Articles by "ज्योतिष शास्त्र."

नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको
सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन
मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध
बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।
बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय
नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको
जवाफ कलमले लेखेर दिन्छ ।


भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो
मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण
गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे ।
नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि
फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका
प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भुगोलसम्म,गणितदेखि
विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे
विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि
आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र
उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र
अंग्रेजी मात्रै होइन,चाइनिज
कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले
प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज
उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।

आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा
हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको
नाम लेख्न लगाइयो । आदित्यले मधुमाता
लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए
। मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले
लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द
गरौं ।

’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर
लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित
लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’
आदित्यको जवाफ यस्तो थियो,ध्यान
गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ
आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि
हुन्छन् ।

नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको
प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’
नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा
उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम
गर्दैनन् ।

’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर
प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’
नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा
उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२
भित्र ।

’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को
होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम
लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने
आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला
यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले
जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि
आदित्यले लेख्ने गरेका छन् ।

एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले
चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु
कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत
शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो ।

– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र
अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ
पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी
पौडेलको विशेष सामग्री प्रकाशित छ ।

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।

कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।

वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।
हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।
भबिष्यवाणी १


धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद् भागवत् १२-२-१।
भबिष्यवाणी २
कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।
श्रीमद् भागवत् १२-२-२।
भबिष्यवाणी ३
पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद् भागवत् १२-२-३।
भबिष्यवाणी ४
व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद् भागवत् १२-२-४।
भबिष्यवाणी ५
कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद् भागवत् १२-२-५।
भबिष्यवाणी ६
एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद् भागवत् १२-२-६।
भबिष्यवाणी ७
जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद् भागवत् १२-२-७।
भबिष्यवाणी ८
अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।
श्रीमद् भागवत् १२-२-९।

भबिष्यवाणी ९
मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद् भागवत् १२-२-१०।
भबिष्यवाणी १०
कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।
श्रीमद् भागवत् १२-२-११।
भबिष्यवाणी ११
मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद् भागवत् १२-२-१२।
भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।
श्रीमद् भागवत् १२-३-४१।
भबिष्यवाणी १३
संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद् भागवत् १२-३-३८।
भबिष्यवाणी १४
सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद् भागवत् १२-३-३६।
भबिष्यवाणी १५
सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।
onlinedailypost

काठमाडौं २५ फागुन । बुधबार (भोली) बिहान ग्रस्तोदिन खन्डग्रास सूर्य ग्रहण परेको ज्योतिषहरुले बताएका छन् ।
यो बेला ठूला ठूला घटना दुर्घटना हुनसक्ने उनीहरुले चेतावनी समेत दिएका छन् । यसलाई काठमाडौंको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देख्न सकिने बताइएको छ ।
चर्चित ज्योतिष सुनील सिटौलाले ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने बताए ।

ज्योतिष सिटौला
प्रचलित ज्योतिष अनुसार भोली फागुन कृष्ण औसी तिथि ८ बजेर ६ मिनेट सम्म रहेको छ । त्यस पछी फाल्गुन सुक्ल प्रतिपदा लाग्ने छ । सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ ।
प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ । जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ । यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नुपर्छ ।
अन्य राशीहरुका लागि भने मेष लाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश, कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ ।
धार्मिक मान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नुहुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनुहुँदैन ।
यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भूकम्प, सुनामी आउनेदेखि प्रसिद्ध व्यक्तिको हत्या एवम मृत्यु हुन सक्ने बताउँछ ।
यसैलाई आधार मानेर युरोपियन ज्योतिषले कुनै ठूलै व्यक्तिको हत्या हुन सक्ने भनेर भविस्यवाणी गरेको समाचार बेलायतको चर्चित पत्रिका मिररले छापेको छ ।
‘हाम्रोमा पनि ग्रहण देखिने इन्डोनेसिया एवम प्रशान्त एसियामा सुनामी र भूकम्पको खतरा ४ महिना सम्म रहिरहने देखिन्छ । त्यस्तै ग्रहणको मास फल विचार गर्दा भारत र पाकिस्तानबीच कास्मिरलाई लिएर नयाँ खतरा बढ्ने देखिन्छ’ ज्योतिष सिटौलाले भने ।
dainiknepal

काठमाडौँ । राजा वीरेन्द्रको वंश समाप्त हुने गरी भएको दरबार हत्याकाण्ड भएको १४ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भोजमा गरिएको अन्धाधुन्ध गोली प्रहारबाट पूर्वराजा ज्ञानेन्द्रको परिवार मात्रै आश्चर्यजनक र रहस्यमय ढंगबाट सकुशल रहेको थियो ।


 दरवार हत्याकाण्डको कालो दिन । आजको दिनलाई नेपालको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ । जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यले ज्यान गुमाएका थिए ।

 हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति केहि राजनीतिक दल बाहेक जनता र प्रमुख राजनीतिक दल र नेताहरुले विस्वास गरेका छैनन् ।राजा वीरेन्द्रको वंशनाश भएको घटनाको १४ वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थप सत्य बाहिर आउन सकेको छैन।

राजसंस्थाको विरुद्धमा शसस्त्र यूद्धमा होमीएको तत्कालीन नेकपा माओबादीले भने हत्याकाण्डमा राजा विरेन्द्रको माइला भाई ज्ञानेन्द्र र पारस शाहको प्रत्यक्ष संलग्नता रहेको दावी गरेको थियो ।हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२ ०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।

दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटकसम्म सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्न भने सकेको पाइएको छैन ।माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो ।

 कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए ।

 सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो ।संविधान सभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गर्यो । तर नेपालमा गणतन्त्रको औपचारिक थालनी भने करिव ८ बर्षअघि आजैका दिनबाट भैसकेको थियो ।

राजाको जेठो छोरा राजा हुने परम्पराको अन्त आठ बर्षअघि आजैको दिन अर्थात् २०५८ जेठ १९ गते भएको थियो । त्यो दिन नारायणहिटी राजदरवारभित्र भएको हत्याकाण्डमा राजा बीरेन्द्रलगायत उनको पुरै बंश नास भएको थियो । परम्परागत राजतन्त्रअनुसार राजाको जेठो छोरा राजा हुने त्यो दिन नै नेपालमा गणतन्त्र सुरुवातको दिन थियो ।



 राजा बीरेन्द्रको बंशनासपछि उनका भाई ज्ञानेन्द्रलाई राजगद्दी सुम्पिएको थियो । गणतन्त्र स्थापनाकालागि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा हजारौ शहीदहरुले प्राणको आहुति दिएका छन् । तर गणतन्त्र स्थापनामा ती शहीदका रगतको जति भूमिका छ त्यति नै भूमिका जेठ १९ गते राजदरवारमा बगेको राजा बीरेन्द्रका परिवारको रगतकोपनि त्यत्तिकै भूमिका छ ।

 नारायणहिटी राजदरवारमा हरेक महिनाको तेश्रो शुक्रबार राति नियमित पारिवारिक जमघटको आयोजना गरिन्थ्यो । यसै अनुसार २०५८ जेठ १९ गते शुक्रबारपनि जमघटको आयोजना गरियो । त्यसदिनको जमघट त्रिभुवन सदनमा गरिएको थियो जहाँ तत्कालिन युवराज दीपेन्द्र बस्ने गर्थे । राजा बीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडारानी रत्न, युवराज दीपेन्द्र, अधिराज निराजनका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरुलाई निम्तो दिइएको थियो ।अन्य शाही नातेदारपनि त्यहाँ निम्त्याइएका थिए ।

 निम्तालुहरुको संख्या २४ थियो ।सबैलाई बेलुकी साढे सात बजे आउन भनिएको थियो । आमन्त्रित मध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही, र राजकुमारी विमला सिंह उपस्थित थिएनन् । अन्तिम राजा ज्ञानेन्द्र त्यो बेला पोखरामा रहेकाले निम्त्याइएका थिएनन् । बाँकी राजपरिवारका सदस्य र नातेदारहरु सबै जमघटमा उपस्थित थिए ।

त्यो अन्तिम रातस् घटनाको श्रृङ्गखला

आफ्नै निवास भएकाले त्रिभुवन सदनमा बेलुकी साढे सातबजे भन्दा अघि नै श्री ५ युवराजधिराज दीपेन्द्र पुगिसकेका थिए । त्यसपछि अन्य आमन्त्रितहरु त्यहाँ पुग्न थाले । आमन्त्रित अधिकांस आइपुगेपछि राति आठ बजेतिर युवराज दीपेन्द्र आफ्नो मोटरबाट मुमाबडामहारानी रत्नकहाँ पुगे । रत्न महेन्द्र मन्‍जिलमा बस्ने गर्थिन् ।

 त्यहाँ पुगेका दीपेन्द्रले मुमाबडामहारानी रत्नको मोटर आफैले चलाई जमघट स्थान त्रिभुवन सदनमा ल्याए । अब रत्न बिलियार्ड कोठाको पूर्वतर्फ रहेको सानो बैठक भनिने कोठामा रहिन् जहाँ उनलाई श्री ५ अधिराजकुमारी हेलेन शाहले कुराकानीमा साथ दिइन् । राति साढे आठ बजे राजा बीरेन्द्रपनि त्यहाँ आइपुगे । उनी पैदल हिडेरै आफ्नो अफिसबाट सिधै त्रिभुवन सदनमा पुगेका थिए । उनले सबैभन्दा पहिले मुमाबडामहारानी रत्नसँग भेट गरे साथै केही मिनेट भलाकुसरीपनि ।

 सो भलाकुसरीपछि उनीपनि बिलियार्ड कोठातर्फ लागे ।यतिन्‍जेलसम्म नारायणहिटी दरवारभित्रको त्यो बंगलामा रहेका युवराज दीपेन्द्रको मनस्थितिमा परिवर्तन आइसकेको थियो । उनी कम्ब्याट पोशाकमा दुईतर्फ अत्याधुनिक राइफल र बार्ह बोरको बन्दुक भिरेर बिलियार्ड कोठामा प्रवेश गरिसकेका थिए । हतियारले सुसज्जित उनी बिलियार्ड कोठासँगै जोडिएको डायनिङ्ग कोठाको पूर्वतिरको बैठकतिरबाट जमघटमा प्रवेश गरे । र आफ्नो साथमा रहेको कालो रङ्गको ९ एमएम क्यालिबरको मेसिनगनबाट कोठाको सिलिङ्ग र पश्चिम भित्तातर्फ फायरिङ्ग गर्न थाले ।

 के हुन लागेको हो कसैले अनुमान गरिनसक्दै उनी बिलियार्ड टेवलको पूर्व छेउतर्फ लागे जहाँ उनका पिता राजा बीरेन्द्र आफ्ना नातेदारहरुसँग कुराकानी गरिरहेका थिए । पिता बीरेन्द्रउपर गोली फायर गरेपछि दीपेन्द्र आफै पछाडि सरे ।पछाडि सरेका दीपेन्द्रले बिलियार्ड कोठाबाहिर निस्केर सो कोठाको पूर्वतर्फ भित्री बगैचाको छेउमै रहेको उत्तरतर्फको झयाङ्गमा राईफल फ्याँके । उनी फेरि बिलियार्ड कोठामा प्रवेश गरे जहाँ उनले केही समयअघिमात्र आफ्नो साथमा रहेमध्येको टेलिस्कोपसहितको एम. १६ राईफल राखेका थिए । उनले त्यो राइफल फेरि बोके । र वरिपरि रहेका सबैतरि सोझ्याउँदै फायर गर्न थाले । उनको निशाना अहिलेपनि पिता बीरेन्द्र नै थिए ।

नजिकै दीपेन्द्रका आफ्नै बहिनी ज्वाइँ कुमार गोरख शमशेर राणा, काका धीरेन्द्र र फुपाजु कुमार खड्कबिक्रम शाहसमेत रहेकाले उनीहरुपनि दीपेन्द्रको प्रहारबाट बच्न सकेनन् । यी तीनजनामाथि फायरिङ्ग गरेपछि उनी पछाडि सर्दै ढोकामा पुगेजस्तो देखियो  पछि सर्दै ढोकासम्म पुगेपनि दीपेन्द्र फेरि अगाडि बढे । अब उनको निशानामा उनकी बहिनी अधिराजकुमारी श्रुति, फुपुहरु अधिराजकुमारी शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलगायत परे । उनीहरुमाथिपनि जथाभावी गोली हानेका युवराज दीपेन्द्र बिलियार्ड कोठातिर लागे । लगत्तै उनी कोठाको पूर्वतिरबाट बाहिर निस्के ।

त्यहाँबाट पूर्वतिर रहेको भित्री बगैंचातिरबाट भाग्न थाले । यसरी राजपरिवारका महत्वपूर्ण सदस्यहरुमाथि गोली दागेर भाग्दै गरेका दीपेन्द्रलाई त्यो बगैंचामा आमा बडामहारानी ऐश्वर्यले खेद्न थालिन् । आमा ऐश्वयलाई पछ्याउँदै अधिराजकुमार निराजनपनि दीपेन्द्रलाई खेद्न थाले । तर विश्वकै सबैभन्दा अत्याधुनिक र शक्तिशाली अमेरिकी स्वचालित एम १६ बोकेका दीपेन्द्रसँग यी दुइको के लाग्थ्यो ?दीपेन्द्र त्यहाँ रहेको नील काँडाको झ्याङ्ग नाघेर अर्को भागमा पुगे ।

 त्यहाँबाट दीपेन्द्रले उनले आफूलाई खेद्दै गरेका आमा ऐश्वर्य र भाई निराजनमाथि गोली चलाए । आफ्नो परिवारका सबै सदस्यमाथि र नातेदारहरुमाथिसमेत एकपछि अर्को गर्दै गोली चलाएपछि दीपेन्द्र आफैले आफूसँग जगेडा रहेको पेस्तोलबाट गोली चलाए । र आत्महत्याको प्रयास गरे।

यसरी ज्ञानेन्द्र दोश्रो पटक राजा घोषित गरिए

दीपेन्द्रले प्रहार गरेको गोली लागी घाइते भएकामध्ये राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शारदा र शान्ति, शाहज्यादी जयन्ती, कुमार खड्कबिक्रमको स्वयम्भू छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो ।पूर्व अधिराजकुमार धीरेन्द्र एबं अचेत अवस्थामै राजा घोषित भएका दीपेन्द्रकॊ मृत्युको घोषणा सो घटनाको ४ दिनछि जेठ २२ गते बेलुकी गरिएको थियो ।

घाइतेमध्ये अधिराजकुमारी कोमल, पूर्व शाहज्यादी केतकी चेस्टर र कुमार गोरखशमशेर लामो उपचारपछिमात्र बच्न सके ।उता दीपेन्द्रको मृत्युपछि राजपरिवारमा जीवित रहेकामध्ये सबैभन्दा जेष्ठ सदस्य ज्ञानेन्द्रलाई जेठ २२ कै दिन राजा घोषित गरियो । यसरी नेपालको इतिहासमा ज्ञानेन्द्र दोश्रो पटक राजा घोषित गरिए । यसअघि ०७ मा राजा त्रिभुवन शरण खोज्दै नयाँ दिल्ली पुगेपछि नारायणहिटीमा रहेका बालक ज्ञानेन्द्रलाई तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेरले राजा घोषित गरी श्रीपेचसमेत पहिर्याएका थिए ।

 अन्धो प्रेममा पागल प्रेमी युवराज

विश्वकै इतिहासमा दुर्लभ र दर्दनाक मानिएको यस्तो दर्दनाक हत्याकाण्डको मूल कारण थियो( युवराज दीपेन्द्रको देवयानी राणासँगको प्रेम । देवयानी राप्रपा अध्यक्ष पशुपति शमशेर राणाकी छोरी हुन् । त्यसअघि दीपेन्द्रको विवाहको चाँजो सुप्रिया शाह नामकी युवतिसँग मिलाइएको थियो । सुप्रिया अहिलेपनि मुमा बडामहारानी रत्नको निजी सचिवको रुपमा कार्यरत छिन् । ख्वै के कारणले हो पछि रानी ऐश्वर्य लगायत राजपरिवारका अन्य सदस्यले सुप्रियासँग दीपेन्द्रको विवाह हुन नसक्ने बताए ।

 त्यसपछि दीपेन्द्रले आफ्नो लागि आफै कन्या खोजे ।उनको रोजाईमा देवयानी परिन् । तर भारतको ग्वालियरजस्तो राजघरानाकी नातिनी देवयानीसँग दीपेन्द्रको विवाह हुँदा राजपरिवारमा देवयानीकोमात्र होइन ग्वालियरको राजपरिवारकोसमेत बर्चश्व बढ्ने चिन्ता राजपरिवारका अरु सदस्यले गरे । र देवयानीसँगको सम्बन्ध छुटाउन उनलाई दबाब दिन थालियो ।

देवयानीलाई बिबाहको बचन दिइसकेका दीपेन्द्रले भने देवयानीसँगसम्बन्ध टुटाउने होइन बरु आफ्नै बंश नास गर्ने र आफूलेपनि आत्महत्या गर्ने निर्णय गरे । फलतस् आठ बर्षअघि आजैका दिन नारायणहिटी दरवारमा त्यो विभत्स घटना भयो ।सो घटना हुनुअघि युवराज दीपेन्द्रले बिलियार्ड कोठामै रहेकै बेला आफ्ना एडिसी गजेन्द्र बोहोरालाई आफूले खाने प्रकृतिको चुरोट ल्याउन मोवाइल फोनबाट भनेका थिए । भनिए बमोजिम गजेन्द्र बोहोराले दीपेन्द्रका शाही अर्दली रामकृष्ण केसीलाई अर्हाए । केसीले ‘विशेष प्रकार’ को चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई शाहज्यादा पारशमार्फत् जिम्मा दिए । त्यसमा गाँजालगायतका ‘कालो पदार्थ’ भरिएको थियो ।

त्यो कालो पदार्थ के थियो अहिलेसम्म अज्ञात छ । यस्ता नसालु पदार्थको व्यवस्था युवराज दीपेन्द्रले आफै गर्ने गरेको भनाई छ । अर्दली केसीका अनुसार दीपेन्द्र आफैले खोजेर ल्याउने गाँजा लगायतका नशालु पदार्थ भरिएको चुरोटको सेवन करिव एक वर्षदेखि गर्न थालेका थिए । युवराज दीपेन्द्रका एडिसी गजेन्द्र बोहोरा र राजु कार्कीसमेतले नारायणहिटी काण्डका बारेमा छानविन गर्न गठन गरिएको समितिलाई दीपेन्द्रले यस प्रकारको चुरोट पिउने गरेको कुरा बताएका छन् ।मोवाइल नं। ९८१०२१५१३ र ९८१०२४३३९ सो चुरोट पिएपछि नशामा लठ्ठ परेका दीपेन्द्रले राति ८स्१२ बजे आफ्नो ९८१०२१५१३ नं को मोवाइलबाट आफ्नी प्रेमिका देवयानीको ९८१०२४३३९ नम्बरमा फोन गरी एक मिनेट १४ सेकेण्ड कुराकानी गरे ।

 फेरि उनले देवयानी सँग ८ बजेर १९ जाँदा दोश्रो पटक कुराकानी गरे । दोश्रो पटक यी दुई प्रेमी(प्रेमिकाबीच ४ मिनेट १४ सेकेण्ड कुराकानी भएको थियो ।त्यसपछि फेरि राति ८ बजेर ३९ मिनेट जाँदा दीपेन्द्रले देवयानीलाई तेश्रो पटक फोन गरी अन्तिम कुराकानी गरे । तेश्रो तथा अन्तिम यो कुराकानी ३२ सेकेण्ड चलेको थियो । देवयानीका अनुसार अन्तिम कुराकानीको समयमा दीपेन्द्रको स्वर लडबडाइरहेको थियो । तर ती तीन कुराकानीमा दीपेन्द्रले देवयानीलाई के भनेका थिए यो कुराको रहस्य देवयानीले अहिलेसम्म खोलेकी छैनन् ।

 हाल उनको भारतको एक राजघरानाका राजकुमारसँग विहे भैसकेको छ ।देवयानीसँगको यही अन्तिम कुराकानीपछि दीपेन्द्र सैनिक कम्ब्याट पोशाक लगाएर हात हतियार समेत लिई खोपी बाहिर निस्केका थिए । दीपेन्द्रका अर्दली रामकृष्णले हातहतियार सुसज्जित दीपेन्द्रलाई देखेपनि केही समयपछि नै त्यस्तो विभत्स घटना होला भन्ने उनले कल्पना गर्न सकेनन् त्यसैले उनले दीपेन्द्रलाई रोक्ने कुनै प्रयास गरेनन् । चुरोटमात्र होइन त्यसअघि बिलियार्ड खेल्ने क्रममा दीपेन्द्रले एक दुई पेग सङ्लो फेमस ग्रोस व्हीस्की पिउनपनि भ्याइसकेकाले राजा बीरेन्द्र त्रिभुवन सदन आउनु अघि युवराज दीपेन्द्र शरीर थाम्न नसकी शरीर ढलपल हुन थालिसकेको थियो ।

 दीपेन्द्रको यस्तो हालत हुनुको कारण व्हीस्की हुनसक्छ भन्दै अधिराजकुमार निराजन, शाहज्यादा पारश, कुमार गोरख र डा। राजीव शाही समेत ४ जना मिली दीपेन्द्रलाई त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको खोपीमा लगेका थिए । तर यो सब उनको नाटक थियो र यो नाटक देवयानीसँग बिहे गर्न नदिइएको रिस पोख्न गरिएको थियो भन्ने कुरा केही छिनपछिको त्यो विभत्स घटनाले देखायो । देवयानीसँग विहे गर्न नदिइएको रिसमा केही छिनमै नारायाणहिटी रगतको आहालमा परिणत भयो।

शंकाको घेरामा ज्ञानेन्द्र

अहिलेसम्मका तथ्य र प्रमाणहरुले दरवारभित्रको सो हत्याकाण्डको दोषी युवराज दीपेन्द्र नै देखिन्छन् । तर राजा बीरेन्द्रसहित उनको पुरै बंश नास हुनु तर सो जमघटमा सामेल भएका अन्तिम राजा ज्ञानेन्द्रका छोरा पारश, बुहारी हिमानी, छोरी प्रेरणालाई केही नहुनु, घटनाकाबेला ज्ञानेन्द्र पोखरामा हुनु र हत्याकाण्डपछि ज्ञानेन्द्र नै राजा हुन पुग्नुले कतै हत्याकाण्डमा ज्ञानेन्द्रको त हात थिएन रु भन्ने शंका गर्नेहरुलाई बल पुगेको छ । ज्ञानेन्द्रमात्र होइन उनका छोरा पारसको उद्दण्ड छविलेपनि शंकामाथि शंका थपेको थियो ।

 हुन त घटनामा परी ज्ञानेन्द्र पत्नी कोमलपनि घाइते नभएकी होइनन्‌ तर शान्त र सौम्य प्रकृतिका राजा बीरेन्द्रको पुरै बंशको हत्या, जनमानसमा लोकप्रियता हासिल गर्दै गएका दीपेन्द्रसमेतको मृत्युका कारण कोमललाई पनि गोली लागेको कुरा छायाँ पर्यो । यसरी ज्ञानेन्द्रको परिवार नेपाली जनमानसमा शंकाको घेरामा परे । उनको शक्तिको मोहले उनीमाथिको शंका अरु बढायो ।

माओवादीको चतुर खेल र राजतन्त्रको अन्त्य

सो हत्याकाण्डपछि माओवादीले राजा बीरेन्द्रसँग आफूहरुको बार्तामात्र होइन अघोषित कार्यगत एकता भएको खुलाशा गर्दै यो एकता तोड्न र उदार राजा बीरेन्द्रलाई सिध्याएर माओवादीलाईपनि सिध्याउन ज्ञानेन्द्रले नै हत्याकाण्ड गरेको आरोप लगायो । यो स्थितिमा राजा भएका ज्ञानेन्द्रले यो आरोपको प्रतिवाद आफ्ना व्यवहारद्धारा गर्नुपर्नेमा माओवादीको आरोपलाई पुष्टि गर्ने गरी राजनीतिक महत्वाकांक्षा देखाउन थाले ।

उनी जुन परिस्थितिमा राजा भएका थिए त्यो स्थितिमा उनले आफै राजाले पाउने अधिकार र सुविधा कटौति गर्नुपर्नेमा षडयन्त्रद्धारा आफ्नो अधिकार र सुविधा बढाउन थाले । आफ्नो कठपुतली देउवा सरकारलाईसमेत भंग गरेर उनले आफै शासन गर्न थाले । अप्ठेरो स्थितिमा राजा भएका उनका रक्षा कबज वास्तवमा कांग्रेस र एमालेजस्ता पार्टीहरु थिए । तर यी राजनीतिक शक्तिलाई आफैले गलहत्याएर उनले आफ्ना रक्षा कबज आफैले फुकाले ।

 यो स्थितिमा राजनीतिको चतुर खेलाडी माओवादीले भने यी दुई राजनीतिक पार्टीलाई आफू निकटमा ल्याएर ज्ञानेन्द्रलाई कमजोर पार्न थाल्यो । अति राजनीतिक महत्वाकांक्षा देखाएपछि ज्ञानेन्द्र अन्तर्राष्ट्रिय समुदायबाटपनि एक्लिन थाले । यसैबीचमा माओवादी र सात राजनीतिक पार्टी मिलेर जनआन्दोलन २०६२- ०६३ को आयोजना गरे जुन सफलतामा टुङ्गियो । र राजा ज्ञानेन्द्रलाई शक्तिहीन पारियो ।

 राजनीतिक उतारचढावका बीच २०६५ चैत्र २८ गते संविधान सभाको चुनाव भयो । चुनावमा माओवादी विजयी भयो र उसैका बलमा जेठ १५ को संविधान सभा बैठकले नेपालबाट राजतन्त्रको बिदाई गर्यो । त्यसैले जेठ १९ गते राजा बीरेन्द्रको अन्त्यको दिनमात्र थिएन नेपालमा राजतन्त्रको अन्त्यको सूत्रपात गर्ने दिनपनि थियो ।
onlinedailypost

कुनै पनि साधारण मानिसका लागि ग्रहण एउटा आश्चर्यलाग्दो खगोलीय घटना हुनसक्छ, चाहे त्यो सूर्यग्रहण होस् या त्यो चन्द्रग्रहण । साधारण मानिसले यस्तो घटनालाई एउटा अलौकिक र विरलै हुने घटनाको रुपमा लिएको पाइन्छ । साच्चै भन्ने हो भने ग्रहण एउटा प्राकृतिक र निरन्तर भइरहने साधारण खगोलीय घटना क्रममात्र हो ।

साधारणतया सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको जस्तो देखिन्छ तर पनि वास्तवमा सूर्यग्रहणको संख्या चन्द्रग्रहणको भन्दा धेरै हुने गर्दछ अर्थात् एकवर्षमा सवैभन्दा बढी तीनवटा चन्द्रग्रहण भयो भने चारवटासम्म सूर्यग्रहण हुनसक्दछ अर्थात् सूर्यग्रहण र चन्द्रग्रहणको अधिकतम अनुपात चार र तीनको हुने गर्दछ । पृथ्वीको आधा भागमा रहेका मानिसहरुले एकैपटक चन्द्रग्रहण लागेको दख्न सक्छन् भने सूर्यग्रहणको दृश्य पृथ्वीका केवल सय माइलभन्दा कम चौडाइ र तीनहज्जार माइल लम्बाईमा बस्ने मानिसहरुले मात्र देख्न सक्दछन् । त्यसैले पृथ्वीका मानिसहरुले चन्द्रग्रहण धेरै भएको जस्तो अनुभव गर्दछन् वास्तवमा त्यो सत्य होइन ।

ग्रहणको अवधि चन्द्रमा पृथ्वी र सूर्यको दूरीमा निर्भर गर्ने गर्दछ । परन्तु सर्वसूर्यग्रहण अधिकतम आठ मिनेटसम्म लाग्नसक्दछ भने सर्वचन्द्रग्रहण दुईघण्टा भन्दा केहिकम समयसम्म लाग्न सक्दछ भने खण्ड र सर्वग्रास ग्रहण गरेर चन्द्रग्रहणको अवधि ३ घण्टा ४८ मिनेट सम्म पनि हुन सक्दछ । यो समय मध्यममानले बताईएको हो, सूक्ष्म गणित गरी ग्रहणको समय सीमा निर्धारण गर्ने गरिन्छ जसमा केहि फरक हुन सक्दछ ।

यस बर्ष सन् २०१६ को पहिलो सूर्यग्रहण फागुन २६ गते बुधबार लाग्ने सूर्यग्रहण नै हो ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ भने चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरुकुनै सामाग्रीले हेर्दा केहि असर गर्दैन चन्द्रग्रहणमा कुनै त्यस्ता आखालाइ हानी नोक्सानी पुर्याउने खालका किरणहरु आएका हुँदैन ।

यो ग्रहण नेपालको काठमाण्डौमा २६ गते विहान सूर्यको उदय ६ः१९ मिनेटमा हुनेछ तथा त्यस बेलामा ग्रहणलागेको हुनेछ भने ७ः०१ बजे ग्रहण समाप्तहुने छ । नेपाली पात्राहरुमा ग्रहणको गणना आफैले नगरी भारतीयहरुले जुन समय गणनागरी राखेका छन् त्यसैलाइ सुटुक्क चोरी लेखेको देखिन्छ । नेपालमा गणनागर्न जान्ने मानिसहरु नभएकात होइनन् तथापि पञ्चाङ्गगणकहरुले ग्रहण गणना गर्ने गरेको पाइदैन । सायद पञ्चाङ्गगणकहरु र पञ्चाङ्गनिर्णायककर्ताहरु को चयन गर्दा योग्यताको आधारमा नभइ पउचको आधारमा नियुक्त हुने परम्परा भएकाले यस्तो हुन पुगेको हुनसक्छ ।

ग्रहण सम्बन्धी तत्थ्यहरु

– नेपालमा सूर्यग्रहण विहान ६ः१९ बाट मात्र देखिन्छ ।
– ग्रहणको समाप्ति साझ ७ः०१ मा हुनेछ
– यो ग्रहणलागेको दृश्य नेपाल, भारत, चीन, पाकिस्तान, आदिमुलुकहरुबाट सूर्य उदाउँदा देख्न सकिन्छ ।
– यसै नाङ्गो आखाले कुनैहालतमा सूर्यग्रहण हेर्न हुदैन, एक्स रे, वा ध्वासो लगाएर बनाएको सिसा आदि केहि बाट पनि यो ग्रहण हेर्न हुदैन आखा तुरुन्त विग्रन सक्छ ।
– हामीहरुसग बिशष किसिमका सूर्यहेर्नका लागि मात्र प्रयोग हुने चश्माहरु उपलब्ध छन् ती चश्मा लगाएर सूर्यहेर्न सकिन्छ ।

यो सूर्यग्रहण बिशेष फील्टर जडित टेलीस्कोपको माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वहरुलाई तक्षशिला एष्ट्रनोमी क्लबले सामाखुशी स्थित तक्षशिलाकलेजको छतबाट निःशुल्क रुपमा हेर्नसक्ने व्यवस्था मिलाएको छ ।

फागुन २४ गते शिवरात्री परेको छ। १८ वर्षपछि यो पटक पञ्चग्रही योगमा महाशिवरात्री परेको छ। यस्तो योग ७ वर्ष पछि मात्र आउनेछ।


२४ गते कुम्भ राशि सूर्य, चन्द्रमा, बुध, शुक्र र केतुको युति हुनाले पञ्चग्रही योग बन्ने छ। यी ग्रहका प्रभावले महाशिवरात्रीमा गरिने व्रज र पुजा को महत्व अझै विशेष हुनेछ।



यो भन्दा अघि २०५४ फागुन १३ मा पञ्चग्रह योग परेको थियो।

३५ वर्ष पछि चाण्डाल योग
यो पटक सिंह राशिमा स्थिन गुरु एंव राहुको संयोजनले चाण्डाल योग बनाएको छ। यो भन्दा ३५ वर्ष अघिको महाशिवरात्रीमा पनि चाण्डाल योग परेको थियो।

यो पटकको शिवरात्री सोमबार परेको हुनाले यसको महत्व अझै बढेको छ। सोमबार भगवान शिवको दिन हो। यो दिन धनिष्ठा नक्षत्र हुन्छ। धनिष्ठ नक्षत्र र सोमबारको योगले शुभ नामको योग पुरै दिन रहनेछ।

स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुन्छन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित ।
कस्तो सपना देख्दा के हुन्छ ?
दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् ।



स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।
शास्त्र भन्छः खराव सपना देखेपनि विहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।
२० सपनाका २० थरी फल के देख्दा कस्तो फलः
१ नदीः सौभाग्य वृद्धि
२ रक्सिः धार्मिक कार्य हुने
३ नाच-गानः अशुभ समाचार प्राप्ति
४ गाइ देख्दाः भौतिक सुख हुने
४ टोपी देख्दाः मान सम्मान वृद्धि
५ पुजा गरेको देखेमाः योजना सफल
६ विहीनीलाई देख्नुः परिवारमा प्रेम
७ भाइलाई देख्नुः नयाँ साथी बन्छन्
८ मागेको देख्नुः धन हानी
९ मह देख्नुः जीवन सहज बन्छ
१० पैसा देखियो भनेः धन लाभ
११ आफ्नै मृत्यु देख्नुः खराव रोगबाट मुक्ति
१२ रुद्राक्ष देखियो भनेः शुभ समाचार मिल्छ
१३ पति वा पत्नि देख्दाः दाम्पत्य प्रेम बढ्छ
१४ स्वस्तिक चिन्हः धन लाभ हुन्छ
१५ हथकडी देख्नुः भविष्यमा संकट
१६ परेवा देखियो भनेः रोगबाट मुक्ति
१७ सर्फ देख्नुः ब्यापारमा घाटा
१८ काग देख्नुः खराव सूचना
१९ माउसुली देखियो भनेः घरमा चोरी
२० खाना देखियो भनेः धन हानी हुन्छ

8शनिबार, २२ फागुन
काठमाडौ । फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
“ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय बचन छ”– उनले भने ।
यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाइ छ ।सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताए ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नुनपर्ने बताए ।
nepalsandesh

चमत्कार भविष्यवाणी गरेर चर्चामा आएका नेपाली गुगुल ब्वाई आदित्य दाहालले घरमै पत्रकार सम्मेलन गरेर २०७३ सालमा झन् ठूलो अनिष्ट हुने जाकारी गराएका छन्

newsfromnp.

नेपालका चर्चित युवा ज्योतिष हरिहर अधिकारी ‘बेष्ट मेन अफ द इयर २०१६’ बन्न सफल भएका छन् । भारतको न्यु दिल्लीमा भएको ३९ औ अन्तराष्टिय ओरिएन्टल हेरिटेल सम्मेलनमा उनलाई सो उपाधी दिईएको हो ।


युवा ज्योतिष हरिहर अधिकारीले उक्त कन्फ्रेन्समा दिएको प्रेजेन्टेसनले उनलाई ‘वेष्ट म्यान अफ इयर २०१६’ को उपाधी जिताउन सफल भएको हो । २० वटा भन्दा बढी देशहरुका प्रतिष्ठित ज्योतिषहरुको उपस्थिती रहेको सो सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका ज्योतिष अधिकारीले ‘ज्योतिषशास्त्र र यसको बैज्ञानिक कारण’ शिर्षकमा आफ्नो प्रस्तुती दिएका थिए ।


नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली ज्योतिष महासंघको प्रमुख डा. लोकराम पौडेलको नेतृत्वमा गएको टोलीमा युवा ज्योतिष हरिहर अधिकारी पनि थिए । उनी म्यान अफ दि इयर बन्न सफल भए भने वोमेन अफ दि इयर इटालीकी पाटिजिया नाभा भईन् ।
mazzakoonline


निकै दःखद् घटनाका साथ २०७२ सालको प्रारम्भ भएको छ । २०७२ साल प्रारम्भ भएको दोस्रो दिन मुलुककै सबैभन्दा वरिष्ठ नेता सूर्यबहादुर थापाको निधन भएको छ । उनको निधन जुन तिथि र नक्षत्रमा भएको छ, त्यसले मुलुकका अन्य नेताहरूको पनि भौतिक क्षति हुने देखाउँछ । यस वर्ष राजाको स्थानमा शनी र मन्त्रीको स्थानमा मंगल बसेकाले यस खालको अपशकुन देखिएको हो ।

संविधानसभाको बैठक बोलाइने, तर कुनै न कुनै नेताको शोक प्रस्ताव पारित गर्दै केही दिनका लागि स्थगित गर्नुपर्ने घटना तीनपटक दोहोरिइसकेको छ । मुलुकका लागि २०७२ साल कस्तो रहनेछ भन्ने कुराको संकेत यसैले गरेको छ । वर्षको प्रारम्भमा नराम्रा घटना भए भने त्यो वर्षभरि नै राम्रो हुँदैन भन्ने मान्यता नेपाली समाजमा रहिआएको छ । व्यवहारमा पनि त्यस्तो देखिएको छ । २०५८ सालको प्रारम्भमै राजपरिवारको हत्या भयो । त्यसपछि त्यो वर्षैभरि अनिष्ट भइरह्यो । तर ज्योतिषीय दृष्टिकोणमा त्यो वर्षभरि नै अनिष्ट हुन्छ भन्ने थिएन । कहिलेकाहीँ ज्योतिषीय दृष्टिकोण नपुगेका घटना पनि हुने गरेका छन् । तर यस वर्ष भने ज्यादै नै नराम्रो छ । पश्चिम पहाडी क्षेत्रमा सुरु भएको महामारी त्यसको संकेत मात्रै हो । अझै ठूल्ठूला महामारी मुलुकको पश्चिम क्षेत्रमा हुने योग देखिन्छ । जाजरकोट र त्यस आसपासमा अहिले देखिएको महामारी वैशाखको अन्तिमसम्ममा नियन्त्रणमा आउँछ, तर जेठ लागेपछि त्यस क्षेत्रमा अग्नि र भूकम्पको भय देखिन्छ । साउन लागेपछि झाडापखाला र भोकमरीले अहिलेको भन्दा पनि विकराल रूप लिने देखिन्छ ।
संविधान बन्छ, तर सुशीलले जस पाउँदैनन्
यो सरकारले संविधान जारी गर्न सक्दैन । प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थिति जेठपछि ज्यादै कमजोर भएर जानेछ । उनको चौतर्फी आलोचनासमेत सुरु हुनेछ । आफू प्रधानमन्त्री हुने सम्भावना नरहेका कारण एमाले अध्यक्ष खड्गप्रसाद ओली सरकार ढाल्नपट्टि लाग्ने छैनन् । आफंै राजनीमा दिएनन् वा आकस्मिक कुनै घटना भएन भने सुशील कोइराला कांग्रेसको १३औं महाधिबेशन सम्पन्न हुँदासम्म प्रधानमन्त्री पदमा बहाल नै रहनेछन् । सुशील कोइराला प्रधानमन्त्री भएको अवस्थामा पार्टीको महाधिवेशन हुँदा शेरबहादुर देउवालाई ठूलै लाभ पुग्नेछ । हुन त देउवाको प्रधानमन्त्री बन्ने योग आगामी जेठको अन्तिम सातादेखि नै देखिन्छ । तर देउवाको सिद्ध दशा साउनदेखि मात्रै सुरु हुने भएका कारण त्यसअघि प्रधानमन्त्री बन्दा अवगाल आइलाग्ने देखिन्छ ।

देउवाले आँटेका सबै काम पुग्छन्
साउनदेखि सिद्धको दशा सुरु हुने र शनी, वृहस्पति र मंगल ग्रहले राम्रो प्रभाव दिन थाल्ने भएकाले केही महिनासम्म देउवाले आँटे ताकेको सबै कुरा पुग्ने देखिन्छ । त्यसअघि भने देउवाको ग्रहदशा पनि खासै उत्तम देखिँदैन । २०७२ सालभित्र बडो सकसका साथ संविधान बन्ने देखिन्छ । शनीको स्थानमा बसेको राजालाई देउवाको ग्रहदशाले जित्ने भएका कारण उनी प्रधानमन्त्री भएको अवस्थामा मात्रै संविधान बन्ने वातावरण सुरु हुने हो । आगामी असोजपछि राजनीतिक सहमतिको वाताबरण बन्दै गएर हिँउदसम्ममा संविधान बन्छ । तर संविधानले ‘फङसन’ भने गर्दैन । संविधान जारी हुनासाथ ठूलो असन्तुष्टि उत्पन्न हुन्छ र त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो असन्तुष्टिलाई थेग्न नसक्ने देखिन्छ ।
मुलुकको ग्रहस्थिति नै नराम्रा भएका कारण देउवाले पनि जस पाउने अवस्था भने देखिन्न । सुन र कपडामा बाहेक मुलुकको हरेक क्षेत्रमा महँगी बढ्ने भएकाले सरकारको आलोचना हुनेछ । शासक स्वेच्छाचारी र निरंकुश हुने भएकाले दलहरूमा आन्तरिक झगडा पनि बढ्नेछ । कृषि क्षेत्र सामान्य रहनेछ भने विकास निर्माणका काम ठप्प हुनेछन् । घुसखोरी, अराजकता, हत्या, हिंसा, चोरी–डकैतीको प्रबलता देखिन्छ । मुलुकमा धार्मिक कार्यहरू भने भइनै रहनेछन् । प्रधानमन्त्री, संसद्, सभामुख प्रभावहीन हुनेछन्, सेनाको प्रभाव बढेर जानेछ ।


Rochak Khabar

हरेक व्यक्ति धनवान र समृद्द हुन चाहन्छ तर भाग्यले जसलाई साथ दिन्छ उही मात्र धनी बन्छ। ज्योतिषशास्त्रमा यस्तो योगलाई यसरी बताइएको छ। यस्तो योग कुनै पनि व्यक्तिको कुण्डलीमा भएमा एक न एक दिन भाग्य चम्केर व्यक्ति धनवान बन्न सक्छ। तपाईको जन्म कुण्डलीमा पनि यस्तै योग छ कि ?

ज्योतिषशास्त्रका अनुसार जसको जन्म कुण्डलीमा बुध कन्या वा मिथुन राशिमा पाचौं घरमा र मंगल एवं चन्द्रमा एघारौं घरमा हुन्छ, उसको कुण्डलीमा धन योग बन्छ र सो व्यक्ति धनवान बन्न सक्छ साथै धेरै मात्रामा धन सञ्चय गर्न पनि सक्षम हुन्छ।

शनि महाराज कुण्डलीको पाँचौं घरमा मकर वा कुम्भ राशिमा भएको बेला बुध, मंगल सँग एघारौ घरमा भएमा योग शुभ तथा राम्रो हुन्छ। यस्तै योग कन्या र तुला राशि हुनेको कुण्डलीमा पनि हुन सक्छ।


मेष राशि भएका व्यक्तिको कुण्डलीमा सूर्य, सिंह राशिमा र मंगलको साथ चन्द्रमा एघारौं घरमा बसेको स्थितिमा धन योग हुन सक्छ।
जसको जन्म कुण्डलीमा सूर्य लग्न स्थानमा बसेको छ, अनि पाँचौं वा सातौं स्थानमा गुरु बसेको छ भने सो व्यक्ति धनवान बन्न सक्छ। यस्ता योग भएका व्यक्तिले विवाह पछि झन उन्नती गर्दछन।



शनि कुंभ वा मकर राशिमा पहिला, चौथा, पाचौं तथा सातौं स्थानमा भएमा आर्थिक दृष्टिले शुभ मानिन्छ तर सातौं घरमा बसेको शनि ले वैवाहिक जीवनमा भने असर गर्न सक्छ।

जसको कुण्डलीमा शुक्र तुला वा वृष राशिमा बसेको हुन्छ र गुरु धनु वा मिन राशिमा भएमा शुभ लक्षण मानिन्छ।onlinedailypost

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि
अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।
जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।
के हो मुलाङ्क ?
कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने
तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क
भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने
ज्योतिषको दावी छ ।
तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र
कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ । यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७
सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।
जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने
हुन सक्छ ।जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो । जसको मुलाङ्क ५ हुन्छ त्यस्ता
पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता
केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।
मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ । ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क
भएकी केटी जोडी ठिक हुन्छ । जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो
मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।


tajakhabar

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको अन्त्येष्टि गर्ने समय पञ्चक तिथि परेको कृयासिल धर्मसाश्त्रीहरूले बताएका छन ।

धर्मशास्त्रीहरुका अनुसार ‘पञ्चक तिथिमा शवको दाहसंस्कारको काम गर्नै नहुने’ र गरीहाले ५ वटा कुस वा चामलको पिठोको ५वटा पुत्ला बनाई मृत शरिरसंगै त्यस्को पनि दाहसंस्कार गरीनुपर्ने अन्यथा अनिष्ठ हुने धर्मशास्त्रीहरूले बताएका छन । धर्मशास्त्रीहरूको अनुसार पञ्चक तिथि सुरू भैसकेपछि काठ , दाउरा किन्न नहुने बताएका छन । इटहरीका युवा ज्योतिष शास्त्री कमल दहालका अनुसार नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको निधन भएको समय पञ्चकको योग परेकोले मुलुकमा केही अनिषठ हुन सक्ने बताएका छन ।

काठ तथा दाउरा भेला पार्न नभएकै कारण पञ्चक अवधिमा शवको दाहसंस्कार समेत गर्न नमिल्ने र दोष नमेटाई दाहसंस्कार गरे अनिष्ठ हुने युवा ज्योतिष शास्त्री दहाल बताउछन । शास्त्रले पञ्चक अवधिमा दाहसंस्कार गर्नै परे कुस वा चामलको पीठोको पाँचवटा पुतला बनाएर दाहसंस्कार विधि अनुसार सेलाउनुपर्ने बिभिन्न धार्मिक पुस्तकहरूमा स्पस्ट उल्लेख नै गरेको ज्योतिष दहाल बताउछन ।
उनका अनुसार माथि उल्लेखित भए अनुसार उनको अन्तिम संस्कार नभए मृतकको परिवारको पाँचजनासम्मलाई त्यसको दोषले भेट्ने र राज्यमा अभिभावकको निधन भए थप पाँच नेतालाई त्यसको दोषले भेट्ने संभावना रहन्छ ।’
                                                        के हो पञ्चक ?
हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ ।   धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो ।

धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ ।   पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ । पञ्चक रोगपञ्चक, राज पञ्चक, मृत्यु पञ्चक, चोर पञ्चक गरी विभिन्न ५ प्रकारको हुन्छ ।


पञ्चकमा गर्न नहुने ५ काम (पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । (पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ । (पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।

(पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने  शास्त्रको भनाइ छ । (पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । युवा ज्योतिष शास्त्री कमल दहालसंगको कुराकानी र बिजसाला अनलाइनको सहयोगमा आधरीत
dcnepal

काठमाडौँ –
धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।
सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।

नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।



उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।

माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।

नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।onlinedailypost

काठमाडौं, २३ माघ । नेपालमा विनाशकारी भूकम्प गएको वर्षदिन पुग्न लाग्दा समेत अझै त्रास कायमै छ ।
शुक्रबार राति मात्रै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको ५.५ रेक्टर स्केलको भूकम्पले सर्वसाधारणलाई थप त्रसित बनाएको छ । हिजो रातिको भूकम्पपछि मानिसहरुमा फेरि पनि भूकम्प आउने होकी भन्ने प्रश्न र शंका उब्जिएको छ ।
यस प्रश्नको जवाफमा ज्योतिषहरुले भने फरक धारणा पेस गरेका छन् । चर्चित युवा ज्योतिष सुनील सिटौलाले तत्कालै भूकम्पको योग नदिएको बताए । उनले भने- तत्कालै भूकम्पको योग छैन्, ठ्याक्कै एक महिनापछि सूर्य ग्रहण छ । यस्तोमा पनि ठूला–ठूला भूकम्प आउने ज्योतिष शास्त्रमा देखिएको छ । सबै भन्दा बढी त पूर्वी एसिया क्षेत्र नै जोखिममा देखिन्छ ।
उनका अनुसार अब आउने भूकम्प पाँच रेक्टर भन्दा माथिका हुनेछन् । ज्योतिषले भनेअनुसार पूर्वी एसिया भूकम्पको उच्च जोखिममा रहेको देखिन्छ । जबकी नेपालको भूभाग दक्षिण एसियामा पर्छ ।
dainiknepal



Watch an exclusive interview video by canadaNepal with popular and well known fortune speaker Sabita Acharya ‘Nepali Mata’ Sharu Acharya is a professional in jyotish service and other spiritual power related tasks. she is giving her services to her victim customer, in jyotish prediction introduce spiritual power and solution of problem occurred by astrological side or divine side. Nepali Mata have many prove of man who visit her or get solution from her baidik method. Nepali Mata do work in 100% security and in believe that is her main specialty or other special things and services and products suggestion have no value that she can’t describe in some words.
npnewsportal

Aditya Dahal's Prediction towards Nepal India U19 Cricket MatchLegspinner Sandeep Lamichhane's 5 for 27, which included a hat-trick, set up Nepal Under-19s' eight-wicket win over Ireland Under-19s, taking the side into the quarter-finals.

Ireland opted to bat first and found their openers back in the pavilion by the 18th over with the score at 42 for 2. Lamichhane then stepped up to carve out the middle order. He dismissed Gary McClintock in his first spell before returning to take a hat-trick in the 32nd over. Lorcan Tucker was caught out at midwicket off the fourth ball of the over; Lamichhane then had Adam Dennison caught behind and bowled Fiachra Tucker for a duck to complete his hat-trick. He took the wicket of William McClintock in his next over to complete his five-for reducing Ireland to a hapless 83 for 7. Harry Tector's unbeaten 30 pushed the Ireland score past 100 to a total of 131 for 9. Lamichhane's feat was the 12th instance of a hat-trick in Under-19 ODIs and fifth in the Under-19 World Cup.

Nepal needed 25.3 overs to wrap up the chase. They lost opener Sandeep Sunar off the first ball of the innings. Yogendra Singh Karki's unbeaten 61 and his unbroken, 77-run partnership for the third wicket with Aarif Sheikh sealed the win.

India Under-19s joined Nepal in the quarter-finals after a comprehensive 120-run win over New Zealand Under-19s in Mirpur. Fast bowler Avesh Khan made the key strikes for India, picking up the first four wickets to leave New Zealand 16 for 4 chasing 259. There was no way back for New Zealand, and they were eventually bowled out as early as the 32nd over, with left-arm spinner Mahipal Lomror grabbing a five-wicket haul. Lomror also contributed a handy 45 with the bat.

Sent in to bat, India slipped to 19 for 2 before Rishabh Pant and Sarfaraz Khan put them back on track with an 89-run stand for the third wicket. Pant made 57 off 83 balls, and Sarfaraz was beginning to look dangerous with a series of boundaries all around the ground when he fell for 74 (80b, 9x4) in the 34th over, leaving India 156 for 4. It was 165 for 5 soon after, but sensible batting from Armaan Jaffer (46) and Lomror steered India to a total of 258 for 8.

Nepali Cricket Team Nepal Under-19 cricket team registered an easy victory of eight wickets against Ireland in their group stage match of the ICC U-19 Cricket World Cup  in Bangladesh on Saturday.
Losing two wickets, Nepal crushed the Ireland team within 25.3 overs.This wins show all Nepali that Nepal is doing progress in Nepali Cricket. All Nepali Cricket Fans are soo exited because of this Victory


                         Nepal Vs Ireland Under 19 Cricket World Cup

Ireland U19             VS                       Nepal U19


                          131/9 (50)                         132/2 (25.3)
And in Some social Networking Sites people are sharing some post that Nepal will wins comming Worldcup because Nepali Google Boy says Like that. However how much true is it lets see in Future.lets see

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget