोधी घरमा भेटिइन् ।
रोधी घरमा भेटिँदा उनले निकै अप्ठ्यारो महशुस गरेकी थिइन् । उक्त रोधी घरको औपचारिक उद्घाटन गर्न उनी त्यहाँ पुगेकी हुन् । क्लवको उद्घाटनपश्चायत श्वेताले भनिन्, ‘म पहिलोपटक यस्तो माहोलमा सहभागी भएकी हुँ। त्यसैले केही अप्ठ्यारो महशुस भएको छ ।’ उनले रोधी घरमा माहोल देख्दा रमाइलो लागेको पनि बताइन् ।
‘सञ्चाल दाईहरुले मलाई आज यहाँ सहभागी हुने मौका दिनुभयो’ उनले भनिन्, ‘रोधी घरको माहोल रमाइलो रहेछ । यो रोधी क्लवले दिनभरी कामबाट थकित मनहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली लोक-संस्कृतिको समेत जगेर्ना गर्नेछ भन्ने मेरो विश्वास छ ।’ पछिल्लो समय सार्वजनिक कार्यक्रममा कमैमात्र देखिँदै आएकी श्वेता रोधी घरमा करिब एक घण्टा बसेर फर्किएकी थिइन् ।
दरबार रोधी क्लव एक वर्षअघि नै सञ्चालनमा थियो । तर, बिहीबारदेखि यसलाई पुनः नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो । यस रोधी क्लवलाई अर्जुन खरेल र प्रकाश खरेलले सञ्चालनमा ल्याएका हुन् । सञ्चालकमध्ये अजुर्नले भने, ‘दरबार रोधी क्लवले ग्राहकलाई चर्चित कलाकारबाट मनोरञ्जन प्रदान गर्नुका साथै स्तरिय खाना उपलब्ध गर्नेछ ।’ उनले बेलुकी ७ बजेदेखि १ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्ने पनि बताए । उद्घाटनको अवसरमा राखिएको औपचारिक कार्यक्रममा गीतसंगीत क्षेत्रका विभिन्न चर्चित कलाकारहरुको पनि सहभागी थियो ।
दरबार मार्गको उत्तर ढोकामा रहेको यस रोधी घरमा शिव हमाल, पिएन सापकोटा, विक्रम थापा, डोलराज बाह्रघरे, गंगा पुनलगायतका चर्चित लोक गायक/गायिकाले गीतसंगीत पस्किनुका लोकनृत्य तथा हास्यव्यंग्य समेत प्रस्तुत गरिन्छ । (स्क्रिन नेपालबाट)
dainiknepal

नायिका करिश्मा मानन्धरको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति नयाँ शक्ति नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले केही समय अगाडि काठमाडौमा आयोजित कार्यक्रममा जनयुद्धकालमा केही मिडियाले आफ्नो नाम करिश्मासँग जोडेको विषय उल्लेख गर्दै करिश्मासँग आफ्नो नभएर डा. बाबुराम भट्टराइको सम्बन्ध रहेको पुष्टि भएको अभिब्यक्ति दिएका थिए ।
राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकार उपयोग गर्दै नयाँ शक्ति नेपालमा करिश्मा आबद्ध भएको भन्दै नयाँ शक्ति नेपालले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ- ‘सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं ।’

पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहिन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति खेद व्यक्त गर्दै सम्बन्धित व्यक्तिहरुलाई तत्काल सार्वजनिक माफी माग्दै गल्ती सच्याएर राजनीतिक संस्कार देखाउन अपिल समेत गरिएको छ ।
जनयुद्धकालमा केही भारतीय मिडियाले एमाओवादी अध्यक्ष प्रचण्डले आफुलाई करिश्मा मनपरेको अभिब्यक्ति दिएको प्रसंग उल्लेख गरेका थिए । अहिले करिश्मा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध छिन् ।
onlinekhabar

काठमाडौं–हास्य कलाकार दिपकराज गिरीले ‘प्रधानमन्त्री पद पावरफुल कि सभापति’ भन्दै सामाजिक सञ्जालमार्फत नेताहरुलाई प्रश्न गरेका छन् । सुजाताले सभापतिको लागि आफू ब्याक नहुने भन्दै आइरहेकी थिइन् । तर, उनको त्यो बोली एक दिन नबित्दै सभापतिबाट ब्याक भएपछि उनले यस्तो लेखेका हुन् ।


नेपाली कांग्रेसको महाधिवेशनको चट्कारो चलिरहेको बेला उनले फेसबुकमा ‘कति हाँस्नु, यी कांग्रेसीहरुले नी आफैं हँसाउछन्’ भन्दै व्यंग्य समेत गरेका छन् ।

‘महाधिवेशनमा आफूलाई सहयोग गरे रामचन्द्र पौडेलले सुजातालाई प्रधानमन्त्री बनाउने रे’…भन्दै उनले ‘प्रधानमन्त्री पदमा १७ पटक हारेर रेकर्ड कायम गरेका रामचन्द्रले सुजातालाई प्रधानमन्त्री बनाउने रे…’ भन्दै फेसबुकमा लेखेका छन् ।’

उनले अगाडि लेखेका छन्, ‘पटक–पटक प्रधानमन्त्री जित्दा केही गर्न नसक्ने शेरबहादुरले सभापति जित्दा चाहिँ के गर्ने ?’
ratopati

फाल्गुन १९, २०७२- हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँरुप सार्वजनिक भएको छ । सर्टफिल्म ‘ज्योती’मा पञ्चरत्ने र पार्वतीको भूमीकामा उनीहरुको नयाँ रुप देखिएको हो ।

बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्टफिल्म ज्योति अहिले देशकै पहिलो बालमैत्रीनगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छाँयाकंन भइरहेको छ । भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनु पर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताए ।

बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जन चेतना जगाउनकालागि सर्टफिल्म ज्योतिनिर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नै पर्छ भन्ने मानसिकता परिर्वतनमा ज्योतिले सहयोग गर्ने उनीहरुको विश्वास छ ।

चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छिन् । यस सर्टफिल्मको कथा सिताराम कट्टेल र दिपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनि आचार्यकै रहेको छ । यस फिल्ममा धुर्मुस–सुन्तलीसँगै संगम विष्ट मुख्यपात्रको रुपमा देखिने छिन् । यस्तै, यमन श्रेष्ठ, दिपक आचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ ।
ekantipur

नायिका प्रियंका कार्कीको आज २९ औ जन्मदिन, प्रियंकाको लागि विशेष त हुने नै भयो । उनको जन्मदिनलाई अझै विशेष बनाईदिए दिपकराज गिरी, दिपाश्री निरौला अनि निर्मल शर्मा गैडाले । किनकी प्रियंकालाई जन्मदिनमा विशेष उपहारको रुपमा चलचित्र ‘६क्का पञ्जा’मा नायिकाको रुपमा अनुबन्धित गरिएको छ ।

नायिका कार्कीको यसअिघ चलचित्र ‘वडा नम्बर ६’ मा गरेको कामको खुलेरै तारिफ गरेका दिपकले यसपाली पनि चलचित्रको कथाले उनैलाई माग्ने भएकाले प्रियंकालाई नायिकाको रुपमा सिनेमामा लिईएको बताएका छन् ।

चलचित्र ‘६क्का पञ्जा’को लागि नायिकाको रुपमा आफु अनुबन्धित भएपछि प्रियंका पनि निकै खुशी देखिएकी छिन् । खुशी हुदै उनले निर्देशक दिपाश्री निरौलाई सोधिन्, ‘डाईरेक्टर साब अब मैले चलचित्रको क्यारेक्टरको लागि के गर्नुपर्छ ?’  जवाफमा दिपाले भनिन्, ‘केही गर्नु पर्दैन, तिम्रो अभिनय एक्सिलेन्ट छ जस्ट पाँच सात केजी जति वेट गने गरे पुग्छ ।’


यो वार्तालाप सुन्दा लाग्थ्यो प्रियंका पनि अब यो टिमको एउटा दरिलो हिस्सा नै हो । प्रियंकामा काम गर्ने क्षमता त छ नै साथमा उनमा काम प्रतिको डेडिकेसन र राम्रो संस्कार पनि रहेको चलचित्रकी निर्देशक दिपाश्रीले मज्जाको अनलाईनलाई बताईन ।

चैत्र ८ गतेदेखि फ्लोर ज्वाईन गर्ने यो सिनेमामा नायिका प्रियंकाको हिरोको रुपमा दिपकराज गिरी, केदार घिमिरे माग्ने बुढा, शिवहरी पौडेल, जितु नेपाललाई देख्न पाईनेछ । तर यसपटक सिनेमामा सिताराम कट्टेल ‘धुर्मुस’ भने हुने छैनन् । सितारामले आफ्नो कार्यब्यस्तताले सिनेमालाई समय दिने नसक्ने भएकाले सिनेमामा  उनको अभिनय हेर्न पाईनेछैन ।

चलचित्रमा किरण केसी, बसुन्धरा भुषाल, बुद्धि तामाङ्ग ‘हैट’ लगायत कलाकारहरुको पनि अभिनय रहनेछ । ‘६क्का पञ्जा’मा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहनेछ । सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको कथावस्तुमा यसपटक पनि कमेडीलाई नै महत्व दिइएको छ ।

mazzakoonline

सन् २००९ की मिस नेपाल, भिजे तथा माेडल जेनिशा मोक्तान व्यवसायी दिकेश मल्होत्रासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् । वैवाहिक कार्यक्रम आइतबारदेखि नै सुरु भएपनि शुक्रबारदेखि जेनिशा र दिकेश औपचापरिक रुपमा श्रीमान्–श्रीमती भएका हुन् ।

अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा दुलाहादुलही जेनिशा–दिकेससँगको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्,‘अब औपचारिक रुपमै जेनिशा मेरी बुहारी–जेनिशा मोक्तान मल्होत्रा ।’ फेसबुकबाटै अभिनेत्री कार्कीले जेनिशालाई मल्होत्रा परिवारमा स्वागत गरेकी छिन् ।

प्रियंका दिकेशकी फूपूकी छोरी हुन् । सन् २०१० मा प्रियंकाकै माध्यमबाट दिकेश र जेनिशाको भेट भएको थियो । त्यही बेलादेखि उनीहरुबीच प्रेमसम्बन्ध रहिआएको थियो ।

दिकेश र जेनिशा दुवै एमबिए उत्तिर्ण हुन् । हाल उनीहरु दुवै एकै व्यवसायमा संलग्न छन् । दिकेश सामसुङ माेबाइलकाे नेपालस्थित आधिकारीक बिक्रेता इन्टिग्रेटेड मोबिलिटी साेलुसन (आइएमएस) का अध्यक्ष हुन् भने जेनिशा कर्पोरेट विभाग हेर्छिन् ।

बताइएअनुसार जेनिशा अब मोडलिङबाट टाढै रहनेछिन् ।
सेतोपाटी


फिल्म रीलिज हुदै गर्दा फिल्ममा संगै काम गर्ने कोस्टार बिच रीलेशनको चर्चाले बजार तताउने गरेको पाइन्छ ।केही चर्चा आफै हुन्छन भने केही चर्चा चाही फिल्म मेकरहरुलेनै फिल्मको पब्लीसिटीको लागि गरेको देखीन्छ ।

आगामी फागुन २१ गते रीलिज हुन लागेको फिल्म ड्रिम्सको चर्चा चलिरहदा नायक अनमोल केसि र नायिका साम्राज्ञी लक्ष्मीले एक अर्का लाइ तारीफ गर्दा यि कलाकार बिचको सम्बन्धको बिषय रंग पत्रकार लगायत अन्य कलाकारहरु लाइ चाहने हरुको लागि चासोको बिषय भएको छ ।केही समय अघि फिल्म ड्रिम्सको युनिटले फिल्मको गित रीलिजको लागि गरेको कार्यव्रmममा पत्रकारले भुबन केसि लाइ मनपराउनु हुन्छ कि अनमोल केसि लाइ भन्ने जिज्ञासामा उनले पहीले भए भुबन अहीले अनमोल भनेर लजालु पारामा उत्तर दिइन ।उनको हाउ भाउ हेर्दा पनि उनको बिषेश आकर्शण अनमोल प्रति देखीन्थ्यो ।


अनमोल केसि लाइ पनि सामाज्य लक्ष्मीको बारेमा सोध्द अनमोलले पनि बिना कन्चुस्याइ तारीफ गरे । फिल्मको प्रचारको लागि गरीएको चर्चा हो या बास्तबिकता यो आगामी दिनमा थाहा होला तर यि जोडिको फिल्म यही आउदौ फागुन २१ देखी फिल्म ड्रिम्स सार्बजनिक प्रदर्शन हुदैछ ।होस्टेल र जेरी फिल्ममा रुचाइएका नायक अनमोलको यो तेस्रो फिल्म हो ।भने साम्राज्ञीको भने यो पहिलो फिल्म हो ।जुन फिल्म लाइ निर्देशन गर्दै सफल नायक र निर्माता रही सकेका भुबन केसीले निर्देशकीय यात्रा आरम्भ गरेका छन ।
News24Nepal

श्रीमान् श्रीमतीको सबन्धलाई कथाकार गुरुप्रसाद मैनालीले परालको आगोसँग तुलना गरेका छन् । सामान्य मनमुटाव र झगडापछि श्रीमानश्रीमतीको सम्बन्ध अझ प्रगाढ पनि हुने गर्दछ । त्यसैलै त पहिलेको बुढापाकाले नठोसी अगुल्टो पनि बल्दैन भन्ने उखान प्रयोग गर्ने गरेका थिए ।

सामान्य विषयमा झगडा गरेका श्रीमान श्रीमतीबीचको यो सम्बाद हेर्नुहोस्

श्रीमानः (रिसाएर) धेर निहुँ नखोज तँ जस्ता ५० जनालाई म लाईन लगाइदिन्छु ।


श्रीमानको आफूजस्तै ५० जनालाई लाइन लगाउने कुरा सुनेर मुस्कुराउँदै भनिन् ।

श्रीमतीः अझै पनि मजस्तै चाहिने भए, लाइनको सुरुमा म कि अर्कै ?

दम्पतीको यो सम्वादपछि दुवै दिल खोलेर हास्न थाले । झगडाको कारण दुर भयो भने सम्बन्ध झन प्रगाढ ।
annapurnapost

नायक अनमोल केसी (छोरा) र भुवन केसी (बाबु)को सम्बन्ध बाहिर हेर्दा जस्तो छ, के भित्री रूपमा पनि त्यस्तै होला ? आमा सुस्मिता घर छाडेर गएपछि अनमोलको मनोविज्ञानमा कस्तो असर गर्यो होला, के अनमोल आमाबाबुलाई एक हुनुपर्छ भन्नका लागि अगाडि आएनन् होला त ? यस्तै-यस्तै प्रश्न धेरै पाठकको मनमा पनि हुन सक्छ । अनलाइनखबरको स्टुडियोमा भुवन र अनमोलले यिनै सवालमा जवाफ दिए ।
अनमोलको रुचि अभिनयमा रहेको भुवनलाई कहिले थाहा भयो होला ?
भुवन केहीबेर सम्झेर भन्छन्, ‘जसरी सानैदेखि मलाई गीत गाउन मन पथ्र्यो, अनमोल पनि पढाइभन्दा म्युजिक र स्पोर्टमै रुचि राख्थ्यो । म पढाइमा खासै कमजोर थिइनँ, जसरी अनमोलले पनि पढाइमा खासै रुचि राखेन । म रेडियो नेपालमा सानै उमेरमा गाना गाउँथेँ, अनमोलले पनि साथीहरूलाई समेटेर स्कुलमा म्युजिक ब्यान्ड नै बनाएको थियो । ठ्याक्कै मेरो स्वभाव गएको थियो उसमा । उसले कहिल्यै पनि हामीलाई अभिनय गर्छु भनेन । तर, उसमा भित्रैबाट अभिनयको रुचि भएपछि हामीले साथी म तिम्रोको एउटा गीतमा खेलायौँ । यो गीत गरेपछि अनमोललाई चलचित्र खेल्न मन छ या छैन भन्ने बुझ्न पनि हामीलाई सजिलो हुन्थ्यो । तर,

भुवन केसी मेरो बच्चाजस्तो पो लाग्छ

अनमोलले गीतमा राम्रो काम गर्यो । पछि, होस्टेल चलचित्रका लागि निर्देशक हेमराज बीसीले अफर गर्दा उसले स्क्रिप्ट हेर्यो र मन पर्यो भन्यो । उसले कुनै पनि तालिम लिएको छैन, मसँगै सानोमा छायांकन स्थलमा पुग्दा, घरमा निर्माता निर्देशक आउँदा उसलाई अभिनयको ज्ञान भएको हो । उसको अभिनयबारे विभिन्न कुरा हुन्छन् । तर, अनमोल एक्सनको रियाक्सन हलिउड लेभलको गर्छ । ऊबाट मैले सिक्नुपर्ने कुरा पनि धेरै छन् ।’
भुवनको लामो उत्तरपछि प्रश्न अनमोललाई, कुरा उही थियो अभिनयमा रुचि छ भन्ने कुरा कहिलेदेखि थाहा भयो ?
‘मलाई होस्टेलको स्क्रिप्ट आएको थियो । त्योभन्दा अगाडि पनि मलाई अफर नआएको होइन । तर, होस्टेलको कथा मेरो रियल लाइफमा पनि मिल्ने भएकाले मन पर्यो । म पनि रियल लाइफमा होस्टेलबाट निकालिएको केटा हुँ । चलचित्रको कथा पनि त्यस्तै भएकाले मलाई गर्न मन लाग्यो । म मेरा साथीभाइ र टिचरलाई चलचित्रका माध्यमबाट देखाउन चाहन्थेँ । यसबाट राम्रो फिडब्याक आयो ।’
कुरा होस्टेलको आएपछि अनमोललाई अर्को एउटा प्रश्न थियो, के तपाइर्ंलाई बाबुआमाले होस्टेलमा नराखिदिएको भए हुन्थ्यो जस्तो लागेन ?
अनमोल यसको जवाफमा पोजेटिभ देखिए । मलाई होस्टेलमा नराखिदिएको भए हुन्थ्यो भन्ने नै लागेन । मलाई होस्टेल लाइफ बहुतै मन पर्यो । केटाहरूको बदमासी, रमाइलो, वास्तवमै भन्ने हो भने घरमा हुँदैन । होस्टेल जाने पहिलो दिन साथीहरूले देख्छन् भनेर ब्ल्यांकेटले मुख थुनेर रुन्थेँ । तर, पछि त्यसमै रमाउन थालेँ । पछि बिस्तारै घरमै जान मन नलाग्ने भयो ।
एउटा सुपरस्टारको छोरालाई किन होस्टेलको जीवन दिइयो होला, साँच्चै के पिता भुवनको मनले छोरालाई होस्टेल पठाउन मान्यो त ? यसमा भुवन जवाफ-
मान्छेको जीवनमा होस्टेल पनि बस्नुपर्ने चिज रहेछ । यो कुरा मैले अनुभव गर्न पाइनँ । होस्टेलबाट फर्किएपछि अनमोलमा आफ्नो काम आफैँ गर्ने, आफ्नो लूगा आफैँ मिलाउने बानी बस्यो । जुन अहिले म पनि गर्न सक्दिनँ…
बीचमै अनमोल बोले-
भुवन भन्छन्- म कहिलेकाहीँ उसको लुगा मागेर लगाउँछु । उसले एउटा अन्तर्वार्तामा भनेको थियो, हाम्रो लुगा मात्र सेयर हुन्छ, अन्डरवेयर होइन नि फेरि ।’
हाम्रो घरमा काम गर्ने मानिस छन् । तर म आफ्नो लुगा आफैँ मिलाउन चाहन्छु । आफूले खाएको भाँडा आफैँ मोल्न मन लाग्छ । अरुले गरेको कामको चित्त नै बुझ्दैन ।
फेरि भुवन बोले- अनमोललाई अहिले आत्मविश्वास बढेको छ । मलाई चिया खान मन लाग्यो भने कराइरहन्छु । तर, अनमोल आफैँ बनाएर ल्याउँछ ।
आखिर अनमोललाई होस्टेल किन राख्नुपर्यो त ? भुवन भन्छन्, ‘मैले उसलाई थप्पड त के गाली पनि गरेको छैन । ऊ घरमा हुँदा राम्रो पढ्दैनथ्यो । होस्टेलमा गयो भने साथीभाइको संगतले पढ्ला, होमवर्क गर्ला भन्ने लाग्यो । म भने उसलाई होस्टेल नराख्ने पक्षमा थिएँ । उसकै ममीको सल्लाहमा राखिएको हो, मेरो खुसीले होइन है फेरि ।’
अनमोल र भुवन एक-अर्कालाई बाबुछोरा भन्दा पनि साथी भन्न रुचाउँछन् । साच्चै यी दुईबीच कस्ता-कस्ता कुरा सेयर हुन्छन् होला ?
भुवन भन्छन्, ‘सानोमा उसले मेरो राम्रो लुगा देख्यो कि लगाइहाल्थ्यो । यसको लुगा मलाई फिट हुँदैनथ्यो । तर, अहिले उसले राम्रो लुगा लगाउन थाल्यो । म कहिलेकाहीँ उसको लुगा मागेर लगाउँछु । उसले एउटा अन्तर्वार्तामा भनेको थियो, हाम्रो लुगा मात्र सेयर हुन्छ, अन्डरवेयर होइन नि फेरि ।’
भुवनको कुराले अनमोल पनि मुसुक्क हाँसे । बिहानदेखि खाना नखाएकाले अनमोल केही निन्याउरो देखिएका थिए । अनलाइनबरको स्टुडियोमा आएकी चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मीले बाई भन्दै बिदा मागिन् । भुवन र अनमोलले हात हल्लाए, फेरि कुराकानीमै केन्दि्रत भए ।
भुवनले थपे, ‘हाम्रो व्यक्तिगत कुरा पनि सेयर हुन्छ । हामी बाबुछोरा जस्तै लाग्दैनौ । म बाबु हँु, तैँले यो गर्नैपर्छ भनेर म कर गर्दिनँ । यो कुरा हो बाबु, गरे राम्रो हुन्छ भन्छु । तर, उसले केहीबेर सोच्छ र राम्रो लागे गर्छ, नत्र मलाई रुचि छैन भन्छ । यसपछि म फोर्स नै गर्दिनँ ।’
अनमोललाई बाबु कस्ता लाग्छन् त ?

अनमोल रमाइलो पारामा बोले, ‘उहाँ एकदमै फ्रयांक र फ्रेन्ड्ली लाग्छ । मलाई ड्याडीजस्तो नै लाग्दैन, साथीजस्तो लाग्छ । कहिलेकाहीँ त मलाई भुवन केसी मेरो बच्चा जस्तो पो लाग्छ । किनकि म उहाँलाई धेरै राम्रा-राम्रा सल्लाह दिइरहेको हुन्छु । उहाँ बाहिर जाने घुम्ने गर्नुहुन्छ तर म घरमै बस्छु, खासै बाहिर हिँड्दिनँ ।’
के अनमोलले भुवनसँग युवतीका कुरा सेयर गर्छन् ?
भुवन मुस्कुराउँदै बोले, ‘उसले मलाई हरेक कुरा सेयर गर्छ । तर, युवतीका विषयमा जहाँसम्म मलाई लाग्छ, स्पेसल कोही छैनन् । अब केटी फ्यान, साथीहरू हुनु त स्वाभाविक नै हो ।’
भुवनले अनमोललाई गलफ्रेन्ड भए डिनरका लागि बोलाउन पनि भनेका छन् । तर, अनमोल भने आफ्नो कुनै प्रेमिका नभएको बताउँछन् ।
अनमोल भन्छन्, ‘खासै त्यस्तो छँदै छैन । मलाई रिलेसनसिपका लागि समय नै छैन । रिलेसनसिप भयो भने कपाल मात्र छिटो झर्छ ।’
अनमोलको कुराले भुवन हाँसे । सायद, कसैसँग सम्बन्धमा रहँदा धेरै टेन्सन हुने भएकाले अनमोल कपाल झर्ने कुरा गर्दै थिए ।
बाबुको नाम धेरै युवतीसँग जोडिने गर्छ । यस्ता समाचार पढ्दा, सुन्दा एउटा छोरालाई कस्तो लाग्ला ? मनोविज्ञानमा कस्तो असर गर्ला ?
अनमोल भने यसले आफूलाई कुनै असर नगर्ने बताउँछन् । भन्छन्, ‘म चाहन्न कि मेरो ड्याडी दुःखी भएर घरमा पत्रिका पढेर बस्नुहोस् । यो उहाँको रमाइलो गर्ने उमेर हो भने गर्नुपर्छ । मेरी ममी पनि सँगै भएको भए सायद मैले यो कुरामा आपत्ति जनाउँथेँ । तर, उहाँ एक्लै हुनुहुन्छ । यो उहाँको जीवन हो, मनोरञ्जन गर्न पाउनुपर्छ ।’
भुवन छोरालाई अथाह प्रेम गर्छन् । छोराको प्रेम पनि बाबुलाई उस्तै छ । भुवनले छोरालाई माया गरेर गालामा चुम्बन नगरेको कति भयो होला ?
भुवन हाँस्दै बोले, ‘अस्ति भर्खरै गरेको । उसलाई त म जहिले पनि गर्छु । कतै जाने बेला पनि गुड लक भन्दै गालामा चुम्बन गर्छु । सानोमा त ऊ उसको आमाभन्दा बढी मसँग हिँड्थ्यो ।’
साँच्ची, भुवनले अनमोललाई एउटा पिताको नाताले गर्ने माया कति होला ?
मैले अनमोललाई मेरो छोरा भनेर सोच्दिनँ । अनमोल नै म हो, म नै अनमोल हो । मभन्दा पनि बढी सफल होस् । भर्खरै मैले किनेर ल्याएको नयाँ पाइन्ट पनि उसले लगाउँछु भनेपछि मैले उसलाई तै लगा भनेर दिइहाल्छु । म कतै जान लागेको छु भने उसले म जाउँ भन्यो भने तैँ जा भन्छु । ऊ बच्चैदेखि पनि मसँगै नै झ्यामिन्थ्यो । यसैले पनि होला, आज परिस्थितिवश हामी बुढाबुढी अलग बसेका छौँ । तर, अनमोल मसँग नै बसिरहेको छ । यसैले पनि अनमोलको मलाई झनै माया लाग्छ । साँच्चै, उसले मलाई अथाह प्रेम गर्छ भन्ने मलाई लाग्छ ।
मेरो ड्याड र ममी पनि मजस्तै खुसी हुन जरुरी छ । तर, म छोरा भएको नाताले चाहन्छु, मेरो बुबा र आमा एकसाथ बसून् ।
भुवनले त अनमोलप्रति प्रेम दर्शाए । के अनमोल भुवनसँग बस्नुको कारण यही नै थियो त ?
अनमोल केही गम्भीर मुद्रामा देखिए, ‘म ड्याड-ममलाई बराबर प्रेम गर्छु । तर, बच्चैदेखि म जुन बेडमा सुत्छु, मेरो कोठामा जुन फर्निचर छ, यसमा मेरो लगाव बढी भएको हो । तर, मायाचाहिँ दुवैजनालाई बराबर गर्छु ।
के बाबुछोरा कहिल्यै भावनामा बगेर रोएका होलान् ? धेरै बाबु छोराबीच भावनाका आँसु धेरै बगेका हुन्छन् ।
भुवनले सम्झिए, ‘अहिले त यस्तो भएको छैन । तर, अनमोल सानो हुँदा सायद त्यस्तो भएको हुन सक्छ । खासगरी, उसको ममीसँग छुटिने बेला हामी इमोसनल भएर रुन्थ्यौँ । तर, अहिले त खुसी नै छौँ ।’
आमाबाबु अलग हुँदा सन्तानको मनमा पीडा त हुन्छ नै । अनमोल पनि यस्तै पीडाबाट के अलग छन् होला त ? के उनलाई लागेन आमा र बुबा अलग नभइदिएको भए हुन्थ्यो भन्ने ?
एउटा छोराको चाहना आमाबाबु सँगै बसून् भन्ने नै हुन्छ । तर, म स्वार्थी हुन चाहन्न । मेरो खुसी मात्र सोचेर पनि हुँदैन । मेरो ड्याड र ममी पनि मजस्तै खुसी हुन जरुरी छ । तर, म छोरा भएको नाताले चाहन्छु, मेरो बुबा र आमा एकसाथ बसून् ।
बाबु र आमाको मिलनका लागि उनले कुनै पहल गरेनन् होला त ?
कति गरेँ कति । अनमोल पीडा लुकाएर हाँसे । र, बोल्ने कोसिस गरे, ‘पहल त कति गरेँ गरेँ ?’
बीचमै भुवनले काटे, ‘बाबुआमा मिल्दिए हुन्थ्यो भन्ने त उसलाई लाग्छ होला । तर, कहिलेकाहीँ भन्छ- तिमीहरू खुसी छौ भने ठीकै छ ।’
फेरि अनमोल बोले, ‘पहिले त उहाँहरुलाई मिलाउन धेरै कोसिस गरेको थिएँ । यतिसम्म कि मैले ब्ल्याकमेल पनि गरेको थिएँ । हजुरहरु नमिल्ने हो भने, म आफैँ मर्दिन्छु पनि भनेको थिएँ ।’
यति भनेर चकलेटी नायक हाँसे । फेरि जोडे,
‘अहिले त ड्याड-मम दुवै खुसी हुनुहुन्छ जस्तो लाग्छ । म पनि आफ्नै कामले व्यस्त छु । घरमा पनि खासै हुँदिनँ ।’ यति बोल्दानबोल्दै अनमोल भावुक भइसकेका थिए । तर, चलचित्रको दृश्यको अभिनयजस्तै बीचमै हाँसिदिएँ ।
छोरालाई सुनिरहेका भुवनका पनि आँखा भरिएका थिए ।
भुवनले अनमोललाई कति माया गर्छन् होला ?
‘कुन बाबुले आफ्नो छोरालाई माया गर्दैन र ? अनमोलका दाजु र दिदी पनि छन् । उनीहरू भन्दा पनि उसको माया बढी किन लाग्छ भने सानैदेखि उसको संगत बढी भयो । यसैले पनि अनमोलको माया बढी लाग्छ । फेरि, उसले मेरै पेसा रोजेका कारण पनि उसको सफलता हेर्दा मलाई बहुतै खुसी लाग्छ । कतिपय मैले पूरा गर्न नसकेको कुरा पनि अनमोलले गरोस् भन्ने लाग्छ । नेपाली चलचित्र क्षेत्रका लागि अनमोलले गर्व गर्नलायक काम गर्दियोस् भन्ने लाग्छ ।’
भुवन स्क्यान्डलमा खुबै परे, के अनमोल यसबाट बच्न सक्लान् त ?

मुख्य कुरा आफू अनुशासनमा बस्ने हो । तर, स्क्यान्डल आयो भने कसरी त्यसलाई पार लगाउने भन्ने विषयमा मैले सोचेकै हुन्छु ।
अनमोल केसीलाई एउटा आरोप छ, भुवन केसीको छोरा भएकै कारण आज यो उचाई र सफलता मिलेको हो ? यो अनमोलका लागि लक हो ? अनि अनमोल लुक्सकै कारण चलेको हो ?
यसमा अनमोल तर्क छ, ‘म उहाँकै छोरा भएपछि यो उहाँको जुन क्रेडिट छ, यो अरुले खाने कुरा नै हुँदैन । मेरै अनुहार हो त, मेरो अनुहारको क्रेडिट मैले नखाएर अरु कसले खान पाउँछ त ? मैले अरुको चिज प्रयोग गर्न भएन । आफ्नो कुरा त आफूले नै प्रयोग गर्ने हो ।’
भुवन बीचमै थप्छन्, ‘मेरो छोरा हुँदा उसलाई सजिलो मात्र भएको छ । मेरो फ्यान, पत्रकारले पनि साथ दिने नै भए । यो कुराले यसलाई प्लस मात्र गरेको छ । उसको आफ्नै ट्यालेन्ट, लुक्स, बानीमै डिपेन्ट गर्ने हो ।’
साथीजस्ता भुवन केसी र अनमोल केसीले दिल खोलेर कुरा गरे । अनमोलले पैसा कमाउन थालेको धेरै भएको छैन । उनले बाबुसँग पकेट मनी माग्न छाडेको कति भयो होला ?
भुवन भन्छन्, ‘दुई वर्ष भयो । आफैँले कमाउन छाडेपछि मैले दिन छाडेको छु ।’
अनमोल आफ्नो कमाइ बाबुआमा दुवैलाई दिन्छन् । उनी भन्छन्, ‘म ड्याडलाई पनि दिन्छु, ममलाई पनि दिन्छु । भविष्यको योजनाका लागि सेफ पनि गर्छु । आफूलाई जिउन पनि खर्च गरिरहेको हुन्छु । सबै ठाउँमा ब्यालेन्स गर्छु ।’
अनमोलले कमाएको पैसा आफूलाई दियोस् भन्ने चाहना भुवनलाई छ कि छैन ? यसमा भुवन छोरालाई सानै देख्छन्, ‘मेरो नजरमा त ऊ सानो बच्चा हो । यति सानो उमेरमा उसले नाम कमाउनु नै ठूलो कुरा हो । उसले कमाएको पैसा जे गरे पनि मैले केही भन्दिनँ । मलाई चाहियो भने तैँले धेरै कमाएपछि माग्छु भन्छु । अहिले त मलाई उसले मसँग नमागेकोमा नै ठूलो कुरा लागिरहेको छ ।’
बाबु छोरामा धेरै प्रेम छ, साथ र सहयोग छ । भुवन केसीको उमेर बिस्तारै बढ्दै छ, अनमोल स्टार बन्ने दौडमा छन् । छोरा बुढेसकालको साथी बनोस् भन्ने पनि त होला नि, प्रश्न सकिन नपाउँदै भुवन बोले, ‘अवश्य बन्छ । ऊ मेरो बुढेसकालको साथी बन्छ । अहिले त मैले आफैँ कमाइरहेको छु । तर, पछि मलाई केही भयो भने उसले मलाई हेर्छ भन्नेमा त मलाई कुनै शंका नै छैन नि ।’
छोराप्रति भुवन शतप्रतिशत विश्वस्त देखिए । अनमोल पनि दायित्व सम्झन्छन्, ‘गर्नैपर्छ लाइफमा । आफ्नो परिवारलाई नगरे कसलाई गर्ने त ?’
‘अनमोलले के नगरिदिए हुन्थ्यो होला भन्ने लाग्छ त भुवनलाई ?’

अनमोलले आजसम्म मेरो दिल दुखाउने काम नै गरेको छैन । एउटा बाबु आमालाई छोराले ड्रग्स नखाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यो गरेन । उसले जीवनमा लागुपदार्थ कहिल्यै पनि सेवन नगरोस्, यसले मलाई चोट पुर्याउँछ । उसले यो काम गरेन, म यसमै खुसी छु ।
‘अनमोलको बिहेबारे भुवनले के सोचेका होलान् ?’
अहिलेको जमाना हाम्रो पालाको होइन । उसले जस्तो चाहन्छ त्यस्तै बिहे गरोस् भन्ने छ । आफू योग्य भएपछि मात्र बिहे गर भन्ने मेरो सुझाव हो । मेरो छोराले मन पराएको केटी मेरा लागि उत्कृष्ट जहिले हुन्छ । तर, नेपाली केटीसँग गर, विदेशी नगर भन्ने मात्र मेरो चाहना हो ।
‘नायिका गरोस् भन्ने छ कि छैन ?’
मलाई नायिकासँग बिहे गरे पनि केही छैन । किनकि, नायिका पनि राम्रा-राम्रा छन् ।
छोरामा कमजोरी देख्छन् भुवन ?
‘भुवन छोराका साना कमजोरी केलाउन लागे । उनको बुझाइमा अनमोल अल्छी छन् । बिहान उठ्न सक्दैन ।’
अनमोलले बीचमै कुरा काटे । काम गर्ने बेला त उठिहाल्छु नि । अरु बेला सुत्ने अधिकार सबैलाई छ हैन ?
अनमोलको नजरमा भुवनका पाँच कमजोरी के होलान् ? उनले यसरी सूची तयार पारे ।
१) चुरोट खाने बानी ।
२) आफ्नो उमेरभन्दा बढी योङ फेसन ।
३) तनाव बढी लिने ।
४) व्यायाम नगर्ने ।
५) अल्छी बढी । आफ्नो काम आफू नगर्ने, अरुलाई अह्राउने ।
प्रस्तुति: विजय सुवेदी आवाज
onlinekhabar

प्रधान मन्त्री के पि शर्मा ओलिले बलिउड कलाकारलाइ भेट्ने निस्चीत भएको छ ।भारत भ्रमणमा रहेका प्रधान मन्त्री ओलिले बलिउड कलाकारलाइ पनि भेट्ने भनिएता पनि भेटको कार्य योजना र कसलाइ भेट्ने सार्बजनिक गरीएको थिएन ।




बलिउडमा स्थान बनाउन सफल कलाकार मनिषा कोइराला र नेपाली दुताबासको संयाजनमा प्रधानमन्त्री ओलिको बलिउड चलचित्र कर्मीहरु संघको भेटघाटको बाताबरण बनाउन लागेक हुन ।ज्याकी श्राफ,सुभाष घइ लगायत मनिषा कोइराला निकट बलिउड स्टारहरु संग प्रधान मन्त्री ओलिले भेट्ने छन ।भेटको बिषय भने हाम्रो देश चलचित्र निर्माण र छायाँङ्कनको लागि उपयुक्त स्थान भएको जानकारी गराउदै दुइ देश बिचको चलचित्र क्षेत्रको बिकासको लागि छलफल केन्द्रीत हुने बताइएको छ ।News24Nepal

मोरङको डाँगिहाटको लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च मा.वि. खेल मैदानमा डाँगीहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगीहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गतेदेखि सुरु भएको डाँगीहाट खेलकुद महोत्सवमा बिहिवार साँझ आएकी चर्चित गायिका तथा मोडल ज्योती मगरले डाँगीहाटबासीलाई नचाएकी छिन् । रोल्पाको नुवागाँउमा जन्मे, हुर्केकी ज्योती मगर हिजोआज साङ्गीतिक क्षेत्रमा निकै हट गायिका मानिन्छिन् । साङ्गीतिक कार्यक्रममा सहभागी हुन पूर्व आएकी उनीसँग गरिएको
कुराकानीका केही अंशः

रोल्पाको मान्छे पूर्व आउनु भएको छ कस्तो लागिरहेको छ ?
सोचेभन्दा धेरै नै रमाईलो लागेको छ । यस अघि पनि एक पटक सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा कार्यक्रमको सिलसिलामा आएको थिएँ ।

कसको प्रेरणाले यस क्षेत्रमा लाग्नुभयो ?
म गाँउमा स्कुल पढ्दादेखि नै विभिन्न नाटक तथा अन्य सांगीतिक कार्यक्रमहरुमा सहभागी हुनेगर्थे । पछि थप प्रेरणा चाँही मेरो अंकल र ठूलोबुवाबाट प्राप्त भयो ।

कति भयो यस क्षेत्रमा लाग्नु भएको ?
गाँउबाट राजधानी आएपछि, करिव दश वर्ष जति भयो ।

हालसम्म कतिवटा गीतहरु गाउनु भयो ?
करिव पाँच दर्जन जति गीतहरु गाएको छु । त्यसमध्ये सात वटा गीतको भिडियोमा चाँहि आफै अभिनय समेत गरेको छु ।

सधैँउस्तै देखिनु हुन्छ कति वर्ष पुग्नुभयो ?
छोरा मान्छेको सेलरी र छोरी मान्छेको उमेर नसोध्नु भन्छन् ।

विहे कहिले गर्नुहुन्छ ?
खोई अहिले त्यतातिर ध्यान छैन, जुरेपछि गरिएला नि ।

कति पढ्नुभएको छ, कि पढ्दै हुनुहुन्छ ?
एस.एल.सी पास गरेर काठमाण्डौँको पिके कलेजमा पढ्न सुरु गरियो पछि खासै पढाइमा अघि बढ्न सकिएन, अब त पढ्छु जस्तो नि लाग्न छाड्यो ।

किन बढि मात्रामा सेक्सुवल प्रकारका गीतमा अभिनय गर्नुहुन्छ ?
आ–आफ्नो पन हो म्युजिक, पोल्टिक्स, गेम र सेक्स सँगसँगै आउछ यो चार चिजले कुनै न कुनै रुपले मान्छेलाई तान्छ । फिलिङ्स अनुसारको भिडियो खेल्छु, अचेल त मेरो प्याट्रन नै बनिसक्यो ।

सबैभन्दा मन परेको गीत कुन हो ?
'उही मुलाको चाना...' ।

अन्त्यमा तपाईंका स्रोता तथा दर्शकहरुलाई के भन्नु चाहनुहुन्छ ?
दर्शक तथा स्रोताहरु हुनुहुन्छ र नै म छु । म सधै उहाँहरुको ऋणी रहिरहने छु र सधैभरी यसैगरी माया गरिरहनु हुनेछ भन्ने आशा गर्दछु ।
प्रस्तुति : विवेक मिश्र
aajakokhabar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget