Articles by "view"

काठमाडौं, चैत २ । दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका छन् ।

रेमिट्यान्सकोभरमा देश चलिरहँदा ग्रामीण बस्तीहरुमा भने अनेकखाले समस्याहरु प्रकट हुन थालेका छन् ।

यस्तै दुखेसो बोकेर राजधानी आइपुगेका छन्, चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप ।

गत सोमबार राति थिन्ले लोण्डुप बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटिए ।

केही वर्षअघि निर्माण भइ विश्वभर चर्चित बनेको क्याराभान फिल्मका तिनै परिचित अनुहार प्रधानमन्त्री केपी ओलीलाई गाउँको दुखेसोसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

थिन्लेको गाउँ, डोल्पाको सालडाङ गाविस ५ मा वन्यजन्तुले हैरानपार्ने गरेको रहेछ । बालीनाली बिगार्ने, खाइदिनेदेखि घरपालुवा जनावर पनि जोगाउन हम्मेहम्मे पर्ने गरेको गुनासो थिन्लेले गरे ।
imagekhabar

२०७२ फाल्गुन २७ बिहीवार

घोराही: आठ वर्षकी थिइन् विमला चौधरी । एक दिन उनका बुबाले काखमा लिएर माया गर्दै भने, 'तेरो खुट्टामा चप्पल पनि छैन, फेर्ने कपडा पनि छैन, हाम्रो घरमा खाने करा पनि छैन' उनले स'निरहिन् 'जिम्दारको घरमा बस्, राम्रो खान पाइन्छ, लुगा पनि राम्रो दिन्छन्, जुत्ता चप्पल किनिदिन्छन्।'

'ओहो, मिठो खाने अनि राम्रो लगा लगाउने? अनि त्यो छाप्रोबाट जमिन्दारको घरमा बस्ने !' विमला मख्ख परिन् । अनि बस्न राजी भइन्। बाबले अर्को दिन गाउँकै जमिन्दारको घरमा लगिदिए । साँझ दूध र भात दिए, त्यो खाइन्। पछि पो उनलाई थाहा भो, त्यो दूध र भात त जमिन्दारका छोराछोरीले खाएर फालेको पो रहेछ।


मुछेको थियो 'त्यो बेला जुठोसुठोको के मतलब, मिठो खान पाए पग्थ्यो।' अलिअलि उनी बुझ्ने हुँदै गइन्। गाउँबाट उनलाई घोराही बजारमा 'सरुवा' गरिएको थियो, जमिन्दारको छोरीका घरमा । त्यसपछि बल्ल उनलाई थाहा भो, 'म त कम्लहरी भएको भएको रैछ।'

तीन वर्ष घोराहीमा कम्लहरी बसेपछि फेरि जमिन्दारकी अर्की छोरीको घर बटवलमा 'सरुवा' भो, सुत्केरी स्याहार्न। करिब तीन वर्ष उनले बुटवलमा भाँडा माझिन्। गाउँमा ती बालिकाले जमिन्दारका भाँडा माझ्थिन्। गोठालो जान्थिन् अनि घाँस दाउरा र भकारो सोहर्ने काम थियो।

उनी सानै थिइन्। जमिन्दारका छोराछोरी पलङमा सत्थे। उनलाई भुँइमा सुताइन्थ्यो। एक दिन उनले डर लाग्दो सपना देखिन्। ब्युँझिँदा भूइँ चिसो थियो। उनले ओछ्यानमै पिसाब गरिछन्। त्यसपछि उनले धेरै कुटाइ खाइन्। गाली पनि पाइन्।

सजाय, उनलाई बैठककोठाको भुँइमा सुताइयो। 'कम्लहरी न थिएँ, हरेक दिनको पीडा कसरी भन्न सकुँला र?' ती दिन सम्झिदाँ अहिले पनि उनी भावुक हुन्छिन्।आज यी विमला चौधरी 'घ'म्ने मेच'मा बस्छिन्।

पश्चिम नेपालमा मुक्त भएका करिब साढे १२ हजार मुक्त कम्लहरीको अगवा भएकी छन् । कक्षा १२ मा व्यवस्थापन पढ्दै गरेकी यी पूर्व कम्लहरी किशोरी अहिले 'मुक्त कम्लहरी विकास मञ्च' की पूर्व अध्यक्ष हुन्।

मुक्त भएका कम्लहरीको जीवन व्यवस्थापन र अरूको घरमा बसिरहेका कम्लहरीलाई मुक्त गर्ने अभियान चालेको यो संस्थाले अहिले पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गरिरहेको छ।बुटवलमा कम्लहरी भएकै बखत उनलाई मुक्त कम्लहरीको क्षेत्रमा काम गर्दै आएको 'एफएनसी' ले बटवलबाटै उद्धार गरेको थियो। त्यसपछि उनी केही समय घरमै बसिन्।

कम्लहरी बसेबाफत उनलाई वर्षको पाँच हजार दिइन्थ्यो। त्यो टट्यो । घरमा बबाआमाको कचकच सर हन थाल्यो। त्यसपछि बबा कमाउन विदेश पसे। अर्का दाइ पनि विदेशिए। त्यसपछि फेरि एफएनसीकै पहलमा उनी हापरको उच्चमावि निघवारमा कक्षा ६ मा भर्ना भइन्।

'पढ्ने रहर त सानैदेखि थियो नि', उनले भनिन्, 'कम्लहरी बस्दाबस्दै पनि पढिरहेको थिएँ।' पढ्ने चाहनालाई कसले रोक्ने? कम्लहरी छँदै उनले बबालाई भनेर गाउँकै स्कलमा नाम लेखाएकी थिइन्। बिदा मिलाएर परीक्षा मात्रै दिन आउँथिन्। त्यस्तै गरेर उनले कक्षा पाँचसम्म पढिन्।

त्यसपछि एक दिन मालिकले थाहा पाएर गाली गरे, ‘कम्लहरीले पनि पढ्ने? भोलि अर्काको घरमा जाने जात, पढेर के हन्छ?' त्यसपछि उनको पढाइ एक वर्ष रोकियो। अर्को वर्ष उद्धार भएपछि सीधै कक्षा ६ मा भर्ना भइन्। त्यसपछि त्यही स्कलबाट एसएलसी गरिन्। लगत्तै २०७० सालमा उनी मुक्त कम्लहरी विकास मञ्चको अध्यक्ष भएकी छन्।
सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नुपर्ने छ। २०७० सालमा उनी अध्यक्ष हुँदा यो संस्था अस्तव्यस्त थियो। १८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष !
'अब त जिम्मेवारी पनि बढेको छ, यतिका दिदीबहिनीको भविष्यको जिम्मेवारी छ' भर्खरै २१ लागेकी यी पूर्वकम्लहरी भन्छिन्, 'सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नपर्ने छ।' २०७० सालमा उनी अध्यक्ष हँदा यो संस्था अस्तव्यस्त थियो।

१८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष ! धेरैले विश्वास पनि गरेनन् अनि पत्याएनन् पनि। धेरै विरोध पनि भयो। तर पनि उनले हिम्मत हारिनन्। 'अहिले धेरै सम्हालेकी छ, सबै दाताहरूले सहयोग पनि गरेका छन्, धेरै पूर्वकम्लहरी व्यवस्थित पनि भएका छन्।'

पाँच जिल्लामा विद्यालय गइरहेका करिब ४ हजार मुक्त कम्लहरी, छरिएर रहेका उमेर पगेकाहरूको सीपमूलक तालिमको व्यवस्थापन, पाँच जिल्लामा करिब ३ सय २४ जना कम्लहरीको उद्धार गर्नपर्नेलगायत धेरै जिम्मेवारी छन् उनका। अहिले व्यवस्थापन संकायमा प्लस टु गरिरहेकी उनको लक्ष्य छ, सफल व्यवस्थापक बन्ने। ‘म व्यवस्थाक नै बन्छ होला' कर्सीमा घम्दै उनले भनिन्, ‘आफ्नो क्षेत्र पनि यही पर् यो, राम्रो व्यवस्थापकको जहाँ पनि कमी नै हन्छ।'

विभिन्न संघसंस्थाले दिएको तालिम अनि अवसरले उनको आत्मबल पनि बढेको छ । व्यक्तित्व विकास पनि भएको छ। ‘कम्लहरी बसेको मान्छे, नयाँ मान्छे र नयाँ ठाउँमा बोल्न डर लाग्थ्यो । पछि बानी पर्यो', विमला भन्छिन्, 'अब त आत्मबल पनि बढेको छ। धेरै कुरा जानियो अनि सिकियो जस्तो लाग्छ।'
annapurnapost

– यादव देवकोटा

चुह्लोमा आमा
धुलोमा आमा
दैलोमा आमा
मैलोमा आमा
मेलामा आमा
ठेलामा आमा
बारीमा आमा
आलीमा आमा
गोठमा आमा
मोठमा आमा
जाँतोमा आमा
हातोमा आमा
किलोमा आमा
हिलोमा आमा
खोरियामा आमा
फरियामा आमा
अँधेरीमा आमा
पंधेरिमा आमा
नाम्लोमा आमा
दाम्लोमा आमा
सुखमा हास्ने आमा
दुखमा बाच्ने आमा
पिंढी लिप्ने आमा
दाउरा टिप्ने आमा
हात समाइदिने आमा
हाँसेरै अघाइदिने आमा



बिचरा  ! मेरी आमा !

-कृष्ण आचार्य

फागुन महिनाको दोश्रो साता बिहेको साइत जुराएर घरमा केटी हेर्न चटारो थियो । म मेरो निकै मिल्ने साथीको घर चितवनमा गएको थिएँ । उसको बुबाआमाले मलाई कृष्ण तिम्रो पनि प्रितमसँगै बिहे गर्नुपर्यो एउटै मण्डपमा के छ विचार भन्दै जिस्क्याउँदै हुनुहुन्थ्यो ।

म सानैदेखि बुबाआमुदेखि टाढा भएकाले पनि होला उहाँहरुको आत्मिएता मप्रति निकै गहिरो थियो । मलाई पनि खाफ्नै छोरा प्रितमजस्तै माया गर्नुहुन्थ्यो उहाँहरु । म काठमाण्डुदेखि समय मिलाएर बेलाबेला प्रितमसँगै चितवन गइरहन्थे । यसपटक भने उहाँहरुले हामीलाई अत्यन्तै जरुरी काम छ भनि झुक्याएर बोलाउनु भएको थियो । त्यहाँ गएपछि मात्र थाहा भयो कि त्यो जरुरी काम त प्रितमको बिहेको पो रहेछ !

मेरो मामुबुबा म सानै छँदादेखि अमेरिकामा बस्ने भएकाले म काठमाण्डुमा मामामाइजुसँग बस्दै आएको थिएँ । उहाँहरुले मलाई पनि अमेरिका लान नचाहेको होइन तर मलाई आफ्नो देश छाडेर जाने मन लागेन । उहाँहरुलाई पनि यतै आउन आग्रह गर्थे । तर म पहिलो श्रीमतीबाटको छोरा भएकाले होला बाबाले माया गरेता पनि मामुले खासै चासो दिनुभएन ।

यसरी म पहिल्यै देखि काठमाण्डुमै पढ्थे । प्रितम भने प्लस टु देखि काठमाण्डु आएको हो र हामीले सँगै मास्टर्ससम्म पढ्यौँ । मास्टसपछि दुबैजना एउटै कम्पनीमा काम गर्थ्यौँ । त्तिबेला म पनि प्रितमसँगै उसकै कोठामा बस्न थालेको थिएँ । त्यसैले पनि होला हाम्रो आत्मिएता साथीत्वको मात्र नभएर अझ गहिरो थियो । एकअर्काको सुख, दुःखको सहारा बनेका थियौँ हामी ।

प्रितम घरको एक्लो छोरा भएकाले उसलाई सबैले निकै माया गर्नुहुन्थ्यो । हजुरबुबा, हजुरआमा, अंकल अनि बुबाआमा निकै सुखी परिवार थियो उसको । उसको बुबा आर्मीको जागिरबाट पेन्सन पकाएर घरमै हुनुहुन्थ्यो । आमा गृहणी अनि अंकल सरकारी अधिकृत । सबै पढे लेखेका भएता पनि धार्मिक आस्था र विश्वासका हिसावले निकै कट्टरता थियो उसको परिवारमा । हामीलाई जहिले पनि बिहेको कुरामा आफ्नै जातको केटी खोज्नुपर्छ है फेरि लभ सबको चक्करमा परौला नि भन्दै उहाँहरु सम्झाउने गर्नुहुन्थ्यो । उसको बुबाको अगाडि हामी केही बोल्न सक्दैनथ्यौँ । टाउको मात्र हल्ल्लाउथ्यौँ ।

त्यसैले पनि होला त्यो दिन पनि प्रितमको बिहेका लागि उसको परिवारले उसकै जातको बाहुनी केटी खोजरहँदा उ भने आफ्नो प्रेमबारे मौन थियो । राति सुत्ने बेला मलाई के गर्ने होला यार लास्टै टेन्सन पो भयो । उता अन्जुसँग बिहेको बाँचा गरेको छु । यता केही दिनमै बिहे गरिदिने तयारी गर्दैछन् भन्दै थियो । उसले यसो भनिरहँदा मैले सान्तवना दिँदै उसलाई नआतिन र सबै ठिक हुने बताउँथे ।

फागुन १३ गते उसकै बाबुको साथीको छोरीसँग नवलपरासीको कालिका मन्दीरमा उसको बिहे छिनियो…

त्यो रात फागुन १० गते उसले अन्जुसँग निकैबेर फोनमा कुरा गर्यो । प्रितमलाई उसको बुबाले तैले कोही केटी हेरेको छस् भने भन् है नभन्नुभएको त होइन तर विचरा के गरोस् अन्जु तल्लो जातको केटी थिई । त्यसैले पनि बुबाको अगाडि उसले आफ्नो मुख खोल्न सकेन । अन्जुलाई पनि सबै कुरा सुनायो । अन्जु निकै रोई । नरोओस् पनि कसरी प्रितम ब्याचलर पढ्दै गर्दा १० कक्षामा पढ्ने उसकै कोठा छेउँकी अन्जुसँग मायाप्रेम जोडिएको आज ५ वर्ष भइसकेको थियो । त्यसबीचमा उनीहरुका निकै मिठा यादहरु एकअर्कासँग जोडिइसकेका थिए । दुबै मानसिक, शारीरिक र भौतिक रुपले एकअर्काको भइसकेका थिए । अब मात्र सामाजिक मान्यतालाई निरन्तरता दिन बिहेको खाँचो थियो । हाल अन्जु पनि ब्याचलन पढ्ने भइसकेकी थिइ । पढाइ र घरको काम गर्नमा ऊ निकै अगाडि थिई ।

अर्को दिन ११ गते बिहान प्रितमले आँट गरेर परिवारलाई सबै कुरा भन्ने निधोँ गर्यो । खाना खाएर पत्रिका पढिरहनुभएको बाबुको छेउँमा गएर डराउँदैल बुबा… बुबा.. भन्न थाल्यो । भूपु आर्मी भएकाले पनि होला के भन्छ सिधैँ भन न भनेर उसको बुबाले ठूलो र कडा स्वरमा बोल्दा शरीर नै काँप्थ्यो । तर प्रितमले लामो शास फेरेर मनका सबै बहहरु बुबा सामू पोखिदियो ।

एकछिनमै उसको बुबाले सबैलाई जम्मा गरेर सबै कुरा सुनाउँदै नाकै काट्यो नि । यतिका पैसा खर्च गरेर यसलाई पढाएको यही दिन देख्न हो । यो घरमा की यो बस्छ की म भन्दै कराउन थाल्नु भो । यो घरमा बस्ने भए र हाम्रो इज्जत प्यारो भए मैले भनेको मान नत्र आज तेरा लागि अन्तिम दिन भनेर उहाँ जंगिनुभयोे । अरु सबै चुपचाप रहे ।

राति उ अन्जुसँग सबै कुरा सुनाउँदै थियो । दुबै जना खुब रुँदै थिए । उसले आफू काठमाण्डु आउने र अन्जुुसँग बिहे गर्ने कुरा सुनाएपछि अन्जु अलि शान्त भइ र दुबै मिलेर योजनाहरु बनाउन थाले ।

मैले उसँग बिहे हुन लागेकी केटीको नमबर पत्ता लगाएको थिएँ । उसलाई फोन गरेर सबै कुरा भनिदिए र सहयोग गर्न आग्रह गरेँ । उसले पनि उनीहरुको प्रेम सफल पार्न आफूले सक्दो सहयोग गर्ने बाचा गरी ।

अर्को दिन १२ गते साँझ प्रितम काठमाण्डु जाने र १३ गते बिहान पशुपतिको गुहेश्वरीमा गएर बिहे गर्ने सल्लाह भयो । काठमाण्डुमा भएका साथीलाई बिहेको सबै सरसामान किन्न लगाइयो । म भने काठमाण्डु नजाने भएँ । यता बिहेको सबै तयारी सकिएको थियो । साथीले बिहे नगर्ने भएपछि दुबै परिवारको इज्जतका लागि आइपरेमा त्यैँले नै बिहे गर्नुपर्छ भन्ने प्रितमको ईच्छा थियो । म उसको र उसको परिवारको लागि उसले भनेको कुरा मान्न राजि भएँ ।

साथी योजना अनुसार १२ गते साँझ सबै सुतेपछि नारायणगढको पोखरा बसपार्क हुँदै काठमाण्डु हानियो । मैले अन्तिम बिदाइका हात हल्लाउँदै उसलाई बिहेको शुभकामना दिए । उसले आफ्नो परिवारलाई सम्हालिदिन आग्रह गर्यो र मैले उसलाई ढुक्क हुन आश्वासन दिएँ । मैले काठमाण्डुमा साथीहरुलाई फोन गरी सबै तयारी पुरा भए नभएको सोँधे । त्यहाँ बिहेको सबै तयारी पुरा भएको उनीहरुले बताए । अन्जुलाई दिउँसो नै फोन गरेर प्रितम साँझ काठमाण्डु आउनेबारे जानकारी दिइसकेका थियौँ । त्यसैले साँझ फोन गरेनौँ ।

सायद अन्जु यतिबेला बिहेको सपना सजाउँदै बसेकी छे होला । भोली बिहे भएकालेपनि आज निद्रा लाग्ने कुरै भएन ।

बिहान भइसकेको थियो । साथीले फोन गरेन । मैले गर्दा फोन अफ भन्यो । अन्जुलाई फोन गरेको उसको भाइले उठाएर दीदी नुहाउन गएको सुनायो ।

घरमा प्रितमको खोजि सुरु भयो । उ नभेटिएपछि हल्लाखल्ला भयो । मैले उसले लेखेको चिठ्ठी दिएँ । एकछिन त सन्नाटा छायो । केटा कटी पट्टीको मन्दिरमै भेट्ने पूर्व तयराी अनुरुप उहाँहरु मलाई लिएर मन्दिर जानुभयो । मैसँग प्रितमको बिहे छिनिएको केटीको बिहे गरिदिने निधौँ उहाँहरुले गर्नुभयो । यसरी उहाँहरुको इज्जत बच्ने र पछि प्रितमलाई पनि सजलो हुने सम्भावना भएकाले म पनि सबैको खुसीको लागि बिहे गर्न तयार भएँ । मलाई सबै मिलेर तयार गर्न थाले । प्रितमका लागि सिलाइएका लुगाहरु मेरा शरीरमा अलिक टाइट भए । म ऊ भन्दा अलिक मोटो नै थिएँ ।

सबै तयारी पुरा गरेर हामी मन्दिरतिर लाग्यौँ । मैले फोन हेर्ने फुर्सद पनि पाएन । मन्दिर जाँदा लगिन पनि र त्यतातिर ध्यान पनि गएन ।

हामी बिहे गरेर दिउँसो ३ बजे घर आइपुग्यौँ । मैले आफ्नो बिहे हुँदा र बाटोभरी प्रितम र अन्जुलाई सम्झिएँ । उनीहरुको बिहेको कल्पना गरेँ र आफू त्यहाँ हुन नपाएको दुःख महसुस गरेँ । घर गएर फेसबुकमार्फत बिहेको फोटो हेर्न निकै हतारिएको थिएँ ।

घरमा आएर कोठामा गएर फोन खोजे । अन्जु र काठमाण्डुका साथीको ५०० भन्दा बढी फोन आएको रहेछ अनि धेरै म्यासेज पनि । मैले हतार हतार अन्जुलाई फोन गरेँ । फोन अफ थियो । त्यसपछि प्रितमलाई गरेँ उसको पनि अफ । अन्जुको म्यासेजले म अचम्मित भएको थिएँ । अनि अन्य साथीहरुलाई गरेँ ।

म्यासेज पढेर पसिना पसिना भएको म साथीहरुको कुरा सुन्दा छानाबाट खसेजस्तो भएँ । मेरो होसै हरायो । म सपनामा छुँ या विपनामा पत्तै भएन ।

बिहान ८ बजे बिहेको साइत थियो । १० बजेसम्म प्रितमलाई कुरेकी अन्जुले आत्महत्या गरिछे !

प्रितमको १२ गते साझबाट फोन नलागेपछि उसले आफूलाई धोका दिएर परिवारले खोजिदिएको केटीसँग बिहे गर्न लागेको अनुमान गरेकी रहिछे । उसको म्यासेज र साथीहरुको कुराबाट मैले थाहाँ पाएँ ।

तर मलाई अचम्म लाग्यो । यहाँबाट अन्जुसँग बिहे गर्न हिँडेको प्रितम कहाँ गयो !

पछि बुझ्दै जाँदा थाहा भयो, ऊ चढेको बस धार्केमा दुर्घटना भएछ । प्रितमलाई चोट लागेछ । उसलाई प्रहरीको सहयोगमा अस्पतालमा भर्ना गरिएको रहेछ । बिहान ११ बजे होस आएपछि उसले नर्ससँग फोन मागेर अन्जुलाई फोन गरेछ । तर फोन अफ भएपछि काठमाण्ुका साथीलाई फोन गरेछ । पछि १२ बज साथीसँगै उसको कोठामा जाँदा त्यहाँ त रुवावासी पो चलिरहेछ !

हो अन्जुले यो संसार छाडेर गइछे । वास्तवमा प्रितम धोकेबाज थिएन तर समय र परिस्थिथिले उसलाई धोकेबाज बनाइदियो र अन्जुले यसलाई सहन गर्न सकिन । गरोस् पनि कसरी ? जसलाई तन, मन सबै सुम्पिएको छ उसले बिहेको आशा देखाएर धोका दिन्छ भने । तर त्यो धोका थिएन प्रितम त अन्जुका लागि भनेर घरपरिवार छाडेर गएको थियो । उ कसरी धोकेबाज हुनसक्छ ? कमजोरी त हाम्रो समाजको थियो । यदी तल्लो र माथिल्लो जात भन्ने हुँदैनथ्यो भने आज उनीहरुको बिहे घरपरिवारकै सहमतिमा धुमधामका साथ हुने थियो । उनीहरुको प्रेम यसरी निरिह हुनुपर्ने थिएन । अन्जुसँग भउको जस्तो घटना अरुसँग हुने थिएन ।

साथी मलाई फोनमा भन्दै थियो । हामी अन्जुको घरमा गयौँ । प्रितम त्यो सबै देखेर पागल जस्तै भयो । बिहेका लागि किनेका सामान सबै सँगै लगेर गएका थियौँ । प्रितम भित्र गयो र त्यो कपडा लगाएर आयो । अन्जुलाई पनि बाहिरबाटै ति कपडा लगाइदियो । साथी भन्दै थियो उसको निरिह अनुहार देखेर हामी कोही केही बोल्न सकेनौँ केबल उसको कार्य हेरिरह्यौँ ।

यो सबै गरिसकेपछि प्रितमले बट्टाबाट सिन्धुर झिक्यो र अन्जुको सिउँधो रंगाइदियो । अन्जु यो संसारमा नरहेता पनि उसले अन्जुको मृत शरीरसँग आफ्नो बाचा पुरा गर्यो । अनि सदा सदाका लागि आफ्नो प्रेमलाई अमर राख्यो ।

आज फागुन २२ गते । यो घटना भएको ९ दिनपुगिसक्दा अझैसम्म पनि प्रितम होसमा छैन । बेहोसिमै ऊ अन्जु… अन्जु भन्दै उसकै नाम पुकार्ने गर्छ ।
kathmandutoday


फाल्गुन ३, २०७२-
प्रेम त्यो चिज हो जुन जराले सिंगो रूखलाई गर्छ । प्रेम त्यो चिज हो जुन गुँडले चरालाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राति सुमसुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम । अञ्जानमै प्रेम गरिरहेका छौँ हामी । स–साना स्कुले केटाकेटीहरूले पुस्तकको खोल नच्यातियोस् भनेर गाता हालेर किताबको जतनगर्न खोज्नु प्रेम हो ।
कति प्रेम गर्छ खोलाले समुद्रलाई ? सयौँ–हजारौँ माइल दौडँदै, बाटोमा आइपर्ने व्यवधानहरूलाई पन्छाउँदै, जसरी पनि पुगेरै छाड्छ भेट्नलाई । प्रेम त्यो हो, जो एउटा लेखकले आफ्ना पुस्तकका अक्षरसँग गर्छ । प्रेम त्यो हो जो गायकले आÏनो स्वरसँग गर्छ । प्रेम त्यो हो जो संगीतकारले आफ्नो धुनसँग गर्छ । त्यो पनि प्रेम नै हो, जुन किसानले आफ्नो हलोसँग गर्छ ।
प्रेम खोलाले गर्छ हिमालमा परेको हिउँलाई । त्यसैले त सालैभरि आफू रुख्खिएर कुनै दिन त पग्लिएला भनेर कुरी बस्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ, जबसम्म तिमी छौ, म बलिरहन्छु । पानीले हरेक बालीलाई भनिरहेको हुन्छ, तँ सक्दो फल्नू है, म सकेसम्म तेरो जरा जरामा पुगिदिन्छु ।

हामी कहाँ–कहाँ खोज्छौँ प्रेम ? कुन दुनियाँमा होला र प्रेम ? प्रेम त प्रकृतिमै छ । हाम्रै वरिपरि । माटोमा, फूलमा, हावामा, पातमा, घरमा, घाममा, शीतमा अनि हजारौं गुनगुनाइने गीतमा । हेरौँ त हरेक अनुहारमा छ प्रेम । हरेक मान्छेको मधुर मुस्कानमा छ । कानका गहना बेचेर बुच्चै पारिदिएर कतार उडेका आÏनो लोग्ने सम्झँदै रातदिन आँसु बगाउने भाउजुको एक थोपा आँसु औँलामा राखेर हेर्नुस् त कति प्रेम छ त्यहाँ ? अनि तिनै दाइका कहिल्यै पोष्ट नहुने चिठीहरूमा कति पोखेका छन् उनले प्रेम ।
आकाशमा लाखौँ तारा छन् । कसैले कसैलाई नछोएरै पनि टिलिक्क टल्किरहेका छन् । आ–आफ्नो ठाउँ लिएर, न साँध, न सिमाना, न संवाद न विवाद ।

धरती र आकाश पनि, जसले एक–अर्कालाई हेरेरै मात्र सदियौँ काटिसके । उनीहरूमा पनि त छ प्रेम । अनि गुलाफको बोटमा काँडा र फूलको प्रेम । फूलको सुरक्षादिन काँडा सधैँ लागिरहन्छ । अनि हेर्नुस् खोला र बादलको सम्बन्ध । बादल जहिल्यै चुहिन्छ त खोलाको काखमा गएर मिसिन अनि खोला जसलाई अरू बादलहरूको प्रेमले तानेर उडिजान्छ घामसँग मद्दत मागेर ।

प्रेम त मेरा हजुरबुवाले गर्नुहुन्छ, ४० वर्ष अघि मरेकी हजुरआमालाई सम्झेर हरेक दिन भित्तामा टाँसिएको बडेमानको फोटो हेर्दै चाउरी परेका अनुहारमा मुस्कान ल्याएर ।
प्रेम मेरी सानी बहिनीले गर्छे हरेक दिन पप्पी नाउँको कुकुरलाई सुमसुम्याएर ।
मेरी आमाले पनि बुवालाई प्रेम गर्छिन् । हरेक बिहान ड्रेसिङ टेबल अगाडि उभिएर सिउँदोमा लामो सिउँदोको धर्सो कोरेर ।

मेरो साथीले पनि खुब गरेको छ प्रेम आफ्नी प्रेमिकालाई, पाखुरामा उसको नामको टाटु खोपाएर ।
हामी सबै यही प्रकृतिका अंश हौँ । प्रकृतिमा भएका सानाभन्दा साना चिजले हामीलाई प्रेम गर्न सिकाउँछन्, तैपनि हामीलाई यै प्रेम भन्ने चिजले किन दुखाउँछ ? यति विस्तार भएको प्रेमलाई एक जनामा मात्र ल्याएर किन खुम्च्याउँछौँ ? सप्पै थोकलाई प्रेम गरौँ । प्रेम बाँडौँ । फैलाएरै फैलिने चिज हो प्रेम । बाँडेरै धेरै हुने हो चिज प्रेम

ekantipur

आज नेपाल रंगिएको छ, अहिले जताततै नेपाली फुटबल टिमलाई स्वागत र सम्मानका समाचार, फोटो, सन्देशहरुले संचारमाध्यम  अनि सामाजिक सञ्जाल भरिएको छ । अहिले देश जितेको अनुभूति सबैमा महसुस भैरहेको देखिन्छ । नेपाली जाति चाँडै हौसिने अनि चाँडै बिर्सिइने जाति मानिन्छ । अहिले भारतलाई साग फुटबलमा हराएर स्वर्ण पदक जित्ने खेलाडी सबैको लागि सबै थोक हुन् कि जस्तो अनुभूति गरिरहेको देखिन्छ, तर बिस्तारै अब भर्खरै अवकाश पाएको कर्मचारी जस्तो बिर्सिइदै गइन्छ । अहिले स्वाभाविक रुपमा पूरै देश खुशी छ नै । समाचारमा आयो– राष्ट्रपतिले समेत गोल गर्ने खेलाडीको नाम नै किटेर बक्तब्य निकालेछन, सरकारले स्वर्ण पदकधारीलाई ५–५ लाख पनि घोषणा गरेको छ, अनि प्रधानमन्त्रीले खेलाडीहरुलाई यथोचित सम्मान गर्ने कुरा पनि गरेछन् । तर, कस्तो सम्मान ???
सन् १९९३ मा अहिलेका प्रमुख प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा नेपालले भारतलाई नै हराएर स्वर्ण जित्दा देवनारायण चौधरी प्रमुख खेलाडी थिए, जसले खेलको अन्तिम मिनेटमा गोलकिपर उपेन्द्रमान सिंह समेत बिट भइसकेको अबस्थामा भारतको शतप्रतिशत गोलको सम्भावनामा बिजुली गतिमा पछाडिबाट आएर भारतीय खेलाडी बाबुमणिबाट बल खोसेर गोल हुनबाट बचाएका थिए, पछि टाइब्रेकरमा नेपालले जितेपछि यस्तै खुशियाली छाएको थियो, तत्कालिन सरकार प्रमुखले पनि यसरी नै सम्मानका कुरा गरेका थिए । जुनबेला हामी इन्स्पेक्टरको बेसिक ट्रेनिङको क्रममा नेपाल पुलिस एकेडेमीमा थियौँ, पुलिसका खेलाडीहरु पनि त्यही एकेडेमीमै बस्थे, ट्रेनिङ गर्थे । हामी त ट्रेनिङ क्याम्पमा भित्रै थियौँ, सोचेका थियौँ – ती बिजेता खेलाडीहरुलाई कत्रो स्वागत भयो होला, कत्रो सम्मान भयो होला? भारतलाई हराएर नेपाल फर्किएको त्यस्तै एक साता भएको थियो होला, कस्तो उदेकलाग्दो दृश्य– त्यही देवनारायण चौधरी स्टिलको थाल बोकेर प्रहरी जवान मेसमा भात खान लाइनमा उभिइरहेको देखियो । किनकी उनी त्यतिखेर नेपाल प्रहरीको हवल्दार थिए, देशलाई जिताउने ती राष्ट्रिय खेलाडीको यो हबिगत… !
हाम्रो समाज, खेललाइ अर्कै नजरले हेर्छ । कुनै युवा खेलमा लगनशील भएर लाग्यो भने– ‘लौ ! यो खेलेर बिग्रियो’ भन्ने ठान्छ । फाइनलमा गोल गर्ने नवयुग श्रेष्ठ अनि प्रकाश बुढाथोकीका अभिभावकहरुको प्रतिक्रिया नै काफी छ। तर, सफल भयो भने चाँहि परिवार, समाज, गाउँ अनि देश सबै वाह वाह गर्छ, हुँदाहुँदा राष्ट्रपतिले समेत बक्तब्य निकाल्छ, तर सफल नहुन्जेल चाँहि असफल पार्न मनोबल गिराइरहन्छ, किनकी हाम्रो वातावरण नै त्यस्तै छ । अझ ‘खेलेर पनि खान पुग्छ ?’ भनेर अभिभावकले ठूलो स्वरमा सोध्छ ।
हाम्रो समाज, खेललाइ अर्कै नजरले हेर्छ । कुनै युवा खेलमा लगनशील भएर लाग्यो भने– ‘लौ ! यो खेलेर बिग्रियो’ भन्ने ठान्छ । फाइनलमा गोल गर्ने नवयुग श्रेष्ठ अनि प्रकाश बुढाथोकीका अभिभावकहरुको प्रतिक्रिया नै काफी छ। तर, सफल भयो भने चाँहि परिवार, समाज, गाउँ अनि देश सबै वाह वाह गर्छ, हुँदाहुँदा राष्ट्रपतिले समेत बक्तब्य निकाल्छ, तर सफल नहुन्जेल चाँहि असफल पार्न मनोबल गिराइरहन्छ, किनकी हाम्रो वातावरण नै त्यस्तै छ । अझ ‘खेलेर पनि खान पुग्छ ?’ भनेर अभिभावकले ठूलो स्वरमा सोध्छ । तर अब सरकार अनि यस क्षेत्रसँग सरोकार राख्ने नेतृत्वले स्वतः जवाफ दिने वातावरण बनाउनुपर्छ कि ‘हो, पुग्छ’ भनेर अहिले दिने भनिएको ५ लाख नगद राम्रो प्रोत्साहन हो, तर अब राम्रो भन्दा पनि दिगो प्रोत्साहनको खाँचो छ । अनि देशको लागि हिजो केहि गर्ने खेलाडीहरुको अबस्था पनि खोजी गरिनुपर्छ, अरु त अरु सन् १९८२ मा एशियन फुटबलमा भर्खर विश्वकप खेलेर फर्किएको कुवेतको टिम बिरुद्ध गोल गर्ने खेलाडी वाई बी घले केही समय अगाडि सिकिस्त बिरामी भएर उपचार गर्न नसक्दा खेलाडीहरु आफू–आफूले पैसा उठाएर उपचार गर्न खोजेका थिए, यस्तो अबस्था रहनुहुन्न, जबकी त्यो गोल नै नेपाली खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो, अनि सागमा अहिलेसम्मकै म्याराथुन दौडको रेकर्डधारी बैकुण्ठ मानन्धरको अबस्था पनि खोजी गरिनुपर्छ, जसले तीनपटक सागमा नेपाललाई स्वर्ण जिताएका थिए । यी त एउटा उदाहरण भए– यतिखेर अघिल्लो लण्डन ओलम्पिकमा एनआरएन युकेले सम्पूर्ण ब्यबस्था गरिदिएकोले आउन पाउनु भएका ओलम्पिकमा भाग लिने पहिलो नेपाली धावक जितबहादुर केसीले फेरि ओलम्पिक हेर्ने अवसर पाएकोमा खुशी हुँदै आफू ओलम्पिकमा दौडिएको क्षण सम्झिदै द्रवित हुँदै भनेका थिए, जुन दौडमा लगाउने उपयुक्त जुत्ता नहुँदा खाली खुट्टा नै उनी दौडिएका थिए । र, ४२ किलोमिटरमध्ये ३२ किलोमिटरसम्म अघिल्लो ग्रुपमा नै थिए, तर १० किलोमिटर बाँकी हुदा खाली खुट्टा दौडिएको मसल बाउडिएर दौड नै छाड्नु परेको थियो । खेल जित्दा मात्रै वाह वाह गर्ने हैन कि खेल क्षेत्रमा लागिरहन वाह वाह गर्ने वातावरण पनि सरोकारवालाले बनाइरहनु पर्छ । अनि खेल क्षेत्रमा आउनकै लागि र खेल क्षेत्रमा टिक्नकै लागि सिपाही जागिर खानैपर्ने अबस्था रहिरहनु हुँदैन । उसले बाँच्नको लागि के गर्ने भन्ने अब चाँहि सोच्न नपरोस ।
अहिले करिब १७ बर्ष देशको लागि खेलेको तिनै देवनारायण चौधरी अमेरिकामा कतै गुमनाम जीवन बिताइरहेका छन् । तर, आज नेपाली खेलाडीहरु फेरि हाइहाइ भएका छन्, बिषेशत नेपाली सेनाका सिपाही नवयुग श्रेष्ठसहित अन्य खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि गौरवसाथ बधाई दिएछन । कता–कता चसक्क भैरहेछ । त्यही सन् १९९३ कै नियति त कतै दोहोरिने हैन ? राष्ट्रपतिले समेत आफ्नो बक्तब्यमा दोहोरो ह्याट्रिक गर्ने भनी नामै किटेर बधाई दिएका ती नवयुग श्रेष्ठ पनि नेपाली सेनाका सिपाही हुन्, अनि भारतका खेलाडीका कडा प्रहार रोक्ने गोलकिपर विकेश कुथु पनि नेपाली सेनाकै सिपाही हुन्, अर्थात दे नारायण जस्तै नवयुग अनि विकेश पनि… अर्थात् ती राष्ट्रका गहनाहरुले पनि तिनै स्टिलको थाल बोकेर सिपाहीको मेसमा लाइन लाग्नुपर्ने नियति नभोगुन  प्रधानसेनापतिज्यू !
समकालीन धेरैलाई याद होला– सन् १९९० को विश्वकपमा ८६ को विश्वकप बिजेता म्याराडोनाको नेतृत्वको अर्जेन्टिनी टिमलाई पहिलो खेलमा नै नाम नै नसुनिएको क्यामरुनले अप्रत्याशित रुपमा हराएपछि तहल्का मच्चिएको थियो। त्यसका नायक थिए– भेट्रान खेलाडी रोजर मिल्ला…! हाम्रा राष्ट्रपतिले खेलाडी घर फर्किएको दिन बक्तब्य निकालेर गोल गर्ने खेलाडीका नाम लिए, तर क्यामरुनले अर्जेन्टिनालाई हराउने बित्तिकै त्यहाँका राष्ट्रपतिले देशको राष्ट्रिय टेलिभिजन स्टेशनको नाम नै रोजर मिल्लाको नाममा घोषणा गरिदिए…. यस्तो पो हो सम्मान…! त्यसपछि क्यामरुन बिश्व फुटबलमा एउटा नाम भएर उदाइरह्यो, अनि अफ्रिकी महादेशमा त शक्ति नै । गुमनाम देश एउतै खेलाडीले चिनाइदिन सक्छ, जमैका एउटा नसुनिएको देश तर १०० मिटर दौडका विश्वबिजेता उसिन बोल्टको कारण संसारले चिन्छ, अर्जेन्टिना नाम नसुन्नेहरुलाई फुटबलका म्याराडोनाले चिनाइदिए, वेष्ट इन्डीज नचिन्नेलाई क्रिकेटका ब्रायन लाराले चिनाइदिए । संसारमा माउन्ट एभरेष्ट र बुद्दको देश भनेर चिनाउनुपर्ने हाम्रो देश, महाभूकम्पले गर्दा अलिक बढी चिनियो । अरु त अरु २०० बर्षदेखिको कुटनीतिक सम्बन्ध भएको भनिएको बेलायतमा पनि ६० प्रतिशतले नेपाल बारेमा अनभिज्ञता देखाउछँन्, जतिले चिन्छन बेलायती सेनामा काम गर्ने गोर्खाको नामबाट चिन्छन्, अझ कतिले त गोर्खा चिन्छन् तर नेपाल चिन्दैनन् । त्यसैले शक्तिहिन अनि विकासोन्मुख देश चिनाउने एउटा राम्रो उपाय खेलकुद रहेछ । देशको चिनारीसंगै धेरै कुरा हुनसक्ने रहेछ । खेलकुद यस्तो क्षेत्र रहेछ, जसमा प्राप्त हुने विजयले देश अनि परदेश जहाँ रहेपनि देशसँगसँगै खस्किएको मनोबल उकास्दोरहेछ, देशभित्र होस् वा बाहिर बिभिंडिएको बर्ग र समाजलाई पनि एकै ठाउँमा उभ्याउने माध्यम बन्दोरहेछ । त्यसैले देशले यस क्षेत्रलाई अनि यसका सम्बाहकहरुलाई त्यसरी नै हेर्नुपर्छ, अर्थात सम्मानित ब्यबहार गर्नुपर्छ ।
सँगसँगै दिगो सम्मानको लागि पनि भन्न मन लागेको छ, हाम्रा सरकार प्रमुखले पनि क्यामरुनका तत्कालिन राष्ट्रपतिले जस्तै देशका सम्झनयोग्य स्थानका नाम यी देशका लागि खेल्ने खेलाडीका नाममा राख्न सकिन्न ? अरु जे सुकै होस्, स्थानीयस्तरकै भएपनि इलामको रंगशालाको नाम नवयुग, धरानको रंगशाला राजु शाक्य, अनि बिमल घर्तिमगर… वा यस्तै योगदान पुर्याउनेहरुको नाममा राखेर सम्मान दर्शाउन सकिन्न र ? तब पो खेल्छन देशको लागि मरिमेटेर… तत्कालिन नगद पुरस्कार अनि शब्द्सम्मानले मात्रै त बिचरा के पो हुन्छ र ? बधाई छ देशको लागि खेल जित्ने राजु शाक्य, नवयुग, प्रकाश, बिमल, फुपू खत्री, निमा घर्ति नेपाली टिम अनि सम्पूर्ण नेपालीलाई… !!!
dainiknepal

‘च्यारिटीको’ भरमा कहिलेसम्म चल्छ देश ?
हिन्दु धर्ममा ’दान’को आफ्नै महत्व छ।सिदादान, कन्यादान, गौदान, द्रब्यदान, भिक्षादान आदि ! ८० प्रतिशतभन्दा बढी हिन्दुहरु भएको नेपाली समाजमा यसको महत्व हुने नै भयो।

दान दिनु पुण्यको काम हो।सामथ्र्य हुनेले असहाय, दुखी र अभावमा भएकालाई दिनु मानवधर्म हो। यसर्थ दान दिने व्यक्ति सर्वत्र पूजित हुन्छ।समय सधँै एकनास हुँदैन।

अभाव र संकटका बेला मान्छे दान लिन, माग्न बाध्य हुन्छ।तर त्यहि ‘दान’लाई नै उसले आफ्नो जीवन जिउने माध्यम बनाउँछ भने चाहिं उ ’मगन्ते’ वा ’भिखारी’ कहलाउँछ।नेपाली समाजको हरेक तहमा यो ’मगन्ते’ प्रवृति हावी छ। देशभित्र मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वका विभिन्न देशहरुले नेपाललाई गरिब, अविकसित र पिछडिएको देश भनेर विभिन्न शीर्षकमा ऋण तथा अनुदान दिंदै आएको छ।

२०७२ सालको महाभूकम्प पछि त दानको यो सिलसिला ह्वात्तै बढेको छ। चरम अभाव, प्राकृतिक संकट र आयआर्जनको मध्यम नहुँदा जनताहरु दाताको दानमै निर्भर रहनुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ।दाता सम्मेलन र दान संकलनको ’सर्वोत्कृष्ट’ उपलब्धि त हाम्रा मन्त्रीज्युले जित्नु भएको अन्तर्राष्ट्रिय पुरस्कारमै झल्किन्छ ।

केही दिन अघि हिजो फेरि अर्को गज्जबको समाचार सुन्न, पढ्न पाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वैशाखको विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि आफ्नो एक महिनाको तलव दिने! उनको त्यस्तो घोषणापछि फेरि मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब धरहरा पुनर्निर्माणको लागि दिने घोषणा गरे।

उक्त अभियानमा  उपराष्ट्रपति नन्दबहादुर पुन थपिए। वाह! हाम्रा मनकारी नेताज्यूहरु! यो घोषणाको धेरैजनाले स्वागत र जयजयकार गरिरहेको अवस्थामा मेरो अलि फरक धारणा छ। मैले नकारात्मकता फैलाएको जस्तो वा ’जे गरेपनि जस नदिने’ परिपाटीलाई बढावा दिए जस्तो देखिन सक्ला। तर मैले उठान गरेको बिषय पनि सोचनीय छ जस्तो लाग्छ।

पहिलो कुरा, प्रधानमन्त्रीज्युको प्राथमिकतामा मान्छेहरुका भत्किएका घरहरुभन्दा धरहरा परेछ। म मान्छु धरहराको आफ्नै ऐतिहासिक महत्व छ। तर मुर्तिभन्दा मान्छे महत्वपूर्ण लाग्छ मलाई। ‘प्राथमिकता’ भन्ने शब्द शब्दकोशमा उसै आएको होइन। जसको घरमा भरे खाने चामल र सुत्ने सिरकको जोहो छ, उसलाई त यो कदम एकदम सही लाग्दो हो।

तर जस जसको पानी चुहिने त्रिपाल मुनिको चुल्हो चिसै छ, उनीहरुले कसरी गरुन् ती मन्त्रीहरुको जयजयकार! जसको लाज ढाक्ने बस्त्र छैन उसलाई श्रृङ्गारको लिपिस्टिक, पाउडर के काम?  सायद वहाँहरुलाई मानवीय चोटहरुले भन्दा भौतिक क्षतिहरुले बढी पीडा दिँदो हो, त्यसैले त आज पनि सयौं बालबालिकाहरु दिनहुँ स्कूल जान लट्ठाले च्यापिएको रगतपच्छे हातहरु लिएर जीवनकै तुईन तरिरहन्छन्। प्रधानमन्त्रीज्यु भाषण माथि भाषण मात्रै ठोकिरहनुहुन्छ ‘एक बर्षमा तुइन भेटे फोटो खिचेर ल्याउनु!’ कहाँ कहाँ तुइन हटाएर पुल बने कतै पढ्न, सुन्न पाइएको छैन।हुनत धरहरा पुनर्निर्माणको पनि अहिलेलाई घोषणामात्र सुन्न पाइएको हो।कहिले, कसरी शुरु हुँदैछ धरहरा पुनर्निर्माण कसैलाई थाहा छैन !

दोस्रो महत्वपुर्ण कुरा, प्रधानमन्त्रीज्यु! यो दानको सिलसिला कहिलेसम्म?  तपाईंको अनुशरण अरुले गर्लान, दाताहरुको संख्या अझ बढ्ला। सरसर्ती हेर्दा यो राम्रो देखिएला। तर  ‘च्यारिटी’ बाट कतिन्जेल चल्छ देश? दानबाट कति सम्भव छ विकास ? दानको आवश्यकता तबसम्म रहन्छ जबसम्म अभाव रहन्छ। जबसम्म जनता आफ्नो रोजीरोटीको जोहो आफै गर्न सक्दैनन् तबसम्म। जबसम्म तपाईंको सरकारले जनतालाई आफ्नो रोटी आफैं कमाउने वातावरण दिंदैन तबसम्म।  तपाईं किन जनतालाई त्यो अभाव मेट्ने कार्यक्रम दिन सक्नुहुन्न? कहिले बन्छन सबै नेपाली स्वाबलम्बी?

प्रधानमन्त्रीज्यु, जनताले खासमा तपाईंबाट चाहेको ’काम’ हो, एक महिनाको तलब ’दान’ होइन।तपाईंलाई चाहिने जति तलब लिनुहोस्।अहिले पाईआएको तलबभत्ता साँच्चै अपुग छ भने अझ थपेर लिनुहोस्।मान्छेले आफ्नो दक्षता, क्षमता र कामको पारिश्रमिक जहाँ पनि पाउँछ र पाउनु पर्छ।तलब लिनुहोस् अनि काम गरेर देखाउनुहोस्। तपाईं देशको सर्बोच्च पदमा आसिन व्यक्ति! नेपालमा अहिले न तपाईं को जति सामथ्र्य अरु कसैसँग छ न त अरु कसैको काँधमा त्यति ठूलो अभिभारा! सोच्नुहोस त, के के गर्नु पर्नेछ तपाईंले।तपाईं आफैले ‘गर्छु गर्छु’ ‘गरेरै देखाउने हो’ भनेकै कामहरु औंलामा गन्न नसकिने भैसके! ‘साझा सवाल’को ‘सरकारका ५ महिनाका उपलब्धिहरु’ विषयवस्तु भएको कार्यक्रममा सरकारका कमसेकम ५ वटा ठोस उपलब्धिहरु भन्न सकेनन तपाईंका उपप्रधानमन्त्रीज्युले। उनले कुरा घुमाए। जनताले हाँसेर थपडी बजाए ‘जुन जोगी आए पनि कानै चिरेका!

देशलाई दानको हैन, हरेक देशवासीले अर्थोपार्जन गरे बापत तिर्ने करको खाचो छ। चाहे त्यो जुनसुकै क्षेत्रबाट किन नहोस्। त्यसैले दान सङ्कलन होइन कर सङ्कलन गर्नेतिर लाग्नुहोस्। देशको जनशक्तिलाई विकास निर्माण, उद्योग, व्यापार र कृषिमा संलग्न गराउनुहोस्। विदेशिएकालाई देशमै फर्काएर देशकै लागि श्रम, सिप र अर्थ लगानी गर्ने बाताबरण बनाइदिनुहोस्।कोहि बेरोजगार नरहुन् सबैले काम गरुन् अनि कर तिरुन्, धेरैभन्दा धेरै राजस्व उठोस्। देशको अर्थतन्त्र सबल पार्नुहोस्। धरहरा देशको साझा सम्पति हो।

त्यो देशकै ढुकुटीको पैसाले बन्नु पर्छ जसमा तपाईंको र हर एक नेपाली नागरिकको योगदान होस्। यसको लागि न तपाईंले चन्दा दिनु पर्छ, न अरु स्वदेश वा बिदेशमा बस्ने नेपालीहरुले। देशलाई यति समृद्ध बनाइदिनुहोस् कि कसैलाई कसैको दानको आवश्यकता नपरोस्। तब बन्नेछौं हामी नेपाली साँच्चिकै स्वाभिमानी !
( हाल: फिनल्याण्ड)

setopati

५ फाल्गुन, मान्छे कि खुसीमा रुन्छ कि दुःखमा।
नेपाली फुटबलका ‘लिजेन्ड’ हरि खड्का पछिल्लो पाँच महिनामा तीनचोटि रोए।
पहिलोपटक असोज २७ गते, जतिबेला राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडी ‘म्याच–फिक्सिङ’ को आरोपमा पक्राउ परे। लाखौं समर्थकले मनमा बसाएका ‘स्टार’ हरूमाथि ‘धोकेबाजी’ को संगीन आरोप लाग्दा र नेपाली फुटबलको अस्तित्व नै समाप्त भएको प्रतिक्रिया सुन्नुपर्दा आफ्नो जीवनै खेलमा समर्पण गरेका हरिको भक्कानो छुटेको थियो।
दोस्रोपटक उनी रोए माघ ८ गते, जतिबेला नेपालले बंगलादेशको बंगबन्धु रंगशालामा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकप जित्यो। २३ वर्षदेखि अन्तर्राष्ट्रिय उपाधिविहीन भएको र गोलको खडेरीले फुटबलप्रति नै नैराश्य छाएका बेला नेपाली टोलीले हासिल गरेको यो सफलताले हरिका आँखा रसाएका थिए।
र, तेस्रोपटक रोए, फागुन ३ गते, जतिबेला नेपालले भारतलाई २–१ को अन्तरले हराउँदै दक्षिण एसियाली (साग) फुटबलमा स्वर्ण पदक हात पार्यो। दक्षिण एसियाकै चिरप्रतिद्वन्द्वी भारतलाई उसकै घरेलु मैदानमा नमिठो हार चखाइदिँदा हरिका आँखाबाट बर्ररै आँशु झरे।
‘हरेक चिजको समय आउँछ, नेपाली फुटबलको पनि सुनौलो समय आएको छ,’ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान खड्काले नेपालको पछिल्लो जितबारे प्रतिक्रिया दिँदै मंगलबार सेतोपाटीसँग भने, ‘हाम्रा खेलाडीले नेपाली फुटबलमा लागेको कालो धब्बालाई भुलाउने गरी नयाँ युगको बहार ल्याइदिएका छन्।’
एउटा भनाइ छ, सफलताले सफलता पछ्याउँछ। पराजित मानसिकताले घेरिएका बेला मान्छेको मनोबल यति खस्किएको हुन्छ, उसले लगातार पराजयकै सामना गरिरहन्छ। कुनै दिन जब त्यो मानसिकता तोडेर मान्छेले जितको खुसी चुम्छ, उसको मनोबल यति बढ्छ, उसका लागि जित सहज हुँदै जान्छ।
नेपाली फुटबल टोलीले यही भनाइ सार्थक पारेको खड्काको भनाइ छ।
उनी यसलाई फुटबलमा ‘स्वर्णिम’ युगको सुरुआत मान्छन्, जसलाई ‘म्याच फिक्सिङ’ प्रकरणले ग्रहण लगाइदिएको थियो। त्यतिबेला धेरैले भनेका थिए, फुटबलमा भएको लगानी बालुवामा पानी हालेजस्तो खेर गयो। अब यो क्षेत्र उँभो लाग्न गाह्रो छ।
हरिलाई भने त्यस्तो कहिल्यै लागेन।
‘हरेक मान्छेको जिन्दगीमा कहिले न कहिले कठिन क्षण त आइहाल्छ, त्यो नेपाली फुटबलको निम्ति त्यस्तै क्षण थियो,’ उनले भने, ‘मलाई खुसी यसमा छ, हाम्रा खेलाडीले त्यही अपमानको इख लिएर खेले र यति कम समयमै फेरि नेपाली जनताको मन जित्न सफल भए।’
हुन पनि ‘म्याच–फिक्सिङ’ प्रकरणसँगै पूर्वकप्तान सागर थापा, सन्दिप राई र गोलकिपर रितेश थापाको बहिगर्मनपछि टिममा सामेल युवा खेलाडीलाई खेलको पासा पल्टाउनु सजिलो थिएन। त्योभन्दा गाह्रो त खेलाडीप्रति सर्वसाधारणको मनमा कोरिएको कालो दाग पखाल्नु थियो।
यसपालिको टिम ती दुवै परीक्षामा खरो उत्रियो। सँगसँगै एउटा प्रश्न पनि खडा गर्यो, कतै नेपाली फुटबल म्याच–फिक्सिङकै कारण खस्किएको त थिएन ?
खड्का केही हदसम्म सहमत छन्।
बंगबन्धु गोल्डकपबाट सुरु भएको सफलता यात्राले १२ औं सागसम्म निरन्तरता पाउनु र यसबीच नेपाली टिमको खेल अझ निखारिनुले नै अघिल्ला खेलहरू ‘म्याच–फिक्सिङ’ भन्न सकिने उनी बताउँछन्।
‘फुटबल टिम गेम हो, टिम स्पिरिट बिग्रयो भने खेल जित्न सकिँदैन, महत्वपूर्ण खेलाडी नै मिलेमतोमा लागेपछि खेल राम्रो नहुनु स्वाभाविक हो,’ उनले भने, ‘एक महिनाकै अन्तरालमा पाएको दोस्रो अन्तर्राष्ट्रिय सफलताबाट हामी अब प्रस्ट भन्न सक्छौं, मिलेमतोकै कारण नेपालको फुटबल खस्किएको रहेछ।’
अहिलेका युवा खेलाडीमा गतिलो ‘टिम स्पिरिट’ देखिएको उनले बताए। खासगरी १२ औं साग फुटबलमा दुई ह्याट्रिकसहित ७ गोल गरेका नवयुग श्रेष्ठलाई त ‘स्ट्राइकर’ मात्र नभई ‘गोल स्कोरर’ नै भन्न रुचाउँछन् उनी।
‘नवयुग आफूले पाएका अवसरलाई सही समयमा निर्णय गरेर पोस्टको दिशा दिन माहिर देखिएका छन्,’ उनले भने, ‘अरू खेलाडीमा पनि अवसर छोप्ने खुबी राम्रो देखिएको छ, डि–एरियाभित्र पसेपछि बल सम्हालेर फिनिसिङ गर्न सक्दैन भन्ने जुन आरोप नेपाली टोलीमाथि थियो, त्यो यसपालि हटेको छ।’
डि–एरियाभित्रको त्यही फिनिसिङका कारण सोमबार सागमा पाएको सफलताले म्याच–फिक्सिङ गर्ने खेलाडीमाथि प्रश्नचिह्न खडा गरेको उनले टिप्पणी गरे। ‘म्याच–फिक्सिङको त्यो कालो दिन म सम्झन पनि चाहन्न, यो टिमले नेपाली फुटबलमा कालो दिन अन्त्य गरेर सुवर्ण दिनको सुरुआत गरेको छ,’ उनले भने।
नेपाली फुटबलका पूर्वप्रशिक्षक बालगोपाल महर्जन पनि हरिको भनाइसँग सहमत छन्।
अहिलेको लगातार जितको मुख्य कारण उनी खेलाडीहरूको अनुशासनलाई मान्छन्। ‘कुनै पनि खेलमा अनुशासन नै सफलता प्राप्त गर्ने गतिलो माध्यम हो, विगतको टोलीमा रहेका सिनियर खेलाडीमा यस्तो गुण थिएन,’ उनले भने, ‘कसैले पनि एक्लै खेलेर उपाधि जित्न सक्दैन, यो टिमवर्क हो।’
कुनै एक जनाले मात्र आर्थिक प्रलोभनमा परेर ‘टिम स्पिरिट’ बिगार्यो भने त्यसले सिंगो टोलीको प्रदर्शनमै नराम्रो असर पार्ने टिप्पणी गर्दै उनले भने, ‘नेपाली टोलीमा त्यही समस्या थियो। अहिलेका युवा खेलाडीहरू यसमा सिनियरभन्दा राम्रा देखिएका छन्।’
विगतमा विदेशी प्रशिक्षकहरूले खेलाडीलाई क्षमताअनुसार पोजिसनमा नखेलाउँदा पनि फुटबलमा परिवर्तन आउन नसकेको उनले बताए। नेपाली फुटबल नयाँ युगमा प्रवेश गरेको र यसलाई बचाइराख्नु सबैको कर्तव्य भएको उनको भनाइ छ।
‘यो टोलीमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर, प्रकाश बुढाथोकी, अञ्जन विष्ट लगायतको प्रदर्शन धेरै राम्रो छ, उनीहरूले अझै नेपाललाई ठूलो सफलता दिलाउन सक्छन्,’ उनले भने, ‘उनीहरूको मनोबल दिगो राख्ने जिम्मा सरकारको पनि हो।’
पूर्वकप्तान उपेन्द्रमान सिंह पनि बंगबन्धु र साग फुटबलमा नेपालले हात पारेको जित ‘म्याच–फिक्सिङ’ बाट निराश खेल जगतलाई गतिलो ढाडस भएको बताउँछन्।
‘यो नेपाली फुटबलकै निम्ति नयाँ टर्निङ प्वाइन्ट हो,’ बंगबन्धु गोल्डकप जित्दा गोलकिपरका प्रशिक्षक रहेका सिंहले भने, ‘लगातार दोस्रो अन्तर्राष्ट्रिय सफलताले फुटबलप्रेमीहरूलाई फेरि एकचोटि एकताबद्ध बनाएको छ। यसले के पनि प्रमाणित गरेको छ भने यसअघि नेपाली फुटबलको स्तर म्याच–फिक्सिङकै कारण खस्केको रहेछ।’
अनेक विवाद र समस्याबीच नेपाली फुटबलमा नयाँ अध्याय सुरु भएकाले यसलाई निरन्तरता दिन सबैले मलजल गर्नुपर्ने उनको भनाइ छ। ‘जग बलियो भए मात्र घर बलियो हुन्छ, नेपाली फुटबलको जग बलियो बनाउन हामीले खेलाडी उत्पादनमा ध्यान दिने बेला आएको छ। देशका लागि खेल्नुपर्छ भन्ने भावना आए मात्र जित सम्भव हुन्छ,’ उनले भने।
नेपाली फुटबल सर्वाधिक उत्कृष्ट फर्ममा रहेका बेला घरेलु मैदानमा कुनै प्रतियोगिता नहुनु विडम्बनापूर्ण भएको बताउँदै उनले भने, ‘हामीले सबैभन्दा खेलाडीको फर्मलाई ध्यान दिनुपर्छ, उनीहरू अहिले उत्कृष्ट फर्ममा छन् तर हामीसँग कुनै राष्ट्रिय लिग छैन। यस्तो अवस्थामा खेलाडी खाली भए फेरि यो फर्म बिग्रिन सक्छ।’ अखिल नेपाल फुटबल महासंघ (एन्फा) लाई यसबारे सोचेर खेलाडीको यो फर्मलाई अझ बढाउनेतर्फ कार्यक्रम ल्याउन उनले आग्रह गरे।
खेल पत्रकार प्रकाश तिमिल्सिना भने टिमको अनुभव र उच्च मनोबलका कारण उपाधि हात परेको बताउँछन्। म्याच–फिक्सिङपछि नेपाली फुटबलले मारेको फड्कोले फुटबलप्रेमीलाई एकपटक फेरि खुसी तुल्याएको उनको भनाइ छ।
‘यो टोली युथ टिममा नयाँ भए पनि अनुभव धेरै भएका खेलाडी हुन्, अन्डर–एजका खेल खेल्दै आएका थिए,’ उनले भने, ‘अहिले पनि एकअर्कालाई सपोर्ट गरेर खेलिरहेका छन्।’
नेपाललाई फापेका स्वदेशी प्रशिक्षक
एन्फाले पटक–पटक नेपाली फुटबल टोलीको प्रशिक्षणका लागि भन्दै विदेशबाट महँगो पारिश्रमिक दिएर प्रशिक्षक भित्र्याउँदै आएको छ। तर विदेशी प्रशिक्षकको नेतृत्वमा खेलेका अन्तर्राष्ट्रिय खेलमा उपाधि हात पार्न अहिलेसम्म सकेको छैन। विदेशी प्रशिक्षकको नेतृत्वमा खास उपलब्धी हासिल गर्न नसकेको नेपाललाई स्वदेशी प्रशिक्षक नै फापेको छ।
फुटबल इतिहास केलाएर हेर्ने हो भने सन् १९८४ मा नेपालले फुटबलमा स्वर्ण जित्दा विदेशी प्रशिक्षक थिएनन्। त्यतिबेला नेपाली टोलीका प्रशिक्षक केदार श्रेष्ठ।
त्यसपछि सन् १९९३ मा नेपालले दोस्रोपटक साग फुटबलमा स्वर्ण पदक जित्दा प्रमुख प्रशिक्षक धनबहादुर बस्नेत र सहायक प्रशिक्षक महेश्वर मुल्मी थिए। उनीहरूले नै झन्डै ९ वर्षपछि नेपाललाई छैठौं सागमा स्वर्ण जिताएका थिए। अघिल्लो महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकप जितेर २३ वर्षदेखि उपाधिविहीन भएको नेपाली फुटबल टोलीको खडेरी समाप्त गरेको थियो। त्यसबेला नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन थिए।
१९९३ को साग फुटबलमा स्वर्ण जितेको नेपालले २३ वर्षपछि सोमबार तेस्रोपटक स्वर्ण हात पर्दा नेपाली प्रशिक्षक राजुकाजी शाक्य छन्। आफूहरूले दिने प्रशिक्षणभन्दा कुनै फरक खालको प्रशिक्षण विदेशी प्रशिक्षकले अहिलेसम दिएको थाहा नपाएको प्रशिक्षकहरू बलगोपाल महर्जन र उपेन्द्रमान सिंह बताउँछन्।
विदेशी प्रशिक्षक ल्याउनु आपत्तिजनक नभए पनि नेपाली फुटबल टोलीले कतिबेला कसको नेतृत्वमा सफलता हात पारेको छ भन्ने महत्वपूर्ण भएको उनको भनाइ छ। ‘नेपालजस्तो गरिब र सानो देशले उपल्लोस्तरका प्रशिक्षक ल्याउन सक्दैन,’ उनले भने, ‘त्यसैले विदेशबाट प्रशिक्षक ल्याउनुभन्दा यहीँ भएका नेपाली प्रशिक्षककै क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ।’
खेल पत्रकार प्रकाश तिमिल्सिनाले पनि विदेशी प्रशिक्षकभन्दा नेपाली प्रशिक्षकमै जोड दिनुपर्ने बताउँछन्। ‘विदेशी प्रशिक्षक ल्याउनै हुन्न भन्ने होइन। तर विदेशीभन्दा स्वदेशमै रहेका प्रशिक्षकलाई जिम्मा दिँदा हुन्छ,’ उनले भने, ‘यसका लागि उनीहरूको क्षमता अभिवृद्धि गराउनुका साथै ए–लेभलका कोचिङ कोर्स दिलाउनुपर्छ।’ विदेशी प्रशिक्षक ल्याउँदैमा नेपाली फुटबल क्षेत्रमा आकाश–जमिनको फरक पर्छ भन्ने मान्यताबाट टाढा रहनुपर्ने उनले बताए।
zoomnp

नाकावन्दी सम्झि ठोके केटाहरुले,
 चन्द्र सूर्य झन्डा बोके केटाहरुले,
 आओ नवयुगहरु राजनीतिमा,
स्वाभिमानको पाठ घोके केटाहरुले।
 .........  
 
 बाघ बनि गर्जेको थ्यो हिजो छिमेकी,
उसकै आँगनमा टोके केटाहरुले,
देश बन्छ पक्का बन्छ, जाग युवा हो,
समृद्धिको लक्ष्य तोके केटाहरुले।।
setopati

स्वस्तिका पोखरेल ।
तिमीसँग भेट भएको यकिन मिति त याद छैन । सालाखाला पाच/सात वर्ष भयो होला । यि वर्षहरुले धेरै
जिम्मेवार र फरक अनुभुतिहरु दिलाएको छ । सुखमा हांस्ने र दुःखमा संगै आंसु साट्ने दरिलो साथ छ । तिमीसंग भेट भएका यी वर्षहरुले पुराना यादहरु धुमिल हुंदै गएको महसुस भएको छ । तर, आज भन्दा हिंजो अर्कै थियो ।  आज भन्दा अघिका वर्षहरु के थिए, के हुनु पथ्र्याे, भए या भएनन, भन्न सक्दिन म । यसरी आज जिन्दगी धेरै पछि धकेली रहेको छ । धकेलीने क्रममा छ । घर्किदो उमेरसंगै आफूलाई व्यवस्थित गर्नु पर्छ होला अब त हामीले । मेरो भ्यालेन्टाइन तिमी पनि त यस्तै छटपटीमा छौनी आजकल, तिमीले म संग लुकाए पनि तिम्रो अनुहारले तिमी भित्रको छटपटी र घर्किंदो उमेरको हिसाव लगाएको मैले देखेकी छु हरबार ।
मेरो भ्यालेन्टाइन तिमीले जिन्दगीमा धेरै संघर्ष गरेका छौ । आफ्नो र अरुका लागि, अनि आफ्नो प्रेमको लागि । तर तिम्रो निरन्तरको संघर्षले तिमीलाई स्थापित गराउन सकेन, बरु तिमीले गरिरहेकै पेशाबाट विस्थापित बनाउंदै छ ।  त्यही भएर होनी भ्यालेन्टाइन अब सुरिक्षीत अवतरण खोज्नु पर्छ भनेकी । हुन त मेरो भ्यालेनटाइन तिमी पनि सुरक्षित अवतरणको खोजीमा चारतिर भौंतारिरहेका छौ । तिमीले नभने पनि तिम्रो हरेक खबर सुनिरहेकी छु ।
शहरहरु उजाडिएका छन् । तिमीलाई कति गाह्रो भएको होला ? शहरमा रोजीरोटी खोज्नेहरुको लागि शहर मरुभूमि भएको छ भन्ने सुन्दा मुटु फुटेर आउंछ । अनी एकछिन् तिमिलाई सम्झन्छु र रुन्छु । आखिर जस्तै परेपनि बांच्नु त पर्दो रहेछ मेरो भ्यालेनटाइन । त्यसैले तिमी पनि हिम्मत नहार, मैले मुटु बांधेको बर्षौ भयो, जतिखेर तिमीले गाउं छोड्दै थियौ । त्यही दिनदेखि मेरो त मन पथ्थर भएको छ पथ्थर ।
आजकल शहरका बडेमानका अफिसहरुले फिंज काढेको खबर सुन्दा तिम्रै याद आउंछ । कतै तिम्रो अफिसरले पनि फिज पो काढ्यो कि । तिमीले आज भन्दा केही महिना अघि फोनमा भनेको सम्झिएरै शहर पस्न मन लाग्दैन । यसो भन्दैमा तिमीसंग भेट्ने रहर मरेको नसम्झ है । झन् यो वर्ष त तिम्रो र मेरो नयां योजना कार्यान्वयनको वर्ष थियो, तर यहि वर्ष भूइँचालो गयो, गइरह्यो । नाकाबन्दी भयो भइरहयो । देशको यस्तै अवस्थाले आज मेरो भ्यालेन्टाइन शहरको बसाई छोट्याउनेमा पुगिसकेको छ । तर म उसलाई न शहरको बसाई छोट्याउने इशारा गर्न सक्छु न गाउं पस्ने निम्तो दिन । यसपाली मेरो देश र मेरो भ्यालेनटाइन साह्रै दुःखमा परेको छ ।
मेरो देश अब पुन निर्माणको बाटोमा अघि बढ्छ अरे,अर्को साल देश लोडसेडिङ मुक्त हुन्छ अरे । भूकम्प पीडितहरुका लागि आवास योजना ल्याइदै छ रे । देशमै रोजगारी सिर्जना गर्ने रे, विजुलीबाट चल्ने मोटर ल्याउने रे, मेरो भ्यालेनटाइन अनि त हाम्रो पनि जिन्दगी सुरक्षित हुनेछ । देशमा हामी विस्थापित हुन लागेको पेशा स्थापित हुनेछ । तिमीले यतिका वर्ष विताएको पेशाले तिमीलाई बांच्न सक्ने बनाउने छ । अनि त मेरो भ्यालेन्टाइन तिमीले पनि शहर छोड्ने सोच्नु पर्दैन ।
ग्यास नपाएर महिनौं पालो कुर्नु पर्ने अवस्था अन्त्य हुन्छ छ ,घरघरमा ग्यासको पाइप विस्तार गर्ने सरकारी तयारीका समाचार एफएम रिडियो र पत्रपत्रिकामा सुनिरहेकी पढीरहेकी छु । अनित मलाई पनि तिम्रो झिलिमिलि सुविधासाली शहरमा बोलाउंछौ होला नी हैन मेरो भ्यालेन्टाइन ? अहिले तिमीलाई देशको यो अवस्थाले शहर छोड्ने स्थितिमा पुर्याएको हो भने, ग्यासको साटो पहाडबाट दाउरा लिएर आउनेछु । तिमी घरबेटिसंग दाउरा बाल्ने इजाजत माग । सुनेकी छु शहरका घरमा आगो बाल्ने ठाउँ हुदैन रे, ठाउं भए पनि धुंवा लाग्छ अरे, रंग लगाउने मान्छे महंगो पर्छ भनेर घरबेटीले दाउरा बाल्न दिन्न रे ।
त्यसैले तिमी घर बेटीसंग दाउरा बाल्ने इजाजत माग म दाउरा लिएर तिम्रो शहर आउनेछु मेरो भ्यालेनटाइन । तराइमा ग्यास अभाव भएर के भो ? तराइमा परेको पिडामा हामी पहाडीयाहरुले सहयोग गर्छौं । आखिर आफ्नो भनेको नैं परेको बेला हो । तिमी तराइको मान्छे म पहाडको, तिमी भोकै बस्दा मलाई यहां कहां निद्रा पर्छ र ? त्यसैले म तिम्रो लागि दाउरा लिएर आउंछु । यहां आयोडिन नुन महंगो छ । सहजै पाउन पनि मुस्किल ।
आजकल त लोडसेडिङ बढेको बढ्यौ छ । मोबाइल चार्ज गर्न सम्म नपाएको धेरै भयो । तिमीले सम्झनै छाड्यौ, कतै हाम्रो यतिका वर्ष देखिको आत्मीयतामा यसपाली क्षेत्रीयता र भौगोलिकताले पर्खाल लगाएको त होइन ? मलाई थाहा छ मेरो भ्यालेन्टाइन, तिमी यस्ता विषयमा धेरै सजक छौ । ‘भाइ फुटे गवार लुटे’ भन्ने उखान तिमीले सुनाएको हिंजो जस्तो लाग्छ । छिमेकी र सत्रु लागे भने परिवार फुट्न बेर लाग्दैन । षड्यन्त्र गरेर परिवार फुटाउन लाग्नछन । संक्रमण कालमा । कसले कहांबाट कसरी कुन अस्त्र प्रयोग गर्छ थाहा हुंदैन भन्थ्यौ नि तिमी । यस्तो अवस्थामा पहिला आफ्नाहरुसंग कुरा गरेर, आफ्नैं परिवारकाहरुले नबुझेको भए बुझाएर, उसैसंग मायांले रिसाएर, झगडा गरेर चित्त बुझाएर समस्या समाधान गरेर षड्यन्त्रकारीलाई खेल्न दिनु हुंदैन भनेका थियौ नि तिमीले मैले अझै विर्सिएकी छैन ।
अनि मेरो भ्यालेन्टाइन तिमीले त यस्ता कुरा विस्र्यौ होला भन्ने त कल्पनै गर्न सक्दिन । तर पनि कहा कता आफ्र्नै मनमा पश्न र प्रतिप्रश्नहरु उब्जिन थालेका छन् । मेरो भ्यालेन्टाइन बरु आजकल परिवार भित्रको फाटो मिलाउन तराइमा यस्तै उपायहरु अपनाएका हौला । कि तिमीलाई पनि शत्रु लागेको थाहा पाउन सकेनौं ? तिमीले शंका गरी भनी सम्झेउ होला, तर होइन मेरो भ्यालेन्टाइन हैन, तिमी नै त हौ मेरो लागि एउटै आशा, भरोसा र विश्वास ।
मेरो भ्यालेन्टाइन आजकल त तिम्रा राम्रा समाचारहरु आउनैं छाडे, खाली नाकाबन्दी ,आन्दोलन,अश्रुग्यास,गोली,मृत्युका खबर सुन्दा सुन्दा मेरो मनमा चिसो सिरेटो चल्न थालेको छ । तर मलाई विश्वास छ, यतिका वर्ष देखिको यो भौगोलिक विकटता बिचको यो आत्मिय निकटतामा यो ५/७ महिनामा दरार परेको छैन । मेरो भ्यालेन्टाइन म आउंछु अनि तिमी र म अनि हामी मिलेर यो हामी बीचको दरार मेट्न लागौं । अनि हिंजोको जस्तै हिमाल, पहाड, तराई कोइ छैन पराइको नारा लगाउं । टाढा टाढाका छिमेकीले पनि सुन्ने गरी हाम्रो निकटताको समाचार सुनाउं, हुन्छ मेरो भ्यालेन्टाइन ।  यसपाली मेरो भ्यालेन्टाइन तिम्रो लागि दाउरा र सुन्तला उपहार लिएर आउनेछु । सक्छौ भने तिमीले यसपालि मेरोलागि केहि पोका आयोडीन नुन उपहार देउ ल, उपहार पनि मागेर ! भने जस्तो लाग्ला तर यसपालि कथाले यस्तै माग्यो । यहां आयोडिन नुन नपाएको महिनौं भयो , सरकारले सहुलियतमा दिएको नुन पनि महंगो छ यहां त ।
आयोडिन नुनसम्म पहुंच नपुगेको महिनौं भयो । यस्तै कुराले त तिम्रो अभाव महसुस गराउंछ । मितिलाई मायां गर्ने तिम्री पहाडीया भ्यालेन्टाइनले पुराना याद सम्झेरै विताएको वर्षौं भयो । वर्षौं अघि भ्यालेन्टाइनका दिन तिमीले नजानेर तर प्रेमले रातो गुलाबको साटो दिएको लाली गुंरास अझै सम्हालेर राखेकी छु । यसैको सहारामा अझै कति वर्ष जो मैले काट्नु छ । पर्दैन यसपालि तिम्रो गुलावको फूल, सक्छौ भने दरार चिर्ने शब्द र केहि पोका आयोडिन यसपालीको भ्यालेन्टाईनमा उपहार देउ है । अर्को साल मन शान्त पारेर रंगीचंगी भ्यालेनटाइन मनाउला । आखिर भ्यालेनटाईन त अर्को साल पनि त आउने छ, अभाव सधै नरहला ? उही तिमीलाई मायां गर्ने तिम्री भ्यालेन्टाइन ।
imagekhabar





मोटरसाइकल, स्कुटर तथा निजी कार जिपलाई भोलि फागुन १ गते शनिबार पेट्रोल वितरण हुने भएको छ। नेपाल आयल निगमका अनुसार शनिबार विहान ९ बजे देखि नै सबै मोटरसाइकल, स्कुटरलाई ५ लिटर र निजी कारजिपलाई १५ लिटरका दरले पेट्रोल दिइने निगमले जनाएको छ। पेट्रोल लिनका लागि सवारी साधनको नविकरण भएको ब्लु बुक अनिवार्य भएको निगमले जनाएको छ।
सेतोपाटी

चाउचाउको मूल्य अहिले १५ रुपैयाँबाट बढाएर १७ रुपैयाँ पुराइएको छ। बजारमा भने ग्राहकले १७ रुपैयाँमा नै किन्न पाएका छैनन्। बजारमा अहिले व्यापारीहरुले वाइवाई चाउचाउको मूल्य १८ कायम गरेका छन्। तर प्याकेटमा भने १७ रुपैयाँ उल्लेख छ। भारतको अघोषित नाकाबन्दीपछि जनताले लामो समय चाउचाउ नै खान पाएनन्।

जसले गर्दा अहिले ग्राहकले यसको मूल्य भन्दा पनि उपलब्धता नै हेरेका छन्। उपलब्धता सहज नहुँदासम्म यसको मूल्यमाथि ग्राहकले प्रश्न गर्ने छैनन्। तर सहज भएपछि निश्चय नै ग्राहकले यसमाथि प्रश्न उठाउनेछन्।
setopati

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget